काठमाडौं- नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय र दर्शक–श्रोतामाझ उत्तिकै प्रिय बनेकी गायिका सुजाता केसीको नयाँ गीत ‘मेरो बोली सुन्दा–२’ सार्वजनिक भएको छ। सुमधुर स्वर, भावुक प्रस्तुति र प्रेमिल भावना समेटिएको यो गीत अहिले श्रोता–दर्शकको मन जित्दै छ।
गीतले प्रेम, समर्पण र सम्बन्धको गहिरो संवेदनालाई अभिव्यक्त गर्छ। लोक तथा आधुनिक स्वादको संयोजनले गीतलाई अझ मीठो र सजीव बनाएको छ। यसका सशक्त शब्द रचना मुनाल शिशिरले गरेका हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। संगीत निर्देशनमा नरहपर प्रेमीको योगदान रहेको छ।
भिडियोको निर्देशन मुनाल शिशिरले गरेका छन् । भने छायांकनमा सुजन श्रेष्ठको कलात्मक दृष्टिकोण स्पष्ट देखिन्छ। विष्णु खड्काले सम्पादन गरेको भिडियोमा शुधिर श्रेष्ठ, प्रियङ्का रेग्मी लगायतका कलाकारहरूको प्रभावशाली अभिनय रहेको छ।
गायिका सुजाता केसीले पछिल्ला केही वर्षमा नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्। उत्कृष्ट गायनशैली, बहुआयामिक प्रतिभा र गीतप्रतिको समर्पणले उनलाई लोकप्रिय गायिकाको रूपमा स्थापित गराएको छ। ‘मेरो बोली सुन्दा–२’ उनको संगीत यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उक्त गीतको म्युजिक भिडियो सुजाता केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ, जसले छोटो समयमै उल्लेख्य दर्शक संख्याको साथसाथै सकारात्मक प्रतिक्रियासमेत पाइरहेको छ।
काठमाडौं । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो ।
साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११स्३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ ।
त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स(परिवार उपस्थित हुन आव्हान गरिएको बताउनुभयो ।
काठमाडौं- विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करण सम्पन्न भएको छ । विमोन्स एरा मिडिया ग्रुप नेपालको प्रस्तुति रहेको यो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ थाइल्याण्डको बैंकक र नेपालको काठमाडौंमा गरी सम्पन्न भएको हो ।
थाइल्याण्डको बैंककमा विशेष समारोहबीच केही दिनअघि सम्पन्न भएको अवार्ड काठमाडौंमा पनि एक विशेष कार्यक्रमको आयोजनागरी शनिबार मैजारो गरिएको हो । थाइल्याण्डमा विभिन्न कारणवस नजानु भएका स्रष्टा सर्जकलाई आयोजकले काठमाडौंमा विशेष कार्यक्रमगरी सम्मान तथा अवार्ड अर्पण गरेको हो ।
बैंकको कार्यक्रममा गैरआवसीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतको प्रमुख आतिथ्यता र थाइल्याण्डमा रहेर लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका सामाजिक व्यक्तित्व सुनिल खड्काको विशेष आतिथ्यता तथा थाइल्यण्डमा रहेर विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका अन्य व्यक्तित्वको अतिथिमा कार्यक्रम भएको थियो भने नेपालमा पूर्वप्रहरी प्रमुख एवं सामाजिक अभियन्ता सर्वेन्द्र खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशिष्ट अतिथ्यतामा अवार्ड समारोह सम्पन्न भएको थियो । समारोहमा वरिष्ठ सर्जक खड्ग गर्बुजालाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । उहाँलाई नगद राशीसहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । आठ सयभन्दा धेरै गीत गाउनुभएका गर्बुजाका धेरै गीत लोकप्रिय छन् । सो अवसरमा आफ्ना भनाइ राख्दै उहाँले गीत पनि गाउनुभएको थियो । सायद हिृवलचेयरमा चढेर देश विदेशका मञ्चमा माइक समाउन पुग्ने आफू नेपालको पहिलो गायक भएको बताउँदै उहाँले यो सम्मानले अझ बढी जिम्मेवारी थपेको बताउनुभयो । समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक सन्दीप पौ्यड्याल, म्युजिक खबरका सुमन वैरागी र रिना श्रेष्ठलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो भने गायिका शोभा पाण्डे, फेशन डिजाइनर विभूषित रिमाल र राजु भट्टराईलाई सम्मान अर्पण गरिएको थियो ।
बैंककमा निर्देशक केशव कोइरालाले ‘जुनको किरण’ पप गीतबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभएको थियो भने सिक्किका जीवन शर्माले ‘सुने मैले’ गीतबाट संगीतमा जुरी अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, बैंककमा ‘माया गर्यौ’बाट राज लुइँटेलले नव मोडल लोक पपको पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो भने राजु शेर्माले आधुनिक गीत ‘कालो प्रकाश’ सर्वोत्कृष्ट मोडल र मुकेश गुरुङले ‘तिमी बिना’ पप मोडलबाट सर्वोत्कृष्ट नवमोडलको अवार्ड चुम्नु भएको थियो ।
यस्तै, भिडियो सम्पादनमा पुजन लामिछानेले ‘दशैँ आयो’ गीतबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड आफ्नो पोल्टामा पार्दा मञ्जु लावतीले ‘आम्बि’ (पालम) गीतबाट सर्वोत्कृष्ट भाषा भाषीको अवार्ड प्राप्त गर्नुभएको थियो । त्यसैगरी, मोडल पप आधुनिकमा नारायण विश्वकर्माले ‘आफ्नै स्वार्थ’बाट सर्वोत्कृट अवार्ड चुम्नु भएको थियो भने शिला गजुरेलले ‘चुपचाप’ गीतबाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्नुभएको थियो । यस्तै, ईश्वरी बरालले ‘नैना रेशम’ गीतबाट सर्वोत्कृष्ट आधुनिक गायिकको अवार्ड चुम्दा पूजना काफ्लेले ‘चुपचाप’ गीतबाट जुरी अवार्ड र विराज बाँस्कोटाले ‘कालो प्रकाश’बाट आधुनिक गीत पुरुष मोडलको अवार्ड प्राप्त गर्नुभएको थियो ।
यता, नेपालमा भएको समारोहमा गायक चेतन राईले पप गीत ‘घुम्दै जादा’, टेक विसीले ‘नजरमा नजर’ पप मोडन, सूर्य कश्यपले ‘हाँसो खुशी’ आधुनिक गीतसंगीत, रिदम कँडेलले ‘तिम्रो याद’ संगीत संयोजन, माधव भण्डारीले ‘यस्तै रित हो’ लोक तथा दोहोरी गायक र हरिभक्त बुढाथोकीले आधुनिक गीत ‘नजरमा नजर’बाट सर्वोत्कृष्ट गीतकारको अवार्ड प्राप्त गर्नुभएको थियो । यसैगरी, नारायण भारतीले ‘झुटो बोल्दैन’ गीतबाट पप मोडन गीतकारको सर्वोत्कृष्ट अवार्ड, भीम बिसीले ‘रिती जाने वैस’ गीतबाट पप मोडन संगीतको सर्वोत्कृष्ट अवार्ड, आरके विवशले ‘विदेशी संस्कार’ गीतबाट नवगायकको सर्वोत्कृष्ट अवार्ड र कृष्ण वमले ‘साइला दाई’ गीतबाट सर्वोत्कृष्ट लोक पप नव मोडलको प्राप्त गर्नुभएको थियो ।
नेपालमा भएको समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र महाकाव्यकार खेमनाथ दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ गायिका देवीका वन्दना, मञ्जु थापा वरिष्ठ गायक सीताराम पोख्रेल, गीतकार तथा पत्रकार शान्तिप्रिय, जिनियश म्युजिकका अध्यक्ष रमेश पाठक, निर्देशक÷कलाकार कृष्ण रसाललगायतले अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
थाइल्यण्डमा भएको कार्यक्रमको सहजीकरण मिलापका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने नेपालमा भएको कार्यक्रमको निर्देशक माधव खरेलले सहजीकरण गर्नुभएको थियो ।
विदेशी भूमि र मातृभूमिमा कला संस्कृतिका सर्जकको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउँदै अवार्ड संयोजक गीता अधिकारीले नेपाली कला संस्कृतिलाई नेपालबाहिर परिचत गराउनु र कला संगीतका सर्जकलाई उहाँहरूको सिर्जनाको सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरिरहेको बताउनुभयो । आउँदा दिनमा यसलाई निरन्तरता दिने संयोजक अधिकारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले गीतसंगीतका सर्जकको सम्मानका लागि हिमालयन अन्तर्राष्ट्रिय अवार्डले गरेका कार्यको सहराना गर्नुभएको थियो । समारोहमा गीतसंगीत, साहित्यका साथै समाजका प्रभुत्व वर्गको विशेष उपस्थिति रहेको थियो ।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान
बैंककमा हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८१ सँगै समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका व्यक्तित्वलाई ‘जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान’समेत अर्पण गरिएको थियो । विगत १६ वर्षदेखि गीतसंगीतको क्षेत्रमा काम गर्दै आएको जिनियस डिजिटल म्युजिक प्रा.लि.ले सो सम्मान अर्पण गरेको थियो । नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो समारोहमा ईशान श्रेष्ठले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने नृत्य निर्देशक/कोरियोग्राफर कृष्ण रसाल, केशव कोइराला, मोडल तथा कलाकार शिला गजुरेल, जोशिफा गुरुङ रसाल, पुजन काफ्लेलगायतले विभिन्न प्रस्तुति दिएका दिनुभएको थियो ।
समारोहमा सिक्किममा रहेर नेपाली गीतसंगीत, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण सम्बद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा जीवन शर्मालाई सम्मान अर्पण गरिएको थियो भने हिमालय टाइम्स दैनिकका उपसम्पादक एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसाललाई ‘पत्रकारिता रजत सम्मान’ले विभूषित गरिएको थियो । यस्तै, मेरो डान्स युनिर्भसकी विजेता थाइल्याण्ड निवासी खुशी कार्कीलाई सम्मान अर्पण गरिएको थियो ।
समारोहमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, नृत्य निर्देशक/मोडल कृष्ण रसाल, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार÷निर्देशक राज लुइँटेल, इभेन्ट म्यानेजमेन्ट डाइरेक्टर लवबहादुर कार्की, पत्रकार एवं बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाशबहादुर सिंह, कोरियोग्राफर ईशान श्रेष्ठ, कोरियोग्राफर कृष्ण राना, गायक÷संगीतकार रामबावु राउत पटेल, इभेन्ट डाइरेक्टर डेभिल सिंह राजपुत, फेयर एक्स्प्रेस मिडियाका अध्यक्ष विपिन पोख्रेल, सामाजिक अभियन्ता वरुणकुमार माझी, ढुवानी व्यवसायी महासंघका सचिव एवं समाजसेवी धर्मराज पोख्रेललाई सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भविन्द्र खड्का, सिक्किमका जीवन शर्मा, पत्रकार कृष्ण भुसाललगायतले थाइल्याण्डको बैंककमा भव्य कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै विश्वमा जहाँ रहे पनि नेपाली भाषा, साहित्य, कला, संस्कृतिका साथै नेपाली गीतसंगीतको संरक्षण एवं सम्बद्र्धनमा जुटनुपर्ने भनाइ राख्नुभएको थियो ।
‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’
बैंकको कार्यक्रमपछि यो टोलीले सिंगापुर हुँदै मलेसियामा पुगेर सांगीतिक साँझ गरेको थियो । मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान एवं सांगीतिक साँझ’ भएको हो । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तरक्रिया, सम्मान एवं सांगीतिक साँझ’ सम्पन्न भएको थियोे । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य, कला, संस्कृतिका विषयमा गरेको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताउनुभयो ।
मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, व्यवसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यवसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, कार्यक्रममा व्यवसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता थियो । कार्यक्रममा अतिथिहरूलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गर्नुभएको थियो । कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल, विराट बाँस्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले बेजोड प्रस्तुति दिनुभएको थियो ।
काठमाडौं-नेपाल चलचित्र निर्देशक समाजले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा एक भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाएको छ । चलचित्र विकास बोर्ड परिसरमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी रहनुभएको थियो ।
कार्यक्रममा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी विशेष अतिथिका रूपमा सहभागी रहनुभएको समारोहको अध्यक्षता समाजका अध्यक्ष जनकदीप पराजुलीले गर्नुभएको थियो ।
समारोहमा वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नगदसहित ‘रजत जयन्ती दीर्घ साधना सम्मान-२०८१’ अर्पण गरिएको थियो भने शम्भु प्रधानलाई ‘रजत जयन्ती हिरा सिंह स्मृति सम्मान-२०८१’, निर्देशक श्याम राई, डा. सुबोधकुमार पोखरेल र रक्षा सिंह राणालाई ‘रजत जयन्ती स्रष्टा सर्जक सम्मान-२०८१’ बाट सम्मानित गरिएको थियो ।
‘डाइरेक्टर अफ दी इयर-२०८०’ को व्यावसायिक विधामा चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले अवार्ड प्राप्त गर्नुभएको थियो भने कलात्मक (क्रिटिक्स) विधामा चलचित्र ‘द रेड सुडकेस’ का निर्देशक फिडेल देवकोटा सम्मानित हुनुभएको थियो ।
सो अवसरमा निर्देशक समाजको प्रोफाइल भिडियो, निर शाहको जीवनीमाथि आधारित दृश्य सामग्री, सम्मानित स्रष्टाहरूका वृत्तचित्र, साङ्गीतिक नृत्य प्रस्तुति तथा रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो ।
OPINION
नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ. नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव श्री गिरिराज भट्टसँग गरिएको विशेष संवाद:
यहाँहरुले संस्थागत रुपमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल गर्दै हुनुहुन्छ। यसको मूल भावना र उद्देश्य के हो ?
यस फेस्टिभलको मूल उद्देश्य नेपाली खानाको मौलिकता जोगाउँदै यसको अन्तर्राष्ट्रियकरण गर्नु हो। विश्वभर रहेका नेपाली सेफहरूलाई एकै थलोमा ल्याएर अनुभव, सीप, र प्रविधिको आदानप्रदान गराउँदै नेपाली खानालाई ग्लोबल ब्राण्डका रूपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो। साथै, हामी पाककला पर्यटनको प्रवर्द्धनमार्फत नेपालको आर्थिक र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने प्रयासमा छौं।
फेस्टिभलमा सहभागी हुने सेफहरूको पृष्ठभूमि कस्तो छ र कति देशका सेफहरूले सहभागिता जनाउँदैछन् ?
अहिलेसम्मको तयारीअनुसार करिब ३६ देशका नेपाली सेफहरू सहभागी हुनेछन्। सेफहरू जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, कोरिया, मलेसिया लगायतका मुलुकहरूबाट आउने क्रम सुरु भएको छ। प्रवासी नेपाली सेफहरुको आगमनले हामीलाई उत्साहित बनाएको छ । फुड फेस्टिभलको मंचमा सेफसहित संबन्धित व्यक्तिहरूले आफ्ना अनुभव साट्ने, अन्तर्राष्ट्रिय भान्सामा नेपाली खानाको प्रयोगबारे चर्चा गर्ने र विभिन्न नयाँ परिकारहरू प्रदर्शन गर्नेछन्। उनीहरूको योगदानले नेपाली खानालाई विश्व बजारमा लोकप्रिय बनाउनका लागि मार्गप्रशस्त गर्नेछ।
अहिले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन कस्ता चुनौतीहरू छन् ?
नेपाली खानाको सही ब्रान्डिङ र बजार व्यवस्थापनमा अहिले पनि ठूलो अभाव छ। हामीसँग स्वादमा गहिरो परम्परा छ, तर आधुनिक प्रविधिसँग मेल खाने शैली र प्रस्तुतीकरणमा अझै सुधारको खाँचो छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली खानालाई व्यावसायिक रूपमा प्रस्तुत गर्न आवश्यक छ। साथै, खाद्य सामग्रीको गुणस्तर, निर्यात नीतिमा सुधार, र अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियामा पनि चुनौती छन्।
फेस्टिभलमा सहभागीहरूका लागि विशेष आकर्षणहरू के रहनेछन् ?
फेस्टिभलमा करिब ४० स्टलहरू रहनेछन् जहाँ परम्परागत रैथाने परिकारदेखि आधुनिक नेपाली परिकारहरूको प्रदर्शनी हुनेछ। ‘नेपाली सेफ अवार्ड’ वितरण, विशिष्ट सम्मान, सांस्कृतिक झाँकी प्रदर्शन, इन्टरकलेज फुड कम्पिटिसन , अन्तर्राष्ट्रिय सेफ सम्मेलन लगायतका गतिविधिहरूले कार्यक्रममा विविधता ल्याउनेछन्। यी सबै आकर्षणले यस फेस्टिभललाई सम्पूर्ण पाककला उत्सव बनाउनेछ।
इन्टरकलेज फुड कम्पिटिसनबारे पनि केही जानकारी गराईदिनुस न ?
फेस्टिभल अन्तर्गत आगामी ४ वैशाख २०८२ मा ‘एकेडेमी अफ कलिनरी आर्ट्स’, लगनखेलमा इन्टरकलेज कुकिंग कम्पिटिसन आयोजना हुनेछ। यो प्रतियोगिता युवा सेफहरूका लागि ठूलो प्लेटफर्म हुनेछ। यसका लागि कलेजहरुलाई सहभागी हुन आव्हान गरिसकिएको छ । आवेदन दिने क्रम जारी छ । हामी विजेता टोलीलाई इनाम स्वरुप प्रथम पुरस्कार रू। १ लाख, दोस्रोलाई रू। ७५ हजार र तेस्रोलाई रू। ५० हजार नगद, मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गर्नेछौं। यसले युवा प्रतिभालाई प्रोत्साहन गर्नेछ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले पर्यटन प्रवर्द्धनमा कस्तो भूमिका खेल्न सक्छ ?
खाना केवल पेट भर्ने कुरा होइन, यो अनुभव हो। नेपालमा आउने पर्यटकहरू नेपाली खानाको स्वाद लिएर जान चाहन्छन्। हामी नेपाली खानालाई फुड टुरिजमको रूपमा प्रवर्द्धन गर्दै नेपाललाई ग्लोबल नेप्लिज फुड आइन्ड टुरिजम को रूपमा ब्राण्डिङ गर्दैछौं। सेफ सोसाइटीमार्फत हामी अन्तर्राष्ट्रिय रेस्ट्रोरेन्टमा नेपाली परिकार समावेश गराउने, नेपाली स्वादको प्रामाणिकता कायम राख्ने, र अन्तर्राष्ट्रिय पाक सम्मेलनहरूमा सहभागिता जनाउने योजनामा छौं।
केन्द्रीय अधिवेशनको तयारी कसरी हुँदैछरु कस्ता रणनीतिक निर्णयहरू अपेक्षित छन् ?
फेस्टिभलसँगै पहिलो केन्द्रीय अधिवेशन पनि आयोजना हुँदैछ। यस अधिवेशनमा नयाँ कार्यसमिति चयन हुनेछ र आगामी वर्षको नीति तथा कार्यक्रमहरू तय गरिनेछन्। विशेष गरी सेफहरूको हकहित सुनिश्चित गर्ने, प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, नेपाली खानाको स्तर उन्नति गर्ने, र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका योजना बनाइनेछ।
अन्त्यमा, नेपाली सेफहरूलाई तपाईंको सन्देश के छ ?
नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन एक साझा प्रयास हो। हामी सबै सेफहरूले आफ्नो सीप क्षेमता रचनात्मकता, र बौद्धिकता प्रयोग गरेर यो अभियानलाई सफल बनाउनुपर्छ। नेपाली स्वादलाई विश्वभर पुर्याउन अब हामी पछि हट्ने होइन, सँगै एकीकृत भई अझ अघि बढ्ने बेला हो। म सबै अभियन्ता सेफहरूलाई यो अभियानमा सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गर्न चाहन्छु।
काठमाण्डौ - नव वर्ष २०८२ को आगमनको अवसरमा माननीय पशुपति शम्सेर जबरा द्वारा संचारकर्मीहरूसँग विशेष शुभकामना आदान प्रदान गरेका छन् । यस कार्यक्रमलाई एसएस फाउन्डेशनले आयोजना गरेको थियो, जसमा कला, संस्कृति, समाजसेवा, संचार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसएस फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं गीतकार सोभित उप्रेती, वरिष्ठ संगीतकार माधवराज खरेल, साथै विभिन्न संचारकर्मीहरू कलाकारहरुको सक्रिय सहभागिता रह्यो।
शुभकामना व्यक्त गर्दै माननीय जबराले भने, “नेपालको राजनीति, समाज र संस्कृतिले सधैं परस्पर सद्भाव, शान्ति र समृद्धिलाई अंगालेको छ। हामीले हाम्रो मौलिक पहिचान जोगाउनु पर्छ, हाम्रो भाषा, कला र संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ। संचारमाध्यमहरू यस्ता अभियानमा सशक्त भूमिका खेल्न सक्छन्।” गत चैत्र १५ गतेको आन्दोलनमा राप्रपाको आयोजना नभएको तर समर्थन रहेको भन्दै त्यस आन्दोलनमा पक्राउ परेका पार्टीका नेताहरु रविन्द्र मिश्र धवल शमशेर राणा को निःशर्त रिहाईको माग गरेका छन् ।
उहाँले थप्दै भन्नुभयो, “नव वर्ष २०८२ हामी सबै नेपालीका लागि अवसरको वर्ष बन्न सकोस्। आर्थिक समृद्धि, स्थायित्व र सामाजिक सद्भावलाई आत्मसात गर्दै हामी सबैले एकताबद्ध भएर अघि बढ्नुपर्छ।” नेपालको पछिल्लो ठूला भनिएका राजनीतिक दलका गतिविधि राम्रो नभएको भन्दै नेपाली जनताको हित केन्द्रित हुन नसक्नुमा दुर्भाग्य भएको बताउनु भयो ।
गीतकार सोभित उप्रेतीले नेपाली गीत(संगीतको संरक्षण, प्रवर्द्धन र नविन पुस्तामा यसको प्रभावबारे धारणा राख्नुभयो। उनले नयाँ वर्षको शुभकामना दिँदै युवा वर्गको भावना समेट्ने गरी काम गर्नु पर्ने धारणा राखेका छन् ।
नव वर्ष २०८२ को सन्दर्भमा शुभकामना आदान प्रदान गर्दै माननीय जबराले भन्नुभयो, “यो वर्ष सबै नेपालीका लागि शान्ति, समृद्धि र स्थायित्वको वर्ष बनोस्। हामीले एकआपसमा सहकार्य गर्दै देश विकासको यात्रालाई तीव्र पार्नुपर्छ।”
कार्यक्रममा उपस्थित सबै अतिथिहरूले नव वर्ष २०८२ को सफलताको कामना गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक समृद्धि र नेपाली संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनुपर्ने भन्दै वर्तमान देशले ब्यहोरेको संकटको बारेमा समेत दुःख व्यक्त गर्दै भावी दिनमा कसरी यस अवस्था बाट माथि उठ्न सकिन्छ भन्ने कुरालाई सरकारले न्यायिक छानबिन गर्नु पर्ने बताएका थिए ।
पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। यही क्रममा, आगामी २०२५ मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुन गइरहेको एकता महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले केन्द्रिय विधान समितिलाई पूर्णता दिइएको हो।
समितिले विधान संशोधन तथा निर्माणसम्बन्धी कार्यहरू गर्ने जिम्मेवारी पाएको छ। समितिको संयोजकको रूपमा रविना थापा (यूएसए) चयन भएकी छिन् भने सदस्य सचिवहरूमा कृष्ण (जगन्नाथ) गिरी (अष्ट्रेलिया) र गंगाधर गौतम (बेल्जियम) रहेका छन्। १०० सदस्यीय यस समितिमा विश्वभर रहेका गैर आवासीय नेपाली प्रतिनिधित्व गरेका छन्।
समितिको संयोजक रविना थापाले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै सम्पूर्ण गैर आवासीय नेपालीहरूको साझा हितका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले एनआरएनएको संस्थागत संरचनालाई बलियो बनाउन समन्वय र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गर्दै भनिन्, "म यो भूमिकालाई गम्भीरतापूर्वक लिन्छु र विश्वभरका गैर आवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै एनआरएनएको विधानलाई सुदृढ बनाउन काम गर्नेछु।"
थापा हाल एनआरएनएको एकता महाधिवेशनका लागि शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सदस्य सचिवको भूमिकामा पनि रहेकी छन्। उनको नेतृत्वमा गठित केन्द्रिय विधान समितिले प्रभावकारी रूपमा कार्य गर्दै एकता महाधिवेशनलाई ऐतिहासिक बनाउने विश्वास गरिएको छ।
केन्द्रिय बिधान समितिमा रहनुभएको सदस्य सचिब, सदस्यहरुको नामावली
नामावलीः
१, रविना थापा (यूएसए) - संयोजक
२, कृष्ण (जगनाथ) गिरी (अष्ट्रेलिया) - सदस्य सचिब
३, गंगाधर गौतम (बेल्जियम) - सदस्य सचिब
४, महेश श्रेष्ठ (जापान)- सदस्य सचिब
५, एक राज गिरी (स्पेन)
6 दिपक गौतम (क्यानेडा)
७, दिपक गिरी
८ प्रमोद सिटौला
९, राजकुमार अधिकारी (अष्ट्रेलिया)
१०, पुष्प थापा
११, राजेन्द्र कुमार शर्मा (कतार)
१२, अरुण अधिकारी
१३, योगेन्द्र क्षत्री (यूके)
१४, संगिता कुंवर
१५, भुवनी प्रसाद तिमलसिना (यूएई)
१६, रमेश छत्कुली (अष्ट्रेलिया)
१७, दिलिप कुमार पोखरेल (अष्ट्रेलिया)
१८, वोकिल के. सी
१९, प्रतिक पाण्डे
२०, दिपक के.सी
२१, बादल भुजेल
२२, अन्नत सुवेदी
२३, महेश मल्ल
२४, मीन पुर्जा
२५, विशाल के.सी
२६, दिलु भण्डारी
२७, महेन्द्र बानिया
२८, विक्रम कार्की (कतार)
२९, विष्णु कुमारी बानिया
३० घनश्याम सापकोटा (न्युजील्याण)
३१, रमेश पौडेल (कतार)
३२, थलबिर ओली (सीए)
३३, दिनेश तिवारी
३४, नरेन्द्र भाट (कतार)
३५, केशव शर्मा, (यूएसए)
३६, नानुकाजी अर्याल (दुबई)
३७, खगेन्द्र अधिकारी
३८, प्रेम कुमार श्रेष्ठ
३९, विनय अधिकारी (यूके)
४०, केशव पौडेल
४१, उमा कार्की थापा
४२, सुन्दर गुरुङ्ग
४३, गोबिन्द श्रेष्ठ
४४, अमित कटेल
४५, गणेश के.सी (अष्ट्रेलिया)
४६, विश्व आर्दश पण्डीत
४७, गोपाल विश्वकर्मा
४८, कृष्ण चुडारा
४९, पारसमणी श्रेष्ठ
५०, लोक बहादुर बानिया
५१, कमल बास्तोला
५२, सन्तोष तिमलसीना ( कतार )
५३, रामचन्द्र अधिकारी (यूएसए)
५४, दिपक थापा
५५, सिता बराल
५६, मुक्षेत्र गुरुङ्ग
५७, प्रेवश के.सी
५८, सुमन थापा
५९, केदार कुवँर
६०, दिनेश शर्मा
६१, कल्पना रानाभाट
६२, प्रकाश अर्याल
६३, पशुपती पाण्डे
६४, भक्त थापा
६५, धनन्जय नरसिहं के.सी
६६, चित्र के.सी
६७, शान्ती अधिकारी (मकाउ )
६८ शीव प्रसाद पौडेल
६९, नारायण गुरुङ्ग
७०, सुस्मीता खड्का सीजापती
७१, कीरण राना
७२, वर्षा खड्का
७३, सन्तोष अधिकारी (बहराईन)
७४, भगवान मैनाली
७५, विकास श्रेष्ठ
७६, विनोद कुवँर
७७, विष्णु पराजुली
७८,चिन्तामणी सापकोटा
७९, डोलनाथ घिमिरे
८०, गोबिन्द ढकाल
८१, ज्ञानेन्द्र कार्की
८२, जघ बहादुर बस्नेत
८३, किशोर रेग्मी
८४, लक्ष्मण खनाल
८५, मिन पाण्डे
८६, पुर्ण हमाल
८७, राजन त्रिपाठी (यूएसए)
८८, राजु क्षेत्री
८९, विवेक न्यौपाने
९०, रमेश बास्तोला
९१, सिजन दाहाल
९२, ठाकुर प्रसाद ढुङगाना
९३, ऐकेन्द्र बहादुर थापा क्षेत्री
९४, सिव गुरुङ्ग (यूएसए)
९५, केमिका भण्डारी (यूएसए)
९६, शरद श्रेष्ठ (अर्फीका)
९७, प्रेम सापकोटा (अष्ट्रेलिया)
९८, बुद्धि सागर घिमिरे ( न्यूजिलेण्ड )
९९, देवकी केसी (क्यानेडा)
१००, रेणु सुवेदि (यूएसए)
२०८१ चैच २०, काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
२०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।
बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
चिरन राईको नेतृत्वमा सञ्चालित यो अभियान विद्यालयका विद्यार्थीहरूका लागि सुरक्षित र गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने महत्वपूर्ण पहल भएको छ। भवन निर्माण कार्यलाई सफल बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा युवा समाजसेवी इश्वर लामाले समन्वयकारी भूमिका खेलेका थिए ।
कार्यक्रमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिनुका साथै विद्यालय भवन निर्माणमा योगदान र्पुयाउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो । चिरन राईले आफ्नो सम्बोधनमा यूकेमा रहेका नेपाली समुदायको समर्थन र सहयोगको प्रसंसा गर्दै नेपालमा आफूहरुले विद्यालय क्षेत्रमा गर्न पाएको सेवाले हर्षित भएको भन्दै गर्दै आगामी दिनमा पनि नेपालका शैक्षिक संस्थाहरूको विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मलेसिया- मलेसियामा ‘मिलाप अन्तर्क्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको छ । मलेसियाको होटल ग्राण्ड कन्टिनेन्टलमा आइतबार एक भव्य सामारोहबीच नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीको प्रमुख अतिथ्यतामा ‘मिलाप अन्तक्र्रिया, सम्मान, एवं सांगीतिक साँझ’ सम्पन्न भएको हो । कार्यक्रममा सचिव धामीले मिलापले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले हाम्रो संस्कार एवं संस्कृतिको जर्गेना र उत्थान गर्न सहयोग पुग्ने बताउनुभयो ।
जनसवाल राष्ट्रिय दैनिक र जनसवाल टेलिभजिनका सम्पादक एवं अध्यक्ष रामजी बगालेको संयोजकत्वमा मिलाप मासिक र मिलाप न्यूजको आयोजनामा भएको उक्त कार्यक्रम मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीको सभापतित्वमा भएको थियो ।
मिलापका अध्यक्ष एवं सम्पादक कृष्ण भुसालको सहजीकरणमा भएको कार्यक्रममा विशेष अतिथिमा एनआरएनए आईसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटनदूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बलध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यावसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्वअध्यक्ष शेर गुरुङ, एनआरएनए आईसिसी सदस्य टेकबहादुर टमटा, ब्याबसायी तथा समाजसेवी नरेन्द्र राउत, एशिया प्याशिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्की, व्यावसायी तथा समाजसेवी, अभियन्ता एनआरएनए कुवेतका राजेन्द्र सिंह भण्डारी, सनरेड एडभान्सका सिइओ विनोदकुमार यादव, कृष्णकुमारी निरौला(कविता) सञ्चालक, नेपाल हाउस मलेसियालगायतको रहेको थियो । यस्तै, कार्यक्रममा व्यावसायी डिकबहादुर राई, मलायखवरका एन चौधरी, बारा दैनिकका सम्पादक कृष्ण गुप्ता, सुदूरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष दिनेश खड्कालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथि अतिथिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको थियो । उहाँहरूलाई कार्यक्रम सभापति अधिकारी जनसावलका बगाले र राजदूतावासका प्रथम सचिव धामीले सम्मान पत्र अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा गायक मञ्जु लावती, कृष्ण रसाल, केशव कोइराला, उर्मिला खत्री (रिया) रामबाबु पटेल, रमेश पाठक, शिला गजुरेल विराट बास्कोटा, राजु शेर्मा, मुकेस गुरुङ, जोसिफा गुरुङ, ईसान श्रेष्ठलगायतले बेजोड प्रस्तुति दिनुभएको थियो ।
काठमाडौं – “माटो बदलिँदैन, विचार बदलौं" भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान गरेको छ ।
विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र निर्देशक रमेश बुढाथोकी तथा परिवर्तन नेपालका संस्थापक एवं केन्द्रीय अध्यक्ष मोहन निरौलाले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
परिवर्तन नेपालले विगतका वर्षहरूमा झैं यस वर्ष पनि संस्थापक अध्यक्ष मोहन निरौलाको जन्मोत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, साहित्यकार राधेश्याम लेकाली, अधिवक्ता कृष्ण ढुङगाना लगायतका विशिष्ट व्यक्तित्वहरूले अध्यक्ष निरौलालाई जन्मदिनको शुभकामना दिएका थिए ।
मानिसहरुको जीवन जसरी पञ्च तत्वद्धारा निर्देशित हुन्छ त्यसैगरी सोही पञ्चतत्वको अनुष्ठान गरी हाम्रो मौलिक परम्परा, संस्कृति र सभ्यता बमोजिम अध्यक्ष निरौलाको जन्मदिनको अवसरमा पञ्च दिपप्रज्वलन गरिएको थियो । हाम्रो धार्मीक मान्यता अनुरुप पञ्चदिप प्रज्वलित गर्दा मानिसहरुमा आफ्नो कर्म, पेशामा क्रियाशिल रहँदै आफ्नो आचारण तथा स्वभावमा सदाचारिताको विकास हुन्छ भन्ने जनविश्वास रहेको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले महत्वपूर्ण भूमिका निभाएका थिए। सो अवसरमा अध्यक्ष डिसीले कविता वाचन गर्नुका साथै गीत प्रस्तुत गरेका थिए भने अभिनेता गजित विष्टको नृत्य प्रस्तुति सहभागीहरूका लागि आकर्षणको केन्द्र बनेको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका मोहन निरौलालाई शुभकामना दिन चलचित्र कलाकार संघ, चलचित्र संघ, चलचित्र निर्देशक समाज, द्वन्द्व कलाकार संघ लगायतका संस्थाका प्रतिनिधिहरू तथा चलचित्र, साहित्य र पत्रकारिता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत रहनु भएका निरौलाको जन्मदिनको अवसरमा शुभकामना दिनको लागी कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोषाध्यक्ष सुनिल कटुवाल, सहकोषाध्यक्ष पवित्रा आचार्य, चलचित्र संघका बरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, महासचिव अरुण प्रधान, द्धन्द्ध कलाकार संघका अध्यक्ष नारायण प्रधान तथा विशिष्ठ ब्यक्तित्वहरु बिजयरत्न तुलाधर, आरपी पन्त, उत्तम केसी, सपना श्रेष्ठ, शारदा गिरी, शुरेन्द्र शाह, शान्तिप्रिय, चेतन सापकोटा, बसन्त सापकोटा, राजन थापा, विष्णु सुवेदी, गीता अधिकारी, पनाहा अधिकारी, सुमन बैरागी, रघुनाथ सापकोटा, बिनोद श्रेष्ठ, पुकार भट्टराई, रोहित रुम्बा, दिपेन्द्र तिमल्सिना, उद्धव भट्टराई, नम्रता खरेल, पवन केसी, जयन्त रेग्मी, राजकुमार शाह, राजु गिरी, कृष्ण रसाल, पुस्कर पन्त, विमल श्रेष्ठ, समिर लामा, अमर वली, देवन्द्र पाण्डे, अटल निरज, दिपक हुमागाई, आशा भुषाल, सविता पोख्रेल, कमला जोशी, सामना शाह, फोटोग्राफर देवराज आचार्य लगायत झण्डै सय भन्दा बढी कलाकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई परिवर्तन नेपालका मानार्थ सदस्य तथा चलचित्र निर्देशक माधव राज खरेलले सञ्चालन गरेका थिए भने गोपाल ढकाल “छन्दे", गायिका बबिरोजा ढकाल, गायक सुरज अधिकारी लगायतका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।