generalnews
||Power News Asia||

आजको समाचार

सात जना कोरोना भाइरसका नयाँ संक्रमित को को हुन् (सुचीसहित)

समाचार


काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका ७ नयाँ संक्रमितहरु थपिएका छन् । आज नेपालगञ्जमा ३ पुरुष र ४ महिला संक्रमित थपिएका हुन् ।

संक्रमितहरु १९ वैशाखमा नेपालगञ्जमा संक्रमित ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरु हुनु । ती जमाती भारतको नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातसँग सम्बन्धित धर्मगुरु हुन् । उनी नेपालगञ्जकै बासिन्दा भएको बुझिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर राणाले ती जमाती नेपालगञ्जकै भएको पुष्टि गरेका हुन् । उनले ऋषि धमलासँग हिजो रेडियो एनआरएनसँगको अन्तवार्तामा भारत आउजाउ गर्ने व्यक्ति भएको खुलाएका हुन् ।

संक्रमितहरु २२, ३० र ४० वर्षका पुरुष छन् । ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्ला नेपालगञ्जका अहिलेसम्म पत्ता लागेका २२ जना संक्रमितहरु मदरसाका विद्यार्थी देखि जमातीको सम्पर्कमा आएकाहरु छन् ।

यसअघि नेपालगञ्जमै भेटिएका ६० वर्षीय जमातीको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्दा थप १५ जनामा संक्रमण भेटिएको थियो ।
संक्रमितमध्ये ७ वर्षीया बालिका पनि छिन् । जुन नेपालमा संक्रमितमध्ये सबैभन्दा कम उमेरकी हुन् । ६० वर्षीय जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत संक्रमित भएका हुन् ।

बाँकेको समुदायसम्म कोरोना संक्रमण भेटिएपछि त्यहाँ सुरक्षा कडा पारिएको छ । नेपालगञ्जमा निषेधित क्षेत्र घोषित गरी लकडाउन कडा पारिएको छ ।

नयाँ संक्रमित
१. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
२. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
३. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
४. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
५. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
६. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको

जमातीका कारण समुदायमा फैलियो कोरोना भाइरस

समाचार


काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलन थालेको छ । नेपालगञ्ज ८ को टोलमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि समुदायसम्म फैलन थालेको देखिएको हो ।

१९ वैशाखमा एकजना कोरोना भाइरसका संक्रमित पत्ता लागे । ६० वर्षीय ती धर्मगुरुमा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण हुनथाल्यो । ती धर्मगुरु भारतको निजामुद्दीनस्थित तब्लिगी जमातका सदस्य भएको पत्ता लागेपछि धमाधम खोजी हुनथाल्यो । ती जमाती पुगेको महेन्द्र पार्क नजिकै जोलहनपुर्वाको मस्जिद, मदरसाका विद्यार्थी समेत कोरोना संक्रमित भएका हुन् । ती जमाती धर्मगुरु धार्मिक गतिविधिमा संलग्न रहेको पत्ता लागेको छ ।

२१ वैशाखको दिउँसो नेपालगञ्जको एउटै टोलका ९ जना संक्रमित भेटिएकोमा साँझ थप ६ जना भेटिए । धमाधम संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गरिएकोमा ७ जना २३ वैशाखमा थपिएका छन् । हालसम्म जमातीको सम्पर्कमा आएकामा नेपालगञ्जको एकै टोलका २२ जनामा संक्रमण भेटिइसकेको छ ।

हिजोबाट नेपालगञ्जमा लकडाउन कडाई गरिएको छ । त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालभर हालसम्म पत्ता लागेका ८२ संक्रमितमध्ये ६३ जना मुसलमान समुदायका छन् । नेपालको कुल जनसंख्यामा ४ प्रतिशत मुसलमान समुदाय छन् । तर, कोरोना भाइरसको संक्रमितको संख्या र अनुपातको तुलना गर्ने हो मुसलमान समुदाय कोरोना भाइरसको उच्च जोखिममा देखिएका छन् ।

कोरोना भाइरसको संक्रमितमध्ये दिल्ली निजामुद्दीनको मर्कस जमातको कनेक्सन नेपालसम्म देखिएको छ । जमातीहरु लकडाउन अघि र पछि नेपाल छिरेको तथ्य भेटिइसकेको छ । भारतमा पनि कोरोना महामारी फैलनुको मुख्य कारक जमाती भनी सञ्चारमाध्यमले तथ्यांक सहित उल्लेख गरिरहेका छन् ।

वीरगञ्जको छपकैयास्थित मस्जिद र उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा कोरोना भाइरसको संक्रमणको कारक जमाती भएको खुलिसकेको छ । सबैभन्दा बढी संक्रमण उदयपुरमा फैलिएको छ । त्यहाँ ३० जनाभन्दा बढी संक्रमित भेटिइसकेका छन् । अहिले नेपालगञ्जमा पनि फैलन थालेको छ ।

तीन हजार नेपाली फर्काउँदै कुवेत, नेपाल सरकार अन्यौलमा

समाचार


काठमाडौं – वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।

कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।

साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

समाचार


काठमाडौं – नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । 

यी दुवै जना कुनै स्वास्थ्य समस्या विनै  निको भएका थिए । देशभरमा कुल संक्रमित ५९ जना मध्येमा १६ जना पनि कुनै जटिल समस्या विनै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्चरक्तचाप,दम,मिर्गौला,मधुमेह,क्यान्सर र मुटु रोगीहरुमाल जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनले देखाएका छन् । तर नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरुमा समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने,सुख्खा खोकी लाग्ने,नाकवाट पातलो पानी वग्ने,श्वास फेर्न गाह्रो हुने र थकाइ लाग्ने जस्ता लक्षण हुन्छन् । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् । 

जेठ १० सम्म लकडाउन बढाउने तयारी

समाचार


कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। 

मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो। 

केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए। 

नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्। नागरिक दैनिकमा खबर छ ।

चितवनका कोरोना संक्रमितको चौथो रिपोर्ट पनि पोजेटिभ

समाचार


कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

 हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन् ।

 वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए । उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

समाचार


काठमाडौँ, २२ वैशाख । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, “लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् ।” होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिएका छन् ।

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताएका छन् । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको छ । दुई÷चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताएका छन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् । अब के गर्ने भन्ने विषयमा केन्द्रीय हानको निर्णयको पर्खाइमा रहेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् । चितवन र नवलपरासीमा १५० पर्यटकीय होटल छन् । ती होटलमा पाँच हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भट्टराईका अनुसार ती होटलमा रु १९ अर्ब ५० करोडभन्दा बढी बैंकिङ ऋण रहेको छ ।

होटल खुलेको कम्तीमा एक वर्ष ऋणको किस्ता र ब्याज बुझाउन नसकिने भन्दै उहाँले पुनःकर्जा दिएर व्यवसाय सञ्चालन गर्न सहयोग गर्नुपर्ने बताएका छन् । भट्टराईले कृषिसरह ब्याजमा सहुलियत दिनुपर्ने माग अघि सारेको जानकारी दिएका छन् । यता मेघौलीको साराङ वाइल्ड लाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले भने लकडाउन खुलेपछि होटल सञ्चालनमा ल्याउने तयारी गरिएको बताएका छन् । थोरै कर्मचारीबाट सेवासुविधा दिने गरी होटल खोल्ने तयारी आफूले गरेको उनले बताएका छन् । लकडाउनले घरमा बस्दा वाक्क भएका आन्तरिक पर्यटक आउने उनको अनुमान छ । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्रका दुर्लभ वन्यजन्तु, थारू संस्कृति, डुङ्गा शयरका लागि स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । (गोरखापत्रबाट)

६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने

समाचार


काठमाडौं, बैशाख २२ । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको पाँच वर्षे सेवा अवधि पूरा गरी सेवा निवृत्त हुने अवस्थामा पुगेका हुन् । यसै क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल १९ वैशाखदेखि सेवानिवृत्त भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव डिल्ली घिमिरे, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव राजीव गौतम र प्रधानमन्त्री कार्यालयका नारायण बिडारी छिट्टै सेवानिवृत्त हुने क्रममा छन् ।

सञ्चार सचिव सुवेदी यही १ जेठदेखि सेवानिवृत्त हुने भएका छन् । यसैगरी, श्रम सचिव विनोद केसी आगामी १२ जेठमा सेवानिवृत्त हुने भएका छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव घिमिरे १५ जेठमा सेवानिवृत्त हुनेछन् ।

यस्तै, कानुन मन्त्रालयका सचिव गौतम २६ जेठदेखि सेवा निवृत्त हुनेछन् । एक महिनाको अवधिमा दाहालसहित ६ जना सचिव रिक्त हुने भएपछि सरकारले नयाँ सचिव बढुवा प्रक्रियासमेत थाल्ने भएको आजको राजधानी दैनिकमा खवर छ ।

मूल्य समायोजन गरेन आयल निगमले

समाचार


काठमाडौँ, २२ वैशाख । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन ।

भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन । इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची अनुसार पनि निगमले मूल्य समायोजन गरेन । निगमले शनिबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको खरिद मूल्य घटेर आए पनि हाल पेट्रोलियम पदार्थको माग अत्यधिक न्यून रहेकाले तत्काललाई मूल्य समायोजन यथावत् राखिएको जनाएको छ । निगमले कारोबार नभएको वहानामा स्वचालित मूल्यसूची समेत कार्यान्वयन गरेको छैन ।
लकडाउनका कारण नेपाल आयल निगमको कारोबार ठप्प भएपछि सरकारले निगमबाट मात्रै करिब नौ अर्ब रुपियाँको राजस्व गुमाएको छ । निगमले सामान्य दिनमा मासिक छ अर्ब रुपियाँ राजस्व बुझाउँदै आएको थियो ।

वैशाख २५ गतेसम्मको डेढ महिनाको लकडाउनमा करिब नौ अर्ब राजस्व कम हुने निगमले जनाएको छ । लकडाउनपछि पेट्रोलियम पदार्थको बिक्री वितरण १० प्रतिशतमा झरेको छ । निगमका अनुसार पेट्रोल डिजेल विगतको तुलनामा ८५ प्रतिशत कम बिक्री भएको छ । हवाई इन्धनको बिक्री ५ प्रतिशतमा झरेको छ । कार्गो गरिएका विमानले मात्र हवाई इन्धन भरेका छन् । लकडाउनअघि दैनिक छ लाख लिटर हवाई इन्धन बिक्री हँुदै आएको थियो । एलपी ग्यासको वितरण २४ प्रतिशतमा झरेको छ । मार्चमा ४५ हजार मेट्रिक टन एलपी ग्यास आयात गरिएकामा अप्रिल महिनामा ३५ हजार मेट्रिक टन आयात भएको छ ।

बजारमा ग्यासको माग नभएका कारण यसको भण्डारण गरिएको छ । भण्डारको अभावले बुलेटमै भण्डारण गरिहेको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । तर राष्ट्रिय व्यापार घाटा कम गराउन भने यतिबेला निगमको कारोबारले सहयोग गरेको छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिदबापत वार्षिक दुई खर्ब रुपियाँ बुझाउँदै आएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए, “इन्डियन आयल कर्पोरेसनसँग मासिक १७ अर्ब रुपियाँको व्यापार हुँदै आएको छ ।” जसअनुसार लकडाउनको डेढ महिनामा करिब २२ अर्ब रुपियाँ विदेशिनुबाट भने जोगिएको छ । (गोरखापत्रबाट)

चिनी खरिदको स्वीकृति माग्दै साल्ट ट्रेडिङ

समाचार


काठमाडौँ, २२ वैशाख । साल्ट ट्रेडिङ कपोरेसनले ५० हजार मेक्ट्रिकटन चिनी खरिदको स्वीकृतिका लागि सरकारसँग माग गरेको छ । कर्पोेरेसनसँग भएको मौज्दात चिनी सकिन लागेपछि साल्ट ट्रेडिङले चिनी खरिदको स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको हो ।

कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले बन्दाबन्दीमा साल्ट ट्रेडिङसँग चिनी तीन हजार सात सय टन मात्रै मौज्दात रहेकाले खरिदको स्वीकृतिका लागि एक महिनाअघि मन्त्रालयसमक्ष निवेदन पेस गरेको जानकारी दिएका छन् । हाल साल्ट ट्रेडिङसँग रहेको चिनीको मौज्दातले अबको एक महिना धान्न कठिन पर्ने पनि उनले जानकारी दिएका छन् । उपमहानिर्देशक राजभण्डारीले बन्दाबन्दी ९लकडाउन० को अवधिमा साल्ट ट्रेडिङसँग भएको चिनी साल्ट ट्रेडिङका बिक्री केन्द्र, तीनवटा मोबाइल भ्यान र स्थानीय तहले बाड्ने राहतमा मेक्सिमम चिनी भएको बताएका छन् ।

चिनी समयमा खरिद नगरे एक/दुई महिनापछि बजारमा महँगो हुन सक्छ त्यसैले बजार भाउ नियन्त्रण गर्न पनि छिटो खरिद गर्नुपर्छ, मन्त्रालयबाट स्वीकृत आउने वित्तिकै खरिद प्रक्रिया सुरु गर्छौं उनले थपे । मन्त्रालयले आवश्यकता र मागलाई ध्यानमा राखेर चिनी खरिदका लागि साल्ट ट्रेडिङलाई छिटै स्वीकृत दिने तयारी गरेको जनाएको छ । साल्ट ट्रेडिङका अनुसार यस कम्पनीसँग हाल एक लाख तीन हजार मेट्रिक टन नून मौज्दात रहेको छ भने ४५ हजार मेट्रिक टन नून यही साता आइपुग्ने क्रममा छ । साल्ट ट्रेडिङसँग रहेको यो परिमाणको नूनले झन्डै एक वर्षको माग धान्ने अनुमान गरिएको छ । (गोरखापत्रबाट)