काठमाडौं । लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको छ । नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो ।
बुद्धको ढाकामा चार्टर्ड उडान
निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्धएयरले बङ्गलादेशको ढाकामा चार्टर्ड उडान गरेको छ । नेपालमा लकडाउनका कारण रोकिएका १६ बङ्गलादेशी नागरिक लिएर ढाका उडेको बुद्धको एटिआर जहाज आजै काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ ।बुद्धको ढाकामा यो तेस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १७ गते ढाकामा उडान गरेको थियो । मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई उनीहरुका अभिभावकले बुद्धको जहाज चार्टर्ड गरी काठमाडौँ ल्याएका थिए । अघिल्लो पहिलो चार्टर्ड उडानमा पनि बुद्धको जहाजले बङ्गलादेशी नागरिकलाई उनीहरुको मुलुक पु¥याइदिएको थियो । चार्टर्ड उडानका लागि आवश्यक स्वास्थ्य सुरक्षालगायत सबै मापदण्ड पूरा गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएर उडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।
काठमाडौँ — कुवेतमा थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ ।हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् । सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको उनले बताए ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए । ‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्याउनपर्छ । कोरोना भनेकै कारण दिर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकिकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’
मन्त्री ढकालले विभिन्न क्षेत्रबाट गाउँ फर्किएका नागरिकहरुको र्यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको पनि बताए । सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाकामा रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्याउन आदेश जारी गरेपछि सरकारले घर पुर्याउने नीति अवलम्बन गरेको उनले बताए । बाटोमा अलपत्र रहेका नागरिकहरुलाई सुरक्षित घर पुर्याइएको र आरडिटी परीक्षण जारी रहेको उनले बताए । मन्त्री ढकालले विश्व महामारीको अवस्थामा सरकार र जनताको तर्फबाट भएका प्रयत्नहरुले नेपाल उच्च जोखिममा नहरहेको विश्व स्वास्थ्य संगठनले नै भनिसकेको स्पष्ट पारे ।
काठमाडौँ -चलचित्र बिकास बोर्ड अध्यक्षका लागि नेपाल सरकारले आवेदन दिएसंगै चलचित्रकर्मिहरु अगाडि सरेका छन् । अध्यक्ष पदका लागि अगाडि सर्नेमा नायक तथा निर्माता सोहित मानन्धर पनि एक हुन् ।२० बर्ष देखि चलचित्र क्षेत्रमा सक्रिय भएर काम गरिरहेका सोहित हाल आफ्नै लगानिमा बनेको सिनेमा हल संचालन गरेर बसिरहेका छन् । अष्टनारायन, देशकै सबैभब्दा ठूलो पर्दा भएको हल हो ।सोहितले आफू बोर्ड अध्यक्षका लागि तयारी गरिरहेको स्विकारेका छन् । उनी लागि परेर काम गर्ने भएकाले पनि अध्यक्ष पदका लागि योग्य छन् । उनी कान्तिपुर सिटि कलेजका कम्प्युटर इन्जिनियर पनि हुन् ।
रिदम, नाइ नभन्नु र २, भुल भुलैया, जात्रै जात्रा, पोइ पर्यो काले, हिटलर लगायतमा फिल्ममा अभिनय गरिसकेका सोहितले नेपाल भाषाको सिनेमा मु मदुगु जिन्दगी र लाखयभाजुमा पनि अभिनय गरेका छन् । उनले आफ्नै लगानिमा सिनेमा ‘हिटलर’ निर्माण गरेका थिए ।बोल्नमा सिपालु सोहित अध्यक्ष भएको खण्डमा सिनेमा क्षेत्रका लागि निकै राम्रो हुने देखिएको छ । सोहित मानन्धर एक प्रतिभाशाली अभिनेता हुनुका साथै कम्प्युटर इञ्जिनियरमा स्नातक गरेका छन् ।सोहितले सिनेमाहरूमा अभिनय, निर्माण र निर्देशन गर्ने अनुभव पनि हासिल गरेका छन् । सोहितले अष्ट नारायण पिक्चर्स परिवारको हिस्सा भएर नेपाली सिनेमा उद्योगलाई गहिराईमा बुझेका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सोहीत समान उम्मेदवार हो । युवा जोस र अनुभवको साथ सोहितले विकास बोर्डलाई राम्रोसंग संचालन गर्न सक्ने देखिन्छ ।
रुपन्देही, १९ वैशाख : प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा बिहीबार बम विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवंगतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
बताएका छन् । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराएर घर फर्कँदै गर्दा विस्फोटमा परी पाँच वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।मुख्यमन्त्री पोखरेलले सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेको जनाउँदै कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन आग्रह गरेका छन् ।
यसैबीच बम विस्फोटको घटनाबारे जानकारी लिन र मृतक बालबालिकाका परिवारलाई समवेदना दिन प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएका छन् ।रासस File Photo
'कोभिड- १९ को परीक्षणको दायरा विस्तार गरी कम्तीमा हरेक परिवारबाट सकभर एकजनाको नमुना छनौट गरी कोरोनाको परीक्षण गर्ने कार्ययोजना बनाइ लागू गर्न तथा स्वास्थ्य सामाग्रीको भण्डारणलाई प्राथमिकताका साथ सबै प्रदेश तथा स्थानीय तहमा आवश्यक अनुरुप व्यवस्थापन गर्न र राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न,' समितिले सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै, कोरोना भाइरसले पारेको प्रभावको विवरण समितिलाई जानकारी गराउन पनि सरकारलाई निर्देशन दिइएको छ । 'कोभिड- १९ ले पारेको प्रभाव मूल्यांकन गरी समितिलाई जानाकारी गराउन तथा भविष्यमा अवलम्बन गर्ने तात्कालिक तथा दीर्घकालीन योजना तर्जुमा गर्न,' समितिले निर्देशन दिएको हो ।
लामो समयको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर राख्दै लकडाउनलाई खुकुलो पार्ने र पूर्ण रूपमा लकडाउनको अवस्था हटाउने योजना बनाएर समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको समिति सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । 'लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न,' पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।
लकडाउनका बेला अस्पतालहरूले अन्य रोगका बिरामीको उपचार नगरेको तथा निजी अस्पतालहरूले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको उपचार नगरेर केही ज्यान गुमाएका समाचार आइरहेका बेला समितिले अन्य बिरामीको उपचारको व्यवस्थापन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 'सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई कोरोना संक्रमित बिरामीका साथै अन्य रोगहरूको उपचारमा पनि पूर्ण रूपमा सक्रिय सहभागी गराउने कार्य यथावत रूपमा सञ्चालन गर्न,' निर्देशन भएको हो ।
कोरोना भाइरस नियन्त्रण र रोकथामबारे सरकारले लिएका निर्णयको कानुनी आधारबारे पनि संसदीय समितिले चासो व्यक्त गरेको छ । सरकारले गर्ने हरेक काम कानुन मुताविक हुनुपर्ने समितिको धारणा छ । त्यसबारे कानुन विद्हरूसँग पनि समितिले परामर्श गरेको थियो । कानुनविद्हरूसँग संक्रामक रोग ऐन, २०२० बारेमा पनि छलफल भएको थियो ।
सरकारले लकडाउन, क्वारेन्टाइन, आइसोलेसनलगायतका विषयमा कानुन ल्याउनुपर्ने कानुनविद्हरूको सुझाव थियो । सोहीअनुसार सरकारलाई समितिले निर्देशन दिएको छ । ५७ वर्ष अगाडिको ऐनले अहिलेको परिस्थितिलाई सम्बोधन गर्न नसक्ने भएकाले छरिएर रहेका कानुनलाई एकीकृत गर्न र बाँकीलाई समयसान्दर्भिक बनाउन समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले न्यून आय भएका व्यक्ति तथा समुदायलाई तत्काल राहतको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
सांसदहरूले सरकारले गरेका काम कानुनसम्मत भए नभएको विषयमा चासो राखेका थिए ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
भोलि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।
प्रदेश नं १ का जिल्ला अस्पतालहरुमा व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) अपुग भएको छ ।
ती जिल्लाका मेडिकल सुपरीटेन्डेन्ट (मेसु)हरुले प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग बिहीबार साँझको भिडियो संवादमा उक्त समस्या अवगत गराएका हुन् ।
प्रदेश सरकारबाट प्राप्त पिपिइ पर्याप्त नभएको र स्थानीयस्तरबाट व्यवस्थापन भएको पिपिइ सकिएकोे उनीहरुको गुनासो छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको अवस्थामा पिपिइको अभावले उपचार कार्यका समस्या उत्पन्न हुने उनीहरुले बताएका छन् । उनीहरुले प्रदेश सरकारले तत्काल पिपिइको व्यवस्था गर्न माग गरेका छन् ।
मेसुहरुले अस्पतालमा आकस्मिक, फिवर क्लिनिकसँगै नियमित सेवा पनि सञ्चालनमा रहेको बताउँदै विकास समितिबाट नियुक्त भएका र करारका स्वास्थ्यकर्मीलाई प्रदेश सरकारबाट प्रोत्साहन भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । इलाम जिल्ला अस्पतालका मेसु डा प्रमोद साहले पिपिइको अभावका बीच आफूहरुले सेवा दिइरहेको बताउनुभयो । उहाँले विदेशलगायत अन्य जिल्लाबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिँदै कोभिड–१९ का लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।
पाँचथर जिल्ला अस्पतालका मेसु डा बुद्धिबहादुर थापाले पिपिइ, एन–९५ मास्क अभाव भएको चर्चा गर्दै आवश्यक जनशक्ति र बजेटको अभाव भएको सुनाउनुभयो । ताप्लेजुङ अस्पतालका मेसु डा सनि लामाले अस्पतालमा दरबन्दी कम भएको बताउँदै अन्य जिल्ला अस्पतालसरह सेवा दिए पनि दरबन्दी कम भएको गुनासो गर्नुभयो । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले कोभिड–१९ को व्यवस्थापनका लागि दैनिक काम भइरहेको बताउनुभयो ।
भोजपुर जिल्ला अस्पतालका निमित्त मेसु डा पवित्रा श्रेष्ठले जिल्लामा आरडिटी किटको अभाव भएको गुनासो गर्दै पिपिइ आफँै व्यवस्थापन गरेर काम चलाइरहेको छु भन्नुभयो । उहाँले जिल्लामा सङ्क्रमित बढेमा पिपिइ अभाव हुने जानकारी दिनुभयो । सोलुखुम्वु जिल्ला अस्पतालका निमित्त मेसु सोनु शेर्पाले अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई उपचारका लागि ल्याउन र लैजान समस्या भएको बताउँदै अस्पतालमा सवारी साधन व्यवस्थाका लागि आग्रह गर्नुभयो ।
ओखलढुङ्गा र धनकुटा जिल्ला अस्पतालका मेसु डा सन्तोष देव र पुजन विश्वकर्माले पिपिइ र एन–९५ मास्कको अभाव रहेको गुनासो गर्दै सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गर्न माग गर्नुभयो । सुनसरी जिल्ला अस्पतालका मेसु डा सन्तोष राईले अस्पतालले नियमितरूपमा थ्रोट स्वाब सङ्कलन, फिवर क्लिनिक र मोबाइल क्लिनिक सञ्चालन गरिरहेको तर पिपिइ अभाव रहेको बताउनुभयो । मेची अस्पतालका मेसु पिताम्वर ठाकुरले आइसोलेसनमा रहेका बिरामीका लागि खाना खर्चको समस्या रहेको गुनासो गर्नुभयो ।
जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या
सामाजिक विकासमन्त्री घिमिरेले प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध भएको पिपिइ वितरण भइसकेको जानकारी दिँदै शङ्कास्पद बिरामी वृद्धि भएमा पिपिइको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले पठाएको पिपिइको सही सदुपयोग नभएको गुनासो व्यक्त गर्दै स्वास्थ्यकर्मीभन्दा जनप्रतिधिले पिपिइ लगाएर हिँड्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
मन्त्री घिमिरेले पिपिइको अभाव जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा पनि रहेको चर्चा गर्दै शक्तिशाली देशमा पनि पिपिइ अभाव रहेको छ भन्नुभयो । प्रदेश सरकारले पिपिइ न्यूनतमरूपमा व्यवस्थापन गरेको छ भन्दै कसले कस्तो पिपिइ लगाउने भनेर नबुझ्दा पनि समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
कोरोनाको त्रासका वीचमा पनि अस्पतालले अत्यावश्यकीय सेवासँगै नियमित सेवा र फिवर क्लिनिक सञ्चालन गरेकामा धन्यवाद दिँदै शुरुआतका दिनमा कोरोनाको आतङ्क स्वास्थ्यकर्मीमा देखिए पनि अहिले त्यो त्रास हटेर गएको अनुभव उहाँले सुनाउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले कर्मचारी, स्वास्थ्य सामग्री अभावका विषयमा ध्यानाकर्षण भएको बताउँदै थप जनशक्ति तत्काल व्यवस्थापन गर्न आवश्यक भएको जानकारी दिनुभयो ।
हालसम्म प्रदेश नं १ मा आरडिटी र पिसीआर प्रविधिबाट आजसम्ममा छ हजार ३७७ जनाको कोरोना भाइरसको परीक्षण भएको छ । परीक्षण गरिएकामध्येमा पाँच हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना कक्षले जनाएको छ । कोरोना सङ्क्रमित ३१ जना केही दिनदेखि यथावत रहेको बताइएको छ । कक्षका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण (पिसीआर) बाट एक हजार २८८ मा कोरोना भए÷नभएको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल दुई हजार ३३७ पुगेको छ भने ३० डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा छ हजार १९९ बसिरहेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीबार साँझ अचानक अनियन्त्रित भई सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन् । शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।
कोहलपुर– बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं १ कुसुममा गए राति सवारी दुर्घटना हुँदा एक प्रहरीको ज्यान गएको छ । दाङबाट कोहलपुरतर्फ आउने क्रममा सडक दुर्घटनामा परी बारबर्दिया नगरपालिका –४ घर भएका प्रहरी जवान अनिल थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कुसुमको एम्बुलेन्समा घाइते थारुलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर ल्याइएकामा बाटैमा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति ८४ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले बताएका छन् ।
१९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा जन्मनुभएकी रानुदेवी सानैदेखि शास्त्रीय गायनमा समर्पित थिईन। उनले १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट पहिलो पटक नेपाली नेपाली …अघि बढौं हातमा क्रान्ति झण्डा लिई गित गाएर गायनमा प्रवेश गरेकी थिइन्।रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।