generalnews
||Power News Asia||

आजको समाचार

नेपाली कांग्रेसको महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी: नेतृत्वको नयाँ पहिचान

समाचार


काठमाण्डौ  - नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। भातृसंस्थाहरू हुँदै कांग्रेसका सबै निर्वाचनमा भारी मतले विजयी हुँदै आएका महर अहिले महामन्त्री पदका लागि पनि अब्बल उम्मेदवारका रूपमा देखिएका छन्।

तीस वर्ष लामो नेविसंघको राजनीतिबाट आएका नैनसिंह महर २०७८ सालमा १४ एजेन्डासहित कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे। पार्टीका कतिपय नेताहरूले केन्द्रीय समितिमा लामो समय बिताएर व्यक्तित्व निर्माण गरिरहँदा, महरले छोटो समयमा नै आफ्ना काममार्फत अलग पहिचान बनाउन सफल भएका छन्।

२०७९ सालको निर्वाचनमा काठमाडौं ४ को टिकट पाएका महरले पार्टी नेतृत्वको अनुरोधमा उक्त अवसर अरू नेतालाई सहयोगका लागि सुम्पिए। त्यसबेलादेखि नै महामन्त्री पदका लागि तयारी थालेका उनले हालसम्म ७४ जिल्लाको भ्रमण सकेका छन् भने बाँकी जिल्लाहरूमा पुग्ने तयारी गरिरहेका छन्।

हाल नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखका रूपमा रहेका महरले शिक्षा नीति निर्माणमा विशेष भूमिका निर्वाह गरिरहेका छन्। उनले १६५ निर्वाचन क्षेत्र, ६७४३ वडामा करिब १० लाख नागरिकसँग नीति संवाद गर्दै आएका छन्। उनको नेतृत्वमा रहेको शिक्षा विभाग अहिले पार्टीको सबैभन्दा गतिशील र प्रभावशाली विभागका रूपमा स्थापित भएको छ।

डडेलधुरा निवासी महर २०४७ सालमा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाइ अध्यक्ष भए। २१ वर्षको उमेरमा डडेलधुराको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले। २०५६ सालमा जिल्ला अध्यक्ष बने भने २०५७ मा नेविसंघ केन्द्रीय सदस्य भए। २०६४ मा उपाध्यक्ष निर्वाचित भई २०७३ सालको ११औं महाधिवेशनमा नेविसंघ केन्द्रीय अध्यक्ष बन्न सफल भए। हाल उनी 'स्कूल अफ डेमोक्रेसी' का अध्यक्ष पनि हुन्।

१. एक व्यक्ति, एक पद, दुई पटक मात्र २. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता ३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांकको स्थापना ४. बिपी विचारको समयसापेक्ष कार्यान्वयन ५. व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता ६. रूपान्तरणका लागि युवा कांग्रेसको स्थापना ७. नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशनमै ८. लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन ९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान १०. निःशुल्क स्वास्थ्य, शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार ११. लगानीमैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार १२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान १३. कानुनी राज्य, मानव अधिकार, सुशासन र सहभागिता १४. राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

नैनसिंह महर पार्टी नेतृत्वको बैसाखी टेकेर होइन, आफ्नै बलबुतामा नेतृत्व स्थापित गर्ने व्यक्तित्वका रूपमा उदाएका छन्। उनका एजेन्डाहरूले नेपाली कांग्रेसभित्र नयाँ सोच र सुधारको संकेत गरिरहेका छन्। महामन्त्री पदका लागि उनको उम्मेदवारी नेपाली कांग्रेसमा संस्थागत सुधार, पारदर्शिता, र युवा नेतृत्वको प्रवद्र्धन गर्ने दिशामा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

समाचार


काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको आठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२५ को मनोनयन सार्वजनिक भएको छ ।

निम अवार्डको आठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४० विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका कार्यक्रम संयोजक कमला जोशीले बताएकी छिन ।

कार्यक्रमको समापन एक भव्य समारोहको विच बैशाखको दोश्रो हप्ता सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।

निरन्तर आठ वर्ष देखी पुर्व मेचि देखी पश्चिम महाकाली सम्म देश भित्र र देश बाहिर रहेर नेपालमा बोलीने नेपाली लगायत अन्य विभिन्न भाषा भाषीहरुमा गीत संगीत तथा भिडियोहरु तयार पार्ने श्रष्ठा तथा सर्जकहरुलाई पिम नेपालले प्रोत्साहन स्वरुप समावेशी अवार्डको आयोजना हुदै आएको आयोजकले बताएका छन् ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को लागि https://aventoz.com/event-details/67e57c293d6c0 मार्फत अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ ।

आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्डका उत्कृष्ट मनोनयनहरु

उत्कृष्ट राष्ट्रिय भाव

१. मेनुका थापाः उठ उठ्नै पर्छ

२. राजानन्द माण्डव्यः मेरो झण्डा फरफराउँछ

३. राम प्रसाद अवस्थीः उठौं जनता उठौं 

४. मनमाया पंगेनीः स्वर्ग जस्तो यो धर्ती

५. डा. ओम कृष्ण प्रसाईः खेलाडी 

उत्कृष्ट गजल

१. भुपेन्द्र महतः नजर का ति माद

२. डि.पी खनालः नजिक भएर

३. गीता सापकोटा हुमागाईः किन

उत्कृष्ट आधुनिक गीतकार

१.जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया

२.गोविन्द भट्टः जुनेली

३.डा. ओम कृष्ण प्रसाईः सावनको मुल सरी

४.ओम केरुङः न बोल्न सके

५.सुनिता बस्नेत थापाः न त तिमि फुल हौ

उत्कृष्ट लोक/पप गीतकार

१. भिम धितालः तिमि त साच्चै व्युटीफुल (लोकपप)

२. ओम केरुङः आँखाको नुर

३. डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप)

४.साहित सिंह ठकुरीः सिंन्दुर

५. लिला राज काम्वाङः छुट्ने वेला

उत्कृष्ट लोक/आधुनिक संगीतकार

१. नरहरि प्रेमीः पिलेन उडाउने

२. राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले

३. स्माईलदासः न वोल्न सके

४. सरोज पोखरेलः चाहान्छु ५

५. द्रोण पराजुलीः सुचना र प्रविधि यो

उत्कृष्ट आधुनिक गायक

१. जगदिश समालः नजरका ति माद

२. सुरेश लामाः सिन्दुर 

३. साईराज खातीः आमा ए आमा

४. सुवास तिम्सिनाः सावनको मुल सरी

५. सौगात जंग थापाः तिमि आदत बन्यौ

उत्कृष्ट आधुनिक गायिका

१. अनु चौधरीः भुल्नै गाह्रो भो

२. मिलन नेवारः आँखाको नुर

३. समिक्षा अधिकारीः जुनेली 

४. मेलिना राईः बग्ने खोलाको पानी

५. प्रतिमा के.सीः बाँचुन्जेल

उत्कृष्ट लोक/पप गायन

१. शोभा पाण्डेः डल्ले खुर्सानी

२. अर्जुन खरेलः दुई चुल्ठी

३. तेजवती जोशीः नेपालकी छोरी

४.सुरेन्द्र महर्जनः पिरिम गोलिले

५. मुना ठटालः छुट्ने बेला

उत्कृष्ट युगल गायन

१. राजन राज शिवाकोटी/ बियोन्सीः माया गर्न जान्यो मायाले

२. साईराज खाती/मुना ठटालः छुट्ने बेला

३. रुद्र शेखर शर्मा/ बेनीषा पौडेलः के होला भोली

४. रिता केसी/ टेक विसीः तिमि त साच्चै व्युटिफुल

५. भुवन प्यासी/ मेलिना राईः ईन्गेज्मेन्ट

उत्कृष्ट दोहोरी शब्द

१. अनिल खनालः बिना स्वादै

२. किस्ना आचार्य (रोशनी): निरि मायाको

३. सरोज विरही कार्कीः ए माया

४.अनिल श्रेष्ठः माया लाउँछ

५. निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी

उत्कृष्ट दोहोरी लय

१. नरहरि प्रेमीः माया लाउँछ

२. शिव कुन्जी मगरः बनको थाकल

३. शान्त शिशिरः बेसारे माया

४. रामचन्द्र चन्दः बिना स्वादै

५. कमल विसी माल्दाईः डोरी बाटेर

उत्कृष्ट दोहोरी गायक

१. तेजश रेग्मीः पुषलाई नदिनु

२. हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी

३. बिशाल सोनीः कामी दाईको घन ठोकाई

४. सरोज विरही कार्कीः ए माया

५. कमल विसी माल्दाईः डोरी बाटेर

उत्कृष्ट दोहोरी गायिका

१. सिमा थापाः दमौलीमा गेट

२. शान्तिश्री परियारः निरि मायाको

३. अमृता लुङ्गेली मगरः ऐ माया

४. देवी घर्तीः पुषलाई नदिनु

५. तारा थापाः पिर नभाको मान्छे

उत्कृष्ट नव गीतकार

१. रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला

२. एकेन्द्र भुलः तिम्रो नै साथ होस

३. दिपेन्द्र अधिकारीः जिन्दगीहो खेल जस्तै

४. प्रजन बस्नेतः सिन्दुर पोते

५. पशुपति रिजालः धेरै टाढा छु ।

उत्कृष्ट नवगायक

१. सन्तोष कुमार तामाङः कसले बनायो पैसा

२. बुद्धि अधिकारीः जे जे माग्छौ माग

३. शिवराज विश्वकर्माः लैजाउ तिम्रो सम्झना

४. सुरज गुप्त: पिलेन उडाउने

५. हुमेश भण्डारीः बनको थाकल

उत्कृष्ट नवगायिका

१. ममता नेपालीः डिम्पल सुहाउने

२. उर्मिला नेपालीः बसन्ती रंग

३. कमला के.सीः माया लाउँछ

४. रोजिना बस्नेतः माया गर्ने जोडी

५. निरा थापा मगर: मलाई यो बैशले

६. निरुता राईः आउ आउ

उत्कृष्ट ध्वनी मिश्रण

१. अशोक महर्जनः आमा ए आमा

२. किशोर थापाः न वोल्न सके

३. शैलेस श्रेष्ठः मस हुँ न्हिला केलेहेँ

४. प्रकाश मिश्रः थाहै थिएन दिल

५. मनोज परियारः धोका पाया

उत्कृष्ट एरेन्जर

१. रिदम कडेलः अधुरो सपना–२

२. कुशल सिंह “निल”: छुट्ने वेला

३. बिशम आचार्यः न वोल्न सके

४. विश्व अधिकारीः बुझे हुन्छ कुरा

५. एचविएन किस्मतः चन्द्र कुमारी

उत्कृष्ट भिडियो निर्देशक

१. देवेन्द्र पाण्डेः जुनेली 

२. जनक सिंहः भुल्नै गाह्रो भो

३. नवराज सुवेदीः हाई दैया

४. पुजा ठकुरीः पिर्के सलामी

५. प्रकाश धितालः गन्र्दव बाहुन

उत्कृष्ट कोरियोग्राफर

१.प्रविन थापाः फ्याट्टै पोईल

२.राजीव समरः बुझे हुन्छ कुरा

३.आराध्यलक्ष्मी खड्गीः छंगु मतिना

४.रामजी लामिछानेः सुन भन्दा नुन धेरै सस्तो

५.पुनम श्रेष्ठः आउ आउ

उत्कृष्ट छायाँकार

१. नवराज उप्रेतीः बाचा भयो

२. उत्सव दाहालः आमा ए आमा

३. दिनेश पराजुलीः भर्खरै लागेको अठार

४. पवन सुस्लिङः डिम्पल सुहाउने

५. दिपक गिरीः भुल्नै गाह्रो भो

उत्कृष्ट सम्पादक

१. डिनसन शाहः मेरो कोही त छ

२. अमृत चापागाईः भुल्नै गाह्रो भो

३. विकास दाहालः माया गर्ने जोडी

४. राजेश कुमारः सुनौली कोल .

५. राकेश दाहालः भखैरै लागेको अठार

 

उत्कृष्ट आधुनिक मोडल पुरुष

१. प्रज्वल राज भट्टः खुशी तिमिलाई

२. शुसान्त ढकालः तिम्रो माया

३. सम्राट अधिकारीः छुट्ने वेला

४. एलपी शर्माः मनमा पर्यो चोट

५. कमल सिंहः चाहान्छु–५

उत्कृष्ट आधुनिक मोडल महिला

१. अम्बिका तामाङः च्वाँके बालेर

२. जुना कार्कीः झरी

३. सोफी धरेलः बग्ने खोलाको पानी

४. अश्मि थापाः यो मन

५. पवित्रा शाँखीः भुल्नै गाह्रो भो

 

उत्कृष्ट दोहोरी मोडल पुरुष

१. संजीव ठकुरीः बाँसको डोको

२. प्रभात पल ठकुरीः कन्या राशी

३. बिशाल सोनीः कामीदाईको घन ठोकाई

४. सुधिर श्रेष्ठः सानै छु भेना

५. सरद एल.जीः ओई भन्दा होई

उत्कृष्ट दोहोरी मोडल महिला

१. स्मारिका ढकालः फ्याट्टै पोईल

२. संजिता गोलेः दर्पण बनाई हेर्छु

३. अस्मिता पुरीः फुल माया

४. ललना चिमोरियाः म त तिम्रो होईन

५. नारायणी खत्रीः करिमैले पो के गर्छ साईला

उत्कृष्ट नवमोडल पुरुष

१. कुन्दन गुप्ताः हामी छुट्ने दिन

२. कैलाश कठायतः बोली झर्कै छ

३. सचिन खड्काः यो मुटुको एउटै चाहा

४. रेवेल राईः मोहनी

५. कृष गुरुङः बाख्रा करायो ।

उत्कृष्ट नवमोडल महिला

१.अनु रानामगरः कसले बनायो पैसा

२.श्रीनुरः तिमि रिसाउनु मै फकाउँला

३. सदिक्षा पाण्डेः राजाको राज्य

४. निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ

५. एलिना थपलियाः लहै लहैमा

 उत्कृष्ट नेपाल भाषा गीतकार

१. संघरत्न शाक्यः कतांमरिया रुप छंगु

२. अमृत रत्न शाक्यः मुसुहुँ न्हिला

३. राजकुमार मानन्धरः दिलमाया

४. सुरज विर बज्राचार्यः नक्कलीम्ह मयजु

५. रजन कुस्लेः फागु पुन्हि

 उत्कृष्ट नेपाल भाषा संगीतकार

१. राजकुमार मानन्धरः दिलमाया

२. गोविन्द ह्युमतः मुसुहुँ न्हिला

३. भिम प्रसाद प्रजापतिः हाकुपर्सि

४. हरि बहादुर रञ्जितः नाप च्वने मदुसां

५. सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु

 उत्कृष्ट नेपाल भाषा गायन

१. राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि

२. सुनिल चित्रकारः मुसुहुँ न्हिला

३. गंगादेवी महर्जनः कतांमरिया रुप छंगु

४. विरज महर्जनः नक्कलीम्ह मयजु

५. सत्य नारायाण मानन्धरः हाई हाई रे

 उत्कृष्ट नेपाल भाषा मोडलिङ

१. सृष्टि महर्जनः मुसुहुँ न्हिला 

२. सुदिप श्रेष्ठः कतांमरिया रुप छंगु

३. हसना महर्जनः नक्कलीम्ह मयजु

४. मनोज महर्जनः नक्कलीम्ह मयजु

५. विजयमान सिंहः छंगु मतिना

 उत्कृष्ट नेपाल भाषा निर्देशन

१. दर्शनबिर शाक्यः नाप च्वने मदुसां

२. आराध्यलक्ष्मी खड्गीः छंगु मतिना

३. रामकृष्ण खड्गीः नक्कलीम्ह मयजु

४. श्याम सुन्दर शिल्पकारः दः पिनि द्यः ब्वय्कि

५. रबि सायमीः कतांमरिया रुप छंगु

 उत्कृष्ट काँठे गीत

१. दिनेश श्रेष्ठः रातो भाले

२. उमा श्रेष्ठः उनिको पच्छेउरी

३. सुजता के.सीः आलु तामाले

४. सारदा रसाईलीः गौरी

५. सन्ध्या परियारः ढाका टोपी ढाकाकै चोली

उत्कृष्ट डेउडा गीत

१. महेश कुमार औजीः ए ईजु गैग्यो परान

२. मोहन क्षितिज औजीः जुनकिरी

३. ईब्सल सन्ज्यालः मधुवन

४. गोपाल दयालः धोका पाए

५. विष्णु धामीः टिकटिकै चलाउदी

६. भिष्म राज फुलाराः साईनो मेटाईगई

उत्कृष्ट मैथली गीत

१. डा.पूनम सिन्हाः मेघ मलहार

२. विरेन्द्र झाः मिथिला धाम

३. हरि शंकर चौधरीः अकेलै हम होरछी जव

४ माला राजबंशीः उगना उगना

५. झोटन मेहताः मिथिलाके बेटी–२

उत्कृष्ट तामाङ सेलो

१. बसन्ती लामाः सुटुक्कै यो मन

२. समिर लामाः नाचन च्याङ्वा

३. टिका बमजनः तामाले बोली फेर्दैन

४. सन्जोक योन्जनः मायामा नेल

५. टिका बम्जनः तामाको छोरो हिरो छ

उत्कृष्ट भाषाभाषी गीत

१. धिरेन लोप्चनः धिमङाला हेटौडा (तामाङ भाषा)

२. पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)

३. शिव जि एमः थारु न. १ (थारु भाषा)

४. रत्नदिप चौधरीः ए हउ साली (मैथिली भाषा)

५. धनु ज्ञाङ्मी मगरः मगर हुर्रा (मगर भाषा )

उत्कृष्ट डायस्पोरा

१. रमण रेग्मीः बिछोडको घाउ

२. कुमार मिश्रः यो दिलको पाईलट

३. निता आचार्यः चुपचाप

४. प्रतिक्षा लिम्बुः छुट्ने बेला

५. लक्षु शर्माः आमा ए आमा

उत्कृष्ट प्रत्यक्ष दोहोरी गायन

१. सानु सुर्खाली

२. शान्ति कार्की

३. अनिल सुनार

४. मालती मगर

५. सुभद्रा श्रेष्ठ

 

"२१ वर्षसम्म थुनेर राखिएकी फिलपिनो सहितको उद्धार गरेका छौ": दिपेन्द्र उप्रेती (मानव अधिकारकर्मी)

समाचार


मानव अधिकारकर्मी दिपेन्द्र उप्रेतीले आफनो अगुवाईमा २१ वर्षसम्म लेबनानमा थुनेर राखिएकी फिलपिनो महिलासहित, नेपाली र अन्य विभिन्न देशका आप्रवासी कामदारहरुको  उद्धार गरेको खुलासा गर्नुभएको छ ।  मानव अधिकारकर्मी  उप्रेती एनटिभि न्यूजमा प्रसारित कार्यक्रम सचेतनामा सरोज ओझाले उहाँसँग गर्नुभएको संवादका क्रममा सो कुरा बताउनुभएको हो ।   सचेतना श्रृंखलामा उहाँको परिचयात्मक भिडियोसहित अन्तर्वाता प्रस्तुत गरिएको छ । अन्तर्वाता दिने क्रममा उहाँले आप्रवासी श्रमिक अधिकार र उद्धार अभियानबारे विस्तृत चर्चा गर्नुभएको छ। बाल्यकालदेखी नै उतारचढाव भोग्दै कलिलो उमेरमा कमाउन भनेर विदेशिनुभएका उप्रेती मानवीय कार्यमा कसरी लाग्नुभयो ? उहाँले कस्ता अभियानहरु चलाउनुभयो ? विदेशी भूमि त्यसमाथि मध्यपूर्वमा रहेर दूतावास र कूटनीतिक च्यानलबाट असम्भव भएका उद्धारका जटिल केसहरु कसरी उहाँले हल गर्नुभयो ? उहाँमथि कस्ता कस्ता चुनौती हरु देखा परे ? र पछि उहाँले किन क्यानडा प्रस्थान गर्नुपर्‍यो ? क्यानडामा रहेर उहाँले कसरी आफ्नो मिसनलाई अगाडि बढाउनु भयो ? भन्ने लगायतका रोचक र प्रेरणादायी जीवन संघर्षका कुरा एवम् आप्रवासन अधिकारको सवालमाथि केन्द्रित रहेर उहाँसँग कुराकानी गरिएको छ । 

दिपेन्द्र उप्रेतीको  संक्षिप्त परिचय 
 
सन् १९८० मा झापाको गौरादहमा जन्मिनु भएका दिपेन्द्र उप्रेती आप्रवासी श्रमिकहरूको हक, हित र सुरक्षाका लागि संघर्षरत एक अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी हुनुहुन्छ। १८ वर्षको कलिलो उमेरमा वैदेशिक रोजगारीका लागि लेबनान जानुभएपछि उहाँले कठोर आप्रवासन नीतिका कारण अनेकौं कठिनाइ भोग्नुभयो। त्यहाँ रहँदा नेपाली तथा अन्य देशका आप्रवासी श्रमिकहरूले जबरजस्ती श्रम, मानव बेचबिखन र अन्य अमानवीय समस्याहरूको सामना गरिरहेको देख्दा उहाँको मनले उक्त शोषणलाई टुलुटुल हरेर बस्न मानेर र उहाँ स्वतस्फुर्त रुपमा मानवीय कार्यमा सक्रिय हुनु पुग्नुभयो।
सन् २००४ मा इराकमा १२ जना नेपाली कामदारको हत्या भएपछि एक आपराधिक समूहले बन्धक बनाएका अन्य २४ जना नेपाली श्रमिकहरूको उद्धारमा उहाँले महत्वपूर्ण समन्वयकारी भूमिका खेल्नुभयो। उहाँको नेतृत्व र प्रयासले ती श्रमिकहरूलाई सुरक्षितरूपमा स्वदेश फर्काउन मद्दत पुग्यो। त्यसपछि, उहाँले अवैतनिक महावाणिज्य दूतावास बेरुतको प्रतिनिधिको रूपमा काम गर्दै नेपाली श्रमिकहरूको उद्धार, कानुनी सहायता, घर फिर्ती तथा पुनर्वास प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभयो। कूटनीतिक माध्यमबाट श्रमिक उद्धार र उनीहरूको हित संरक्षणमा दिपेन्द्रले महत्वपूर्ण योगदान दिनुभयो।

लेबनानमा रहेर आप्रवासी श्रमिकहरूको पक्षमा सक्रिय रहँदा उहाँमाथि विभिन्न दबाबहरू सिर्जना हुन थाले। जटिल परिस्थितिका कारण उहाँले श्रीमती प्रिया सुवेदीसँगै क्यानडा प्रस्थान गर्नुभयो। क्यानडामा रहेर पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै, उहाँले ‘दिस इज लेबनान’ नामक संस्था स्थापना गर्नुभयो। यो संस्थामार्फत उहाँले लेबनानमा रहेका आप्रवासी श्रमिकहरूको उद्धार, स्वदेश फिर्ती तथा क्षतिपूर्ति दिलाउने कार्यमा विशेष भूमिका खेल्नुभयो। नेपालसहित फिलिपिन्स, इथियोपिया, नाइजेरिया, बङ्गलादेश, श्रीलंका, घाना, उगाण्डा जस्ता देशका घरेलु महिला श्रमिकहरूको उद्धारमा उहाँको अहम् योगदान रह्यो। यस क्रममा उहाँले कयौं वर्षसम्म परिवारसँग सम्पर्क विच्छेद भएका विभिन्न देशका नागरिकहरुको उद्धार गर्नुभएको छ । जसमा २१ वर्षसम्म बन्धक रहेकी एक फिलिपिनी महिलाको  उद्धार कार्य समेत रहेको छ । 

‘दिस इज लेबनान’ ले घरेलु कामदारहरूको दयनीय अवस्थालाई विश्वव्यापी रूपमा उजागर गर्दै आउको छ । कफाला प्रणालीअन्तर्गत बन्धक बनेका श्रमिकहरूको उद्धार तथा कानुनी लडाइँमा यो अभियान प्रभावकारी सावित बन्दै आएको पनि छ। हालसम्म उहाँको नेतृत्वमा १,००० भन्दा बढी आप्रवासी श्रमिकहरूको समस्या समाधान भइसकेको छ। उहाँको अभियानले विश्वभरका मानवअधिकारकर्मी, सरोकारवाला संस्था तथा संचारमाध्यमहरूको ध्यान खिच्न सफल भएको छ।

मानवअधिकार क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले उहाँलाई सम्मानित गरेका छन्। आप्रवासी श्रमिकहरूको जीवनरक्षा र अधिकार प्रवर्द्धनका लागि उहाँको सक्रियता र समर्पणले उहाँलाई एक सशक्त मानवअधिकार योद्धाका रूपमा स्थापित गराएको छ। दिपेन्द्र उप्रेती हाल पनि आप्रवासी श्रमिकहरूको हकहितका लागि निरन्तर संघर्षरत हुनुहुन्छ।

(कार्यक्रम हेर्नको लागि तलको लिंकमा क्लिक गर्नसक्नुहुनेछ) 

 

 

२७ विधामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको मनोनयन सार्वजनिक

समाचार


काठमाडौँ -चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को यस पटक थाइल्यान्डमा हुने भएको छ । यो अवार्ड गत वर्ष मलेशियामा आयोजना गरिएको थियो । यसैबिच आयोजक क्वालिटी फिल्मस् प्रा.लि.ले यस पटक अवार्डमा सहभागी भएका विभिन्न २७ विधाको मनोनयन सूची आज सार्वजनिक गरेको छ ।

अवार्डको लागि यस पटक पनि गीत संगीत, म्युजिक भिडियो, चलचित्र, टेली चलचित्र, मोडल, छायांकार, सम्पादक, निर्देशक, संगीत संयोजक जस्ता विभिन्न विधामा मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सूची सार्वजनिक भएसँगै यो अवार्ड थाइल्यान्डमा आयोजना गर्ने तयारी भव्य रूपमा भइरहेको अवार्डका अध्यक्ष एवम् चलचित्र तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताएका छन् ।

अवार्डमा सहभागी हुने कलाकारहरूले काठमाडौँबाट थाइल्यान्ड पुगेर अवार्ड ग्रहण गर्ने पनि गुरुङले बताएका छन् । मनोनयनमा परेका विधाहरुको लागि खल्ती एप्समा भोटिङ समेत खुला गरिएको अध्यक्ष उमेशले जानकारी गराएका छन् । मनोनयनमा परेकाहरुलाई जिताउन खल्ती एप्समा गएर भोटिङमा सम्बन्धित विधा तथा ब्यक्तिलाई धेरै भन्दा धेरै भोटिङ गर्न पनि आयोजक पक्षको अनरोध छ । मनोनयनबाट चयन भएकाहरुबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन् ।
सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो । विगत झैँ यस पटक पनि यो अवार्डलाई प्रतिस्पर्धामूलक रूपमा आयोजना गरिने भएको छ । यो अवार्ड चैत अन्तिम साता आयोजना गरिने पनि आयोजक पक्षले जनाएको छ ।

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१को मनोनयनमा चयन भएका विधाहरु

आधुनिक गीत गायक
१. धनकिरण गुरुङ्ग – मायाँको सिमाना
२. हेमन्त शिशिर – तिम्रो मायाँ बम गोला
३. ओम सुनार – मायाँले सजाउँला
४. आर्जन पाण्डे – तिमीलाई हेरि हेरि
५. डिका गुरुङ्ग – ओ माया

आधुनिक गीत गीतकार
१. कुमार मिश्र – यो दिलको पाईलट तिमी
२. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन
३. बिष्णु सुवेदी – बोली रहने मायाले
४. बिदूर राज गिरी – ब्याथा
५. पल घले – ओ माया

आधुनिक गीत संगीतकार
१. पल घले – ओ माया
२ राजेन्द्र बजगाई – बोलि रहने माया
३ बाबुल गिरि – ब्यथा

आधुनिक गीत महिला मोडल
१. रिना गुरुङ्ग – जुनेली
२. कला राई – सहारा
३. मेनुका क्षेत्री – मायाको सिमाना
४. पूर्णिमा मगर – सक्कली माया
५. स्वनिका बास्तोला – व्यथा

आधुनिक गीत मिक्सिङ
१. डिका गुरुङ – ओ माया
२. खड्क बाजुराली – दिएर हातैमा
३. मनोज परियार – सजाय काफी हुँदैन

गाउँ चिनारी गीत
१. ओ माया ९मनाङ्ग गीत०
२. भुम्लीचोक गाउँ
३. कोल्की हाम्रो गाउँ
४. हाम्रो रुवी भ्याली
५. मेरो काउली गाउँ

म्युजिक भिडियो निर्देशक
१. सुरेश पाण्डे – जवानीले पोल्यो
२. बिशाल बैरागी – पुगेन
३. तिलक शाही (चिट्टी) – जुना भुल्यौकी
४. मिलन श्रेष्ठ – नुवाकोेटे यो झिल्के
५. जोन राई – ओ माया

चलचित्र तथा टेली चलचित्र खण्ड (निर्देशक)
१. डब्बु क्षत्री – सिगरेट (नेपाली)
२. जनक गुरुङ्ग – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
३. दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र)

चलचित्र स्कृप्ट
१.दिलिप फुरुम्बो – सेमेवा (लिम्बु चलचित्र)
२. जनक गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
३. प्रितम गुरुङ – रिपा (गुरुङ्ग चलचित्र)

चलचित्र अभिनेता
१. बिरबल घले – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
२.रुद्र पाहिम – सेमेवा (लिम्बु चलचित्र)
३.आनन्द गुरुङ – रिपा (गुरुङ चलचित्र)
४. निराजन बम ठकुरी – सिगरेट (नेपाली चलचित्र)

चलचित्र अभिनेत्री
१. सिमा गुरुङ – रिपा (गुरुङ चलचित्र)
२. सन्तोषी गुरुङ – रिपा (गुरुङ चलचित्र)
३. सरिता भारती – सिगरेट (नेपाली चलचित्र)
४. आकृति गुरुङ – ह्रोसै ङ्हो (गुरुङ चलचित्र)
५. पविता थेवे लिम्बु – सेमेवा (लिम्बु चलचित्र)

चलचित्र चरित्र अभिनेता
१. तिर्थ मेदेम्बा लिम्बु – सुगुप (लिम्बु चलचित्र)
२. साजन सुब्बा – लोजिमा (लिम्बु चलचित्र)
३. तिर्थ मेदेम्वा लिम्बु – चे (लिम्बु चलचित्र)
४. किरण बुढा क्षेत्री – सिगरेट (नेपाली चलचित्र)
५. धिरज खड्का – सिगरेट (नेपाली चलचित्र)

चलचित्र/टेली चलचित्र चरित्र अभिनेत्री
१.रश्मी पाण्डे – सक्कीगोनी
२. एन्जिला नेम्वाङ्ग – सेमेवा (लिम्बु चलचित्र)
३. कविता आले – कबड्डी ४
४. भावना केसी – सिगरेट
५. झरना साउद – सिगरेट

लोक दोहोरी गीत गीतकार
१. ओम रोका मगर – मुटु फुट्ने बचन
२. ओम छिनाल – दमौलीमा झर है कान्छु
३. विवेक धिताल – सुन्दर बजार कटेसी कुन्छा

लोक दोहोरी गीत गायक
१. मौसम गुरुङ – दमौलीमा झर है कान्छु
२. दिपेन थापा – सुन होकी फलाम
३. सिद्धार्थ आले – जुगै जाने माया
४. कुशल विश्वकर्मा – मुटु फुट्ने बचन
५. सन्तोष पन्थी – जुना भुल्यौकी

लोक दोहोरी गीत गायिका
१. सम्झना भण्डारी – धुरु धुरु
२. जालुमाया गरुङ – लैजान्छु युके लन्डनमा
३. कालिका रोका – देउरालीमा फुलपाती धजा छ
४. पुजा परियार – पुरानो दौँतारी
५. रोजिना रोक मगर – आथु आथु पोल्यो

लोकदोहोरी गीत नव गायिका
१. इना बेलबासे – अभागी तक्दिर
२. बिमा सरु मगर – गण्डकीको तिर
३. बिमला सुनार – चट्टै मायालुलाई
४. मधु थापा – झिलिमिली जुनतारा

लोक दोहोरी गीत भिडियो महिला मोडल
१. शशीकला राई – नौलो चिनजानी
२. रिना गुरुङ – दमौलीमा झर है कान्छु
३. कमला बिसी – समय

लोक दोहोरी गीत म्युजिक भिडियो पुरुष मोडल
१. प्रज्वल गुरुङ – छोड्ने हौकी
२. तेज गिरी – लभ प¥या छ
३. प्रवण भुसाल – जिस्केर मस्केर
४. आनन्द गुरुङ – हङकङ सिंगापुरको
५. लोमश शर्मा – गोर्खे खुकुरी

कौडा तथा मौलिक गीत गायक
१. मनसुधन थापा – देउरालीमा फुलपाति धजा छ
२. पृथ्वी गुरुङ – फुलको बास्ना
३. तुलमान गुरुङ – दियर हातैमा फुलको थुंगा
४. मौसम गुरुङ – कान्छी…
५. शुक्र गुरुङ – सान कान्छी

संगीत संयोजन
१. सुनिल परियार – पुरानो दौतारी
२. राजेन्द्र बजगाई – यो दिलको पाइलट तिमी
३. सुरथ प्रधान – मायाको सिमाना
४. डिका गुरुङ – ओ माया

भाषाभाषी गीत म्युजिक भिडियो मोडल
१. नुमा  ब्लोन तामाङ – धोसिला जुनेरी (तामाङ्ग गीत)
२. कला राई – हासिराख ए सानु (कौडा गीत)
३. मिरा फियाक – मिम्जिरे मिक्तोक पालामा (लिम्बु गीत) 

 ४.आँचल गुरुङ– ओ माया
५. दिएर हातैमा – रिना गुरु

भाषाभाषी गीत (लिम्बु गीत) गीतकार
१. सुजन सेरेङ चोङवाङ – त्रिशाली मेला
२. सञ्च माया लिम्बु – मेन्छयायेम पालाम
३. आईत हाङ लिम्बु – आदाङ्बासे यालाख्से पेगिरो

भाषाभाषी गीत (लिम्बु गीत) गायक
१. बिवश नेम्वाङ – मिम्जिरे मिक्तोक पालाम
२. अमर योङहाङ लिम्बु – मिम्जिरे ताराङ २ पालामा
३. सञ्चमान लिम्बु – छुया माहा

भाषाभाषी (लिम्बु गीत) गायिका
१. कर्मिला शेर्मा – तुखेसो पान्हा पालाम
२. दुर्गा कुमारी लिम्बु – चौबेसमा मेन्छिन
३. पदम कुमारी फियाक – ताम्के हाक्पारे
४. गंगा लिम्बु – मांघा वासाङ
५. निरन्ता नेम्वाङ – मिम्जिरे मिक्टोक पालाम

भाषाभाषी (लिम्बु गीत) मोडल (पुरुष)
१. पूर्णबहादुर लिम्बु – मिम्जिरे मिक्तोम पालाम
२. महेन्द्र कुमार लिम्बु – मेन्छ्यायेम पालाम
३. सुरेन शिशिर केरुङ – नारागेन चैत

म्युजिक भिडियो चरित्र अभिनय
१. बिमला इवाराम – हङकङ चाईना ३
२. राजु शंकर – मायाको सिमाना
३. टसी गुरुङ – ओ माया

पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक, विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान

समाचार


काठमाडौं- पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि आवेदन दिएका गीत संगीतका विविध विधामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्डका लागि आवेदन आहृवान गरिएको थियो ।

यस संस्करणको अवार्ड यही चैत १२ (२५ मार्च)मा थाइल्याण्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभयो । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ । अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा स्रजकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराउनुभयो ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालाई प्रदान गरिएको थियो ।

पाँचौ हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच

१ आधुनिक तथा पप गायक
१) प्रमोद खरेल-लै लै
२) स्वरूपराज आचार्य-नआइदे याद
३) टेक बिसी-नजरमा नजर
४) विजय अधिकारी-हेरौ हेरौ लाग्छ
५) चेतन राई-घुम्दै जाँदा

२) आधुनिक गायिका
१) ईश्वरी बराल-नैना रेसम
२) पूजाना काफ्ले -चुपचाप
३) रोजिना वस्नेत- तिमी विना
४) सुमन मान्धर-हाम्रो माया
५) निरा थापा मगर-वैशले मार्‍यो

३ आधुनिक गीतकार
१) हरिभक्त बुढाथोकी-नजरमा नजर
२) कृष्ण केसी – लै लै
३) शान्तिप्रिय- ओए माया ओए
४) प्रकाश सुवेदी – नआइदे याद
५) नारायण भट्टराई – झुटो बोल्दैन

४ निर्देशक
१) केशव कोइराला-जुनको किरण
२) मौसम हिमाली-निरीमायाको
३) प्रकाश धिताल-मनै फरर
४) राज लुइटेल-माया गर्‍यौ
५) राजु शेर्मा-कालो प्रकाश

५) संगीतकार
१) सन्तोष श्रेष्ठ-नयाँ बाटो
२) भीम बिसी-रिती जाने पैसा
३) जीवन शर्मा-सुने मैले
४) सूर्य काश्यप -हाँसो खुसी
५) धुर्ब विश्को -माझी दाई

६) संगीत संयोजन
१) रिदम कडेल-तिम्रो याद
२) योगेश काजी-लैलै
३) शाश शाक्य -मनै फरर
४) राजु कार्की-हेरौं लाग्छ
५) कृष्ण थापा-गरिबीको मर्म

७) लोक तथा दोहोरी गायक
१) माधव भण्डारी -यस्तै रित हो
२) मिठाराम केसी-ललितपुरे दाई
३) गोविन्दमधुर आचार्य-निरी मायाको
४) मिलन सुवेदी-बुलबुले तालैमा
५) सुरेश शाही-निरमायाको

८) गायिका लोक तथा भाषा भाषी
१) शान्तिश्री परियार-निरीमायाको
२) करुणा राई-परदेशीको दुःखी जीवन
३) रिता बुढाथोकी-मुसुक्क
४) अन्जु विश्वकर्मा-तिमीलाई छोडी
५) मन्जु लावती-आम्बि (पालाम)

९) लोक तथा दोहोरी शब्द
१) शिशिर योगी-मनै फरर
२) शंकर बराइली-परदेशिको दुखी जीवन
३) कृष्ण आचार्य-निरिमायाको
४) मनोज सिह थामी-दोहोरी गाउछु
५ मिठाराम खत्री केसी- ललितपुरपुरे दाई

१०) भिडियो सम्पादक
१) लोकेश भाट-गुमेका चिज
२) राजेश कुमार- बाँच्दिन म
३) पुजन लामिछाने – दशैँ आयो
४) बिनोद बम-दिल रोएको बेला
५) ओम प्रसाई-एउटा मान्छे नरिसाए

११) नव मोडल लोक पप आधुनिक
१) कृष्ण बम-साइला दाई
२) मुकेश गुरुङ-तिमी बिना
३) नारायण विश्वकर्मा-आफ्नै स्वार्थ
४) साजन नेपाल-सातै सुर
५) संजीव मगर -लेभल मिलेन

१२) लोक पप आधुनिक मोडल महिला
१) स्मारिका ढकाल-मनै फरर
२) एलिना थपलिया-यो मनको कुनामा
३) अलिसा शर्मा-झुम्के फुली
४ सिला गजुरेल-चुपचाप
५) निरा थापा मगर – आमा तिम्रो

१३) पुरुष मोडल
१) बिराज बास्कोटा-कालो प्रकास
२) रमेश सोडारी- मेरो हजुर
३) सुरेस कोली-नैना रेसम
४) कृष गुरुङ- जालमा नपारी
५) स्रमाट अधिकारी- टुनामुना

१४) नव गायक/गायिका
१) वसन्त गजुरेल-कपाल मिलाउदै
२ आरके विवश-बिदेशी संकार
३) पवित्रा सिलवाल-विदेशी सकार
४) संगीता पंगेनी-मनको मझेरी
५) दिया दुलाल-गरिवको मर्म

नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण रसुवामा

समाचार


काठमाडौं- नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको हो । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समाबेश गरिने जनाइएको छ । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका फिल्म सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका फिल्महरू स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरू समेत गरिनेछ । पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताउनुभयो । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।

गोसाईकुण्ड गाउँ पालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गते देखि ६ गते सम्म हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिशेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ ।

रुद्र र समिक्षाको ‘के छ ओइ सान्नानी’ सार्वजनिक

समाचार


काठमाडौँ– गायक रुद्र शेखर शर्मा र गायिका समीक्षा अधिकारीको जुगलन्दीमा गीतकार शशी शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण उक्त गीतमा गीतमा मजगैयाँले आफैले सङ्गीत भरेका छन् । 

गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन विशाल निरौलाले गरेका छन् । समीक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् ।

गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल  रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरू गीत तथा गजलहरू पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए । 

क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायाङ्कन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधीर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।

गजलकार मजगैयाँका यस अघि केही गीत गजलका एल्बम तथा किताबहरू प्रकाशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरू चर्चामा रहे ।
 

‘ईनास राष्ट्रिय सम्मान २०२५’ मेरिल्याण्डमा आयोजना हुने

समाचार


अमेरिका– कला र कलाकारको सारथी ईनास अमेरिकाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका बिभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान पुर्याउनु हुने समुदायका विशिष्ट व्यक्तित्वहरूलाई बिशेष सम्मान गर्दै, नेपाल नेपालीका बिभिन्न भाषा, संस्कृति र विविधता झल्किने बिभिन्न सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित ईनास राष्ट्रीय सम्मान २०२५ साथै बिबिध सांस्कृतिक कार्यक्रम यहि जूलाई महिनाको २१ तारिख शनिवारको दिन मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टी अवस्थित रमादा विन्डहम RAMADA BY WYNDHAM ( 1700 Van Bibber Rd Edgewood, MD मा गर्ने भएको छ ।

जुन २१, शनिवार २०२५ मा इनास अमेरिकाले मेरिल्याण्डमा हुने कार्यक्रम अमेरिकामा रही बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुराउनु हुने ब्यक्तित्वहरुलाई बिशेष सम्मान र नव प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप इनास राष्ट्रिय सम्मान २०२५ कार्यक्रम हुन लागेको कुरा इनास अमेरिकाका अध्यक्ष राहुल के.सी ले बताए ।

कार्यक्रममा अमेरिका लगायत बिश्वभरी छरिएर रहेका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका विशिष्ठ कलाकारहरु, खेलाडीहरुको साथमा बिभिन्न निकाय र संघसस्थाहरुको प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहने बताईएको छ ।

इनासले बिश्वभर रहेका इनासका शाखाहरु मार्फत, बिशेषगरी बिदेशमा जन्मिएका र हुर्कदै गरेका नयाँ पुस्ताहरुलाई नेपाली भाषा, संस्कृति र परम्परा सिकाउदै नेपाली चाडपर्व जस्तै दशै, तिहार, तीज, होली, नयाबर्ष लगायतमा बहु( सांस्कृतिक कार्यक्रम, बिबिध भाषा साहित्य र खेलकूद सम्बन्धी कार्यक्रमहरु, बिदेशमा नेपाली चलचित्रहरुको प्रबर्धन तथा चलचित्र महोत्सव, अवार्ड ,श्रष्टा सम्मान ,र बाल प्रतिभा जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्णा गर्दै यसको सम्वर्धन र प्रवर्धनमा यस क्षेत्रमा समर्पित श्रष्टा सर्जकहरुलाई एकताबद्ध गर्दै आइरहेको छ ।

२६ आगष्ट सन २०१२ मा युरोपको पोल्याण्डबाट शुरु भएको ईनास बिश्वब्यापी रुपमा विस्तार हुँदै अमेरिकामा २०१४ मा भर्जिनियाबाट बिधिवत रुपमा दर्ता भैइ इनास अमेरिका राष्ट्रिय समिति अन्तर्गत हाल मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायत अमेरिकाको बिभिन्न राज्य समितिहरुमा बिस्तारित भैइ नेपाली भाषा, कला, संस्कृति र बिबिध क्षेत्रहरुको प्रबर्दन र सम्बर्द्धमा एक गैरनाफामूलक संस्थाको रुपमा आफुलाई स्थापित गराईसकेको छ ।

“अग्रजलाई सम्मान र नवप्रतिभा बालबालिकाहरुलाई प्रोत्साहन” गर्ने उद्देश्यले मिती जुन २१ २०२५ मा, मेरिल्याण्डको हार्फोर्ड काउन्टीमा हुन गैरहेक इनास राष्ट्रिय सम्मान तथा बिबिध सांस्कृतिक कार्यक्रम ‘ईनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ संस्थाका पूर्वअध्यक्ष कन्हैयासिंह परियारको कार्यकालमा सन २०२२ बाट सुरु गरिएको थियो, जुन प्रत्येक दुईवर्षमा हुने विशेष सम्मान कार्यक्रमको दोस्रो संस्करण र निरन्तरता हो।

कार्यक्रमलाई भब्य र सफल बनाउन ईनास अमेरिकाले आयोजना गर्न लागेको यस कार्यक्रमको स्थानिय ब्यबस्थापन को जिम्मेवारी ईनास मेरिल्याण्डले लिएको छ जसमा अन्य राज्य समितिहरुको पनि साथ र सहभागिता रहने छ । साथै नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा कृयाशिल अन्य बिभिन्न संघसंस्थाहरुको पनि सहकार्य र बिशेष सहभागिता रहने छ । 

कार्यक्रमलाई भव्य बनाउन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी इनास मेरिल्याण्डले लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका लागि पर्यटन प्रवर्द्धक राजु पराजुलीले ‘इनास राष्ट्रिय सम्मान २०२५’ मा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेका अनुसार अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवर्द्धनका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ। समारोहमा नेपालबाट विशेष अतिथि कलाकारहरूलाई समेत निमन्त्रणा गरिएको उनले जनाए।

नेपाली भाषा, कला, साहित्य र संस्कृति र पर्यटन प्रवर्धनको महत्वपुर्ण सन्देश बोकेर बिदेशी भूमीमा नेपाल र नेपालीको पहिचान स्थापित गराउन गरिएको यस कार्यक्रमलाई सबैले आफ्नो सम्झि भब्य र सफल बनाउन हातेमालो गरिदिनुहुन सबैलाई अनुरोध गरिएको छ सो दिन अन्य कुनै पनि नेपाली सघसंस्थाहरुले आफ्नो कार्यक्रम नराखि वा नजुधाई सहयोग गरिदिन “इनास अमेरिका” ले सवैलाई सार्वजनिक रुपमा अपिल गरिएको छ ।

काठमाडौंमा आजदेखि आठौं संस्करणको निफ महोत्सव

समाचार


काठमाडौं-आज (बिहीबार)देखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुन गइरहेको छ । सोमबारसम्म काठमाडौंमा हुने आठौं संस्करणको निफमा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । आज दिउँसो डेढ बजे क्युएफएक्स सिभिल मलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको प्रमुख आतिथ्यमा उद्घाटन हुने महोत्सवको पहिलो दिन मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन हुनेछ । अन्तिम दिन अर्थात् चैत ११ गते सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट समापन हुनेछ ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।’ प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएको वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि हुने उल्लेख छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।

एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०/५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सहभागी हुन ५० बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरू नेपाल आएकोे आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्वारा जारी विज्ञप्तिमार्फत् जनाइएको छ ।

यसपटक निफको निर्णायक मण्डलमा छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरीमा निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक सम्पादक रीता दत्ता, निर्देशक लिउ जियान र कलाकार जमल शाहलगायत रहनुभएको छ ।

महोत्सवमा कुनै एउटा देशको चलचित्रलाई विशेष प्रदर्शन गर्ने योजनाअनुसार यस वर्ष महोत्सवको तेस्रो दिन शनिबार ‘रसियन फिल्म डे’ को पनि आयोजना गरिने नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

महोत्सवअन्तर्गत नै शनिबार आयोजना हुने उक्त फिल्म डेमा रसियाका तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा तीनवटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डका लागि चैत ७ गतेदेखि ११ गते दिनको ४ बजेसम्म खल्ती एपबाट भोटिङ गर्न सकिने व्यवस्था गरिएको आयोजकले एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

हिमवत्खण्ड सम्मेलनमा भाषा, संस्कृतिको उत्थान र संरक्षणमाथि गहन बहस

समाचार


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डमा रहेका मानिसहरूको जेनेटिक मेमोरीको अध्ययन, अनुसन्धान हुनुपर्ने बताउनुभयो । हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन २०८१ को समापन समारोहमा प्रधानमन्त्री ओलीले पुर्खाहरूको ज्ञान विशद् रहेको उल्लेख गर्दै ती विद्वान पुर्खाको जीन र जिनेटिक मेमोरी अहिलेका मानिसमा भएकोले तिनको अध्ययन हुनुपर्ने बताउनुभएको हो ।

‘मलाई पुनर्जन्ममा विश्वास छैन तर एउटा बीजबाट अर्काे रुख पैदा हुने खालको पुनर्जन्ममा मलाई विश्वास छ’, उहाँले भन्नुभयोे, ‘एउटा ठुलो वृक्षको बीज सानो हुन्छ । त्यसबाट ठूलो वृक्ष पैदा हुन्छ । हाम्रो संस्कृति, ज्ञानको बीज सानो थियो, सानैबाट अहिले विशाल शाखा प्रशाखा, सुन्दर फुलहरू फुलेका छन् । असाधारण योगदान हाम्रा पूर्वजले गर्नुभएको हो । हाम्रा पुर्खाले एउटा लहरा समातेर माथि जाने गरी तयार पारेको ज्ञान हामीमा पनि छ । त्यस्ता अनेकन ज्ञान, विज्ञान हाम्रो जेनेटिक मेमोरीमा छ । त्यसलाई बाहिर ल्याउन खोज अनुसन्धान हुनुपर्छ ।’

अन्य देशका मानिसले आफ्नो परम्परागत ज्ञानको खोज, अनुसन्धान गरी पेटेन्ट राइट बनाउन थालेको उल्लेख गर्दै नेपालले पनि यो काम गर्न ढिला भइसकेको उहाँले सुनाउनुभयो । विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता गर्दै जाने राष्ट्रिय आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै नेपाली भाषालाई समृद्ध बनाउन आगन्तुक भाषाका शब्दलाई पनि सुहाउँदो किसिमले आफ्नो भाषा समृद्ध हुने गरी अँगाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘शब्दहरू पनि बुहारी जस्तै हो । हाम्रो बनेर आएपछि आगन्तुक भाषाका शब्दलाई ससम्मान स्वीकार्नु पर्छ । त्यसलाई हामीले बहिष्कार गर्न सक्दैनौँ । सजिलो गरी बुझ्ने खालले आफ्नोपन झल्किने गरी अँगाल्नु पर्छ ।’

बरिष्ठ कवि, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपालभित्र होस् या नेपालबाहिर रहेका नेपालीलाई एकसूत्रमा बाँधेको नेपाली भाषाले नै रहेको बताउनुभयो । घरमा मातृभाषामा बोले पनि सम्पर्क भाषाको रुपमा नेपाली भाषाको प्रयोग गरिरहेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार हाम्रा लोकगाथा, लोकज्ञानको खोजी गर्न यस किसिमको सम्मेलनको आवश्यक थियो । बैरागी काइँलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘साहित्यमैत्री’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयोे, ‘यस्तो साहित्य लेख्ने प्रधानमन्त्री हामी कलाकार, साहित्यकारहरूले पाएका छौँ, यो हाम्रो भाग्यको कुरा हो ।’

काशी हिन्दु विश्वविद्यालय वाराणसी, भारतका भारतीय भाषा विभागका अध्यक्ष तथा आचार्य प्रा.डा. दिवाकर प्रधानले काशी र नेपालको पुरानो सम्बन्ध रहेको बताउनुभयो । उहाँका अनुसार विश्वका विभिन्न स्थानमा बसोबास गर्ने मानिसलाई नेपाली भाषा र संस्कृतिले बाँधेको हुन्छ, त्यस्तै काशी विश्वविद्यालयले भाषा शुद्धिकरण गर्ने र नेपाली भाषाको मौलिकता विकसित हुन दिनका लागि काम गरिरहेको समेत उहाँले बताउनुभयो । ‘हामीले यतिविघ्न शब्द भुलिसकेछौँ, आफ्नो भुलेर अर्काको ल्याउने गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यसलाई जोगाउन सबै नेपालीहरू सँगसँगै जाऊँ, वैमन्स्यता नगरौँ ।’

मदन भण्डारी कला-साहित्य प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले हिमवत्खण्ड कला साहित्य संस्कृति मञ्च गठन गरेको सुनाउनुभयो । जसमा नेपाल लगायत भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्याण्डका पनि प्रतिनिधि समेटिने उहाँले बताउनुभयो । सम्मिलनलाई राजनीतिक पार्टीको काम भनेर लान्छना लगाइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामी सबै विचारमा संलग्नहरूको साझा बुँदा लोकसंस्कृतिमा हामीले छलफल गर्‍यौ । एउटा कुवा बनायौँ । यसबाट सिँचाइ गर्ने प्रयत्न गर्नेछौँ ।’

सांस्कृतिक अतिक्रमणको चपेटामा परिरहेको संस्कृतिलाई जगेर्ना गर्न यो सम्मिलनले महत्वपूर्ण योगदान दिएको नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा सार्वजनिक सेवा प्रशारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा कविता वाचनसमेत गर्नुभएको थियो । ओलीले कार्यक्रममा बस्दै गर्दा लेखेकोे कविता सुनाउनुभएको हो । हिमवत्खण्डको महिमाको वर्णन गर्दै उहाँले ‘अञ्जुलीभित्र सजाएर राखेको नेपाल’ कविता वाचन गर्नुभएको थियो । हिमवत्खण्ड अगाडि बढ्ने बाटो खोजिरहेको भाव उहाँले कवितामा उतार्नुभएको थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कविता चाहिँ लेखेको होइन, यसभित्र कविता चाहिँ छ । अलि खोज्नुपर्छ ।’

कार्यक्रममा कवि साहित्यकार श्रवण मुकारुङले ‘मेखबहादुरको खुकुरीले मान्छे काट्दैन’, मोमिला जोशीले ‘मात्र एउटा हाँगा काटे पनि…….’, भारतस्थित असमका रुमी लस्कर बोराले ‘तिम्रा लागि’, बेलायतका रक्ष राईले डायस्पोरिक कविता ‘छोरोलाई चिठ्ठी’, बिना थिङले ‘आगोको ठेगाना’, दार्जिलिङका विजय वान्तवा कैलाशी ‘बा’, रत्नावली शर्माले छन्द कविता, बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले ‘ओ अटककुमार’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघि चन्द्रागिरीमा लेखेको कविता दिनेश डिसीले कार्यक्रममा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक केशव सुवेदीले ‘काठमाडौँ घोषणापत्र’ प्रस्तुत गर्नुभयो । उहाँले हिमवत्खण्डको ज्ञान, विज्ञान र परम्परालाई विस्तार गर्दै लैजाने, सहअस्तित्व कायम गर्ने, हिंसा रोक्न आह्वान गर्ने, मानवीय मूल्य प्रवद्र्धन अभियान जारी राख्ने, हिमवत्खण्डमा रहेको दर्शन, साहित्य, चिन्तन, संस्कृतिको उत्खनन्, जगेर्ना गर्ने, वनविनास, भूक्षय, बाढीलगायत प्रकोप रोकथाम गर्न प्रयास गर्ने, नेपाली भाषाको मौलिकतालाई कायम राखी मानकीकरण गर्न प्रयास गर्ने लगायत १७ बुँदा घोषणा गर्नुभएको थियो ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रधानमन्त्रीले मुख्य प्रायोजकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । समापनअघि ‘संस्कृति र समृद्धि’ विषयमा परिसंसाद कार्यक्रम भएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर अनिता लामा, संस्कृतिविद् मल्ल के सुन्दर र नेपाल पर्यटन बोर्डका प्रवन्धक सूर्य थपलियाले समृद्धिका लागि संस्कृतिको भूमिका बारे विचार व्यक्त गर्नुभएको थियो । परिसंवादको सहजीकरण बिना थिङले गर्नुभएको थियो ।

यसैगरी ‘सञ्चारमाध्यममा भाषा’ विषयक परिसंवाद कार्यक्रम समेत भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञपरिषद् सदस्य प्रा.डा. हेमनाथ पौडेल, सार्वजनिक सेवा प्रसारण नेपालका बोर्ड अफ डाइरेक्टर्स फूलमान वल, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखड भण्डारी र सहप्राध्यापक डा. गीता त्रिपाठीले बहस गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण मोहराज शर्माले गर्नुभएको थियो ।

चैत १ गते राष्ट्रिय सभा गृहमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समुद्घाटन भएको कार्यक्रमको पहिलो दिनको दोस्रो सत्रमा नेपालका लोकसंस्कृति, दोस्रो दिन बिहान नेपालबाहिर नेपाली लोकसंस्कृति र साँझ सांस्कृतिक उत्सव भएका थिए भने तेस्रो दिन बिहान नेपालबाहिरका नेपाली लोकसंस्कृति अर्को सत्रमा हिमवत्खण्डको महिमा र संस्कृति विषयमा गोष्ठी गभएको थियो । तीन दिनसमम चलेको सम्मिलनमा भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, चीनको तिब्बत, हङकङ र बेलायतका स्रष्टा-अन्वेषकहरूको सहभागिता थियो ।