काठमाडौ – नेपाली गीतसंगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसी नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय, निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन थालेका छन् ।
भर्खरै मात्रै सांगीतिक बजारमा गायिका देबिका केसी र रामकुमार नेपालीले आवाज दिएको तिज गीत ‘साइली छोरी’मा पनि शंकर आफैले शब्द लेखेका हुन । रामकुमार नेपालीको लय रहेको यश गीतमा शंकर बिसिकै निर्देशन र कोरिग्राफी रहेको छ भने गीतलाई दुर्गा पौडेलले खिचेका छन् । नवीन घर्ति मगरको सम्पादनमा तयार भएको यस गीतको भिडियोमा शंकर बिसि र जुना बिश्वकर्मा लगायतको उत्कृष्ट नृत्य देख्न सकिन्छ ।
काठमाडौँ, बुढानीलकण्ठ | बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित पिक प्वाईन्ट एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले सर्वोत्कृष्ट जिपिए ४.० ल्याउँदै पिक प्वाईन्टको गौरवलाई नयाँ उचाइमा पुर्याएका छन्।
निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दिप राजभण्डारी र विष्णु कुमारी खुलाल मगरले ४.० जिपिए ल्याउँदै विद्यालयको शैक्षिक क्षमता प्रमाणित गरेका हुन्।
वि.सं. २०६० सालमा स्थापना भएको यो विद्यालयले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षा दिन थालेको हो। सुरु देखिनै 'अनुत्तीर्ण शून्य' को गौरव बोकेको यस विद्यालयमा हालसम्म एकजना पनि विद्यार्थी अनुत्तीर्ण भएको छैन, जुन आफैँमा एक प्रेरणादायी उपलब्धि हो।
यसपटक ६५ जना परीक्षार्थी सहभागी रहेका मध्ये ५३ जनाले ३.६ देखि ४.० जिपिएसम्म प्राप्त गरेका छन् भने बाँकी १२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्। प्रधानाध्यापक बिनय श्रेष्ठका अनुसार, ३.३६ भन्दा कम जिपिए ल्याउने विद्यार्थी कोही पनि छैनन्। “४ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन्,” उहाँले जानकारी दिनुभयो।"पिक प्वाईन्टको यो उपलब्धिले बुढानीलकण्ठ नगरको मात्र होइन, समग्र नेपाली शिक्षा क्षेत्रको गर्व बढाएको छ" उहाँले भन्नुभयो ।
विद्यालयका सह-प्रधानाध्यापक महेश केसीले यो नतिजा बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल क्षेत्र मात्र नभई सम्पूर्ण नगर र देशमै प्रेरणादायी रहेको बताउनुभयो । “यो नतिजाले हाम्रो शैक्षिक प्रतिबद्धता र गुणस्तरको प्रमाण दिएको छ,” उहाँको भनाइ छ ।
पिक प्वाईन्ट एकेडेमी पिक प्वाईन्ट एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित तीन संस्थामध्ये प्रमुख एक हो। हाल यस नेटवर्क अन्तर्गत पिक प्वाईन्ट एकेडेमी, पिक प्वाईन्ट पब्लिक स्कुल र हार्मोनी प्रोग्रेसिभ स्कुक गरी तीनवटा शाखा छन्, जसले काठमाडौँ उपत्यकामा नै फराकिलो शैक्षिक प्रभाव जमाउँदै गएको छ।
शैक्षिक संयोजक चिरञ्जीवी नेपालका अनुसार, विद्यालयले प्रविधिमैत्री, संस्कारयुक्त र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिएको छ। “हामी केवल परीक्षाकेन्द्रित होइन, मूल्य, व्यवहार र नेतृत्वक्षमता विकास गर्ने शिक्षामा विश्वास गर्छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
विद्यालयका संस्थापक सदस्य ठमिन्द्र खतिवडाले विद्यार्थी, अभिभावक र शिक्षकलगायत सबैको मिहिनेतले यो सफलता हात परेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

काठमाडौं, असार १३ | ब्रेनल्याण्ड एकेडेमी, सुकेधारा निलोपुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत सफलता प्राप्त गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले असार १३ गते सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयबाट सहभागी भएका २५ जना सम्पूर्ण विद्यार्थीले ४.०० जिपिएसहित उत्तीर्ण भएका छन्।
विद्यालयका सहायक प्रिन्सिपल प्रशान्त दाहालले उक्त नतिजाप्रति गर्व व्यक्त गर्दै भने, “हामीले यस वर्ष २५ जना विद्यार्थी एसईईमा सहभागी गराएका थियौं, जसमध्ये सबैले उत्कृष्ट नतिजासहित ४.०० जिपिए ल्याएका छन्। यस्तो ऐतिहासिक सफलता प्राप्त गर्नु विद्यालय परिवार, विद्यार्थी, शिक्षक, अभिभावक र स्टाफहरूको सामूहिक प्रयासको परिणाम हो। यस उपलब्धिमा हामी अत्यन्त गौरवान्वित छौं।”
विद्यालयका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ बालसाहित्यकार एवम् शिक्षासेवी पारसमणि दाहालले समेत विद्यालयको निरन्तर सफलताको मूल कारण बालमैत्री र नवप्रवर्तनशील शिक्षण पद्धति भएको उल्लेख गर्दै भने, “शिक्षा केवल अंक प्राप्तिको माध्यम होइन, व्यक्तित्व विकासको आधार हो भन्ने विश्वासका साथ हामीले शिक्षण पद्धति विकास गरेका छौं। यस नतिजाले ब्रेनल्याण्ड एकेडेमीको गुणस्तरीय शिक्षा र प्रतिबद्धतालाई पुष्टि गरेको छ।”
ब्रेनल्याण्ड एकेडेमीले विद्यार्थीको समग्र विकासमा केन्द्रित हुँदै, रचनात्मकता, नैतिकता र व्यवहारिक ज्ञानमा आधारित शिक्षण प्रविधि प्रयोग गर्दै आएको छ। विद्यालयको यो सफलताले उदाहरणीय उपलब्धि हासिल गरेको छ।

काठमाडौ । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले दही चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको उल्लेख गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी, सेफ रत्न बहादुर थापा, जेत लामा पाख्रिन, निवर्तमान अध्यक्ष श्याम कुमार तामाङ ,नाथमका प्रिन्सिपल राम कैलाश बिक्षा प्रमुख प्रशिक्षक मनराज खत्री लगायतले दही चिउरा खाने हाम्रो पुरानो संस्कृती भएकोले यो कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना हुने गर्दछ । स्वदेशी उत्पादनको खपत हुनुको साथै नेपाली उत्पादन दही चिउराले स्वास्थ्यलाई समेत राम्रो हुने र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रबर्द्धन हुने कुरा बताउनुभयो।
आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।
एसोसियसनका महासचिव पदम बहादुर आले मगरले असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
तनहुँ, असार ५ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तरसंवाद कामर्यक्रम असार ३ गते, मंगलवार, तनहुँको दमौलीस्थित व्यास नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । साँगे क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयमा केन्द्रित सो कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यता र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राजनीतिक अगुवा राजेन्द्रकेशरी न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भयो।
सो अवसरमा नगर प्रमुख न्यौपानेले अभियानले छोटो समयमै गरेका उल्लेखनीय कामको प्रशंसा गर्दै भन्नुभयो,”साँगे सभ्यताको संरक्षणका लागि यस्तो अभियान अत्यन्तै आवश्यक र समयसापेक्ष छ। स्थानीय तहमा चेतना अभिवृद्धि गर्न अभियानले पुर्याएको योगदान सराहनीय छ।”
त्यस्तै, केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपानेले अभियानप्रति आभार प्रकट गर्दै भन्नुभयो,”साँगे सभ्यताको जगेर्नाका लागि यो अभियानले अनुसन्धान, मिहिनेत र गुणस्तरीय कार्यलाई जोड दिँदै अघि बढिरहेको देखिन्छ, जुन अत्यन्त प्रेरणादायक र अनुकरणीय छ।”
कार्यक्रममा शिक्षासेवीद्वय नवराज वाग्ले र बलराम वाग्लेले समेत अभियानप्रति आफ्नो समर्थन जनाउँदै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक सुरेन्द्र वाग्लेले अभियानको उद्देश्य प्रष्ट पार्दै अम्रेनी, नेपालटार र पतेनीका विद्यालयमा अध्ययनरत बालबालिकासँग अन्तरक्रिया कार्यक्रम, बाह्रविसे, नेपालटार, पयेंर क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा जेष्ठ नागरिकहरूसँग वैचारिक छलफल सम्पन्न भएको जानकारी दिनुभयो।
महासचिव सरोज ओझाले अभियानले परम्परागत सांस्कृतिक अभ्यासहरूलाई संरक्षण गर्दै आधुनिक पर्यटन प्रवर्द्धनतर्फ समेत ध्यान दिएको उल्लेख गर्नुभयो। उहाँले असार २ गते डाँडागाउँ–हर्षपुर क्षेत्रको होमस्टे अवलोकन भ्रमण सोही प्रयोजनअनुसार भएको बताउनुभयो।
कार्यक्रममा अभियानकी सदस्य बालवती शर्मा (बाला) ले स्वागत मन्तव्य व्यक्त गर्दै अभियानका हालसम्मका कार्यहरूको बारेमा प्रकाश पार्नुभयो।
सो अवसरमा अभियानका आजीवन सदस्य, साधारण सदस्य तथा सहयोगी लेखकहरूलाई प्रशंसा पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।
भ्रमण टोलीमा संयोजक सुरेन्द्र वाग्ले, महासचिव सरोज ओझा पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित तथा पूर्व शिक्षिका बालवती शर्मा बाला सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरू, बुद्धिजीवी, सामाजिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साँगे सभ्यता संरक्षण तथा विकास अभियानले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय जनसहभागिता बढाउने, सांस्कृतिक चेतना विस्तार गर्ने र साँगे क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।










काठमाडौ- एसएण्डएस प्रोडक्सनको व्यानरमा निर्माणमा फिल्म ‘किन लाग्छ माया’ बन्ने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो फिल्मको छायांकन असारको पहिलो साताबाट सुरु हुनेछ ।
फिल्ममा सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने पक्का भएको छ ।
यो फिल्मको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने फिल्ममा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ । यो फिल्मले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै फिल्मले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्नेछ ।
काठमाडौं- गायिका मञ्जु थापाले ‘सौम्या कलेक्सन’को उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो ।
सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । मीठो स्वरकी धनी गायिका मञ्जुका थुप्रै गीत लोकप्रिय छन् ।
काठमाडौं- गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा यही असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ-२०८२’ नाम दिइएको छ ।
गीतकार तामाङको सयौं गीतहरू रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीत प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरू ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरूको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग’ लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।
प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिकादेखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दीप श्रेष्ठ, संगीता राना प्रधान, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, डेबिड शंकर, रुपक चौधरी, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उहाँका चर्चित गीतहरूमा गुञ्जिने छन् ।
कार्यक्रममा संगीत संयोजन अशोककुमार राईले गर्नुहुने छ । २२ जनाको बाद्यवादन समूह अन्तर्गत किबोर्डमा शिलाबहादुर मोक्तान, भ्वाईलिन सेक्सोफोनमा मनोहर सुनाम, भ्वाईलिनमा मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली, नारायण कार्की ढली, केशवल सुनाम र विकाशनाथ योगी रहने जनाइएको छ । त्यस्तै, गोपाल देव घतानी र धनबहादुर गुरुङ- बाँसुरीमा रहनुहुने छ भने तवलामा कुमार महाराज र भरत बुढाथोकीले साथ दिनुहुने छ । ढोलकमा मेघराज लुङ्गेली रहनुहुने छ भने मादलमा अनिल थापा र पोषण धर्तीले साथ दिनुहुनेछ । यसैगरी बेश गीटारमा देव राई रहनुहुने छ भने लिड गिटारमा संजिव लिम्बु, रिदम गीतारमा दीपेश श्रेष्ठ, सीतारमा सीता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रममा भुपेन्द्र रसाइली रहेर गायक गायिकालाई साथ दिनुहुने छ ।
कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा-अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुनबहादुर घलान र गोपालचन्द्र राई रहनुभएको छ ।
‘टेक तामाङ सांगीतिक साँझ-२०८२ ’ ले सामाजिक सशक्तीकरण, र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवम् विशिष्ट व्यक्तित्वहरूका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागि पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु,’ उहाँले भन्नुभयो । थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ ।
विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याउनुभएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील हुनुहुनछ । उहाँका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह-‘स्वदेश’, आधुनिक गीतसंग्रह– ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह- ‘आमा’, आधुनिक गीतसंग्रह-‘नाता’, भजनसंग्रह-‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह-‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पूर्याउँदै आउनुभएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुनुहुन्छ । उहाँ हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्रसेवामा समर्पित हुनुहुन्छ ।
काठमाडौँ – चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ को ग्रान्ड फिनाले समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द ‘दीर्घ साधना सम्मान–२०८१’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड)बाट सम्मानित भएकी छिन् । सोमबार बेलुका काठमाडौँको चाबहिल स्थित चलचित्र विकाश बोर्डमा आयोजित सो समारोहमा १० हजार १० रुपैयाँ सहित प्रथम अभिनेत्री चन्दलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गरे । सोही समारोहमा ५ हजार ५५५ रुपैयाँ सहित अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भए ।
समारोहमा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, चलचित्र निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, चलचित्र निर्माता बिनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्ली माया गुरुङ, नृत्य निर्देशक शँकर बिसी, शिब बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), मनु थुक्लुङ पनि कार्यक्रममा सम्मानित भए । यस्तै रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, समाजसेवी शनी लिम्बु, चलचित्र निर्माता धु्रव न्यौपाने, कलाकार मनु थुक्लुङ, गायकहरू हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा पनि सम्मानित भए ।
समारोहमा आधुनिक विधामा सर्वोत्कृष्ट गायकको अवार्ड तिम्रो माया बम गोलाबाट हेमन्त शिशिरले, डायरस्पोरा गायकको अवार्ड मायाको सिमानाबाट धन किरण गुरुङले, गीतकारको अवार्ड ब्याथाबाट विदुरराज गिरीले, संगीतकार ओ मायाबाट पल घलेले प्राप्त गरे ।
यस्तै आधुनिक गीतमै म्युजिक भिडियो निर्देशकको अवार्ड नुवाकोटे यो झिल्केबाट मिलन श्रेष्ठ, पुरुष मोडलको अवार्ड चुपचापबाट दिक्पाल कार्कीले, महिला मोडलको अवार्ड जुनेलीबाट रिना गुरुङले प्राप्त गरे । यस्तै गाउँ प्रवर्धन गीतको अवार्ड लकु फोरी गीतले, यही विधाको जुरी अवार्ड भुमलीचोक गाउँ गीतले पायो ।
– सर्वोत्कृष्ट लोकगीत गायिकाको अवार्ड नगर दोमनबाट सरिता भारतीले र लोक–पप गायकको अवार्ड के होला भोलीबाट रुद्र शर्माले हासिल गरे । यस्तै चलचित्र तर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड लिम्बु चलचित्र सेमेवाबाट दिलीप फुरुम्बोले, अभिनेताको अवार्ड सेमेवा चलचित्रबाट रुद्र पाहिमले, अभिनेत्रीको अवार्ड गुरुङ चलचित्र ह्रोसै ङ्होबाट आकृति गुरुङले, चरित्र अभिनेत्री अवार्ड सुगुपबाट पवित्र तेम्बेले, टेली चलचित्र चरित्र अभिनेत्रीको अवार्ड सक्किगोनीबाट रश्मी पाण्डेले हासिल गरे ।
यसै गरी लोक दोहोरीतर्फ गीतकारको अवार्ड दमौलीमा झरबाट ओम छिनालले, दोहोरी गीत गायकको अवार्ड दमौलीमा झरबाटै मौसम गुरुङले गायिकाको अवार्ड पुरानो दौतारीबाट पूजा पेरियारले, गायिकाको जुरी अवार्ड देउरलिमा फूलपातीबाट कालिका रोकाले, नव गायिकाको अवार्ड गण्डकीको तीरबाट बिमा सारू मगरले प्राप्त गरे । लोक दोहोरी तर्फ नै म्युजिक भिडियो महिला मोडलको अवार्ड समयबाट कमला बिसीले, पुरुष मोडेलको अवार्ड गोर्खे खुकुरीबाट लोमश शर्माले, कौडा तथा मौलिक गीत गायकको अवार्ड सानकान्छीबाट शुक्र तामाङले हासिल गरे । समारोहमा संगीत संयोजकको अवार्ड पुरानो दौतारीबाट सुनिल परियारले, संगीत संयोजकको अवार्ड मायाको सिमानाबाट सुरत प्रधानले पाए ।
आदिवासी गीत विधामा म्युजिक भिडियो आदिवासी महिला मोडेलको अवार्ड मिम्जिरे मिक्टोकबाट मिरा फियाकले, लिम्बु गीतकारको अवार्ड मेन्छायम पालमबाट सञ्च माया लिम्बुले, लिम्बु गीत गायकको अवार्ड मिम्जिरे तराङ २ बाट अमर योङहाङ लिम्बुले, गायकको जुरी अवार्ड मिम्जिरे मिक्टोकबाट विवश नेम्वाङले हासिल गरे । समारोहमा लिम्बु गीत गायिकाको अवार्ड चौबेस्मा मेछिनबाट दुर्गा कुमारी लिम्बुले, आदिवासी गीत गायिकको जुरी अवार्ड तुखेसो पन्हाबाट कर्मिला शेर्माले, लिम्बु गीत गायिकाको पब्लिक च्वाइस अवार्ड तमके हाकपारेबाट पदम कुमारी फियाकले प्राप्त गरे ।
लिम्बु् गीत पुरुष मोडलको अवार्ड नारागेन चैतबाट सुरेन सिसिर केरुङले, लिम्बु गीत पुरुष मोडेलको जुरी अवार्ड मेन्छायम पालम महेन्द्र कुमार लिम्बुले हासिल गरे । यसै गरी म्युजिक भिडियो चरित्र अभिनेताको अवार्ड ओ मायाबाट टसी गुरुङले, चरित्र अभिनेत्रीको अवार्ड हङकङ चाईन –३ बाट विमला इवारमले र नेपाल भाषा गीत गायिकाको अवार्ड कटनमारिया रुप छांगुबाट गंगादेवी महर्जन हासिल गरे ।
यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ, बीजेन्द्र नौबागे रहेका छन् ।
विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुतिसहितको यो अवार्डको आयोजक एवम् चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत संगीतको प्रवर्धनको लागि क्वालिटी फिल्मस्ले चार वर्षदेखि यो अवार्ड गर्दै आएको कार्यक्रममा बताए ।
काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले तनहुँ सदरमुकाम दमौलीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । अभियान बारे जानकारी गराउने उदेश्यले आगामी असार ३ गते मंगलवार अभियानले अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । “यहि असार ३ गते मंगलवार अभियानले व्यास नगरपालिकाको हलमा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ, व्यास नगरपालिकाका मेयर ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भन्ने अनुसार हामीले उहाँलाई आमन्त्रण गरेका छौँ, ४ बजेबाट कार्यक्रम सुरु गर्ने हाम्रो योजना छ, यद्यपि केही औपचारिकता भने अझै बाँकी छ, हामी तयारी साथ बसेका छौँ” कार्यक्रम आयोजना बारे जानकारी दिनुहुँदै अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताउनुभयो । अभियानले साँगे क्षेत्र अन्तर्गत पर्ने वडाका जनप्रतिनिधिहरुसहित स्थानीय एवम् सरोकारवालाहरु समेतलाई आमन्त्रण गरिने संयोजक वाग्लेले जनाउनुभयो ।
त्यसो त अभियानले अम्रेनी, नेपालटार र पतेनी स्थित विद्यालयका बालबालिकासहित बुद्धिजीवि, समाजसेवी, अगुवा, जेष्ठ नागरिक, व्यवसायी लगायतका स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको अभियानका महासचिव सरोज ओझाले जानकारी दिनुभयो । त्यसैगरी, पर्यटन प्रबर्धनमा सघाउ पुर्याउने उदेश्यसहित डाडागाउँ - हर्षपुर होमस्टेको अवलोकन गर्ने कार्यक्रम तय गरिएको र म्याग्दे ७ पयेंरदेखि पश्चिम नागरङ्ग कुना स्थित ठूलो पहरामा रहेको निलकण्ठेश्वर महादेव सिद्ध गुफाको पर्यटन सम्भावना बारे खोजबिन गर्न त्यहाँको स्थलगत भ्रमण गर्ने कार्यक्रम समेत रहेको ओझाले बताउनुभयो ।
उक्त भ्रमण दलमा संयोजक वाग्ले र महासचिव ओझासहित सदस्यहरु पूर्व वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित र पूर्व शिक्षिका बालवती शर्मा (बाला) रहनुभएको संस्थाका सदस्य गंगाधर भट्टराईले जानकारी दिनुभयो ।