generalnews
||Power News Asia||

आजको समाचार

श्यप एकेडेमीको पहिलो बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

समाचार


काठमाडौं । विज्ञान प्रविधि, आध्यात्मिकता र उद्यमशीलतासँगै व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गरि आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीको पहिलो बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ । 

एकेडेमीकी संस्थापक अध्यक्ष कमला खड्काको सभापतित्व एवं नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सहजिकरण कश्यप एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले गर्नु भएको थियो भने एकेडेमीका संरक्षक गूरु कन्चन घिमिरेको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका शिक्षा प्रमुख टंकलाल गैरे,डा.अङ्गत गौतम,शैली मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रामचन्द्र पोखरेल,प्राध्यापक डा. जिवन अधिकारी,प्रोफेसर डा.मुकुन्दप्रसाद लामिछाने,डा.भोलानाथ ढकाल,अभिभावक प्रतिनिधि अमिता गौतम,प्राज्ञिक व्यक्तित्व विष्णुहरी कोईराला,पुर्व व्यवस्थापन समितिका कमल मोक्तान लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा एकेडेमीको तर्फबाट उपस्थित अतिथि,अभिभावक तथा आगन्तुकहरुलाई नविन परियारले स्वागत मनतव्यले स्वागत गर्नु भएको थियो भने एकेडेमीका विद्यार्थीहरुबाट बिभिन्न सांगीतिक प्रस्तुती सहित  स्वागत गरिएको थियो ।  
कार्यक्रममा एकेडेमीका संगीत प्रशिक्षक संगीतकार आनन्द राईको संयोजनमा विद्यार्थीहरुले बिभिन्न सांगीतिक प्रस्तुतीहरु राखेका थिए । 

कार्यक्रममा बोल्दै एकेडेमीका संस्थापक प्रधानाध्यापक आर.बि.अधिकारीले एकेडेमीको प्रमुख उदेश्य भनको संस्कार,विज्ञान प्रबिधि र उद्यमशिलतालाई संयोजन गरेर यो समाजलाई आवश्यक परिरहेको व्यक्तित्व उत्पादन गर्ने रहेको तथा त्यसलाई पुरा गर्न छोटो समयमा अभिभावकहरुले देखाएको सद्भावले आफुहरु अझ उत्साहित भएको बताउनु भयो । 

एकेडेमीले व्यवसायीक रुपमा मात्र नभएर समाजमा आवश्यक परेको जनशक्ति उत्पादन गरेर सिंगो देशमा कीर्तिपुर नगरपालिका तथा मैत्री नगरलाई चिनाउने उदेश्य रहेको प्रधानाध्यापक अधिकारीले बताउनु भयो । 
कार्यक्रमका बिशेष अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले यो एकेडेमीले बिभिन्न आरोह अबरोहहरु पार गरेर छोटो समयमा अभिभावकहरुको मन जित्न सफल भएको भन्दै एकेडेमी र विद्यार्थीहरुको उज्वल भविश्यको कामना गर्नु भयो । विद्यालयले तय गरेको एस एस ई मोडलबाट हुने पढाईले विद्यार्थीहरु लाई सानै उमेरबाट सकारात्मक बाटोमा डोर्याउने भएकोले आम अभिभावकहरुले ढुक्क भएर यो एकेडेमीमा आफ्ना नानीबाबुहरुलाई अध्यापन गराउँदा हुने बताउनु भयो । 
कार्यक्रमको अवसरमा एकेडेमीले आफ्नो विद्यालयमा रहेका शिक्षक शिक्षिका तथा अन्य कर्मचारीहरुलाई समेत खादा लगाएर प्रमाणपत्र सहित सम्मान गरेको थियो ।
कीर्तिपुरका नगरप्रमुख कृष्णमान डंगोलले एकेडेमीका शिक्षक,शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गर्नु भएको हो ।  
कार्यक्रमको अवसरमा बिभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुलाई समेत प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको बाहुलीबाट सम्मान गरिएको थियो । 
कश्यप एकेडेमीको पहिलो वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै मन्त्री चौधरीले बालअधिकारका आधारभुत विषय शिक्षा स्वास्थ्यमा सबै बालबालिकाले समान अवसर र अधिकार पाउनुपर्ने बताउनुभयो ।

उहाँले सबै बालबालिकालाई समान अवसर र अधिकार उपलब्ध गराउन संवैधानिक व्यवस्था गरिएको भएपनि परम्परागत मूल्य मान्यताका कारण सामाजिक परिवेशमा लैङ्गिक विभेद अन्त्य हुन नसकेको विचार व्यक्त गर्नुभयो ।
विभिन्न बालबालिकामा फरक क्षमता र प्रतिभा हुने भएकाले उनीहरुलाई विद्यालयले संस्कार सहितका गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले विद्यार्थीका जिज्ञासा र चासोलाई पूरा गर्न अभिभावक, परिवारका सदस्य र विद्यालयले सकारात्मक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकाले मोवाइलको प्रयोग गर्दा उनीहरूको सिर्जनशीलतामा कमी आएका कारण यो विषय अहिले समाजका लागि ठूलो चुनौति बन्दै गएकाले अभिभावकले पनि उनीहरूको अगाडि मोवाइल नचलाउन आग्रह गर्नुभयो। 
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले शिक्षा र युवाहरुको बिषयमा आफुलाई अत्यन्तै चासो लाग्ने भएकोले यदि युवाहरुलाई सत्कर्मको बाटोमा लगाउनेहो भने घर परिवार र विद्यालय बराबर जिम्मेवार बन्नु पर्ने बताउनु भयो । विद्यालयले मात्र चाहेर वा परिवारले मात्र चाहेर अहिलेका बच्चाहरुलाई सहि  लाईनमा ल्याउन मुस्किल पर्ने भएकोले यसमा दुवै पक्षको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । 

मैत्रीनगर, कलंकी, काठाडौंमा रहेको कश्यप एकेडेमीले छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धति अनुसार शिक्षण सिकाइ गर्ने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्दै आएको छ ।

‘Voice of SAAT’ Season 3 concluded, 5 Eminent Persinalities Honored

समाचार


Kathmandu – Diya Ghimire from Peak Point Academy has emerged as the champion of ‘Voice of SAAT’ Season 3, a prestigious singing competition for young talents. She claimed the title with a stellar performance at the grand finale, held on Tuesday at the Russian Culture Center, Kamal Pokhari.

The competition featured several outstanding performers, with Samprada Ghimire from Golden Garden Academy securing the first runner-up position. Jebisha Shrestha from Peak Point Academy was named the second runner-up, Anjal Babu Kattel from Saipal Academy placed third, and Aryan Shahi from St. George International School took fourth place.

Participants from various schools showcased their vocal prowess in the competition. The winners were rewarded with cash prizes and other recognitions. Additionally, Manzil Ghimire from NOBS was honored with the Rising Star Award, while Anjal Babu Kattel from Saipal Academy received the Public Choice Award.

The grand event was attended by renowned actor and Chairman of the Film Artists Association, Mohan Niraula, who served as the chief guest. Engineer Binay Shrestha, President of SAAT, presided over the program, while SAAT’s General Secretary, Prashant Dahal, coordinated the event.

A distinguished panel of judges, including veteran singer Sangeeta Pradhan, music director Raju Singh, and composer Santosh Shrestha, evaluated the contestants’ performances.

In addition to celebrating young musical talent, the event also honored five distinguished personalities for their significant contributions in various fields. Writer and journalist Saroj Ojha was recognized for his excellence in media and literature, Paralympic medalist Palesha Goverdhan was acknowledged for her achievements in sports, Kathmandu Education Unit Chief Bichari Prasad Adhikari was commended for his contributions to education, singer Lakpa Sherpa was honored for his impact in the arts, and media reporter Sanu Shrestha was awarded for her work in journalism.

SAAT emphasized that these individuals were recognized for their remarkable dedication and contributions to their respective fields, which have positively impacted society and the nation.

भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधी दिया घिमिरेलाई, ऐतिहासिक पदक विजेता पलेशा गोबद्र्धनसहित विभिन्न विधाबाट ५ जना सम्मानित

समाचार


काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट एकेडेमीकी जेबिशा श्रेष्ठ सेकेण्ड रनर-अप, साइपाल एकेडेमीका अञ्जल बाबु कट्टेल थर्ड रनर-अप र सेंट जर्ज इन्टरनेशनल स्कूलका आर्यन शाही फोर्थ रनर-अप घोषित भए।

भ्वाईस अफ स्याटमा विभिन्न विद्यालयका प्रतिभाशाली बालगायक तथा गायिकाहरूले प्रतिस्पर्धा गरेका थिए। सो अवसरमा विजेताहरुलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिता अन्तर्गत नोब्सका मंजिल घिमिरेलाई राइजिङ स्टार अवार्ड दिइयो भने साइपाल एकेडेमीका अञ्जल बाबु कट्टेललाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकप्रिय अभिनेता समेत रहेका चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने स्याटका अध्यक्ष इन्जिनियर बिनय श्रेष्ठ कार्यक्रमको सभापति र स्टाटका महासचिव प्रशान्त दाहाल कार्यक्रम संयोजकको भूमिकामा रहेका थिए ।

प्रतियोगितामा अग्रज गायिका संगीता प्रधान, संगीत निर्देशक राजु सिंह, र संगीतकार सन्तोष श्रेष्ठ निर्णायकको भूमिकामा थिए । यस समारोहमा विशिष्ट पाँच व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । साहित्यकार एवं पत्रकार सरोज ओझालाई संचार एवम् साहित्य विधातर्फबाट सम्मानित गरिएको छ भने प्यारालिम्पिक पदक विजेता पलेशा गोवर्धनलाई खेलकुद, काठमाडौं शिक्षा इकाइ प्रमुख बिचारी प्रसाद अधिकारीलाई शिक्षा, गायक लाक्पा शेर्पालाई कला र मिडिया रिपोर्टर सानु श्रेष्ठ पत्रकारिता क्षेत्रतर्फबाट सम्मानित गरिएको छ ।

पेशागत रुपमा आ आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा विशिष्ट योगदान दिए बापत सो को कदर स्वरुप सम्मान गरिएको स्याटले जनाएको छ ।

‘शिवरात्रीको अवसरमा "KTM डाउनटाउन" म्युजिक भिडियोको पोस्टर सार्वजनिक

समाचार


काठमाडौं – काठमाडौंको मुटुमा स्थापित रोमान्टिक कथालाई उजागर गर्दै शिवरात्रीको अवसर पारेर“KTM डाउनटाउन”  म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ । गायक तथा गीतकार NEPZ को पहिलो म्युजिक भिडियोका रूपमा यो रिलिज हुन लागेको हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

नेपाली गीतसंगीतमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित NEPZ को संगीतले नेपाली संगीत परिदृश्यमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ । सार्वजनिक पोस्टरमा चर्चित नेपाली अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ, जसले नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छिन् । करिश्माको पछिल्लो फिल्म ‘मायाबी’ पनि शिवरात्रीको अवसरमा रिलिज हुने तयारीमा रहेको छ, जसले यो पर्वको माहोलमा थप उत्साह ल्याएको छ ।
‘“KTM डाउनटाउन” म्युजिक भिडियोको अडियो तथा संगीत उत्पादन नेपासा स्टुडियोमा गरिएको हो, जसले ट्रयाकका लागि उच्च गुणस्तरको ध्वनि संयोजन गरिएको छ ।

भिडियोलाई चर्चित निर्देशक विशाल शर्माले निर्देशन गरेका छन् । भिडियो निर्माण टोलीमा निर्माण व्यवस्थापक महेश्वर सम्वाहाम्फे, कोरियोग्राफर दिनेश म्याङ्गवो, स्टाइलिस्ट नुमा सम्वाहाम्फे, सम्पादक सुनील शिवभक्ति, सिनेमाटोग्राफर नकुल सुनुवार, रङ संयोजक धीरज अधिकारी लगायतका व्यक्तित्व रहेका छन् ।

काठमाडौंको रोमान्टिक परिवेशलाई पर्दामा जीवन्त बनाउने लक्ष्यसहित निर्माण गरिएको ‘“KTM डाउनटाउन”  म्युजिक भिडियो होली पर्वको अवसर पारेर मार्च १३ मा सार्वजनिक गरिने भएको छ । यस म्युजिक भिडियोले NEPZ को सांगीतिक यात्रामा नयाँ मोड थप्ने मात्र होइन, काठमाडौंको जीवन्त सडकहरूमा प्रेम र रोमान्सको उत्सव मनाउने संदेशसमेत दिनेछ ।

साहस शाक्यको संगीत संयोजनमा शिव भजन सार्वजनिक

समाचार


काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्यले महाशिवरात्रि २०२५ को पवित्र अवसर पारेर आफ्नी छोरी सुदेशना शाक्यको आवाजमा एउटा शिव भजन सार्वजनिक गरेका छन्।

साहस शाक्य नेपाली चलचित्र संगीत र पार्श्व संगीतमा विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत म त मर्छु कि क्या हो ठूली चलचित्र ‘प्रकाश’ को क्या बाँचौला प्रकाश तिमिल्सिनाको प्रिय तिम्रो सिउँदोमाु ‘म मर्न जाँदै छु’ जस्ता गीतहरू विशेष रूपमा हिट भएका छन्।

त्यस्तै, उनका संगीत संयोजनमा बनेका क्या दामी भो हङ्गामा भो  जिन्दगी यो फुलै फुलको थुँगो हुँदैन, बेहुला बनाउँछु भन्थी, बिच्च बिच्चमा, बहिस्कारू जस्ता गीतहरू नेपाली संगीत प्रेमीहरूले अत्यधिक रुचाएका छन्। उनका संगीतमा थुप्रै ख्यातिप्राप्त गायक–गायिकाहरूले गीत गाइसकेका छन्, जसले नेपाली संगीत उद्योगमा नयाँ उचाइ थपेको छ।

यस पटक उनले ‘ओम नमः शिवाय’ बोलको शिव भजन सार्वजनिक गरेका छन्। यस भजनमा स्वर उनकै छोरी सुदेशना शाक्यको रहेको छ। काठमाडौँको डी ए भि स्कूलमा कक्षा ४ मा अध्ययनरत सुदेशना शाक्यले यसअघि ‘बिच्च बिच्चमा’, ‘५ बुद्धा मन्त्र’, ‘नेपाली क्रिकेट जिन्दाबाद’, ‘छुनुमुनुझ जस्ता गीतहरूमा पनि आफ्नो स्वर दिइसकेकी छन्।

यसपटकको शिव भजनमा संगीत संयोजन र मिक्सिङ-मास्टरिङ समेत साहस शाक्यले नै गरेका छन्। गीत सुदेशना इन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्ड गरिएको हो र सुदेशना इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको छ। यो गीत साहस शाक्यको आधिकारिक युट्युब च्यानल ‘मुक्ति मन्त्र शक्ति’ बाट सार्वजनिक गरिएको छ।

चलचित्र संगीतदेखि हिट गीतहरूसम्मको यात्रामा साहस शाक्यको यो शिव भजन विशेष गरी सनातन हिन्दुहरूको बीचमा लोकप्रिय हुने अनुमान गरिएको छ।

१७ देशका ४९ चलचित्रको सहभागिता, 'छक्का पन्जा ५' उत्कृष्ट राष्ट्रिय चलचित्र घोषित

समाचार


काठमाडौँ- शुक्रबारबाट सुरु भएको ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ ३१ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । यो महोत्सव काठमाडौँको भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डमा कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा सम्पन्न भएको हो । महोत्सवमा तीन दिनसम्म चलचित्र प्रदर्शन गरेर उत्कृष्ट चलचित्र एवम् चलचित्रकर्मीलाई पुरस्कृत गरिएको हो । महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी थिन् ।महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रको सभापतित्व र संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समापन समारोहमा स्वदेशी तथा विदेशी विजेतालाई अवार्ड प्रदान गरियो ।

यो महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट गुड मोदरले, अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको वृत्तचित्र जायदले पायो । अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतबाट देवेन्द्र जादव निर्देशित वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बंगलादेशको चलचित्र सौदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेसल मेनसन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन्सले र अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु बृत्तचित्र द टेम्पल अफ इटर्नल साउन्डले जित्यो । अन्तर्राष्ट्रिय विधा तर्फको निर्णायकमा दक्षिण अफ्रिकाबाट क्याथेरिन सोफियानोज, भारतबाट अंकित बाघ्छी, बँगलादेशबाट साहदत्त रुसेल र नेपालबाट निर्माता निर्देशक अभिनेत्री रोशनी केसी रहेका थिए ।
महोत्सवमा नेपालबाट ३० वटा चलचित्र सहभागी मध्य ७ वटा कथानक चलचित्र थिए । जसमा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड छक्का पन्जा ५ ले, यही चलचित्रबाट निर्देशकको जुरी अवार्ड दिपाश्री निरौलाले र सर्वोत्कृष्ट सह अभिनेताको अवार्ड केदार प्रसाद घिमिरेले पाए । सर्वोत्कृष्ट निर्देशकको अवार्ड चलचित्र तेल भिसाबाट शंकर घिमिरेले हासिल गरे भने तेल भिसाबाटै सर्वोत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले र सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड ऋचा घिमिरेले हासिल गरिन् । चलचित्र तर्फ स्पेसल मेनसन अवार्ड चलचित्र द्रौपदीबाट ऋषिराज आचार्यले, तर्फ जुरी अवार्ड द्रौपदीबाटै अभिनेत्री अश्विनी शाहीले, उत्कृष्ट नायिकाको अवार्ड चलचित्र ऐँचो पैँचोबाट वर्षा राउतले र ऐँचो पैँचोबाटै कृषा चौलागाईँले सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड हाँसिल गरे । नव अभिनेत्रीको अवार्ड चलचित्र संकल्पबाट अनुष्का बुढाथोकीले पाइन भने संगीतकारको अवार्ड चलचित्र लन्डन टु पेरिसको खुला आकाश गीतबाट संगीतकार हर्कुलेस बस्नेतले प्राप्त गरे । कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे थिए ।

यस्तै राष्ट्रिय विधामा उत्कृष्ट लघु चलचित्रको अवार्ड द ट्री म्यानबाट सन्तोष सुवेदीले, लघु चलचित्र तर्फनै उत्कृष्ट अभिनयको अवार्ड नो स्मोकिङ प्लिजबाट कृपा प्याकुरेलले, र स्पेसल मेन्सन अवार्ड नो स्मोकिङ प्लिजबाटै भूपेन्द्र कुमार खड्काले प्राप्त गरे । म्युजिकल लघु चलचित्र र निर्देशकको अवार्ड गीति चलचित्र तिमि आँसु रहेछौ बाट सोनम पाख्रिनले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र अभिनेताको अवार्ड भुल्नै गारो भो बाट सनम कठायतले, सांगीतिक लघु चलचित्रमै सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पनि यही गीतबाट पवित्र शाँकी (मिस पबी)ले, सर्वोत्कृष्ट सांगीतिक चलचित्र गायकको अवार्ड संगै जुनी काटम्लाबाट  हेमन्त शिशिरले र सांगीतिक लघु चलचित्र डान्स कोरियोग्राफरको अवार्ड थिंक अबाउट युबाट रविता मगरले हासिल गरिन् ।

सर्वोत्कृष्ट वृत्तचित्र र निर्देशकको अवार्ड डिजाईन्ड टु डिसापेयरबाट शिव पुरीले हासिल गरे । डिजाईन्ड टु डिसापेयरबाटै शिव पुरीले सर्वोत्कृष्ट सम्पादकको अवार्ड पनि चुमे । राष्ट्रिय आदिबासी चलचित्रको अवार्ड सागर केरुङ निर्देशित चलचित्र के २ ले, लघु विधार्थी चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन अभिलाषीले पाए । यो समूहको निर्णायकमा अभिनेता मोडल सागर लम्साल क्षत्री, भिडियो सम्पादक रविन बिक, गायिका सुजता केसी र गायक रुद्र शेखर शर्मा थिए । यस्तै यो वर्षको चलचित्र पत्रकार पुरस्कार लेन्स नेपालका पत्रकार विष्णु प्रसाद सुवेदीले प्राप्त गरे ।

संस्कृति मन्त्रीसहित सो समारोहका अतिथिहरू श्रीलँकाको लागि नेपाली राजदूत डा. पूर्ण नेपाली, राष्ट्रिय सभाका सदस्यद्धय जगप्रसाद शर्मा, सिता बौडेल, अन्तर्राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष रामप्रसाद खनाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष कृष्ण मल्ल, रवीन्द्र खड्का, जेआईजेडका प्रोग्राम म्यानेजर डा. बर्नड अल्पटलगायतले अवार्ड वितेज चलचित्रकर्मीलाई विशेष सम्मान गरे ।

साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सूची सार्वजनिक

समाचार


काठमाण्डौ – ‘अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल अभिप्रायका साथ विगत पांचौ वर्षदेखि थालिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) को उत्कृष्ट मनोनयन सार्वजानिक गरिएको छ । दुई वर्ष अवार्डका रुपमा आएपनि तेस्रो वर्षदेखि नेपालकै पहिलो रिवार्डका रुपमा परिमार्जित गरिएको साधना म्यूजिक अवार्ड (रिवार्ड) मा लाकगीत, लोक दोहोरी, आधुनिक/पप आदि सहित भिडियोका विभिन्न विधामा समेत अवार्ड प्रदा नगरिन्छ । करिव २५ विधाका विभिन्न अवार्ड (रिवार्ड) प्रदा नगरिने बोर्ड संयोजक गोकर्ण लामिछानेले बताए । आम अवार्डहरुभन्दा फरक रहेर रिवार्ड थालिएको र सोहि अवपरमा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित विभिन्न सम्मान समेत रहने आयोजक संस्था सामना म्यूजिक क्रियशन प्रालिकी अध्यक्ष सामना शाहले बताइन् ।

  • लोक दोहोरी तर्फ
    क. शब्द
    १. निर्मला राना : लाली  जोवन
    २. सागर रेग्मी : ज्यानै फाल्दिन्छु
    ३. शिब हमाल : जाले रुमाल मायालाई दिउला
    ४. डा. शिब सुबेदि : दु ःख थापा छैन
    ५. बिक्रम बाबु बि.क. : दीउला त्यो मन
    
    ख. लय
    १. क्रषी खड्का: थोरै थोरै
    २. नविन परियार: जाम हो हिड रेलैमा सरर
    ३. रायन बस्याल: घामको झुल्को
    ४. शान्त शिशिर: बेसारे माया
    ५. नन्दू परियार: जान्छेउ र माइली
    
    ग. गायक
    १. खुमन अधिकारी: सत्रु वैरी
    २. अर्जुन सापकोटा: बस्यौ अलग्गै
    ३. तेजस रेग्मी: पुसलाई नदिनु
    ४. सुकदेव अधिकारी: बाजेको पालामा
    ५. राम प्रसाद अवश्थी: तिम्रो खा“चो
    
    घ. गायिका
    १. शान्ती श्री परियार: वस्यौ अलग्गै
    २. सुनिता बुढाक्षेत्री: रु“दै हिंड
    ३. चन्द्रा अर्याल:पिरिम लगाम कान्छा
    ४. सिमा थापा:दमौलीमा गेट
    ५. सपना रोका: झ्यालमा सेतो पर्दा
    
     ङ. मोडल पुरुष (अभिनय)
    १. ओ वि रायमाझी:  कट्टा हान्दिन्छु
    २. आसिर प्रताप जंग: भाग्यले जहाँसम्म
    ३. मुकुन्द भट्ट: मुटु रेटियो
    ४. अशोक पौडेल:ज्यानै फाल्दिन्छु
    ५. शिषिर पौडेल: सावको सामु 
    
    च. मोडल महिला (अभिनय)
    १. एलिना रायमाझी: शोकाकूल
    २. निरुता शाही: ज्यानै फाल्दिन्छु
    ३. जुना गुरुङ: जान्छेउ र माइली
    ४. स्मारीका ढकाल: मुटु रेटियो
    ५. सजीना लामिछाने: परदेशी भुलिगो
    
    छ. मोडल पुरुष (नृत्य)
    १. विमल अधिकारी: म बाँचेको तिम्रै लागी हो
    २. सुरेश कोली:प्याट्ट पोइल
    ३. रेशम नेप्किन: पहिलो नम्बरमा
    ४. वविन सिंह ठकुरी:उपहार रातो सल
    ५. शरद एल जी: जसले मन पराइच
    
    ज. मोडल महिला (नृत्य)
    १. संचिता शाही: बेसारे माया
    २. नारायणी खत्री: गा“उले पाराले
    ३. अस्मिता पुरी: फूलमाया
    ४. प्रमिता राज घतानी: पहिलो नम्बरमा
    ५. अस्मिता राना: रेलै सलल
    
    झ. निर्देशक
    १. शिवजी क्षेत्री: पहिलो नम्बरमा
    २. सृजन वराल: ज्यानै फाल्दिन्छू
    ३. प्रविण थापा: बैमानी लाहुरे
    ४. मौसम हिमाली: रेशम
    ५ . निरेन श्रेष्ठ:ओई भन्दा होई
    
    आधुनिक तर्फ
    क. शब्द
    १. भिष्मराज फुलारा: आहा भो आहा भो
    २. डा. ओम कृष्ण प्रसाई: पिता
    ३. रोहित घिमिरे: शितल शितल
    ४. गोविन्द भट्ट: जुनेली
    ५. केशव शर्मा वेलवासे: वुझ्नै सकिन
    
    ख. संगित 
    १. केशव सापकोटाः झेली माया
    २. सि. एल. शर्मा: लजाएर लुकी लुकी
    ३. क्रषी खड्का: टुटेको दिल
    ४. सरोज कोइराला: एउटा माझी
    ५. गोविन्द मधुर आचार्य: मान्छे चिन्न जानिन
    
    ग. गायक
    १. डेविट शंकर: जुनकिरी
    २. गोविन्द मधु्र आचार्य: मान्छे चिन्न जानिन
    ३. विशाल निरौला: अभागीको भाग्य खोटो
    ४. सौगात जंग थापा: बा“चा तोड्दिन
    ५. रुद्र शेखर शर्मा: के होला भोली
    
    घ. गायिका
    १. एलिना चौहान: चल्दैन मन मर्जी
    २. अस्मिता अधिकारी: तिमी स“गै
    ३. अनु चौधरी:मखमली 
    ४. प्रतिमा के.शी: खाली खुट्टा
    ५. शोभा पाण्डे: डल्ले खुर्सानी
     
    ङ. मोडल पुरुष
    १. विक्रम वुढाथोकी: तिम्रो मन वदलियो
    २. श्रीदेव भट्टराई: जहिले देखि नजर जुध्यो
    ३. संजीत भण्डारी: साथी
    ४. अभि सुनार: म छु आज रोडमा
    ५. विजेन्द्र नौवागे: म तिमीलाई मन पराउछु
    
    ङ. मोडल महिला
    १. दिपा शाही: कस्ती थिए कस्ती भए
    २. उषा सुवेदी: बिदाई
    ३. पवित्रा शाकी (पवि): थाहै भएन
    ४. कविता न्योपाने: कलेजी कटाउने माया
    ५. सपना जनक: मेरो मान्छे
    
    च. निर्देशक
    १. रामजी लामिछाने: बस्छौ भने दिल
    २. सियोन श्रेष्ठ: सत्य राम कसम 
    ३. पुजा ठकुरी: पिर्के सलामी
    ४. क्रान्ती के. सी: सानु तिमीले
    ५. शिशिर बुढाथोकी: म त तिमीलाई गर्छु माया
    
    अन्य विधा
    क. छायाँकार
    १. ज्ञान कुमार कट्टेल: ढकमक्क रानी बन 
    २. विरेन्द्र परियार: खुशी लुट्यौ
    ३. करण सिंह चैंसुर: भाग्यले जहा“सम्म डोरयाउछ
    ४. अजय रेग्मी: मेरी बाठी मायाले
    ६. दुर्गा पौडेल: फूलमाया
    
    ख. संपादन
    १. अमृत चापागांई: कस्मिरे पछ्यौरी
    २. विष्णु तामाङ: पाले दाई
    ३. राजेश कुमार: बा“च्दीन म
    ४. सिलोन लम्साल: मेसो मिलाएर
    ५. बिनोद बम: पिर्के सलामी
    
    ग. एरेन्जर
    १. विशाल निरौला: अभागी खप्पर
    २. सुनिल परियार: डाडै को टुनी
    ३. हृदम क“डेल: हिन्दै छु एक्लै
    ४. राजकुमार मगर: अधुरो सपना २
    ५. पुष्कर सुनुवार: साथी
चलचित्र प्रवर्द्धनका लागि नेपाल-अफ्रिका चलचित्र महोत्सव

समाचार


काठमाडौँ-कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकसेन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना एवम् चलचित्र विकास बोर्डको सह आयोजनामा ‘१३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२५’ शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा यो महोत्सव शुक्रबारबाट आईतबारसम्म जारी रहनेछ ।
यो महोत्सवमा नेपाल सहित १७ देशका ४९ वटा चलचित्र सहभागी छन् । जसमा दुई चलचित्र अप्रतिस्पर्धी र बाँकी ४७ चलचित्र प्रतिस्पर्धी रुपमा छन् ।
कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीलगायतले महोत्सव उद्घाटन गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामो प्रयासपछि राष्ट्रिय चलचित्र नीति अन्तिम चरणमा पुगेको बताए । उनले धुलिखेलमा इन्डोर चलचित्र छायांकन स्टुडियोको लागि जग्गा प्राप्त हुुनुका साथै निर्माण बोलपत्र आह्वान गरिएको पनि जानकारी गराए ।  महोत्सवलाई सफताको शुभकामना दिँदै अध्यक्ष डिसीले यस्ता अन्तराष्ट्रिय चलचित्र महोत्सवले चलचित्र संस्कृति निर्माणका साथै चलचित्रको प्रवर्धनमा ठुलो मद्धत पुग्ने गरेको भनाई कार्यक्रममा राखे ।
नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले १४ वर्षदेखि आयोजना हुँदै आएको यो महोत्सव अफ्रिकासँगै विश्वका चलचित्रलाई एकै ठाउँमा ल्याएर चलचित्र संस्कृति आदन प्रदानमा मद्धत गर्दै आएको बताए । यस्ता महोत्सवले चलचित्र पर्यटन प्रवर्धनमा मद्धत पुग्ने विश्वास उनले ब्यक्त गरे ।
महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले अफ्रिकासँग नेपाललाई चलचित्रबाट जोड्न १४ वर्ष अघिबाट नेपाल अफ्रिका चलचित्र महोत्सव नेपालमा नियमित रुपमा आयोजना गर्दै आएको बताईन् । यो वर्षबाट अफ्रिकाको सँगै अन्य देशका अन्तराष्ट्रिय चलचित्र समेत महोत्सवमा समावेश गरिएको उनले जानकारी गराईन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले अन्तराष्ट्रिय स्तरका चलचित्र महोत्सव गर्न निकै यहाँ कठिन हुने गरे पनि चलचित्र विकास बोर्डको केही सहयोगले महोत्सव गर्न थोरै सहज भएको बताए । यसपटक महोत्सवमा भारत, बंगलादेशलगायतका मुलुकका चलचित्रकर्मी सहभागी भएको पनि उनले जानकारी गराए ।
महोत्सवका उद्घाटन समारोहमा गायक डेभिड शंकर, नेपाल प्रहरीमा अढाई दशकदेखि टेली चलचित्र निर्देशक, लेखक, कलाकारका रुपमा सेवारत बरिष्ठ प्रहरी नायव निरिक्षक सन्तोष लामा, गायकहरु सुरज पौडेल र सुवास महतलाई सम्मानित गरियो ।
महोत्सव उद्घाटन चलचित्रको रुपमा रौनक बिक्रम कँडेल निर्देशित एवम् सिनेमा आर्टस्द्धारा निर्मित चलचित्र द रेड र मोरक्कोको मोहम्मद डबानी निर्देशित अफ्रिकन चलचित्र जैद प्रदर्शन गरियो थियो । महोत्सवमा शनिबार पहिलो दिन चलचित्र छक्का पञ्जा ५, ऐँचो पैँचोसहित एक दर्जन लामा छोटा चलचित्र प्रदर्शन गरियो ।
महोत्सवको अन्तराष्ट्रिय तर्फ १६ देशका १९ चलचित्र छन् । अन्तराष्ट्रिय विधाको निर्णायकमा दक्षिण अफ्रिकाबाट चलचित्र निर्देशक क्याथेरिन सोफियानोस, भारतबाट चलचित्र निर्देशक अंकित बाघ्छी, बँगलादेशबाट चलचित्र निर्देशक  साहदत रुसेल र नेपालबाट चलचित्र निर्माता निर्देशक एवम् अभिनेत्री रोशनी केसी, छन् ।

महोत्सवमा नेपालबाट ३० वटा चलचित्र छन् । जसमा ७ वटा फिचर चलचित्र छन् । नेपाली कथानक चलचित्रको निर्णायकमा चलचित्र निर्देशक मिलन चाम्स, पत्रकार रघुनाथ सापकोटा र गायिका शोभा पाण्डे छन् ।
यस्तै नेपालकै २३ वटा लघु चलचित्र, भाषाभाषी चलचित्र, बृत्तचित्र र विधार्थी चलचित्र यो महोत्सवमा सहभागी छन् । लघु चलचित्र, सांगीतिक लघु चलचित्र एवम् बृत्तचित्रको निर्णायकमा अभिनेता सागर लम्साल क्षत्री, दृष्य सम्पादक रविन विक, गायक रुद्रशेखर शर्मा र गायिका सुजाता केसी छन् । निर्णायकहरुले चलचित्र चयन देखि पुरस्कृत चलचित्र एवम् कलाकार प्राविधिकको चयन गर्नेछन् ।
महोत्सवमा यस पटक अन्तराष्ट्रिय तर्फ अफ्रिका समूहको चलचित्रमा दक्षिण अफ्रिकाबाट स्फमण्डला आरोन म्भेला निर्देशित चलचित्र गुड मोदर र सिभिलाईज्ड उवोम्बो निर्देशित चलचित्र लेफ्ट अर राईट अर इन बिट्विन द लाईफ, क्यामरुनबाट टाटा फिडेलिस निर्देशित जेस्पर पनि रहेका छन् ।
अन्तर्राष्ट्रिय समूह तर्फ संयुक्त राज्य अमेरिकाबाट डिलन लाथम निर्देशित चलचित्र विल, फ्रान्सबाट पार्टिस गुईल्लाईन निर्देशित चलचित्र ला डिर डेस डेर, डेनमार्कबाट निर्देशक लार्स बी फ्रहमको चलचित्र रन फर लाइफ, श्रीलंकाबाट वेलुपिल्लै राजेश निर्देशित चलचित्र सगावरम, बंगलादेशबाट फकिर विप्लव निर्देशित चलचित्र सौदा, भारतबाट देवेन्द्र जादव निर्देशित बृत्तचित्र लोनी ट्युन्स रहेको छ । यस्तै पाकिस्तानबाट अहसेन मुराद र फरहाद रियाज निर्देशित चलचित्र अंगार, अफगानिस्तानबाट काजिम अजराम निर्देशित चलचित्र द मस्ट ब्युटिफुल काबुल, स्पेनबाट एलिस भिल्लालोंगा निर्देशित स्टेल, ओमनबाट सुलेमान अलखालिली निर्देशित चलचित्र सुलेमान पनि यो महोत्सवमा अन्तर्राष्ट्रिय समूहमा चयन भएको छ । अन्तर्राष्ट्रिय समूहतर्फ अस्ट्रियाबाट अर्मन विभेस निर्देशित चलचित्र जस्ट अ जिगेलो, क्यानडाबाट मञ्जु सुब्बरवाल निर्देशित चलचित्र कलर, बेलायतबाट एड्रिएना कुलिज निर्देशित चलचित्र लकडाउन गार्डेन डायरी, बेलायतबाटै ओडेट्टे निर्देशित चलचित्र जेन्ट पपेट्स फर डिग्निफाईड मिन्सुरेसन, अर्जेन्टिनाबाट जर्ज क्याराबोटा निर्देशित चलचित्र द टेम्पल फर इन्टरनल साउन्ड रहेको छ ।
महोत्सवमा शनिबार चलचित्र इफेक्ट मेकअपको एक दिवसीय कार्यशाला आयोजना गरिँदैछ । माधव प्रसाद पाण्डे (सरोज)ले ग्लार मेकअप, जलेको मुहार मेकअप, बुढयौली मेकअप, मोटो मुहारलाई दुब्लो बनाउने मेकअप सिकाउँदैछन् । विना रानामगरले हरर फेस मेकअप, सुजन तिमिल्सिनाले मुहार पेन्टिङ (माक्स मेकअप) र महोत्सव सह निर्देशक सरिता भारतीले विभिन्न अबस्थाको घाउ चोटको मेकअप सिकाउँदैछन् । जसमा दुई दर्जन भन्दा बढी मेकअप आर्टिष्ट सहभागी छन् । महोत्सवमा शनिबार पनि दिनभरी करिब डेढ दर्जन नेपाली तथा विदेशी चलचित्र प्रदर्शन गरिँदैछ ।

बहुआयामिक प्रतिभा अमर बान्तुको सम्मानसहित भिडियो विमोचन

समाचार


काठमाडौं –स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको हो ।
‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिनुभएको थियो । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिनुभएको छ । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।

गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै बान्तु बहुआयामिक व्यक्तित्व भएको भन्दै उहाँमा विलक्षण प्रतिभा रहेको बताउनुभयो । ‘हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको म पाउँछु’, कोइरालाले भन्नुभयो ।
भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा लेख्नुभएको कविता वाचन गर्नुभएको थियो ।

त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उहाँको व्यक्तित्वको चर्चा गर्नुभएको थियो । निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उहाँ सर्वप्रिय व्यक्तित्व भएको चर्चा गर्नुभयो । ‘मैले एउटा उहाँको गीतमा अभिनय पनि गरेकी छु, अमर बान्तु सबैका प्रिय व्यक्तित्व हुनुहुन्छ । गीतकार एवं कविका रूपमा चिनिनुभएका बान्तु संगीतकारका रूपमा रहेको र अभिनय पनि उक्तिकै सशक्त छ’, निर्देशक निरौलाले भन्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास०का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको जिकिर गर्नुभयो । ‘उहाँ गीत कविता लेखनमा जति सशक्त हुनुहुन्छ, वाचनमा पनि आफ्नै मौलिकता रहेको छ’, लेकालीले भन्नुभयो । वरिष्ठ गीतकार गीतकार राजेन्द्र थापाले धेरै पत्रै पत्रमा बान्तुको खुबी रहेको बताउँदै उहाँलाई ‘सयपत्री’ नाम दिन्छु भन्नुभयो । गीतकार संघमा उहाँको सहयोगको चर्चा गर्दै वरिष्ठ गीतकार थापाले बान्तुले समाजका विविध क्षेत्रका पाटालाई साहित्यमार्फत प्रस्तुत गरेको धारणा राख्नुभयो ।
आफ्ना केही भावी योजना सुनाउँदै स्रष्टा बान्तुले सबैको साथ, सहयोग र आर्शिवादका लागि धन्यवाद दिनुभएको थियो । ‘एकल अकेस्टिक कविता वाचन, एकल अकेस्टिक सांगीतक साँझ र आटो वायोग्राफी प्रकाशन गर्ने भावी कार्यक्रम छन्,’ उहाँले जानकारी गराउनुभयो । मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उहाँका कार्य सामाजका लागि उदाहरणीय भएको जिकिर गर्नुभयो ।
बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो । विगत १५ वर्षदेखि निरन्तर मासिक रूपमा मिलाप प्रकाशन गर्दै आएको र पब्लिेकशनमार्फत अन्य केही कृति पाठकमाझ ल्याएको उहाँले जानकारी गराउनुभयो । हालै मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएको जानकारी गराउँदै उहाँले चाडै गीतकार जनक रावलको गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।
गीतकार एवं कुशल प्रस्तोता नरेश भट्टराईले सहजीकरण गर्नुभएको सो समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उहाँका केही गीत करोडौं क्लबमा पनि छन् । तस्बिर : सुरेन्द्र थापा

ईश्वरलाल प्रतिष्ठानद्धारा प्रकाशित राजेशकाजी श्रेष्ठ व्यक्तित्व र योगदानु विमोचन, प्रधानमन्त्रीबाट अग्रवाल र शाक्य सम्मानित

समाचार


काठमाडौं, फागुन ९ – काठमाडौंको होटल याक एण्ड यति, दरबारमार्गमा आयोजित भव्य समारोहका बिच प्रधानमन्त्री केपी शर्मा ओलीसहित चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं पूर्व मन्त्री राजेशकाजी श्रेष्ठ, ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले राजेशकाजी श्रेष्ठ 'व्यक्तित्व र योगदान' पुस्तक विमोचन गर्नुभएको छ। ईश्वरलाल प्रतिष्ठानद्धारा आयोजित राजेशकाजी श्रेष्ठ 'व्यक्तित्व र योगदान' विमोचन कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले ​नेपाल​ चेम्ब​र​ अफ​ कम​र्स​का पूर्व​ अध्य​क्ष​ म​हेश्व​र​ कुमार अग्र​वाल​ र​ नेपाल महिला चेम्बरकी संस्थापक अध्यक्ष एवं राष्ट्रिय​ स​भा स​द​स्य​ अञ्जान शाक्य​लाई स​म्मान​ समेत ग​र्नुभ​यो । 

सो अव​स​र​मा प्र​धान​म​न्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै नेपाली व्यवसायिक क्षेत्रलाई थप समृद्ध बनाउन यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकालाई सम्मान गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले राजेशकाजी श्रेष्ठको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, 'नेपालको व्यवसायिक क्षेत्रमा यस्ता प्रेरणादायी व्यक्तित्वहरूको भूमिकाले मात्र मुलुकको आर्थिक समृद्धिलाई गति दिन सक्छ। उद्यमशीलता, परिश्रम र इमान्दारिताको संगमले सफलता सम्भव बनाउँछ, जसको उदाहरण राजेशकाजी श्रेष्ठ हुनुहुन्छ।'

प्रधानमन्त्री ओलीले भन्नुभयो, , 'नेपाललाई समृद्ध बनाउने हाम्रो अभियानमा उद्योग–व्यवसायको महत्त्वपूर्ण भूमिका छ। निजी क्षेत्रको विकास र योगदानलाई उचित सम्मान गर्दै यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई हौसला दिनु आवश्यक छ।'

ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठले  प्रतिष्ठानले नेपालको व्यवसायिक इतिहास र व्यक्तित्वलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी प्रकाशन गर्दै आएको बताउनुभयो। यस वर्ष राजेशकाजी श्रेष्ठको योगदानलाई कदर गर्दै उहाँको जीवनी सार्वजनिक गरिएको उहाँले उल्लेख​ स​मेत​ ग​र्नुभ​यो। 

कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानकातर्फबाट प्रशान्तलाल श्रेष्ठले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कृतिका लेखक बद्रि प्रसाद कोईरालाले स्वर्गीय ईश्वरलाल श्रेष्ठ र राजेशकाजी श्रेष्ठको व्यक्तित्व बारे प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, निव​र्त​मान​ अध्य​क्ष​ राजेन्द्र​ म​ल्ल​, ब​रिष्ठ​ उपाध्यक्ष दिप​क मलहोत्रा, नेपाल उद्योग​ वाणिज्य​ म​हास​ङ्घ​का उपाध्य​क्ष​ हेम​राज​ ढ​काल,  स्वर्गीय ईश्वरलाल श्रेष्ठकी ध​र्म​प​त्नी प​द​मादेवी श्रेष्ठ​ एव​म प​रिवार​ज​न​का स​द​स्य​ह​रु, राजेशकाजी श्रेष्ठका परिवारजन सदस्य लगायतका उद्योगी–व्यवसायी, प्रतिष्ठानका पदाधिकारी तथा विभिन्न क्षेत्रका गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

पुस्तक 'व्यक्तित्व र योगदान'मा राजेशकाजी श्रेष्ठको जीवन यात्रा, व्यवसायिक सफलताका रहस्यहरू, नेपालका उद्योग-व्यवसायमा पुर्‍याएको योगदान तथा उहाँको सामाजिक उत्तरदायित्वसम्बन्धी विविध पक्ष समेटिएको छ।