काठमाडौँ, १८ बैशाख । बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको हो । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३र४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए । ‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ ।चैत ११ गतेदेखि लकडाउन लगाएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योगरकलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको मुख्यसचिव नेतृत्वको कार्यदलका एक सदस्यले जानकारी दिए । तर, नेपालमा परीक्षण एकदमै कम भएकाले पनि उपत्यका लगायत क्षेत्रमा तत्काल खुकुलो बनाउन पनि जोखिमपूर्ण रहेको स्वास्थ्य विज्ञहरुको चेतावनी छ । दृष्टिबाट File Photo
काठमाडौं – बलिउड अभिनेता ऋषि कपुरको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहिवार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको हो । बुधबार अभिनेता इरफान खानलाई गुमाएको बलिउडले बिहीबार नै ऋषि कपुरलाई गुमाउदा शोकमा डुबेको छ ।
ऋषि कपुरका परिवारले भने, ‘अन्तिम समयसम्म पनि डाक्टर र स्वास्थ्यकर्मीलाई मनोरञ्जन दिइरहे’(पत्रसहित)
स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको अचानक निधनले बलिउडका सबै कलाकारलाई दुखित तुल्याएको छ । यस्तै उनको निधनको खबरले बलिउड गायिका लता मंगेश्कर दुखी भएकी छिन् ।
ऋषिसँग काम गर्ने दीपिकाको सपना अधुरै
उनले सामाजिक सञ्जाल ट्वीटरमा एउटा तस्बिर शेयर गर्दै भावुक स्टाटस लेखेकी छिन् । उनले शेयर गरेको तस्बिर लता र ऋषि कपुरको हो ।
गायिका लताले बालक ऋषि कपुरलाई काखमा लिएकी छिन् । उनले उक्त तस्बिर शेयर गर्दै लेखेकी छिन् , ‘केही समयअघि ऋषिजीले मलाई यो तस्बिर पठाउनुभएको थियो। ती दिन सम्झिरहेको छु, म शब्दहीन भएकी छु।’
![]()
Lata Mangeshkar✔@mangeshkarlata
Kuch samay pehle Rishi ji ne mujhe unki aur meri ye tasveer bheji thi.wo sab din,sab baatein yaad aarahi hain. Main shabdheen hogayi hun.
11.5K people are talking about this
त्यस्तै उनले अर्को ट्वीटमा लेखेकी छन्, ‘के भनुँ, के लेखुँ, केही पनि सोच्न सकिरहेकी छैन, ऋषिजीको निधनले मलाई निकै दुःख लागिरहेको छ, उनको निधनले फिल्म उद्योगले धेरैथोक गुमाएको छ, यो पीडा सहन मेरा लागि धेरै गार्हो भएको छ, भगवानले उनको आत्मालाई शान्ति देऊ।’
![]()
Lata Mangeshkar✔@mangeshkarlata
Kya kahun? Kya likhu kuch samajh mein nahi aaraha hai.Rishi ji ke nidhan se mujhe bahut dukh ho raha hai.Unke jaane se film industry ki bahut haani hui hai. Ye dukh sehena mere liye bahut mushkil hai.Bhagwan unki aatma ko shanti pradan karein.
मुम्बई — बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए । सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।
सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका छैनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए । यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।
काठमाडौँ — सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेनालगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३/४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए । ‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’
सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ ।
चैत ११ गतेदेखि लकडाउन लगाएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।
आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको मुख्यसचिव नेतृत्वको कार्यदलका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार हाल कोरोना संक्रमण फैलिएका जिल्लालाई ‘उच्च जोखिमयुक्त क्षेत्र’ घोषणा गरी बाँकीमा सामाजिक दूरी र आवश्यक स्वास्थ्य सावधानी अपनाएर आवतजावत तथा नियमित काम गर्ने बाटो खुलाउने रणनीति अघि सारिएको छ । कृषि, उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग र पूर्वाधार निर्माणको काम सुचारु गर्ने तर दीर्घरोगी र ६० वर्ष उमेर काटेका व्यक्तिलाई सडकमा हिँड्डुल गर्न बन्देज लगाउने विषयमा पनि छलफल चलेको छ । कोरोना संक्रमणको जोखिममा दीर्घरोगी र वृद्धवृद्धा रहेका कारण उनीहरूलाई सडकमा ननिस्कने व्यवस्था सम्बन्धित परिवारका सदस्यले गर्नुपर्ने र अटेर गरिए प्रशासनिक कारबाहीसम्म गर्नुपर्ने प्रस्तावमा पनि छलफल अघि बढेको छ ।
सामान्य अवस्थामा रहेका खासगरी हिमाली तथा पहाडी जिल्लामा वैशाख २५ पछि क्रमश: आवागमन खुकुलो बनाउँदै जाने र कम जोखिम रहेका सहरी क्षेत्रमा पनि पातलो गरेर हिँड्डुल तथा अत्यावश्यक सेवामा व्यापार/व्यवसाय गर्न दिनेबारे छलफल थालिएको छ । तर कोरोना संक्रमण सामान्य अवस्थामा नपुगेसम्म ठूला सपिङ मल, शैक्षिक संस्था, सवारीसाधन सञ्चालन गर्न दिने पक्षमा सरकार नरहेको ती अधिकारीको भनाइ छ ।
‘अहिलेसम्मको वस्तुस्थितिको समीक्षा गर्दा उपत्यकासहित हिमाली र पहाडी जिल्ला कोरोना संक्रमणको कम जोखिममा रहेको पाएका छौं, अब थपिने लकडाउनको मोडालिटी पनि त्यसअनुसार नै हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ ती सदस्यले भने, ‘यद्यपि सामान्य र कम जोखिममा रहेका जिल्ला तथा इलाकामा पनि निश्चित उमेर समूह र दीर्घरोगीलाई सडकमा निस्कन नपाइने गरी सुरक्षा व्यवस्थापन गरिनेछ ।’
वृद्धवृद्धा र दीर्घरोगी कोरोना संक्रमणका उच्च जोखिममा रहेको विभिन्न स्वास्थ्य सर्वेक्षणले देखाइसकेकाले अब सरकारले प्रतिकार्य योजना लागू गर्दासम्म उनीहरूलाई खुला रूपमा हिँड्डुल गर्न नपाइने गरी रणनीति बनाउन लागिएको ती अधिकारीको भनाइ छ । नेपालमा हालसम्म ५७ जनामा कोरोना संक्रमण देखिएकामा १६ जना उपचारपछि निको भइसकेका छन् ।
दैनिकजसो संक्रमितको संख्या थपिने क्रममा रहेको र प्रदेश १ र २ का जिल्लामा यो अनुपात बढ्दो क्रममा रहेकाले ती जिल्लालाई सिल गरेर बाँकीमा खुकुलो बनाउँदै लैजानुपर्ने माग उच्चस्तरीय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका आन्तरिक छलफल र बैठकमा पनि उठेको छ । तर सीमा नाका भने स्थिति सामान्य नभएसम्म बन्द नै गर्नेमा सबैको एकमत छ । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछि सिर्जित परिस्थितिका कारण वैशाख २५ गतेपछि पनि देशभर लकडाउन हट्ने सम्भावना नरहेको र क्षेत्रगत हिसाबमा मात्रै खुकुलो बनाउने पक्षमा मन्त्रीहरू रहेको स्रोतको भनाइ छ ।
दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको छ।स्थानीय समयानुसार मङ्गलबार राति १:३२ सो आगलागी सुरु भएको थियो। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ।आगलागी सुरु भएको सो समयमा कम्पनीका ७८ जना कामदार भवनभित्र काम गरिरहेका थिए। यस आगलागीमा परी ३८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य १० जना घाइते भएका छन् जसमा ८ जनाको अवस्था गम्भीर रहेको न्यू योर्क टाइम्सले जनाएको छ।अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ।
काठमाडौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउन सूचना जारी गरेको छ ।
शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउन कामदारलाई अनुरोध गरेको छ ।शाखाले आज एक सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त वैध प्रवेषाज्ञा भएका हाल विदामा नेपाल रहेका कामदारलाई उक्त कुरा जानकारी गराएको खबर गाेरखापत्र दैनिकमा छ ।
एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ४८ हजार ८ सय ३४ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १३ हजार ६९ जना नयाँ संक्रमित र १२ सय २९ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ ।
उता, बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडामा प्रस्तुत गरेको छ । संशोधित आँकडा अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ एकैदिन ४ हजार ४ सय १९ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भएको छ । बेलायतका विदेशमन्त्री डोमोनिक रोबले कोरोना भाइरसबारेको दैनिक ब्रिफिङका क्रममा संशोधित आँकडा प्रस्तुत गरेका थिए । यसअघि चीनले पनि निकै पछि उहानमा मृत्यु हुनेहरुको संशोधित तथ्याँक सार्वजनिक गरेको थियो ।
त्यस्तै इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घटेको छ । बुधबार इटालीमा ३ सय २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ५३ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ भने स्पेनमा २४ हजार २ सय ७५ पुगेको छ । त्यस्तै,विश्वभर मर्नेको संख्या २ लाख २५ हजार ६ सय १५ पुगेको छ भने संक्रमितहरुको संख्या ३१ लाख ८९ हजार ६० पुगेको छ ।
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ ।यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान अस्पताल भर्ना गरिएको हो ।
![]()
Maharashtra: Veteran actor Rishi Kapoor hospitalised at H. N. Reliance Foundation Hospital in Mumbai. More details awaited. (file pic)
929 people are talking about this
रणधीर कपुरले समाचार एजेन्सी पीटीआईलाई भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र सास फर्न समस्या छ । हाल उनको स्थिती स्थिर छ ।’
![]()
Rishi Kapoor admitted to HN Reliance Hospital a few days back. Chintu dear, get well soon.
72 people are talking about this
अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
सोसल मिडियामा अत्यधिक सक्रिय रहने ऋषि कपुरले दुई अप्रिलपछि ट्वीटरमा केही पनि पोष्ट गरेका छैनन् । आफ्नो पोस्टमा उनले दीपिका पादुकोणसँग आउन लागेको फिल्मबारे जानकारी दिएका थिए ।
![]()
An appeal
to all brothers and sisters from all social status and faiths. Please don’t resort to violence,stone throwing or lynching. Doctors,Nurses,Medics, Policemen etc..are endangering their lives to save you. We have to win this Coronavirus war together. Please. Jai Hind!
3,696 people are talking about this
उनी अस्पताल भर्ना भएको खबर सार्वजनिक भएपछि सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिँदैछ ।
काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।
यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घ र भक्तपुर ट्रक व्यवसायी सङ्घले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी सङ्घ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका थिए ।
हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पूर्वी भू–भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भै अन्य बाँकी भू–भाग मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार भने देशको पहाडी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही अपरान्हपछि पश्चिमी र पूर्वी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार पनि देशको पश्चिमी पहाडी भू–भागमा मध्यान्नपछि तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।