generalnews
||Power News Asia||

आजको समाचार

इनास अमेरिकाको अध्यक्षमा राहुल केसी निर्वाचित

समाचार


काठमाण्डौ-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्ष पदमा राहुल केसी निर्वाचित भएका छन् । सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा राहुल केसी अध्यक्ष लगायत वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार सहित १३ जनाको समितिको घोषणा गरिएको छ । इनास अमेरिकाका २०२१ – २०२३ का राष्ट्रिय महासचिव रहेका राहुल केसी २०२३-२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त समितिमा वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार ,द्वय रिता श्रेष्ठ तथा अंकुश नेपाल उपाध्यक्षमा ,प्रकाश नेपाल महासचिव ,दिनेश कार्की कोषाध्यक्ष तथा सह( कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने ,अनिल तिमिल्सिना ,अरुण कार्की ,गोपाल अधिकारी ,अमित लामा तथा बिश्व पौडेल समिति सदस्यमा निर्वाचित भएका छन् ।

यसी गरि विभिन्न राज्य समितिमा निर्वाचित भएका पदाधिकारीहरु समेतको सपथ ग्रहण गराईएको थियो । यसै गरि डा श्याम कार्की तथा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ । त्यस्तै २०२३-२०२५ को लागि केन्टकी राज्य समितिमा गोपाल नेपाल फिस्टे अध्यक्ष ,मेरिल्याण्डको अध्यक्षमा पदमा लक्ष्मण पौडल ,भर्जिनियाको अध्यक्ष पदमा अर्जुन घिमिरे निर्वाचित भएका छन् । इनास अमेरिकाले प्रेम राजा महत,अनु वन्त ,सुवोध विलास पन्थ ,कन्हैया सिंह तथा सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरेको छ ।

कार्यक्रम दिउसो २ बजे देखि सुरु भएको उक्त कार्यक्रममा दुवै राष्ट्रको राष्ट्रगान बजाईएको थियो । प्रमुख अतिथि तथा इनास बिश्व९ग्लोबल०कि उपाध्यक्ष सबु गदाल कार्कीतथा मेरिल्याण्डका नेपाली मूलका बिधान सभा सदस्य डा ह्यारी भण्डारीले पानसमा बत्ति बालि राष्ट्रिय अधिवेसन सुरु गरेका थिए । इनासका क्षेत्रीय संयोजक आनन्दु लामाले इनास बारेमा बोलेका थिए भने मेरिल्याण्ड राज्यका इनास अध्यक्ष सृजन ताम्रकारले सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिए। अधिवॆशनमा गायिका प्रविशा अधिकारी,रजतपट अङ्कल प्रकाश सुबेदी, गायक तुलसी पराजुली तथा नायक रमेश उप्रेतीलाई बिशेष सम्मान गरिएको थियो । कन्हैया सिंह परियारले २०२१-२०२३ को समितिलाई बिघटन गर्दै आफ्नो कार्यकालमा इनास बिश्व (ग्लोबल)लाई नृत्य प्रतियोगितामा आर्थिक सहयोग गरेको चर्चा गरेका थिए । त्यस्तै इनास अमेरिका पूर्व पदाधिकारी कृष्ण श्रेष्ठले अमेरिकामा स्थापनाको कुरा जोडेका थिए । त्यसै बीच माधवी भण्डारीको सांगीतिक प्रस्तुति रहेको थियो ।

इनास बिश्व(ग्लोबल) कि उपाध्यक्ष सबु गदाल कार्कीले सबैलाई सपथ ग्रहण गराएकी थिइन् । मेरिल्याण्डका सभासद डा ह्यारी भण्डारीले आफू सांसद भएकोले मेरिल्याण्ड राज्यमा नेपाली समुदायको लागि दशैँमा बिदा दिलाउन सकेकोमा गर्व गर्दै थुप्रै कुराहरु राज्यबाट लिन सकिने बताए । रजतपट अङ्कल प्रकाश सुबेदीले सम्मानित भएकोमा हर्षित भएको भन्दै नयाँ समितिलाई बधाई तथा शुभकामना दिए । उनले अमेरिकामा आफूलाई अमेरिकामा नभई नेपालमै भएको जस्तो लागेको बताए । त्यसै गरि शुभकामना दिनेहरुमा स्थानीय छाता संगठन बानाका अध्यक्ष सुबोध पन्थ ,एनआरएनए मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ ,मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्यालले शुभकामना सहित आफ्ना मन्तब्य राखेका थिए ।

प्रमुख अतिथि तथा इनास बिश्व(ग्लोबल)कि उपाध्यक्ष सबु गदाल कार्कीले छोटकरीमा इनासको परिचय दिएकी थिइन् । उनले मन्तब्य राख्दै कला र साहित्यलाई बिस्व भर कसरी बिस्तार गर्ने भन्ने कुरामा आफ्नो ध्येय रहेको बताइन । इनासमा अनुशासनमा रहनु पर्ने कुरामा जोड दिदै अनुसासन बाहिर गए हामीले नजिकबाट हेर्ने समेत जनाइन । इनासको सपना भनेको नेपालमा एउटा आफ्नै घर बनाउने इच्छा रहेको बताइन । औपचारिक कार्यक्रम सुरु अगाडी लक्ष्मण पौडेल लगायत सांगीतिक टोलीले बाध्य वादन प्रस्तुति गरेका थिए भने महासचिव राहुल केसीले कार्यक्रम संचालन गरेका थिए । अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । गायिका प्रविशा अधिकारी तथा गायक तुलसी पराजुलीले केही हरफ आफ्ना चचित गीत बिना संगीत प्रस्तुत गरेका थिए ।

श्रीनिधीको अन्नप्राशनमा देखिए सांसद देखी पुर्व मन्त्रीहरु

समाचार


काठमाण्डौ– सुगम संगीतका सदाबहार मोडल/ कलाकार सनम कठायतकी सुपुत्री श्रीनिधीको अन्नप्राशन कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रका विभिन्न प्रतिष्ठित अग्रज देखि अनुज पुस्ताका प्रभावशाली व्यक्तित्वहरुको गरिमामय उपस्थितीले कार्यक्रमको माहोल निकै मनमोहक देखिन्थ्यो ।

स्वास्थ्यकर्मी समेत रहेका सफल कलाकार सनम र बैंकर अस्मिता खनालको पहिलो सन्तानको रुपमा बैशाख १३ गते जन्मिएकि श्रीनिधी कठायतको आगमनले जीवन अझै सुन्दर बनेको बताए कठायत दम्पतीले। सनमले उपस्थित सम्पूर्ण अतिथीज्युहरुको समय अनि सद्भावको लाग हार्दिक धन्यवाद सहित यस्तै माया र आशिर्वादका लागि कृतज्ञ रहेको बताए ।

निमन्त्रणालाई स्विकार्दै आतिथ्यता ग्रहण गरिदिनु हुनेहरुमा पुर्व मन्त्री मा. गगन थापा , पुर्व मन्त्री मा. प्रेम ब. आले , पुर्व मन्त्री दल ब . राना , नेपाल प्रहरीका AIGP टेक तामाङ , SSP विश्व अधिकारी लगायत करिव दुई दर्जन बढी प्रहरी अधिकारीहरु, नेपाल सरकारका विभिन्न कार्यलयहरुमा कार्यरत दर्जन बढी अधिकृतहरु, त्रिभुवन विश्व विद्यालयका प्रा. प्रदिप कु. शाह, NIC Asia बैंकका ACEO जयेन्द्र रावल लगायत विभिन्न बैंकका पदाधिकारीहरु, प्रसिद्ध कलाकार निर्मल शर्मा, राज कुमार बगर, सन्तोष श्रेष्ठ , दिपक शर्मा , निर्देशक माधव खरेल लगायत दर्जनौं कलाकारहरु , युवा नेतृत्व भुपेन्द्र शाही , टेक बम लगायत दर्जनौं राजनीतिकर्मी , युवा व्यवसायी पुष्कर ओझा, अधिवक्ता मनिष श्रेष्ठ, गीतकार विरेन्द्र बलामी , समाजसेवी उमादेवी बस्नेत ,ट्याक्सीमाण्डौका CEO अर्जुन केसी , म्युजिक भिडियो कलाकार संघका अध्यक्ष कलाकार सम्झना बुढाथोकी , गोरखापत्र संस्थानका प्रवन्ध निर्देशक लाल ऎरी लगायत दर्जनौं संचारकर्मीहरु लगायत सयौं विशेष व्यक्तित्वहरुको उपस्तिथि रहेको थियोे ।

छोटो समयमा निर्धारित कार्यक्रम भएका कारण आफ्ना अन्य धेरै सुभेछुक महानुभावहरुलाई यो पटक समेट्न असमर्थ भएकोले मोडल सनमले क्षमा समेत मागेका छ।

 

सारंगी बादक गन्धर्वलाई यस वर्षको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने

समाचार


काठमण्डौ– नेपाली साँगीतिक आकाशका लोकप्रिय साङ्गीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ३ वाषर्् अगाडी स्थापना भएको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ यसबर्ष अग्रज तथा बरिष्ठ सारंगी बादक कृष्ण बहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ । असोज ६ गते शनिबार राजधानीमा टिका गोपाल एम्। क्रियशनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा बसेको बैठकले पुराना संगीतकर्मी अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक गन्धर्वलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत गर्न लागिएको कुरा कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।

नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पण गर्नु भएका संगीतकर्मी एबम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुन् । गन्धर्वलार्ई नगद रू। ५१ हजार सहित सम्मान पत्र प्रदान गरिने कुरा समेत कार्यक्रमका संयोजक एवं सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।

कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशिल गायक एवम् सङ्गीतकारको रूपमा परिचित छन् भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली साङ्गीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षहरुदेखी निरन्तर रुपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एक जना सङ्गीतकर्मीलाई नगद राशी सहित सम्मान गर्दै आएको छ ।

यसअघि बरिष्ठ लोकगायिका चन्द्रकला शाह र बरिष्ठ गीतकार विश्व बल्लभ नेपालीलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत गरिसकिएको छ । भने यस वर्ष यो पुरस्कारवाट संगीतकर्मी एवम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कृत गर्न लागिएको हो । यस अघि पुरस्कृत हुने ब्यक्तित्वहरु स्वतः ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकार समेत रहने प्रबधान रहेको समितिका सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेलले बताए ।

टिका गोपाल एम्। क्रियशनको आयोजना रहने ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा बरिष्ठ सल्लाहकारका रुपमा बिशिष्ठ संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का उपकुलपति शम्भुजित बासकोटा, सल्लाहकारहरुमा विशिष्ठ लोकगायिका चन्द्रकला शाह, विशिष्ठ गीतकार विश्व बल्लभ रहेका छन् भने अफिसियल उद्घोषक बरिष्ठ रेडियोकर्मी हेम सुवेदी एबम् समचार संयोजकमा बरिष्ठ संचारकर्मी कृष्ण भट्टराई रहेका छन् । त्यसैगरी ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्ष गीता सिंह, कार्यक्रमका संयोजक चलर्चित संगीतका सन्तोष श्रेष्ठ, सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेल सदस्यहरु मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, संचारकर्मी कमला जोशी, श्रृजना श्रेष्ठ र अनुगीत सिंह बागदास लगायतका रहेका छन् ।

 

अधिकारीको शब्द र श्रेष्ठको संगीतमा शान्ति गीत सार्वजनिक

समाचार


काठमाण्डौ - बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा सो कार्यक्रम भएको हो । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।

अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजनीन चेतनाको उपज भएको बताइन् ।रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।

विश्वभरका मानिसहरुबिच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।

सङ्गीतकार श्रेष्ठलाई हेर्न मन भेट्न मन लागेको गीत

समाचार


काठमाण्डौ  - नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना  हरघडी जागृत हुने भाव समेटिएको छ । नारायण नेपालको शब्द रचनामा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने तरिकाले सङ्गीतबद्ध गरेका छन् । प्रसिद्ध गायक स्वरूपराज आचार्यको सुमधुर गायनले गीत अझै मीठो सुनिएको छ । राजु कार्कीले सङ्गीतसंयोजन गरेको गीतलाई प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।

अभिनय यात्रामा औपचारिक रूपमा सुरुवात गरेका हरिओम मङ्गोल यस गीतका मोडल हुन् । महिला मोडल आँचल गुरुङ रहेकी छन् । हरिओम र आँचलको अभिनय साँच्चिकै सुन्दर देखिएको छ ।अमृत सुनारले छायाङ्कन, विकास धमलाले दृश्य सम्पादन निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

निर्देशक सुमनले ल्याए तिमीलाई चाँडै‘

समाचार


काठमाडौं - बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै‘’ को भिडियो रिलिज गरेका छन् । चलचित्र निर्देशक सुमनले यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

यो आधुनिक गीतलाई अहिलेका चर्चित गायक तथा भ्वाईस अफ नेपालको कोच प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।

तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै‘र यो जीवन मिठो‘गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर‘गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।

माइल स्टोनका निशान र मिल्स बेरिकी समिक्षालाई लिटिल फारवेष्टको उपाधि

समाचार


 

धनगढी । भाद्र ३० गते सम्पन्न लिटिल फारवेष्टको उपाधि माइल स्टोनका निशान कुँवर  र मिल्स बेरिकी समिक्षा जोशीले जितेका छन् । उनीहरुले शिर्ष उपाधिसहित क्रमश मिस्टर कन्फिडेण्ट र मिस ब्युटिफूलको टाईटल समेत हात पारेका छन् । निशान माइल स्टोन र समिक्षा मिल्स बेरिमा अध्ययनरत छन् ।  

प्रतियोगिता अन्तर्गत जूनियर फारबेष्टको उपाधि आश्विन बम र छाँया देउवाले हात पार्दा पियुष गिरी र सनुजा चन्दले लिटिल डाईभरसिटीको टाईटल जित्न सफल रहे । त्यसैगरि डाईभरसिटी नेपालतर्फको टाईटल उपाधि जेनिशा बम र लिटिल मोडलतर्फ मृदुल बिष्ट र शिखा पालले बाजी मारे । प्रतियोगितामा रोहित पाठकले सुदुर पश्चिमान्चल डान्सिंग स्टारको टाईटल जित्दा सरस्वती सेठी फस्र्ट रनर अप र सुजन केरला सेकेण्ड रनर अप बने । 

कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा पुजा बगाले, जेनिफर वेग, म्याट एन्जल र आदर्श महतो निर्णायकका रुपमा रहेका थिए । कोरियोग्राफर नवराज देउवाले यस कार्यक्रम व्यक्तित्व विकास साथै कला संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण रहेको दाबी गरेका छन् ।

प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक 

समाचार


काठमाडौं - नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखनमा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक भएको छ । जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरे ।

राजेन्द्र बजगाईंको संगीतमा तयार भएको गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ । गीता पाण्डे र सुवास तिम्सिनाको स्वर समावेश गीतमा नारायण थापा, रविन्द्र लामिछाने, राजकुमार आले मगर, राजिव परियार र हेमन्त रामजेली मगरको कोरस गायन छ ।

गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताए । ‘नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु¥याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ’ उनले भने, ‘अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याएको हुँ ।’

गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको भिडियोलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गरेका छन् ।

चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण

समाचार


काठमाडौं । चार पार्टीका युवा संगठनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको ध्यानाकर्षण गराएका छन् ।मंगलबार घिसिङको कार्यकक्षमा पुगी वाईसिल नेपाल केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली, युवा संगठन नेपाल संयोजक पाटन सी, समाजवादी युवा संघ नेपाल अध्यक्ष कुमार यादव र युवा संघ नेपाल संयोजक कुमार बिश्वकर्माले संयुक्त रुपमा उनको ध्यानाकर्षण गराएका हुन । उनीहरुले आफना मागहरुलाई नौ बुँदामा समेटेका छन् ।

राष्ट्रको पहिचान बनाउन सफल सबै युवा खेलाडीलाई हालसम्म सरकारको तर्फबाट सबै बिधाका खेलाडीका लागि घोषित सबैखाले आर्थिक तथा अन्य सुबिधायुक्त घोषणाहरू तत्काल उपलब्ध गराउन उनीहरुले जोडदार रुपमा माग अघि सारेका छन् । त्यसैगरि सक्रिय खेल जिवनबाट विदाइ भएपश्चात खेल क्षेत्रमै काम गर्ने वातावरणको व्यवस्था मिलाउन राष्ट्रिय खेलकुद परिषदलाइ ध्यानाकर्षण गराउँन चाहेको उनीहरुले उल्लेख गरेका छन् । खेलाडीलाई आश्वासन नभई प्रोत्साहन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा चार युवा संगठनहरुले जोड दिएका छन् ।

त्यस्तै देशको ठूलो संभावना बोकेको क्रिकेट खेलको विकास र बिस्तारका लागि आगामी आर्थिक बर्षको बजेटमा व्यवस्था हुने गरि ७ प्रदेशमा कम्तिमा ७ वटा प्रदेश स्तरीय रंगशाला निर्माण र संभावनायुक्त अन्य ठाउँमा क्रिकेट रंगशाला विस्तार गर्न अविलम्ब पहल गर्न समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

समाचार


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक परेको छ । पूर्व अध्यक्ष  श्रेष्ठकी धर्मपत्नी रीता श्रेष्ठको आईतबार उपचारका क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।

स्व श्रेष्ठको पति, दुई छोरी र एक छोरा छन् । ७२ वर्षीया उनको जन्म २००८ पुस १६ गते भएको थियो ।