Dubai, UAE – Tourism entrepreneur and social worker Nanukaji Aryal, Managing Director of Namaste Travel & Tourism LLC, UAE, has been honored with the International Tourism Business Award at a grand event organized by Shaily Media Network Pvt. Ltd.
The prestigious ceremony was held on Sunday at the luxurious Canopy by Hilton Al Seef, Dubai. Aryal was honored by chief guest Walid Al Hasan, a senior official of the UAE government, along with Ram Bahadur Moktan, President of the Nepali Community UAE, and Bikash Shahi, President of NRN Dubai.
Originally from Dhading, Nepal, Aryal has been residing abroad for nearly two decades, actively contributing to Nepal’s development in various sectors despite being away from his homeland.
Aryal has consistently supported Nepalese in times of need and has played a significant role in enhancing Nepal’s global reputation. He has been actively involved in promoting Nepal’s tourism industry, expanding international markets for Nepali products, and facilitating economic, intellectual, and technical investments for Nepal’s socio-economic transformation. His humanitarian efforts have also been widely recognized.
During the event, Ram Chandra Pokhrel, Chairman of Shaily Media Network, stated that the Asia Nepal International Award 2025 serves as a tribute to Nepal’s rich cultural heritage and the contributions of Nepali entrepreneurs and organizations worldwide.
युएई ।आमाछोदिङ्मो गाउँपालिका वडा ५ का वडाअध्यक्ष दावा गोम्बो तामाङ एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।
शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत उत्कृष्ट राष्ट्रसेवक सम्मानबाट प्रमुख अतिथि युएई सरकारका बरिष्ठ अघिकृत वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले तामाङलाई सम्मान गरेका हुन् ।
उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।
काठमाडौंँ – शहीद दिवसको अवसर पारेर आजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर–टेक वान’को प्रदर्शन रोकियो । चलचित्र विकास बोर्डमा दर्तादेखि सेन्सरसम्मको सबै प्रक्रिया पुरा गर्दा पनि फिल्मको प्रदर्शन अदालतले रोकेको हो । जिल्ला अदालत काठमाडौँले मंगलबार अन्तरिम आदेश जारी गर्दै फिल्मको रिलिज स्थगित गरेको हो ।
फिल्म ‘एक्टर’का निर्माताले दायर गरेको मुद्दाको आधारमा अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । मुद्दामा चलचित्र विकास बोर्डलाई समेत विपक्षी बनाइएको छ । ३ करोड भन्दा माथिको बजेटमा बनेको फिल्मको एकदिन अगाडि रिलिज रोकिदा निर्माताको लगानीको जोखिम बढेको छ । निर्माण युनिटलगायत फिल्मकर्मी इजाजत दिने संस्था चलचित्र विकास बोर्ड प्रति आक्रोशित बनेका छन् ।
फिल्मका निर्देशक राजन भुसाल ‘एक्टर टेक वान’लाई न्यायको माग गरेका छन् ।
कलाकार तथा निर्देशक निश्चल बस्नेतले एउटै नाम भएको विषय भए विकास बोर्ड जवाफ देही हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाम नै एउटै भएको कुरा हो भने नाम दर्ता गर्ने विकास बोर्ड जवाफदेही हुनुपर्छ । चलचित्र निर्माण गर्ने इजाजत र प्रदर्शन गर्ने इजाजतपत्र राज्यका निकायले दिने हो । इजाजत पाइसकेपछि निर्माण कम्पनीले विना कुनै रोकावट फिल्म निर्माण र सेन्सर भएपछि प्रदर्शन गर्न पाउनुपर्छ ।’उनले समस्या नै भएको हो भने, इजाजत दिने अध्यक्षलाई स्पष्टीकरण र मुद्दा लाग्नुपर्ने धारणा समेत राखेका छन् ।
कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्मको विवाद कोट पुगेको विषयमा ब्याङ्ग्य समेत गरेका छन् । उनले लेखेका छन्, ‘हरेक दिन फिल्म बनाउन नयाँ नयाँ निर्माता एअरपोर्टमा । फिल्म रिलिज चाही कहाँ गर्ने हलमा हो कि कोर्टमा रु’ । उनले एउटै नाममा पछाडि फुर्का गाँसेर, पुच्छर झुन्डाएर नाम राख्ने परम्परा पनि बन्द हुनुपर्ने बताएका छन् ।
फिल्म निर्देशक समेत रहेका रंगपत्रकार डब्बु क्षेत्रीले हिजो चलचित्र विकास बोर्डले गरेको गल्तीले अहिले फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’ पिल्सिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा अगाडि लेख्छन्, ‘हरेक समस्याको समाधान पक्कै वार्ताबाट हुन्छ । आपसको इगो त्याग्नअग्रह गरे । हिजो अस्ति वार्ता भएको भए पक्कै यस्तो समस्या आउँदैन थियो ।’
काठमाडौं । बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो ।
शैली थिएटरले २०८० मा स्थापना गरेकोे यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाईंलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले बताए ।
उहाँका बाल कृतिहरूमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकाशित छन् ।
सम्मान शैली थिएटरले आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय बालनाटक महोत्सव एवम लघु बालचलचित्र प्रदर्शनीको उद्घाटनको अवसर पारेर फागुन १ गते बिहीबार प्रदान गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताए ।
काठमाडौँ- नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो ।
‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१ ’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु।२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो। पत्रकार सामिप्यराज तिमल्सेनालाइ नगद रु।११,१११ नगद सहित पत्रकारिता पुरस्कार प्रदान गरियो।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिएको हो । अवार्ड कार्यक्रममा प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उपस्थिति रहेको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी।सी।को विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका थुप्रै कलाकारहरुको पनि उपस्थिति थियो। कलाकारहरुले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउँदै नेपाली चलचित्र र व्यवसायको सहकार्यलाई थप उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने बिशिस्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुनु हुनेमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल,इन्टरनेसनल मोडल दिपक घिमिरे,निर्देशक घनश्याम लामिछाने, बरिस्ट पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया,किड्स मोडल अनया शाह,फेशन डिजाइनर विकाश खड्का,गीतकार हरी उप्रेती,समाजसेवी कमल प्रसाद दाहाल,फेशन डिजाइनर पुरन बहादुर कुँवर,गायक रुद्र शेखर शर्मा हुनु हुन्थ्यो। अवार्डको जुरी टिममा संगीतकार राजु सिंह, छायाँकार राम केसी,कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए।
विजेताहरु गीत संगीत तर्फको
उत्कृस्ट गायन पुरुष (आधुनिक)
रमेश पाठक – सातै सुर
उत्कृस्ट गायन महिला (आधुनिक)
मनु दाहाल – एउटै बर्को पिरतीको
उत्कृस्ट संगीतकार (आधुनिक)
नरहरि प्रेमी – मनको मझेरी
उत्कृस्ट गायिका (लोक)
आशा लामा ‘ज्ञानमाला’ – रातो रातो गाला
मिक्स मास्टरिङ्ग
चन्द्र चौधरी – जुग जाने माया
उत्कृस्ट म्युजिक भिडियो निर्देशक
कृष्ण पौडेल (भन कति चाहियो माया
जुरी अवार्ड – दिलिप समन( पान पुतली माया
पब्लिक च्वाइस अवार्ड( सविन कुमार तोलांगी – पिरतीले सल्काई देउ
उत्कृस्ट म्युजिक भिडियो छायाँकार
रामेश्वर हुमागाईं – एउटै बर्को पिरतीको
उत्कृस्ट कोरियोग्राफर
प्रकाश तिमल्सिना – प्रेमिल मन
उत्कृस्ट मेकअप आर्टिस्ट
रबी केसी – ए जिन्दगी
उत्कृस्ट मोडल पुरुष (आधुनिक)
पुस्कर राउत – झुठो बोल्दिन
जुरी अवार्ड( अनुराग थपलिया – पिरतीले सल्काई देउ
उत्कृस्ट मोडल महिला (आधुनिक)
साया भण्डारी – चमेली फूल को हजुर
जुरी अवार्ड – कबिता न्यौपाने – थाहै थिएन
उत्कृस्ट शब्द रचना
केशव शर्मा बेलबासे – बुझ्नै सकीन
उत्कृस्ट लोक गायन मेल
शम्भु फोम्बो – पुर्वैको मारुनी
जुरी अवार्ड – देवराज आले – मास्टरनी
उत्कृस्ट मोडल लोक (पुरुष)
भुवन के।पोखरेल – सिर सिर पिपल पातले
जुरी अवार्ड – सुरेन्द्र महर्जन – गाउँ हेर्यो गाउँ सबै
उत्कृस्ट गायन (नयाँ प्रतिभा)
सोनीका प्रिन्सेस – सिन्धुली घुम्न जाउँ
जुरी अवार्ड – एड्रिका थापा – वन टाइम
उत्कृस्ट मोडल (नयाँ प्रतिभा)
बिबेक कार्की – खुल्दुली २
पब्लिक च्वाइस( प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
जुरी अवार्ड – इश्वर श्रेष्ठ – नयन ले खोजि
उत्कृस्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो
पुस्पान्जली तित्लिंग लिम्बु
पब्लिक च्वाइस अवार्ड
संजिव थेबे लिम्बु
फिल्म तर्फको विजेता
उत्कृस्ट फिल्म
बुलाकी
उत्कृस्ट फिल्म निर्देशक
मिलन चाम्स – गोर्खा वारियर
उत्कृस्ट अभिनेत्री
दिया पुन – दयारानी
उत्कृस्ट अभिनेता
मुकुन भुषाल – गणपती
उत्कृस्ट पटकथा
राज बहादुर साने – बुलाकी
उत्कृस्ट नव अभिनेता
बिराज बिस्ट – बुलाकी
जुरी अवार्ड – रितेश चाम्स – गोर्खा वारियर
कल्चरल फिल्म तर्फ
उत्कृस्ट अभिनेता (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट अभिनेत्री (कल्चरल फिल्म)
लक्ष्मी योङ्हाङ्ग लिम्बु – रीत
उत्कृस्ट निर्देशक (कल्चरल फिल्म)
दिनेश लिङ्ग्देन – रीत
उत्कृस्ट पटकथा (कल्चरल फिल्म)
सागर केरुङ्ग – चे
उत्कृस्ट कल्चरल फिल्म
लोजिमा
उत्कृस्ट सह अभिनेता (कल्चरल फिल्म)
पूर्ण सेलिङ्ग – रीत
काठमाडौं - नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुर्यबहादुर मगरले कैयौं चुनौतीका बावजुद पनि चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । अध्यक्ष मगरले अवार्ड कार्यक्रमको गरिमालाई घटाउने गरी हाल साप्ताहिक रुपमै तीन–चारवटा यस्ता कार्यक्रम आयोजना भइरहेको गुनासो गरे । यद्यपी, यस्तो अवस्थामा पनि संघले यसअघिका तीनवटा संस्करण भव्य, सभ्य र सर्वोत्कृष्ट अवार्डका रुपमा सम्पन्न गरेकोले चौथो संस्करण पनि अझ भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।
संघ आफैंमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध संस्था भएकोले गर्दा पनि त्यसको ओज घट्न नदिने भनाइ अध्यक्ष मगरको रहेको थियो । अध्यक्ष मगरले २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने जानकारी दिए । अध्यक्ष मगरका अनुसार उक्त अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधिको विकास गरिएकोले क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।
संघले अवार्ड कार्यक्रम आयोजना गर्दा सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा बरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्ने गरिएको जानकारी पनि अध्यक्ष मगरले दिए । त्यस्तो सम्मान पाउनेहरुले भने फारम भर्न नपर्ने उनले बताए । उनका अनुसार केही समय भित्रै उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र बैशाखको पहिलो हप्ता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारीमा संघ रहेको छ । कार्यक्रममा संगीत तथा सञ्चार क्षेत्रका संघ संस्थाका नेतृत्वकर्ताहरुले अवार्ड सफलताको शुभकामना दिएका थिए ।
काठमाण्डौं । साँगे दर्पण प्रकाशन समितिले स्मारिकाका लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह गरेको छ । प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सरोकारवालाहरुसहित प्रकाशन समितिका सदस्यहरुको उपस्थितिमा माघ १० गते बसेको बैठकले उक्त निर्णय लिएको हो । बैठकमा वाग्लेसहित प्रकाशन समिति सदस्यहरु हरिराज वाग्ले, बाला शर्मा पण्डित, बाल दिवस पण्डित, सम्पादक सरोज ओझा र साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारीको उपस्थिति थियो । साँगे सभ्यता संरक्षण र विकास अभियान अन्तर्गत साँगे काठमाडौं सम्पर्क समाजको अगुवाईमा तनहुँको साँगे क्षेत्रको विगतदेखि वर्तमानसम्मको समग्र पहिचान समेटेर “साँगे दर्पण २०८२ ” नामक स्मारिका प्रकाशन गर्ने लक्ष्यसहित अगाडि बढिएको साँगे दर्पण प्रकाशन समितिका संयोजक वाग्लेले जानकारी दिए ।
संयोजक वाग्लेका अनुसार हालसम्म संकलित लेखहरु सम्पादनको चरणमा छन् भने साँगेको सभ्यता र विकाससँग सरोकारित बिशेष महत्वका विषयमा लेख लेख्न ईच्छुक महानुभावले आफुले लेख्न चाहेको विषय बारे जानकारी गराएर वा शिर्षक छनौटका लागि प्रकाशन समितिलाई पठाउन सक्नेछन् । माघ महिना भित्रमा लेख उपलब्ध गराईसक्नुपर्ने प्रावधान राखिएको पनि उनले जानकारी गराएका छन् । '“साँगे दर्पण” साँगे काठमाडौं सम्पर्क समाजको अगुवाईमा प्रकाशन हुन लागेता पनि यो सिंगो साँगे खोलाको प्रभाव क्षेत्र अर्थात शिरभागदेखी पाउसम्मको क्षेत्र र सेरोफेरोमा हाल बसोबास गर्नुहुने तथा साँगे क्षेत्रबाट काम, अध्ययन वा विविध कारणले देशका अन्यत्र भाग र विदेशमा बसोबास गर्दै आउनुहुने सबै तह र तप्का, जातजाति, भाषाभाषीको साझा सरोकारको विषय रहेको ठम्याई समितिको छ' वाग्लेले भने ।
प्रकाशनले साँगे सभ्यता र विकाससँग जोडिएका सबै पक्षको पहिचान एवं ऐतिहासिक महत्व तथा भावी संभावना समेतलाई उजागर गर्ने उदेश्य बोकेको वाग्लेले बताए ।
'यस प्रकाशन साँगे सभ्यतासँग स्वत: जोडिएर आउने समग्र पक्षको अवस्थालाई चित्रण गर्दै दस्तावेजीकरण गर्ने पहिलो प्रयास हो । जसमा साँगे जन्मभूमि भएका लेखकहरुका लेखहरु मात्र समावेश हुने र विषयवस्तुहरु सबै साँगे क्षेत्रको मात्र रहने छ' वाग्ले थप जानकारी दिदै भने । पहिले साँगे क्षेत्रको आर्थिक‚ सामाजिक‚ प्रशासनिक एवं राजनितिक अवस्था कस्तो थियो र हालको वस्तुस्थिति के कस्तो छ भन्ने विषय केलाउने जमर्को यस प्रकाशनमार्फत गर्न लागिएको जनाईएको छ । सरोकारवालाहरुलाई सान्दर्भिक लेखहरु माघ मसान्त भित्र पठाईसक्न आग्रह गर्ने उक्त निर्णयसहित बैठकले आर्थिक संकलनको अभिभारासमेत संयोजक वाग्लेकै नेतृत्वमा अगि बढाउने निर्णय लिएको साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारीले जानकारी दिए ।
गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ ।
नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख रन्जिता दाहाल, श्रम काउन्सुलर दिपेन्द्र पौडेल लगायतका विशिष्ट व्यक्तिहरू, यूएईका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक पर्यटन दुत मनोज नेपाल, समाजका सँस्थापक अग्रज एवं सल्लाहकारहरू, नेपाल एसोसिएसन एनआरएनए एनसिसी, नेपाल एयरलाइन्स, नेपाल पत्रकार महासंघ, राजनैतिक दलका भातृ संगठनहरू, नेफिन लगायतका सँस्था प्रमुखहरूको विशेष अतिथिका रूपमा आतिथ्यता रहेको थियो, तेसै गरि अतिथीमा पत्रकारहरू, नेपाली समाजमा आबद्द ६४ वटै संघ संस्था प्रमुख एवं यूएईमा सक्रिय विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

उक्त समारोहमा समाजका पूर्व कार्य समिती पदाधिकारीहरू, साथै अन्य पार्षद् तथा आजिवन सदस्यहरू लगायत अन्य नेपाली दिदिबहिनीहरू र दाजुभाइहरूको बाक्लो उपस्थिती रहेको थियो ।
दिप प्रज्वलन सहित स्वस्ति वाचन, नेपाली राष्ट्रिय गान र यूएईको राष्ट्रिय गानका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि समाजका वरिष्ठ उपाध्यक्ष कमल गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो भने दुइ चरणमा सम्पन्न कार्यक्रमको प्रथम चरण समाजका अध्यक्ष बेद प्रसाद अर्यालको सभाध्यक्षमा सम्पन्न समारोहको संचालन महासचिव केदार कुँवर ले गर्नु भएको थियो ।
सोहि समारोहमा समाजको १५औ कार्य समिति (२०२३/०२५) कार्यकाल अबधिभर आजिवन सदस्यता प्राप्त गरेका करिब ८० जना सदस्यहरूलाइ प्रमुख अतिथिको बाहुलीबाट सदस्यता प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रम संचालनका क्रममा समाजका महासचिव कुँवरले तत्कालिन समयमा सन् १९९० तिर खाडि युद्दका कारण यस क्षेत्रमा कार्यरत रहि समस्यामा परेका नेपालीहरूको सहयोग र सहजिकरणका लागि स्थापित भइ सुरूका दिनमा दुतावासको भूमिका निर्वाह गरि मध्य पूर्वि एशियाकै अग्रणी सँस्थाको रूपमा ३६ वर्षे इतिहासलाइ साक्षी राखेर सामाजिक सेवामा निरन्तर सक्रिय रहेको कुरा अवगत गराउँदै हलमा उपस्थित सँस्थापकहरू चन्द्र प्रसाद सापकोटा, राजु भट्टराइ तथा पूर्व अध्यक्ष कृष्ण ढकालको सक्रियता प्रति खुलेर प्रशंसा गर्नु भएको थियो ।
तेसै गरि शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विविध कारणवश समस्यामा परेका श्रमिकहरूको हरेक समस्या समाधान तथा सहजिकरणका लागि समाज सारथी बनेको विषय स्मरण गराउँदै, यूएईमा रहेका समस्त नेपालीहरूको हक हित र भलाइमा खेलेको भुमिकाहरूका बारेमा खुलेर प्रशंसा गरेका थिय ।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी क्षेत्रीले नेपाली समाजको सक्रियताका बारेमा विभिन्न श्रोतबाट जानकारि पाय भन्दा बढि आफु यहाँ आए पछि नजिकबाट बुझ्न र अनुभव लिन पायको कुरा व्यक्त गर्दै, यूएईका हर कुनामा रहेका नेपालीहरूमा पर्न गएको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजिकरण, समन्वय गर्दै दुतावासलाइ सहि सुचना प्रदान गर्नमा उल्लेख्य भूमिका खेलेको विषय बताउँदै यूएईमा सक्रिय सबै संघसंस्थाहरू सँग सहकार्य गरि यति धेरै सँस्था आबद्द गराएर एक द्दार प्रणालीबाट सामाजिक सेवामा सक्रिय रहँदा दुतावासको सेवा प्रवाह प्रभावकारी बनाउनका लागि अत्यन्तै महत्वपूर्ण योगदान दिएको कुरा व्यक्त गर्दै समाज तथा समाजमा सक्रिय व्यक्तिहरूको प्रगतिका लागि कामना गर्नु भएको थियो ।
उद्दघाटन समारोह समापन मन्तव्यका क्रममा सभाध्यक्ष अर्याल ले, नेपाली समाजको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्वको टिम सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै कार्यकाल स्वर्णिम बनाउन सहयोग गर्नुहुने कार्यसमिति पदाधिकारी लगायत सबै सबैमा आभार व्यक्त गर्नुभएको थियो ।
स्मरण रहोस्, अर्यालको नेतृत्वमा रहेको कार्यसमितिले विभिन्न सेवाका कामहरू अत्यन्तै सक्रियताका साथ सम्पन्न गरेको छ, यूएईमा रहेका आपतविपदमा परेका नेपालीहरूको सहयोगका लागि ३५औ स्थापना दिवस विशेष साँस्कृतिक कार्यक्रम गरि कोष निर्माण, स्वदेशमा गत वर्ष गएको भुकम्पमा दिवंगत भएकाहरूको सम्झनामा संयुक्त अक्षयकोष स्थापना, वितारा परेका नेपालीहरूको उद्दार, मृत्युवरण गरेका नेपालीहरूको शव व्यावस्थापन, जटिल स्वास्थ समस्यामा परेका नेपालीहरूको उपचार लगायतका थुप्रै कार्यहरूमा सक्रियता पुर्वक सहजिकरण र समन्वय गरेको छ।
निर्वाचन समिति संयोजक एकेन्द्र बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न दोश्रो चरणको कार्यक्रममा, संयोजक थापाले नवनिर्वाचित कार्यसमिति घोषणा गर्दै नेपाली समाजको ३६ वर्षे इतिहासमा निवर्तमान समितिले समयमा नै वार्षिक पार्षद् भेला सहित समयमा नै अधिवेशनको आयोजना गरि सँस्थागत प्रक्रिय बसाल्ने प्रयास गरेको कुरा राख्दै १६औ महाधिवेशनको निर्वाचन प्रक्रियाबाट निवर्तमान पार्षद् अध्यक्ष राम बहादुर मोक्तान को अध्यक्षतामा निर्बिरोध नवनिर्वाचित टिम क्रमशः पार्षद् अध्यक्ष कमल गिरी, वरिष्ठ उपाध्यक्ष टंक बहादुर थापामगर, उपाध्यक्षहरू केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट, पार्षद् उपाध्यक्ष हुमराज बि.क., महासचिव जीवन पंगेनी, सचिवहरू प्रकाश दत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिव सुरेन तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, सह-कोषाध्यक्ष, लीलाप्रसाद भट्ट, प्रवक्ता युवराज भट्टराइ, केन्द्रिय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी, केन्द्रिय सदस्यहरू जीवलाल पाण्डे, सिर्जना थापा, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्र बहादुर घर्तिमगर रहेको टिम घोषणा गर्नु भएको दोस्रो चरणको कार्यक्रम संचालन निर्वाचन समिति सदस्य सचिव माधव न्यौपानले गर्नु भएको थियो ।
स्मरण रहोस्, गत नोभेम्बर २०२४ मा सम्पन्न पन्ध्रौं कार्यसमितिको अन्तिम पार्षद भेलाले सोर्हौ महाधिवेशन निर्वाचन कार्यक्रम संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई प्रदान गरेको थियो।

काठमाडौं- सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ । अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याउनुभएकी अधिकारीले आफ्नो जन्म दिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याउनुभएको हो ।
विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिद्वय, विशिष्ट कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतले गीताको पत्रकारिता र सामाजिक व्यक्तित्वको चर्चा गर्दै नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्र पत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताउनुभयो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराउनुभयो । उहाँले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने बताउनुभयो ।
त्यस्तै, अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै उहाँले लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको बताउनुभयो । यस्तै विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रंसग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गर्नुभयो ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहनुभएकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो भने अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गर्नुभएकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो । मिलाप पब्लिकेशन प्रा.लि.ले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ । तस्बिर : सुरेन्द्र थापा ।
काठमाडौं – विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्द्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । महोत्सवमा यस पटक ६० देशका चार सय भन्दा बढी चलचित्रको आवेदन परेको र मध्येबाट नेपाल सहित ४७ देशका ९८ वटा चलचित्रहरू महोत्सवमा चयन गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
“हामीलाई प्राप्त करिब ४०० वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्रहरू चयन गरेको छ । महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवको लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताए ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रूपमा सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के। खनाल, अभिनेता प्रदिप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बङ्गलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, जस्ता देशका चलचित्रहरू चयन भएका छन् । यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलको लागि चयन गरिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा राईजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ । उद्घाटन पछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ । त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकार लगायत उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तर्राष्ट्रिय गरी ३० चलचित्रहरूलाई पुरस्कृत गरिनेछ । साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।