काठमाडौं । मलेसियामा सम्पन्न मोड्ल सर्च मिसेस इन्टरनेसनलमा नेपालकी अन्जिता श्रेष्ठले राईजिङ स्टार टाईट्ल हात पारेको छिन् । कृजना मिडियाद्वारा आयोजित मिसेस न्यासनको मस्ट पपुलर विजेता बन्दै उनले उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन ।
श्रेष्ठले उक्त टाइटल जितेपछि नेपाल स्थित आयोजक संस्थाका लविन अन्सारीले खुशी व्यक्त गर्दै भने ’विभिन्न देशका प्रतियोगि रहेको उक्त अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगितामा श्रेष्ठले राम्रो प्रस्तुति दिएर देशलाई चिनाउने अवसर पाएको र आगामी दिनमा अझै नया प्रतिभा र नेपाललाई योगदान पुग्ने विश्वास हाम्रो छ’ ।
समिर लामा/ काठमाण्डौ - गैर आवसिय नेपाली संघको युवा संयोजक पदको उम्मेदवार सुपेन्द्र घिसिङले आफू एन आर एनएको चुनावमा विजयी भए पछि चुनावमा गरेका प्रतिवद्दताहरु कार्यन्वयन गर्न सक्रिय भएर लाग्ने बताएका छन् ।
आगामि अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौको सोल्टि होटेलमा सम्पन्न हुन गईरहेको महाधिवेशनमा आफुले युवा संयोजक पदमा उम्मेदवारी दिएको जानकारी दिदै उनले जितेकै दिन देखी आफ्ना प्रतिवद्दताहरु पुरा गर्न लाग्ने बताएका छन् । अहिले पनि चुनावी माहोल हेर्दा लगभग सबैको साथ र सहयोग पाउनेमा उनि बिस्वस्थ रहेका छन् ।
विश्वभरी रहेका गैर आवासिय नेपालीहरुले सिकेको ज्ञान र आर्जन गरेको पुँजिलाई नेपालमा सहि ठाउँमा प्रयोग गर्दै युवाहरुलाई स्वरोजगार बनाउनु नै आफ्नो प्रमुख प्रतिवद्दता रहेको बताए ।
साथै सामुहिक लगानीको व्यवस्था र युवाहरुको सहभागीता बढाउने, खेलकुदको विकासका लागि स्पोर्टस एकेडेमिको व्यवस्था गर्ने, विद्यार्थीहरुलाई सहि मार्गनिर्देशन गर्न बृहत अभिमुखीकरण कार्यक्रम तय गर्ने, विदेशमा रहेका लाखौं युवा श्रमिकलाई एनआर एनएमा आवद्ध गराई सुरक्षित बैदेशीक रोजगारको पहल गर्ने, दोश्रो पुस्तालाई एनआरएनमा आकर्षण गर्ने मनोरञ्जन, खेलकुद लगायत अन्य प्रतियोगिताहरु गर्ने, सक्षम, सवल र साझा एनआरएनए बनाउने लगायत प्रतिवद्दताहरु सहितको घोषणा पत्र प्रस्तुत गर्दै विश्वभरि रहेका सम्पुर्ण अभियान्ताहरुलाई आफ्नो मत दिई विजयी गराउन समेत अपिल गरेका छन् ।
काठमाडौं – गीतकार रमेश दहालको नयाँ गीत ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक भएको छ । साधारण मानिसका कथामा गीत लेख्ने गीतकार दहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।
‘रेलको बाटो, सिंहहदरबार’लगायत गीतबाट परिचय बनाउनुभएका गायक तथा संगगीतकार सुरज पण्डितको संगीत तथा स्वरमा बनेको यो गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो ।
अझै पनि नेपालका कतिपय दुर्गम बस्तीमा यातायातको सुविधा छैन । यातायातको अभावमा मानिसले दैनिक उपभोग्य बस्तुदेखि निमार्ण सामग्री तथा औषधिमूलो समेत ढाकरमा बोकेरै लानुपर्ने बाध्यता छ । शहरमा समेत भारी बोकेरै आफ्नो जीवन गुजारा गर्नेहरूको संख्या ठूलै छ । यही श्रमजीवी वर्गको जीवन संघर्षलाई टिपेर लेखिएको गीतमा सुरजले संगीत भरेर गाउनुभएको हो । गीतमा कमल सौरागको संगीत संयोजन छ । सार्वजनिक गीतको भिडियोमा धनराज थापा, सरस्वती खत्री, र ईश्वर थापाकोे अभिनय छ ।
नेपाली सांगीतिक बजारमा के कस्ता गीत चल्ले हुन् त्यो अनुमान लगाउन सकिने अवस्था छैन । गीतमा गरिको लगानी पनि सुरक्षित छैन तापनि साहित्यिक चेतनाले पूर्ण गीत लेख्दै आउनुभएका रमेशका छाउपडि, भ्रष्टाचार, सामाजिक विभेद, अशान्ति, तथा युवा विदेश पलायन जस्ता विषयमा लेखिएका गीतहरू चर्चित छन् । फरक धारका गीत लेखेर चर्चामा रहनुभउका रमेश गीतसंगीतमा अनुसन्धान तथा समीक्षासमेत गर्ने गर्नुहुन्छ । उहाँका गीतले सामाजिक सद्भाव, शान्ति, समावेशीकरणमा समेत प्रभाव पारेको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीले आफू विजयी भएको दिनदेखि नै चुनावको बेला गरेका प्रतिबद्धताहरु पुरा गर्न लागिपर्ने बताएका छन् । ‘मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरुले दिएको अख्तियारीको फैसलाको दिनबाटनै कार्य सुभारम्भ गर्ने प्रण गर्दछु’, आफूलाई निर्वाचित गराउन अपिल गर्दै रेग्मीले भने । सबैको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोवर १७ देखि २० तारिख सम्म काठमाडौँमा सम्पन्न हुन गइरहेको ११ महाधिवेशनमा आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको पनि उनको भनाइ छ ।
‘हाम्रो यो पबित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्ययोजना र प्रतिवद्धतालाई सफल र परिणाममुखी बनाऊन यहाँहरु सवैको साथ र सहयोगको लागी हार्दिक अपील गर्दछु’, रेग्मीले भने । सबैको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना हाम्रै पालामा सार्थकतामा ल्याउने आफ्नो संकल्प साकार हुने उनको विश्वास छ । एनआरएनएको सामीप्यतामा रहेदेखि नै आफूले नेपाली समूदायमा गरेको कार्यहरु र पदीय जिम्मेवारीमा रहँदाको समयमा आफूले गरेका संस्थागत र मानवीय कार्यहरुबारे सबै जानकार रहेको पनि उनको भनाइ छ । ‘तसर्थ यहाँहरुको प्ररेणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौं भन्ने उत्साह बढेर आएको छ । मेरो प्रतिद्धताको सक्षेपिकरण स्वरुप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धीको लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार, प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य, पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन्’, रेग्मीको भनाइ छ ।
वर्तमान समयमा युवा, महिला तथा श्रममैत्री कार्यहरुलाई अझ वैज्ञानिक र प्रविधियुक्त तवरबाट अगाडि बढाउने बताउँदै उनले नेपालमा स्वरोजगार व्यवस्थापन र विषेश गरी रिट्रनी माईग्रेशनहरुलाई नेपालमा नै रोजगार श्रृजनामा विषेश पहल रहने प्रतिबद्धता जनाएका छन् । आफ्नो पवित्र सपनाहरुलाई साकार बनाउनको लागि सबैको साथ, सहयोगको अपेक्षासहित अमुल्य सुझाव दिन पनि उनले अनुरोध गरेका छन् ।
काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५.० रिजनल’ नाम दिइएको कार्यक्रमका लागि यही असोज १९ देखि नाम दर्ता खुला गरिएको छ । यस प्रकारको टेक इभेन्ट रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक भएको कम्पनीको भनाइ छ । यो च्याम्पियनसिप स्टेम्पपेडियालगायतद्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यसँग आवद्ध वार्षिक कार्यक्रम भएको कम्पनीको भनाइ छ ।
दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेम्पपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको हो । जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको बताइएको छ । यसका साथै निमा एकेडेमीले स्किलसअप ग्लोबलसँग तालिम साझेदारको रूपमा समेत सहकार्य गर्ने छ । कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले यो कार्यक्रम नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने एक ऐतिहासिक कोसेढुङ्गा हुने बताए उनले भने, ‘यो नेपालमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाई उनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।’
यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । प्रधानका अनुसार अक्टोबर ६ (असोज १९) देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुल सहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहको लागि छनोट गरिने छ । शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५,००० बराबरको रकम वितरण गरिने छ । निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनी हो ।
डिजिटलाइजेसनको माध्यमबाट नेपाली शिक्षा प्रणालीमा दशकौँदेखिको शैक्षिक विशेषज्ञतालाई आधुनिक प्रविधिसँग जोडेर नेपालमा परम्परागत सिकाइ विधिलाई स्तरोन्नति गर्ने यसको मुख्य उद्देश्य रहेको छ । आफ्नो स्थापना कालदेखि नै निमा एकेडेमीले २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्न ई–लर्निङ स्रोतहरू विकास गर्दै आएको छ ।
युएई,युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ९एनआरएनए० का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार९आरके० शर्माले दुबईमा एनआरएनए अभियन्ताहरुलाई सम्वोधन गरेका छन ।
बिगत सत्र बर्षदेखि आफु बिदेशमा रहेर बिशेष गरेर मध्यपूर्वमा रहँदै गर्दा आफुले पनि बिभिन्न समयमा चाडपर्व मनाउन नपाएको पिडाको महशुस आफुले पनि गरेको शर्माले बताए । म यो अभियानमा हिडदै गर्दा ममतामयी आमा बिरामी पर्दापनि समयमा घर जान सकिन, तपाईहरु पनि यस्तो परिस्थितीबाट गुज्रिनु भएको होला भन्दै शर्मा आफ्नो सम्वोधनको क्रममा भावुक रुपमा प्रस्तुत भएका थिए । अवको नेतृत्व मध्यपूर्वमा आयो भने मात्र श्रमिकको हक, हितका निम्ति धेरै कार्य गर्न सकिने कुरामा शर्माले जोड दिएका थिए ।
सम्वोधनको क्रममा आफ्ना २४ प्रतिवद्धताहरु दोहोर्याउदै आफु बिजयी भएमा ति प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने बाचा गर्न आफु दुबईलगाएतका ४० देशको भ्रमणमा पुगी डेलिगेट्स र एनआरएनए अभियन्तालाई आफ्नो बाचाहरु प्रस्तुत गरेको शर्माले बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष पदका उम्मेदवारहरु धर्मराज अधिकारी, रोबिन प्रसाद शेरचन, हालका मध्यपूर्व संयोजक एवं आइसीसी सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ ९गोर्खाली०, कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व उपसंयोजक राजु केसी, आइसीसी सदस्य पुष्कर सापकोटा, आइसीसी सदस्य मणी प्रसाद भुर्तेल,एनआरएनए यूएईका अध्यक्ष बिकास साही, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, प्रवासी नेपाली मञ्च युएईका महासचिव बाबुराम सापकोटा, नेपाली बिजनेश काउन्सीलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा लगायत बैचारिक सँघ संस्थाका प्रतिनिधिहरुले सम्वोधन गर्दै अध्यक्षका प्रत्याशी शर्मा र सम्पूर्ण उम्मेदवारहरुलाई बिजयको शुभकामना दिएका थिए ।
गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन ।
अध्यक्षको उम्मेदवारीमा आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पुष्कर सापकोटा युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले भब्य स्वागत गरेका थिए ।
शर्माले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेका छन । एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा विश्वभरका नेपालीहरुले आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएका छन । आफ्नो उम्मेदवारी, एजेण्डा र प्रतिवद्धता बोकेर तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका शर्मा सबैको सकारात्मक प्रतिक्रिया बोकेर फर्किएका छन । अध्यक्षमा उम्मेदवारी दिएका अन्य प्रतिष्पर्धीभन्दा धेरै मेहनेत गरेका शर्मा मध्यपुर्वको अधिकांश समर्थन साथमा लिएर अन्य देशमा पुगेका हुन । उनको भ्रमण तालिका र मेहनत देखेर अन्य प्रतिष्पर्धी र एनआरएनए अभियन्ता दंग परेका छन ।
शर्माले विगत ६ महिनादेखि आराम गर्न पाएका छैनन् । जहाजमा नै उनको धेरै समय बित्यो । एनआरएनएको अध्यक्षमा उठ्ने तयारी गरेपछि नेपालीहरु रहेका अधिकांश क्षेत्रमा पुगेर उनले अन्तरक्रिया र छलफल कार्यक्रम गरे । प्रवासी नेपालीहरुका समस्या र त्यहाँका सम्भावनालाई उनले नजिकबाट नियाले ।
शर्माले उम्मेदवारी घोषणा गर्दै आफ्ना २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन । उनको आफ्नो घोषणापत्रमा नै २४ महिना २४ बाचा उल्लेख गरेका छन ।
शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताएका छन ।
शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा नै छन् ।
विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरुका समस्यालाई नजिकबाट बुझेका छन् ।
८६ देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको महाधिबेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउन पाउने भएका छन ।मध्यपुर्व,मलेसिया,कोरिया र श्रमिकमैत्री मुलुकको एक मात्र साझा अध्यक्षका उम्मेदवार रहेका शर्मालाई अधिकांश क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनिहरुले ३० लाख श्रमिक रहेको मध्यपुर्व र मलेसियाले एनआरएनए स्थापना भएको २० वर्षमा पनि नेतृत्व नपाउनु दुखद भएको जनाउदै यसपटक शर्मालाई नेतृत्व दिन एनआरएनए डेलिगेटस र अभियन्तालाई आग्रह गरेका छन ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन ।
नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन २००३ मा कतार पुगेका थिए । हाल उनी कतार तथा नेपालमा एक सफल नेपाली व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छन ।
२० वर्षमा पुगेको गैरआवासीय नेपाली संघले मानवीय कार्यलाई निरन्तरता दिंदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।
‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरुको चाहना र इच्छा एउटै छ’शर्माले भने,“नेपाललाई छिट्टै समृद्द र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरुले काम गर्नु पर्नेछ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा देश छोड्नेहरुको दृष्य हेर्दा देश नै खाली होला भन्ने चिन्ता बोकेमा शर्माले भने, “यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्य योजना ल्याउनु पर्दछ । म त्यही अभियानमा होमिएको छु ।”
स्थलगत भ्रमणमा पुग्दा त्यहाँका समस्या र समाधानका विषयमा धेरै जानकार भएको शर्माको भनाई छ । श्रमिकका मुद्धा मात्र होइन, नागरिकताका विषय, युवापुस्ता तथा खेलाडीका मुद्धा, महिला तथा लगानीका विषय अनि संस्थाको समग्रका विकासका लागि मार्गचित्र बनेको शर्माको भनाई छ ।
युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरुसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।
विश्वयुद्धको बेला मलेसिया, थाइल्याण्ड, म्यानमारमा रहेका नेपालीहरुलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्टे«लिया र क्यानडामा नेपाली विद्यार्थीहरुको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरुले माग गरेका छन् ।
ललितपुर -समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ ।
सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए ।
२ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए ।
उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्तित्वहरु निर्देशक माधवराज खरेल,गीतकार सामना शाह, संचारकर्मी तथा सौन्दर्यविद मनिषा जिसी र समाजसेवी डुका कटेलले विदेशी भूमिमा रहेर पनि नेपालका विभिन्न स्थानमा पिडामा परेका मानिसहरुका आवश्यकता अनुसार सहयोगहरु प्रदान गर्दै समाजसेवामा सक्रिय रहेका समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।
हाल अमेरिका वस्दै आएक सुवेदी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
नेपालमा भैरहने दैवि प्रकोपबाट पिडित भएकाहरुलाई तत्तकालै राहत पुर्याउनका लागि निरन्तर लागि पर्दै आएका अमेरिका निवासी समाजसेवी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन ।
झापाकै बाहुनडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।
काठमाण्डौ – गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् । आईतबार ओैपचारिक रुपमा आफ्नाे उम्मेद्वारी घाेषणा गरेका अधिकारी अहिले विभिन्न देशकाे भ्रमणमा रहेका छन् ।
उम्मेद्वारी घाेषणा गर्दै गर्दा अधिकारले जारी गरेकाे अपिल
आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू तथा अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मित्रहरू सबैमा सादर नमस्कार !
संसारभरि रहनु भएका लाखौंलाख नेपालीहरुको साझा चौतारी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौमा आयोजना हुँदैछ । संघले दुई दसक पार गर्दै गर्दा अनेकौं आरोह, अवरोह छिचोल्दै गैरआवासीय नेपालीहरुका हकहितका खातिर सयौं उपलब्धी हासिल गरेको छ भने आगामी दिनमा विशाल सम्भावनाहरुको गोरेटो कोरेको छ । संघको ११ औं महाधिवेशन आयोजना हुन अब दुईहप्ता मात्र समय बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो आंकाक्षा र दावी प्रस्तुत गर्ने क्रम पनि चलिरहेको छ । म आफैं पनि झण्डै १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य(२०११-१३), पोर्चुगलको युवा संयोजक(२०१७-१९), आइसिसी सदस्य(२०१९-२१) हुँदै केही महिना अघिसम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१-२३) को रूपमा रही आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु ।
संघमा मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि थप योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छा र भावनाले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था र खासगरी युवाहरुलागि विशेष योजनाका साथ मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, तमाम महाधिवेशन प्रतिनिधिज्यूहरु र पत्रकार मित्रहरूमा विनम्र आग्रह गर्दछु ।
संघको युवा संयोजक पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा भावी केही प्रतिवद्दता र योजनाहरु निम्न बमोजिम रहने छन् :-
१) “सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता” भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।
२) प्रवासमा रहेका युवाहरुलाइ फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।
३) विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।
४) रोजगारका लागी विदेश जान चाहने युवाहरुलाई नेपालमै रोजगारमूलक तालिम सन्चालन गरी जाने सम्बन्धित देशका NRNA NCC हरु संगको समन्वयमा दक्षता हासिल गरेको क्षेत्रमा रोजगारका लागी पहल गर्ने र त्यसको सुपरिवेक्षण गर्ने।
५) आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।
६) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।
७) “नेपालीका लागि नेपाली” र “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद !
अझैं पनि बाँकी विहान झिसमिसे देखि वेलुका आधि रातसम्म हड्डी घोटिरहने हाम्रा आमा दिदी र बहिनीहरुको पसिना नगदमा परिणत हुन अझैं पनि वाँकी छ घर वाहिरको त कुरै छोड़ौ घर भित्र पनि एकाथरिले म मालिक हुं भन्दै गर्जने अर्का थरिले ऑशुले लत्पतिएको एक गाँस भात निल्नु पर्ने नियति अझै पनि वाँकी छ एकाथरिले महंगा स्कूलमा कम्प्यूटर संग भविष्यका ऐना मोनिटरमा कोर्ने अधिकाँश अर्का थरि च्यातिएको झोलामा गाता नभएको कपीसँगै तीन अम्मलको सिसाकलमले जीन्दगीको नक्शा कोर्नु पर्ने वाध्यता हट्न अझै धेरै वाँकी छ चुनाव संगै आएका विकासका आश्वासन लाई खाल्डा र खुल्डी संग धुलाम्य र हिलाम्मे बाटाहरुको कालोपत्रे हुने उत्कट सपनाहरु विपनामा परिणत हुन अझै धेरै बाँकी छ विरोजगारी संगै रित्तिएक युवाका खल्तीहरु स्वरोजगारी भइ नगदले भरिने सपनाहरू विपनामा परिणत हुनअझैं पनि वॉकी छ अभावै अभावले आक्रान्त बनेको आम नागरिकको मुहारहरुमा समृद्धिको लालिमाले खुशीका रंगहरू पोतिन अझैं धेरै वाँकी छ विना वैज्ञानिक आधार सानो जाती र ठुला जाती भन्दै एक अर्काको वीचमा ठड्याइका ठूला पर्खालहरुलाई समानताका गल र गैंचीले भत्काएर सम्म मैदान बनाउन अझै धेरै बाँकी छ खुशीरूपी अविरले एक अर्कालाई रंगाएर वेखुशीलाई साउने सक्रान्तिमा लुतो फाले झैं फाली सबै मिलेर समानता एकता र समृद्धिका गीत गाउन अझैं पनि वाँकी छ
काठमाडौं । विश्वव्यापी रुपमा लोकप्रिय टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ ।अक्टोबर ५ तारिखका दिन काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा भिभोले नयाँ स्मार्टफोन भव्यताको साथ सार्वजनिक गरेको हो । सो अवसरमा आयोजित बम्पर लक्की ड्रमा राज्यदैनिक डटकम, काठमाण्डौं र बिक्रेतातर्फ एस आर मोबाईल, राजविराजले भी२९ फाइभजी मोबाईल जित्न सफल भए
। भिभो नेपालका जनरल म्यानेजर माइकलले राज्यदैनिक डटकमका तर्फबाट कार्यकारी सम्पादक सरोज ओझालाई भी२९ फाइभजी मोबाईल हस्ताण्तरण गरेका थिए । त्यस्तै, अन्य लक्की ड्र विजेताहरुले विभिन्न गिफ्ट् हाम्पर हात पारे ।
कार्यक्रममा निरन्तर आविष्कारको उपज भी२९ फाइभजी भी सिरिज आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमता भएको जानकारी गराईयो । कम्पनीका अनुसार भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् जसले फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ ।
नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरेका छन् । उनले भने, “भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरूलाई निरन्तर आकर्षित गर्दै आइरहेको छ । भी२९ फाइभजीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो । यसले मोबाइल फोटोग्राफीलाई पुनः परिभाषित गर्दै स्मार्टफोन बजारमा हाम्रो नेतृत्वलाई सुदृढ बनाउनेमा हामी विश्वस्त छौं ।”

नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, भिभोले ग्राहकहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गर्दै “आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार” अफर ल्याएको छ । यो अफर अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म लागू हनेछ । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा vivodashain.comमा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्नेछन् ।भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो ।
यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ जसले स्टाइल र परिष्कृत स्मार्टफोनको प्रतिनिधित्व गर्दछ । यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ जसले स्मार्टफोनको स्लीक एस्थेटिक डिजाइन लाई वृद्धि गर्दछ । यो स्मार्टफोनको १२० हर्ट्जको थ्रीडी कर्भ्ड स्क्रिनले अल्ट्रा–स्लिम सौन्दर्य डिजाइनसँगै एकीकृत रुपमा इमर्सिभ तथा दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ । यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा छ जसले क्रिस्प र जीवन्त शटहरू तथा भिडियोहरू लिन मद्दत गर्दछ । यसबाट ग्रुप सेल्फीहरू र उच्च गुणस्तरको भिडियो रेकर्डिङको लागि अटोफोकस ग्रुप सेल्फी तथा सुपर ग्रुप भिडियोको क्षमताहरू पनि प्रदान गर्दछ । यसमा ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसबाट सुक्ष्म तथा डेप्थ दृश्यहरू खिच्न सकिन्छ । स्मार्ट औरा लाइट पोट्र्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ ।
भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ जसले सिमलेस पर्फमेन्श प्रदान गर्दछ । यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो भी२९ फाइभजी सौन्दर्य र नवीनताको उत्कृष्ट संयोजन हो जसले प्रयोगकर्ताहरूलाई अत्याधुनिक तथा आकर्षक विशेषताहरु प्रदान गर्दछ । यसको आकर्षक रङ तथा अल्ट्रा–स्लिम डिजाइनले स्मार्टफोनलाई अझ आकर्षक बनाएको छ । यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा रु। ५९,९९९ मा उपलब्ध छ ।
