generalnews
||Power News Asia||

आजको समाचार

“सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिदै

समाचार


काठमाडौं, वैशाख १९ , सामाजिक सञ्जालको जिम्मेवार र आत्मअनुशासित प्रयोगबारे सचेतना फैलाउने उद्देश्यले अप्टिमिष्टिक क्लब अफ डेरी ईन्टरप्रेनरर्सले विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

“सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा केन्द्रित कार्यक्रम आगामी २०८२ साल वैशाख २३ गते, मङ्गलबार नेपाल डेरी एसोसिएसनको सभा हल, शंखमूल, ललितपुरमा हुने क्लबका सचिव सरोज ओझाले जानकारी दिनुभयो।

“आजको पुस्ताले सामाजिक सञ्जाल प्रयोग गर्दा आत्मअनुशासन र विवेक आवश्यक छ,” उहाँले भन्नुभयो, “यस विषयमा गहिरो बहस र विचार आदानप्रदान जरुरी भएकाले कार्यक्रम आयोजना गर्न लागिएको हो।”

क्लबका अध्यक्ष प्रल्हाद दाहालले सामाजिक सञ्जालले मानिसको सोच, व्यवहार र समाजमा गहिरो प्रभाव पारेकाले संवाद, जागरण र आत्मअनुशासन आवश्यक भएको बताउनुभयो। “डिजिटल युगसँगै अवसर र चुनौती दुवै छन्,” उहाँले भन्नुभयो, “हाम्रो क्लबले समाजप्रति जिम्मेवार भूमिका निर्वाह गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारेको हो।”

सचिव ओझाले सामाजिक सञ्जालले जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने भए पनि अनियन्त्रित प्रयोगले मानसिक, सामाजिक र नैतिक चुनौती खडा गर्ने उल्लेख गर्दै, “यस्ता चुनौतीहरूसँग जुझ्न सचेत प्रयोगको संस्कार विकास गर्न हामीले यो कार्यक्रम ल्याएका हौं,” भन्नुभयो।

कार्यक्रममा अप्टिमिष्टिक इन्टरनेशनल नेपाल डिस्टृकका पदाधिकारीहरु, विभिन्न क्षेत्रका युवा, सञ्चारकर्मी, उद्यमी, शिक्षाविद तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्देश्य सामाजिक सञ्जालप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने र अनुशासित प्रयोगको व्यवहारिक संस्कार विकास गर्नु रहेको क्लबका अध्यक्ष  दाहालले बताउनुभयो।

सेफ्स एसोसिएसन अफ नेपालले विविध कार्यक्रम गर्दै ३०औं वार्षिकोत्सव मनाउने

समाचार


काठमाडौं, बैशाख २० – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आज पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ३०औं वार्षिकोत्सवको विविध कार्यक्रमबारे जानकारी गराएको छ।

रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहने जानकारी दिनुभयो। साथै, कार्यक्रममा नेपाली परम्परागत खानाका विविध स्वादसमेत प्रस्तुत गरिनेछ।

उहाँका अनुसार वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ।

“सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ। हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं,” अध्यक्ष तामाङले बताउनुभयो।

साथै, पाककलालाई नेपालको सांस्कृतिक कूटनीतिमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र पर्यटन तथा अर्थतन्त्रमा योगदान दिने लक्ष्य लिएको समेत अध्यक्ष तामाङले बताउनुभयो।

उहाँले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।

संस्थापक अध्यक्ष पुष्प थापाले तत्कालीन समयमा पाँचवटै विकास क्षेत्रका खानालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित संस्था स्थापना गरिएको बताउनुभयो। नेपाली खाना नेपालका पाँचतारे होटलहरूको मेनुमा समावेश हुनुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिएको उहाँले स्मरण गर्नुभयो।

कार्यक्रममा पूर्व अध्यक्षहरू सेफ रत्न बहादुर थापा, गोविन्द नरसिंह केसी र जित लामा पाख्रिनले प्रत्येक वर्षजस्तै यस वर्ष पनि वार्षिकोत्सव विशेष र सफल हुने विश्वास व्यक्त गर्नुभयो।

निवर्तमान अध्यक्ष श्याम कुमार तामाङले सम्पूर्ण सेफहरूलाई वार्षिकोत्सवमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

महासचिव पदम बहादुर आले मगरले संस्थाको उद्देश्य, भावी योजना र वार्षिकोत्सवसम्बन्धी कार्यक्रमबारे जानकारी दिँदै सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली खानालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउने दीर्घकालीन योजना अघि सारेको बताउनुभयो।

एसोसिएसनले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आह्वानसमेत गरेको छ।

‘हाम्रो पेशा, हाम्रो सान’ भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो।

बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

समाचार


काठमाडौं  – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो।

वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ। कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहनेछ भने नेपाली परम्परागत खानाको विविध स्वादसमेत प्रस्तुत गरिनेछ।

संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ। यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र देशको पर्यटन तथा अर्थतन्त्र सुदृढ पार्न योगदान पुर्याउने लक्ष्य समेत राखिएको छ।

सेफ्स एसोसिएसन अफ नेपालले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आव्हान​ स​मेत​ गरेको छ।

संस्थाका अध्यक्ष रेशम कुमार  लामा तामाङले  जानकारी दिदै भनेका छन्, "सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ। हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं।"

उनले आगामी दिनमा सेफ्स एसोसिएसन अफ नेपाललाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वाससमेत व्यक्त गरे।

'हाम्रो पेशा, हाम्रो सान' भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो।

फावन, पिम नेपाल, लायन्स र तारकेश्वर क्लबसँग ईसान अस्पतालको विशेष सहकार्य सम्झौता

समाचार


टोखा, काठमाडौं – सन् ०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पतालको रूपमा सेवा आरम्भ गरेको ईसान बाल तथा महिला अस्पताल अब टोखा नगरपालिका–५ मा अवस्थित नयाँ, आधुनिक र वातावरणमैत्री भवनमा सरेको छ। यो अस्पतालले २४ घन्टा बालरोग, नवजात शिशु, बाल सर्जरी, महिला तथा प्रसूति, हाडजोर्नी जस्ता सेवाहरू अनुभवी विशेषज्ञ तथा रजिष्ट्रारमार्फत उपलब्ध गराउँदै आएको छ। साथै, नवजात तथा बाल सघन उपचार इकाइ (NICU, PICU), एम्बुलेन्स, प्याथोलोजी, एक्सरे, अल्ट्रासाउन्ड, फार्मेसी, र क्यान्टिन सेवा पनि अस्पतालमा समावेश गरिएको छ।

ईसान अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्यसाथ विभिन्न जटिल बाल शल्यक्रियाहरू गर्दै आएको छ। अस्पतालका अनुसार युके, भारत, बंगलादेशजस्ता देशहरूबाट समेत बच्चाहरूको उपचारका लागि यहाँ आउने गरेका छन्, जसमा धेरैजसो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्। निकट भविष्यमै थप सेवाहरू विस्तार गरिने योजना पनि अस्पतालले सार्वजनिक गरेको छ।

कार्यक्रममा हाँस्य कलाकार गोपाल ढकाल (छन्दे), कलाकार श्रीदेब भट्टराई, पिम नेपाल का महासचिब कमला जोशी , फावनका सह कोषाध्यक्ष तथा कलाकार प्नवण भूसाल, पिम नेपालका अध्यक्ष, फावनका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेल, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका बरिष्ठ उपाध्यक्ष ऋषि राज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, लायन सीता प्रसाई ,मृदुला शर्मा, अप्सरा आचार्य,राम बहादुर श्रेष्ठ, विकास राज कुँवर , सतिस राज कँवर, लेखक पत्रकार नन्द लाल खरे, शोभा ढकाल लगायत लायनसेवीहरु, पत्रकार, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन अस्पतालका प्रमुख अपरेटिङ अफिसर धनधोज मल्ल ठकुरीले गरेका थिए।

ईसान बाल तथा महिला अस्पतालले नेपाली चलचित्र तथा गीत संगीतकको माध्यमबाट सामाजिक सेवामा सक्रिय रहदै आएका संस्थाहरु, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) र समाज सेवामासक्रिय रहेको तारकेश्वर क्लव ६० तथा लायन्स क्लव ३२५ आई काठमाडौ संग आफ्नो सेवामा विशेष छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ । यो संगै अब यी संस्थाले सिफारिस गरिएका व्यक्तिहरुलाई विशेष छुट प्राप्त हुने छ।

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन 

समाचार


काठमाण्डौ - “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र देश बिकासको लागि सडक यातायात“भन्ने मुल नाराका साथ नेपाली काँग्रेसका शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । संघको दोश्रो महाअधिवेशनबाट पुनः संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको अध्यक्षतामा सर्वसम्मत ६१ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । मिति २०८२ साल बैशाख १० र ११ गते काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको उक्त राष्ट्रिय महाधिवेशनको नेपाली काँग्रेसका कार्यबाहक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि पूर्ण बहादुर खड्काले एक समारोहका विच उद्घाटन गर्नुभएको हो । संघका संस्थापक अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघले यातायात व्यवसायीहरुलाई संगठित गरी सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित, समयानुकूल यातायात सेवा संचालन, लगानीकर्ताको लगानी सुरक्षित, श्रमिकहरुको रोजीरोटीको संरक्षण गर्ने गराउने र सुरक्षित यात्रा सेवा पुर्याउने आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । 
कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सार्वजनिक यातायात सेवाले आम नागरिकले पाउने सेवामा ठूलो योगदान रहेको बताउनुभयो । 
उक्त उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ, त्यसै गरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थ मन्त्री डाः प्रकाश शरण महत, केन्द्रिय सदस्य तथा पुर्व मन्त्री अर्जुन नर्सिङ के।सी , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस अन्तर्गत यातायात बिभाग प्रमुख शिब प्रशाद हुमागाई , केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभापति तथा पुर्व गृहराज्य मन्त्री इन्द्र बानियाँ ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सुदुरपस्चिम सभापति वीर बहादुर बलायर ,केन्द्रिय सदस्य तथा पुर्व मन्त्री सीता गुरुङ लगायतका विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा नेपाल सरकारले आफ्नो कमी कमजोरी सच्याएर जानुपर्ने बताउँदै वर्तमान सरकारसँग मिलेर संविधान शंशोधन छिटो अघि बढाउने पहल भइरहेको र संविधानमा भएका सुविधालाई घटाउने होइन बढाउने र अझ प्रभावकारी संविधान ल्याउने विशेष अतिथि धनराज गुरूङल बताउनुभयो ।
गुणस्तरीय बाटोको निर्माण सरकारले गर्नुपर्छ भने गुणस्तरीय यातायात संचालनको जिम्मा यातायात व्यवसायीले लिनुपर्ने विशेष अतिथि प्रकाश शरण महतले जिकिर गर्नुभयो । विशेष अतिथि अर्जुन नरसिंह के।सीले अहिले देश हड्तालको देश भएको भन्दै सरकार गम्भीर हुनपर्ने बताउनुभयो । शुभकामना व्यक्त गर्दै अतिथि अजय कुमार राईले यातायातको क्षेत्रमा अध्ययन, अनुसन्धान र तथ्याङ्कमा कमजोर भएकोले यस विषयमा पनि काम गर्नुपर्ने बताउनुभयो । विशेष अतिथि मन्त्री रामनाथ अधिकारी, सीता गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 
नेपाली काँग्रेसका यातायात विभागका प्रमुख शिव हुमागाई शुभकामना व्यक्त गर्दै सार्वजनिक यातायातलाई व्यवस्थित, मर्यादित, संरक्षण र सम्वद्र्धन कसरी गर्ने भन्ने नै संघको उद्देश्य र लक्ष्य हुनुपर्ने बताउनुभयो । 
त्यस्तै नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिब डेगनाथ गौतम , नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ , अन्तरास्ट्रिय ट्रेड युनियन महासंघमा नेपालको तर्फबाट प्रतिनिधित्व सदस्य अजय कुमार राई, नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारी लगायतले पनि यातायात क्षेत्रमा ल्याउनुपर्ने सुधारका बारेमा बोल्दै महाअधिवेसनको सफलताको शुभकामना दिनुभएको थियो । 
महाअधिवेशनको दोश्रो दिन बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसँगै वरिष्ठ उपाध्यक्षमा अर्जुन रानाभाट दोहोरिनु भएको छ भने र विजय बहादुर स्वाँर थप भएको छ । त्यस्तै महासचिवमा केदारनाथ पौडेल, कोषाध्यक्षमा राजेन्द्र विक्रम बाँनियाँ दोहोरिनु भएको छ । ६१ सदस्यीय अर्थात् सामान्य अवस्थामा भन्दा संख्याका रुपमा ठूलो कार्यसमिति बनेको छ । यस कार्यसमिलिे यातायात व्यवसायीको हकहित र यस क्षेत्रमा सुधारोन्मुख र स्तरीय कार्य गर्ने चुनौती भने बढेको छ ।

काठमाडौँ जेसीजको वार्षिक पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार


२०८२ वैशाख ११ गते, काठमाडौँ । काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो। सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझा र काठमाडौँ जेसीजकी उपाध्यक्ष दिया थापाले संयुक्त रूपमा नयाँ पात्रो विमोचन गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष श्याम कुमार घिमिरेले पात्रो केवल मिति र तिथिको सूचक मात्र नभई संस्था, योजना, संकल्प र सामाजिक क्रियाशीलताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो। उहाँले यो पात्रो सबैको साझा यात्राको प्रेरक दस्तावेज बन्ने अपेक्षा रहेको पनि बताउनुभयो।

काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडाले जेसीजले युवा नेतृत्व विकासमा गर्दै आएको योगदान उल्लेखनीय रहेको बताउँदै पात्रो विमोचन केवल कागजी दस्तावेज नभई संगठनको उद्देश्य, संकल्प र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको धारणा व्यक्त गर्नुभयो।

समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्वप्रति सचेत संगठनले प्रत्येक गतिविधिलाई उद्देश्यपूर्ण बनाउने बताउँदै, सो कार्यक्रमले समाजमा आशा, सहकार्य र समर्पणको सन्देश दिएको उल्लेख गर्नुभयो।

काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशीले संगठनको निरन्तरता र स्थायित्वको प्रतीकको रूपमा पात्रो विमोचन कार्यक्रमको महत्व रहेको बताउनुभयो।

त्यसैगरी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझाले कला, साहित्य र सञ्चारजस्तै पात्रो पनि समाजको समय यात्रा भएको उल्लेख गर्दै यसले वर्षभरिका गतिविधिहरूलाई प्रेरणा र प्रतिबद्धताको ढोका खोलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमकी सभापति तथा काठमाडौँ जेसीजकी उपाध्यक्ष दुर्गा थापाले धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रतिवद्धता र समर्पण भावले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा एनसी एग्रि टेकका सञ्चालक दिपक प्रसाद न्यौपाने, ग्रीन भ्याली रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठ, न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्ट, रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देल, डेरी एशोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, काठमाडौँ जेसीजका पदाधिकारी,  इमाडोल जेसिसकी अध्यक्ष सिर्जना श्रेष्ठ, खाँडादेवी जेसिसकी अध्यक्ष सरिता श्रेष्ठ, विभिन्न नगरका प्रतिनिधिहरू लगायत विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

काठमाडौँ जेसीजका महासचिव नवराज भण्डारीले कार्यक्रममा उदघोषकको भूमिका निर्वाह गर्नु भएको थियो । 

सौन्दर्यविद चन्दा पुनले ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सञ्चालन

समाचार


काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो  िकार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन( हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौं
गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन्। यस सौन्दर्य केन्द्रमा विभिन्न सौन्दर्य सेवासँगै, ब्यूटी सम्बन्धी पेशागत तालिम समेत प्रदान गरिन्छ।

चन्दा पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएका छन्। सिटीभिटी मान्यता प्राप्त क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ बाट उनले हजारौँको सङ्ख्यामा विद्यार्थीहरूलाई व्यवसायिक प्रशिक्षण दिई स्वावलम्बी बन्न प्रेरित गरेकी छन्।उनको अनुभव, सीप र समर्पणले ‘क्युटी केयर’लाई सौन्दर्य तथा तालिम केन्द्रको विश्वसनीय नामका रूपमा स्थापित गर्न सफल भएको छ। ग्राहकहरूको विश्वास, विद्यार्थीहरूको उत्साह, र सौन्दर्य सेवा तथा सीप विकासमा उनको योगदान प्रशंसनीय छ।

नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णय

समाचार


ओस्लो, नर्वे – नेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन श्री जितेन्द्र बिक्रम शाहीको सभापतित्वमा नेपाली काङ्ग्रेसको केन्द्रीय प्रतिनिधि पुर्ब  नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य श्री बालकृष्ण पाण्डेको  प्रमुख अतिथि कार्यक्रममा निर्वाचन अधिकृत श्री नवीन थपलिया लाई नेपाली काङ्ग्रेसले जिम्मेवारी दिएको थियो। कार्यक्रमको संचालन श्री पारस  मणि मिश्राले गर्नु भएको थियो। प्रमुख अतिथि पाण्डेयले विश्वभरी छरिएका नेपालीहरुको सीप पुंजि क्षमता उनिहरुको नेटवर्क लाई सदुपयोग गरि समृद्ध नेपाल, उद्योगधन्दा  खोली हामी बिश्वभरिका नेपाली आपसमा मेलमिलाप गरि नेपाललाई समृद्धि बनाउँदै रोजगारी सृजना गर्ने विश्वभरिका नेपालीहरुले आफ्नो आफ्नो देश बाट धेरै भन्दा धेरै पर्यटनलाई नेपाल ल्याउन पहल गर्ने जस्ता कार्य गर्ने अनुरोध गर्नु भयो।  उहाँले नर्वेमा सम्पन्न अधिवेशनलाई अनुशासित, व्यवस्थित र शान्तिपूर्ण भएकोमा प्रशंसा गर्दै, प्रवासी नेपालीहरूको प्रतिनिधित्व सशक्त रूपमा हुँदै गएको उल्लेख गर्नुभयो  र नयाँ निर्बचित कार्यसमिति लाई बधाई दिनु भएको थियो।

Organization nr: 924419172 नेपाली जनसम्पर्क समिती, नर्वे विशिष्ट अतिथि तथा निर्वाचन अधिकृतको रूपमा सहभागी हुनुभएका स्विडेन समितिका सभापति श्री नविन थपलियाले निष्पक्ष, समावेशी र पारदर्शी निर्वाचन प्रक्रियाको सफलतामा सबैलाई बधाई दिनुभयो।  कार्यक्रम अत्यन्तै सफल, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ।  ५ औ अधिबेशन सफल, शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले पारस मणि मिश्रलाई नयाँ अध्यक्ष पदमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्ष पदमा श्री मिश्रले २८३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी श्री सालिग्राम अर्यालले १८६ मत प्राप्त गर्नुभयो। कुल ४४४ भौतिक र ३५ अनलाइन मत खसेकोमा १० मत बदर भएका थिए।  त्यस्तै, उपाध्यक्ष पदमा श्री गणेश थापा (२६५ मत), श्री चक्र बिक्रम शाही (२६२ मत), श्री रमेश आघिमिरे (२२७ मत), र श्री गिरीराज अधिकारी (२२० मत) निर्वाचित हुनुभएको छ। अन्य प्रतिस्पर्धीहरूमा श्री इन्द्र कुमार थापा (२१०), श्री सुनिल ढुंगाना (१९५), र श्री रोशन अधिकारी (१७०) मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्षतर्फ ११ मत बदर भएका थिए।  निर्विरोध निर्वाचित पदाधिकारीहरू  वरिष्ठ उपाध्यक्ष: पूर्ण बहादुर शाही  महामन्त्री: सुरेश कुमार यादव, रमेश सुवेदी  सह-महामन्त्री: नरेश बास्कोटा, विनोद श्रेष्ठ, कृष्ण बहादुर खत्री  कोषाध्यक्ष: निर्मला परियार  सदस्यहरू: नवराज श्रेष्ठ, रमेश तिम्सिना, सुनिल बास्तोला, राघव चन्द्र अधिकारी, विष्णु पौडेल, नविन सापकोटा, घनश्याम तिवारी  प्रवक्ता: जगन्नाथ पाण्डे  बन्द सत्रका निर्णयहरू  बन्द सत्रमा विधानको संशोधनमा छलफल हुनुका साथै नर्वेमा नेपाली बासीहरूको बढ्दो उपस्थिति र आवश्यकतालाई सम्बोधन गर्दै नर्वेमा नेपाली राजदूतावास स्थापनाको पहल गर्न जनसम्पर्क समितिले नेतृत्व लिनुपर्ने सुझाव पारित गरिएको छ। 

साथै, १५औं केन्द्रीय महाधिवेशनका लागि महासमिति सदस्य र प्रतिनिधिहरूको चयन गरिएको छ:  महासमिति सदस्य: पारस मणि मिश्र, जितेन्द्र बिक्रम शाही, कविन्द्र ढकाल  महाधिवेशन प्रतिनिधि: सुरेश कुमार यादव, जीवन बहादुर शाही, सुरेन्द्र के.सी., आविष्कार बास्तोला  निर्वाचनको पहिलो अनुभव  यो अधिवेशन विशेष थियो किनभने धेरै सहभागी मतदाताहरूका लागि यो लोकतान्त्रिक निर्वाचनमा पहिलो सहभागिता थियो। निर्वाचित हुने अधिकार, मताधिकार प्रयोग, र लोकतान्त्रिक अभ्यासमा प्रत्यक्ष सहभागिताबाट उनीहरूले नयाँ अनुभव प्राप्त गरेका थिए।   प्रमुख तथा विशिष्ट अतिथिको विश्लेषणात्मक सम्बोधन  अधिवेशनको प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेले ‘नमूना’ अधिवेशनको रूपमा प्रस्तुत गरे। 

प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तथा जनसम्पर्क समिति भारतका सभापति श्री बालकृष्ण पाण्डेले नर्वेमा सम्पन्न अधिवेशनलाई अत्यन्तै भव्य, सभ्य र व्यवस्थित भएको बताउँदै विश्वभरि रहेका जनसम्पर्क समितिहरूको लागि  “विश्वभरकै जनसम्पर्क समितिहरूमाझ नमूना अधिवेशन”को रूपमा प्रशंसा गर्दै, नर्वेमा प्रवासी नेपालीहरूबीच रहेको मेलमिलाप, भाईचारा, र पारिवारिक सम्बन्ध अन्य मुलुकहरूभन्दा फरक र अनुकरणीय रहेको बताउनुभयो। 

उहाँले नर्वेमा नेपाली जनसम्पर्क समितिले गरेका सकारात्मक कार्यहरू र संस्थागत सुदृढीकरणप्रति सराहना गर्दै लोकतान्त्रिक अभ्यास र सहभागिताको दृष्टिले यो अधिवेशनले उच्च मापदण्ड स्थापित गरेको उल्लेख गर्नुभयो।  उहाँले नर्वेमा नेपालीहरूको बढ्दो बसोबास र आवश्यकतालाई दृष्टिगत गर्दै यहाँ नेपाली राजदूतावासको स्थापना अपरिहार्य भएको उल्लेख गर्नुभयो। साथै, उक्त विषयमा केन्द्रसँग समन्वय गरी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। 

त्यस्तै, विशिष्ट अतिथिका रूपमा सहभागी श्री नविन थपलिया, जो जनसम्पर्क समिति स्विडेनका सभापति तथा अधिवेशनका निर्वाचन अधिकृत पनि हुनुहुन्थ्यो, उहाँले निर्वाचन प्रक्रियाको पारदर्शिता, सहभागिता र निष्पक्षतापूर्ण व्यवस्थापनप्रति गहिरो प्रशंसा प्रकट गर्नुभयो।  उहाँले नर्वेमा जनसम्पर्क समितिको संगठनात्मक एकता, समावेशिता र कार्यशैलीले सम्पूर्ण प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्ने अद्वितीय उदाहरण प्रस्तुत गरेको विचार राख्नुभयो।  सभापतिको समापन सम्बोधन  खुला सत्रको अन्त्यमा सभापति श्री जितेन्द्र बिक्रम शाहीले आफ्नो कार्यकालको समीक्षा गर्दै, आफूले गरेका जनसम्पर्क क्रियाकलाप, नेतृत्वमा भएका उपलब्धिहरू, र संस्थामा पुर्‍याएको योगदानबारे उल्लेख गर्नुभयो।

गाउँमै चलचित्रको उत्सव: ‘आफ्नै भाषा, आफ्नै चलचित्र’ नारासहित रसुवामा २२ फिल्म प्रदर्शन

समाचार


धुन्चे – लोकप्रिय अभिनेता जीतु नेपालले फिल्म ‘ज्वाईसाब’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । रसुवा जिल्लाको धुन्चेमा शनिवार सम्पन्न चौथो नेपाल ग्रामिण चलचित्र महोत्सवमा अभिनेता नेपालले उक्त अवार्ड जितेका हुन् । समारोहमा अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

गोसाईकुण्ड गाउँपालिका, रसुवामा गत वैशाख ४ गते बिहीवारदेखि प्रारम्भ भएर वैशाख ६ गते शनिवार सम्पन्न भएको महोत्सवमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट बेष्ट एक्टर ९जुरी० अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’ का रामहरी खड्का, बेष्ट कल्चर फिल्म आप्लेगा नाम्सा’ तथा इन्करेजमेन्ट अवार्ड रोनिस खड्काले फिल्म ‘प्याकुली’ बाट पाए ।

समारोहमा बेष्ट सर्ट फिल्म ‘म कमरेड’ बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’ बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म ‘अञ्जिला’ बाट प्रेम श्रेष्ठले अवार्ड जिते । फेस्टिभलमा बेष्ट एडिटर भरत रेग्मी फिल्म ‘पुजार सार्की’, बेष्ट सिनेमाटोग्राफर शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अञ्जिला’, जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाईँ साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’ बाट मनोज श्रेष्ठले जिते ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको महोत्सवमा सर्ट तथा फिचर गरि कुल २२ फिल्म प्रदर्शन गरिएको थियो । दर्जनौँ चलचित्रकर्मी तथा पत्रकारको समेत सहभागिता रहेको महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित ‘अन्जिला’ फिल्म प्रदर्शन गर्दै महोत्सव प्रारम्भ भएको थियो । पहिलो दिन वैशाख ४ गते ‘अञ्जिला’ सँगै ‘पूजार सार्की’ तथा ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले गाउँ–गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरणम्’ फिल्मका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको महोत्सव हरेक वर्ष निरन्तर रुपमा अलग–अलग स्थानमा आयोजना गरिने महोत्सवका अध्यक्ष सापकोटाले बताएका छन् ।

शास्त्रीय भावनामा कृष्ण भट्टराई: गुरुदेव कामतको कालजयी सिर्जनालाई नयाँ स्वरमा सम्मान

समाचार


काठमाडौं — नेपाली शास्त्रीय संगीतका स्तम्भ स्वर्गीय गुरुदेव कामतको कालजयी रचना ‘ओठको मधुरस’ गायक कृष्ण भट्टराईले पुनः प्रस्तुत गरेका छन्। यो गीतमा शंकर अधिकारी घायलको शब्द रचना र गुरुदेव कामतको संगीत रहेको छ। भर्खरै सार्वजनिक गरिएको यो गीतले नेपाली संगीतप्रेमीहरूलाई पुरानो स्मृतिमा डुबाएको छ।​

गायक कृष्ण भट्टराईले गुरुदेव कामतको संगीतलाई सम्मान गर्दै यस गीतलाई नयाँ स्वरूपमा प्रस्तुत गरेका छन्। भिडियोमा कृष्ण भट्टराईको भावनात्मक गायनले गीतलाई अझ प्रभावशाली बनाएको छ।​ गीतको भिडियोमा कृष्ण भट्टराईको गायनसँगै शंकर अधिकारी घायलको शब्दले गीतलाई गहिरो अर्थ प्रदान गरेको छ। भिडियो निर्देशन र सम्पादनमा पनि उत्कृष्टता देखिएको छ।​ यो गीत कृष्ण भट्टराईको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।