काठमाण्डौ- बिगत दुई दशकदेखि नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहदै आएका गायक नारायण थापाको स्वरमा एकपछि अर्को गीत सार्वजनिक हुने क्रम जारी छ ।
यसै क्रममा उनले आभूषण इन्टरटेन्मेन्ट च्यानलमार्फत ‘कुनै दिन त’ बोलको सांगीतिक भिडियो सार्वजिक गरेका छन् ।
बरिष्ठ गीतकार डा. कृष्णहरी बरालको शब्द, गैरे सुरेशको संगीत, नारायण थापाको स्वर, माहाराज थापाको एरेन्ज, किशोर थापाको मिक्सिङ्ग माष्टरिङ्ग रहेको भिडियोमा कमल सिंह, सुष्मिता, जिवन आचार्य लगायतको अभिनय छ ।
बुद्ध थापाको छायांकन र विकाश दाहालको सम्पादन रहेको गीतको भिडियोका निर्देशक प्रकाश धिताल हुन् ।
काठमाडौं– गायिका अञ्जना गुरुङ आफ्ना नयाँ गीत ‘यस्तै हो मायामा…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । आधुनिक शैलीको यो गीतमा शब्द तथा संगीत पनि गायिका अञ्जना गुरुङले नै तयार पारेकी हुन् । राकेश सोनीद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गायिका गुरुङ अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । पवन सुस्लिङद्वारा छायांकन गरिएको भिडियोमा मोडल अपेक्षा सिंहलाई फिचर गरिएको छ । नृत्यपरक यो गीतमा अपेक्षाले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छिन् । गम्भिर विष्ट यो भिडियोका कोरियोग्राफर तथा निर्देशक हुन् । पवन सुस्लिङ यो भिडियो सम्पादन गरेका हुन् ।
काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ ।
विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको बताउनुहुन्छ । जुनसुकै क्षेत्रमा आफू सेल्फ डिपेन्ड भएको राम्रो बताउनुहुने उहाँ घुमघाम र चलचित्र हेर्न मन पराउने बताउनुहुन्छ । ‘फेसन भनेको आफूलाई अरूभन्दा राम्रो र फरक देखाउने तरिका हो ।
मानिसहरूको फेसनले उनीहरूको व्यक्तित्व झल्काउँछ, आफूलाई कस्तो सुहाउँछ, कसरी राम्रो लुक्स आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । देश विदेशमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी उहाँ पछिल्लो समयमा आममानिसमा फेसन र सौन्दर्यचेत बढ्दै गएको बताउनुहुन्छ । रञ्जिताका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मान(सम्मानहरू पनि प्राप्त भएका छन् ।
तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) दिन मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् । हिन्दू चान्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले तिहार पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार प्रायः अक्टोबर वा नोभेम्बरको महिना शुरुमा पर्छ ।
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्“ भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ । तिहारले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्का्तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ ।
दिपावली तथा तिहारको सामाजिक महत्वः तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्न रूपी संपत्ति घरमा ल्याउँने समय जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसको पन्ध्र दिनपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा–आराधना गरिन्छ । सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ ।
काग तिहारको महत्वः काग अत्यन्त चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।
कुकुर तिहारको महत्वः यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोर–डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।
गाई तिहार अनि लक्ष्मी पूजाको महत्वः हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । त्यसैगरी गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ ।लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस् यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।
दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागी आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ ।
गोबर्धन पुजा तथा गोरु पुजा र यसको महत्व : गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केहि नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्। त्यसैले तिहारको चौथो दिन गोबर्धन पर्वतलाई पुजिन्छ ।
भैली अनि देउसी र यसको महत्व : अयोध्यावासीहरूले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरूको उज्यालोले जगमगाएको थियो। मानिसहरूले घर–घरमा, गल्ली–गल्लीमा देव श्री राम–जसको अर्थ हुन्छः हाम्रा राम देउता हुन् को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरू देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरू भट्याउनेको पछि पछि देउसिरे भन्ने हुन्छन्।
त्यसै गरी देउसीको एउटा अर्को कथा पनि जोडिएको छ । एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केहि खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गा्दि लोकहरू हल्लिन थाले र देवताहरूले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल र्पुयाउने आश्वासन दिए। त्यसपछि वामन ९बाहुन्ने०को रूप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ’ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रूप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे । बलीले उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरू बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरूप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् ।
भाइ तिहार (भाइ टीका) को महत्वः तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्न्हिित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख९समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्र्तनिहित छ ।
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान९सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा९मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ ।
पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
तिहारमा लगाईने सप्तरंगी टिकाको महत्वः हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा–पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषतः रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको,सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिखबाट लिइन्छ।
–विभिन्न अनलाइनहरुको सहयोगमा तयार पारिएको सामग्री
काठमाडौं- चलचित्र विकास बोर्डले छाँयाकारहरुलाई ड्रोन पाइलटको तालिम दिने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको छाँयांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छाँयाकारहरुले ड्रोनलाई अधिकतम रुपमा प्रयोग गर्न थालेका छन् ।
तर ड्रोन उडाउन लागी छाँयाकारहरुले ड्रोन उडाउने चाहिने तरिका तथा विद्यमान नेपालको कानुनी व्यवस्था जान्नु जरुरी पनि छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।
बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।
दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।
चलचित्र निर्देशक तथा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डि.सी. पहिले देखी नै चलचित्रहरुमा आधुनिक प्रविधिमा काम गर्न रुचाउने निर्देशकहरुमा पर्दछन् ।
काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयर पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। मंसिर १६ कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनको चहलपहल सुरु भइसकेको छ। राजनीतिक दलहरू उपनिर्वाचनको तयारीमा जुटेका छन् । राजनीतिक दलहरूले उम्मेदवार चयनको आन्तरिक गृहकार्य गरिरहेका छन्।
नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला अर्को ठूलो दल नेपाली कांग्रेसबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का इन्चार्ज सुरेन्द्र मानन्धर यसपटक उम्मेदवार बन्न इच्छुक छैनन्। उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन्। उनी गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र कुमार (राजन) के.सी. सँग पराजित भएका थिए ।
२०७९ सालमा भएको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए। कुल ९०४३ मत ल्याएर नकर्मी विजयी भएका थिए भने उनका निकटम प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए।
उपप्रमुखमा कांग्रेसकै शुभलक्ष्मी शाक्य निर्वाचित भएकी थिइन्। उनले ८६६५ मत ल्याउँदा उनकी निकटम प्रतिस्पर्धी एमालेकी बिन्दु महर्जनले ७२०६ मत ल्याएकी थिइन्।
२०७९ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्य तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० का संयोजक केस रत्न बज्राचार्य र नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी उपसचिव बिन्दु महर्जन पराजित भएका थिए।
आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट सुर्य बहादुर बुढाथोकी विशेष अभियान सहित उपनिर्वाचनको तयारीमा देखिन्छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष साथै नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य सुर्य बहादुर बुढाथोकीले नेकपा एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन्। ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ', बुढाथोकीले भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ।’
आफ्नो विद्यार्थी जीवनकाल देखि नै राजनीतिमा होमिएका बुढाथोकी हाल नेकपा एमालेका सक्रिय सदस्य हुन्। भुकम्पले ढालेको बेला होस् या बाढी पहिरोले मन भत्काएको बेला, कोरोनाको कहरको बेलामा होस् या अन्य विपदको समयमा उनी तीनै घाउहरुमा मलम लगाउन घरघर पुग्ने गर्छन्।
नेकपा एमाले निकट नेपाल खेलकुद महासंघमा रहेर हाल उनले खेलकुदका माध्यमबाट विकास, समर्पण र अनुशासनको सिद्धान्त सहित काम गर्दै आएका छन्। आफ्नो टोलनगरमा उल्लेखनीय कार्य गर्दै आएका बुढाथोकी आफू र आफ्नो पार्टी नेकपा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्छन्।
काठमाडौं । कीर्तिपुर नगरपालिकाका तत्कालीन मेयर राजकुमार नकर्मीको निधन भएपछि आगामी मंसीर १६ गते हुने कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उपनिर्वाचनको तयारीमा झण्डै एक दर्जन व्यक्तिहरु लाइनमा देखिन्छन् ।
यी हुन् कीर्तिपुरको मेयर पदका लागि नेकपा एमालेबाट आकांक्षीहरु: १. सरव कुमार महर्जन - नेकपा एमाले प्रदेश क सदस्य कीर्तिपुर नगर इन्चार्ज २. केस रत्न बज्राचार्य - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य /काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० संयोजक ३. सुरेन्द्र मानन्धर - नेकपा एमाले केन्द्रीय सदस्य/काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० इन्चार्ज ४. बिन्दु महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला उपसचिव ५. सूर्य बुढाथोकी - राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाल खेलकुद महासंघ उपत्यका विशेष प्रदेशका अध्यक्ष ६. ध्रुव अधिकारी - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य ७. विकास महर्जन - नेकपा एमाले काठमाडौँ जिल्ला सदस्य ८. राजकमल महर्जन - कीर्तिपुर नगर सदस्य ९. जुजु भाइ महर्जन - कीर्तिपुर नगर सदस्य आउदो उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाको मेयर पदको टिकट कसले पाउछन् त्यो भने अझै हेर्न बाँकी नै छ ।
दोहा कतार – शनिबार नज्मा स्थित वल्ड दरबार रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा सम्पन्न भएको अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटी कतारको प्रथम अधिवेशन बाट रामेछापका सुर्य भण्डारीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन ।
सोसाइटी कतारका तदर्थ समिति संयोजक सुर्य भण्डारीको सभापतित्व, प्रतिष्ठित व्यक्तित्व सचिन कार्कीको प्रमुख आतिथ्यतामा केही विशिष्ट ब्याक्तित्वहरु, संघ संस्थाका प्रमुखहरु, पत्रकार, कलाकारहरुको साथै कतारको विभिन्न प्रतिष्ठित होटेल तथा रेष्टुरेन्टहरुमा सेफको काम गरिरहेका करिब १ सय नेपाली सेफहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउँसो ठिक १ बजे व्यानर अनावरण सहित दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा तदर्थ समितिका महासचिव बद्री विक्रम थापाले उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम हलमा उपस्थित सबै सेफहरुले आ-आफ्नो परिचय दिदै कतारमा पनि सोसाइटीको शाखा बिस्तार भएकोमा खुशी व्यक्त गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
“सामाजिक समुन्नति, सीप मुलक विकास तथा नेपाली खानाको स्तरोन्नतिको लागि हाम्रो अभियान” भन्ने मुल नारा बनाई आधिकारिक रुपमा सन् २०१८ मा स्थापना भएको सोसाइटी २०२४ सम्म आइपुग्दा ३४ वटा देशमा बिस्तार भएको र अधिवेशन गरि कार्यसमिति सहितको शाखा बिस्तारमा भने कतार सहित ९ वटा देशमा सक्रिय रहेको सामाजिक संजालको प्रयोग गर्दै भिडियो कल मार्फत अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय सम्योजक तथा नेपाल सेफ सोसाइटी युएईका संरक्षक अरुण अधिकारीले प्रष्ट पारेका थिए ।

खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा कतारमा रहेर नेपाली गीतसङ्गीतमा निरन्तर सक्रिय रहेकी लोकप्रिय गायिका गुना मगर “निशु” र सोसाइटी कतारका सचिब चक्र मगरले आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत उपस्थित सबैलाई नचाएर अधिवेशनको माहोल सङ्गीतमय बनाइदिएका थिए ।
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि कार्कीले नेपाली खानाको स्तरोन्नति गर्दै विश्वव्यापी रुपमा चिनाउने उद्देश्यका साथ स्थापना गरिएको सोसाइटीले अब कतारबाट पनि उल्लेखनीय भुमिका खेल्दै निकट भविस्यमै उद्देश्य अनुरुपको त्यो सफलतामा पुगेको देख्न पाउनेमा आफू ढुक्क रहेको बताउदै प्रथम अधिवेशन बाट बन्ने नयाँ कार्यसमिति लाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तदर्थ समितिका महासचिव बद्री विक्रम थापा र सचिब चक्र मगर मिलेर सहजीकरण गरेका खुल्ला सत्रको कार्यक्रमको अन्तमा सभापति भण्डारीले कतारमा अन्तरास्ट्रिय नेपाली सेफ सोसाइटीको शाखा बिस्तार हुँदै गर्दा सोसाइटीले खेल्ने भूमिकाको बारेमा प्रष्ट पार्दै कतारमा रहेका सम्पुर्ण नेपाली सेफहरुलाई एउटै छातामुनी आबद्ध गराउदै हरेक दु:ख सुखमा साथ सहयोग गर्दै कसरी हुन्छ नेपाली खानालाई बिश्व सामु स्थापित गर्नको निमित्त एक ढिक्का भइ लागि पर्ने बताए । उनले थप बोल्दै प्रथम अधिवेशन कार्यक्रमलाई छोटो समयको तयारीमा पनि भव्य सफल बनाउनको लागि अहोरात्र खट्ने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खल्ला सत्र कार्यक्रमको समापन भएको घोषणा गरेका थिए भने कार्यक्रम संचालनमा रामेछाप सेवा समाजका सल्लाहकार तथा बागमती प्रदेश समन्वय परिषदका अध्यक्ष ललित कुमार तामाङले सहयोग गरेका थिए ।

खुल्ला सत्र कार्यक्रम सकिए लगतै सुरु भएको बन्द सत्र कार्यक्रमबाट बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष तथा रामेछाप सेवा समाजका सल्लाहकार ललित कुमार तामाङको संयोजकत्त्वमा बनेको निर्वाचन समितिको रोबरमा सुर्य भण्डारीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएका छन जस अन्तर्गत अध्यक्षमा सुर्य भण्डारी, प्रथम उपाध्यक्षमा डिबि कार्की, द्वितीय उपाध्यक्षमा दिपक पोखरेल, महासचिवमा बद्री विक्रम थापा, सचिबमा चक्र मगर, कोषाध्यक्षमा सुन्दर कार्की, सह- कोषाध्यक्षमा खग बहादुर बस्नेत निर्वाचित भएका छन त्यसैगरी बिकाश बहादुर बुढा, दिपक भण्डारी, सिताराम मगर, लक्ष्मण गुरुङ, शिशिर पाण्डे, अनुमाया तामाङ र युवराज आचार्य सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन भने ५२ जना साधारण सदस्य बनेका छन सदस्यता बनेका सबैलाई नव निर्वाचित निर्वाचित अध्यक्षले सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको "नआओस् दशैँ"बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक भएको छ । नेपालमा बढेको बेरोजगार समस्याले बिदेशीनुपर्ने नेपाली दाजुभाइहरुको कथा सँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व आउँदा नेपालमा पिरोलिनुपर्ने परिवारको कथामा आधारित यस गीतमा पार्वती गिरी र आदित आचार्य तथा अन्य कलाकारहरुको जिवन्त अभिनय रहेको छ।
गणेश श्रेष्ठको शब्द /संगीतमा धिरेन्द्र राई तथा सहिमा श्रेष्ठको सुमधुर स्वर रहेको छ। सन्तोष प्रगाढ राईको एरेन्ज, रामेश्वर हुँमगाईको,छायांकन,अनन्त घिमिरेको सम्पादन तथा सन्तोष पराजुली प्राबिधिक रहेको यस गीतको निर्माता चण्डिका श्रेष्ठ र दिनेश बुढाथोकी रहेका छन् । यस गीतको कथा/ निर्देशन देवप्रसाद धिमालले गरेका हुन् ।
काठमाण्डौ - बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ ।
सत्यले असत्यलाई पराजीत गरेको खुशीयालीमा यो पर्वलाई परापुर्वकाल देखी मनाउँर्दै आईरहेको जनश्रुती रहेको पाईन्छ । विशेष गरी शक्तिकी देवी दुर्गाका विभिन्न रुपले पुजिने यो शक्ति-पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो ।
महासप्तमी :
नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर घरमा भित्र्याइन्छ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्र्याइन्छ ।
महाष्टमी :
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली (भद्रकालीको विशेष पूजा(आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली ९करोडौं योनी(शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात् मानिसहरू नवदुर्गा ,आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।
महानवमी :
नवरात्रिको नवौ दिन महानवमीमा विशेष गरी सिद्धिधात्री देवीको पूजा(आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ। नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउँने चलन आएको मानिन्छ ।
विजया दशमी :
नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो ।
यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन ९विजय० गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।
त्यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। त्यसपछि घरका मुलमान्छेले नव दुर्गा भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशिर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा गहना लगाई टीका लगाउन जान्छन् । जसको लर्को तथा भिड भाड यत्र तत्र बाटोमा या बसमा प्रशस्तै देख्न सकिन्छ।
लेख श्रोत : actpronepal.com/