काठमाडौं, ०५ माघ । सामुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत माघ ०५ गते प्रहरी वृत्त मालीगाउँ, प्रहरी वृत्त महाराजगंज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं ४ मा अवस्थित बैष्णबी टुँडालदेवी माताको मन्दिरको प्राङ्गणमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।


अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई चिर्न नागरिकको भुमिका पुलको रुपमा रहेको हुनाले यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनहरुमा समुदाय एवम् विद्यालयस्तरमा समेत यस्ता कार्यक्रममा तिव्रता गर्नु पर्नेमा विशेष जोड दिनुभयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरीको हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै प्रहरी र नागरिकले एक आपसमा सहयोग, सहकार्य एवम् समन्वयले मात्र समाजमा शान्ति सुरक्षमा थप मजबुत हुने बताउनु भयो ।

साथै प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी समेत गराउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव श्याम मैनालीले अन्तरक्रिया कार्यक्रमको महत्व बारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौंरेले प्रहरी कार्य सम्बन्धी उठेका जिज्ञासाहरुको निरुपरण गर्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न रणनीतिहरू अवलम्बन गरिरहेको जानकारी गराउँदै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नुभयो।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवी काठमाडौंका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले मात्र अपराधिक घटनाहरूलाई न्यून गर्न सकिने बताउँदै, यस्तो कार्यक्रमले शान्ति सुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीच सधैं समन्वयात्मक सम्बन्ध रहेको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले आपसी समझदारीलाई थप मजबुत बनाउने बताउनुभयो।
उक्त कार्यक्रममा संविधान सभा सदस्य रमा गुराँगाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमर सिंह शाह, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल जस्ता विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, र महिला समूहका प्रमुख तथा प्रतिनिधिहरू, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विद्यार्थी बालबालिका, शिक्षक र स्थानीय भद्र भलादमीहरू लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले प्रहरी, समुदाय, र सरोकारवालाहरूबीच समन्वयात्मक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।






डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूको तेस्रो साधारण सभा, तेस्रो वार्षिकोत्सव तथा यस सहकारीमार्फत सञ्चालनमा आएको उद्योग डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं को औपचारिक उद्घाटन माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रम डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा काठमाडौं क्षेत्र नं. ८ का सांसद बिराजभक्त श्रेष्ठ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का उपाध्यक्ष तथा युनाइटेड नेचर इन्टरनेशनल पिसका अध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन), वरिष्ठ चिकित्सक तथा समाजसेवी प्रा. डा. बुलन्द थापा, सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष तथा वरिष्ठ समाजसेवी हरिगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, कीर्तिपुर नगरपालिकाका वडा नं. २ का अध्यक्ष ई. रुपेश डंगोल, मानव अधिकार संगठनका विभाग प्रमुख रबिन सिंह बस्नेत, संस्थाका प्रमुख सल्लाहकार ध्रुव चन्द्र गौतम र वरिष्ठ सल्लाहकार शंकर अर्याल लगायतको उपस्थितिमा सम्पन्न भयो।
कार्यक्रममा डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्वयम्भूका अध्यक्ष दीपक चन्द्र गौतमले प्रमुख अतिथि, विशिष्ट अतिथि र शेयर सदस्यहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सांसद बिराज भक्त श्रेष्ठज्यूले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको उद्योग स्थापना गर्न सफल भएकोमा बधाई र शुभकामना दिनुभएको थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत समिति उपाध्यक्ष भिक्षु डा. राजु लामा (कोन्दन) र प्रा. डा. बुलन्द थापाले आफ्नो मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि माननीय कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीज्यूले डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स नेपाली किसानको हकहितका लागि सञ्चालनमा ल्याइएको उद्योग भएकोले यस उद्योगलाई मन्त्रालयबाट आवश्यक सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभएको थियो।
कार्यक्रममा सचिव अशोक खनाल, उच्च व्यवस्थापन समिति संयोजक वासुदेव न्यौपाने, लेखा सुपरीवेक्षण समिति संयोजक रमेश चन्द्र गौतम र कोषाध्यक्ष युदेश सिंह महर्जनले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो। कार्यक्रममा संस्थाका शेयर सदस्य गायत्री घिमिरेले कविता वाचन गर्नुभएको थियो भने सदस्य बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन सचिव अशोक खनालले गर्नुभएको थियो। साथै, डिजिटल हिमालयन स्वीट्स एण्ड ट्रीट्स, कीर्तिपुर, काठमाडौं मा उत्पादित विभिन्न परिकारहरूको स्टलसमेत राखिएको थियो।

क्लालिफोर्निया- अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ । हावाको गति बढेसँगै आगलागी झनै बढेको छ । हाल त्यहाँ ८० किलोमिटररघण्टाको गतिमा हावा चलिरहेको छ, जुन आगामी १२ घण्टामा अझै बढ्न सक्ने बताइएको छ । अमेरिकालाई आगो निभाउन मद्दत गर्न मेक्सिकोबाट अग्नि नियन्त्रकहरू आइपुगेका छन्।
आगलागीको संकटका बिच क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा लुटपाटको घटना भएको छ, त्यसपछि प्रशासनले कर्फ्यु घोषणा गरेको छ । यस मामिलामा २० जनालाई पक्राउ गरिएको छ। यटर्सका अनुसार लस एन्जलिसमा आगलागीका कारण हालसम्म १३५ अर्ब डलर क्षति भएको अनुमान गरिएको छ । त्यहाँ आगो केही हदसम्म नियन्त्रणमा आएको छ ।
काठमाडौं - रमेश कुमार श्रेष्ठको शब्द, अलिस कार्कीको संगीत, समिक्षा अधिकारी र महेनद्र बिको स्वरमा ‘पिर पर्यो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो कलाकार, निर्माता तथा निर्देशक ईश्वर थापाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
भिडियोमा नायक आकाश श्रेष्ठ र अहिलेकी चर्चित मोडल बिना राउतले अभिनय गरेका छन् भने भिडियोलाई मिस्टर काजिले निर्देशन गरेका हुन् । छायांकन जितु तामाङ्ग, मेकअप मन्दिर दोङ्ग, कोरियोग्राफर लाक्पा दोर्जी तामाङ्ग, व्यवस्थापक रबि भुजेल, आर्ट बिजय दोङ्ग, पोस्ट स्टुडियो ब्राईटलाइट पिक्चर्स रहेको छ ।
काठमाडौँ । गीतकार सङ्घको अध्यक्षमा वसन्त वित्यासी थापा चुनिएका छन् । सङ्घको शनिबार आयोजित १५ औँ साधारणसभा एवम् ७ औँ अधिवेशनबाट उनी पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चुनिएका हुन् । यसअघि पनि सङ्घमा थापा नै अध्यक्ष रहेका थिए । थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
सङ्घको कार्यसमितिमा उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई शिव, सचिवमा शीतल कादम्बिनी, कोषाध्यक्षमा चेतन खतिवडा पुनः दोहोरिएका छन् । उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिमा सदस्यहरूमा ६ जना आवश्यक रहेकोमा ८ जनाको उम्मेदवारी परेको थियो । कार्यसमिति सदस्यहरूमा जीवन मुकारुङ, रमेश दाहाल, कमल पौडेल, गोविन्द श्रृङखला, देवी पराजुली, विष्णु भण्डारी निर्वाचित भएका थिए ।
कार्यक्रममा गीतकार राजेन्द्र थापा पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, नेपाल साङ्गीतिक सङ्घका महासचिव सुमन पण्डित, नारायण गोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक केसी, सङ्घका पूर्व अध्यक्ष योगेन्द्रमणि दाहाल, शुभ मुकारुङ लगायतको उपस्थिति रहेकाे थियो ।
Budanilakantha, January 10, 2025 – The Optimistic Club of Budanilakantha organized a special program at Brainland Academy Hall, focusing on youth motivation, health awareness, and social responsibility. The event, supported by the Junior Optimistic Clubs of Brainland Academy, Peak Point School, and Brainland Academy, Nilopul, saw active participation from students and junior club members.


Radha Anupriya (Bohara), Zone 3 representative of the Optimistic Club, delivered a keynote speech emphasizing the importance of proper eating and sitting habits. She also shed light on the roles and objectives of the Optimistic and Junior Optimistic Clubs in fostering a proactive and responsible society.
Binay Shrestha, President of the Optimistic Club of Budanilakantha and Principal of Peak Point Academy, highlighted the value of such programs in motivating children and encouraging them to take on social responsibilities.
Prashant Dahal, Secretary of the Optimistic Club of Budanilakantha and Vice Principal of Brainland Academy, provided insights into the upcoming International Convention of the Junior Optimistic Club.
Saroj Ojha, Secretary of the Optimistic Club of Dairy Entrepreneurs, was also present as a guest of honor.
Health professional Parisiddhi Khanal conducted an informative session on drug addiction, termed "The Hidden Epidemic." Her presentation covered critical topics, including:
The session concluded with an interactive Q&A segment where students actively participated, and Khanal addressed their queries.


In a parallel effort, the Optimistic Club of Budanilakantha, alongside the Junior Optimistic Clubs of Brainland Academy and Peak Point School, distributed food items to 61 senior citizens at Rima Sewa Samaj, an old-age home located in Hepali Height, Budanilakantha. The food items, including rice, milk, millet, peas, beans, and biscuits, LPG Gas cylinders were handed over to the organization’s founder in the presence of senior citizens under its care.
As part of the initiative, the clubs also organized a health check-up camp for the senior citizens at Rima Sewa Samaj. The medical team conducted tests for blood sugar levels and blood pressure, contributing to the well-being of the residents.
The event successfully combined health awareness, youth motivation, and community service, demonstrating the positive impact of collaborative efforts by the Optimistic Clubs in fostering a healthier and more compassionate society.


काठमाण्डौ – सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घराज जोशी निर्वाचित भएका छन् । सहकारीको आज धनगढीमा भएको चौथो साधारण सभाले जोशीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा हरि भट्ट, सचिवमा हरि सिंह धामी र कोषाध्यक्षमा लवराज रेग्मी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा प्रदीप जोशी, श्याम जोशी र पर्वत भण्डारी निर्वाचित भएका छन् । सहकारी संस्थाको लेखा समिति संयोजकमा जन्मराज तिमिल्सेना तथा सदस्यमा नारायण राना र गोमती भट्ट जोशी निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिले सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा टीकाराम जोशीलाई नियुक्त गरेको छ ।
यसअघि संस्थाको साधारण सभा उद्घाटन गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक देवराज पन्त रहेका थिए । विशिष्ठ अतिथिमा राष्ट्रिय सहकारी बैंकका सुदुरपश्चिम ईन्चार्ज तथा धनगढी शाखा प्रबन्धक दिनेश गेलाल र पुर्व विद्यालय निरीक्षक धनकृष्ण रेग्मी रहेका थिए । उद्घाटन समारोहमा लोकप्रिय देउडा गायक लालवहादुर थापाले विभिन्न सांगितिक कोसेलीहरु प्रस्तुत गरेका थिए भने रुद्राक्ष डाईग्लोस्टिकले निशुःक सुगर र प्रेसर चेकजाँच तथा सुदृष्टि आँखा केन्द्रले निशुल्क आँखा चेकजाँच गरेको थियो ।
उद्घाटन समारोहमा तीन जनालाई सम्मानित पनि गरिएको थियो । उत्कृष्ट कारोबारतर्फ सिला पराजुली, जेष्ठ नागरिक र निरन्तर संस्थासँग जोडिए वापत हेमराज श्रेष्ठ तथा उत्कृष्ट कर्जा कारोबार तर्फ सविना बुढाऐरलाई सम्मानित गरिएको हो ।
काठमाडौं । काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई थप शशक्त र सुदृढ बनाउँदै लैजाने बताएका थिए ।
निवर्तमान अध्यक्ष अन्जिला खड्काले आफ्नो नेतृत्व वर्ष २०२५ का लागि काठमाडौ जेसिजबाट निर्वाचित अध्यक्ष श्याम कुमार घिमिरेलाई हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
कार्यकारिणी उपाध्यक्षमा बसन्त तामाङ,गोविन्द ओझा,विकास श्रेष्ठ (मिलन) महासचिवमा नवराज भण्डारी कोषाध्यक्ष निरज कार्कि र, कानुनी सल्लाहकारमा करुणा थापा उपाध्यक्षहरु क्रमसः मनोज आचार्य,सुनिल श्रेष्ठ, सुमन मैनाली,प्रसिस पौडेल,दुर्गा थापा र दिपक लामिछानेलाई अध्यक्ष घिमिरेले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामकुमार घिमिरेले आफ्नो कार्यकालमा काठमाडौं जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताए । काठमाडौं जेसीजको संगठनलाई अझैं मजबुत बनाई आफ्नो कार्यकालमा युवाहरुलाई युवामैत्री कार्यक्रम ल्याउँछु र आर्थिक रुपले पनि बलियो बनाउँछु ।आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने पनि घिमिरेले उल्लेख गरे ।
कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा जेसिज पुर्व अध्यक्षहरु,केन्द्रिय वर्तमान तथा पुर्व पदाधिकारीहरु लगाएतको बाक्लो उपस्थिती थियो ।
काठमाण्डौ - १२औं राष्ट्रिय पोसाक दिवस भव्य रुपमा मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानको आयोजनामा पाटन दरबार परिसरमा भएको उक्त कार्यक्रमा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्याउने १९ जना व्यक्तिलाई सम्मान गर्दै राष्ट्रिय पोसाक दिवस मनाइएको हो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, साहित्यकार डा।राजेन्द्र विमल, शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला, राष्ट्रिय गानका सर्जक व्याकुल माइला, पत्रकार अखण्ड भण्डारी, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्ण,सङीतकार सर्जक राजेन्द्र बजगाई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
हरेक वर्ष राष्ट्रिय पोसाक दिवसका अवसरमा नेपाली संस्कार, संस्कृतिमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको राष्ट्रिय पोसाकको औचित्य एवं कार्यक्रमको उद्देश्यबारे बोल्दै प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले दौरासुरुवाल, ढाकाटोपी, गुन्युचोलीले नेपालमा बसोबास गर्ने सबै जात, भाषा, संस्कृतिको साझा भेषभूषा रहेको र यिनलाई संरक्षण एवं प्रयोग गर्ने दायित्व हामी सबैको रहेको बताए।
कार्यक्रममा साहित्यकार डा।राजेन्द्र विमलले आफू मधेसी समुदायको भए पनि परिआउँदा बक्खु समेत लगाउने बताए। प्रा।डा।विद्यानाथ कोइरालाले पहिचान, पोसाक र इतिहास सन्दर्भमा लामो दस्ताबेज प्रस्तुत गरेका थिए। सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेद अन्त्यका लागि पोसाकको समानताले पनि भूमिका निर्वाह गर्ने बताए।
कार्यक्रममा साहित्यकार डा। राजेन्द्र विमललाई ‘राष्ट्रिय धरोहर सर्वोच्च सम्मान’, प्रा।डा। वीणा पौड्याललाई ‘राष्ट्रिय धरोहर नारीरत्न सम्मान’, राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई ‘राष्ट्रिय धरोहर माधवप्रसाद घिमिरे स्मृति सम्मान’, साहित्यकार मोहन दुलाललाई ‘संस्कृतिविद् ज्ञानमणि नेपाल स्मृति सम्मान’, सञ्चारकर्मी गोपीकृष्ण ढुङ्गानालाई ‘राष्ट्रिय धरोहर दीर्घसाधना साहित्य एवं पत्रकारिता पुरस्कार’, आध्यात्मिक व्यक्तित्व चैतन्य कृष्णलाई ‘राष्ट्रिय धरोहर योगी नरहरिनाथ स्मृति सम्मान’, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारीलाई ‘राष्ट्रिय धरोहर साहित्य पुरस्कार’, साहित्यकाररपत्रकार दिलीप ढकाललाई ‘राष्ट्रिय धरोहर साहित्यकार एवं पत्रकार सम्मान’, सञ्चारकर्मी प्रकाश सुवेदीलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना पत्रकारिता सम्मान, सञ्चारकर्मी नवराज बजगाईंलाई ‘राष्ट्रिय धरोहर अग्रज पत्रकार सम्मान’ इतिहासकार गोविन्द नेपालीलाई ‘सत्यमोहन जोशी स्मृति सम्मान’, साहित्यकार त्रिभुवनचन्द्र वाग्लेलाई ‘राष्ट्रिय धरोहर दीर्घ साधना साहित्य एवं पत्रकारिता सम्मान’, गायक सुमित खड्कालाई ‘विशिष्ट गायक तथा सर्जक सम्मान’, लेखक दीपेन्द्रराज तिम्सिनालाई ‘‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान’, सामाजिक अभियन्ता चक्रबहादुर चन्दलाई ‘राष्ट्रिय धरोहर युवा उत्प्रेरणा सम्मान’ जेसिस अध्यक्ष रजनी थापालाई ‘राष्ट्रिय धरोहर अभिनन्दन सम्मान’, , संगीतकार राजेन्द्र बजगाईंलाई ‘राष्ट्रिय सर्जक सम्मान’ र अभियन्ता केपी खनाललाई ‘राष्ट्रिय धरोहर युवा सामाजिक अभियन्ता सम्मान’ प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका हालका अध्यक्षले जनवरी १ मा नै किन मनाइन्छ भन्ने कुरालाइ स्पष्ट पार्दै जनवरी एकमा नया बर्ष नमाउन भन्न सकिँदैन तर नेपालीहरुको नया बर्ष नभएका कारण शो दिन हाम्रो पोशाक दिवसलाइ विश्वभर पहिचान मिल्ने भएकाले पनि सोही दिन मनाइने बताए।
काठमाडौं- नेपाल सरकारको राष्ट्रिय युवा परिषद्अन्तर्गतको कला साहित्य सञ्जालको अध्यक्षमा रामप्रसाद अवस्थी निर्वाचित हुनुभएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष अवस्थीका साथै निवर्तमान अध्यक्ष विपिन किरण, उपाध्यक्षमा रूपक परियार, महिला उपाध्यक्षमा उषा सुवेदी, महासचिवमा कमला जोशी, सचिवद्वयमा सुकदेव अधिकारी र सुस्मा शाही ठकुरी तथा कोषाध्यक्षमा शोभाकुमारी थापा मगर रहनुभएको छ ।
त्यस्तै सदस्य/प्रवक्तामा विष्णुमाया पौडेल, सदस्यहरूमा शान्तबहादुर विक, सञ्जीव ठकुरी, इब्सल सन्ज्याल, हेमराज अधिकारी, श्रीकान्त राना क्षेत्री, प्रकाश गौतम र मोहन तामाङ रहनुभएको छ ।