generalnews
||Power News Asia||

आजको समाचार

साहस शाक्यको भ्यालेन्टाइन स्पेशल ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

समाचार


काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्य ले भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक गरेका छन्। नेपाली चलचित्र संगीत तथा पार्श्व संगीतमा उनले विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत ‘म त मर्छु कि क्या हो ठूली’, चलचित्र ‘प्रकाश’ को ‘क्या बाँचौला’, प्रकाश तिमिल्सिनाको ‘प्रिय तिम्रो सिउँदोमा’, ‘म मर्न जाँदैछु’ जस्ता गीतहरू विशेष रूपमा हिट भएका छन्।

त्यस्तै, उनका संगीत संयोजनमा बनेका क्या दामी भो (शिव परियार), हंगामा भो  (प्रमोद खरेल), जिन्दगी यो फुलै फुलको थुङो हुदैन (अन्जु पन्त), बहुला (रमेश राज भट्टराई), बिच्च बिच्चमा (दुर्गेश थापा), बहिस्कार जस्ता गीतहरू नेपाली संगीतप्रेमीहरूले अत्यधिक रुचाएका छन्।

उनको संगीतमा थुप्रै ख्यातिप्राप्त गायक(गायिकाहरूले गीत गाइसकेका छन्, जसले नेपाली सांगीतिक उद्योगमा नयाँ उचाइ थपेको छ। यस पटक उनले ‘तिमी उदायौ यो जीवनमा’ गीतमा स्वर, संगीत, संगीत संयोजन तथा मिक्सिङ(मास्टरिङ समेत गरेका छन्। गीतमा राजीव जंग राना मगरको शब्द रहेको छ भने गायिका दीपा तामाङ को सुमधुर आवाजले गीतलाई जीवन्त बनाएको छ।

गीत सुदेश्ना इन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्ड गरिएको हो र सुदेश्ना इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको छ। यो गीत साहस शाक्यको आधिकारिक यूट्युब च्यानल ‘Sahas Shakya Official’ बाट सार्वजनिक गरिएको छ। चलचित्र संगीतदेखि हिट गीतहरूसम्मको यात्रामा साहस शाक्यको यो भ्यालेन्टाइन स्पेशल गीत प्रेमी(प्रेमिकाहरूका लागि विशेष उपहार बन्नेछ।

स्कटल्याण्डमा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव -२०२५ हुने

समाचार


काठमाण्डौ - "नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०२५"  को  आयोजना अगस्त महिनामा स्कटल्याण्डको एडम्बरामा हुने भएको छ । १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको ब्यानर प्रदर्शन गरि औपचारिक रुपमा महोत्सवको घोषणा गरेका थिए ।

प्राप्त जानकारी अनुसार स्कटल्याण्ड तर्फको आयोजक Nepal Scotland Association (NSA) रहने छ भने नेपाल तर्फको आयोजना चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटी अफ नेपालले गर्ने जनाईएको छ ।

कार्यक्रमको सहयोगी संस्थाक रुपमा नेपाल चलचित्र निर्देशक समाज रहने छ भने कार्यक्रमको सहजीकरण आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले गर्ने भएको छ । त्यसैगरी हाम्रो खाना, हाम्रो पहिरन, हाम्रो संस्कृति, हाम्रो चलचित्र हेर्दै हाम्रो कलाकार लाई अवार्ड र सम्मान प्रदान गर्दै मनाईने महोत्सवमा जातिय खाना उत्सव, जातिय पहिरन प्रदर्शन, चलचित्र प्रदर्शन, अन्तरक्रिया कार्यक्रम, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र अवार्ड वितरण कार्यक्रम गर्दै यो कार्यक्रम आयोजना गर्ने जानकारी महोत्सवका निर्देशक अरुण कुमार प्रधानले जानकारी गराए ।

अगस्त २०२५ मा आयोजना हुने महोत्सव स्कटल्याण्डमा हुने बिश्वको चर्चित महोत्सव "एडम्बरा महोत्सव " कै अवसरमा पारेर आयोजना हुन लागेको महोत्सव नेपालिहरुको यश प्रकारको महोत्सव एडम्बरामा पहिलो पटक आयोजना हुन लागेको हो भन्ने जानकारी Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल ले गराए । चलचित्र सहभागिताको लागि आवेदनको आव्हान , अन्य गतिविधि प्रारम्भ हुनको साथै अवार्डका बिदाहरु सम्बन्धि जानकारी चाडै नै गराउने महोत्सव निर्देशक अरुण प्रधानले बताए ।

नेपालमा रहेर आदिवासी जनजाति चलचित्र निर्माण गरिरहेका सम्पुर्ण चलचित्रकर्मी हरुको लागि आफ्नो अन्तरास्ट्रिय बजारमा प्रवर्द्धन गर्नको लागि यो एउटा सुनौलो अवसर भएको हुदा सम्पुर्ण चलचित्रकर्मीले यो महोत्सव सफल बनाउन को लागि सहयोग गर्नु पर्छ र हाम्रो साथ सहयोग रहने छ भनेर आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए ।

“एक्टिङ स्टार” को प्रि–जज अडिसन सम्पन्न

समाचार


काठमाडौँ-  एक्टिङ रियालिटी शो “एक्टिङ स्टार” को प्रि–जज अडिसन सम्पन्न भएको छ । “एक्टिङ स्टार” मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि–जज अडिसनको लागि छानिएको थियो । सोमबार अडिसन सञ्चालन गरि सम्पूर्ण सहभागिहरुलाई आफूले तयार गरेको अभिनय कला प्रस्तुत गर्ने मौका प्रदान गरेको आयोजक महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

अडिसनमा नेपालको हिमाल, पहाड, तराईका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई र दुबईका पनि सहभागी भएका थिए । गायन र नृत्यको मात्र रियालिटी शोहरु सञ्चालन भईरहेको अवस्थामा “एक्टिङ स्टार” आउने खबरले सानादेखि ठूला उमेरका सबैलाई उत्साही बनाएको अडिसनमा सहभागी हुने प्रतिष्पर्धीहरुको भनाई छ । सहभागी हुनेमा कला र अभिनयमा रुची राख्नेदेखि लामो समयदेखि कलाकारितामा समय बिताइसकेका कलाकारहरु पनि रहेकाछन् । अर्को चरणमा प्रवेश पाउने प्रतिष्पर्धीहरुको नाम केहि दिनमा सार्वजनिक गरिने र फिजिकल अडिसनको घोषणा गरिने आयोजकले जानकारी दिएका छन् ।

 बरिष्ठ कलाकार नीर शाह, बरिष्ठ नाट्यकर्मी तथा कलाकार अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले “एक्टिङ स्टार” को छनोट गर्नेछन्। अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले शो ल्याउन लागिएको उक्त शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन्। रियालिटी शो “एक्टिङ स्टार” एपिवान एचडी टिभी मार्फत प्रशारण हुनेछ ।

“एक्टिङ स्टार” को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ।“एक्टिङ स्टार” को विजेताले नगद पुरस्कार राशी सहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन्।

फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने

समाचार


काठमाडौं, माघ २९ – साँगे सभ्यताको ऐतिहासिक महत्त्वलाई उजागर गर्दै समुदायलाई एकताबद्ध गर्ने अभिप्रायका साथ आगामी फाल्गुण ३ गते प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने भएको छ। साँगे दर्पण प्रकाशन समितिको संयोजनमा भर्चुअल माध्यमबाट यस सम्मेलन हुन लागेको हो । माघ २८ गते काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरि साँगे सम्मेलनमा ‘साँगे सभ्यता संरक्षण तथा विकास अभियान’ को औपचारिक घोषणा गरिने कार्यक्रम रहेको पनि जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा समितिले यस ऐतिहासिक सम्मेलनमा करिब ५०० जना सहभागी हुने अपेक्षा गरिएको जनाएको छ।

सम्मेलनमा स्वागत मन्तव्य, राष्ट्रिय गान, परिचयात्मक सत्र, सहभागी वक्ताहरूका मन्तव्य, धन्यवाद ज्ञापन, क्षेत्रगत संयोजन समिति प्रस्ताव, तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान कार्यसमिति गठनजस्ता गतिविधिहरू समावेश गरिनेछ। यो सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गर्ने आयोजकको विश्वास छ।

साँगे सभ्यता संरक्षणका लागि क्षेत्रीय संपर्क समाज गठन

सम्मेलनमार्फत विभिन्न क्षेत्रीय संपर्क समाजहरू गठन गरिनेछ ।  जसअन्तर्गत पोखरा, चितवन-नवलपुर, तनहुँ, तथा अन्य जिल्लाहरूसँगै उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, एशिया, युरोप, र अफ्रिका जस्ता अन्तर्राष्ट्रिय क्षेत्रहरू पनि समेटिनेछन्। आयोजक समिति साँगे दर्पण स्मारिका प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेले यस कदमले साँगे समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । त्यसैगरि सम्मेलन आयोजनाको उदेश्य माथि प्रकाश पार्दै उनले भने “खासमा साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक, तथा प्राकृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि ठोस योजना बनाउनु, समुदायका सदस्यहरूलाई एकताबद्ध गर्नु, भावी पुस्तालाई साँगे सभ्यताको महत्त्वबारे सचेत गराउनु र साँगे क्षेत्रको समग्र विकासका लागि रणनीतिक कार्ययोजना तय गर्नु  सम्मेलनका मुख्य उद्देश्यहरू हुन” ।  

त्यस अवसरमा साँगे काठमाडौं संपर्क समाजको अगुवाईमा ‘साँगे दर्पण’ नामक स्मारिका प्रकाशनको तयारी भइरहेको बारे जानकारी दिदै ३५ प्रतिशत हाराहारी कार्यप्रगति भएको पनि अवगत गराईयो । साँगे दर्पण प्रकाशन समितिकातर्फबाट साझा धारणा राख्दै साँगे दर्पणका सम्पादक सरोज ओझाले साँगे खोलाको उद्गमदेखि मादि नदीसँगको संगमसम्मको भूभाग तथा सेरोफेरोसँग विगतदेखी वर्तमानसम्म गाँसिएका सबै जात, जाती सम्प्रदायको पहिचानलाई सम्बोधन गरिने बताउदै भने  “साँगे सभ्यता हाम्रो साझा पहिचान हो। यसको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि सबैको सहभागिता आवश्यक छ र हामीलाई साँगे खोलाको उद्गमदेखि मादि नदीसँगको संगमसम्मको भूभाग तथा सेरोफेरोसँग  विगत होस् वा वर्तमान, यस माटोसँग जोडीएका सबै जात, जाती सम्प्रदायको पहिचानलाई सम्बोधन गर्न सम्मेलनले थप सहजता प्रदान गर्ने हाम्रो ठम्याई  छ” ।   

यस ऐतिहासिक सम्मेलनमा साँगे समुदाय, अभियन्ता, बुद्धिजीवी, पत्रकार, राजनीतिकर्मी, समाजसेवी, व्यवसायी तथा सरोकारवालाहरू सबैलाई उपस्थित भई साँगे सभ्यताको उत्थानमा योगदान गर्न आयोजक समितिले आग्रह समेत गरेको छ। पत्रकार सम्मेलनमा प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्ले, सम्पादक सरोज ओझा, साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारी,  प्रकाशन समिति सदस्यहरू हरिराज वाग्ले (पूर्व एस. एस. पी. ), बाला शर्मा पण्डित, चन्द्रा वाग्ले (न्यौपाने), हरिराज वाग्ले (धारापानी) को उपस्थिति रहेको थियो।

तेज गिरीको दमदार अभिनयसहित ‘लभ पर्‍या छ’ सार्वजनिक

समाचार


काठमाडौं - ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । 

बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।

आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ । एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

नेपाली कलासाहित्य प्रतिष्ठानद्वारा विभिन्न ६ स्रष्टा पुरस्कृत

समाचार


काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता विधाका विभिन्न ६ जना स्रष्टा सम्मानित तथा पुरस्कृत भएका छन् । प्रतिष्ठानद्वारा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकसंस्कृतिविद् तथा कवि तुलसी दिवसले सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा शिक्षासेवी प्राडा वीणा पौड्याललाई राष्ट्रिय कलाश्री सम्मान अर्पण गरिएको थियो । यसैगरी राष्ट्रिय कलाश्री पुरस्कार कवि तथा साहित्यिक अभियन्ता विश्वविमोहन श्रेष्ठलाई अर्पण गरिएको थियो । राष्ट्रिय कलाश्री पुरस्कारको राशि ताम्रपत्रसहित एक लाख रुपैयाँ रहेको छ ।

यसैगरी स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि तथा अनुवादक चन्द्र गुरुङलाई अर्पण गरिएको थियो । बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार लेखक तथा पत्रकार वसन्त बस्नेत, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार प्रयोगवादी युवा चित्रकार सुनिल सिग्देल र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार लोकगायक कमलीकान्त भेटवाललाई दिइएको छ ।

राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स-सिद्धी राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपियाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपियाँ र अन्य पुरस्कार ताम्रपत्रसहित ५०-५० हजार रुपैयाँ राशि छ ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले कलासाहित्यले राष्ट्रिय भाव प्रसार गर्न सक्नुपर्ने बताउनुभयो । ‘कला साहित्यले राष्ट्रिय भाव प्रसार गर्नसक्नुपर्छ । अहिले त्यो भावना घटेर ‘म’ मा बढ्ता सीमित भएको छ । तर संस्थागत रुपमा गरिने क्रियाकलापलाई हामीले प्रोत्साहन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
मौलिक राष्ट्रिय भावनाका लागि योगदान दिनु नै कला साहित्यको मूल ध्येय हुनुपर्ने पूर्वसचिव विमल कोइरालाले बताउनुभयो ।

संस्थाकी अध्यक्ष मोमिलाले साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा अझै उचाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो सम्मानको विरासत र वर्तमानले साहित्य लेखनलाई अझै उचाईमा लैजान सकोस्, संस्कृति र कलाको क्षेत्रमा अझै महत्वपूर्ण योगदान गर्न सकोस् भनेर हामीले पारदर्शिता र निष्पक्षता राख्न सकेका छौँ’, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ कवि राजेश्वर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य र समग्र गतिविधिबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा युवा समालोचक महेश पौडेलले सम्मानित तथा पुरस्कृत स्रष्टाहरुको विस्तृत परिचय राख्नुभएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला, प्राडा. गोविन्दराज भट्टराई, लेखकहरू भागिरथी श्रेष्ठ, उषा शेरचनलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १६ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

दीपक समिरको ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रह विमोचित

समाचार


काठमाडौं -सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिबार विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा भवनको पारिजात हलमा आयोजित कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, लेखक समिरलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

कथा, गीत, गजलसमेत समेटेर पहिलोपटक पुस्तकको स्वरूपमा ल्याएको बताउँदै लेखक समिरले भने, “यो मेरो पहिलो प्रयास भएकाले केही कमजोरी हुन सक्छ, तर इमान्दारिताका साथ लेखिएको संग्रह हो।” कार्यक्रममा समीक्षक तथा साहित्यकार डा. त्रिपाठीले “लेखकको कल्पनाशक्ति प्रेरणादायी छ, कथाहरूमा विविधता पाइन्छ” भन्दै समिरको पहिलो प्रयास स्वागतयोग्य रहेको उल्लेख गरिन्।

सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले “सञ्चारकर्मी समिरले लेखन यात्रासँग सन्तुलन कायम गर्दै अघि बढोस्” भन्ने शुभकामना दिए। सदस्य फूलमान वलले “समिर कुमार नगरकोटी शैलीका लेखक हुन्, सानो कथानकमा कथा बुन्न सक्ने खुबी राख्छन्” भन्दै उनको लेखनशैलीको प्रशंसा गरे।

इन्डिगो इङ्कले बजारमा ल्याएको यो कथासङ्ग्रह समिरको जन्मदिनको अवसर पारेर प्रकाशित गरिएको हो। विमोचन कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मी तथा पाठकहरूको उल्लेखनीय उपस्थिति थियो।

प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनयमा नयाँ म्युजिक भिडियो

समाचार


काठमाण्डौ – बिगत २ दशकदेखि नेपाली गीत संगीतमा सक्रिय चर्चित गायक नारायण थापा र चर्चित गायिका शर्मिला बर्देवाको सुमधुर आवाजमा रहेको नया गीत औधि मन पराएँ को म्युजिक भिडियो  G Media connection  यु ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको गीतमा हर्क बहादुर योंगहांग लिम्बुको शब्द,राजेन्द्र बजगाईको संगीत र संगित संयोजन,मनोज परियारको मिक्सिंग मास्टरिंग रहेको छ।गीतलाई म्युजिक किचन स्टुडियोमा तयार पारिएको हो। गीतमा सुबिन गोदारको छायांकन,प्रकाश धितालको निर्देशन र राकेश दाहालको सम्पादन रहेको छ ।

गीतमा एक प्रेमजोडीले एक अर्कालाई मन मनै मन पराएको तर अभिब्यक्त गर्न नसकिएको कथाबस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समयका ब्यस्त रहेका गायक थापाको सोह्रै श्रृंगार,कुनै दिन त,टेलि चलचित्र गाउँ फर्क को शिर्ष गीत गाउँ फर्क,परिणाम नखोज तिमी,रातभरी लगायत ६ दर्जन बढि गीतहरु बजारमा आईसकेका छन भने केही गीतहरु आउने क्रममा रहेका छन । गायक थापाको अजम्बरी–२०७२, परिवेश–२०७७, आकर्षण–२०७९ गरि तीन एल्बम बजारमा आइसकेका छन भने चौथो एल्बम ‘आभूषण’का गीतहरु रेकर्डिंगको क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।

गीतमा अभिनय रहेको प्रतिक्षा काफ्ले पछिल्लो समयकि ब्यस्त एवं चर्चित कलाकार हुन उनका तिमीलाई नै,छोट्टी फकाउन,तिम्रो जस्तो हैशियत लगायत २ दर्जन भन्दाबढि गीतहरु बजारमा सार्वजनिक भईसकेका छन । बिभिन्न टेलिचलचित्रमा समेत अभिनय गरिसक्नुभएकि प्रतिक्षा काफ्ले बहु प्रतिक्षित र समसामयिक टेलि चलचित्र गाउँ फर्क मा पनि अनुबन्धित भईसकेकि छिन भने आधा दर्जन म्युजिक भिडियो बजारमा आउने क्रममा रहेका छन । साथमा गीतका अर्का कलाकार प्रज्वल राज भट्टका पनि यो भन्दा पहिले थुप्रै गीतहरु बजारमा आईसकेका छन ।

संगीत तथा चलचित्र उत्पादक समाजको अध्यक्षमा पुनः सूर्य बहादुर मगर

समाचार


काठमाडौं –  संगीत तथा चलचित्र उत्पादक समाजको आठौं तथा नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले पुनः सूर्य मगर बहादुरकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी सचिवमा इश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु निर्बिरोध सर्वसम्मत चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा दस्यहरुमा रुपेन्द्र खड्गी, खुशी थुलुङ्ग राई, सक्षम श्रेष्ठ र जनक तामाङ चुनिएका छन् ।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रार्ड कार्यालयकी रजिष्ट्रार्ड सबिता कार्कीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान लगायत गीत संगीत, चलचित्र, औद्योगिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले आतिथ्यता गरेका थिए ।

साधारण सभामा संस्थाका महासचिव सुनिल लामिछानेले वार्षिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए । यस्तै कोषाध्यक्ष रुकमान लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

`द्रौपदी´ फिल्मको गीत सार्वजनिक

समाचार


काठमाडौं- चैत ८ गते प्रदर्शनको तयारीमा रहेको ञद्रौपदीझ फिल्मको ञञकर्णाली काटौलाझझ बोलको गीत सार्वजनिक गरिएको छ । वान सिनेमा,नयाँ बानेश्वरमा बिहीवार प्रेसमिट गरि रवी ओड र इन्द्रकला राईले गाएको सो गीत दर्शक माझ ल्याइएको हो ।
निर्देशक ऋषिराज आचार्यको शब्द र रबि ओडको संगीत रहेको गीतमा डेब्यु अभिनेत्री आश्वीनी शाही,निर्देशक ऋषिराज स्वयम्,गायक रबि र सुजाता तिमिल्सीना प्रेमील भावमा प्रस्तुत भएका छन ।

डोल्पाको शे फोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको फिल्मको गीतको कोरियोग्राफी बिष्णु ठडराईले गरेका छन । निर्माण क्रमदेखि नै चर्चामा रहेको फिल्मको प्रेसमिटमा निर्देशक आचार्यले आफुले अत्यन्तै मौलिक बिषयबस्तुमा फिल्म निर्माण गरेको बताए । उनले कथाको मागअनुसारनै फिल्ममा नव कलाकारहरुको बर्चश्व रहन गएको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारलाई समेत दृष्टिगत गरिएको फिल्मको गीतमा कर्णालीको सौन्दर्यता झल्कीएको छ ।

डेब्यु अभिनेत्री आश्वीनी शाहीले ञद्रौपदीझ बाट आफू निकै आशावादी रहेको बताइन । करिब ४ सय जना आवेदकहरु मध्येबाट द्रौपदीको भुमिकाका लागि छनौट भएकी आश्वीनीले निकै मिहीनेतका साथ अभिनय गरेको स्मरण गरिन । फिल्मको छायांकन डोल्पामा करिब डेढ महिनासम्म गरिएको थियो िकार्यक्रममा गायक(गायिका रबि र इन्द्रकलाले गीत गाउदा माहौल प्रेमील बनेको थियो । यही फिल्मबाट ठूलो पर्दाको अभिनयमा डेब्यु गरेका गायक रबिले आफुले पाएको चरित्र र भुमिकामा न्याय गर्ने कोसिस गरेको बताए । उनले आफुलाई मन परेको र गर्न सक्छु भन्ने लागेकाले अभिनय गरेको प्रस्ट पार्दै आफू सुहाउँदो भुमिका पाएमा अभिनयलाई निरन्तरता दिने बताए ।

निर्माता तथा अभिनेता प्रकाश ज्ञावलीले फिल्मले मौलिक नेपाली कथा बोकेको बताउदै यसप्रकारका बिषय प्रचुरताका साथ पर्दामा उतारिनु पर्नेमा जोड दिए । त्यसैगरि,अर्का अभिनेता कबिराम भामले पनि मैलिक फिल्म निर्माणमा जोड दिनु पर्ने राय राखे । अर्की डेब्यु अभिनेत्री सुजाता तिमिल्सिनाले सुटिङका क्रममा आफू दुर्घटनामा परेको स्मरण गर्दै बिकट भौगोलिक अवस्थाका कारण निकै कस्टपूर्वक सुटिङ गर्नु परेको बताइन । ञद्रौपदीझ बाट पर्दाको यात्रा सुरु गरेकी पहिलो संविधान सभाकी सभासद सीता बौडेलले राजनीति र अभिनय बिल्कुल फरक क्षेत्र भएको अनुभव सुनाउदै दुवैमा आ(आफ्नै प्रकारको लगाव र मिहिनेती चाहिने धारणा राखिन । उनले ञद्रौपदीझ जस्ता मौलिक फिल्म निर्माणमा स्रष्टाहरुले चासो दिनुपर्ने बताइन ।

०८ चैतबाट देशब्यापी प्रदर्शनमा आउने फिल्ममा आश्वीनी,रबि ओड, कबिराज , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , बिस्णु ठडराई ९ सुबास ०, प्रकाश ज्ञवाली ,सीता बौडेल, सुरज अधिकारी र ऋषिराज मुख्य भुमिकामा छन । निर्देशक ऋषिराजकै लेखन,गीत अनि निर्माण रहेको फिल्मको सम्पादन अनिल महर्जनले गरेका हुन । सौरभ शर्माको पार्श्व संगीत रहेको फिल्म मोहनकुमार झिल्लुले खिचेका हुन ।
आर बि मुभिजको ब्यानरमा बनेको फिल्मको सहनिर्मातामा ऋतु आचार्य र बिष्णु ठडराई छ्न । फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट ,एफ डि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा बितरण गर्दैछ ।