generalnews
||Power News Asia||

आजको समाचार

अपि हिमाल गाउँपालिकामा ९० जना बालबालिकालाई स्कुल ब्याग र लत्ता कपडा वितरण

समाचार


दार्चुला । ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ सञ्चालन गरिएको सामाजिक अभियान अन्तर्गत दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा बालबालिकाका लागि स्कुल ब्याग, स्टेसनरी सामग्री र लत्ता कपडा वितरण गरिएको छ। यस अभियानमार्फत झण्डै ९० जना बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। उनीहरुलाई अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहोरा र ओपन खबर मिडिया प्रालि का अध्यक्ष मोहनकृष्ण अधिकारीले उक्त सामाग्रीहरु वितरण गरेका थिए ।

ओपन खबर मिडिया प्रा लिले नेतृत्व गरेको उक्त सामाजिक अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रम सफल बनाउनमा साल्ट टे««डिङ कर्पोरेशन लिमिटेड, एभरेष्ट आइ बयर, भुवनेश्वरी इम्पेक्स, समाजसेवी अजय थापा (तारकेश्वर–१, काठमाडौं), विष्णु भण्डारी (नागार्जुन–४, काठमाडौं), हरिसरण सापकोटा र निर्मला तिमिल्सिना (बेलकोटगढी नगरपालिका, नुवाकोट), र अशोक तामाङ (काभ्रेपलाञ्चोक) लगायतका व्यक्तित्व र संस्थाहरूको विशेष भूमिका रहेको थियो। बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने र जीवनस्तरमा सहजता ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी आयोजकले दिएका छन्।

सहयोगदाताहरूको निरन्तर साथ र सद्भावले सामाजिक उत्तरदायित्व वहन गर्न थप प्रेरणा मिलेको आयोजकहरूको भनाइ छ। अपि हिमालजस्तो विकट क्षेत्रमा बालबालिकाले शैक्षिक सामग्री र लत्ता कपडाबाट राहत पाएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

अनु चौधरीको ‘बाबुजी‘’ सार्वजनिक

समाचार


काठमाण्डौ - अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।

विशाल कैनीको कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । डान्सिङ प्याट्रनको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो पस्केका छौँ, प्रतिक्रियाका साथै साथ सपोर्टको अपेक्षा गर्दछौ’, मोडल आराध्यालक्ष्मीले भनिन्।

आराध्यालक्ष्मीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । कोरियोग्राफरमा पनि कुशल आराध्यालक्ष्मी हालै ‘आमा आज पनि रुन्छिन’मा अनुबन्धित भएकी छिन् । आराध्यालक्ष्मीले निर्देशन र कोरियोग्राफमा वर्ल्ड बुकअफ रेकर्ड आफनु नाम समेत राख्न सफल भएकी छन् । उनले गीतलाई उडिरहेको प्लेनमा तथा र प्यारागलाइडिङ समेत विमोचन गरेर विश्व कीर्तिमान कायम गरेकी छन् ।

 

२७ विधामा पाँचौ नेपाल म्युजिक एन्ड फेशन अवार्ड प्रदान

समाचार


काठमाडौँ - पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा एक समारोहबिच फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न स्रस्टाहरुलाई सम्मानित गरियो । समारोहमा कार्यक्रममा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । स्वास्थ्य समस्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।

समारोहमा संगीतकार दीपक शर्मा दशकको संगीत सम्मानबाट सम्मानित भए । पत्रकार कुबेर डंगोललाई नगदसहित चलचित्र फोटो पत्रकार सम्मान प्रदान गरिएको सो समारोहमा चलचित्रकर्मी सम्मानबाट चलचित्र निर्माता रौनक विक्रम कँडेल, फोटो पत्रकार अफ द इयर सम्मानबाट बद्री थापा, गायन सम्मानबाट गायक डेविड शंकर, नृत्य सम्मानबाट निर्देशक प्रदीप कुमार रसाइली, युवा उद्यमी सम्मानबाट नवराज पाण्डे र कपुर साउद कार्यक्रममा सम्मानित भए ।  

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अग्रज कलाकार किरण केसीलगायतले यी स्रस्टालाई समारोहमा सम्मान प्रदान गरेका थिए ।
स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्धारा आयोजित फेशन एवम् मोडलिङ तर्फ विभिन्न आठ विधामा अवार्ड प्रदान गरियो । जसमा फेसन र मोडलिङ तर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बरालले, फेसन डिजाइनको जुरी अवार्ड काजल क्रियसनबाट काजल शर्माले, वर्षको फेसन मोडल अवार्ड दिक्पाल कार्कीले, वर्षको फेशन कोरीयोग्राफर अवार्ड अश्विनी कान्त झाले, वर्षको फेसन मेकअप आर्टिष्ट अवार्ड टेक राज पाण्डेले प्राप्त गरे । यस्तै समारोहमा वर्षको बेस्ट पेजेन्ट डिरेक्टर अवार्ड निशु कान्त झाले वर्षको इभेन्ट म्यानेजरको अवार्ड सम्राट प्रसाद शाहले, वर्षको डान्स कोरीयोग्राफर (पेजेन्ट)को अवार्ड सन्दीप भुजेलले, प्राप्त गरे ।

सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न पाँचौ नेपाल म्युजिक एन्ड फेसन अवार्ड समारोहमा संगीत तर्फ १९ विधामा अवार्ड प्रदान गरियो । जसमा आधुनिक तर्फ उत्कृष्ट गायकको अवार्ड मायाले सजाउँलाबाट ओम सुनारले, गायिकाको अवार्ड यो दिलकोबाट स्वाती भट्टले, गीतकारको अवार्ड मलाई तिमीबाट हंस राज जोशीले जिते । यस्तै आधुनिक विधाकै म्युजिक भिडियो पुरुष मोडलको अवार्ड तप तप पानीबाट दिलीप ओखेडाले, महिला मोडलको अवार्ड हे गोरीबाट मल्लिका राजोपाध्यायले, महिला जुरी अवार्ड हाँसेर माग गीतबाट शिला गजुरेलले र म्युजिक भिडियो मेकअप अवार्ड नगर दोमनबाट मनीषा श्रेष्ठ (कमला) पाईन् भने कोरियोग्राफी (स्टेज प्रस्तुति)को अवार्ड माया भन्दा ठुलोबाट केशव कोइरालाले हाँसिल गरे ।

लोक गीत गायिकाको अवार्ड हरि भजन लोक गीतबाट शान्ति कुमारी शाहीले र लोक गीत गायन जुरी अवार्ड ओए सोल्टिनीबाट आयुमी तामाङले जिते । यस्तै लोक दोहोरी विधामा लोक दोहोरी गीत रचनाको अवार्ड छोड सताउन गीतबाट डब्बु क्षेत्रीले चुमे । यसै गरी लोक दोहोरी गायकको अवार्ड बालेनको सहरबाट चन्द्र शर्माले, लोक दोहोरी गायिका अवार्ड माया पिरतीबाट नम्रता खरेलले जिते भने लोकदोहोरीमै म्युजिक भिडियो पुरुष मोडलको अवार्ड पानको पातबाट पल शाहले, महिला मोडलको अवार्ड यो दुनियाँबाट जुना कार्कीले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड एक नम्बरी सुनबाट रबिता मगरले हासिल गरे ।

चलचित्र तर्फ गीतकारको अवार्ड चलचित्र न मेटिएको घाउको बाहिरी पीडाबाट विकास विष्टले, चलचित्र संगीतकारको अवार्ड एक्टर वान टेक चलचित्रको के भरोसा गरमबाट हर्कुलस बस्नेतले हासिल गरे ।

भाषाभाषी तर्फ नेपाल भाषामा गायनको अवार्ड छँगु मतिनाया आशयबाट राजकुमार मानन्धरले र नेपाल भाषा उत्कृष्ट गीत रचनाको अवाड नक्कलिम्ह मय्जु गीतबाट सुरजबीर बज्राचार्यले प्राप्त गरे ।
सञ्चारकर्मी विष्णु प्रसाद सुवेदीले सञ्चालन गरेको सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुब प्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशब राज भट्ट थिए । समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पाठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए ।
 

जोखिमपूर्ण क्षेत्रमा काम गर्न बाध्य बालबालिकाले आफ्नो पीडा पोख्दै राज्यको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई लेखे पत्र

समाचार


काठमाडौं, जेठ १६ ।   बाल श्रम विरुद्धको विश्व दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित विशेष परामर्शात्मक भेलामा सहभागी भएका बालबालिकाहरूले आफूले बाल श्रममा संलग्न हुँदा भोगेका हृदयविदारक अनुभवहरू सार्वजनिक गरेका छन्। घरेलु काम, गलैँचा उद्योग, होटल(रेस्टुराँ, यातायात, डान्सबार तथा मनोरञ्जन क्षेत्रजस्ता जोखिमयुक्त क्षेत्रमा काम गर्न बाध्य बालबालिकाहरूले आफ्नो पीडा व्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराएका हुन्। 

कार्यक्रममा सहभागी बालबालिकाहरूले बिहान २ बजे उठेर काम गर्नु परेको, दिनभर श्रम गरे पनि पारिश्रमिक नपाएको, हिंसा सहनु परेको, विद्यालय जानबाट बञ्चित हुनुपरेको, भोकै सुत्नुपरेकोजस्ता गम्भीर अवस्थाहरू सघन रूपमा उजागर गरे। बाल श्रम न्यूनीकरणका लागि आवाज बुलन्द पार्ने उद्देश्यले आयोजित “बाल श्रमिक बाल भेला” मा उनीहरूले प्रधानमन्त्रीसमक्ष बुझाउने गरी एक आकाशे सहमति पत्रसमेत तयार गरेका छन्। उक्त पत्रमा आफ्ना पीडा र अनुभव मात्र नभई, समस्याको दीर्घकालीन समाधानका व्यवहारिक उपायहरू पनि समेटिएका छन्।
बाल श्रमिक बालबालिकाद्वारा प्रस्तुत गरिएका प्रमुख मागहरूमा सबै बालबालिकालाई निशुल्क तथा अनिवार्य शिक्षाको ग्यारेन्टी, बालमैत्री वातावरणको निर्माण, बाल श्रमको जडमा रहेको पारिवारिक आर्थिक अवस्था सुदृढीकरणका लागि रोजगारी र सहुलियतपूर्ण कार्यक्रमहरूको उपलब्धता, कार्यस्थलमा हुने हिंसा, दुव्र्यवहार र शोषणविरुद्ध कडा कानुनी कारबाही तथा बाल श्रमिकको सुरक्षाका लागि विशेष निगरानी संयन्त्रको निर्माण, साथै श्रमबाट मुक्त भएका बालबालिकालाई पुनः शिक्षामा फर्काउने, परामर्श सेवा तथा मानसिक स्वास्थ्य सेवाहरूको सुनिश्चितता समावेश छन्। 

 

कार्यक्रममा सामाजिक अभियन्ता, सरोकारवाला निकायहरूका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले बाल श्रम अन्त्यका लागि दीर्घकालीन, व्यावहारिक तथा प्रभावकारी नीति निर्माण, सशक्त कार्यान्वयन र अन्तरसंस्थागत सहकार्यको आवश्यकता औँल्याए। नेपालले बाल श्रम निवारणसम्बन्धी स्पष्ट कानुन बनाएको र अन्तर्राष्ट्रिय सन्धिहरूमा समेत प्रतिबद्धता जनाइसकेको भए पनि तिनको प्रभावकारी कार्यान्वयनमा अझै चुनौतीहरू रहेको विभिन्न वक्ताहरूले औंल्याए। बालबालिकाहरूले आश्वासन मात्रै होइन, राज्यबाट तत्काल प्रभावकारी र ठोस कदम चाल्न माग गरेका छन्। 

 

सिविसका बाल सल्लाहकार समितिका सदस्य कृष्ण शाहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सिविसका एडभोकेसी एडभाइजर युवराज घिमिरे र मनोपरामर्शदाता मनिता धरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा बालबालिका र मिडियाबीचको सम्बन्ध विषयमा गोविन्द खड्काले प्रस्तुतिकरण दिनुभएको थियो। कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्ना समस्या र चासोलाई समेटेर तयार पारेको पत्र प्रधानमन्त्री समक्ष बुझाउन आग्रह गरेका छन् भन्ने जानकारी कार्यक्रम संयोजक उमङ मैनालीले दिनुभयो। उक्त कार्यक्रम बालबालिकाको क्षेत्रमा सक्रिय ३० भन्दा बढी संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो। 

 

विगतमा राज्य र गैरसरकारी प्रयासका कारण केही हदसम्म बालश्रम घटेको देखिए पनि हाल नेपालमा अझै ११ लाखभन्दा बढी बालबालिका श्रममा संलग्न रहेको तथ्यांकले देखाउँछ। संविधानले समतामूलक र बालश्रममुक्त समाजको परिकल्पना गरे तापनि, अझै पनि बालश्रमसम्बन्धी नयाँ ऐन निर्माणमा राज्य उदासीन देखिएको आयोजकहरूको भनाइ छ। 

 

वर्तमानमा ‘बालश्रम न्यूनीकरण तथा नियमित र निषेधित बालश्रम नियन्त्रण ऐन, २०५६’ लागू भए पनि यो पुरानो ऐनलाई हटाएर सान्दर्भिक र प्रभावकारी नयाँ कानुन नबनाइनु दुःखद भएको भन्दै उनीहरूले आलोचना गरेका छन्। साथै, स्थानीयदेखि संघीय तहसम्मको बजेट र योजना निर्माणमा बालश्रम विरुद्धका कार्यक्रमहरूलाई प्राथमिकतामा नराखिएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। 

 

नागरिक समाजका विभिन्न संघसंस्थाहरूले आगामी जुन १ देखि जुन १२ सम्म विविध कार्यक्रमहरू आयोजना गरी ‘बालश्रम विरुद्धको विश्व दिवस’ मनाउने तयारी समेत गरेका छन्। सिविस नेपालको संयोजन समन्वयमा नागरिक समाजका सम्बन्धित प्रतिनिधिहरूको भेलाले कार्यक्रम तय गरेको थियोे। बाल अधिकारको संरक्षण, सबै बालबालिकाको लागि गुणस्तरीय शिक्षा पहुँचको सुनिश्चितता, र बालश्रमको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्यले देशभर विभिन्न गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ। 

उक्त कार्यक्रमअन्तर्गत बालमैत्री पोस्टर प्रदर्शनी, सचेतनामूलक ¥याली, बाल अधिकारकर्मीहरूको वक्तृत्वकला, तथा अन्तरक्रियात्मक छलफलहरू आयोजना गरिनेछन्। सहभागीहरूले सरकार, समुदाय, अभिभावक तथा निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिँदै बालश्रम न्यूनीकरणको सन्देश प्रवाह गर्ने तयारी गरेका छन्।
बालश्रमले बालबालिकाको शैक्षिक, सामाजिक तथा मानसिक विकासमा गम्भीर असर पार्ने हुँदा यस विषयमा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता रहेको आयोजकहरूले बताएका छन्। सिविसका एड्भोकेसि सल्लाहकार एवम  बाल अधिकारकर्मी युवराज घिमिरेका अनुसार यस वर्षको दिवसको नारा "Let's speed up efforts to end chlid labour everywhere"लाई आत्मसात् गर्दै बालबालिकाहरूको प्रत्यक्ष सहभागितामा कार्यक्रमहरू सञ्चालन गरिनेछ । 

काठमाडौं जिल्लास्तरीय दुईदिने स्क्र्याबल कार्यशाला सम्पन्न

समाचार


काठमाडौं जिल्लास्तरीय दुईदिने स्क्र्याबल कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशाला २०८२ जेठ १५ र १६ गते पिक प्वाइन्ट पब्लिक स्कूल, काठमाडौंमा  गरिएको थियो। स्क्र्याबल खेलमा बालबालिकाको भाषा क्षमता, शब्दज्ञान, र आलोचनात्मक सोच विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यशालाको समन्वय पिक प्वाइन्ट पब्लिक स्कूलका प्रशिक्षक तथा स्क्र्याबल संयोजक केशवप्रसाद पराजुलीले गर्नुभएको थियो।

कार्यशालामा भक्तपुर जिल्ला संयोजक प्रेम निरौला र ललितपुर जिल्ला संयोजक चिरञ्जीवी नेपालले प्रशिक्षकको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा काठमाडौं जिल्लाका आठ विद्यालयबाट प्रतिनिधित्व भएको थियो। सहभागी विद्यालयहरूमा पिक प्वाइन्ट एकेडेमी, हार्मोनी किड्स स्कूल, पिक प्वाइन्ट पब्लिक स्कूल, ब्रेन ल्याण्ड एकेडेमी, एडभान्स्ड स्कूल, अरुणी स्कूल, ब्राइट फ्युचर स्कूल र विनायक स्कूल रहेका थिए।

कार्यक्रमले स्क्र्याबल खेलप्रति विद्यार्थीहरूको रुचि बढाउनुका साथै उनीहरूको भाषा विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको ब्रेन​ल्याण्ड​ एकेडेमीका भाईस​ प्रिन्सिप​ल​ प्र​शान्त​ दाहाल​ले ब​ताउनुभ​यो ।  यस्ता कार्यशालाहरूले विद्यार्थीहरूमा सिर्जनात्मकता र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुर्‍याउने ज​नाईएको छ​ ।

उपत्यकास्तरीय कविता प्रतियोगितामा जोसेफ पब्लिक स्कूलकी भावना बरालले प्रथम, सेन्ट जर्ज स्कुलका आर्यन शाही द्वितीय

समाचार


काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा राष्ट्रिय दुग्ध विकास बोर्डसहित विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा “दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मूल नाराका साथ आयोजित उपत्यकास्तरीय कविता प्रतियोगितामा इन्टरनेशनल जोसेफ पब्लिक स्कूलले प्रथम स्थान हासिल गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–९ स्थित ब्रेन ल्याण्ड एकेडेमी स्कूलको सभा हलमा सम्पन्न कार्यक्रममा ३१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जोसेफ पब्लिक स्कूलकी भावना बरालले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तै सेन्ट जर्ज स्कुलका आर्यन शाही द्वितीय, युरेका हाई स्कुलकी जेसिका थापा तृतीय र दिव्यज्ञान उच्च माध्यमिक विद्यालयकी सभ्यता कार्की तथा पिक पाइन्ट एकेडेमीकी प्रान्शु रावत सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताको मूल्यांकन समितिमा कवि सरोज ओझा र साहित्यकार राधिका कल्पित रहेका थिए। विजेता विद्यार्थीहरूलाई नगद, प्रमाणपत्र, मेडल, शिल्ड तथा दुग्धजन्य वस्तुहरू प्रदान गरिएको थियो भने विजेता विद्यालयलाई प्रमाणपत्रबाट पुरस्कृत ष्रिएको थियो ।

कार्यक्रममा उपत्यकाका १८ सामुदायिक तथा संस्थागत विद्यालयबाट ३२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। उनीहरूले दुध तथा दुग्धजन्य पदार्थको सामाजिक, आर्थिक र पोषणसम्बन्धी महत्वका पक्षहरूकवितामार्फत प्रस्तुत गरेका थिउ। धेरै कविताहरूमा कृषि प्रधान देश नेपालमा पशुपालनको महत्व, कृषिमा बढ्दो परनिर्भरताको व्यङ्ग्यात्मक चित्रण, र दुग्ध उत्पादनलाई मानव सभ्यताको अभिन्न अंगको रूपमा उजागर गरिएको थियो।

 

कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सभाका सांसद जयराम थापाको प्रमुख आतिथ्य रहेको थियो । विशेष अतिथिका रूपमा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका सदस्य डा. दिपेन्द्र श्रेष्ठ, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र प्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, नेपाल पाउरोटी संघका अध्यक्ष कमल अधिकारी, र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले स्वागत मन्तव्य दिँदै सहभागी अतिथिहरूलाई स्वागत गरे। सो अवसरमा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसन विगत १२ वर्षदेखि दुग्धजन्य पदार्थको व्यवसायिक प्रवर्द्धनमा सक्रिय रहेको र मोही लगायतका मौलिक उत्पादनहरूलाई अगाडि बढाउन क्रियाशील रहेको बताए। कार्यक्रमका प्रमुख अतिथि जयराम थापाले दुधलाई पूर्ण पोषणयुक्त आहारको रूपमा वर्णन गर्दै दुग्ध उद्योगले देशको अर्थतन्त्रमा योगदान पुर्‍याएको उल्लेख गरे ।

प्रदेश सरकारले कृषिसम्बन्धी योजनाहरूमा साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा डा. दिपेन्द्र श्रेष्ठले विद्यालयस्तरमै सचेतना फैलाउन सकिएमा नीति निर्माणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे भने डा. राजेन्द्र यादवले कविता मार्फत बालबालिकाले दिएको सन्देश भावी पुस्तालाई सशक्त मार्गदर्शन बन्ने बताए । कार्यक्रमको उद्घाटन सत्रमा साना बालबालिकालाई अतिथिहरूद्वारा दूध पान गराएर उद्घाटन गरिएको थियो । कार्यक्रममा उपस्थित सबैलाई दुग्धजन्य पदार्थ वितरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रमिला खतिवडाले गरेकी थिइन् । कार्यक्रम एसोसिएसनले सातै प्रदेश र २५ जिल्लामा विश्व दुग्ध दिवस मनाउने सन्देश दिइसकेको र जेठ १६ गते तारकेश्वर–७ स्थित रोजमेरी आइडल स्कूलमा करिब १,००० विद्यार्थीलाई निःशुल्क दूध वितरण गरिने जानकारी पनि संयोजक सञ्जेलले दिए ।

कार्यक्रममा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ कपन, सौर्य सोसाइटी फर च्यान्ज, युनिप इन्टरनेशनल, स्याट (निजी विद्यालय संगठन), नवप्रभात डेरी, सिडिक्यान, डिआइए, पशुसेवा विभाग, बागमती दुग्ध विकास बोर्डलगायत विभिन्न निकायहरूको सहकार्य रहेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिपप्रसाद धमलाले जानकारी गराए।

साँगे सभ्यतालाई समेटेर तयार पारिएको ‘साँगे दर्पण’ लोकार्पण, अग्रजहरु साँगे गौरव सम्मानबाट विभूषित

समाचार


काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ । जेठ १० गते, शनिवार काठमाडौं सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त एवं पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझा, अभियानका कार्यसमिति सदस्यहरु ई. ठाकुर प्रसाद पण्डित, हरिराज वाग्ले, बालवती शर्मा बाला, चन्द्रा न्यौपाने, गंगाधर भट्टराई र पदेन सदस्य एवं अष्टे«लिया क्षेत्रका संयोजक डा राम पण्डितले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

सो अवसरमा साँगे क्षेत्र थाँतथलो रही राष्टिय रुपमा चर्चा कमाउन सफल तथा साँगे क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्व नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त एवं पूर्व  कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, कानुन संकायका डिन डा. ऋषिकेश वाग्ले, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, नेपाल सरकारका पूर्व सहसचिव ई. माधवप्रसाद ओझा, वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धी पण्डित, रेडियो नेपालका पूर्व नायब कार्यकारी निर्देशक ई. श्रीभद्र वाग्ले, अग्रज एवं कृषक केदारनाथ वाग्ले, उद्योगपति एवम समाजसेवी पशुपति न्यौपाने, सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवं साहित्यिक व्यक्तित्व माधवप्रसाद भारद्धाज, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने, चलचित्र पत्रकार एवं समिक्षक यज्ञस पण्डित, सामाजिक एवं राजनीतिक व्यक्तित्व भूवनेश्वरी पण्डित अधिकारी, अग्रज महिला सरस्वती न्यौपाने, पूर्व उपसचिव दामोदर भण्डारीलाई  साँगे गौरव सम्मान र दाता मध्ये गोविन्दराज वाग्लेलाई साँगे दर्पण उकृष्ट दाता सम्मान र बलबिक्रम शाहीलाई साँगे दर्पण दाता सम्मानबाट विभुषित गरियो । उहाँहरुलाई साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्ले र साँगे दर्पण पुस्तकका सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले माला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

समारोहमा बोल्दै पूर्व सचिव पुरुषोत्तम ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषताहरू दस्तावेजीकरण गर्नु समय सान्दर्भिक कार्य भएको उल्लेख गर्नुहुँदै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले साँगे क्षेत्रको समग्र विकासलाई अभिलेखमा उतार्न सफल यो पुस्तक नीति निर्माण र योजना विकासको सन्दर्भमा पनि उपयोगी बन्न सक्ने धारणा राख्नुभयो । 

तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् र यसले भावी पुस्ताका लागि समेत मार्गदर्शन दिलाउन सकोस् भन्ने उदेश्य राखी खोजमूलक सन्दर्भ सामाग्रीका प्राथमिकतामा राखी पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताउनुभयो ।  

कार्यक्रममा समालोचक एवं प्राध्यापक दीनदयाल रेग्मी खोजमूलक रुपमा आएकाले पुस्तक संग्रहनीय र पठनीय दुवै रहेको बताउनुभयो ।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगे सभ्यता मौलिक परिचय भएकाले यसलाई उजागर गर्दै भावी पुस्तालाई यसको गौरव सम्झाउने उद्देश्यले यो पुस्तक तयार गरिएको बताउनुभयो । 

अभियानका अस्ट्रेलिया संयोजक डा. राम पण्डितले पुस्तक  प्रकाशनले साँगे क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने धारणा  राख्नुभएको थियो भने अन्य वक्ताहरु सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारी, शिक्षासेवी एवम साहित्यकर्मी माधवप्रसाद भारद्वाज, शिक्षासेवीद्वय नवराज वाग्ले एवम हरिशरण पण्डितले पुस्तक प्रकाशन कोशेढुँगा भएको र यसले साँगेको समग्र वस्तुस्थिती बोल्ने ल्यागत राख्ने आफूहरुले पाएको आशयसहितको मन्तव्य धारणा राख्नुभयो ।   

नाफिजकी उपाध्यक्ष एवं समाचारवाचिका प्रमिला खतिवडाले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा अभियानका कार्यसमिति सदस्य बालवती शर्मा बाला ले स्वागत मन्तव्य राख्नुभएको थियो भने ई. ठाकुर प्रसाद पण्डितले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।                    

कार्यक्रमको अन्त्यतिर नेपाल डेरी एसोसिएसनको राष्ट्रिय मोही अभियान अन्तर्गत सहभागीहरुलाई परम्परागत पेय पदार्थ मोही सेवन गराइएको थियो, जसले कार्यक्रमको सांस्कृतिक सौन्दर्यमा मिठास थपेको थियो ।

​​​​​​​

Nepal Clinches Bronze at the 28th Emirates Salon Culinaire

समाचार


Sharjah, UAE — From May 21–23, 2025, the Nepalese Chef Society UAE Chapter proudly secured third place (Bronze Medal) at the prestigious 28th Emirates International Salon Culinaire, organized by the Emirates international salon Culinaire . As part of the Middle East’s largest food exhibition, Expo Culinaire, the event featured participation from 11 countries in the Live Cooking Competition, with over 130 international booths showcasing global culinary excellence. Led by Chef Human Prasad Limbu, President of the INCS UAE Chapter and a renowned pastry and bakery expert, the team included Chef Coach Arun Adhikari, President of INCS, along with chefs Karna Budhathoki, Shyam Lamgade, Rajan Shrestha, and Sulochana Shrestha. From the Back support and Atim Suyatim , Khum Magar , Sanjay Saud,Ranita Lama . In the grand finale, Chef Limbu impressed judges with a selection of authentic Nepali dishes, including Mustang Aalu Ko Chhop, Pahaadi Ban Kukhura Momocha, Yomari, Himali Kodo Ko Dhido And Sisno ( Nettles) Pahaadi Bhale Ko Jhol, and Boju Ko Sekuwa ,bringing Nepal’s culinary heritage to the global spotlight. This achievement not only introduced Nepali flavors to an international audience but also elevated Nepal’s status in the world of competitive gastronomy.

The Nepalese Food Pavilion drew attention from distinguished visitors, including Ms. Ranjita Dahal, Counsellor and Deputy Chief of Mission at the Embassy of Nepal, Mr. Bhupendra Ghimire, Second Secretary and other representatives of the Nepali community in the UAE. Meet the Chef Behind the Bronze Win: Human Limbu Born in the remote village of Wasmeri, Chhathar Panchakanya–3, in Tehrathum, Nepal, Human Limbu began his culinary journey at age 10, learning traditional recipes from his grandfather and mother. After completing his education at Tribhuvan University, he pursued professional pastry and bakery training at Lenôtre Paris. His career began with the pre-opening team at Sofitel Hotel JBR Marina in Dubai. With over 20 years of international experience, Chef Limbu has worked with some of the world’s top hospitality brands, including Accor, Starwood, Marriott, Atlantis, Hilton, and Dorchester Collection. He has helped launch 17 five-star hotels in the Middle East and developed two confectionery production companies. His expertise in high-end pastry has made a lasting impact on both boutique and large-scale operations.

जेनजीको मुद्धा लिएर राष्ट्रिय युवा संघको नेतृत्वमा खुट्टा उचालेका कुवेर अधिकारी

समाचार


काठमाडौं । आम मान्छेले चिन्ने कुवेर अधिकारीको पेशागत चिनारी लोकसेवाका सेलिब्रेटी आइक्यू गुरु हो । लोक सेवा आयोग, शिक्षा सेवा आयोग तथा अरु विभिन्न प्रतिस्पर्धात्मक परिक्षाहरुमा आम मान्छेले बुझ्ने शैलीमा उनका आइक्यू कक्षाहरु संचालन हुन्छन् । यसैले उनलाई चिनाएको छ । दैलेखी जरा भएका अधिकारीको राजनीतिक चिनारी भने नेकपा (एमाले) हो । एमालेको युवा मोर्चा राष्ट्रिय युवा संघका उनी केन्द्रिय नेतृत्वमा रहिसकेका एक अनुहार हुन अधिकारी । हाल उनी राष्ट्रिय युवा संघका सचिव छन् । शिक्षा विभागको कमान्ड गर्छन् । एक विभागकै नेतृत्वमा रहेका उनको काम देखेर एमाले नेता स्थायी कमिटि सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले प्रसंसा गरे । बानेश्वरको इन्द्रेणी पार्टी प्यालेसको शिक्षा विभागको कविता तथा गजल पुरस्कार समारोहमा ढकालले अधिकारीलाई तारिफ गरेर भनेका थिए, ‘नामका मात्रै होइन योजना र भिजनका पनि कुबेर ।’ 

ढकालले भनेजस्तै अधिकारीले विभिन्न ‘कुबेर’ योजनाहरु र कार्यक्रमहरु ल्याएका छन् । उनले युवा उद्यम कार्यक्रमको नेतृत्व गरेका छन् । देशका विभिन्न पेशाकर्मी युवाहरुलाई ल्याएर प्रधानमन्त्रीसँग अन्तरकृया गराएका छन् । वैज्ञानिक अन्वेषक तथा अरु पेशाकर्मिहरुसँग जोडिएका छन् । पार्टीलाई जोडाएका छन् । हालसालै उनले विभिन्न डाक्टरहरुको टोलीलाई लिएर पार्टी प्रवेशको कार्यक्रम पनि राखेका थिए । गत जेठ ३ मा उनले १०० भन्दा धेरै डाक्टर, इन्जिनियर तथा युवा व्यवशायीहरुलाई एमालेमा प्रवेश गराउन नेतृत्व लिएका थिए । 

भिडको लागि भिड जम्मा गर्ने नभएर रचनात्मक कामहरु गरेर आम जमातमा पुग्न अधिकारी अब्बल छन् । उदाहरणको लागि उनले २०८१ फागुन ११ मा केपी ओलीको जन्मोत्सवमा आयोजना गरेको जीवनका लागि खेलकुद कार्यक्रमममा १२८३ जना जोडिएका थिए । २०८१ चैत १० मा उनले बालुवाटारमा प्रधानमन्त्रीसँग १४०  विज्ञ युवाहरुको अन्तरकृया गराएका थिए भने २०८१ चैत २५ बाट २९ सम्म युवा साहित्य सम्मेलन गरेर कविता, गजल, वतृत्वकला लगायतका क्षेत्रमा ६६८ युवाहरुलाई  प्रत्यक्षरुपमा समेटेका थिए । देश भित्र केहि गर्ने वातावरण छ र हुनुपर्छ भन्ने सन्देश दिँदै अधिकारीले गत जेठ ३ मा १० जना उत्कृष्ठ युवा उद्यमीहरुलाई सम्मान पनि गरेका थिए । 

यसरी नाम, काम र ब्राण्ड सबै पक्षमा परिचित अधिकारी आगामि ९ गतेबाट ११ गतेसम्म पोखरामा हुने राष्ट्रिय युवा संघको दशौँ राष्ट्रिय महाधिवेशनमा उच्च पदमा आउने आँकलन सुरु गरिएको छ । अधिकारीको सक्रियता, उच्च  पार्टी नेताहरुसँग नजिकबाट गरेका कामहरुको फेहरिस्तले उनले सचिवबाट बढुवा भएर महासचिव  वा अध्यक्षमा एक हुने उनी निकट नेताहरु बताउँछन् । अधिकारी भने यो मुद्धामा मुखर छैनन् । आगामि कुन पदमा लक्ष्य हो भन्ने प्रश्नमा अधिकारी पद चै खुलाउँदैनन् । तर भन्छन्, ‘जेनजी पुस्ताको नेतृत्व गर्ने गरिकन पार्टीले दिएको जम्मेवारी लिन तयार छु ।’

नुनको बिक्री वित​र​ण​ निजीकरण ग​र्ने बारेको समाचार निराधार : मन्त्री भण्डारी

समाचार


काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दीनेँ भन्ने समाचारलाई पूर्णतः निराधार भएको बताएका छन।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा सोमबार आयोजित उपभोक्ता सुरक्षा सम्बन्धी पत्रकार अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्ता समाचारहरु अफवाह फैलाउन प्रेरित भएको दाबी गरे।

"आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयको बजेट सिलिङमा पनि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत नुन आपूर्ति कार्यलाई निरन्तरता दीएको छ" मन्त्री भण्डारीले स्पष्ट पारे। "यदि त्यस्तो निर्णय भएको भए मन्त्रालयलाई थाहा हुने थियो, तर त्यो सत्य होइन।"

उद्योग मन्त्रालय र साल्ट ट्रेडिङ कर्पोरेशनबीच अत्यावश्यक वस्तुहरूको आपूर्ति तथा ढुवानीलाई प्रभावकारी बनाउने र सेवा विविधिकरण गर्ने विषयमा नियमित छलफल हुँदै आएको जानकारी उनले दिए । 

वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले टेबल साल्टको नाममा हुने अवैध कारोबारलाई कडाइका साथ कारबाही गरिएको जानकारी दिए। "बजारमा नुनको आपूर्ति व्यवस्थित छ," उनले भने, "साल्ट ट्रेडिङको भूमिका सन्तोषजनक रहेको छ।"

उनले केही देशमा ८० प्रतिशतसम्म अनधिकृत व्यापार हुने गरेको उदाहरण दिँदै नेपालमा त्यस्तो अवस्था आउन नदिन सरकारले अग्रसरता लिनुपर्ने बताए । 

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले साल्ट ट्रेडिङ कर्पोरेशनले सदैव पारदर्शी र अनुशासित तरिकाले काम गर्दै आएको र सरकारको भरपर्दो अंगको रूपमा स्थापित भएको बताए।

"चिनी, रासायनिक मल, एलपी ज्ञ्ाँस जस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा साल्ट ट्रेडिङले प्रभावकारी भूमिका खेलेको छ" उनले भने।

नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक चण्डिका भट्टले विकट क्षेत्रसम्म नुनको आपूर्ति पुर्याउनु साल्ट ट्रेडिङको उल्लेखनीय सफलता भएको बताए।

व्यापार प्रबर्द्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा पनि उपभोक्ता हितमा काम गर्न चेतना जगाउनुपर्नेमा जोड दिँदै साल्ट ट्रेडिङ र केन्द्रबीचको समन्वयले निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

स्वास्थ्य सेवा विभागका वरिष्ठ अधिकारी दीपक झाले ँप्याकेट खोल्दा वा पकाउँदा आयोडिनको मात्रा घट्छँ भन्ने तथ्यको आधारमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नुनमा  आयोडिन मिसाइएको जानकारी दिए। "नुन निर्धक्क भएर खान सकिन्छ" उनले भने।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगतमा हिमाली नुन कम्पनीमार्फत नुन बिक्री गर्दा बजारमा अभाव र जनस्वास्थ्यमा असर देखिएको स्मरण गराउँदै त्यस्तो गल्ती दोहोरिन नदिन सरकार सचेत रहनुपर्ने बताए।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले सदैव सुपथ, सहज र सर्वसुलभ रूपमा अत्यावश्यक वस्तुहरूको आपूर्ति गर्दै आएको बताइन।

उनले उपभोक्ताको हितलाई केन्द्रमा राखेर भविष्यमा पनि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन।

कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमारराज भण्डारीले आयोडिनयुक्त नुनको बिक्री वितरण, जनस्वास्थ्यमा यसको योगदान र कर्पोरेशनको कार्यक्षेत्रबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै सरकारको निर्देशन र जनहितलाई आधार मानेर कर्पोरेशनले कार्य गर्दै आएकोँ बताए।

कार्यक्रममा नाफिजकी अध्यक्ष मेनुका कार्कीले स्वागत मन्तव्य दिएकी थीन भने उपाध्यक्ष प्रमिला खतिवडाले धन्यवाद ज्ञापन गर्दै उपभोक्ता सुरक्षा संवेदनशील विषय भएको र यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन।