काठमाडौं – बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८ औ राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ । तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे ।
विजेता बनेको अजय एफसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता मोलम एफसीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ अजय एफसी कै अनिष माझी उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसी कै कुशन श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै मोलमका सुरेश श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए भन्ने फियर पेलेको अवाड सेभेन एट एफसिले प्राप्त गरेको छ । देशभरिका कुल १०२ टिमबाट खुला छनोट गरेर ३२ टिमकि संयोजन गरि खेलाएको उक्त प्रतियोगिता अत्यन्तै रोचक रहेको थियो। प्रतियोगितामा फाइनलमा विभिन्न चलचित्रकर्मी ,उधमी ,पत्रकार समजसेवीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
उपस्थित हुन्ने सम्पुर्णले फुटसल इतिहासकै आकर्षक टर्फी ,नौकन्या,र नांङलोमा दियो बालेर धार्मिक परामपरा सैलिमा दिएको नगद पुरुषकारको उच्च प्रशंसा गर्नुभएको थियो।त्यसैगरी बक्स अफिस इन्टरनेसनल ग्रुपले आफ्नो तत्कालको टुनामेन्ड मंसिर २७ र २८ गते इलाइटमै ओपन च्यालेन्ज टेलिफिल्मकपको आयोजना मिति पनि सार्बजनिक गरेको कार्यक्रम अध्यक्ष आर के सुबेदिले बताए ।
काठमाडौं-नारद पोखरेलको नयाँ कृति ‘उर्वरा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा उक्त औपन्यासिक कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, कथाकार माया ठकुरीले उक्त कृति लोकार्पण गर्नुभएको थियो ।
उपन्यासमार्फत लेखकले प्रयोगसहित नयाँ सन्देश दिन खोजेको बताउँदै शर्माले सफलताको शुभकामना दिनुभएको थियो । कथाकार ठकुरीले शुभकामना दिँदै एउटा सर्जकले साहित्यका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने बताउनुभयो ।
कृतिमाथि पाठकीय टिप्पणी गर्दै अनुपमा रेग्मीले कुनै पनि उपन्यासलाई महाकाव्य बोकेको विधा भन्न मिल्ने जिकिर गर्नुभयो । उहाँले ‘उर्वरा’ आदर्शवादी उपन्यास भएको सुनाउनुभयो ।
उपन्यास समाजका अध्यक्ष शंकर भारतीले ‘उर्वरा’ले ५० वर्षअघिको र आजको समयलाई जोड्ने काम गरेको बताउनुभयो । यस्तै, उपन्यासकारका भाइ भेषराज पोखरेलले आफ्नो सारा परिवार साहित्यनिकट रहेको सुनाउनुभयो । दाजुको स्वभाव खरो भए पनि उपन्यासमा पाठकले कोमलता भेट्ने उहाँको भनाइ थियो । कृतिकार पोखरेलले उपन्यास जीवनजगत्को अभिलेख भएको बताउँदै साहित्यकार बी।पी।कोइरालासँगको छोटो सानिध्यले आफूलाई यसमा लाग्न प्रेरित गरेको सुनाउनुभयो ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, साहित्यकार विधान आचार्य, गीतकार संघका अध्यक्ष वसन्त थापा, माधव विडारीलगायत व्यक्तित्वले आ(आफ्ना भनाइ राख्नुभएको थियो । पोखरेलका यसअघि ‘नयाँ बाटो’, ‘सिर्जना’ र ‘प्रतिघात’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
Kathmandu, September 15: The participants of Glory Teen and Kid's Talents celebrated National Children's Day with a vibrant display of talent and presentations, underscoring the significance of children's issues. The celebration took place at Brainland Academy Hall, Sukedhara, Kathmandu, and was organized by Glory Media on Saturday, Bhadra 29.
The event featured a series of presentations by the participating children, who themselves led the proceedings, including welcoming the audience and delivering the vote of thanks. In line with the spirit of National Children's Day, the young participants emphasized the importance of prioritizing children's rights and concerns, advocating for greater recognition of the challenges faced by children in today’s world.
Remarkably, the program was chaired by six-year-old Ahana Adhikari, a shining example of the empowerment of children through such initiatives. The chief guest for the event was Urmila Shrestha, Vice President of the Nepal Chamber of Commerce and Chief Executive Officer of Salt Trading Corporation Limited. In her address, Shrestha highlighted the achievements of the Salt Trading Corporation in the sales and distribution of iodized salt, particularly emphasizing the corporation’s commitment to safeguarding children's health. She further praised the performances of the children, describing them as "outstanding" and a reflection of their potential.
The event also saw the participation of several distinguished guests who shared their thoughts on the importance of child rights. Among them were Parasmani Dahal, Central General Secretary of N-PABSON and a noted children's writer; Narayan Kumar Karki, Bagmati State President of N-PABSON; Vilas Khatri, Learning and Development Manager of the Hyatt Regency Hotel; and Shrishti Tripathi, Director of the Nepal Chamber of Commerce. Their speeches illuminated various aspects of children's rights, further enriching the program with their valuable insights.

Additionally, as part of the National Children's Day celebration, a cake-cutting ceremony was held, which also coincided with the birthday celebration of the chief guest, Urmila Shrestha. This special moment added a personal touch to the event, as the children and guests joined in to mark both the festive occasion and Shrestha’s birthday, creating a joyful and memorable atmosphere for all in attendance.
Saroj Ojha, President of the organizing body, Glory Media, spoke during the event, expressing his dedication to fostering children's participation. He emphasized that the entire program had been conducted under the leadership of the children themselves, from presentations to chairmanship, thereby promoting a sense of ownership and responsibility among the young participants.
The event was directed by Somraj Bastola, with fashion choreographer Rosin Shakya providing training to the participants, ensuring a polished and professional presentation. The winners and contestants of Glory Teen and Kid's Talents will also be given further opportunities to shine as program presenters in upcoming children-focused segments on NTV News, allowing them to hone their skills and gain greater exposure.
The celebration of National Children's Day by Glory Teen and Kid's Talents served as a platform to both highlight the importance of child rights and showcase the incredible talents of Nepal's youth, ensuring that their voices and concerns are heard and valued.




काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाहरुले विविध कार्यक्रम प्रस्तुतीसहित रमाईलो गरि राष्ट्रि«य बाल दिवस मनाउनु भएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमी हलमा भाद्र २९ गते शनिवार आयोजित सो कार्यक्रम माझ बालबालिकाहरुले हर्षेल्लासपूर्वक बालदिवस मनाउनु भएको हो । सो अवसरमा बालबालिकाहरु स्वयं्ले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्नैुभएको थियो भने बाल दिवस एवं बालबालिकासँग सरोकारित विषयमाथि केन्द्रित रही प्रस्तुती समेत दिनुभएको थियो । कार्यक्रममा बालबालिकाहरुले बालबालिकाको सवाललाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो ।
६ बर्षिय बालिका आहाना अधिकारीको सभापतित्वमाझ आयोजित उक्त कार्यक्रम नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्र«ेडिङ्ग कर्पाेरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बाल दिवस मनाउने क्रममा केक काटेर दिवससहित प्रमुख अतिथि श्रेष्ठको जन्मदिन समेत मनाईएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले कर्पोरेशनले आयोडिनयुक्त नुनको विक्री वितरणको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको जानकारी दिदै बाल स्वास्थ्यप्रति सदैव सजक र सचेत रही आएको उल्लेख समेत गर्नुभयो । साथै उहाँले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी बालबालिकाको प्रस्तुती निकै अब्बल रहेको आफूले महशुस गरेको बताउनुभयो ।

कार्यक्रम माझ एन प्याब्सनका केन्द्रिय महासचिव एवं बाल साहित्यकार पारसमणि दाहालले बाल अधिकारलाई सुनिश्चित गर्न सबैले आफनो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरि एन प्याब्सनका बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्कीले ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसले बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
उसैगरि, होटल हायात रिजेन्सीका लर्निङ्ग एण्ड डेभलपमेण्ट म्यानेजर विलास खत्रीले बालबालिकाहरुको आत्मविश्वासलाई बढ्वा दिने हुदाँ यस्ता कार्यक्रमहरु निकै फलदायी रहने उल्लेख गर्नुभयोे ।
नेपाल चेम्बर अफ कमर्सकी निर्देशक श्रृष्टि त्रिपाठीले बालबालिकाको अधिकारलाई मुखरित गर्न सबैले होस्टेमा हंैसे गर्दै अघि बढनुपनमा जोड दिनुभयो ।
सो अवसरमा अभिभावकहरुले बालबालिकाका लागि शिक्षासँगै अतिरिक्त कार्यक्रमहरुको पनि महत्वपूर्ण स्थान रहने आशयसहितको मन्तव्य राख्नुभएको थियो ।
आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बाल सहभागितालाई प्रबद्र्धन गर्ने हेतुले बालबालिकाकै सभापतित्व र प्रस्तुतीमाझ कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो ।
सोमराज बास्तोला ईभेण्ट निर्देशक रहेको उक्त ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिदै आउनुभएको छ । कार्यक्रमका विजेता तथा सहभागी प्रतियोगीहरुले एनटिभि न्युजमा प्रसारण हुने कार्यक्रम सचेतनाको बालबालिका लक्षित श्रृंखलाहरुमा कार्यक्रम प्रस्तोता भई कार्यक्रम संचालन गर्न पाउनु हुनेछ ।


काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका चलचित्रहरुको सहभागिता रहेको थियो । एरा प्रोडक्सन प्रा.लि. ले व्यवस्थापन गरेको उक्त कार्यक्रमको निर्देशक कमला जोशी हुन् ।
संस्थाका अध्यक्ष डा. हुस्नेद आजादको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, संगीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाँकार राजन खरेल र कोरियोग्राफर सन्दिप कुमार भुजेल सम्मानित भएका थिए ।
चलचित्र निर्देशक माधव राज खरेल निर्णायक प्रमुख रहेको उक्त फेष्टिवल कार्यक्रममा अन्तराष्टिय निर्णायक सदस्यहरु तर्फ अभिनेता केदार प्रसाद घिमिरे, (नेपाल) चलचित्रकर्मीहरु अमोल भगत (भारत), शहादत रसोल बंगलादेश, म्याग्डोलिना कोभ्पास (बेलायत) र सन्तोष सुवेदी (नेपाल) थिए भने राष्ट्रिय तर्फका निर्णायक सदस्यहरुमा छायाँकार रविन आचार्य, निर्देशक जीवन थापा, गायिका सरिता भारती, प्रध्यापक यादव गिरी, कलाकार÷निर्माता ज्याक श्रेष्ठ, ड्रेस डिजाईनर दिल माया मगर, निर्णायक सदस्यका रुपमा रहेका थिए । निर्णायकहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय दुवै भाषाका फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्री फिल्म हेरेका थिए ।
कार्यक्रममा राष्ट्रिय क्याटेगोरी तर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशन रहेको चलचित सतीदेवीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्यो भने निर्देशक लक्ष्मण सुनारले चलचित्र बुलाकी बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका थिए त्यस्तै चलचित्र सतिदेबीबाट मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन् । त्यस्तै चलचित्र नम्बरी सुन मार्फत संगीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट संगीतकारको अवार्ड र सोही चलचित्रबाट जुरी मेन्सन अवार्ड निर्माता नरेश खातीले प्राप्त गरे ।
निर्देशक पुर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र हिसिमती मार्फत सर्वोत्कृष्ट कल्चरल चलचित्रको अवार्ड प्राप्त गरे भने छोटा चलचित्र तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र परिवर्तन मार्फत अभिनेता प्रभण भुसालले प्राप्त गरे । त्यस्तै छोटा चलचित्र तर्फ नै चलचित्र छाँयाबाट सार्वोत्कृष्ट निर्देशक दिनेश कार्की, सिमाबाट सर्वोत्कृष्ट छाँयाकार सुजेश थापा, अन्तरवार्ता सर्वोत्कृष्ट निर्देशक जुरी मेन्सन अवार्ड प्रशन्न माली र होएर एम आईबाट सर्वोत्कृष्ट मेकअप आर्टिष्ट निर्मला चन्दले प्राप्त गरेका गरिन् ।
कार्यक्रममा ईन्टरनेशनल क्याटेगोरी तर्फ सर्वोत्कृष्ट चलचित्र रेड मार्फत रौनक विक्रम (नेपाल) ले प्राप्त गरे भने सर्वोत्कृष्ट जुरी स्पेशल मेन्सन अवार्ड चलचित्र लेट्स हाईड ईट ईन हिएर (साउथ अफ्रिका), सर्वोत्कृष्ट स्पाईरेशन अवार्ड चलचित्र रोमाद (ओमान), सर्वोत्कृष्ट छायाँकार चलचित्र रन फर युआर लाईफ (डेनमार्क), सर्वोत्कृष्ट स्कृष्ट द जब (अमेरिका), सर्वोत्कृष्ट छायाँकार जुरी स्पेशल मेन्सन अवार्ड चलचचित्र ला डेर डेस डेर (फ्रान्स), सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड चलचित्र अ टाउन वालेड १९९५( आएरल्याण्ड), सर्वोत्कृष्ट हिस्टोरिकल अवार्ड चलचित्र ड्रिम्स अफ द पास्ट (रसिया), सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड चलचित्र जिगोलो (अष्ट्रिया), सर्वोत्कृष्ट ईमोसनल अवार्ड चलचित्र ईष्टेल (स्पेन) र सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड चलचित्र अक्रोश द हिमालय (स्वीडेन) लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा बरिष्ठचलचित्र तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, अभिनेता गजित विष्ट, सञ्चारकर्मी कुवेर गिरी, सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी, डब्बु क्षेत्री, सविता पोख्रेल, प्रकाश भट्ट, गायक अमृत खाती, सञ्चारकर्मी तुलशी गिरी भावुक, गायिका सुजाता केसी, समाजसेवी राजन थापा, गायक डेबिट शंकर, गायिका रोशनी रसाईली, इन्जिनियर रमेश शिव शंकर, कोरियोग्राफर लिगेश भट्टराई, गायक नारायन थापा, सञ्चारकर्मी प्रमोद डिजि, मोडल प्रतिक्षा काफ्ले, साउण्ड डिजाइनर मनोज परियार, संगीतकार राजेन्द्र बजगाई, कलाकार नम्रता खरेल, लगायतका बरिष्ठ कलाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, अमृत खाती र सुस्मा शाही लगायतका कलाकारहरुको सांगितीक प्रस्तुती रहेको थियो भने कार्यक्रमको सञ्चालन सेसेमी लिम्बुले गरेकी थिईन । कार्यक्रमा भिडियोग्राफी चुरो खबर टिमले गरेको थियो भने फोटोग्राफी राजन खरेलले गरेका थिए ।
कैलाली l राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रिय समितिको बैठक अध्यक्ष श्री पाण्डव हमाल ठकुरीको अध्यक्षतामा भाद्र २५ र २६ गते कैलालीको धनगढीमा सम्पन्न भएको छ । बैठकमा नेसनल प्याब्सनका संस्थापक अध्यक्ष गीता राणा क्षेत्री, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशी, ज्ञानेन्द्र मोहन भट्टराई, सूर्य बहादुर अधिकारी तथा प्रदेश समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकमा प्रस्तुत आर्थिक प्रस्ताव उपर छलफल गर्दै कोषाध्यक्षले पेश गर्नु भएको आर्थिक प्रतिबेदन पारित गर्ने निर्णय लीइएको छ । बैठकले सबै जिल्ला समितिहरुलाई आर्थिक वर्षको लेखा परीक्षण सकिएको एक महिना भित्र केन्द्रीय समितिमा उपलब्ध गराउन सर्कुलर गर्ने निर्णय समेत भएको छ ।
विभिन्न जिल्ला समितिहरुले केन्द्रीय समितिलाई बुझाउन बाँकी रहेको दायित्वहरु २०८१ पौष महिना भित्रमा बुझाउन सर्कुलर गर्ने निर्णय समेत गरिएको छ। एसोसिएसनको विधान संसोधनको प्रस्ताव उपर छलफलहुँदा राय सुझाव संकलन गरि आवश्यकतानुसार संसोधन गर्न आगामी कार्तिक ०८१ मसान्त भित्रमा सुझाव पेश गर्ने गरी केन्द्रीय समितिमा राय पेश गर्न पूर्व बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर अधिकारीले संयोजक र सबै प्रदेश अध्यक्षज्यूहरु सदस्य रहने गरि एक समितिको निर्माण गर्ने निर्णय ग¥यो । सरकारले संघिय संसदमा पेश गरेको विद्यालय शिक्षा विधेयक सम्पूर्ण सदस्यहरुले अध्ययन, परामर्श, छलफल गरि निजी लगानीका विद्यालयहरुको हितमा हुने गरी सुझाव पेश गर्न र त्यस प्रकारको सुझावहरु संकलन गरि सम्बन्धित निकायमा परामर्श, लवीङ निरन्तर गर्ने कार्यका लागि पाण्डव हमाल, पारसमणि दाहाल, डम्बर अधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय ग¥यो ।
संगठनमा देखिएका आन्तरिक समस्या समाधानका उपायहरुका बारेमा बैठकमा ब्यापक छलफल भयो । हाल संगठनमा देखिएको समस्या समाधान गर्दै आठौं राष्ट्रिय महाधिवेसन आगामी फागुन ०८१ भित्र सम्पन्न गर्न संस्थापक अध्यक्ष गीता राणा क्षेत्रीको संयोजकत्वमा पूर्व अध्यक्ष कर्ण बहादुर शाही सहसंयोजक, निवर्तमान अध्यक्ष श्ऋतुराज सापकोटा सहसंयोजक, पारसमणि दाहाल सदस्य सचिव, प्रताप बहादुर थापा कोषाध्यक्ष, पूर्व अध्यक्ष सदस्य, वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु सदस्य, पूर्व वरिष्ठ उपाध्यक्षज्यूहरु सदस्य, सबै प्रदेश अध्यक्षहरु सदस्य रहने गरी महाधिवेशन आयोजक समिति निर्माण गर्ने निर्णय ग¥यो । संगठनमा वर्तमान अवस्थामा देखिएको समस्या समाधानका लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशी, सुबोध कुमार डाँगी, कमल बहादुर सिंह, राजु गुरुङ र राजु पाण्डेलाई जिम्मेवारी दिने निर्णय ग¥यो ।
बैठकले नेसनल प्याब्सन केन्द्रीय समितिको सातौं बैठकको आतिथ्यता दिनुहुने कैलाली जिल्ला समितिका पदाधिकारी, सदस्यज्यूहरु लगायत सम्पूर्ण सदस्य विद्यालयहरुलाई धन्यवाद दिंदै पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद जोशीलाई विशेष धन्यवाद ज्ञापन गर्ने निर्णय लिएको छ ।
काठमाडौं – अहिलेका व्यस्त मोडल सरोज गीरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा केसीको स्वर रहेको गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियो विनय भारतीले खिचेका हुन् ।
Kathmandu l On September 9th, 2024, Rotary Club of Gyaneswor successfully completed District Governor's Official Club Visit, marking a significant moment in the club’s journey as it celebrated its 4th Charter Ceremony. The program was conducted in presence of District Governor for 2024-25, Rajendra Man Sherchan, First Lady Madam Sarojani Sherchan, District Secretary Ashok Nath Payakurel, District Secretary Ashok Kapali, Assistant District Governor Mahesh Prasad Pradhan, PDGs and other District offers.
The ceremony commenced with a warm welcome from the club's members, recognizing the pivotal role that the District Governor plays in guiding Rotary clubs toward fulfilling their mission of service. The ambiance was filled with excitement as members and guests gathered to celebrate the achievements of the club over the past four years while looking forward to future endeavors.
During his address, District Governor Rajendra Man Sherchan emphasized the importance of Rotary’s mission and its goals for the 2024-25 year. He shared valuable insights into the core values of Rotary, which revolve around service above self, integrity, and community engagement. The Governor urged the members to strengthen their commitment to these principles, which serve as a foundation for impactful projects and meaningful change in society.
Sherchan also provided guidance on enhancing the club’s service projects, encouraging members to think innovatively about how they can contribute to the Rotary goals. He highlighted the necessity of aligning project choices with community needs, emphasizing that effective service is driven by understanding and addressing local challenges.
He encouraged members to involve new generations in Rotary's initiatives and to foster partnerships with other organizations. District Governor's message was one of active engagement initiating on collaborative approach that can make a lasting impact in the community, pivotal in creating sustainable projects.
Members were reminded that the strength of Rotary lies not only in its global network but also in the local actions undertaken by individual clubs. The connection to community service is a powerful motivator that can inspire today’s youth to embrace the tenets of Rotary, thereby ensuring the continuity of the organization’s noble mission.
4th Charter Ceremony was a poignant part of the event, celebrating the achievements and milestones of Rotary Club of Gyaneswor. During the ceremony, members reflected on the projects and initiatives undertaken over the past four years, including community health drives, education programs, and environmental sustainability efforts.
As part of the celebrations, members of the club were recognized for their dedication and contributions. The event served as a reminder of the collective impact that passionate individuals can have when they work together toward a common goal.
Following the insightful discussion, President Neelam Yonzon expressed gratitude to the District Governor and the entire district team for their dedicated guidance and support. She assured the attendees that the Rotary Club of Gyaneshwor is committed to adhering to Rotary’s rules and guidelines while actively contributing to the district's goals. Her words embodied the club's dedication to fostering a culture of service and integrity, reinforcing their mission of making a meaningful impact.
As Rotary Club of Gyaneswor moves forward, it remains committed to serving the community and upholding the values of Rotary. With the insights and motivation provided by District Governor Rajendra Man Sherchan, the club is poised to embark on new projects and initiatives that align with Rotary’s vision for a better world.
After a ceremony Shristi Tripathi, Secretary of Rotary Club of Gyaneswor talking with media said 'The successful conduct of this event not only highlighted the strong leadership within the club but also reinforced the sense of purpose among its members. With renewed enthusiasm, Rotary Club of Gyaneswor looks forward to a future filled with opportunities to serve, engage, and make a positive impact in the community and beyond'.






काठमाण्डौं । रोटरी क्लब अफ ज्ञानेश्वरले सफलतापूर्वक डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै आफनो यात्राको चौथो चार्टर समारोह मनाएको छ । क्लबे सोमबार २०२४(२५ का लागि डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, प्रथम महिला सरोजनी शेरचन, डिस्ट्रिक्ट सचिव अशोकनाथ प्याकुरेल, डिस्ट्रिक्ट सचिव अशोक कपाली, सहायक डिस्ट्रिक्ट गभर्नर महेशप्रसाद प्रधान, जनप्रतिनिधि लगायतको उपस्थितिमा चौथो चार्टर समारोह सम्पन्न गरेको हो ।
रोटरी क्लबहरूलाई उनीहरूको सेवाको मिशन पूरा गर्न निर्देशन दिन डिस्ट्रिक्ट गभर्नरले निर्णायक भूमिका खेल्ने भूमिकालाई आत्मसात गर्दै क्लबका सदस्यहरूबाट न्यानो स्वागतका साथ समारोहको सुरुवात गरिएको थियो। क्लबका सदस्यहरू र पाहुनाहरू विगत चार वर्षमा क्लबका उपलब्धिहरू मनाउन भेला भएकाले भावी प्रयासहरूको प्रतीक्षा गर्दै वातावरण उत्साहले भरिएको थियो।
सो अवसरमा डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोटरीको सन् २०२४(२५ वर्षको लक्ष्यको महत्वमा जोड दिनुभयो । उहाँले रोटरीका बहुमूल्य अन्तर्दृष्टि साझा गनृुहुँदै अखण्डता र सामुदायिक संलग्नता माथिको सेवाको वरिपरि रोटरीको सेवा घुम्न बताउनुहुँदैगभर्नर सदस्यहरूलाई यी सिद्धान्तहरूप्रति आफ्नो प्रतिबद्धतालाई बलियो बनाउन आग्रह गर्नुका साथै प्रभावकारी परियोजनाहरू र समाजमा अर्थपूर्ण परिवर्तनको लागि आधारको रूपमा काम गर्न आग्रह समेत गर्नुभयो।
शेरचनले क्लबका सेवा परियोजनाहरू अभिवृद्धि गर्न, रोटरी लक्ष्यहरूमा कसरी योगदान गर्न सक्छन् भन्ने बारे नवीनतापूर्वक सोच्न सदस्यहरूलाई प्रोत्साहित गर्ने क्रममा समुदायको आवश्यकतासँग परियोजना छनोटहरू मिलाउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै स्थानीय चुनौतिहरू बुझेर र सम्बोधन गरेर प्रभावकारी सेवा सञ्चालन हुने उल्लेख गर्नुभयो। उहाँले सदस्यहरूलाई रोटरीको पहलमा नयाँ पुस्तालाई सामेल गर्न र अन्य संस्थाहरूसँग साझेदारी गर्न प्रोत्साहित गर्दै भन्नुभयो डिस्ट्रिक्ट गभर्नरको सन्देश दिगो परियोजनाहरू सिर्जना गर्न निर्णायक, समुदायमा दिगो प्रभाव पार्न सक्ने सहयोगी दृष्टिकोणमा पहल गर्ने सक्रिय संलग्नता मध्ये एक हो ।

रोटरी क्लब अफ ज्ञानेश्वरकी अध्यक्ष नीलम योन्जनले डिस्ट्रिक्ट गभर्नर र सम्पूर्ण डिस्ट्रिक्ट टोलीलाई समर्पित मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुहुँदैरोटरी क्लब अफ ज्ञानेश्वर रोटरीका नियम र दिशानिर्देशहरू पालना गर्दै डिस्ट्रिक्टको लक्ष्यमा सक्रिय रूपमा योगदान पुर्याउन प्रतिबद्ध रहेको जानकारी गराउनुभएको थियो । उहाँले सेवा र अखण्डताको संस्कृतिलाई बढावा दिन क्लब समर्पित रहदै आएको र सदस्यहरु अर्थपूर्ण र सुदृढ रुपमा अघि बढेको उल्लेख समेत गर्नुभएको थियो ।
रोटरी क्लब अफ ज्ञानेश्वर अगाडि बढ्दै जाँदा समुदायको सेवा गर्न र रोटरीको मूल्य मान्यतालाई कायम राख्न प्रतिबद्ध रहेको उद्घोषसहित उहाँले डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले प्रदान गर्नुभएको अन्तरदृष्टि र प्रेरणादायी साथबाट क्लबले राम्रो संसारको लागि रोटरीको दृष्टिकोणसँग मिल्ने नयाँ परियोजनाहरू र पहलहरू सुरु गर्न तयार रहेको जनाउनुभयो ।
कार्यक्रम माझ सदस्यहरूलाई रोटरीको जोड यसको विश्वव्यापी नेटवर्कमा मात्र नभई व्यक्तिगत क्लबहरूद्वारा गरिएका स्थानीय कार्यहरूमा पनि निहित रहेको स्मरण गराउदै सामुदायिक सेवा एक शक्तिशाली प्रेरक रहेकाले आजका युवाहरूलाई रोटरीका सिद्धान्तहरू अँगाल्न प्रेरित गर्दै संस्थाको उदेश्य प्राप्तिमा निरन्तर प्रयासरत रहनुपर्नेमा जोड समेत दिईयो । समारोहमा, सदस्यहरूले सामुदायिक स्वास्थ्य अभियानहरू, शिक्षा कार्यक्रमहरू, र वातावरणीय दिगोपन प्रयासहरू सहित विगत चार वर्षमा गरिएका परियोजनाहरू र पहल बारे प्रकाश पारिएको थियो ।
सो अवसरमा क्लबका सदस्यहरूलाई उनीहरूको समर्पण र योगदानको लागि सम्मान गरिएको थियो।
उक्त कार्यक्रमपश्चात् रोटरी क्लब अफ ज्ञानेश्वरका सचिव सृष्टि त्रिपाठीले सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘यस कार्यक्रमले आयोजनाले क्लबभित्रको बलियो नेतृत्वलाई उजागर गर्ने मात्रै नभएर सदस्यहरुमा उद्देश्यको भावनालाई पनि बलियो बनाएको छ । नयाँ उत्साहका साथ, रोटरी क्लब अफ ज्ञानेश्वर सेवा, संलग्नता र समुदायमा सकारात्मक प्रभाव पार्ने अवसरहरूले भरिपूर्ण भविष्यको लागि तत्पर रहेको सन्देश दिन चाहन्छौं।





काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रम कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटीमा विहान ११ बजेदेखि सुरु भएको हो । सो रक्तदान कार्यक्रमको शुभारम्भ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले गर्नुभएको थियो । कर्पोरेशनले स्थापना दिवस मनाउने क्रममा प्रत्येक वर्ष भाद्र २७ गते आयोजना गर्ने बार्षिकोत्सव समारोहको पूर्वसन्ध्यमामा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम नियमित संचालन गर्दै आएको छ ।
कर्पोरेसनको कालिमाटीस्थित केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा रक्तदाताहरुकोे उत्साहजनक उपस्थिति रहेको कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिनुभएको छ । कार्यक्रममा कर्पोरेसनका संचालक समिति सदस्य नारायणदास मानन्धर लगायतका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा शेयर धनी, कर्मचारी परिवार, डिलर, पत्रकार, शुभेच्छुक आदीले रक्तदान गर्नुभएको थियो ।