काठमाण्डौं – सामाजिक न्याय र बाल अधिकारका क्षेत्रमा समर्पित संस्था सिविसले आफ्नो ३०औं वार्षिकोत्सव समारोह भव्यताका साथ मनाएको छ। सिविसले आफनो ३०औं वार्षिकोत्सवसहित दासता विरुद्धको विश्व दिवस २०२४ सोमबार नयाँ वानेश्वरमासँगसँगै मनाएको हो । जसको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराई तथा बालबालिकाहरूले पानसमा बत्ती बालेर गरेकी थिईन्।
कार्यक्रममा सिविसकी संस्थापक अध्यक्ष शान्ति अधिकारीले स्वागत मन्तव्य राख्दै सिविसको ३० औं बार्षिकोत्सव र दासता विरुद्धको विश्व दिवससँगसँगै मनाउन लागेको जानकारीसहित सिविसले सामाजिक न्यायका निम्ति आधुनिक दासताको रुपमा रहेको घरेलु बालश्रम उन्मुलनको लागि महत्वपूर्ण कार्यहरु गर्दै आएको उल्लेख गरिन् ।
सो अवसरमा स्वागत नृत्यको रूपमा सिविस बाल सल्लाहकार समितिका सदस्यहरूले मारुनी नृत्य प्रस्तुत गरे भने यससँगै सिविसको तीन दशक लामो यात्रा र योगदानलाई उजागर गर्ने भिडियो पनि प्रस्तुत गरियो।सो अवसरमा सिविसका एडभोकेसी एडभाईजर युवराज घिमिरेले सिविसले ३० वर्षका दौरानमा गरेका कार्यहरुलाई समेटेर सिविसको तिस बर्षे यात्रा बारे प्रस्तुतीकरण मार्फत जानकारी दिए ।
कार्यक्रममा ग्लोबल एन्टि रेसिज्म च्याम्पियनसिप अवार्ड प्राप्त गरेकोमा पूर्व कमलरी समेत रहेकी सिविसमार्फत कमलरी उन्मुलन अभियानमा सकृय सामाजिक अभियन्ता उर्मिला चौधरीलाई सम्मान गरियो। साथै, सिविसमा कार्यरत प्रमोद आचार्य र केदार मगरातीलाई क्रमश २५ र १७ वर्षको निरन्तर सेवाको लागि दीर्घ सेवा सम्मानबाट विभुषित गरिएको थियो।

त्यसैगरि कार्यक्रममाझ बाल सल्लाहकार समितिमा योगदान दिएकोमा अन्जिल राय र विपना बस्नेतलाई प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रम माझ सिविसको बाल सल्लाहकार समितिका सदस्यहरुले आगामी दिनमा सामाजिक न्याय र बालअधिकारका क्षेत्रमा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरिएको काठमाण्डौं घोषणा पत्रमन्त्री भट्टराई हस्ताण्तरण गरेका थिए ।
बार्षिकोत्सवका अवसरमा बालबालिकाहरुबाट प्रस्तुत थाली नाचजस्ता सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने कृष्ण शाह तेलीले बालअधिकार सम्बन्धी कविता बाचन गरेर माहौललाई थप गर्माएका थिए । त्यस्तै, मनोज भण्डारीले प्रस्तुत गरेको बालश्रम सम्बन्धी गीतले उपस्थित सबैलाई भावुक बनाएको थियो।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले बालअधिकारलाई समाजको सबै तहमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गर्दै भनिन्, 'बालबालिकाको अधिकार सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेछ। हामी सबैले मिलेर बालश्रम र बालहिंसाविरुद्ध एकीकृत अभियान सञ्चालन गर्नुपर्छ'।
त्यसैगरि उनले सिविसको निरन्तरको कामले बालश्रम घटाउन अहम भूमिका खेलेको बताउदै शिक्षा मन्त्रालयको नेतृत्व गर्दै गर्दा विद्यालय बीचैमा छाडने परिस्थितिबाट बालबालिकाहरुलाई उन्मुक्त गर्दै शिक्षाको नैसर्गिक अधिकार दिलाउन निशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि योजना बनाएर अघि बढेको उल्लेख गरिन् ।


यसैगरि विधायन समिति सभापति तुलसा दाहालले बाल अधिकारको प्रत्याभुतिका निम्ति सरकार, संसद र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सिविस जस्ता सामाजिक संघ संस्थाका कारण संविधानमा बालबालिकाका अधिकारका विषयले उचित स्थान पाए पनि कार्यान्वयनको चरणमा केहि समस्या रहदै आएको बताईन् ।
कार्यक्रममा बरिष्ठ बालअधिकार अभियन्ता तथा राष्टिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले बालअधिकार आन्दोलन र उपलब्धिहरू बारे प्रकाश पार्दै गाउँ गाउँमा समुदायको अवधारणालाई आत्मसात गर्न सके मात्रै सामाजिक न्यायसहित देशको आर्थिक, राजनीतिक विकास संभव हुने र यसमा सिविस, सिविन जस्ता जस्ता स्ंस्थाको भूमिका महत्वपूर्ण रहने धारणा राखे ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले मानव अधिकारको आधार नै बालअधिकार भएको बताउँदै बालबालिकालाई सुरक्षित वातावरण प्रदान गर्न सिविसले उल्लेख्य कार्य गर्दै आएको उल्लेखसहित संस्थाको ३० औं स्थापना दिवसको शुभकामना व्यक्त गरे ।

कार्यक्रममाझ बालबालिकाकातर्फबाट सभालाई संबोधन गर्ने क्रममा लोकेश बहादुर खड्काले आफू पनि बाल श्रममा रहेको उल्लेख गर्दै सिविसले आफु जस्ता बालबालिकाको पनि अधिकार हुन्छ भन्ने प्रतित दिलाएको स्मरण गरे ।
त्यसैगरि शुभकामना मन्तव्य दिँदै सामाजिक अभियन्ता उर्मिला चौधरीले बालबालिकाको अधिकार र सामाजिक न्यायका लागि निरन्तर क्रियाशील रहनुपर्नेमा जोड दिईन् ।
त्यस क्रममा सुधा र लुनिभा श्रेष्ठले बाल सल्लाहकार समितिमा रहँदाको अनुभव सुनाउदै सिविसबाट बाल श्रम र संरक्षणका विषयमा गहिरो ज्ञान हासिल गर्ने तथा बालबालिकाकोतर्फबाट चाल्नुपर्ने कदम बारे सुसुचित हुने अवसर प्राप्त गरेको जनाए ।
यसैगरी, मन्थली नगरपालिकाका मेयर लावा श्रेष्ठले स्थानीय सरकारले बालअधिकार प्रवर्द्धनमा गरेका पहलबारे जानकारी गराउँदै बालश्रमको अन्त्यका लागि दीर्घकालीन योजना बनार्इरहेको बताए।
बुढानीलकण्ठ माविका शिक्षक श्याम श्रेष्ठले सिविसका कारण आफू पूर्ण शिक्षक बन्न सकेको महशुस गरेको उल्लेख गरे ।
त्यसैगरि एनएसीजीका अध्यक्ष किरण थापाले बालश्रमविरुद्धको चेतनाका लागि सिविसले स्थापना कालदेखी नै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्दै आएको बताए।
कार्यक्रमको समापनमा सिविसकी अध्यक्ष बिमला ज्ञवालीले उपस्थितीका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै बालअधिकार संरक्षणका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन्। साथै उनले सामाजिक न्याय र बालअधिकारको क्षेत्रमा तीन दशक लामो यात्राको सिकाईबाट सिविसले नयाँ उचाइ प्राप्त गरेको जनाउदै आगामी दिनमा पनि खरो रुपमा उत्रने प्रतिबद्ध समेत व्यक्त गरिन् ।
कार्यक्रमा प्रस्तोताको भूमिका निर्वाह गर्दै संस्थाकी महासचिव अनिता पाण्डेले कार्यक्रमले बालअधिकारप्रतिको जागरण र संरक्षणमा महत्वपूर्ण सन्देश दिएको बताईन् ।

काठमाडौं — काठमाडौंको सामाखुसी स्थित सिटी स्क्वायर नजिकै हालै संचालनमा आएको डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको बिहीबार उद्घाटन गरिएको छ । डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संसद सदस्य एवम् पूर्व वन तथा वातावरण मन्त्री शंकर भण्डारीले गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथि भण्डारीले नेपाल र जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझै सुदृढ गर्न यस संस्थाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, 'नेपालका विद्यार्थीहरूलाई उच्च शिक्षा र रोजगारीको अवसरका लागि जापान जस्तो देशमा अध्ययन गर्न सक्षम बनाउनु ठूलो सफलता हो। यो संस्थाले नेपाली युवाहरूलाई नयाँ आयाम प्रदान गर्नेछ'।
उक्त कन्सल्टेन्सी सुमन लौडारी, जापानमा विगत २० वर्षदेखि सक्रिय दिलिप श्रेष्ठ र दिपेन्द्र श्रेष्ठले संचालकमा ल्याउनुभएको हो । संस्थाले विद्यार्थीहरूलाई जापानी भाषा सिकाउने, जापानमा पार्टटाइम कामको अवसर तथा कलेज भर्ना प्रक्रिया लगायत सम्पूर्ण सेवाहरू उपलब्ध गराउने कन्सल्टेन्सीका संचालकहरुले बताउनुभएको छ। संचालकहरूका अनुसार जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको बढ्दो मागलाई मध्यनजर गर्दै डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीले जापानदेखि नेपालसम्म सम्पूर्ण प्रक्रिया सहज बनाउने उदेश्यसहित संचालनमा ल्याईएको हो । संस्थाले आफनो सेवालाई विद्यार्थीहरुको हितमा हुने गरि कार्य गर्ने प्रतिवद्धता समेत जनाएको छ।
उद्घाटन कार्यक्रममा सामुदायिक अगुवा, शिक्षाविद्, तथा विद्यार्थीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


काठमाण्डौ – पछिल्लो समयकि ब्यस्त र चर्चित कलाकार प्रतिक्षा काफ्ले र जिवन आचार्य अभिनित नया गीत”हेरें सानूलाई”को म्युजिक भिडियो सार्वजनिक भएकोछ युआर म्युजिकको प्रस्तुतिमा उर्मिला बस्नेत र कृष्ण भट्टराईको स्वर रहेको गीतको भिडियो रिलिज भएको हो ।
शंकर अधिकारी घायलको गीत र निर्देशनमा निर्माण भएको गीतमा बिकास चौधरीको संगीत,संजय हमालको एरेन्ज,गोबिन्द सोनिको मिक्सिङ मास्टरिंग,अजय अधिकारीको रेकर्डिङ,बिमल ढकालको छायांकन,राजन महर्जनको कोरियोग्राफी,ललित सिंह साउदको सम्पादन रहेको छ भने मदन न्यौपानेको मेकअप रहेको गीतलाई गायिका उर्मिला बस्नेतको युटुव च्यानल यु आर म्युजिक बाट रिलिज गरिएकोछ।
तिम्रो आकर्षणले,आँखामा निद,नघोच यो छाती,तिमीलाई नै लगायत २ दर्जन भन्दाबढि म्युजिक भिडियो दर्जनौं र्याम्प शो टिभिसी र टेलिचलचित्रहरुमा अभिनय गरिसक्नु भएकि प्रतिक्षा काफ्लेको यो हावा चंचल हुन्छ,खतरा होला नि,मायाले लगायतका आधा दर्जन बढि गीतहरु बजारमा आउनेक्रममा रहेकाछन।
काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो ।
विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्याका भाषाभाषीका गीतहरूको उत्साहपूर्वक सहभागिता हुँदै आएकाले पनि यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिने गरिन्छ ।
नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गर्दै आइरहेको यो अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बू, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार लगायतका विभिन्न भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यस वर्ष पनि ती भाषा तथा भाकाका गीत संगीतहरूलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अंग्रेजी क्यालेण्डरअनुसार २०२४ जनवरी १ देखि २०२४ डिसेम्बर ३० सम्म (१ वर्षभित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई समावेश गरिने अवार्ड आयोजकले बताएका छन् । एरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका फारमहरू आयोजक संस्थाको कार्यालयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पेको अनलाइनमार्फत् पनि भर्न सकिने जनाइएको छ । गीतहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम मिति पुस २० गतेसम्मका लागि तोकिएको आयोजक समितिले बताएको छ ।
ओहायो अमेरिका- आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन अमेरिकाको ओहायो राज्यमा मनाउने भएको छ। उक्त दिन ज्ञान र विद्याकी देबी सरस्वतीको उपासना गर्ने दिन सरस्वति पूजा परेकोले हरेक बर्ष संघको बार्षिक अधिवेशन सरस्वति पूजाकै दिन सम्पन्न गर्ने निर्णय गरेको समेत संघले जनाएको छ।
नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका सम्भव भएसम्म सबै सर्जकहरुको उपस्थितिको अपेक्षा गरिएको उक्त समारोहमा विभिन्न साहित्य सम्बन्धि महत्वपूर्ण चर्चापरिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन गरिनुका साथै केहि नयाँ कृतिहरुको लोकार्पण पनि गरिने कुराको जानकारी संघका अध्यक्ष हरि उप्रेतीले गराउनुभएको छ।
संघको यो प्रथम कार्यक्रम भएकोले यसलाई सकेसम्म भव्य र सभ्य बनाउन उत्तर अमेरिकामा रहेका सबै गीतकार, साहित्यकार एवं संगीत कलाकर्मी सर्जकहरुबाट ठूलो संख्यामा सहभागिता गराउने प्रयासमा संघ प्रयत्नशील गहेको कुरा संघका संरक्षक वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालले हामीलाई जानकारी गराउनु भयो।
उक्त समारोह ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने भएको छ। उक्त सभाबाट आफ्नो भावि योजना एवं कार्यदिसा तय गर्ने जानकारी समेत संघबाट प्राप्त भएको छ।
Kathmandu, 23 November– The Buddhist Delegations from Singapore, led by Dr. Ven. Gunarata Maha Thero of the Mahakaruna Buddhist Society Singapore and the Triple Gem Educational Foundation, organized a heartfelt program aimed at invoking peace and harmony in the world. The event, which marked the 8th birthday celebration of Mahasara David C.S. Cheong, featured special blessings and chanting ceremonies by a group of monks to wish him long life and good health.

The celebration also included a generous distribution of lunch, stationery, and clothing to 450 students. Addressing the gathering, Dr. Ven. Gunarata Maha Thero emphasized the importance of metta (loving-kindness) and moral education in fostering peace. He praised Triratna School Nepal for its dedication to ethical education, stating, “Only through metta and loving-kindness can we achieve and sustain peace in the world. A life of discipline and ethics leads to wholesomeness.”
Dr. Ven. Raju Lama Kondan, the founder and principal of Triratna School, expressed deep gratitude to Ven. Dr. Gunarata Maha Thero, Mahasara David Cheong, and the delegation for their selfless contributions. He highlighted their ongoing support for Nepal, including aid provided during the earthquake and the COVID-19 pandemic.

Mahasara David Cheong, known for his compassion, offered dana (charitable gifts) and stationery supplies to students and various monasteries and schools across Nepal. The school’s vice principal, Mr. Dilu Lama, extended a heartfelt vote of thanks to the delegation for their noble service and visit.
To commemorate the occasion, Dr. Ven. Raju Lama Kondan presented a token of appreciation to the visiting delegation, recognizing their unwavering support and love for Nepal.
'The event was a testament to the power of compassion, ethical education, and the collective efforts toward building a harmonious world' Dr. Ven. Lama said.



ललितपुर, मंसिर ७। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित गौतम बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि पहिलोपटक प्रकाशनमा आएको यस पुस्तक सुमङ्गल विहार, लुखुसीमा मंसिर ७ गते शुक्रबार सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन समारोहमा उपस्थित भिक्षु महासंघका सदस्यहरूले पुस्तकले बुद्ध धर्म र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरुले यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ भन्दै प्रशंसासहित भने 'समुदायमा शान्ति र सहिष्णुताको सन्देश प्रवर्द्धन गर्न यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ हुने अपेक्षा छ' ।
कार्यक्रम बौद्ध विहार संघका निवर्तमान अध्यक्ष तथा वर्तमान ललितपुर च्याम्बर अफ कमर्सका वर्तमान अध्यक्ष, धार्मिक र दार्शनिक क्षेत्रका विशिष्ट व्यक्तित्व पुष्परत्न शाक्यको संयोजनमा सम्पन्न भएको हो।
शाक्यका अनुसार, यो पुस्तकले बुद्ध धर्मका मूलभूत सिद्धान्तहरूलाई गहन रूपमा बुझ्न र विश्वसमक्ष प्रस्तुत गर्न ठूलो योगदान पुर्याउनेछ। परित्राण’ पुस्तकले धार्मिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । उनले भने 'यो पुस्तकले ठेरावाद, महायान र वज्रयानको विशेषता, परम्परा र अभ्यासहरूलाई समग्र रूपमा समेटेर पाठकलाई बुद्ध धर्मको गहिराइमा प्रवेश गराउने उद्देश्य राखेको छ। यसको प्रकाशनले बौद्ध धर्मको अध्ययनमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, र धर्मप्रेमी सबैलाई मार्गदर्शन गर्ने विश्वास हामीमा छ'।
सहभागीहरूलाई उक्त पुस्तक वितरण समेत गरिएको थियो ।
यस पुस्तकलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्याउने योजनासमेत निर्माण भइरहेको छ। बुद्ध धर्मको ज्ञान र शान्तिको सन्देश फैलाउन यो पुस्तक एक महत्त्वपूर्ण साधन बन्ने शाक्यले बताए।
‘परित्राण’ पुस्तक विमोचनसँगै दिवंगत बाबुकाजी शाक्यको १५ औं पुण्यतिथि सम्पन्न
दिवंगत बाबुकाजी शाक्यको १५ औं वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार सुमङ्गल विहार, लुखुसीमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बुद्ध पूजा, परित्राण पाठ, र अष्टपरिष्कार दान जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न भए। सहभागीहरूका लागि जलपान र भोजनको समेत व्यवस्था गरिएको थियो।
धार्मिक र सांस्कृतिक महत्वका यस्ता कार्यक्रमहरूले समाजमा समृद्धि, एकता, र सहिष्णुताको भावना बढाउने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरेका छन।
काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ ।केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं- बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक-एकवटा ब्ल्यांकेट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको थियो ।
सिजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी, गायक तथा संगीतकार पुष्कर सुनार, गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी, निर्देशक फोटोग्राफर कुबेर तमाङ, क्यामेराम्यान नवीन सुनुवार तथा सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्लीराम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
यसैदिन सिजल एण्ड सिस्टर फाउण्डेशनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती-१२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउण्डेशन अंकित ३०० भन्दा बढी परिवारलाई बाल्टिन, पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्यगरी वितरण गरिएको थियो । सिजन एण्ड सिस्टर जस्तो गैरनाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो ।
यसै कार्यक्रम कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लगायतको उपस्थिति थियो । हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एकअर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एण्ड सिस्टर फाउण्डेशनका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो ।
मेघ सुवेदीले स्थापना गरेको यस संस्थाले यसअघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढीपीडितलाई २५० भन्दा बढी बलांकेट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही पचास हजारका दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाको समयोजकत्वमा वितरण गरिएको थियो । यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो बताइएको छ ।
‘हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं भने समाज कल्याणको थप अनुमति पश्चात् अन्य विभिन्न ठूला-ठूला रात कार्यक्रम गरिने योजना छ,’ संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो । यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढीपीडितलाई तत्काल राहतका कार्यक्रम, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग, जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग, पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग, काठमाडौंका विपन्न अनार्थ आश्रमलाई सहयोग, मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ ।
यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ, योगेश नेपाल, रविन विष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन विष्टलगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ ।
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पिक प्वाईन्ट एल्मुनाईको आयोजनामा काठमाडौँको बूढानीलकण्ठमा दोस्रो खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मङ्सिर २९ र ३० गते दुई दिन हुने फुटसल प्रतियोगितामा काठमाडौँ उपत्यका सहित अन्य जिल्लाका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरू सहभागी हुन पाउने छन् ।
प्रतियोगिताको लागि सहभागी हुन कात्तिक २५ गते देखि दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ । प्रतियोगिताका लागि टिम दर्ता गर्ने अन्तिम समय मङ्सिर २५ गतेसम्मलाई तय गरिएको छ । एउटा टिम दर्ताका लागि तीन हजार पाँच सय शुल्क लाग्ने प्रतियोगिताका संयोजक राजेश श्रेष्ठले बताउनुभएको छ ।
विजेता टिमलाई ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक श्रेष्ठले बताएका छन् । त्यस्तै, रनरअप टिमले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था हुने आयोजकले जानकारी दिएको छ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित भद्रकाली फुटसल एण्ड रि–क्रियशन सेन्टर गाम्चामा हुने प्रतियोगिता पिक प्वाईन्ट एल्मुनाइद्वारा आयोजना गरिने फुटसलको दोस्रो संस्करण हो ।