West Bengal. Chef Ramsharan Thapa, who has been involved in the cooking and hospitality sector for the last three decades, has been honored with the Silver Hat Award.

Chef Thapa was honored with the Silver Award at the South Asian International Culinary Art Competition held in Kolkata on 1, 2, 3 October-2023 organized by the Royal Bengal Master Chef 2023 organization of West Bengal, India.

Respected Thapa has gained experience by working in dozens of different hotels, resorts, restaurants and hospitality establishments at home and abroad. Currently, he is also active in culinary education and training, while operating restaurants in Indochain Alexandria, Cameron Station, Virginia, Indochain Alexandria Old Town, Virginia, Harbor Tandoor, Baltimore, Maryland, in the hospitality industry.

Chef Thapa, who has a very prestigious title in the field of hospitality, has been honored with dozens of different national and international awards. Thapa is constantly working to promote Nepali food, tourism and culture around the world
स्वतः ट्राभल्स एण्ड एडभेन्चर र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका पर्यटकहरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन ।
बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् ।
पर्यटकहरु कम उचाइमा धेरै दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित रहेको श्रेष्ठले बताए ।
आगामी दिनमा यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले विभिन्न पर्यटकिय ट्रेलहरुको निर्माण गर्न स्थानीय र व्यवसायी मिलेर अगाडी बढ्ने श्रेष्ठले बताए
काठमाडौं,गैर आवासीय नेपाली संघ(एनआरएनए)को आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गणेश केसी चुनावी अभियानको क्रममा विश्व दौडाहामा निस्कनु भएको छ । एनआरएनएको माहौल बनाउन विश्व दौडाहामा निस्कनु भएको केसी मंगलबार हङकङ पुग्नु भएको छ । सो अवसरमा एनआरएनए हङकङसँग भेटघाट तथा छलफल गर्नुभएको छ । केसीले ४ र ५ तारिखमा कोरिया, ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय भएको बताए ।
आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित भ्रमणमा निस्कनु भएका केसीलाई एनसिसी हङकङका पूर्व अध्यक्ष तथा हाल आइसिसी महिला सचिव टिका गुरुङ, अध्यक्ष गोकर्ण ढकाल,एनआरएनएका सँस्थापक प्रकाश पुनसहित कार्यसमितिबाट स्वागत गरिएको छ । केसी बुधबार अर्थात ४ र ५ तारिखमा कोरियामा रहनु हुनेछ । सो अवसरमा गैर आवासीय नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कोरियामा भेटघाट सकाएर ६ र ७ तारिखमा यूकेमा भेटघाटको कार्यक्रम तय भएको छ । यस्तै, यही ८ तारिखमा नेदरल्याण्ड्स, ९ तारिखमा बेल्जियम, १० तारिखमा डेनमार्क, ११ तारिखमा पोर्चुगल र १२ तारिखमा दुवई पुग्ने कार्यक्रम तय गर्नु भएको छ ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ । केसीले सन् २०११/०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।
एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।
काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।
कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा पत्रकार समेत रहेका गायक तथा संगीतकार सरोज कोइरालाले संगीत भरेका छन् । शिब परियार, बेनिसा पौडेल, बसन्त अर्यालको स्वरमा ती गीतहरु रेकर्ड भएका हुन् । डा.कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डव भजन समेत रहेको छ जुन भजनको संगीत संगीतकार राजेन्द्र बजगाईंले गरेका हुन् ।
जीवन पराजुली एबम् राजन खरेलको छायाङ्कन रहेको चिट्ठीलाई काठमाण्डौं, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीयस्थल छायाङ्कन गरिएको थियो । अच्यूत बजगाई, राजेश कुमार र माधव खरेल सम्पादन रहेको उक्त चलचित्रमा समिर मियाँको कलर तथा एनिमेसन रहेको छ । चलचित्रमा पुस्कर खत्रीको ब्याकराउण्ड म्यूजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ । चलचित्रलाई सन् २०२४ भित्रै प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
गोरखा । योङ कम्युनिष्ट लिग (वाइसीएल)को दवावपछि गोरखामा सार्वजनिक यातायातको भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीको भाडादर कायम रहेको भन्दै वाइसीएलले पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न चेतावनी दिदै आएको थियो । तत्काल नयाँ भाडादर कायम गर्न माग गर्दै असोज ८ गते जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएपछि सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
यससँगै गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ५५ पैसा दर भाडा कायम हुने भएको छ ।
नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएको बताए । जनपक्षिय माग पुरा गरेको भन्दै प्रशासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिदै उनले भने ‘नयाँ भाडादर कायम नभए कडा सर्घषमा उत्रने तयारी हाम्रो थियो । हाम्रो मागको सुनुवाई भएको छ । नयाँ निर्धारण गरिएको भाडादर निशर्त लागू गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई आग्रह गर्छौ र जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता समेत व्यक्त गर्छौ’।
आमसर्वसाधरणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले लामो समयदेखी दबाब दिदै आएको समेत उनले बताए ।
गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायत सडकहरु कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।
सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा कच्चीकै भाडा उठाउदा समेत राज्य र प्रशासन मौन बसेसँगै प्रशासन निरीह जस्तो देखिदै आएकोमा प्रशासनको पछिल्लो कदमले प्रशासन बिहिनताको आभासबाट जनताले छुटकारा पाएको श्रेष्ठ बताउँछन ।
काठमाडौं-चौथो नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा लघु चलचित्र ‘संघर्ष’ उत्कृष्ट भएको छ । विलक्षण क्रियसन प्रा.लि. र स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.द्धारा आयोजित चौथो सर्ट फिल्म फेस्टिबल तथा अवार्ड समारोहमा संघर्ष उत्कृष्ट भएको हो । अवार्ड समारोहमा सहभागी एक दर्जन भन्दा सर्ट फिल्मबाट संघर्ष उत्कृष्ट भएको हो ।
यस्तै चरित्र भूमिकामा उत्कृष्ट चरित्र अभिनेताको वार्ड चलचित्र संघर्षबाटै प्रेम पाण्डेले जितेका छन् । चलचित्र संघर्षबाटै उत्कृष्ट सम्पादकको अवार्ड शाहिल खानले हाँसिल गरेका छन् । ’
सो प्रतियोगितामा उत्कृष्ट अभिनेताको अवार्ड सर्छ फिल्म कहानी एकादेशकोबाट सागर लम्साल बलेले जितेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र प्रवासीको जीवनबाट अभिनेत्री सरिता लामिछानेले हाँसिल गरेकी छिन् ।
यस्तै उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड सर्ट फिल्म ए हिडन लाइफबाट राजन खरेल प्राप्त गरे भने उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र दुर्गमण्डुबाट माधव राज खरेलले हाँसिल गरेका छन् ।
सर्ट फिल्म अवार्ड २०२३ को निर्णायकमा अभिनेता आर्यन सिग्देल, अभिनेता बीरेन्द्र हमाल, अभिनेता तेज गिरी र चलचित्र निर्देशक दिनेश राउत थिए ।
तनहुँ । स्वत: ट्राभल्स एण्ड एडभेन्चर प्रा.लि. र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका पर्यटकहरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन । बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् । पर्यटकहरु कम उचाइमा बहु दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित बनेका देखिन्थे । यात्रा भोली पोखरा पुगेर टुङिने श्रेष्ठ बताउनुहुन्छ ।
https://www.swotahtravel.com/?fbclid=IwAR0bM7fQHoL3QTG-C3SDUf1EN1SOFu5t3gMkniWYOMUjiRDDM9jy_iuaJ1M









तनहुँ । स्वत: ट्राभल्स एण्ड एडभेन्चर प्रा.लि. र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका पर्यटकहरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन । बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् । पर्यटकहरु कम उचाइमा बहु दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित बनेका देखिन्थे । यात्रा भोली पोखरा पुगेर टुङिने श्रेष्ठ बताउनुहुन्छ ।









काठमाण्डौ- लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एन प्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।े ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ चितवनमा मोफसलबाट पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले आज अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ ।
काठमाडौँबाट आज मनोनयनमा पर्न सफल १० विधाको प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गरीएको हो । १० बिधा बाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका बिधामा अवार्ड प्रदान गरीनेछ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धका हरि कार्की लक्कीले अवार्डको आयोजना आगामी असोज २५ गते चितवन सिने प्लेक्स सिजि मल भरतपुरमा विशिष्ट चलचित्रकर्मीहरुको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताए । अवार्डको निर्णायक मण्डलमा वरिष्ट चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहेका छन् भने सदस्यहरुमा वरिष्ट रंग पत्रकार एवं गीतकार शान्तिप्रिय एवं वरिष्ट रंग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर रहेका छन् ।
०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
उत्कृष्ट गायिका
१. सहिमा श्रेष्ठ ः दर्शन सलाम – छक्का पञ्जा ४
२. शान्तिश्री परियार ः आगो बिना – झिंगेदाउ
३. अस्मिता अधिकारी ः फुलको थुँगा – ए मेरो हजुर ४
४. प्रविशा अधिकारी ः हर युग होस् – प्रेमगीत ३
५. मेलिना राई ः माया जदौ – हिजो आजका कुरा
उत्कृष्ट गायक
१. डेवीड शंकर ः दर्शन सलाम – छक्का पञ्जा
२. रवि ओड ः अटल बाचा गरे – कृष्ण लीला
३. सुगम पोखरेल ः फुल्को थँुगा – ए मेरो हजुर ४
४. प्रताप दास ः हर युग होस् – प्रेम गीत ३
५. रामकृष्ण ढकाल ः माया जदौ – हिजो आजका कुरा
उत्कृष्ट संगीतकार
१. दीपक शर्मा ः दर्शन सलाम – छक्का पञ्जा ४
२. अर्जुन पोखरेल ः आगो बिना – झिंगेदाउ
३. एलिस कार्की ः हर युग होस् – प्रेम गीत ३
४. दीपक शर्मा ः माया जदौ – हिजो आजका कुरा
५. बाबुल गीरी ः सिरुपाते जुंगामा – छक्का पञ्जा ४
उत्कृष्ट लेखन
१. दिपकराज गिरी – छक्का पञ्जा ४
२. प्रदिप भट्टराई – महापुरुष
३. विकाश सुवेदी – प्रकाश
४. उपेन्द्र सुब्बा ÷ रामबाबु गुरुङ – कबड्डी ४
५. रिमेश अधिकारी ÷ कृष्ण आचार्य – नालापानी
उत्कृष्ट छायांकार
१. संजय लामा – ए मेरो हजुर ४
२. राजेश श्रेष्ठ – प्रकाश
३. राजेश श्रेष्ठ ÷ पुरुषोत्तम प्रधान – प्रेम गीत ३
४. नरेन्द्र मैनाली – छक्का पञ्जा ४
५. शैलेन्द्र डि कार्की – कबड्डी ४
उत्कृष्ट सम्पादक
१. विपिन मल्ल – नालापानी
२. जीवन थापा – प्रकाश
३. निमेश श्रेष्ठ – छक्का पञ्जा ४
४. निमेश श्रेष्ठ – कबड्डी ४
५. मित्र डी गुरुङ – झिंगेदाउ
उत्कृष्ट अभिनेत्री
१. केकी अधिकारी – झिंगेदाउ
२. बेनिशा हमाल – छक्का पञ्जा ४
३. आँचल शर्मा – झिंगेदाउ
४. सृष्टि श्रेष्ठ – राधा
५. स्वस्तिमा खड्का – चिसो मान्छे
उत्कृष्ट अभिनेता
१. प्रदिप खड्का – प्रकाश
२. हरिवंश आचार्य – महापुरुष
३. विपिन कार्की – फुलबारी
४. दयाह्याङ राई – कबड्डी ४
५. अनमोल केसी – ए मेरो हजुर ४
उत्कृष्ट निर्देशक
१. दिपाश्री निरौला – छक्का पञ्जा ४
२. दिनेश राउत – प्रकाश
३. रामबाबु गुरुङ – कबड्डी ४
४. ज्ञानेन्द्र देउजा – झिंगेदाउ
५. प्रदिप भट्टराई – महापुरुष
उत्कृष्ट चलचित्र
१. कबड्डी ४ – बासुरी फिल्म्स्
२. प्रकाश – बिनिश एन्टरटेन्टमेन्ट
३. झिंगेदाउ – कपनगढी सिनेमा / फिल्म क्रिउ नेपाल
४. महापुरुष – षटकोण आर्टस् प्रिजेन्टस्
५. छक्का पञ्जा ४ – आमा सरस्वती मुभिज
गोरखा । घ्याम्पेसाल, बारपाक, सुलिकोट, गैरिछाप, देउराली हुँदै ताकुकोट गाउँपालिका कार्यालय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार कम्पनीले धेरै ढिला सुस्ती गरेपछि सरोकारवालाहरुले छिटो काम सम्पन्न गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले गोरखा जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी समक्ष डेलिकेसनसहित अल्टिमेटम दिएका हुन् । बारपाक सुलिकोट गाउँपालीकाबाट गाउँपालीका अध्यक्ष बिष्णु भट्टसहित वडा अध्यक्षहरु, वडा सदस्य, बारपाक सुलिकोट गाउँपालीका माओबादी केन्द्र अध्यक्ष नरबहादुर गुरुङ सहित पार्टी प्रतिनिधिहरु,गाउँपालीका प्रशासन प्रमुख अन्य कर्मचारी र स्थानीयबासिहरू मिलेर डेलिकेसन गएका थिए । उनीहरु गाडी रिजर्भ गरेर ३ घन्टा यात्रा गरि जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ७० जनाको टोलीसहित ठेकेदार निर्माण व्यवसायि, वाइबा एण्ड जेवीका प्रतिनिधिहरू बिरूद्द र गोरखा जिल्ला सडकको गैरजिम्मेदार बिरूद्द डेलिकेसनसहित अल्टिमेटम दिएको गाउँपालीका अध्यक्ष बिष्णु भट्टले बताए । केहि दिन भित्रै यथासिघ्र जिल्लामा बैठक राखेर घ्यामेसाल गैरिछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई छिटो जिल्ला प्रशासन कार्यालयले दबाब दिन र यसको समाधान गर्न अल्टिमेटम दिएको छ । ‘यदी काम गर्न ढिला सुस्ती भएमा जिल्ला सडक कार्यालय र कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई समातेर जनताको सामु राखेर कालो मोसो दली जनकार्बाही गर्न बाध्य हुनेछौ’ माओबादी केन्द्र गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले आक्रोशित हुँदै भने ।
जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ध्यान आकर्षण गराउदै गुरुङले भने ‘यदी केही दिन बाट काम सुरू गर्न बारपाक सुलिकोटले अल्टिमेटम दिएको छ १ जन्ताले दुस्ख पाउने र जन्ता आक्रोशले जनकार्बाही गरेमा यसको जिम्मेवारी जिल्ला प्रशासन र सडक डिभिजन गोरखाले लिनुपर्नेछ’।
‘हामी जनताको हितमा लडेको र जनताको सेवा गर्न राजनीति गरेको जनताको सेवा गर्न गाउँपालिका अध्यक्ष भएको हो । यदि जनतामाथी कसैले खेलवाड गर्छ भने त्यसको मूल्य ठुलो चुकाउन पर्छ’ गाउपालिका अध्यक्ष बिष्णु भट्टले जिल्ला प्रशासन कार्यालयमा भएको कुराकानीका क्रममा बताए । ‘जिल्ला समन्वय प्रमुख र जिल्ला प्रशासन प्रमुखले प्रतिबद्दता सहित छिटै निचोडमा जाने प्रतिबद्ध जनाउनु भएको छ । सो क्रममा उपस्थित जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू आक्रोशसहित प्रस्तुत भए’ सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ले भने।