generalnews
||Power News Asia||

आजको समाचार

पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै

समाचार


काठमाडौ– नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो ।

वि.सं. २०५२ मा समाजसेवी विजया राणा (तारानानी) ले पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रकै पहिलो औपचारिक पुरस्कारको रूपमा चिनिन्छ ।

४ दशकदेखि नेपाली चलचित्रको उत्थान र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय टिका पहारी र दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्रको क्षेत्रमा योगदान दिँदै आएकी रेजीना उप्रेतीलाई लिखत सहित जनही २५,००० रुपैयाँ राशिको थैली पुरस्कार अर्पण गरिनेछ ।

यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी, शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौला लगायत चर्चित कलाकारहरूले प्राप्त गरिसकेका छन् ।

यस्तै बैठकले यसै वर्ष देखि नगद रु १०,०००। (राशीको हरितारा चलचित्र पत्रकारिता पुरस्कार अर्पण गर्ने पनि निर्णय गरेको छ । स्थापना वर्षको हरितारा चलचित्र पत्रकारिता पुरस्कार संचारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।

यसैबीच, परिवर्तन नेपालको वैशाख ५ गते सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक÷सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसको पुरस्कारको जनही १०,००० हजार रहेको छ ।

साथै, चलचित्र निर्माण, निर्देशन र अभिनयमा योगदान पु¥याउँदै आएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई ‘परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१’ अर्पण गरिनेछ ।

त्यस्तै ‘परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१’ संचारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल, र कमला जोशीलाई प्रदान गरिनेछ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।

विशेष समारोहमार्फत आगामी जेठको पहिलो हप्तामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । उक्त कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ समेत रहेका निर्देशक माधव राज खरेलले गर्ने निर्णय गरिएको छ ।

"नेपालमा ग्याष्ट्रोनोमी टुरिजमको अथाह संभावना छ" : अजयकुमार श्रेष्ठ (भिडियोसहित)

समाचार


काठमाण्डौ  । युनेस्को क्लब महासंघ नेपालका केन्द्रीय सदस्य अजयकुमार श्रेष्ठले नेपालमा पाककलामार्फत पर्यटन प्रवर्द्धनको अपार सम्भावना रहेको बताउनुभएको छ। “नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयक विचार गोष्ठी, प्रवासी नेपाली सेफ सम्मान कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै श्रेष्ठले नेपाली सेफहरूलाई नेपाली स्वादका सांस्कृतिक कूटनीतिज्ञ (Gastonomy Diplomat) को रूपमा व्याख्या गरेका  गर्नुभयो ।

श्रेष्ठका अनुसार ग्याष्ट्रोनोमी टुरिजम आजको दिनमा विश्वभर तीव्र गतिमा विकास हुँदै गएको एक महत्वपूर्ण क्षेत्र हो। सन् २०२४ मा यसको विश्वव्यापी बजार १३.८३ अर्ब अमेरिकी डलर रहेकोमा २०३४ सम्ममा यो ८५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। युएनडब्लुएनटिओको तथ्यांक अनुसार, विश्वभर पर्यटकहरूले गर्ने कुल खर्चमध्ये झण्डै एक तिहाइ खाना र पेय पदार्थमा खर्च हुन्छ।

श्रेष्ठले आफ्ना अन्तर्राष्ट्रिय भ्रमणका अनुभवहरू साझा गर्दै विभिन्न देशका परिकारहरू ती देशहरूको संस्कृति, स्मृति र पहिचानसँग जोडिएको स्पष्ट पारे। उहाँले भन्नुभयो, “Georgia को वाइन, इटालीको ग्राप्पा, जापानको साके, कोरियाको सोजु—यी सबै त्यहाँको आत्मा जस्तै हुन्। त्यसैगरी, जोमसोमको याक स्टेक पनि कुनै विदेशी पर्यटकका लागि नेपालप्रतिको अमूल्य सम्झना बन्न सक्छ।”

नेपालमा ग्याष्ट्रोनोमी टुरिजम प्रवर्द्धनका लागि श्रेष्ठले तीनवटा रणनीतिक प्रस्ताव अघि सार्नुभएको छ। पहिलो, युनेस्कोमा नेपाली परिकारहरू दर्ता गर्ने पहल गरिनुपर्छ, जसमा विशेषगरी नेवारी परिकार, हिमाली जडिबुटीयुक्त खानाहरू र गाउँघरका मौलिक व्यञ्जनहरू पर्न सक्छन्। दोस्रो, “Nepal International Food Festival” आयोजना गरी काठमाडौं, पोखरा र लुम्बिनीलाई वार्षिक ग्याष्ट्रोनोमिक गन्तव्यका रूपमा विकास गर्ने प्रस्ताव उहाँले गर्नुभयो। तेस्रो, “Dedicated Culinary Tourism Association” स्थापना गरी सेफ, पर्यटन व्यवसायी, सरकार र अनुसन्धानकर्ताहरूबीच सहकार्य गराएर नीति निर्माण, तालिम, ब्रान्डिङ र बजार प्रवर्द्धनमा योगदान पुर्‍याउन सकिने उहाँको धारणा थियो।

उहाँले हालै अगाडि सारिएको “Millennium Homestay Trail” परियोजनाको पनि चर्चा गर्नुभयो। उक्त परियोजनामा ५–७ दिनको यात्रामार्फत गुरुङ, नेवार, मगर र तिब्बती समुदायका परिकारहरूको अनुभव समेट्ने प्रयास भइरहेको जानकारी दिँदै यसलाई “Nepal’s Cultural & Culinary Route” का रूपमा विकास गरिने योजना रहेको बताउनुभयो।

कार्यक्रममा श्रेष्ठले सम्पूर्ण नेपाली सेफहरूप्रति नमन गर्दै एउटा प्रेरणादायी सपना पनि बाँडे—“एउटा नेपाली सेफले Michelin Star   जितून, र नेपाली स्वादले विश्वको  Gourmet बजारमा गर्विलो स्थान पाओस्।” साथै, उहाँले कार्यक्रमका आयोजक तथा सेफहरूलाई सम्मानित गर्ने प्रेरणादायी मञ्च तयार पार्ने आयोजकप्रति विशेष धन्यवाद पनि ज्ञापन गर्नुभयो 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो। अन्य विशिष्ट अतिथिमा पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी एवं गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उल्लेखनीय उपस्थिति थियो भन नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । 

प्रमुख अतिथि रेग्मीले  पाककलाको माध्यमबाट नेपाली पहिचान प्रवर्द्धन गर्न सकिने बताउँदै, राष्ट्रिय परिकार र उत्पादनलाई प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तैले नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सेफहरूको पेशा आम नागरिकको भरोसा प्राप्त गर्ने जिम्मेवार पेशा भएको उल्लेख गर्दै, सेफलाई केवल भान्सामा सीमित गरेर चित्रण गर्नु अनुचित हुने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्व तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो।

सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा (पूर्वमा कतारमा कार्यरत) हुनुहुन्छ।

 

बिशाल सोनी र शुष्मा शाहीको स्वरमा 'मकै बारी दर्याम दर्याम'

समाचार


काठमाडौं — नेपाली लोकसंगीतमा निरन्तर योगदान दिइरहेकी चर्चित गायिका शुष्मा शाही ठकुरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘मकै बारी दर्याम दर्याम’ सार्वजनिक भएको छ। बिशाल सोनीसँग मिलेर युगल स्वर दिएकी शुष्मा शाही ठकुरीले यस गीतमार्फत गाउँघरको माटोको गन्ध, लोकसंस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन्।

गीतमा बिशाल सोनीकै शब्द रचना रहेको छ भने संगीतकार सन्दीप सेन्चुरी को संगीत रहेको छ । यम थापा मगरले संगीत संयोजन गरेका छन् भने बिमल छिनालको मिक्सिङरमास्टरिङले गीतको ध्वनिलाई आकर्षक बनाएको छ। गीत डायनामिक स्टुडियोमा लक्ष्मण विश्वकर्माद्वारा रेकर्ड गरिएको हो।

मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा बनेको भिडियोमा कलाकार बिशाल सोनी र अलिना रायमाझीको अभिनय रहेको छ। प्रकाश खड्काको छायांकन, नविन घर्ती मगरको सम्पादन तथा एडभेन्चर इन्टरटेन्मेन्टको पोस्ट प्रोडक्सनले भिडियो निर्माण गरिएको हो ।

शुष्मा शाही ठकुरीले विगत दशकदेखि नेपाली लोकसंगीतमा उल्लेखनीय योगदान दिँदै आएकी छन्। एकै रातैले, लाम लाम माया, सानी, दमौलीमा गेट जस्ता हिट गीतहरू मार्फत चर्चा कमाएकी उनले मकै बारी दर्याम दर्याम जस्ता गीतबाट आफ्ना श्रोतालाई फेरि एक पटक झुमाउने प्रयास गरेकी छन्। गीत  विशाल सोनी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली खानाले विश्वभर हाम्रो पहिचान बनाउँदैछ : मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मी (भिडियोसहित)

समाचार


काठमाडौं – मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले नेपाली खानाले विश्वभर हाम्रो पहिचान बनाउँदै गएको बताउनुभएको छ ।

ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेग्मीले नेपाली पाककलामा समर्पित सेफहरूको सम्मानले राष्ट्रिय गौरव बढाउने र नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

“नेपाल पर्यटन प्रवर्द्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयमा आयोजित विचार गोष्ठी तथा “ग्लोबल स्टार अवार्ड” वितरण कार्यक्रममा रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली सेफहरूलाई थप हौसला दिने उल्लेख गर्नुभयो।

कार्यक्रम ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न भएको थियो।

सो अवसरमा विशिष्ट अतिथिका रूपमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, वरिष्ठ पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, समाजसेवी तथा गैरआवासीय नेपाली अभियन्ता रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो।

नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत अग्रज नेपाली सेफहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै “ग्लोबल स्टार अवार्ड” प्रदान गरियो। आयोजक संस्थाहरूका अनुसार यस्ता कार्यक्रमहरूले नेपाली संस्कृति र खानपानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

अग्रज प्रवासी नेपाली सेफहरू “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित

समाचार


काठमाण्डौ । नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो।

सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा (पूर्वमा कतारमा कार्यरत) रहेका छन्।

उनीहरूलाई प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। सो अवसरमा विशिष्ट अतिथिहरू नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह तथा समाजसेवी, व्यवसायी एवं गैरआवासीय अभियन्ता रुद्र शर्माले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा “नेपाल पर्यटन प्रवद्र्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयमा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रधानन्यायाधीश रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले सेफ पेसा आमापछिको भरोषा गरिने भूमिकाको रहने हुँदा सेफहरुलाई भान्सेका रुपमा मात्र चित्रण गर्न नहुने धारणा व्यक्त गरिन् । 

त्यस्तै अन्य विशिष्ट अतिथिहरूले नव वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपाली सेफहरूको योगदान, नेपाली खानाको समृद्ध परम्परा, र पर्यटनसँगको यसको सम्बन्धबारे चर्चा गरे।

कार्यक्रममा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कार्यक्रममा बोल्दै सेफ सम्मान तथा विचार गोष्ठी कार्यक्रमले नेपालको पाककला र पर्यटन उद्योग क्षेत्रको श्रीबृद्धीमा योृगदान पुग्ने विश्वास लिईएको बताउनुभयो । 

कार्यक्रममा सम्मानित सेफहरुका तर्फबाट अरुण अधिकारी एवं नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अन्तक्रिया सत्रमा धारणा राख्नुभएको थियो । 


कार्यक्रममा समाजसेवी  रामप्रसाद न्यौपाने, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव श्रीमती सुष्मा महरा, घोरिवाला मार्टका चेयरपर्सन विनय घोरिवाल, एन।सी। एग्रोटेक लिमिटेडका प्रबन्ध निर्देशक दीपक न्यौपाने, नेपाल उद्योग संघका कोषाध्यक्ष ध्रुव तिवारी, नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमला, नेपाल पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, काठमाडौं जेसिजका अध्यक्ष श्यामकुमार​ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा नेपाल बार एशोसिएसनका पदाधिकारी तथा पद्यकन्या क्याम्पसका स्व. वि.यु.मा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई अबिर लगाई बिशेष सम्मान गरिएको थियो भने लेखक शिव न्यौपानेद्धारा लिखित फलाङ फुड डिस्नेरी वितरण गरिनुका साथै नेपाल डेरी एशोसिएसनको संयोजनमा मोही अभियान अन्तर्गत कार्यक्रम माझ नवप्रभात डेरीबाट उत्पादित मोहीपान गराईएको थियो । कार्यक्रममा साल्ट टे««डिङ्गका खाद्य सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।

 

यस कार्यक्रम साल्ट टे««डिङ्ग कर्पोरेशन लिमिटेड, घोरीवाला मार्ट, नेपाल हाउस, एन सि एग्रो टेक, सिन्धु फ्रेस एण्ड प्रोजन मार्टको प्रायोजन तथा स्वत टाभल्स एण्ड टे««क्स, ग्लोकल वर्कफोर्स नेपालको सह प्रायोजन र नेपाल डेरी एशोसिएसन, एभेण्टोज नेपाल, पोर्टर हाउस, काठमाण्डौं जेसिज, ब्रिचालय, खुसी दुध डेरी, फेसियल आउस, पिएचसिए, ग्रिन भ्याली रिसोर्ट, वल्र्ड टच ट्र«ाभल एण्ड टुर्स, फलाङ फुड डिस्नेरी, जब फो अनलाईन, नमस्ते ट्र«ाभल, क्रिजल डिजाईन, फेसियल हाउस, सोफा हब सहयोगी साझेदारका रुपमा रहेका थिए । 

न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक राजु भट्टले नेपाली खानाको प्रबर्धन साथै पाककला शिल्प र संस्कृतिको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

 

 

 

त्रिरत्न आवासीय विद्यालयमा अभिभावक दिवस तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

समाचार


काठमाडौं– त्रिरत्न आवासीय विद्यालय प्री-स्कूलले अभिभावक दिवस तथा युकेजी कक्षाका विद्यार्थीहरूको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको अडिटोरियममा आयोजित उक्त कार्यक्रम विद्यालयका अध्यक्ष  रबी राज शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि ट्रमा सेन्टरका पूर्व महानिर्देशक तथा हाल सामुदायिक अस्पताल, डल्लु स्वयम्भूका प्रमुख सुपरीटेन्डेन्ट प्रोफेसर डा. बुलन्द थापा हुनुहुन्थ्यो। डा. थापाले बालबालिकाको जोखिमयुक्त स्वास्थ्य अवस्थाबारे सचेत रहन अभिभावकहरूलाई सल्लाह दिनुका साथै विद्यालयले प्रदान गर्दै आएको संस्कारयुक्त, नैतिकतापूर्ण र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो। उहाँले त्रिरत्न विद्यालयले ‘रत्न मात्र होइन, संस्कारयुक्त डायमण्ड नागरिक’ उत्पादन गर्ने लक्ष्य बोकेको उल्लेख गर्दै सफल भविष्यको शुभकामना पनि दिनुभयो।

कार्यक्रममा स्वयम्भू वडा नं. १५ इकाई मानव अधिकारवादी तथा United Nature International Peace Nepal का बोर्ड निर्देशक दीपक चन्द्र गौतमले विद्यालयको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभयो। यस्तै, संस्थाका राष्ट्रिय बालबालिका संयोजक तथा सामाजिक अभियन्ता श्री हरि हरण मानन्धरले विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराएर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेकोमा विशेष प्रशंसा प्रकट गर्नुभयो।

अन्य विशिष्ट अतिथिहरूमा सामुदायिक अस्पतालका व्यवस्थापन संयोजक  निशा अधिकारी थापा, महासचिव  प्रकाश श्रेष्ठ, समाजसेवी पद्मा तुलाधार, क्यानडाबाट आउनुभएका अतिथि दुर्गा बस्तौला, स्वर्ण दीप स्कुलकी संस्थापक देविका गुरुङ तथा विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजु लामा 'कोन्दन' ले विद्यालयको हालसम्मको योगदान, शैक्षिक उपलब्धिहरू तथा भावी योजनाहरूको जानकारी अभिभावकहरूलाई गराउनुका साथै उपस्थित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो।

कार्यक्रमको स्वागत मन्तव्य प्री-कॉर्डिनेटर सुषमा ले दिनुभएको थियो भने कार्यक्रमको आकर्षक सञ्चालन विद्यालयका ECA कोअर्डिनेटर जेम्स लामाले गर्नुभएको थियो।

दीक्षान्त समारोहको अवसरमा प्रमुख अतिथि डा. थापाले युकेजीका विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो। साथै, नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीहरूले प्रस्तुत गरेका साङ्गीतिक, नृत्य र सांस्कृतिक कार्यक्रमहरूले उपस्थित अतिथि र अभिभावकलाई मन्त्रमुग्ध बनाएको थियो।

समापन सत्रमा प्रिन्सिपल डा. लामा 'कोन्दन' ले सबै विशिष्ट अतिथिहरू, आदरणीय अभिभावकगण, नृत्य संयोजक सूर्या कार्की, दीपेश माझी, उप-प्रिन्सिपल दिलु लामा, कोअर्डिनेटर मञ्जु श्रेष्ठ, सुपरभाइजर विकास प्रधान, सम्पूर्ण शिक्षक–शिक्षिका तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्नुभयो।

लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ, काठमाडौँको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

समाचार


बुढानीलकण्ठ, काठमाडौं । १२ अप्रिल २०२५ - लेमन ट्री प्रिमियर, बुढानीलकण्ठले शुक्रबार, ११ अप्रिल २०२५ का दिन, आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न गर्यो । सांझ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न प्रतिष्ठित पाहुना, साझेदार, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

एक वर्षको सफल यात्रालाई सम्झँदै आयोजित यो समारोहले आतिथ्य, सामुदायिक सहभागिता र सांस्कृतिक सम्बन्धको सम्मान गरेको थियो । स्थापना भएदेखि नै लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपालको संस्कृतिक तथा मौलिकतालाई प्राथमिकता दिँदै, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि छुट्टै पहिचान बनाउँदै आएको छ ।

कार्यक्रमको मूल विषयवस्तु 'नेपाली संस्कृति' मा केन्द्रित थियो, जसअनुसार विविध सांस्कृतिक प्रस्तुतिहरू जस्तै लोक नृत्य, शास्त्रीय संगीत र परम्परागत प्रस्तुतीहरूले साँझलाई जीवन्त बनाएका थिए। कार्यक्रमले नेपालको सांस्कृतिक समृद्धि झल्काउँदै होटलको सांस्कृतिक प्रवर्द्धनप्रतिको प्रतिबद्धता दर्शायो।

यो अवसर होटलका पाहुना, साझेदार र कर्मचारीप्रति कृतज्ञता प्रकट गर्ने माध्यम मात्र नभई, उत्कृष्ट अतिथि सेवा, स्थानीय समुदायसँगको सहकार्य र संस्कृतिको सम्मानप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याउने अवसर पनि बन्यो।

होटलको बारेमा:
मन ट्री प्रिमियर, बुढानीलकण्ठ, लेमन ट्री होटल्स लिमिटेड अन्तर्गतको उच्चस्तरीय होटल हो, जसले काठमाडौंको मुटुबाट केही मिनेटको दुरीमा विश्राम, विलासिता र सांस्कृतिक समृद्धिको अनुभव प्रदान गर्दछ । बुढानीलकण्ठ मन्दिर नजिक अवस्थित यो होटलले आधुनिक सुख-सुविधा र नेपाली परम्पराको संयोजनमार्फत अतिथिहरूलाई विशेष अनुभव प्रदान गर्दै आएको छ ।

साँगे अभियानद्वारा नव वर्ष २०८२ को अवसरमा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न

समाचार


काठमाडौँ, चैत ३० । साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौँको वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व गर्दै अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगेबासीबिच एकता, भाइचारा र सांस्कृतिक चेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले अभियानप्रति निरन्तर साथ र सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले भविष्यमा अभियानलाई अझ सशक्त ढङ्गले अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

अभियानका महासचिव सरोज ओझाले कार्यक्रमको सञ्चालन गर्दै अभियानको मूल उद्देश्य साँगे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको संरक्षण गर्दै समावेशी र दीर्घकालीन विकासमा योगदान पुर्‍याउनु रहेको बताउनुहुँदै इतिहास र स्मृतिको संरक्षण, सांस्कृतिक पुनर्जागरण, स्थानीय सहभागिता, तथा शैक्षिक, सांस्कृतिक र पर्यटन विकास अभियानका चार आधार स्तम्भ रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथिहरूमध्ये नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, वरिष्ठ अधिवक्ता तथा न्याय परिषद्का पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, काठमाडौँ विश्वविद्यालय कानुन संकायका डिन तथा पूर्व न्यायाधीश डा. ऋषिकेश वाग्ले, कृषि विज्ञ दीपेन्द्रकेशरी न्यौपाने र सामाजिक एवं राजनीतिक व्यक्तित्व बाबुराम भण्डारीले सभालाई सम्बोधन गर्नुभएको थियो। त्यस्तै, अन्य अग्रज व्यक्तित्वहरू पशुपति न्यौपाने, जगत प्रकाश न्यौपाने, गोविन्द प्रसाद वाग्ले र प्रमोद न्यौपानेले पनि अतिथिको आसनबाट धारणा प्रस्तुत गर्नुहुँदै अभियानको सफलताको कामना गर्नुभएको थियो।

पूर्व सचिव ओझाले साँगे क्षेत्र आजभोलि सडक, खानेपानी, बिजुली, इन्टरनेट लगायतका आधारभूत सेवामा पहुँच बनाइसकेको उल्लेख गर्दै यहाँको बसोबास गुणस्तरीय बन्दै गएको बताउनुभयो। त्यस्तै, न्याय परिषद्का पूर्व सदस्य न्यौपानेले साँगे खोला आसपासको क्षेत्र कृषियोग्य भूमिको रूपमा उपयुक्त रहेकाले योजनाबद्ध ढङ्गले अघि बढेमा साँगेलाई कृषि उत्पादनको केन्द्र बनाउने सम्भावना रहेको बताउनुभयो।

त्यसैगरि डिन एवं पूर्व न्यायाधीश डा. वाग्ले र कृषि विज्ञ न्यौपानेले अभियानले सरोकारवालाहरूलाई समेट्दै सभ्यता संरक्षण र विकासमा खेलेको भूमिका साथै पुस्तक प्रकाशन कार्यमा भएको प्रगतिको प्रशंसा गर्नुभयो। यस्तै, ज्येष्ठ सदस्य भण्डारीले विगतको तुलनामा साँगे क्षेत्रको विकास उल्लेख्य रहेको बताउँदै नयाँ पुस्ताले पुराना पुस्ताले भोगेका कष्टहरूसँग जुध्न नपर्ने वातावरण निर्माण हुँदै गएको टिप्पणी गर्नुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले परिचयसहित नववर्ष २०८२ को शुभकामना आदान–प्रदान गर्नुका साथै आ–आफ्ना संक्षिप्त मन्तव्यहरू पनि व्यक्त गर्नुभएको थियो।  क्ताहरूमन्तव्यका क्रममा उहाँहरुले यस्ता कार्यक्रमले सँगेलीहरूबिचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने र एकतामा बल प्रदान गर्ने धारणा राख्नुभयो। 

कार्यक्रममा अभियानकी कार्यसमिति सदस्य बालवती शर्मा (बाला) ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्युत् व्यवसायी महासंघका पूर्व महासचिव एवं अभियानका कार्य समिति सदस्य हरिराज वाग्लेले अभियानको पृष्ठभूमिबारे प्रकाश पार्नुभयो। अन्य कार्य समिति सदस्यहरू—पूर्व एसएसपी हरिराज वाग्ले, वरिष्ठ इञ्जिनियर ठाकुर प्रसाद पण्डित र गंगाधर भट्टराईले अतिथि सत्कार तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो।

उक्त अवसरमा नेपाल डेरी एसोसिएसनको संयोजनमा बालाजु स्थित काभ्रे डेरीले मोही अभियान अन्तर्गत उपस्थित महानुभावहरूलाई मोही पान समेत गराएको थियो । 

संयोजनमा बालाजु स्थित काभ्रे डेरीले मोही अभियान अन्तर्गत उपस्थित महानुभावहरूलाई मोही पान समेत गराएको थियो । 

 

युनिप नेपालद्वारा नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार


काठमाडौं, चैत्र २९ – युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल (युनिप नेपाल) ले नववर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार, स्वयम्भूमा आयोजित  उक्त कार्यक्रम युनिप नेपालका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन)को सभापतित्वमा सम्पन्न भएको हो।

सो अवसरमा अध्यक्ष डा. लामाले नववर्षले नयाँ उमङ्ग र प्रेरणा प्रदान गर्दै शान्ति, सद्भाव र सामाजिक सेवाका कार्यहरूमा अझ बढी उर्जावान भएर लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

कार्यक्रममा युनिप नेपालका वरिष्ठ उपाध्यक्ष रविराज शाही लगायतका वक्ताहरूले समेत नववर्षको शुभकामना व्यक्त गर्दै संस्थाको आगामी सामाजिक र मानवीय कार्ययोजनाप्रति सकारात्मक अभिव्यक्ति प्रस्तुत गरेका ग​र्नुभ​एको थियो । 

युनिप नेपालले नियमित रूपमा शान्ति, मानवता र सामाजिक सद्भावका विविध कार्यक्रमहरू गर्दै आएको छ।

१५औं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

समाचार


काठमाडौं - विन्ध्यवासिनी फाउन्डेसनको आयोजना तथा मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा बिहीबार साँझ राजधानीमा चमकदमकका साथ १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवाड समारोहमा जुन माया बोलको गीत सर्वोत्कृष्ट गीत घोषित भएको छ। अवार्ड समारोहमा राज सिग्देलले हृदयमा बोलको गीतबाट सर्वोत्कृष्ट गायक र उषा गजुरेलले मौसम आउलाबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेका छन्। त्यसै गरी श्रीधर अधिकारीले छौ नि तिमी आहाबाट संगीतकार, बैकुण्ठ महत र बेनिशा पौडेलले पिरिम गाडीबाट युगल गायन तथा विनोद श्रेष्ठ र उषा सुवेदीले विदाई २ बाट मोडल जोडीको अवार्ड चुमे।

गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न समारोहमा अर्जुन सापकोटाले बस्यौ अलक्कैबाट लोकदोहोरी गायक, कविता खत्रीले नमस्ते ढोगदियाबाट लोकदोहोरी गायिका, खेम पुनले मर्ने सुई लाईदेउबाट लोकदोहोरी भाका, नारायण ज्ञवालीले कन्या राशीबाट लोकदोहोरी गीत रचना, निशान बानियाँले भाग्यमै रुन लेखेकोबाट लोकदोहोरी भिडियो निर्देशक तथा पल शाह र नारायणी खत्रीले काईलाबाट लोकदोहोरी मोडलको अवार्ड जिते।

१७ प्रतिस्पर्धात्मक अवार्ड प्रदान गरिएको समारोहमा विशाल घिमिरेले मेरी बाठी माया बोलको बाट आधुनिक गीत म्युजिक भिडियो निर्देशक, अमृत चापागाईले मायालीबाट भिडियो सम्पादक र पवन सुस्लिङले मायालाई पानको पातबाट छायाँकारको अवार्ड चुम्दा प्रेम सापकोटा सोनुले अरु त के भनु मायालुबाट गायनतर्पmको नवप्रतिभाको अवार्ड पाए। त्यस्तै जुना विश्वकर्माले माया आउने बसबाट पब्लिक च्वाईस अवार्ड र सोही गीतबाट अनिल पौडेलले पपूलर अवार्ड चुमे।

जूरी अवार्डतर्फ भने नेपालमा रेल कहिले आउलाबाट स्मृति तिमल्सिनाले निर्देशक, कुरा बुझिदेउ नबाट सञ्जय देवकोटाले गायक, हारेँ मैले मायामाबाट विक्रम बुढाथोकी र एलिना रायमाझीले अभिनय, तल्लो बाटोबाट खेम सेन्चुरीले संगीतकार र दुःख साटम्लाबाट सन्तोष सापकोटाले गीतको अवार्ड चुमे।

समारोहमा गीतकार राजेन्द्र थापालाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासीनि म्युजिक लाईफ टाईम अचिभमेन्ट अवार्ड २०८१ बाट सम्मानित गरिएको छ। त्यसै गरी गायिका संगीता शाक्यलाई ५० हजार रुपियाँसहित बिन्ध्यबासिनि संंगीत साधना सम्मानबाट सम्मानित गरिएको छ भने गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मानबाट सम्मानित गरिएको छ। समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित बिन्ध्यबासिनि कला पत्रकारीता सम्मान र लोक गायक शिरिष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिएको छ। कार्यक्रममा गायक दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो। सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गीतकार राजेन्द्र थापाको सम्मानमा विभिन्न गायक गायिकाले उनीद्धारा रचित गीत प्रस्तुत गरेका थिए। गायक सुमन कुमारले पर लैजाउ फूलहरु, गायिका बिन्दु परियारले पोहोर साल खुशी फाट्दा तथा गायक डेबिट शंकर र गायिका विन्दु परियारले पहिलो नम्बरमा बोलको गीत प्रस्तुत गरेका थिए। त्यस्तै गायिका माण्डवी त्रिपाठीले संगीता शाक्य थापाको सम्मानमा मै गोरीलाई बोलको गीत गाएकी थिईन्।

लाखे नाचबाट शुरु भएको समारोहमा नायक पल शाह र गायक दुर्गेश थापा एउटै मञ्चमा प्रस्तुत भए। पल शाहले नारायणी खत्री र कोरस कलाकारका साथ आफ्ना चलेका गीतमा नृत्य प्रस्तुत गरे भने दुर्गेशले ग्लोबल ट्रेन्डिङमा परेको आफ्ना गीत दुश्मन हेरेको हे¥यैमा कोरसका कलाकारका साथ पर्फमेन्स गरे। गायक गायिका शिरिष देवकोटा र निशा देसारले गीत संगीत प्रस्तुत गरेका थिए भने रुबिना अधिकारी, रबिना भण्डारी, दीप गुरुङ र टिमलगायतले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले स्वागत मन्तव्य राख्दै आगामी वर्षबाट प्रतिस्पर्धाको विधा घटाई सबै विजयीलाई नगद पुरस्कारको ब्यबस्था गर्ने जानकारी गराइन्।