काठमाडौं – तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।
कार्यक्रममा मन्त्री शाक्यले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा यस वर्षको संगीत दिर्घ साधना सम्मानबाट नगद राशी २५००० (पच्चिस हजार) सहित वरिष्ठ गीतकार राजेन्द्र थापा सम्मानित हुनु भएको छ भने पत्रकारिता रजत संगीत संम्मान नगद राशी १५५५५ (पन्ध्र हजार पाँच सय पचपन्न ) सहित रंग पत्रकार विदुर गीरिलाइ गरिएको छ । त्यस्तै दशकको पत्रकारिता सम्मान म्युजिक खबर पाक्षिक र म्युजिक खबर डट कम कि सम्पादक सबिता पोखरेल लाई नगद रु १११११ ( एघार हजार एक सय ११) सहित सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै साहित्य सम्मानमा वरिष्ठ गीतकार तथा साहित्यकार शितल कादम्बिनी लाई साहित्य संगीत सम्मान , गीतकार तथा समाजसेवी कादम्बरी दाना श्रेष्ठ लाई गीतकार तथा सामाजिक ब्याक्तित्व सम्मान ,गायिका निता आचार्य लाई डायस्पोरा संगीत संम्मान , गीतकार अम्बिका गुरुङलाई गोल्डेन पेन अफ दि इएर संगीत सम्मान, गायक तथा संगीतकार खेम सेन्चुरिलाइ म्युजिक अफ दि इएर,गायक पर्फमर दुर्गेश थापा लाई अगील्लो बर्ष भरी सबैभन्दा धेरै मेला महोत्सव र युटुबमा हेरिएको र र सुनिएको ले गोल्डेन माइक अफ दि इएर संगीत सम्मान ,वरिष्ठ फोटोग्राफर च्याङ्वा लामालाई फोटोग्राफर संम्मान,गायिका लक्ष्मी नेपाली र गायिका सन्जु न्यौपानेलाई संगीत युवा प्रतिभा र दशकको गायिका सम्मान गरिएको छ । यसै अवसरमा गायक दुर्गा बिरही ,रिजन पुलामी मगर,रामचन्द्र ढकाल सबिन चौहान लगायतलाई पनि सम्मान गरिएको छ ।
“अग्रजलाइ संम्मान अनुजलाइ प्रोत्साहन ” भन्ने मुल नारा लिएर विगत २ वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय संगीत अवार्डले अवार्डको भिडमा आफ्नो फरक पहिचान बनाउन सकेसम्म यो बर्ष बाट थप केही नयाँ गर्दै जाने र अवार्ड शब्द प्रती सबै कलाकार स्रष्टाले गर्व गर्न सक्ने वातावरण बनोस र बनाउन आफ्नो तर्फबाट सधैं सकारात्मक भुमिका रहने अवार्ड कि संयोजक किस्ना आचार्य रोशनीले बताइन
चर्चित गायक तथा संगीतकार गोबिन्द मधुर आचार्यको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा गायक बैकुण्ठ महत, बरिष्ठ लोक गायक बम बहादुर कार्की , गायिका सोभा पाण्डे, छायाँकार राजन खरेल, निर्देशक मिलन श्रेष्ठ , वरिष्ठ संगीतकार योगेन्द्र उपाध्याय निरौला रहेका थिए । कार्यक्रममा लोक,आधुनिक र भिडियो तर्फ गरि २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त बिधा र कलाकार र सम्बन्धित गीत : सर्बोकृष्ट राष्ट्रिय भाबको गीत : श्रीकान्त राना क्षेत्री – केही गर्नु छ देशका लागी सर्बोकृष्ट लोकदोहोरी गायक : बालचन्द्र बराल – न काली न गोरि सर्बोकृष्ट लोकदोहोरी गायिका : सुनिआ बुढा क्षेत्री – एक लाई शून्य दश सर्बोकृष्ट शब्द सिर्जना लोकदोहोरी : कृष्ण सुवेदी पिर परेर आको बेलामा सर्बोकृष्ट लय सिर्जना लोकदोहोरी : प्रेम सापकोटा “सोनु“ – कठोर मान्छे सर्बोकृष्ट लोकदोहोरी मोडल पुरुष : बिमल अधिकारी – निरिमायाको सर्बोकृष्ट लोकदोहोरी मोडल महिला : स्मारिका ढकाल – चरी बासैमा सर्बोकृष्ट नवगायक लोकदोहोरी : राजन सुवेदी – रानी बनमा फुल सर्बोकृष्ट नवगायिक लोकदोहोरी : व्र्खा पौडेल – माया साह्रै छ सर्बोकृष्ट गायक आधुनिक : शिव परियार – निर्लज सर्बोकृष्ट गायिका आधुनिक : अनामिका चैलागाइ – ओइ माया ओइ सर्बोकृष्ट शब्द आधुनिक : राखी गौचन – निर्लज सर्बोकृष्ट संगीत आधुनिक : शंकर थापा “स्माइल “ – निर्लज सर्बोकृष्ट मोडल पुरुष आधुनिक : श्रीदेब भट्टराई – ओइ माया ओइ सर्बोकृष्ट मोडल महिला आधुनिक : रोशनी कार्की – चोटैचोटको जिन्दगी सर्बोकृष्ट सांगीत संयोजन : कृष्ण लामिछाने – ए सैया सर्बोकृष्ट कोरियोग्राफर : राजाराम सिंखडा – घुमौ रामेछाप सर्बोकृष्ट भिडियो छायांकन : सन्तोष तिमल्सिना – सर्बिकृष्ट भिडियो सम्पादन : रोशन धिताल – फास्ट लभ जुरि, पब्लिक चोइस अवार्ड र इन्करेजमेन्ट अवार्ड प्राप्त कलाकार गायक शंकर क्षेत्री उत्तम भण्डारी दिपक ओलि दिपक कडेल याम प्रसाद निउरे तुलसा क्षेत्री संजय देबकोटा पेम्वा लामा शेर्पा उमेश ठगुन्ना जगत घर्ती मगर सुशील ज्ञवाली सिर्जन पुन सन्दीप सेन्चुरी
काठमाण्डौ – एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीतमा संगीत सौगात जंग थापाको रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ । भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ ।
भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र पुनम श्रेष्ठलाई प्रेमभावमा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादनमा भिडियो निर्माण गरिएको छ । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।
काठमाण्डौ – काठमाडौंमा ‘राष्ट्रिय दोहोरीगीत आइडल – २०८२’ हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा दोहोरीगीत आइडल हुने जानकरी गराइएको हो ।
सांस्कृतिक समाज नेपालकले प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी गराइएको छ । आयोजना हुने यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक( एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए ।
राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३ हजार ३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२हजार २२२ नगद सहित स्कुटर पाउनेछन् । सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको नेपालमै पहिलो पटक यस्तो कार्यक्रम आयोजना हुन् लागेको जानकारी दिए ।
अवस्थीले यसअघि विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेका थिए।राष्ट्रिय युवा परिषद् कला साहित्य सञ्जालको आयोजना तथा सांस्कृतिक समाज नेपालको सहकार्यमा भएको राष्ट्रिय युवा मैत्री लोक दोहोरी प्रतियोगिता २०८१ ले पनि यहाँको कला संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
काठमाडौं – बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै त्रीरत्न आवासीय विद्यालय,पद्म बज्र मार्ग किम्डोल स्वयम्भूमा एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न गरिएको छ।
युनाइटेड नेचर इन्टरनेसनल पिस र बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा समाज डेन्टल अस्पताल, सीतापाइलाले प्राविधिक सहयोग प्रदान गरेको थियो। शिविरमा विद्यालयका करिब ४५० जना विद्यार्थीहरू सहित शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको पनि दन्त परीक्षण गरिएको थियो।
कार्यक्रमको उद्देश्य बालबालिकाहरुलाई सानैदेखि दन्त स्वास्थ्यप्रति सचेत गराउनु, नियमित जाँचको महत्व बुझाउनु र कुनै दन्तसम्बन्धी समस्या पहिचान गरि तत्काल समाधान गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
समाज डेन्टल अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले सहभागी सबैको दाँतको जाँच गरी आवश्यक परामर्श र उपचार सिफारिस गरेका थिए। केही विद्यार्थीमा किराले लागेका दाँत, गिजाको समस्या, नियमित ब्रस नगर्ने बानी आदि देखिएको चिकित्सकहरुले जानकारी दिएका छन्। यसै क्रममा दाँत सफा गर्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने कुराहरु र दैनिक जीवनशैलीमा अपनाउनु पर्ने दन्त स्वच्छताको अभ्यासबारे समेत प्रशिक्षण दिइएको थियो।
विद्यालयका प्रधानाध्यापक विद्यालयका प्रिन्सिपल भिक्षु डा. राजु लामा कोन्दनले यस्तो खालको स्वास्थ्य शिविरले विद्यार्थी तथा शिक्षकहरूमा स्वास्थ्यप्रतिको सजगता बढाउने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि यस्ता शिविरको निरन्तरता आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा युनाइटेड नेचर इन्टरनेसनल पिस तथा बालबालीका वास्ता नेपालका प्रतिनिधिहरूले बालबालिकाको समग्र स्वास्थ्य र विकासका लागि विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको र विद्यालयस्तरमा पुगेर प्रत्यक्ष लाभ दिने यस्ता कार्यक्रमलाई प्राथमिकता दिइरहेको जानकारी गराए।

काठमाडौं | आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले नुनको कारोबार निजी क्षेत्रलाई खोल्ने तयारी गरिरहेकोप्रति सत्तारूढ नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल सरकारले आम जनतालाई सर्वसुलभ मूल्यमा नुन आपूर्ति गर्दै आएको व्यवस्थालाई परिवर्तन गरी व्यापारिक समूहलाई जिम्मा दिनु अनुचित हुने बताएको हो।
विभाग प्रमुख तथा कांग्रेसका केन्द्रिय सदस्य गुरु बरालद्वारा जारी विज्ञप्तिमा नुनजस्तो संवेदनशील उपभोग्य वस्तुको कारोबार निजी क्षेत्रलाई दिँदा जनस्वास्थ्य र आर्थिक पक्षमा प्रतिकूल असर पर्न सक्ने भन्दै वर्तमान आपूर्ति प्रणालीलाई यथावत राख्न सरकारलाई आग्रह गरिएको छ। यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले समेत नुनको कारोबार खुला गर्ने सरकारी योजनाको विरोध जनाएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगपति मोतिलाल दुगडको प्रभावमा परेर आगामी बजेटमार्फत नुनको आपूर्ति निजी क्षेत्रलाई दिने उद्देश्यले मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएको भनिएको छ।
मोतिलाल दुगड आपूर्ति राज्यमन्त्री रहेका बेलामा समेत त्यस्तै प्रस्ताव अघि बढाइएको थियो, तर त्यसबेला पनि व्यापक विरोध भएपछि योजना लागू हुन सकेको थिएन। त्यसो हुँदाहुँदै दुगडले हालसम्म पनि अवैध रूपमा नुनको कारोबार गरिरहेको उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन्।
काठमाण्डौ - छायाँछवि क्रियशनको आयोजनामानिरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपालीफिलमी अवार्ड प्रिज्माडि सिने अवार्ड को मनोनयन सार्वजनिकभएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमीयता पछ्याइरहे पनिकोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिचप्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामाअब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनिआगामीदशैं र तिहारको बिचमा गरी नियमीयतादिलाईने छायाँछवि क्रियशनएवं अवार्डकाअध्यक्षशान्तिप्रियले बताए ।
खासगरी सिनेमा र सिनेमा सर्जकहरु प्रोत्साहितहोउन् राम्राभन्दा राम्रासिनेमाबनुन्, अवार्डका माध्यमबाट सिर्जनात्मक रुपमा स्रष्टा, सर्जकहरु उत्कृष्टता तिर ध्यानदिउन् भनेरप्रिज्मा डि सिने अवार्ड आयोजनागर्ने गरिन्छ । प्रविधिकाहिसाबमा डिजीटल माध्यमको आधारभूततयारी गरी आयोजनागरिन थालिएको यस किसीमको अवार्ड विश्वमै एकमात्रमानिने गरिन्छ ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामाआएको छ । ५० को हाराहारीमा२०८० मासिनेमाहरु रिलिजभएको र त्यसैलाई पछ्याएर अवार्ड गरिएको बताइएको छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पव्लिकच्वाइस अवार्ड आवश्यक देखिएमामात्रप्रदानगरिने बताइएको छ । छायाँछवि क्रियशनएवं अवार्ड अध्यक्षशान्तिप्रियले क्रितिपुर सिनेप्लेक्समा यस पटकको अवार्ड कार्यक्रमआयोजनागरिने बताए । १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा यस प्रकार रहेको छ ।
उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापाप्रोडक्सन
२. दिमाग खराब: सिनेमा आर्ट प्रा. लि.
३. ना∙ो गाउँ: क्लकवर्क क्रियशन
४. जारी: बाँसुरी फिल्मस्
५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.
उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत : दिमाग खराब
२. दीपेन्द्र लामा : ना∙ो गाउँ
३. सुदर्शन थापा : प्रसाद–२
३. सौरभ चौधरी : अगत्स्य
४. मिलनचाम्स : गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१. दयाहाङ राई : जारी
२. सौगातमल्ल : अगत्स्य
३. विपीनकार्की : प्रसाद–२
४. खगेन्द्र लामीछाने : दिमाग खराब
५. विपीनकार्की : एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. मिरुना मगर : जारी
३. केकीअधिकारी : प्रसाद–२
४. सुरक्षापन्त : बुलाकी
५. सुहानाथापा : एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगत्स्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४. अर्पण थापा : दिमाग खराब
५. विजयलामा : ना∙ो गाउँ
उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मामानन्धर : बगान
२. कविताआले : गोर्खा वारियर
३. बेनीशाहमाल : उपहार
४. पूजाशर्मा : उपहार
५. सूर्यमालाशर्मा : गणपति
उत्कृष्ट खलपात्र
१. अर्पण थापा : प्रसाद–२
२. कोशिष क्षेत्री : ऐंचौ पैंचो
३. प्रमोद अग्रहरी : अगत्स्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : ना∙ो गाउँ
उत्कृष्ट नवनिर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषाचौलागाई : एेंचो पैंचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी
उत्कृष्ट नवअभिनेता
१. आशीर्वाद क्षेत्री : नाई नभन्नू ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंगकार्की : उपहार
उत्कृष्ट नवअभिनेत्री
१. प्रमीलाकार्की : बगान
२. स्वस्तिमाकार्की : टुल्की
३. शान्तिवाइबा : नीरफूल
४. परिक्षालिम्बु : जारी
५. नयन गुरुङ : दयारानी
उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२. पुरुषोत्तमप्रधान : ऐंचो पैंचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. सुसन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२
उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी
२. विपीनमल्ल/भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलनश्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद÷तारा थापाकिम्भे : काँडेतार
उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी
२. आकाश बराल : दिमाग खराब
३. सुशीलपौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५. राजबहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी : गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगत्स्य
४. हिमाल के.सी : एक भगवत एक गीता
५. राजकुमार उपे्रति : दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
१. कविराजगहतराज : वावावा – उपहार
२. कविराजगहतराज : काले केटाले – ऐंचो पैंचो
३. रामजी लामीछाने : सुन सुन सुन्दरी – ना∙ो गाउँ
४. कविराजगहतराज : झीझीया – एक भगवत् एक गीता
५. विक्रम स्वार : मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगति
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्तगौतम : सुन सुन सुन्दरी – ना∙ो गाउँ
३. राजन : चिरी च्याट्टै – दयारानी
४. आशिषअविरल : काले केटाले –ऐंचो पैंचो
५. मनोज थापा मगर : रीत – जारी
उत्कृष्ट पाश्र्व गायक
१. बावुलगिरी : वावावा – उपहार
२. करण परियार : रातले कु¥र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास : तिम्रो आँखामा – नाई नभन्नू ल –६
४. एस डि योगी : सुन सुन सुन्दरी – ना∙ो गाउँ
५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफूल
उत्कृष्ट पाश्र्व गायिका
१. अनु चौधरी : रातले कु¥र्या चन्द्रमा – बुलाकी
२. बानीकाप्रधान : उडी छुनु छ आकाश – बगान
३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशापौडेल : दिउलामाया – नाई नभन्नू ल – ६
५. दुर्गा खरेल : तिमीबदनामी – नीरफूल
उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले : उडी छुनु छ – बगान
२. हर्क साउद रीत – जारी
३. फूलमान बल : जीन्दगीको डुंगा – नीरफूल
४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मासिग्देल : सुन सुन सुन्दरी – ना∙ो गाउँ
उत्कृष्ट पाश्र्व संगीत
१. शाश्वतश्रेष्ठ : उपहार
२. किरण तुलाधर : बुलाकी
३. एलीस कार्की : गोर्खा वारियर
४. भास्कर स्वार/सौरभ शर्मा : अगत्स्य
५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता
उत्कृष्ट ध्वनीमिश्रण
१. मुकेश शाह : बुलाकी
२. उत्तमन्यौपाने : एक भगवत् एक गीता
३. मुकेश शाह : काँडेतार
४. सुधीर कुमार दास : गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ : उपहार
काठमाडौं – १२ औं म्यूजिक खबर म्युजिक अवार्ड––०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । २०८० बैशाखदेखि २०८१ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट पाँचमा सहभागी गराइएको छ । राष्ट्रि«य भाव, पप गीत, लोकदोहोरी, चलचित्र र आधुनिक विधामा उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनाबाट आगामी जेठमा आयोजना हुने कार्यक्रममा उत्कृष्ट एक घोषित गरी अवार्ड प्रदान गरिने अवार्डका संयोजक सबिता पोखरेलले बताइन् ।
त्यसैगरी अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानित समेत गरिनेछ ।
कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा सल्लाहकार रहेका छन् । त्यस्तै अवार्डको टिममा अध्यक्ष समुन पण्डित, संयोजक सबिता पोखरेल, कार्यक्रम निर्देशक शान्तिप्रिय, निर्देशक गणेश घिमिरे र अफिसियल उद्घोषक मन्जु पौडेल र निराजन भण्डारी रहेका छन् । अवार्डको सदस्य टिममा भने प्रकाश भट्ट, माधव निर्दोष, सिता केसी, लक्ष्मी पुरी प्रधान, बादल थकाली, दिनेश थापा रहेका छन् । त्यस्तै साउन्डतर्फ छिरिङ भुटिया र स्टेजतर्फ रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
शुभकामना मिडिया सोलुसनको आयोजना एवं म्यूजिक खबरको प्रस्तुतिमा रहेको विगत १२ वर्षदेखि निरन्तर हुँदै आएको यस अवार्डमा म्युजिक खबर फाउण्डेसनको सहकार्य रहेको छ । अवार्डको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जना निम्नानुसार रहेका छन्ः
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
१. हिमाल हेरेर – कल्याण श्रेष्ठ
२. जुटौ साथी हो – भीमसेन खतिवडा÷सूर्यमणि आचार्य
३. खेलाडी – डा.ओमकृष्ण प्रसाइँ
४. उठ्नुपर्छ – दिलिप योञ्जन तामाङ
५. कता छ स्वर्ग – एस.पी. कोइराला
२. उत्कृष्ट पप गीतकार
१. आएन न्यौपाने – एक्स लभर
२. डब्बु क्षत्री – बजाइदेउ न बाजा
३. रमेश कोइराला – कुरा सिधै छ
४. राज कर्माचार्य – जीवन एक संघर्ष हो
५. सुरेश क्षेत्री – हेरिदऊे हाँसिदेउ
३. उत्कृष्ट पप संगीतकार
१. आश्रा कुँवर – इतिहास तिम्रो मेरो
२. जुगल डंगोल – जीवन एक संघर्ष
३. योगेश काजी – कलियुगकी राधा
४. टीका बमजन – अरे नि हो
५. राजेन्द्र बजगाईं – फूल तिमी
४. उत्कृष्ट पप गायक
१. चेस्टर लिम्बू – जीवन एक संघर्ष
२. छिरिङ भोटे – हेरिदेऊ हाँसिदेउ
३. प्रेज्ज्वल नेपाली – कस्तो माया
४. विनय कार्की – एक्स लभर
५. टीका बमजन – अरे नि हो
५. उत्कृष्ट पप गायिका
१. आश्रा कुँवर – इतिहास तिम्रो मेरो
२. ईश्वरी बराल – माया कि छैन
३. सारिका घिमिरे – कलियुगकी राधा
४. सरु गौतम – फूल तिमी
५. सरिता भारती – बजाइदेउ बाजा
६. उत्कृष्ट लोकदोहोरी मिक्सिङ
१. खड्ग बाजुराली – ठूली
२. कृष्ण लामिछाने – तिम्रो जवानी
३. विमल छिनाल – म यसरी हारिदिन्छु की
४. एचबीएन किस्मत – बस्यौ अलग्गै
५. मनोज परियार – पर्म लाउलानी
७. उत्कृष्ट लोकदोहोरी संगीत संयोजक
१. कृष्ण वि.क. ‘भान्जा’ – डोरी बाटेर
२. विश्वास नेपाल – घामको झुल्को
३. विनोद बाजुराली – सिठ्ठी फुकेर
४. तेजेन्द्र दूरा – तिम्रो जवानी
५. मदन केसी – म यसरी हारिदिन्छु की
८. उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
१. अस्मिता पुरी – फूलमाया
२. अस्मिता राना – बिजुली तार
३. जुना कार्की – बाँसको चोयाले
४. जुना गुरुङ – युके बस्ने माया
५. नारायणी खत्री – मन परेको सैं
९. उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
१. बादल घिमिरे – कसम तोड्ने भा
२. सुमन परियार – राम सिता
३. लोमश शर्मा – बिजुली तार
४. सुरेन्द्र कुमार दाहाल – मेरो पहिलो माया
५. पल शाह – पिरिम लगाम कान्छी
१०. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
१. विशाल घमिरे – बस्यौ अलग्गै
२. चित्र मास्की मगर – लामपाते सुरती
३. याम गुरुङ – ढल्केबरैमा
४. जेरी भण्डारी – रुँदै हिंड भन्दी
५. मौसम हिमाली – कश्मिरे पछ्यौरी
११. उत्कृष्ट शब्द लोकदोहोरी
१. सूर्य कुमार परियार – घामको झुल्को
२. सन्तोष सापकोटा – बस्यौ अलग्गै
३. अनिश दवाडी – रुँदै हिंड भन्दी
४. सामना शाह – आँसुको बर्षात्
५. रमेश परियार – म यसरी हारिदिन्छु की
१२. उत्कृष्ट भाका लोकदोहोरी
१. कृष्ण केसी – ठूली
२. सन्तोष दवाडी – सिठ्ठी फुकेर
३. विवेक धिताल – सुन्दर बजार कटेसी कुन्छा
४. कमल बिसी माल्दाइ – डोरी बाटेर
५. निश्चल दवाडी – कश्मिरे पछ्यौरी
१३. उत्कृष्ट गायिका लोकदोहोरी
१. सुनिता बुढा क्षेत्री – उजेली
२. रेजिना परियार – सुन्दर बजार कटेसी कुन्छा
३. शान्तिश्री परियार – म यसरी हारिदिन्छु की
४. संगम लामिछाने – ए गौरी
५. दिपिका बयम्बु – कश्मिरे पछ्यौरी
१४. उत्कृष्ट गायक लोकदोहोरी
१. अर्जुन सापकोटा – बस्यौ अलग्गै
२. खेम सेन्चुरी – पर्म लाउलानी
३. बद्री सापकोटा – युके बस्ने माया
४. सरोज लामिछाने – खोली तरेको
५. सुशील ज्ञवाली – लजाउँदै लजाउँदै
१५. उत्कृष्ट कल्चरल गीत
१. म त बुढो – आरके गुरुङ र तारा श्रीष मगर
२. ठट्यौली ठाडो भाका – शुक्र तामाङ र रेजिना परियार
३. बेनी झरेको – बेलीमाया पुलामी र सन्तोष परियार
४. जुध्यो नजर – रेश्मा तामाङ र देवराज आले मगर
५. तिम्रो जवानी – अबिनाश थापा मगर र शान्तिश्री परियार
१६. उत्कृष्ट लोकगीत
१. आफ्नो आफ्नो दुःख – समिक्षा अधिकारी
२. पापीनी मायालाई – रामचन्द्र चन्द
३. चरिले बन फे¥यो – कृष्णा मल्ल
४. तैका ठमक – गोविन्द भट्ट
५. जप्दै नाम – बालकुमार श्रेष्ठ
१७. उत्कृष्ट नवप्रतिभा
१. अन्जु विश्वकर्मा – डोरी बाटेर
२. सुमी पराजुली – चुम्मा चपक्कै
३. बिना बुढा मगर – पर्म लाउलानी
४. रायन बस्याल – घामको झुल्को
५. संगीता बडुवाल – मनकी कली
१८. उत्कृष्ट चलचित्र गीतकार
१. जयन जे. वाइबा – यो देश (दिमाग खराब)
२. प्रमोद ढुंगाना – हारेको छैन (उपहार)
३. हर्क साउद – दर्शन गरें (पूजार सार्की)
४. सुरेन्द्र राना – रुकुमैकोट (खुस्मा)
५. यादव लम्साल – कसम बत्तीको (ज्वाइँसाब)
१९. उत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल – कसम बत्तीको (ज्वाइँसाब)
२. एस.डी. योगी – रुकुमैकोट (खुस्मा)
३. सुबास भुसाल – रिमै (पूजार सार्की)
४. दिपक शर्मा – विहे भाको छैन (छक्कापञ्जा ५)
५. आशिष अबिरल – काले केटोले (ऐंचोपैंचो)
२०. उत्कृष्ट चलचित्र पाश्र्व गायक
१. प्रकाश सपुत – दर्शन गरें (पूजार सार्की)
२. निशान भट्टराई – कसम बत्तीको (ज्वाइँसाब)
३. एसडी योगी – रुकुमैकोट (खुस्मा)
४. सुमित खड्का – झम्के झमाझम (दिमाग खराब)
५. सबिन सुवेदी – विहे भाको छैन (छक्कापञ्जा ५)
२१. उत्कृष्ट चलचित्र पाश्र्वगायिका
१. समिक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)
२. शान्तिश्री परियार – रुकुमैकोट (खुस्मा)
३. नम्रता काफ्ले – झम्के झमाझम
४. मुना ठटाल – रिमै (पूजार सार्की)
५. इन्द्रकला राई – उडायो मन (बेहुली फ्रम मेगौली)
२२. उत्कृष्ट म्यूजिक भिडियो छायाँकार
१. रुपेश थापा – तिमीबिना चल्दैन
२. राजेश घिमिरे – पर्म लाउलानी
३. बुद्ध थापा – बस्यौ अलग्गै
४. उत्सब दाहाल – मनमा तिम्रो
५. अजय रेग्मी – यस्तो नि माया हुन्छ र
२३. उत्कृष्ट म्यूजिक भिडियो सम्पादक
१. प्रविन भट्ट – क्यारी हाँसुला
२. रविन वि.क. – लामपाते सुरती
३. मिलन विश्वकर्मा – छुनै हुन्न जस्तो
४. नविन घर्ती मगर – रिमै
५. दिनसन शाह – खाली खुट्टा
२४. उत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
१. उषा सुवेदी – बिदाई
२. ऋचा थापा – एउटा जून
३. एलिना रायमाझी – भाग्य लेख्ने भगवान
४. ललना चिमोरिया – खाली खुट्टा
५. गरिमा शर्मा – यही त हो नि माया
२५. उत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
१. दिपक घिमिरे – तिम्लाई माया गर्ने मुटु
२. प्रभातपाल ठकुरी – छुनै हुन्न जस्तो
३. शितल केसी – केबल माया
४. विनोद श्रेष्ठ – बिदाई
५. बिमल अधिकारी – यही त हो नि माया
२६. उत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
१. शान थापा – छुनै हुन्न जस्तो
२. सुब्रतराज आचार्य – एउटा जून
३. जीबी आग्री – जति टाले पनि
४. विक्रम चौहान – भाग्य लेख्ने भगवान
५. केशवराज भट्ट – अद्भूत माया
२७. उत्कृष्ट ध्वनि सम्पादन
१. सुशील विक्रम शाह – एउटा जून
२. प्रकाश खरेल – गुनासो
३. कुमार राना – जता टाले पनि
४.भोला पौडेल – कता छ स्वर्ग
५. किशोर थापा – खाली खुट्टा
२८. उत्कृष्ट संगीत संयोजक आधुनिक
१. नरेन्द्र वियोगी – कलेजी खाइहाल्यो
२. कमल सौराग – जति टाले पनि
३. कृष्ण केसी – भीरको बाटो
४. शाहस शाक्य – गुनासो
५. विपिन आचार्य – आदत
२९. उत्कृष्ट युगल गायन
१. अन्जु पन्त र नरेश रेग्मी – धर्ती र जूनको कहानी
२. प्रतिमा केसी र किरण भुजेल – खाली खुट्टा
३. दिपकराज विश्वकर्मा र मुना ठटाल – ओ माया
४. सुमन केसी र अनु चौधरी – सँगै बाँचौला
५. बी.पी. वाग्ले र विद्या तिवारी – पिपलु पातमा
३०. उत्कृष्ट गीतकार आधुनिक
१. रमेश दाहाल – जति टाले पनि
२. हरिराम पौडेल – पिरतीको गीत
३. महेश आचार्य – तिमी सँगै छैनौ
४. डा.ओमकृष्ण प्रसाईं – पिता
५. भुपेन्द्र बुढाथोकी – भाग्य लेख्ने भगवान
३१. उत्कृष्ट संगीतकार आधुनिक
१. नरहरि प्रेमी – घर छोडेको मान्छे
२. सुरज पण्डित – जति टाले पनि
३. विपिन अचार्य – आदत
४. सञ्जिव कुमार पौडेल – त्यो धर्तीको माटोले
५. केशव पौडेल – पागल
३२. उत्कृष्ट डायस्पोरा गीत
१. भामा शर्मा – आदत
२. सरला श्रेष्ठ – गुनासो
३. दिपेन्द्र खड्का – सँगै बाँचौला
४. साबु गदाल – अरुको बन्न सकिनँ
५. दिपेन्द्र आले – ढल्केबरैमा
३३.उत्कृष्ट गायक आधुनिक
१. कृष्ण केसी – भीरको बाटो
२. गोविन्द मधुर आचार्य – एक दिन उज्यालो छाउला
३. सुरज पण्डित – जति टाले पनि
४. प्रल्हाद तिमिल्सिना – एउटा जून
५. हिमाल सागर – यही त हो नि माया
३४. उत्कृष्ट गायिका आधुनिक
१. बबिना भट्टराई – गुनासो
२. निखिता थापा – लाजले झुकेँ
३. एलिना चौहान – तिमी बिना चल्दैन
४. शोभा पाण्डे – ए मन
५. सदिक्षा कट्टेल – कलेजी खाइहाल्यो
३५. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. तारा थापा
२. निशा गुरुङ
३. सपना रोका
४. जमुना सुनार
५. बिमा अनुरागी
३६. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
१. सुमन खड्का
२. निशान्त विक
३. राजु लामिछाने
४. प्रितम आचार्य
५. सबिन आचार्य
काठमाडौं, २०८२ बैशाख २३ । अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा "सामाजिक सञ्जाल र आत्मअनुशासन" विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज ओझाले स्वागत मन्तव्यसहित "सामाजिक सञ्जाल र आत्मअनुशासन" शीर्षकमा प्रस्तुती दिनुहुँदै आत्मअनुशासनका व्यवहारिक उपायहरू र डिजिटल डिटक्सको अभ्यासबारे जानकारी गराउनुभयो। ओझाले समाजमा मौलाउँदै गएको विकृति रोकथाममा सघाउ पुगोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुहुँदै भन्नुभयो ”हामीले प्रविधिको प्रयोग त गरिरहेका छौं, तर त्यसलाई विवेकपूर्वक र उद्देश्यसहित प्रयोग गर्न सिक्नु आवश्यक छ, समाजमा सामाजिक संजालले निम्त्याउन सक्ने जोखिम, मौलाउँदै गएको विकृति आदिको नियन्त्रण तथा रोकथामका निम्ती हामीले बेलैमा सचेत रहदै आवश्यक कदम चाल्न उत्तिकै आवश्यक छ ।“
त्यस्तै, अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका महासचिव ऋषिश्वर थपलियाले युवा पुस्ता सबैभन्दा धेरै प्रभावित वर्ग भएकोले उनीहरूमा आत्मअनुशासनको विकास हुन अत्यावश्यक छ भन्ने कुरा माथि जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोगबीचको सन्तुलनबारे चिन्ता व्यक्त गर्दै आत्मअनुशासनको खाँचो औंल्याउनुभयो। साथै उहाँले अप्टिमिस्टिक इन्टरनेशनलको बारे पनि जानकारी गराउनु भयो ।
अप्टिमिष्ट क्लब इन्टरनेशनल एसिया डिष्ट्रिकका कोषाध्यक्ष विजय सत्यालले आफ्नो भनाई राख्ने क्रममा भन्नुभयो v“ हामीले यदि समय र प्रयोगमा नियन्त्रण राख्न सक्यौं भने सामाजिक सञ्जाल आर्थिक र सामाजिक उन्नतिको साधन बन्न सक्छ” ।
शिक्षाविद तथा युरेका स्कूलका प्राचार्य प्रभाकर रिजालले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक सञ्जाल लक्ष्य नभई , लक्ष्यमा पुग्न प्रयोग गरिने एक साधन मात्र भएकाले यसलाई सोही अनुरुप प्रयोग गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं जेसिजका अध्यक्ष श्याम कुमार घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सामाजिक चेतनाका लागि यस्ता कार्यक्रम आयोजनाले महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुहुँदै सबैले सामाजिक सञ्जाल प्रयोग गर्दा बिशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।
कार्यक्रमका सभापति तथा अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै भन्नुभयो “सामाजिक सञ्जाललाई नियन्त्रणमा राख्न नसके समाजमा गम्भीर प्रभाव पर्न सक्छ भन्ने बोधका साथ जनचेतनामूलक कार्यक्रमको माध्यमबाट सामाजिक विकृतिलाई रोक्ने प्रयास स्वरुप आजको कार्यक्रम आयोजना गरिएको हो ।” साथै उहाँले कार्यक्रमले डिजिटल जीवनशैलीमा सन्तुलन कायम गर्न आवश्यक चेतना फैलाउन सफल हुने पनि उहाँले जनाउनुभयो।
कार्यक्रमका अधिवत्ता भद्रमाया दाहालले सामाजिक सँजाल समाजको ऐना भएकाले यसको प्रयोग गर्दा आफनो र अरुको छविलाई धुमिल हुन नदिने तर्फ बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मी प्रमिला खतिवडाले संचालकको भूमिका निभाउनुभएको यस कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष दिप प्रसाद धमला, कृषि तथा पशु पंक्षि व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, नव प्रभात डेरी उद्योगका प्रबन्ध निर्देशक सुरेश शर्मा, दृष्य बहुउदेश्यीय सहकारी संस्थाका सचिव रमेश सन्जेल, समानन्तर ग्रुपका निर्देशक श्रीकृष्ण भण्डारी, नेती डेरी उद्योगका निर्देशक दिपक सन्जेल लगायतका महानुभावहरु कार्यक्रममा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौं — पछिल्लो समय नेपाली मोडलिङ र नृत्य क्षेत्रमा चर्चामा रहेकी २१ वर्षीया श्री स्वस्थानी तामाङ छोटो समयमा दर्शकको मन जित्न सफल भएकी छन्। सानैदेखि नृत्यप्रति रुचि राख्ने उनी १५ वर्षको उमेरदेखि नै काममा लागेकी हुन्। जेठी छोरीको रूपमा पारिवारिक जिम्मेवारी बोकेर अघि बढेकी उनले कमजोर आर्थिक अवस्थाका बीच पनि नछाडिएको संघर्ष आज प्रेरणा बनेको छ।
स्कुल प्रिन्सिपल घनेन्द्र भट्टराईको प्रेरणाले उनी रियालिटी शोमा सहभागी भइन्। अभिनेत्री मिथिला शर्मा र महेश गोदारको बाटो पछ्याउँदै ‘प्रतिभाको आँगन’ मा उत्कृष्ट नृत्य प्रस्तुति दिँदै प्रथम श्रेणीको उपाधि जितिन्। त्यसपछि ‘एसी डान्स च्याम्पियन’ मा छात्रवृत्ति पाई कक्षा ११ देखि स्नातकसम्मको अध्ययनलाई निरन्तरता दिइरहेकी छन्। हाल उनी डान्स टिचरको रूपमा काठमाडौंका विभिन्न विद्यालयहरूमा अध्यापन गरिरहेकी छन्। उनी कराते ब्राउन बेल्टको खेलाडीसमेत हुन्। विभिन्न महोत्सव, कर्पोरेट कार्यक्रम र अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दै देशभर सक्रिय छिन्। स्वस्थानी अभिनयमा पनि रुचि राख्छिन् र विभिन्न थिएटर कार्यशालाबाट अभिनय ज्ञान हासिल गरिरहेकी छन्। नेपाली चलचित्र क्षेत्रमा भविष्य बनाउने सपना बोकेकी उनी भन्छिन्, “सङ्घर्ष नै मेरो मूलमन्त्र हो, म आफ्नो जीवन कला क्षेत्रमा समर्पित गर्न चाहन्छु।”उनीसँग गरिएको अन्तर्वार्ताको छोटो अंश:
हाल तपाईँ केमा व्यस्त हुनुहुन्छ?
आजभोलि म केही स्कुलहरूमा डान्स टिचरको रुपमा काम गर्छुl नियमित डान्स प्राक्टिस, साथै विभिन्न कर्पोरेट इभेन्ट, महोत्सव साथै अवार्ड कार्यक्रममा व्यस्त छु।
अभिनय सिक्नु कतिको आवश्यक छ ?
जीवनमा अगाडि बढ्नको लागि शिक्षा निकै महत्वपूर्ण भूमिका हुन्छ l कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नको लागि ज्ञानको आवश्यकता हुनु निकै नै जरुरत छ। यदि कोही व्यक्ति म कलाकार बन्छु भने लाई अभिनयको ज्ञान हुनु आवश्यक छ। जीवनमा सिकेका कुराहरू कहिले पनि खेर जाँदैन। अहिले अभिनय सिक्नको लागि थ्रेटरहरू , फिल्म कलेजहरू , धेरै नै छन् l डाक्टर पढ्न विज्ञानको आवश्यकता छ भने जस्तै कोही व्यक्ति कलाकार बन्न चाहन्छन् भने अभिनय सिक्न निकै नै आवश्यक रहन्छ।
कला क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नुभएको छ ?
विद्यार्थी जीवनदेखि नै आफू स्कुलको नृत्य प्रतियोगितामा प्रथम हुन्थे। सानैदेखि डान्स भन्ने बित्तिकै हुरुक्क हुन्थे म। मेरा गुरुवर्गहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज यो स्थानमा पुग्नको लागि उहाँहरुको धेरै नै मेहनत छ म माथि l आफूलाई अब्बल बनाउनको लागि दिनरात मेहनत गर्दैछु। उनी भन्छिन् – कला क्षेत्रमा आफ्नो भविष्य सुखद देख्छु।
तपाईं कस्तो डान्स गर्न रुचाउन चाहनुहुन्छ ?
एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक छ। कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक छ। उनी भन्छिन्- म आफू भर्सटाइल डान्सरको रुपमा चिनाउन चाहन्छु।
कला क्षेत्रमा भविष्य छैन भन्नेलाई के भन्न चाहनुहुन्छ ?
कला क्षेत्रमा लाग्नको लागि सर्वप्रथम धैर्यता , मेहनत र अनुशासित हुनु निकै आवश्यक छ। अहिले हरेक क्षेत्रमा भविष्य देख्न सकिन्छ। समय लाग्न सक्छ तर मेहनतले त्यो गन्तव्य अवश्य नै पुर्याउँछ l सफल भएन भने निराश हुनु पर्दैन। आफ्नो निरन्तर प्रयास जारी राख्न आवश्यक छ l आज कला क्षेत्रबाट नै धेरै कलाकारहरूले घर ,जग्गा, गाडी , बैंक ब्यालेन्स जोड्न सफल भएका छन्। कला क्षेत्रमा कसरी भविष्य छैन भन्न सक्छौ त ? जीवनमा हार कहिले खानुहुन्न र प्रयास गरिरहनुपर्छ। सफलता तपाईँको आफ्नो वरिपरि नै हिँडिरहेको हुन्छ। भविष्य खोज्ने होइन भविष्य बनाउने हो?
नेपाली चलचित्र क्षेत्रमा आउने सोच के छ तपाईंको ?
सानै उमेरदेखि नै कलाकार बन्ने सोच भएको कारणले आफूलाई राम्रोसँग तयार गरेर यस क्षेत्रमा आउन चाहेकी थिएँ l मलाई नेपाली चलचित्र निकै नै मनपर्छ। म आफ्नो कला र क्षमताले अगाडि बढ्न चाहन्छु। म पूर्ण रूपले तयार छु। राम्रो स्क्रिप्ट र राम्रो टिम पायो भने अवश्य नै चलचित्र खेल्ने छु l
अन्त्यमा युवा वर्गहरूलाई के भन्न चाहनुहुन्छ ?
मान्छेको जीवन कहाँ गरेर टुङ्गिन्छ त्यो थाहा हुँदैन। जीवनलाई अविस्मरणीय बनाउनको लागि सधैँ खुसी रहनुपर्छ। सफल भएन भनेर हरेश कहिले खानु हुँदैन l मेहनतको फल अवश्य नै आउँछ। जीवन एउटा चक्र हो। जीवनमा आइपरेका हरेक अप्ठ्याराहरूलाई सहज रूपले स्वीकार्नु आवश्यक छ l हामी हाम्रो आदि जीवन सुतेर नै बिताउँछौँ। समय बलवान छ। समयको सही सदुपयोग गरौं। मानव चोलालाई सार्थक बनाउन आवश्यक छ। समय कहिले फर्केर आउँदैन , यो हाम्रो बसमा छैन। आफूभित्र भएका प्रतिभालाई उजागर गरौँ l आफूलाई मनलागेको काम गरौं l कसैको दबाब वा प्रभावमा नपरौं l
काठमाण्डौ– आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनु भएको थियो । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा यस वर्षको संगीत रजत सम्मान बाट बरिष्ठ संगीतकार शुरेश अधिकारी सम्मानित हुनु भएको छ भने संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार करिष्मा केसीलाइ प्रदान गरिएको थियो । त्यस्तै पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मान चर्चित संचारकमी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मान संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान(गीतकार÷पर्वतारोही) पुरुषोत्तम सानु, युवा उद्यमी सम्मान सुरेश कार्की र लोक गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवरलाई सम्मानित गरिएको थियोे ।
“नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लिएर विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको सदेश प्रवाह गर्ने उदेश्य लिएको आयोजक पिम नेपालका अध्यक्ष माधव राज खरेलले जानकारी दिनु भयो । विगत ८ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विधाहरुमा अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’ अध्यक्ष खरेलले बताउनु भयो । नेपाली सहित अन्य ७ वटा भाषा र भाका सहितका कुल ४० विधामा ५३ जनालाई अवार्ड प्रदान गरिएको थियो
कार्यक्रममा चलचित्र विकास बोर्ड, साँफेबगर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, ओम समाज डेन्टल हस्पिटल, टोखा नगरपालिका, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट सर्भिस ईन, आईआईफटी, सिटि सेन्टर फुर्डकोर्ड, एभेन्टोज लगायतले सहयोग गरेका थिए । निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
चर्चित संगीतकार सन्तोष श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा बरिष्ठ संगीतकार जुगल डंगोल, बरिष्ठ सञ्चारकर्मी तथा भिडियो निर्देशक विजयरत्न तुलाधर, वरिष्ठ सञ्चारकर्मी तुलसी गिरी “भावुक”, चर्चित संगीत संयोजक साहास शाक्य, ःचर्चित लोक गायक अमृत खाती, मोडलराज टाईगर, निर्देशक केशव राज भट्ट रहेका थिए भने जुरीहरुको ब्यवस्थापन अडियो तर्फ पिम नेपालका उपाध्यक्ष शंकर थापा “स्माईल” र भिडियो तर्फ निम अवार्डका ब्यवस्थापन प्रमुख सनम कठायतले गरेका थिए ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ मा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन भने दोहोरी गायिका तर्फ गायिका सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीत मार्फतसिमा थापालाई प्रदान गरिएको थियो । उक्त समारोह सर्वोत्कृष्ट राष्ट्रिय भाव,राम प्रसाद अवस्थीः उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाईः किन, सर्वोत्कृष्ट आधुनिक गीतकार,जि.एम दिपु दिपेन्द्रः महँगो भो तिम्रो माया,सर्वोत्कृष्ट लोक/पप गीतकार,लिला राज काम्वाङः छुट्ने वेला, ,सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार,राजन राज शिवाकोटीः माया गर्न जान्यो मायाले,सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापाः तिमि आदत बन्यौ,सर्वोत्कृष्ट लोक÷पप गायन, शोभा पाण्डेः डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती÷मुना ठटालः छुट्ने बेला ले अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडीः कस्मीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी लयशान्त शिशिरः बेसारे माया,सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईलीः पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्यालः तिमि रिसाउनु मै फकाउला,सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङः कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राईः आउ आउ,सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्रः थाहै थिएन दिल,सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेलः अधुरो सपना–२,सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धितालः गन्र्दव बाहुन,सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठः आउ आउ बोलको गीतबाट अवार्ड पाउन सफल भएका थिए ।
त्यसैक्रमा सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहालः आमा ए आमा,सर्वोत्कृष्ट सम्पादक, राजेश कुमारः सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्माः मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखीः भुल्नै गाह्रो भो वाट अवार्ड पाएका थिए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठः सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला,सुजिना गोलेः दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ताः हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला,निरुता बिष्टः मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्यः नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार,सानुबाबु महर्जनः मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धरः दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठः कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्यः नाप च्वने मदुसां बाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झाः मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जनः मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशलः जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गर्न सफल भएका थिए । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सीः आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजीः ए ईजु गैग्यो परान बाट पाएका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बुः छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड प्राप्त गरिन् भने सर्वोत्कृष्ट लोक/पप गीतकार (जुरी), डि.पी खनालः बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्यः चुपचाप, सर्वोत्कृष्ट लोक÷आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुलीः सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक÷पप गायन (जुरी), अर्जुन खरेलः दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी)ः निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरीः फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरेका थिए ।
कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी) मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट युगल गायन (पब्लिक च्वाईस) रुद्र शेखर शर्मा ः के होला भोली, सर्वोत्कृष्ट ,मैथली गीत (जुरी), डा.पूनम सिन्हाः मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको थियो ।
