काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो ... को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।
यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् ।
बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।
ललितपुर महानगरपालिका, – सामुदायिक विद्यालयहरूको प्रतिष्ठा बढाउँदै, त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले यस वर्षको SEE 2080 मा उल्लेखनीय सफलता प्राप्त गरेको छ। सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गर्दै, विद्यालयले ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा आफ्नो शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेको छ।
यो ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न मिति २०८१/०९/०२ गते ललितपुर महानगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र नगर प्रमुख श्री चिरिबाबु महर्जनज्यूले विद्यालयका प्रधानाध्यापक श्री हरि प्रसाद खनाललाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
विद्यालयकी विद्यार्थी प्रिन्सी कर्णले 3.96 GPA हासिल गरी विद्यालयलाई गौरवान्वित बनाएकी छिन्। यस उपलब्धिका लागि विद्यालयले नगद पुरस्कारस्वरूप रु ७,५०,०००/- प्राप्त गरेको छ भने प्रिन्सी कर्णलाई व्यक्तिगत रूपमा रु २,००,०००/- सहित सम्मान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनालले यो सफलता सम्पूर्ण शिक्षकहरूको अथक मेहनत, विद्यार्थीहरूको लगनशीलता, र अभिभावकहरूको निरन्तर समर्थनको परिणाम भएको बताउनुभयो। उहाँले विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्व र शिक्षकमण्डलीको समर्पणको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रतिबद्ध रहेको घोषणा गर्नुभयो।
अतिरिक्त क्रियाकलाप इन्चार्ज पवन कोइरालाका अनुसार, विद्यालयको यो सफलता शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षको सहकार्यको प्रतिफल हो। उनले यस उपलब्धिले विद्यालयको शैक्षिक प्रतिष्ठा न केवल ललितपुरमा, तर राष्ट्रियस्तरमै स्थापित गरेको बताउनुभयो।
त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले सामुदायिक विद्यालयहरूको लागि प्रेरणाको स्रोतका रूपमा नयाँ उचाइ कायम गरेको छ। विद्यालयले भविष्यमा पनि शैक्षिक उत्कृष्टताका नयाँ आयाम स्थापित गर्दै सामुदायिक शिक्षा क्षेत्रको गौरवलाई थप उचाइमा पुर्याउने लक्ष्य लिएको छ।
यस ऐतिहासिक उपलब्धिका लागि विद्यालयका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना!
काठमाडौं । भिजन स्टिल एण्ड आल्मोनियम स्टक्चर प्रा।लि।को सिंहदरवार भित्र रहेको गृहमन्त्रालयको कार्यक्षेत्रमा लडेर घाईते भई उपचारार्थ रहेका गोर्खा जिल्ला, सिरनचोक ५ रित गाउँका मनिष गुरुङ लाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको आयोजनामा गोकर्ण जगडोल शहिद तथा निजामती पार्कमा भएको बृहत बनभोज एवं सांस्कृतिक कार्यक्रम बाट सहयोग प्राप्त भएको छ ।
लडेर ढाडको पुरै भाग नचल्ने भए पछि गुरुङलाई औषधि उपचारमा समेत आर्थिक अभाव भएपछि ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रका अध्यक्ष सैलेश ठकुरीको पहलमा सहयोगको लागि आह्वान गरिएको थियो ।
कार्यक्रम स्थलमा सहयोगार्थ राखिएको सहयोग बाकसमा जम्मा भएको रु १,१०,०००÷महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले बिरामी मनिष गुरुङ लाई हस्तान्तरण गर्नु भएको हो ।
अनौपचारीक तथा सांस्कृतिक कार्यक्रम सन्चालन गर्नुभएका महासंघका केन्द्रिय सदस्य राजेश श्रेष्ठले संघ संस्थामा लाग्दा के हुन्छ र भन्ने व्यवसायीहरुलाई मनिष गुरुङको उदहारण दिदैं “ यस्तो अवस्था भोलिका दिनमा तपाई हाम्रोमा पनि पर्न सक्छ ,यस्तो अवस्थामा सहयोग जुटाउनु संघ संस्था बिना असम्भव छ । संघ संस्थाले कसैको घरमा आएर भात पकाएर दिन सक्दैन ,काम खोजेर दिन सक्दैन तर अप्ठ्यारो परेको अवस्थामा साथ र सहयोग गर्न सक्छ ” भन्नु भयो ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवं महासंघका वस्तुगत उपाध्यक्ष तथा बनभोज कार्यक्रम आयोजक समितिका संयोजक रुपेन्द्र बानिया (शिव) को शभापतित्वमा सम्पन्न कार्यक्रम महासंघका महासचिव विवेकदास श्रेष्ठले सन्चालन गर्नु भएको थियो ।
कार्यक्रममा महासंघ अन्तरगत रहेका प्रदेश समिति,जिल्ला समिति,क्षेत्रीय समिति,एरिया समितिका पदाधिकारी तथा सदस्य एवं ४०० भन्दा बढी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित बिभिन्न समितिका पदाधिकारी तथा सदस्य एवं व्यवसायीहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठले स्वातग मनतब्य बाट स्वागत गर्नु भएको थियो । स्वागत मनतव्य राख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महासंघलाई एक ढिक्का बनाउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा मा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं अन्तरगत पुर्व क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै कपन एरियाका अध्यक्ष भेषराज श्रेष्ठ र पश्चिम क्षेत्रको एरियाहरुको प्रतिनिधित्व गर्दै बालाजु,खुसीबुँ,चःमती,ढल्को एरियाको अध्यक्ष राजकुमार खड्काले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा पुर्व क्षेत्रका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरी ,काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य,ललितपुर जिल्लाका महासचिव शिव सुनुवार,भक्तपुर जिल्ला अध्यक्ष,काभ्रेपलान्चोक जिल्ला अध्यक्ष, बागमती प्रदेश संयोजक डि आर पौडेल, महासंघका सल्लाहाकार संयोजक निरन्जनकुमार श्रेष्ठले मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ग्रील तथा स्टील ब्यवसायलाई सम्मानजनक व्यवसाय बनाउन महासंघले खेल्नुपर्ने भुमिका माथि टिप्पणी गर्नु भएको थियो ।
औपचारीक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले गुण र दोषको आधारमा एवं कार्यसम्पादन मुल्याङ्क गरेर जाँदा सबै तल्लासमितिको साथिहरुको लक्ष्य भनेको महासंघमा पुग्नुनै हुने भएकोले आजैबाट महासंघलाई बलियो बनाउन लाग्नु पर्ने बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले ग्रील तथा तथा स्टील व्यवसायीहरु माथि कोहि कसैले पनि गिद्धेनजर लगाए त्यसलाई नछोडिने बताउनु भयो । हार्डवेयर आफैले मिस्त्री राखेर कामगर्न थालेको बिषय उठेपछि बिगतमा ग्रील व्यवसायीहरुले बिभिन्न कम्पनि,रोलिङ मिलमा समेत ताला लगाएको नबिर्सन चेतावनी समेत दिनु भयो ।
अध्यक्ष श्रेष्ठले आफु नेतृत्वमा आएपछि महासंघलाई अगाडी बढाउन महत्वपुर्ण कार्यहरु भएको बताउनु भयो । श्रेष्ठले महासंघको भवन निर्माणको लागि आवश्यक पहलकदमी लिने देखि सरकारी निकायहरु संग समन्वय र प्रदेश गठन सम्मका कार्यहरु भएका बताउनु भयो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायीका उमा श्रेष्ठ, चर्चित गायक भिमसेन खतिवडा,अमृत खाती,माया,हास्यकलाकार तथा जादुगर राजेन्द्र गिरी ,विश्वकै सबभन्दा होचो मान्छे को रुपमा स्थापित मनोज गोर्खाली लगायत कलाकार हरुको उपस्थिति रहेको थियो ।कार्यक्रमका शभापति रुपेन्द्र बानिया (शिव)ले औपचारिक कार्यक्रमको समापन गरेसंगै कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
यो बनभोज कार्यक्रम सम्पन्न गराउन संयोजक रुपेन्द्र बानिया सहित सचिव सुवास तिरुवा ,सदस्यहरु तोक बहादुर गधराज,राजेश श्रेष्ठ तथा खोपाकाजि श्रेष्ठले बिशेष भुमिका निभाउनु भएको थियो ।
कार्यक्रमकै अवसरमा महासंघकी एकमात्र महिला उपाध्यक्ष एवं महिला विभाग प्रमुख बिष्णुमाया उचहीको जन्मदिन परेकोले केक काटेर जन्मोत्सव समेत मनाईएको थियो ।
काठमाडौं । नेपाल सरकारबाट इजाजत प्राप्त वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपालसँगै वैदेशिक रोजगारी र पर्यटन व्यवसायको क्षेत्रमा सकृय युवा व्यवसायी अजयकुमार श्रेष्ठ सम्मानित भएका छन । श्रेष्ठलाई युवातर्फ ुराष्ट्रिय गौरव सम्मान, २०२४ं बाट सम्मानित गरिएको हो भने ग्लोकल वर्कफोर्स नेपाल मानव संसाधन र वैदेशिक रोजगारीको विधामा इमर्जिङ ह्युमन रिसोर्स एजेन्सी राष्ट्रिय गौरव सम्मानबाट विभुषित भएको हो । सम्मानित श्रेष्ठ वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपाल प्रा लि का चेयरम्यान साथै स्वतः ट्राभल्स एन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक पनि हुन । उनी युनेस्को क्लब नेपालका केन्द्रिय सदस्य पनि हुन । श्रेष्ठले व्यवस्थापन सङ्कायमा स्नाकोत्तर गरेका छन । उनको स्थायी ठेगाना तनहुको दुलैगौडा रहेको छ ।
नेपाल टेलिभिजनबाट सचेतना कार्यक्रम संचालन गर्दै आएको ग्लोरी मिडियाले सो कार्यक्रम प्रसारण भएको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुसशित केही संस्थाहरुलाई राष्ट्रिय गौरव सम्मान प्रदान गरेको थियो ।
ग्लोकल वर्कफोर्स नेपालले नविनतम अवधारणासहित छोटो समयमा नवप्रवर्तन कम्पनीको रुपमा सेवा प्रवाह गरेकाले र श्रेष्ठलाई विगत लामो समयदेखि नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमार्फत देश विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको आयोजक ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताए । श्रेष्ठ स्वतः ट्राभल्स एन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक पनि हुन। व्यवसायी श्रेष्ठलाई मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा वैदेशिक रोजगार पत्रकार समाजका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । उक्त सम्मानपत्र हस्ताण्तरण कार्यक्रममाझ ग्लोकल वर्कफोर्स नेपालका प्रबन्ध निर्देशक दिवाकर मैनालीसमेत उपस्थित थिए ।

ग्लोरी मिडियाले यस वर्ष ग्लोकल वर्कफोर्स नेपाल, युवा व्यवसायी अजयकुमार श्रेष्ठसँगै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा. हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एेतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापालाई सम्मानित गरियो । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं (काजी दाई) र नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरेको छ ।

काठमाडौं – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ राज्यदैनिकका अध्यक्ष एवं कार्यकारी सम्पादक सरोज ओझा सम्मानित हुनुभएको छ । सचेतना कार्यक्रम नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता एवं निर्देशकसमेत रहनुभएका ओझालाई पुस ४ गते एसोसिएसनकातर्फबाट कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव र न्युजलाईन्स मिडियाका तर्फबाट प्रमुख अतिथि प्रथम उपराष्टपति परमानन्द झाले पुस ५ गते आयोजित कार्यक्रम समारोह माझ सम्मान गरेका हुन् ।
ओझासँगै संचार क्षेत्र अन्तर्गत न्युजलाईन्सबाट सम्मानित हुनेमा कर्पोरेट खबरका अध्यक्ष एवं संस्थापक सम्पादक उज्ज्वल जंग शाह, दैनिकी डटकमका प्रधान सम्पादक माधव तिवारी, रातोपाटीका समाचार सम्पादक राजकुमार सिग्देल, सञ्चारकर्मी डिबी पराजुली, राष्ट्रिय समाचार समितिका कृष्णराज गौतम, एक्येबद्धता मासिककी सम्पादक मिना तिवारी घिमिरे, रेड मिडियाकी संचालक विष्णुमाया पौडेल र हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराही छन्। त्यस्तै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले ओझासँगै दुग्ध क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरूलाई गरेको सम्मानबाट सम्मानित हुने पत्रकारहरूमा प्रमिला खतिवडा, राजु भट्ट, र अनुप आचार्य छन्
।
काठमाण्डौं । न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ पर्यटन व्यवसायी हरेराम (रोहित ) कार्की सम्मानित भएका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति झाले सम्मानपत्र प्रदान गरेका हुन् ।
युवा पर्यटन व्यवसायी कार्की होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष हुन् । सामाजिक कार्यमा समेत सक्रिय रही विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका कार्की निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । जो पर्यटन व्यवसायको क्षेत्रमा प्रखर वक्ता, समाजसेवी साथै खेलकुद अभियन्ताका रुपमा पनि चिरपरिचित छन्। लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सरल स्वभावका रोहित कार्की विभिन्न संघसंस्थामा आवद्ध छन् । त्यसो त कार्कीले सरकारी तथा अन्य निकायका लागि पर्यटन तथा अन्य क्षेत्रसँग संबन्धित रहि मेघा ईभेण्टहरुको सफलतापूर्वक आयोजना गर्दै आएका छन् ।
त्यस्तै, न्युजलाईन्स मिडियाको ९ औ बार्षिकोत्सव समारोहमाझ उनीसँगै पर्यटन व्यवसायीहरू नानुकाजी अर्याल, खुसी गुरुङ, कृष्ण बस्याल र नृत्य निर्देशक प्रमिला रिजाल, समाजसेवामा योगदान दिने लाईन्स राजेशदास हिमालय, प्रेम पुरी, र कुमारी बाठा मगर पनि सम्मानित भएका छन् ।
काठमाडौं – नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, संस्थापक सदस्य राजन प्रसाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, केन्द्रीय सदस्य शिव घिमिरे, नवराज तिमिल्सिना, रवि थापा लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रममा डेरी उद्योग संघका अध्यक्ष राज कुमार दाहालले सबै डेरी व्यवसायीहरू एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए। संस्थापक सदस्य राजन दाहालले स्थापना कालदेखि नै नेपाल डेरी एसोसिएसन दुग्ध क्षेत्रको विकास र हितमा निरन्तर क्रियाशील रहेको बताए। एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले जुनसुकै परिस्थितिमा पनि दुग्ध क्षेत्रको सर्वपक्षीय हितमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि डा. यादवले दुग्ध विकासका लागि सबै सरोकारवालाहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष गोपाल तिमिल्सिनाले राखेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष ध्रुव तिवारीले गरे। कार्यक्रममा कार्यपत्र प्रस्तुतिमा गम्भीर छलफल गर्दै अनुमोदनसहित बन्द सत्र समापन भएको थियो। साथै, दुग्ध क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गरियो। सम्मानित पत्रकारहरूमा सरोज ओझा, प्रमिला खतिवडा, राजु भट्ट, र अनुप आचार्य थिए।
तेस्रो अधिवेशनले टिका प्रसाद घिमिरेको अध्यक्षतामा पुन: दोस्रो कार्यकालका लागि नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिमा उपाध्यक्ष ध्रुव तिवारी र गोपाल तिमिल्सिना, सचिव श्याम घिमिरे, कोषाध्यक्ष दिपक सन्जेल, सहसचिव टेक तिमिल्सिना, सह-कोषाध्यक्ष राज कुमार वाइबा, र सदस्यहरू भानु श्रेष्ठ, ज्ञान रत्न तामाङ, अजित बजगाई, र भुवन थापा चयन भएका छन्।
त्यसैगरी, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला कार्यसमिति तर्फ अध्यक्ष जयराम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्ष लिलानाथ दाहाल, सचिव देवराज बजगाईं, सहसचिव केदार (चेतनाथ दाहाल), कोषाध्यक्ष प्रकाश काराखेती र सदस्यहरू भिमसेन घिमिरे, कुल प्रसाद धमला, श्याम प्रसाद तिमिल्सिना, र चन्द्र कुमारी के.सी. (बाँस्तोला) कार्यसमितिमा चयन भएका छन्।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई मायाको चिनोस्वरूप घ्यु उपहार प्रदान गरिएको थियो। कार्यक्रम सञ्चालन सचिव श्याम घिमिरेले गरेका थिए।
काठमाडौँ – गत वर्षको ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा भएको छ । नातिकाजी स्मृति समाजले बुधबार एक कार्यक्रमका बिच विभिन्न स्रष्टा, सङ्गीतकर्मी तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार घोषणा गरेको हो । समाजका अध्यक्ष वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान गीतकार नगेन्द्र थापा, लोकगायक बोमबहादुर कार्की, कलाकार धन लामा, सङ्गीत प्रवर्द्धक प्रकाश सायमी, शास्त्रीय सङ्गीतकर्मी ज्ञानुराधा गोर्खाली, गीतकारद्वय बुद्धवीर लामा र किरण केसी (क्रोधी), गायक दिवाकर खड्का र गायिका यशोदा पराजुलीलाई प्रदान गरिने बताए ।
सङ्गीत साधना प्रतिष्ठान इटहरी र लेखक विमल भौकाजीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिने कार्यक्रममा राष्ट्रिय सङ्गीत पुरस्कार गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार बी पाण्डे, सङ्गीतकार आशिष अविरल, एरेन्जर सम्राट थापालाई प्रदान गरिनेछ । नातिकाजी राष्ट्रिय प्रतिभातर्फ रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मिता दाहाल र सङ्गीतकार कल्याण सिंहलाई, शास्त्रीय सङ्गीततर्फ रमेश पोखरेललाई पुरस्कार प्रदान गरिनेछ ।
राष्ट्रिय लोकसङ्गीततर्फ लोकगायकत्रय रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विक, कला र पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाललाई पुरस्कार प्रदान गरिनेछ । नातिकाजीको ९९ औं जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिनेछ ।
काठमाडौंको थापागाउँस्थित शिल्पशाला कुञ्ज नाटकघरमा पुस ३ गतेदेखि रङ्गकर्र्मी एवं नाटककार राम के।ए।सी।को लेखन तथा निर्देशनमा तयार गरिएको नाटक 'यशस्वी भवःु'मञ्चन हुने सुरू भएको छ ।
मञ्चनसँग आज यस नाटकको पुस्तक विमोचन पनि गरिएको छ । पुस्तक विमोचन नाट्यकर्मी महासंघका, पूर्वअध्यक्ष तथा वरिष्ठ नाट्यकर्मी एवं नाटककार विजय विष्फोट, नाटककार तथा निर्देशक राम के।ए।सी।का बुवा रामदास श्रेष्ठ, पिक पवाइन्ट एडुकेशन नेटवर्कका भाइसप्रिन्सिपल महेश के।सी। र नाटककार एवं निर्देशक स्वयंले सामूहिक लोकार्पण गरेको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा बुढानिलकण्ठ वडा नं। १३का वडा अध्यक्ष टीकानारायण श्रेष्ठ, अग्रज रङ्गकर्मी न्हुच्छे श्रेष्ठ, भीनमाया प्रजापति९मानन्धर०, एनप्याब्सन, प्याब्सन, इसानका विभिन्न पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रिन्सिपल, भाइसप्रिन्सिपल, प्रतिनिधि शिक्षकहरू लगायत उल्लेख्य रङ्गकर्मीहरूको उपस्थिति रहेको थियो । तीन पुस्ताको त्रिकोणात्मक सम्बन्ध र मनोवैज्ञानिक अन्तर्सम्बन्धलाई प्रस्तुत गरिएको यस नाटकमा समाजमा क्षीण हुँदै गएको अध्यात्मिक दृष्टिकोण र आधुनिकताले ल्याएको परिवर्तनसँगै सम्बन्धहरूको गैर९जिम्मेवार व्यवहारले सभ्य समाजको परिभाषा कस्तो हुनुपर्छ भन्ने गम्भीर प्रश्न उठाएको छ ।

सद्भाव थिएटर नेपालको “शिक्षाका लागि रङ्गमञ्च” अभियानअन्तर्गत पिक प्वाइन्ट एडुकेशन नेटवर्क बुढानिलकण्ठसँगको सहकार्यमा मञ्चनमा ल्याएको हो ।
नाटकमा छोरीको भूमिकामा रहेकी रेशिका श्रेष्ठको अभिनय अब्बल छ । त्यस्तै आमाको भूमिकामा सद्भावना थापा, बुवाको भूमिकामा मनसुन फुँयालले सबैको मन जित्छ भने हजुरआमाको भूमिका निर्वाह गरेकी मञ्जुरी श्रेष्ठको अभिनयले सबैको मन तान्छ । नाटकमा एन्जल श्रेष्ठ, सदिक्षा श्रेष्ठ, इरा श्रेष्ठ, अनुष्का श्रेष्ठ, दिपिका श्रेष्ठ, प्रान्तिका श्रेष्ठ, मेलिसा श्रेष्ठ, रवानी श्रेष्ठ र राजन रानामगरसहितको अभिनय जीवन्त छ । यस्तै, निर्देशक के।ए।सी।को लेखन तथा निर्देशकीय क्षमता यस नाटकमा अझ मज्जाले देख्न सकिन्छ ।
यो नाटक पुस ६ गतेसम्म हरेक दिनसम्म हरेक दिन बिहान ११ः०० बजे र दिउँसो १ः३० बजे गरी दुई शो मञ्चन हुने छ । नाटकको टिकट दर ३०० र ५०० रुपैयाँ तोकिएको छ ।
नाटक अवलोकन गर्न चाहने दर्शकले शिल्पशाला कुञ्ज थिएटरमा पुगेर वा फोनबाट सम्पर्क गरेर पनि आफ्नो सिट अग्रिम सुरक्षित गर्न सक्नेछन् ।
यस नाटकमार्फत् सद्भावले शिक्षा, समाज र मानवीय सम्बन्धको गहिरो सवाललाई मञ्चमार्फत दर्शकसम्म पुर्याएको छ ।


ग्लोरी मिडियाले देशका विभिन्न क्षेत्रबाट राष्ट्रिय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरुलाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ। नेपाल टेलिभिजनमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले, सो कार्यक्रम १५ बर्ष पुराभएको अवसरमा कार्यक्रमलाई बाल सहभागीतामुलक बनाउन कार्यक्रम प्रस्तोता छनौटका लागि राष्ट्रिय नाचघरमा आईतबार आयोजित ग्लोरी टिन एण्ड किडस ट्यालेण्ट प्रतियोगिताको अवसरमा उक्त सम्मान समर्पण कार्यक्रम आयोजनामा आएको हो । कार्यक्रम समारोह माझ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी एेतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यलय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र बिक्रम थापालाई सम्मानित गरियो ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत, ब्रजेश कुमार झा लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव, फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवम् ग्लोकल वर्कफोर्सका अध्यक्ष अजय कुमार श्रेष्ठ, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं काजी दाईलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरिएको छ ।
त्यस्तै पत्रकारितातर्फ गोरखापत्र दैनिकका सुकृत नेपाल १० हजार रुपैयाँ र नेपाल टेलिभिजनका क्यामेरामेन अशोक कुमार बस्नेत एवम् द राइजिङ्ग नेपालकी रेनुका ढकाल नगद ५ हजार राशीसहित राष्ट्रिय गौरव पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो ।

कार्यक्रम समारोह माझ प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठले यस प्रकारको सम्मानले सबैलाई अझ सशक्त भएर अगाडि बढन थप प्रेरित गर्ने विश्वास आफुले लिएको धारणा राख्नुभयो । ‘यो सम्मान समर्पणले हाम्रो समाज र राष्ट्रको हित लागि प्रेरणा हुनेछ भन्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो । त्यस्तै उहाँले ग्लोरी किड्स एण्ड टिन ट्यालेन्टको प्रसंगमा यस्ता बाल प्रतियोगितात्मक कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले यस्ता प्रतियोगिताले बाल प्रतिभाको सम्मान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ बढी प्रतिभावान पुस्ता तयार गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।












