एजेन्सी, १६ बैशाख । चर्चित बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन् । इरफानलाई बिदेशकै अस्पतालमा आइसियूमा भर्ना गरिएको हो ।
हालैमात्र इरफानकी आमा सइदा बेगमको नि’धन भएको थियो । उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए ।
बलिउड अभिनेता इरफान खानकाे आमाकाे निधन , भिडियो कलबाट हेरे अन्त्येष्ट्री
उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन् । खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए । खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो ।
५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ । यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए । हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो । तर कोरोना भाइरसका कार उक्त फिल्म व्यवसायिक रुपमा सफल हुन् सकेन ।
जे होस् अभिनेता इरफान खानको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
फिचरमामा प्रयाेग गरिएकाे फाेटाे फाईलमात्र हाे
काठमाडौं । काठमाडौंमा र्यापिड डाइग्नोटिग टेष्ट (आरडिटी) परीक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का २१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा सहायक संयोजक लक्ष्मी कोइरालाले लोकपथलाई जानकारी दिईन् ।
उनी गत चैत ७ गते दुबईबाट नेपाल आएका थिए । उनको पिसिआर परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगिएको छ । विदेशबाट आएका नगरपालिकाबासीहरुको परीक्षण गर्दा उनमा आरडिटि पोजेटिभ देखिएको कोइरालाले बताइन् ।
काठमाडौं, बैशाख १६ – सर्वसाधारणले विरोधमा लेख्दा वा बोल्दा पाँच वर्ष जेल सजाय सुनाउन हतार गर्ने सरकारले आफ्ना मन्त्री र नेताले हदैसम्मका अपराध गर्दा पनि उन्मुक्ति दिँदै आएको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटा, मेडिकल सामग्री खरिदमा अनियमितता गरेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अपहरणकारीको आरोप लागेका सांसदद्वय महेश बस्ने, किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालको सरकारले पूर्ण बचाउँ गर्दै आएको छ। यसबाहेक सरकारले आफ्नातर्फबाट भएका कयौं कमीकमजोरीको ढाकछोप गर्दै आएको छ।
सर्वसाधारणलाई भने सरकारले सामान्य गल्तीमा पनि पक्राउ गर्दै आएको छ। पूर्वसचिव भीम उपाध्याय ६ दिन प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका छन्। त्यस्तै, राहत वितरण र सरकारको आलोचना गरेको भन्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही ललितपुर प्रहरीको हिरासतमा छन्। उनीसँगै राहत बाँड्न हिँडेका अर्का शक्तिबहादुर शाही पनि प्रहरी हिरासतमा छन्।
झन्डै दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीका लागि किनिएको १६ करोडको गाडीको विषयमा लेख्दा सोनमकुमार सुनारले पाँच वर्ष जेल सजाय पाए। उनी अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
काठमाडौं । वैशाख दोस्रो साता सुरु भइसक्दा धेरै विद्यार्थीहरु अहिले घरमै सीमित छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण मुलुक लकडाउनमा रहेकाले नियमित विद्यालय जानुपर्ने विद्यार्थीहरु घरमै सीमित हुनुपरेको हो ।
सामान्य अवस्था भएको भए अहिले विद्यालयहरुको पनि भर्ना अभियान सक्याएर पठनपाठन सुरु हुने समय भइसक्यो । तर, कोरोनको त्रासका कारण विद्यालयले भर्ना अभियानमात्रै नभएर अघिल्लो शैक्षिक सत्रको नतिजा समेत निकाल्न सकेका छैनन् ।
सरकारले भर्ना अभियानका साथै पठनपाठन सञ्चालनबारे स्पष्ट निर्देशन दिइनसकेपनि अहिले अनलाइन कक्षालाई जोड दिन थालिएको छ ।
राजधानीका कतिपय विद्यालयहरुले कोरोनाको महामारीका बीच पनि प्रविधिलाई उपयोग गर्दै अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन् ।
यस्तैमा राजधानीको बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलले पनि अनलाइन कक्षा सुरु गरेको छ । विद्यालयको विद्यार्थीको पढाइप्रतिको चिन्ता, अभिभावकको आग्रह र शिक्षक तथा सहकर्मीको सहयोगमा आइतबारदेखि अनलाइन कक्षा सञ्चालन थालिएको स्कुलका संस्थापक तथा प्रिन्सिपल राजेश खकुरेलले जानकारी दिए ।
अहिलेको अवस्थामा जो जहाँ रहेको छ, त्यहीँबाट अनलाइन प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गरिएको खकुरेलको भनाइ छ । अनलाइन कक्षामा विद्यालयमा सामान्य अवस्थामा अध्ययन गर्न आउनेमध्ये अधिकांश विद्यार्थी सहभागी छन् ।
‘लामो समय घरमै बस्नुपर्दा कतिपय स–साना विद्यार्थीले घरमा पढ्न मन नपर्ने र विद्यालय पनि नखुल्दा अभिभावकलाई समस्या परेको रहेछ । हामीले अनलाइन कक्षा सञ्चालन गर्दा निकै सकारात्मक प्रतिक्रिया दिनुभएको छ’, खकुरेलले भने, ‘लकडाउनको अवधिभर अनलाइन कक्षलाई थप प्रभावकारी बनाउँदै लैजाने हाम्रो सोच छ ।’
उनकाअनुसार अहिले विद्यार्थीहरुलाई एकापसमा छलफल गराउँदै शिक्षक–शिक्षिकले विद्यार्थीलाई ‘जुम’ नाम एप प्रयोग गरेर अनलाइनमार्फत नै कक्षा लिइरहेका छन् । अनलाइनमार्फत नै पाठ्यपुस्तक पठाउने, नयाँ नयाँ कुरा सिकाउने, होमवर्क दिने, उनीहरुलाई रचनात्मक क्रियाकलापमा प्रेरित गर्ने जस्ता कार्य भइरहेको छ ।

नयाँ प्रविधिको प्रयोग गर्दै अध्यापन गराउँदा छुट्टै रमाइलो लागेको र विद्यार्थीहरु पनि यसरी अध्ययन गर्न पाउँदा उत्साहित रहेको पाइएको शिक्षिका रुचि गुरुङले जानकारी दिइन् ।
‘लकडाउन जस्तो भयावह परिस्थितिमा पनि विद्यालयले विद्यार्थी भाइबहिनीहरुसँग जोडिएर आफूले जानेको सिकाउने जुन अवसर प्रदान गरेको छ, त्यसबाट हामी उत्साहित भएका छौं’, उनले भनिन्, ‘लकडाउनको यो समयमा हामीले विद्यार्थीको लागि पनि सोच्नुपर्ने हुन्छ । यो समयमा अनलाइन कक्षा सञ्चालन गर्दा हामीले केही सिर्जनात्मक कुरा सिकाउन र विद्यार्थीले पनि सिक्ने अवसर पाएका छन् ।’
घरमा आफूसँगै बसेर पढिरहँदा आफ्नो बालबालिकाको पढाइप्रतिको रुचि र सक्रियताबारे अभिभावकले पनि राम्ररी बुझ्ने अवसर पाउने उनको भनाइ छ ।
यसैगरी सो विद्यालयका एक अभिभावक दीनबन्धु फुयालले सामाजिक दुरी कायम राख्नुपर्ने अहिलेको समयमा बालबालिका विद्यालय गएर पढ्न सक्ने अवस्था नरहेकाले विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्नु प्रसंशनीय कार्य भएको बताए ।
‘सामाजिक दुरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बालबालिका विद्यालय गएर कक्षाकोठामा अध्ययन गर्न उपयुक्त नहुने हुँदा घरमै बस्नुपर्ने बाध्यता छ, यस्तो अवस्थामा बालबाटिका स्कुलले अनलाइन कक्षा सुरुवात गर्नु हामी अभिभावकका लागि खुसीको कुरा हो,’ उनले भने । आफ्नो छोराले घरमै बसेर अनलाइनमार्फत विद्यालयमा जसरी नै सिकिरहेको देख्न पाउँदा खुसी लागेको समेत फुयालले प्रतिक्रिया दिए ।

निरन्तर कक्षा थप्दै जाने लक्ष्यका साथ यस वर्षदेखि कक्षा ७ सञ्चालन गर्न लागेको विद्यालयले सबै कक्षामा अनलाइनमार्फत पठनपाठन थालिसकेको हो । अहिले अनलाइनमा समेटिएका तथा समेटिन नसकेका विद्यार्थीलाई कक्षा खुलेपछि पनि यसबारे थप अभ्यास गराउने विद्यालयको योजना छ ।
अनलाइनमा अध्ययनका लागि निश्चित समय निर्धारण गरिएको र हाल केही दिनका लागि अघिल्लो शैक्षिक सत्रमा जसको जुन कक्षा थियो सोही कक्षाको पाठ्यक्रम पढाइएको तथा केही दिनपछि उत्तीर्ण भएर जाने कक्षाकै पाठ्यपुस्तक सञ्चालन गरिने प्रिन्सिपल खकुरेलले जानकारी दिए ।
लकडाउन कहिलेसम्म लम्बिने र विद्यालय पनि कहिले खुल्ने भन्ने निश्चित नरहेकाले अनलाइन पठनपाठनलाई थप परिस्कृत गराउँदै लैजाने योजनाका खकुरेल र अध्यक्ष रमेश प्रसाईँलगायतको टीम अनलाइन केन्द्रीत विशेष पाठ्यसामग्री बनाउन समेत लागिपरेको छ ।
बालाजु क्षेत्रमा अधिकांश विद्यालय अनलाइन प्रविधिबारे मौन रहेका बेला बालबाटिकाले यसमा सक्रियता देखाएसँगै यसअघि बालबालिका अन्यत्र पढाएका अभिभावकले समेत आफ्नो स्कुलमा भर्नाका लागि चासो राख्न थालेको प्रिन्सिपल खकुरेलको भनाइ छ ।
बालबाटिका मन्टेश्वरी विधिमार्फत पठनपाठन गराइने बालाजु क्षेत्रको उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ ।
काठमाडौं – भारतमा कोरोना संक्रमितहरुको संख्या २९ हजार नाघेको छ । मंगलबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या २९ हजार ४१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५ सय ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ । यसैबीच ७ हजार १ सय ३७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।
सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ हजार ८९० थियो भने मृत्यु हुनेको संख्या ८ सय ८१ थियो ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै, बंगालको खाडी, अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएकोले यसको समेत प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्यका पहाडी भूभागमा सामान्य बदली भई एक÷दुई स्थानमा वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, राति देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
वि.सं.२०७७ साल वैसाख १६ गते । मंगलबार । ईश्वी सन् २०२० अप्रिल २८ तारिख । नेपाल संवत् ११४० ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्नेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाइले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथीभाइहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रज सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनुपर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बुवा वा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । प्रेम सम्बन्धहरुलाई विवाहमा परिणत गरि घर गृहस्थी सुचारु गर्ने समय रहेकोछ । औषधीजन्य तथा खानेकुरासँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गरि समाजमा नाम कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनावश्यक विषयमा विवादमा फस्ने योग रहेकोछ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आई दैनि कामहरु प्रभावित हुने हुनाले आर्थिक संकटको सामना गर्नु पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा मनमुटा बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाव सिर्जना हुनेछ भने दाम्पत्य जीवनमा चिसोपनाको विकास हुन सक्छ ध्यान दिनुहोला । यात्रामा सोचेजस्तो सफलता पाउन कठिन रहेकोछ । विलाशि बस्तुको प्रयोग गर्न पाइने भएपनि बढी नै उत्साहित हुदा नकारात्मक परिणाम देखा पर्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पढाई लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुँदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ भने वंश वृद्धिको योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाइको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागि ल्याउन सकिने भएपनि सहकर्मिहरुबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।
रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचारलाई हटाएको छ।
सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।
उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सो कार्यक्रम लाइभ प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा मागेको पनि रेडियो नेपालले बताएको छ।
‘सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं। अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’
अन्तरसंवाद कार्यक्रमका सञ्चालक लम्सालसँग सेतोपाटीले उक्त अन्तर्वार्तामा भट्टराईले के-कस्तो भाषा र विचार व्यक्त गरेका थिए भन्ने प्रश्न राखेकोमा उनले रेडियो नेपालको अनलाइनमा अन्तरसंवाद कार्यक्रमभित्र नै आजको अडिओ रहेको बताए।
‘अनलाइनभित्र अडिओ ग्यालरीमा अन्तरसंवाद कार्यक्रमको अडिओ नै सुन्न सकिन्छ,’ उनले भने।
तर रेडियो नेपालले आजको उक्त कार्यक्रम अनलाइनबाटसमेत हटाइसकेको छ। त्यहाँ हिजोसम्मका कार्यक्रम मात्रै छ।

काठमाडौं,
वैशाख १५ ।
सरकारले सोमबारदेखि राजधानीबाट बाहिरिने र राजधानी भित्रिने सबै सवारी साधनलाई रोक लगाएको छ । गृहमन्त्रालयले सोमबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै पास विनाका कुनै पनि सावारी साधन आवाज जवातमा रोक लगाउन निर्देशन दिएको हो ।
सरकारले विचल्लीमा परेका मजदुर र अलपत्र परेका नागरिकको उद्दार भइसकेको निष्कर्ष निकल्दै मन्त्रालयले सोमबारदेखि राजधानी भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाउने निर्णय गरेको हो ।
यसैबीच विराटनगरबाट १६० यात्रु लिएर राजधानी आएका केही बस नागढुङ्गाबाट फिर्ता गरिएको छ। थानकोट प्रहरीका अनुसार गृहमन्त्रालयले कुनै पनि सावारी साधान भित्रिन नदिन निर्देशन दिएपछि बिराटनगरबाट १६० यात्रु लिएर आएका सवारी साधनलाई फर्काइएको प्रहरीले जनाएको छ ।
पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।
यसैबीच गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पुन: निर्देशन दिएको छ । पासको दुरुपयोग गरेर मानिसको भीडभाड बढेको भन्दै गृहले त्यसलाई कडाइ गर्न निर्देशन दिएको हो ।
काठमाडौं : शंखमूल बस्दै आएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो ।
काठमाडौंको बसाइ कठिन भएपछि उनी गत साता सिन्धुली जिल्ला दुधौलीस्थित घर तीन सन्तानलाई लिएर जाने तयारी गर्दै थिइन् । घरभेटीले जानुअघि चैतको भाडा नतिरी फर्किन नदिएको उनले बताइन् ।
'घर गएपछि फर्किने हो कि होइन भनेर भाडा तिरेर मात्रै जान दिए', सन्तानसहित घर फर्कने गाडी कुर्दै लोकन्थलीमा भेटिएकी तामाङले भनिन् । 'एक जना दाजुसँग उधारो मागेर भाडा तिरेर घर जाँदैछु ।' गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले घरभाडा नलिन अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो ।
कोभिड–१९ का कारण प्रभावितलाई राहत दिन सरकारले सो निर्णय गरे पनि यो कार्यान्वयन भने थोरै मात्रै भएको छ । कतिपय घरभेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घोष गरिरहे पनि अधिकांश घरमा भने बहालमा बस्नेले भाडा तिरिसकेका छन् । कतिपयले अग्रिम भाडा तिर्ने गरेकाले वैशाख महिनाको समेत भाडा तिरिसकेका छन्।
अच्चमको कुरा त सरकारी उच्च तहका कर्मचारी नै धमाधम भाडा असुल्न लागेका छन् । महिना दिनसम्म घरबाट ननिस्केका ती कर्मचारी श्रमजीवी र दैनिक ज्यालादारी मजदुरसँग भाडा लिइरहेका हुन् ।
‘लकडाउन’ का समयमा नियमित काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसमेत आफूले भाडा तिरेर पनि बस्न कठिन भएको बताउँछन् । कोभिड–१९ को सङ्क्रमण फैलिने भन्दै घरबेटीले नराम्रो व्यवहार गरेको धेरैले बताएका छन् ।
आफूलाई चार पटकसम्म ताकेता गरेपछि भाडा बुझाएको नाम नबताउने सर्तमा एक सञ्चारकर्मीले बताए । अहिले भन्नासाथ कोठा खोजेर पनि नपाइने हुँदा बुझाउन बाध्य भएको उनको भनाइ छ । उनले भने, 'अहिलेको समयमा भाडामा किचकिच गर्नुभन्दा चुप लागेर काम गर्नु नै ठीक हो ।'
अहिले झण्डै १० प्रतिशत घरबेटीले मात्रै आफ्ना घरमा बस्नेलाई छुट दिएको पाइएको डेरावाल मञ्चका अध्यक्ष रामकृष्ण शर्माले बताए । उनकाअनुसार धेरै घरभेटीले आफ्नो आम्दानीको अरु स्रोत नभएको वा आफूलाई पनि गाह्रो पर्ने भन्दै छुट दिन मानेका छैनन् । सरकारले कम्तीमा ‘लकडाउन’ का कारण रोजगारी गुमाएका व्यक्तिलाई छुट दिन निर्देशन दिनुपर्ने उहाँको भनाइ छ । उनले भने, 'अहिले मजदुर, विद्यार्थी र नियमित तलब नभएकालाई भाडा छुट गर्नुपर्छ भन्ने हाम्रो माग हो ।'
सरकारले अहिले भाडा छुटका लागि अनुरोध मात्रै गरेकाले पनि कार्यान्वयन हुन नसकेको अध्यक्ष शर्माले बताए । सरकारले निर्देशिका नै बनाएर निर्देशन दिएर कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । सबै बहालमा बस्ने व्यक्तिलाई छुट आवश्यक नपर्न सक्ने उनले बताए ।
वार्षिक यतिसम्म आम्दानी भएकालाई छुट दिइने भनी निर्णय गरेर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने हो । उनले भने, 'कतिपय उच्च ओहोदामा बस्ने र नियमित तलब आउनेलाई समस्या नपरे पनि भाडा छुट नहुँदा उपत्यकामा धेरैलाई समस्या परेको छ ।'
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सरकारले निर्णय गरे पनि स्थानीय तहलाई कार्यान्वयनका लागि निर्देशन नदिएको बताए । अहिलेसम्म घरभेटी र बहालमा बस्ने दुईबीचको समझदारीमा नै भाडा लिने-नलिने निर्णय भइरहेको छ । यसबारेमा कार्यपालिकाबाट पनि कुनै निर्णय भएको छैन । महानगरले कसैलाई पनि भाडा लिनु वा नलिनु भन्न नमिल्ने उनले बताए ।
कतिपय घरभेटी आर्थिक अवस्था न्यून भएकाले उनीहरुले भाडा मिनाहा गर्न सक्ने अवस्था नहुन सक्ने पनि छन् । बहालमा बस्ने व्यक्तिसँगै घरबेटीलाई पनि मर्का पर्छ कि भनी हेर्नुपर्ने उनको भनाइ छ । घरभेटीले घरभाडा नलिँदा सरकारले तिनलाई के गर्ने भनी सोच्न जरुरी छ । उनले भने, 'घरभेटी र बहालमा बस्ने दुवै मर्कामा पर्नु हुँदैन ।'
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरभित्र कसैले भाडा पूरै मिनाहा गरेको, कतिले केही छुट गरेको त कतिले नगरेको भन्ने जानकारी आएको बताए ।
कतिपय घरभेटीले बहालमा बस्नेलाई खाद्यान्न राहतसमेत दिइरहेको जानकारी आएको छ । कतिपयले ऋण गरेर घर बनाएको र घरभाडाबाटै किस्ता तिर्ने हुँदा उसले भाडा पूरै मिनाहा गर्न नसकेको हुनसक्छ । उनले भने, 'आर्थिकरुपमा विपन्नले भाडा नतिरे पनि अरुले दिइरहेको जानकारी आएको छ ।'