generalnews
||Power News Asia||

आजको समाचार

नयाँ संक्रमित भेटिएनन्, ४ सय ८ जना सम्भावित जोखिमको सूचिमा

समाचार


वैशाख २०, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६१ हजार ६ सय २७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५२ वटा परीक्षण भएको छ । हालसम्म १३ हजार ९८ जनाको पिसीआर परीक्षण र ४८ हजार ५ सय २९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ५२८२, प्रदेश दुईमा ५६८७, बागमति प्रदेशमा ५५१५, गण्डकी प्रदेशमा ५४११, प्रदेश पाँचमा ४२४०, सुदूरपश्चिम प्रदेशमा १३,८२३ र कर्णाली प्रदेशमा ५५७१ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

हालसम्म आरडिटी परिक्षणको संख्या ४८ हजार ५ सय २९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २२ हजार ९ सय ७८ व्यक्ति छन् । आइसोलेसनमा ८९ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ४ जना मात्रै छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार ८४ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २९ हजार ६ सय ८५ रहेको छ ।

तिमध्ये ३ सय १९ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ८ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५९ जना संक्रमित भेटिएका हुन् भने १६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी ४३ जनाको उपचारभइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पासमा आफैँ मिति सच्याएर गाडी दौडाउँदै

समाचार


–नारायण ढुङ्गाना
काठमाडौं । मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।

झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ । 

कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ । 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिए । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ । 

‘धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, ‘तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्रहरीको पूरा निगरानी हुन्छ ।’ स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो । लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहेँलो पास जारी भयो । गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ । तर एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताए ।

जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ । अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ । आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ । दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ ।

यसरी उल्लङ्घन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर तीन÷चार दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ । स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ ।  

उपत्यकामा बढ्न थाल्यो सवारीको चाप 

पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् । सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिए । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ । 

यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए । कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ । 

नेकपा सचिवालय बैठक सुरु, ओली र दाहालको समान कुर्सी

समाचार


काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकै किसिमको कुर्सीमा बसेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले बैठक सुरु भएका तस्विर सार्वजनिक गर्दै बसाईको नयाँ व्यवस्थापन भनेर उल्लेख गरेको छ । तस्विर : प्रधामन्त्री ओलीको सचिवालय

महोत्तरीमा अज्ञात राेगले मृत्यु हुनेकाे सङ्ख्या ११ जना पुग्यो, शाेक र त्राशमा गाउँले

समाचार


महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको सङ्ख्या ११ पुगेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्दिवास–१२ मेघरोल र भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा बर्दिवास–१२ का चार, भङ्गाहा–७ का छ र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताउनुभयो ।

मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।”

थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।

५४ देशका ३०९ यात्रु बोकेर काठमाडौंबाट उड्यो कतार एयरवेज

समाचार


कतार एयरवेजको वाइडबडी जहाज ५४ देशका तीन सय ९ जना यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट फ्रान्सको पेरिसतर्फ उडेको छ।  नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज शनिबार दिउँसो काठमाडौंबाट कतारको दोहा हुँदै पेरिसका लागि उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्। यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ। पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ।यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एनरेनबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता

समाचार


सुर्खेत, २० वैशाख : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बीच अनलाइन शिक्षण प्रविधि (कर्परेट जुम लाइसेन्स) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र एनरेनका तर्फबाट अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरे । विश्वविद्यालय केन्द्रीय क्याम्पसका सूचना प्रविधि सङ्कायका उप–प्राध्यापक पञ्चदेव भट्टका अनुसार सम्झौताबमोजिम मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई एनरेनले हाल तीन महिनाका लागि २० वटा कर्परेट जुम लाइसेन्स उपलब्ध गराउनेछ । प्राप्त प्रत्येक लाइसेन्समा अनलिमिटेड मिटिङ वा कक्षा सञ्चालन गर्न सकिनेछ । जसमा एकैपटक ३०० जना जोडिन सक्नेछन् ।

उपप्राध्यापक भट्टले सबै लाइसेन्स सञ्चालन भई विश्वविद्यालयअन्तर्गतका पाँच केन्द्रीय क्याम्पस, दुई स्कूल, १२ आङ्गिक तथा सम्बन्धनप्राप्त गरी १९ क्याम्पसलाई लाइसेन्स उपलब्ध गराउने प्रक्रिया अगाडि बढेको जानकारी दिए । “यो सम्झौताले जुम टुल प्रयोग गरी विश्वविद्यालयले आवश्यक मिटिङ तथा क्याम्पसले अनलाइन कक्षा सञ्चालन गर्न सहयोग पु¥याउनेछ”, उनले भने ।

एनरेन सूचना तथा सञ्चार प्रविधि (आइसिटी) र उच्च ब्याण्डविथको प्रयोग गरी ज्ञानमा आधारित समाज निर्माण कार्यमा संलग्न विश्वभर कार्यरत एक गैर–नाफामूलक संस्था हो । यसअघि वैशाख ४ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालये अन्तर्राष्ट्रियस्तरमा अनलाइन शिक्षा क्षेत्रमा ख्यातिप्राप्त शैक्षिक संस्था ओपन एजुकेशन रिसोर्स फर युनिभर्सिटिजसँग पनि समझदारी गरिसकेको छ ।रासस

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा, रेड जोन तत्काल नहटाइने

समाचार


२० वैशाख : भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिएका हुन् ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उनले भने । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उनले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिए ।

उनले भने, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उहाँका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले ्क्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।रासस File photo

प्रविधिको प्रयोग गरेर विद्यालयको वार्षिक परीक्षाफल प्रकाशन

समाचार


कास्की, २० वैशाख : समय पहिलाजस्तै भएको भए यतिबेला विद्यालयहरुमा नयाँ शैक्षिकसत्र शुरु भइसकेको हुन्थ्यो । कक्षाकोठामा अध्ययन÷अध्यापन कार्य चलिरहेको हुने थियो । वैशाखको तेस्रो साता बितिसक्दासमेत यस वर्ष गत वर्षको वार्षिक परीक्षाफल नै प्रकाशन भएको छैन ।

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीले सबै क्षेत्र ठप्प छ । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कनसमेत बन्देज गरिएको छ । जसले गर्दा विद्यालयले हालसम्म पनि वार्षिक परीक्षाफल तयार गर्न नसकेका हुन् । चैत पहिलो साता लिइएको वार्षिक परीक्षाफल प्रकाशनमा ढिलाइसँगै विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न थालेपछि जिल्लामा केही स्थानीय तहले परीक्षाफल प्रकाशनका लागि निर्देशन दिएका छन् ।

जिल्लाको माछापुच्छ«े गाउँपालिकाले पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई अविलम्व वार्षिक परीक्षाफल प्रकाशनका लागि निर्देशन दिएको छ । गाउँपालिकाको निर्देशनसँग केही विद्यालयले नतिजा प्रकाशन गरिसकेका छन् भने अन्यले तयारी शुरु गरेका छन् । परीक्षाफल सार्वजनिक गर्दा लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गर्न भनिएको छ । सामाजिक सञ्जाल, टेलिफोन, एफएम रेडियोमार्फत गराउने साथै विद्यालयको सूचना पाटीमा टाँस गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।

निर्देशनपछि केही विद्यालयले सामाजिक सञ्जाल, विद्यालयको फेसबुक पेज, म्यासेन्जर तथा टेलिफोनबाट नतिजा सार्वजनिक गर्न शुरु गरेका छन् । गाउँपालिकाको वडा नं ५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयले शुक्रबार विद्यालयको फेसबुक पेज तथा सूचना पाटीमा नतिजा टाँसेर परीक्षाफल प्रकाशन गरेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर रावतले बताउनुभयो ।

विभिन्न टोलमा केही व्यक्तिहरुको म्यासेन्जरमा नजिता पठाइएकाले समेत विद्यार्थी र अभिभावकले त्यसबाट समेत जानकारी प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा नतिजा सुन्न विद्यार्थी र अभिभावकको भीड लाग्ने गरेकामा यसपटक सम्भव भएका प्रविधिलाई उपयोग गरेर सबै विद्यार्थीसम्म नतिजा पु¥याइएको बताइन्छ । “विद्यमान प्रविधिको उपयोग गरेर भए पनि परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीमा लामो समयदेखि देखिएको अन्योल अन्त्य भएको छ । अब घरमै बसेर पनि उपल्लो कक्षाको पाठ्यपुस्तक अध्ययन गर्न विद्यार्थीलाई सहज भएको छ”, प्रध्यानाध्यापक रावतले भन्नुभयो ।

नौ वडा रहेको माछापुच्छ«ेमा सामुदायिक ४३ र संस्थागत सात गरी ५० विद्यालय छन् । चार/पाँच दिनभित्र सबै विद्यालयले वार्षिक परीक्षाफल प्रकाशन गरिसक्ने बताइन्छ । परीक्षा दिएको लामो समयसम्म नजिता थाहा नहुँदा विद्यार्थीमा निराशा छाउने र पढ्ने बानी कम हुँदै जाने भएकाले नतिजा प्रकाशनका लागि निर्देशन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा सञ्चालन हुन नसके पनि नतिजा प्रकाशित भएपछि विद्यार्थीले घरमै दाइदिदीका भए पनि पाठ्यपुस्तक खोजेर भए पनि अध्ययन गर्लान् भनेर सबै विद्यालयलाई नतिजा प्रकाशित गर्न भनेका हौँ ।” गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षाको नतिजा तयार गरी प्रकाशन गर्ने र प्रमाणीकरणका लागि लकडाउन समाप्त भएपछि गाउँपालिकामा पेश गर्न अनुरोध गरिएको छ ।

रुपा गाउँपालिकामा पनि रोकिएको परीक्षाफल प्रकाशनका लागि सबै विद्यालयले तयारी गरिरहेको र केही दिनमा सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ । सामाजिक दूरी कायम गर्ने, प्रविधिलाई अनुशरण गर्ने गरी दुई निजी र ३१ सामुदायिक विद्यालयले नतिजा प्रकाशनको तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो । गाउँपालिकाले नयाँ पाठ्यपुस्तक वितरण नगर्दासम्म पुराना पाठ्यपुस्तक सङ्कलन गरी वितरण गरिने जनाएको छ ।

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले लकडाउका अवधिमा समेत नतिजा सार्वजनिक गर्नेबारेमा विद्यालयका प्रधानाध्यापकसँग अनौपचारिक छलफल गरे पनि हाललाई सम्भव नदेखिएको बताएको छ । लकडाउनका कारणले शिक्षक, कर्मचारी विद्यालय आउन सक्ने अवस्था नरहेको तथा कतिपय शिक्षकहरु गाउँ फर्किसकेकाले लकडाउन खुलेको एक हप्ताभित्रमा सबै विद्यालयले नतिजा सार्वजनिक गरी सक्ने महानगर शैक्षिक महाशाखा प्रमुख गङ्गाबहादुर गुरुङले बताउनुभयो । महानगरमा २०७ सामुदायिक र १७५ संस्थागत विद्यालय छन् ।

“गाउँमा अधिकांश शिक्षकको घरपायक हुन्छ, लकडाउन पनि त्यति कडाइ हुँदैन । परीक्षाफल प्रकाशनको तयारी गर्न सकिन्छ । शहरमा शिक्षक विद्यालय आउनै समस्या देखियो”, गुरुङले भन्नुभयो । लकडाउनका अवधिमा कतिपय विद्यालयलले अनलाइन कक्षा सञ्चालन गरेपछि महानगरले हालै त्यसलाई रोक लगाएको छ । अनलाइन कक्षा सञ्चालनबाट विकृति बढेको भन्दै रोक लगाइएको महानगरले जनाएको छ ।रासस File Photo

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

समाचार


भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको थियो । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उहाँसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बस्नुभयो । अहिले उहाँहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहनुभएको छ ।

गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिनुभयो । पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ । वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिनुभयो । अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जनाकारी दिनुभयो ।

“खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?” टार्जनले भन्नुभयो, “हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।” चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ ।

अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ ।

जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन् । जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन् । विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ । भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ ।

छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । जुनिचाँदे गाउँपालिकाले सबै वडामा रहेका नजिकका विद्यालयमा क्वारेन्टाइन बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । उहाँले खाद्यान्न, अन्य औषधि, डाक्टर जान र आउन सक्ने सजिलो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको बताउनुभयो । जिल्लाका सबैभन्दा बढी बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, भेरी नगरपालिकाका मानिस ‘लकडाउन’को समयमा बाहिरबाट बढी आएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ । जिल्लामा अहिलेसम्म ५०० दु्रत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

जिल्लामा अझै एक हजार ५०० किट आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । हालसम्म कर्णाली प्रदेशका कुनै जिल्लामा पनि कोरोनाबाट सङ्क्रमण भएको व्यक्ति फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा

समाचार


भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म ११ जिल्लालाई उच्च जोखिमको सूचिबाट नहटाइने शनिबार जानकारी दिनुभएको हो ।

“दिल्लीका ११ जिल्लालाई हामीले यही मे १७ सम्म उच्च जोखिमका जिल्लाको सूचिमा राखिने छ,” उहाँले भन्नुभयो । कुनै पनि जिल्लामा कोरोनाभाइरसबाट संक्रमित विरामीको संख्या दशभन्दा बढी भएमा त्यस जिल्लालाई उच्च जोखिमको जिल्लाका रुपमा सूचिकृत गरिने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय स्वास्थ्य मन्त्रीले पनि शुक्रबार देशभरका १३० जिल्ला उच्च जोखिमपूर्ण जिल्लाको सूचिमा रहेको बताउनु भएको थियो । यही मे ४ तारिखदेखि देशव्यापी लकडाउनको म्याद फेरी थप्ने निर्णय भएकैदिन उहाँले रेड जोनमा रहेका जिल्लाहरुको सूचि बनाइएको जानकारी दिनु भएको हो ।

उहाँका अनुसार देशभरका २८४ जिल्लालाई “ओरेन्ज जोन” र ३१९ जिल्लालाई “ग्रिन जोन”का रुपमा सूचिकृत गरिएको छ । मन्त्री जैनले केन्द्रीय राजधानी प्रदेशमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शनिबारसम्म तीन हजार ७३८ पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म दिल्लीमा तीन हजार ७३८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्, ती मध्ये २२३ जना त हिजो मात्रै थपिएका हुन् ।”उहाँका अनुसार कुल सङ्क्रमित मध्ये झण्डै ३२ प्रतिशत अर्थात एक हजार १६७ जना अहिले ्क्रमणमुक्त भइसकेका छन् ।

देशभरी संक्रमितको संख्या भने ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ ।

दैनिक रुपमा सङ्क्रमित हुने र मुत्यु हुनेको संख्यामा कमी नआएपछि सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरेको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।