काठमाडौं -ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्बजनिक भएको छ । मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत पुराइने कुरा कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराए ।
निर्माता टेक लावतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू समुदायका लभ्द प्रतिष्ठित ब्यक्तिहरुको बाक्लो उपस्थिती थियो । प्रायः उपस्थित सबैले यस्ता भिडियोहरु लगातार बनिरहनु पर्ने र यस्ता भिडियोहरुले हाम्रो समुदायलाई मनोरञ्जनमात्र नभई उच्च ज्ञान समेत दिने कुरा राख्नु भएको थियो ।
प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दिपा सुहाङको आवाज रहेको ‘मिघम्ब’मा सङ्गित संयोजन टेकेन्द्र याक्सोले गरेका हुन । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दम आदिको अभिनय हेर्न सकिने उक्त भिडियो दिनेश माङ्मुले निर्देशन गरेका हुन भने यसमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।
पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँ लगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानबाट बिश्वव्यापिकरण गरिएको हो ।
काठमाडौं – चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘आँशुको मूल्य’बोलको भिडियो मोडल सदिक्षा पाण्डेको अफिसिय युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
मायाँ प्रेममा हुने एक आपस बीचको बेमेललाई फिल्मी ढंगले भिडियोमा देखाउने प्रयासमा निर्देशक उत्तम श्रेष्ठ ‘सिसिर’ सफल भएका छन् । अलोन रेश्माको शब्द, बिशाल निरौलाको संगीत रहेको गीतको भिडियोमा बिक्रम बुढाथाकी, सदिक्षा पाण्डे, अलोन रेशम लगायतको अभिनय छ भने भिडियोकी निर्माता सदिक्षा पाण्डे हुन् ।
नयाँ दिल्ली- नेपाल र भारतका पत्रकार महिलाले आफ्ना साझा समस्या समाधानका लागि सञ्जाल बनाउनुपर्नेमा जोड दिएका छन् । इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्लु) ले आज भारतस्थीत नेपाली राजदुतावासको विपी कोइराला फाउन्डेशनको सहयोगमा प्रेस क्लब अफ इन्डियामा आयोजीत कार्यक्रममा नेपाली पत्रकार महिला र भारतीय पत्रकार महिलाले भोग्नु परेका चुनौतीबारे छलफल गरेका थिए । भारतका लागि नेपाली कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले हरेक क्षेत्रमा महिला पत्रकारको प्रत्यक्ष सहभागीता बढाउन जरुरी रहेको बताउँदै यसको लागि पत्रकारीताले अहम भुमिका खेल्न सक्ने बताउनुभयो । उहाँकाअनुसार दुतावासले हरेक कार्यक्रममा महिलाको सहभागीता र सहकार्यमा उत्साहीत भएर काम गर्दै आएको जानकारी दिनुभयो । डा.थापाले आफु नेपाल र भारतका सांस्कृतिक गतिविधिका कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउन चाहेको भन्दै केहीदिन अघि दुतावास परिसरमा रामलिलाको मन्चन गराएर सकारात्मक सन्देश दिन खोजेको बताउनुभयो ।
राम सीताको मिलनले दुई देश बीचको सम्बन्ध थप बिस्तार भएको भन्दै उहाँले परिसरभित्रै यस्ता गतिविधि बेलाबेला गर्दै आएको बताउनुभयो । त्यस्तै, इन्डियन वुमेन प्रेस कर्पस्का अध्यक्ष पारुल शर्माले भारतमा महिला पत्रकारको वृद्धि संख्या विस्तारै बढ्दै गएपनि स्वतन्त्र रुपमा काम गर्ने वातावरणमा विभिन्न चुनौति खेप्नु परेको बताउनुभयो । नेपाल र भारत बिचका पत्रकारले सहकार्य गरि एउटा सञ्जाल बनाउन सकिने विचार व्यक्त गनुभयो । प्रेस क्लब अफ इन्डियाका अध्यक्ष गौतम लहरीले दुइ देश बिचको नागरिक सम्बन्धलाई बलियो बनाउन यस्तो खाले छफलफल आवश्यक हुने बताउनुभयो । क्लबले पत्रकार महिलाको वृद्धि र विकासका टेवा पुर्याउन सधै तत्पर रहेको समेत सुनाउनुभयो । इनिसियटिभ अफ मिडिया वुमन (आईएम डब्लु) का महासचिव कविता अधिकारीले लोकतान्त्रीक विकास दुवै देशमा भएपनि महिला र भारतका पत्रकारको अवस्था उस्तै रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता वेद प्रसाद शर्माले नेपाल र भारतका पत्रकार महिलाको साझा विचार विमर्श गर्न सञ्जाल निर्माण गर्न जरुरी रहेको बताउनुभयो । अन्र्तक्रिया कार्यक्रममा पत्रकार अदिति भाल, गीता श्री, पल शर्मा, ऋचा जैन, समृद्धि भट्नाकर, नीलम जिना, शोभा जैन, अन्जु ग्रोबर, आनन्द के सहाय, सञ्जय झा, नेपाली पत्रकार आकांक्षा शाह लगायत ३० जना पत्रकार महिलाले कार्यक्षेत्रमा देखिएका समस्या र अनुभब आदान प्रदान गरेका थिए । पारिवारिक सहयोग, क्षमता अभिबृद्धि, समान सेवा सुविधा तथा कार्यक्षेत्रमा महिलामैत्री वातावण स्थापित गर्न सकेको खण्डमा यस्ता समस्या केही हदसम्म कम हुंदै जानेमा सबै सहभागिहरुको जोड थियो ।
काठमाडौं – नेपाल महिला चेम्बरले सुशीला आर्ट एकेडेमीसँगको सहकार्यमा तेस्रो चरणको ‘रिदम एण्ड सोल’ कार्यक्रम आयोजना गरेको छ । कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित ‘रिदम एण्ड सोल’ कार्यक्रममाझ प्रस्तुत पूर्वी र पश्चिमी नृत्य र सांगीतिक कलाले अद्वितीय सांस्कृतिक विविधता झल्काएको थियो । जसमा सुशीला आर्ट एकेडेमीका कलाकारहरूले कला र सांस्कृतिक प्रस्तुतिको उत्कृष्ट प्रदर्शन, भावपूर्ण क्षणहरू र जीवन्त मनोरन्जनको मिश्रणसहित दर्शकहरूलाई मोहित पार्नुभएको थियो।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको गतिशील नेतृत्वमा महिला चेम्बरले असाधारण काम गर्दै आएको चर्चा गर्दै आभार व्यक्त गर्नुभयो । उहाँले महिला उद्यमशीलता र सशक्तीकरणका लागि महिला चेम्बरले गर्दै आएको निरन्तर प्रयासको मुक्तकण्ठले प्रशंसा समेत गर्नुभयो।
कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमशीलताको अभिवृद्धि र विकासका लागि सो कार्यक्रम कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।साथै उहाँले महिला सशक्तिकरणको उदेश्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी समेत दिनुभयो ।
सुशील आर्ट एकेडेमीकी अध्यक्ष युलिया कोइरालाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको संचालन नेपाल चेम्बर अफ कमर्सकी निर्देशक सृष्टि त्रिपाठीले गर्नुभएको थियो । ‘रिदम एण्ड सोल फेज ३’लाई साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रायोजन गरेको थियो भने रियल जुस, एयर अरेबिया, सिद्धार्थ बैंक र काठमाडौं गेस्ट हाउसको सहयोग रहेको थियो ।
Kathmandu, September 25, 2024
The Optimist Club of Dairy Entrepreneurs has announced Nepal's participation in the 24th annual World School Milk Day, marking a decade of the country's involvement in this global initiative. Scheduled for September 25, 2024, the event focused on raising awareness about the importance of milk for children’s health and growth.
The club’s press release highlights that this year’s celebration includes a milk-feeding program and a week-long series of events designed to emphasize milk’s essential role in nutrition and cognitive development. Club has stated that as part of the celebrations, students from seven different schools even showcased their creative artworks at various intervals, reflecting their understanding of milk's importance. In a week long celebration campaign the event features a variety of activities, including poetry and elocution contests in schools, organized by the Optimist Club of Dairy Entrepreneurs. Teachers and parents also been encouraged to advocate for regular milk consumption in children’s diets, promoting better health outcomes.
Saroj Ojha, Secretary of the Optimist Club of Dairy Entrepreneurs, spoke on the benefits of milk, stating, "Scientific studies confirm that milk promotes positive thinking and sharpens the mind, which is why it has been a staple for many renowned global figures throughout history."
According to Secretary Ojha This year’s celebration is being organized in collaboration with the Nepal Dairy Association and the National Dairy Development Board and in an active initiation of Prahlad Dahal, the President of Optimistic club of Dairy Entrepreneurs. Even, Ojha emphasized the focus on children’s nutrition, stating that increasing milk consumption is crucial for their physical and intellectual development.
World School Milk Day is observed globally on the last Wednesday of September, celebrating milk’s contributions to human nutrition. However, Nepal currently consumes an average of 85 liters of milk per person annually, below the World Food Organization’s recommended 92 liters. This shortfall underlines the need for greater awareness and efforts to increase milk intake, especially among children.
As Nepal joins the global celebration of World School Milk Day, stakeholders hope to inspire action that ensures all children, including those deprived of adequate nutrition, have access to milk and dairy products.


काठमाण्डौ – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै… बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् ।शैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।
सार्वजनिक भएपछि सकारात्मक प्रतिकृया सहित अगाडी बढिरहेको यस गीतकी गायिका अन्जु श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समय देखि सक्रिय गायिका हुन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ’रातो साडी’ हो हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी उनले एक दशक लामो औपचारिक संगीत यात्रामा विभिन्न चर्चित कलाकारहरुसंग सहकार्य गरेकी छन् । आधुनिक, पप, देशभक्ती, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतहरुमा आवाज भरेकी श्रेष्ठका केही गीतहरुमा आफ्नै शब्द तथा अभिनय समेत रहेका छन् । विभिन्न अवार्ड प्राप्त गायिका श्रेष्ठका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।
काठमाडौं – दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो ।
नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरु लगायतको प्रदर्शनी तथा विक्री वितरण, हस्तकला सामाग्रीका प्रदर्शनी तथा विक्री वितरणसंगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी तथा विक्री वितरण तथा बजार व्यवस्थापन लगायत हुने कुरा औधोगिक शान्ती नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराउनु भयो ।
यस संगै मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उधान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कस लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था रहेको कुरा महोत्सवका आयोजक संस्थाका अध्यक्ष महतले जानकारी गराउनु भयो । हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यो मेलामा रहने र कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने कुरा पनि आयोजकले बताएका छन ।
भव्यरुपमा तयारी भईरहेको यस महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुने छन् । साथै यसपाली महोत्सव स्थल भित्र प्रवेश गर्नका लागि प्रवेश निःशुल्क गरिएको छ भने मेला अवधिभर ५ लाख भन्दा बढी अवलोकनकर्ताहरुले मेलामा प्रवेश गर्ने आपेक्षा राखेको कुरा पनि आयोजकले जानकारी गराए ।
काठमाडौं – दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो ।
नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरु लगायतको प्रदर्शनी तथा विक्री वितरण, हस्तकला सामाग्रीका प्रदर्शनी तथा विक्री वितरणसंगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी तथा विक्री वितरण तथा बजार व्यवस्थापन लगायत हुने कुरा औधोगिक शान्ती नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराउनु भयो ।
यस संगै मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उधान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कस लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था रहेको कुरा महोत्सवका आयोजक संस्थाका अध्यक्ष महतले जानकारी गराउनु भयो । हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यो मेलामा रहने र कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने कुरा पनि आयोजकले बताएका छन ।
भव्यरुपमा तयारी भईरहेको यस महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुने छन् । साथै यसपाली महोत्सव स्थल भित्र प्रवेश गर्नका लागि प्रवेश निःशुल्क गरिएको छ भने मेला अवधिभर ५ लाख भन्दा बढी अवलोकनकर्ताहरुले मेलामा प्रवेश गर्ने आपेक्षा राखेको कुरा पनि आयोजकले जानकारी गराए ।
पद्मकन्या स्कुल डिल्लीबजारमा वुमन ईन लिडरशिप ईन रोटरी र पद्मकन्या विद्याश्रम अल्मुनाई एसोसिएसनको संयुक्त आयोजनामा हेरिटेज पेन्टिङ्ग प्रतियोगिता सम्पन्न भएको छ । असोज ५ गते शनिबार आयोजित प्रतियोगितामा यसै स्कूलमा अध्ययनरत ६ देखि ८ कक्षा सम्मका ५० जना विद्यार्थीहरु सहभागी थिए। उक्त कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, सिर्जना आर्ट्स ग्यालरीकी निलम ताम्राकार, रोटरी क्लव महिला विभागप्रमुख डा. सुनिति आचार्य तथा पद्मकन्या विद्याश्रम एल्मुनाइ एसोसिएसनका अध्यक्ष शारदा भट्टले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
यस कार्यक्रमको मुख्य उदेश्य विद्यार्थीहरुलार्इ पुरातात्विक तथा ऐतिहासिक महत्वको विषयमा जानकारी दिनु रहेको रोटरियन श्रृष्टि त्रिपाठीले जानकारी दिनुभयो ।




काठमाण्डौ – “मायाँ लाउनै हतार भो”… आफ्नै शब्द,सङ्गीत र स्वरमा तयार गरिएको गायक एवम् मोडल हरिओम मङ्गोलले रोमान्टिक शैलीको डान्सिङ गीतको भर्खरै अडियो भिडियो सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ” हेर्न मन भेट्न मन ” गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनय “मायाँ लाउनै हतार भो”… बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । युगल गायनमा रचना रिमालले साथ दिएकी छिन् ।
संयोगान्त भावमा लेखिएको गीतमा हेमन्त शिशिरको एरेन्ज, रेकर्डिङ र मिक्सिङ रहेको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा हरिओम मङ्गोल र रश्मिला तामाङको नृत्यसहितको अभिनय रहेकोे छ । म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको कलरिङ्ग, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो हरिओम मङ्गोल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।