generalnews
||Power News Asia||

आजको समाचार

बाबा प्रति समर्पित एलेक्स शर्माको “मेरो बाबा”सार्वजनिक (भिडियो)

समाचार


काठमाडौं – आफ्नो जन्म दिने बाबा प्रति सम्मान स्वरुप समर्पित गितको म्युजिक भिडियो एक भब्य समारोह बिच सार्वजनिक गरिएको छ।

नव गायक एलेक्स शर्माको स्वर तथा अभिनय रहेको उक्त गीतको संगित एरेन्ज चर्चित संगितकार दिवान किनारले गर्नु भएको थियो । सम्भवत नेपालि सांगीतिक क्षेत्रमा एक छुट्टै किसिमको गीत तयार पारी निकै मार्मिक रुपमा उत्कृष्ट ढंगले सम्पूर्ण जन्म दिने बाबा प्रति समर्पित गरिएको भिडियो नयाँ – नौलो हुन सक्छ, किनकि यस्ता बिषय बस्तु मा कमै मात्र गित संगित तयार हुने गर्दछ ।

गायक शर्माको यथार्थ जिवनमा आधारित गीतको भिडियो निकै मर्मस्पर्शी छ । उनको भनाई अनुसार, आफु निकै कठिन अबस्थाबाट पटक-पटक असफलता संग लड्दै आफन्त,इस्टमित्र र आमा बाबाबाट तिरस्कृत हुदै भौतारिएको थिए , त्यो चुडिएको माया आफन्त को साथ फर्काउन रातदिन मेहेनत गरे पश्चात आफ्नो पुरा हुन लागेको सपना र खुसि मैले आफ्नो बावालाई देखाउन नपाई समय वितिसकेको थियो ।

मैले आफ्ना बाबा गुमाइ सकेका थिए । त्यही चोट,पिडा यति सम्म बल्झियो कि जस्को कारण “मेरो बाबा” गित भिडियोको सृजना भयो। जस्ले बाबा प्रति को सम्मान समर्पित भावलाइ निकै भावनात्मक शब्द,संगितमा उत्कृष्ट म्युजिक भिडियो बनेको छ।
‘गितले भने जस्तै भिडियोमा कैद भएको दृश्य गायक तथा मोडल एलेक्स शर्माको आफ्नो बास्तबिक जिबनको घटना भएको र वास्तविक जिबनको घटनालाइ भुलाउन गित र म्युजिक भिडियो निर्माण गरिएको’ उनी बताउछन।

‘मेरो मात्र कथा नभएर धेरै छोराहरुको जिवन संग मेल खाने छोराहरुको बाबा प्रति समर्पित गित भिडियो रहेकोले यस भिडियोले धेरै छोराहरुको प्रतिनिधित्व गर्ने आशा लिएको छ ‘उनी सुनाउछन।

म्युजिक भिडियोमा गायन र मोडल स्वयं शर्मा र अर्का मोडल बिजय गजमेरले पहिलो पटक मोडलिङ छेत्रमा उदाएका छन भने लछुमन चौलागाइ, गितान्जलि, बाल कलाकार मिसन न्यौपाने र काब्य कार्कीले अभिनय गरेका छन, भने निर्देशन अमर ओलीले गरेका छन।

भिडियो समाजसेवी दौलत बिक्रम कार्की,नायक शितल केसी, हेम थापा, र पुन्य प्रसाद गौतमबाट सयुक्त रुपमा स्कृन अन गरि सार्बजनिक गरिएको थियो।

एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता

समाचार


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । 

'विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु' उनले उम्मेदवारी दर्ता पश्चात भने । देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु उनले लिएका छन्।

साँगे काठमाण्डौ सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

समाचार


काठमाण्डौं । तनहुँ साँगे थातथलो भई काठमाण्डौमा बसोबास गर्नुहुनेहरुको साझा संस्था साँगे काठमाण्डौ सम्पर्क समाजले विजया दशमी र आउदै गरेको दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । समाजद्वारा घटस्थापनाको दिन बसुन्धरा स्थित क्याफे डि नाईट बर्ड मा आयोजित उक्त कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । समाजका अध्यक्ष रामनाथ पंडितको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अर्थविद एवम् पूर्व क्याम्पस प्रमुख भोजराज ओझा, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, पूर्व न्यायधिस एवं अख्तियार दुरुपयोग अनुसन्धान आयुक्त कृष्णबल्लभ काफ्ले, नेपाल प्रहरीका पूर्व एसएसपि हरि राज वाग्ले, साबिक श्याम्घा गाविसका अध्यक्ष किरण भण्डारी,बरिष्ठ इन्जिनियर ठाकुर प्रसाद पंडित, अधिवक्ता डा। अवतार न्यौपाने, मनबल्लभ वाग्ले, बालवती (बाला)शर्मा, चन्द्रा न्यौपाने लगायतले संबोधन गर्नुहुँदै समाज गठन भई विविध कार्यक्रम आयोजना हुँदै आएकामा खुसी व्यक्त गर्नुभयो भने सहभागी प्रायले आफनो परिचयसँगै साँगेमा बिताएका विगतसहित शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममाझ समाजले स्मारिका प्रकाशन गर्ने निर्णय गर्यो भने युवा व्यवसायी बालदीवस पंडितले उक्त स्मारिका प्रकाशनार्थ नगद २५ हजार सहयोगको घोषणा गर्नुभयो । सो अवसरमा सुरेन्द्र वाग्लेको संयोजकत्वमा स्मारिका प्रकाशन समिति साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।

 

(स्रोत:राज्य दैनिक)

नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक

समाचार


काठमाण्डौ– निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । 

माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भुमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले चलचित्रमा संगीत भरेका छन् । चलचित्रमा शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् । जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्की प्रोडक्सन डिजाइनर, अमृत चापागाई पोष्टर  एबम् साहिल खान पब्लिसिटी डिजाईनरका रुपमा रहेको चलचित्र चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो । 

चलचित्रलाइ अच्यूत बजगाइ र माधव खरेल सम्पादन गरेका हुन् । समिर मियाँको कलर तथा भिएफ्एक्स रहेको चिट्ठीमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ तथा डिजाईन रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
 

सार्की बन्धु प्रगतिशिल समाजको आयोजनामा बिजयदशमी शुभ,दिपावली, नेपाल सम्वत,छठ पर्व २०८० को शुभकामना आदानप्रदान एवं अन्तरकृया कार्यक्रम सम्पन्न

समाचार


काठमाडौं । सार्की बन्धु प्रगतिशिल समाजको आयोजनामा बिजयदशमी शुभ,दिपावली, नेपाल सम्वत,छठ पर्व २०८० को शुभकामना आदानप्रदान एवं अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सार्की बन्धु प्रगतिशिल समाजका अध्यक्ष भिम बसेलको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद सिता मिजार प्रमुख अतिथि र संविधान सभा सदस्य, दलित मुक्ती मोर्चा इन्चार्ज एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पसुराम रम्तेल बिशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सार्की समुदायबाट निजामती क्षेत्रमा कार्यरत कर्मचारी, प्रहरी अधिकृत, शिक्षाकमी, कलाकार, राजनीतिक दल सम्बद्ध लगायतको उपस्थिती रहेको थियो ।

देश भरिबाट काठमाडौंमा आई बिभिन्न पेसा व्यवसाय साथै अध्ययन गर्नुहुने सार्कि समुदायका युवा बर्गहरूको उपस्थितमा सार्की समुदायबाट गत एसईईमा राम्रो जिपीए ल्याउने विद्यार्थीलाई सासंद मिजारले सम्ममा गर्नुभयो । यस अवसरमा सांसद मिजारले सार्की समुदायलाई एकतामा बाध्न आवश्यक रहेको औंल्याउनुभयो ।

त्यसैगरि प्रगतिशिल बन्धु समाजका सचिवले प्रगतिशिल सार्की बन्धु समाजले देश भरी रहेको सार्की समुदायलाई एकताबद्द गर्ने र सबैमा सचेतना जागरण ल्याउन पहल गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रम माझ आर्थिक अवस्थाले सार्की समुदायका बालबालिका र किशोर किशोरी कोही पनि पढ्नबाट बन्चित हुन नपरोस भनेर पाँच लाखको अक्षकोष स्थापना गरिएको युवा नेता धिरज उपरकोटीले जानकारी दिनुभएको छ ।

एनआरएनए उपाध्यक्षका प्रत्यासी गणेश केसीलाई नेपालमा भव्य स्वागत

समाचार


काठमाडौं ।  गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको  माहोल तातिएको छ ।

एनआरएनएको  अधिवेशन आउन अब मात्रै केही दिन  बाँकी रहँदा  उपाध्यक्षका  उम्मेदवार  मध्येका एक गणेश केसी दुई साताको देशको दौडाहामा  आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित  प्रतिनिधिहरुसंग चुनावी प्रचारप्रसार भ्रमण पछि शुक्रबार  काठमाडौँ आइपुगेका छन । 

विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर  आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका   केसी  काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले एयरपोर्टमा भव्य स्वागत गरेका छन ।


एयरपोर्टमा  सञ्चारकर्मीसँग कुरा गर्दै केसीले  आफू एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने  प्रतिबद्धता जनाए ।

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।

एनआरएनए चुनावमा जापानका गोविन्दको उपाध्यक्षमा दावी

समाचार


काठमाडौं - जापानबाट एनआरएनए आईसीसीको उपाध्यक्ष जिम्मेवारी सम्हालिरहेका रोबिन्द्रप्रसाद श्रेष्ठ गोविन्द फेरि पनि आगामी कार्यकालमा आफु बिजयी हुनेमा ढुक्क देखिन्छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै एक दर्जन देशको भ्रमण पुरा गर्दै ११ वटा एजेण्डामा आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रमका साथ उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठ बताउँछन् ।

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने बताउँदै श्रेष्ठले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले आगामी कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठ तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यवसाय सहित २०० जना बढ़ीलाई प्रत्यक्ष रोजगार दिएका छान । गोबिन्द सामाजिक सेवा सहित एनआरएनए अभियानमा एक दशकदेखि सक्रिय रुपमा आवद्ध रहँदै आएका छन् । एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक सहित संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी सफलतापूवर्क निभाएका श्रेष्ठ आफुले आजसम्म निभाएको भूमिका र कामको मुल्यांकन गर्दै विश्वभरबाट एनआरएनए डेलिगेट्सहरुको साथ र समर्थन पाएको बताउँछन् ।

आर्थिक पारदर्शिता सहित एनआरएनए मार्फत सामाजिक सेवाको लागि आफुले मन, बचन र कर्मले इमान्दिारिता पूर्वक काम गर्ने श्रेष्ठले व्यक्त गरे । प्रवासी श्रमिकहरूका पक्षमा काम गर्दै विश्वभर रहेका नेपालीले एनआरएनए मेरो हो भन्ने भावना जगाउनेगरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै एनआरएनए ११ औं महाधिवेशन मार्फत २०२३–२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका एक दर्जन बढि उम्मेदवारमा सबैभन्दा बढि चर्चामा रहेका गोबिन्द आरके शर्मा टीमबाट उपाध्यक्षको पदको लागी चुनावी मैदानमा छन ।

-समीर लामा 

कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा उपहार योजना

समाचार


काठमाडौं । कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ । कान्तिपुर मल भित्र सामान किन्ने ग्राहकले मोटरसाइकलसहित अन्य थुप्रै उपहार जित्न सक्ने गरि चाडपर्व स्किम ल्याएको हो । कान्तिपुर मलले सुरु गरेको उक्त उपहार योजना भदौदेखि नै लागू भइसकेको मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभएको छ ।

‘भदौदेखि छठ पर्वसम्म कान्तिपुर मलभित्र रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान खरिदकर्ता ग्राहकलाई एक कुपन प्रदान गरिनेछ र सो कुपनको आधारमा विजेता घोषणा गर्नेछौ’ महाप्रबन्धक निरौलाले भन्नुभयो । उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामाह मोटरसाइकल, दोश्रो पुरस्कार १२५ सिसिको यामाहा स्कुटर र तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि टेलिभिजन प्राप्त गर्ने उहाँले जनाउनुभयो । यस्तै अन्य पुरस्कारसमेत रहेको निरौला बताउनुहुन्छ । ।

काठमाडौँभित्रको पुरानो सपिङ मल भएको कारण उक्त मलमा सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गरिने निरौलाले बताउनुभयो । उक्त मलमा बैँक तथा वित्तिय संस्था, सैलुन, गुदपाक भण्डार, लत्ताकपडा पसल, इलेक्ट्रोनिक्स पसल, रेष्टुरेन्ट आदीका झण्डै २०० सटर रहेका छन् ।

मलेसियामा अन्जिताले जितिन राईजिङ स्टार अवार्ड

समाचार


काठमाडौं । मलेसियामा सम्पन्न मोड्ल सर्च मिसेस इन्टरनेसनलमा नेपालकी अन्जिता श्रेष्ठले राईजिङ स्टार टाईट्ल हात पारेको छिन् । कृजना मिडियाद्वारा आयोजित मिसेस न्यासनको मस्ट पपुलर विजेता बन्दै उनले उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन ।  

श्रेष्ठले उक्त टाइटल जितेपछि नेपाल स्थित आयोजक संस्थाका लविन अन्सारीले खुशी व्यक्त गर्दै भने ’विभिन्न  देशका प्रतियोगि रहेको उक्त अन्तरराष्ट्रिय  सौन्दर्य प्रतियोगितामा श्रेष्ठले राम्रो प्रस्तुति दिएर देशलाई चिनाउने अवसर पाएको र आगामी दिनमा अझै नया प्रतिभा र नेपाललाई योगदान पुग्ने विश्वास हाम्रो छ’ ।

एनआरएनए युवा संयोजकमा घिसिङले जित्ने पक्कापक्की

समाचार


समिर लामा/ काठमाण्डौ - गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवार सुपेन्द्र घिसिङले आफू  एन आर एनएको चुनावमा विजयी भए पछि चुनावमा गरेका प्रतिवद्दताहरु कार्यन्वयन गर्न सक्रिय भएर लाग्ने बताएका छन् ।

आगामि अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौको सोल्टि होटेलमा सम्पन्न हुन गईरहेको महाधिवेशनमा आफुले युवा संयोजक पदमा उम्मेदवारी दिएको जानकारी दिदै उनले जितेकै दिन देखी आफ्ना प्रतिवद्दताहरु पुरा गर्न लाग्ने बताएका छन् । अहिले पनि चुनावी माहोल हेर्दा लगभग सबैको साथ र सहयोग पाउनेमा उनि बिस्वस्थ रहेका छन् ।
विश्वभरी रहेका गैर आवासिय नेपालीहरुले सिकेको ज्ञान र आर्जन गरेको पुँजिलाई नेपालमा सहि ठाउँमा प्रयोग गर्दै युवाहरुलाई स्वरोजगार बनाउनु नै आफ्नो प्रमुख प्रतिवद्दता रहेको बताए ।

साथै सामुहिक लगानीको व्यवस्था र युवाहरुको सहभागीता बढाउने, खेलकुदको विकासका लागि स्पोर्टस एकेडेमिको व्यवस्था गर्ने, विद्यार्थीहरुलाई सहि मार्गनिर्देशन गर्न बृहत अभिमुखीकरण कार्यक्रम तय गर्ने, विदेशमा रहेका लाखौं युवा श्रमिकलाई एनआर एनएमा आवद्ध गराई सुरक्षित बैदेशीक रोजगारको पहल गर्ने, दोश्रो पुस्तालाई एनआरएनमा आकर्षण गर्ने मनोरञ्जन, खेलकुद लगायत अन्य प्रतियोगिताहरु गर्ने, सक्षम, सवल र साझा एनआरएनए बनाउने लगायत प्रतिवद्दताहरु सहितको घोषणा पत्र प्रस्तुत गर्दै विश्वभरि रहेका सम्पुर्ण अभियान्ताहरुलाई आफ्नो मत दिई विजयी गराउन समेत अपिल गरेका छन् ।