काठमाडौँ – हास्यश्रृखला ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक तीन पोस्टरमा पाँच कलाकार फिचर्ड छन् । जसमा ४ लाई चिन्न सकिन्छ भने एकलाई चिन्न सकिँदैन । तीन मध्य पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (कक्रोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिन भित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ । दोस्रोमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको बिस्कुट जोखिरहेको देखिन्छ । सुनको बिस्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ । उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।
तेस्रोमा हरिस र विजय छन् । हरिसको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शङ्ख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको अनुमान गर्न सकिन्छ । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ ले कथा भनेको अनुमान पोस्टरले सङ्केत गर्छ । तर, प्रस्ट रूपमा कथा के हो भन्ने खुलाएको छैन । पोस्टरले फिल्मप्रति दर्शकको कौतुहलता बढाइदिएको छ ।
‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ । कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेको फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । फिल्म सुदीप बरालले छायाङ्कन गरिरहेका छन् ।
नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सृजना खड्का सह–निर्माता रहेको फिल्म नेपालमा ब्याङ्कटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
काठमाण्डौ – प्रत्यक्ष दोहोरीकी अब्बल गायिका भनेर चिनिने लोकप्रिय गायिका सुस्मा ठकुरीको लाम लाम माया लाम बोलको गीत सार्वजानिक भएको छ। यज्ञ बिश्वकर्माको लय तथा नेत्र अर्यालको शब्द लहरी भित्र अहिलेका अत्यन्तै लोकप्रिय गायक खेम सेन्चुरी र सुस्मा शाही ठकुरीको आवाज रहेको गीत सुस्मा शाही ठकुरी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
आशिस अबिरलको सङ्गीत सम्योजन सहित राग स्टुडियोमा तयार भएको अडियोमा भिडियो निर्देशन भने चर्चित मोडल तथा निर्देशक सन्जीव ठकुरीले गर्नु भएको छ।
सन्जिव ठकुरी, ममता राना ,सुस्मा शाही ठकुरी र अहिलेका लोकप्रिय टिकटकर नबिन्द्र भन्डारीको समेत अभिनय रहेको उक्त म्युजिक भिडियोलाई छायाकन भने नबिन भाटले गर्नु भएको छ। अ्मर सुनारको कोरियाग्राफी रहेको भिडियोमा सम्पादनको काम भने सुजन कोइरालाले गर्नु भएको छ।
काठमाडौँ – चलचित्र पत्रकार संघले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ । सङ्घको चितवनमा सम्पन्न पाँचौँ पूर्ण बैठकले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे घोषणापत्र जारी गरेको हो ।
शुक्रबार सुरु भएको बैठक घोषणापत्र जारी गर्दै आइतबार सकिएको संघका महासचिव रघुनाथ सापकोटाले जानकारी दिए । बैठकमा संघका पूर्वअध्यक्ष विदुर गिरी, शान्तिप्रिय, सल्लाकार डब्बु क्षत्री, अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेर गिरीलगायत देशभरका शाखाहरूका अध्यक्ष लगायत प्रतिनिधिको सहभागिता थियो । बैठकले महत्त्वपूर्ण विषयहरू माथि छलफल गर्दै निर्णय पनि गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते स्थापना दिवस तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ ।
सो अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गर्दै आएको छ । सो सम्मान र पुरस्कारका लागि संघले पाँचौँ पूर्ण बैठकबाट कोष खडा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले सङ्घको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो । मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्ध विषयक अन्तरक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफू ६ महिनाभित्र बोर्डमा रहेर केही न केही देखाउने गरी काम गरिरहेको बताए ।
१३ बुँदे घोषणापत्र के छ ?
१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि सङ्घ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।
२. चलचित्र पत्रकारिता पेसामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै सङ्घको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग सङ्घ अपिल गर्दछ ।
३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ । पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यावसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ ।
४. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।
५.अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगार मूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।
६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुने गरी तत्काल ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ ।
७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो । यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।
८. नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरूमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।
९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
१०.चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालयसहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।
११.नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ । साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ ।
१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवर्द्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ। साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायाङ्कनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।
१३. सङ्घको पाँचौँ पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार सङ्घ नेपाल चितवन शाखा लगायत सम्पूर्ण सङ्घ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
काठमाडौं-सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा समाजसेवी पेन्सल भेनिया निवासी मेघ सुवेदीको जन्मदिनको अबसरपारी संस्थाको नेपालमा रहेको सिजल एण्ड सिष्टर फाउण्डेसनका अध्यक्ष संचित भण्डारीको संयोजकत्वमा सफलता एचआइभी शिक्षासदन कीर्तिपुरका बालबालिकालाई सहयोग गरिएको छ ।
यस भन्दा अघिका दिनहरूमा पनि थुप्रै असाहय आश्रम तथा बिपदका बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पिडितहरूलाइ ५० लाख भन्दा बढिको राहत सहयोग गरेको थियो । साथै जुनसुकै अबस्थामा पनि फाउन्डेसन सहयोगका लागि तत्पर अघि बढी रहने फाउन्डेसन नेपालका अध्यक्ष सन्जित भण्डारीले जानकारी दिनुभयो ।
निर्देशक, कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेको कार्यक्रममा चलचित्र निर्देशक मदन घिमिरे, संगीतकार राजेन्द्र बजगाईं, सञ्चारकर्मी तथा समाजसेवी राज लुर्इटेल, निर्देशक जीवन शाही, सञ्चारकर्मी तथा गीतकार गीता अधिकारी, फाउन्डेसनका कार्यक्रम सम्योजक राजन भन्डारी, फाउन्डेसनकै सचिव तथा कोषाध्यक्ष डिल्लीराम सिग्देल, सदस्य संगीता खड्का, फोटोग्राफर, निर्देशक तथा सञ्चारकर्मी कुबेर तामाङ, छिटो पोष्टका स्वस्तिका पन्थी, दिपेश गुरुङ र चुरो खबरका सम्पादक तथा गायक प्रमोद डिजिको उपस्थिती थियो।
उक्त कार्यक्रममा सफलता एचआइभी शिक्षासदनकी प्राध्यापक र शिक्षकलाई राहत हस्तातन्तरण गरिएको थियो । साथै कार्यक्रममा केक काटेर रमाइलो पनि गरिएको थियो । सो अवसरमा सदनकी बालिकाले गाएको गीत सुनेर संगीतकार राजेन्द्र बजगाईंले गीत रेकर्ड गरिदिने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
Grand Finale of Glory Kids & Teen Talent 2024 Concluded Kathmandu, December 16 – The grand finale of Glory Kids Talent 2024, organized by Glory Media, was magnificently held on December 15 at the Rastriya Nachghar, Jamal. In the much-awaited competition, Lubna Chand was crowned the winner, while Purnima Timalsina and Bipika Rai were declared the first and second runners-up, respectively. In addition to winning the main title, Chand also bagged awards for Most Charming, Best Personality, and Best Public Speaker. Similarly, first runner-up Timalsina won the titles of Most Talented and Most Intelligent, while second runner-up Rai was awarded for Public and Popular Choice.

Other award recipients included Supriya Sundas as the Organizer’s Choice, Abina Aryal as Most Popular Choice and Best Smile, and Suwarna Nyaupane as the Viewer’s Choice winner. Sakambari Bardewa won titles for Most Creative and Best Walk, while Prayush Bogati secured awards for Best Costume and Most Photogenic. Other notable winners were Prasika Tamang as Most Confident, Samriddhi Bisht as Most Charismatic, Sanskar Bhattarai as Best Adaptability, and Suprim K.C. as Audience Choice. Additional awards included Anushka Khatri for Most Disciplined, Celsna Thapa for Most Determined, Lunibha Maghaiya for Best Role Model, Yunisha Rai for Most Inspiring, Diya Baral for Most Caring, and Upasana Shahi for Most Friendly.

The winners were awarded cash prizes of NPR 25,000, NPR 15,000, and NPR 10,000, along with attractive gift hampers. Additionally, all finalists will have the opportunity to showcase their talents on the Sachetana NTV News program. The grand finale was judged by a distinguished panel of experts, including international model Deepak Ghimire, renowned singer, lyricist, and composer Binod Dhakal, director of Nepal Chamber of Commerce and secretary of Rotary Club of Gyaneshwar Shristi Tripathi, event organizer Ravi Lama Tamang, and model and choreographer Ashwini Koirala. The competition was choreographed by international choreographer Rosin Shakya, with Pratap Bhatt as the event coordinator, Somraj Bastola as the event director, and Shailesh Nepali as the event manager. Addressing the ceremony, chief guest Urmila Shrestha expressed her belief that such the talent competitions like Glory Kids & Teen Talent, enhance children's confidence and help shape them into responsible citizens. Likewise the chairman and managing director of Glory media Saroj Ojha emphasized that such initiatives celebrate young talent and inspire positive societal change, fostering a future generation of skilled and confident individuals.




सिन्धुपाल्चोक । रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ केटीएम फेलोशिप,लायन्स क्लब अफ केटीएम देवालय डिस्ट्रिक्ट ३२५ एफ सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गा पा लागर्चे ८ स्थित पन्च कन्या आधारभूत स्कुलका बालबालिकालाई स्कुल झोला, शैक्षिक सामग्री पानीको बोतल, बाक्लो टोपी सहयोग गरेको छ ।
कार्यक्रम सस्थाका अध्यक्ष राजेश दास हिमालय ,पन्डित लायन्स लोक नाथ पौडेल लायन्स बिकास श्रेष्ठ ,लियो किरण भुजेल समाजसेवी रामकृष्ण भट्टराई विद्यालय व्यवस्थापन समितिका सुजन थापा वडा अध्यक्ष बिश्नु बहादुर खडका एबम स्कुल प्र अ कविता कटुवाल ले उपस्तिथि सबै लाइ सम्मान गर्नु भयको थियो।
काठमाडौं- गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा नयाँ गीत छोड सताउनको भिडियो बिहिबार रिलिज भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट रिलिज भएको हो । सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो । यो गीत पश्चिमेली लोक भाकामा आधारित रहेका छ । गीतको संगीत र संगीत संयोजन पनि ओम सुनारले नै गरेका हुन् । म्युजिक किचनमा राजेन्द्र बजगाईले रेकर्ड गरेको यो गीतलाई मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । कर्णाली र सुदुरपश्चिम प्रदेश भ्रमणको बेलामा त्यहाँ प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) शब्द टिपेका क्षत्रीले सोही शब्दलाई गीतमा प्रयोग गरेर स्थानीय भाषालाई अन्तराष्ट्रिय क्षेत्रमा भिडियो मार्फत पु¥याएका छन् । यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन् ।
यो गीतको भिडियोमा अभिनेताहरु सनम कठायत, प्रवण भुसाल, मोडलहरु प्रतीक्षा काफ्ले, सजिना लामिछाने, रंजित सिञ्जालीसँग गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छिन् । भिडियोमा अरु कलाकारहरु नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत पनि रहेका छन् ।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यो भिडियोमा कोरियोग्राफी गरेका छन् । छोड सताउन गीतको भिडियोलाई छायांकन, सम्पादन तथा रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन् । नृत्य प्रधान यो लोक गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको गायक÷गायिका ओम र सरिताले बताएका छन् ।
इलाम – लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियो हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत समेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने “अहिले बहुमतको सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ । तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेका कारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्न सकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ ।”
लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस पनि चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन र जनता निराश भए। यो बहस चलिरहेको बेला कारबाहीको डण्डा बर्साउनु र फरक मतलाई पार्टीबाट बाहिर्याउने कदमले संबिधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुन्छ नेता महरले बताए ।
सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले तर्फ संकेत गर्दै सम्बोधनको क्रमममा ेता महरले भने “संविधान संशोधन गरेर निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउने बाटो तय गर्ने भनिरहेका छौं। तर, दलहरूभित्र फरक आवाजलाई डण्डा बजाउँदा विद्रोह हुन्छ। विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारण छन ” उनले भने, । मातृकाप्रसाद कोइरालादेखि अहिलेसम्मका अपवाद बाहेक सबै सरकार दलभित्रका विद्रोह, समस्या र असन्तुष्टिले ढलेका छन्। पार्टीभित्रको फरक मतलाई सम्मान गर्न सके मात्र प्रजातन्त्र बलियो हुन्छ। पार्टीभित्रका फरक मत नसहने सरकारले जनताका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि उठ्न सक्छ ” उनले भने।
पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न नहुने महरको सुझाव छ। हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुनः पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु नहुने नेता महरको सुझाव छ ।
माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक–पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टहरूले आफ्नो उक्त व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याएका छन्। कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।
“२०४६ सालपछि प्रायः सबै दलहरु भित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन। लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौति हो” उनले भने। राजनीतिक दलले आफ्नो पार्टी ,नेता र कार्यकर्ताको बानी र ब्यबहारमा शंशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।
संविधान संशोधनको समयमा पार्टीभित्र दसौं धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कंग्रेस,एमाले,नेकपा ,माओवादी ,मधेषकेन्द्रीतलगायतका दलहरुमा बिगतमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संधोधनमै धक्का पुग्ने महरको चिन्ता छ। उनले यस्तो अवस्थामा संविधान र लोकतन्त्र दुवै कमजोर हुने बताएका छन्। त्यसैले पार्टीभित्रको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन फरक मतको सम्मान हुनुपर्ने र त्यसले समग्र लोकतान्त्रिक प्रणालीमा टेवा पुर्याउने उनको धारणा छ।
नेपाली कांग्रेस इलामको १०० दिने अभियान अन्तर्गत माङसेबुङ गाउँपालिकाको पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं – चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडियो सामग्री सार्वजनिक गरेका छन् । ४० सेकेण्डको उक्त भिडियोमा आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ । बोर्डले यो अभियानलाई हरेक महिना सञ्चालन गर्ने अनुमान गर्न सकिन्छ ।
उक्त भिडियो सामाग्री शेयर गर्दै अध्यक्ष डिसीले अब प्रदर्शनको तयारीमा रहेका स्वदेशी फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै एउटा जानकारीमुलक दृष्य सामाग्री बोर्डले प्रचार गर्ने भएको उल्लेख गरेका छन् । नेपाली फिल्मका निर्माता तथा वितकरलाई अध्यक्ष डिसीको अनुरोध छ- ‘कृपया यसबारे बोर्डलाई जानकारी गराई सहयोग गरिदिनु होला ।’
बोर्डले तयार पारेको पहिलो प्रचार सामग्रीमा यही पुस २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कर्साङ’, माघ ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिरफिरे फिरीरी’ तथा ‘एक्टर’, माघ ११ गतेदेखि प्रदर्शनमा आउने ‘केटी हराएको सूचना’ तथा माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टर’ को बारेमा जानकारी उल्लेख छ । यो छोटो भिडियोमा यी फिल्मका पोस्टर, प्रदर्शन मिति तथा मुख्य कलाकारको नामलाई एनिमेशन गरेर प्रस्तुत गरिएको छ । नेपाली फिल्मको प्रवद्र्धनमा चलचित्र विकाबस बोर्डको यो सकारात्मक कदमको चलचित्र क्षेत्रले स्वागत गर्ने कुरामा दुईमत छैन ।
काठमाण्डौ – नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो “नाचन च्याङबा” सार्बजनिक भएको छ । गीतमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन ।
चर्चित हाँस्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुँवर छोटिको दमदार प्रस्तुति रहेको गीत, छायांकन भने रेशम दर्लामिले गरेका छन । तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गीतले बजारमा राम्रो छाप छोडेको हुँदा गीतले दर्शक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छिन् गायिका तथा संगीतकार पौडेल ।
मोडेल तथा कलाकार लम्साल भन्छन् गीत राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गीतमा मेरो पहिलो प्रस्तुति भए पनि गीत अनुसारको भिडियो बनाएका छौ बाँकी दर्शकहरुको हातमा छ । त्यस्तै मोडेल तथा कलाकार सुस्मिता कुवँरको पनि लम्सालकै बोलिलाइ समर्थन गर्दै गीतमा बेस्ट दिन खोजेकी छु तामाङ समुदायले मात्रै नभै सिङ्गो नेपालीले हाम्रो गीतलाइ मन पराउनेमा विस्वस्थ रहेको मोडल कुँवरले बताईन ।
निर्देशक तथा गीतकार लामाका अनुसार तामाङ सेलो गीतसबै समुदायले मन पराउने भएको हुँदा गीतलाइ विशेष प्राथमिकताका साथ राम्रो बनाउन खोजेको रयस्तो खालको गीतले मार्केट लिन सक्ने लामाले बताए । भिडियोको नृत्य निर्देशनको जिम्मा पाएका दिनेश पाख्रीनले गीत चल्नेमा आफू दुई मत नरहेको बताउँछन । गीत तथा भिडियोलाई ओएसआर डिजिटल को युट्यूव च्यानल सार्वजनिक भएको छ ।