काठमण्डौ– नेपाली साँगीतिक आकाशका लोकप्रिय साङ्गीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ३ वाषर्् अगाडी स्थापना भएको ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ यसबर्ष अग्रज तथा बरिष्ठ सारंगी बादक कृष्ण बहादुर गन्धर्वलाई प्रदान गरिने भएको छ । असोज ६ गते शनिबार राजधानीमा टिका गोपाल एम्। क्रियशनका अध्यक्ष गीता सिंहको अध्यक्षतामा बसेको बैठकले पुराना संगीतकर्मी अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक गन्धर्वलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ बाट पुरस्कृत गर्न लागिएको कुरा कीर्तिमानी सङ्गीतकार तथा पुरस्कार समारोहका संयोजक सन्तोष श्रेष्ठले जानकारी गराएका छन् ।
नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पुर्ण जीवनलाई समर्पण गर्नु भएका संगीतकर्मी एबम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुन् । गन्धर्वलार्ई नगद रू। ५१ हजार सहित सम्मान पत्र प्रदान गरिने कुरा समेत कार्यक्रमका संयोजक एवं सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।
कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशिल गायक एवम् सङ्गीतकारको रूपमा परिचित छन् भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् । नेपाली साङ्गीतिक आकाशमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षहरुदेखी निरन्तर रुपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एक जना सङ्गीतकर्मीलाई नगद राशी सहित सम्मान गर्दै आएको छ ।
यसअघि बरिष्ठ लोकगायिका चन्द्रकला शाह र बरिष्ठ गीतकार विश्व बल्लभ नेपालीलाई ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट पुरस्कृत गरिसकिएको छ । भने यस वर्ष यो पुरस्कारवाट संगीतकर्मी एवम् अग्रज तथा बरिष्ठ सारंगी बाद्यबाधक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कृत गर्न लागिएको हो । यस अघि पुरस्कृत हुने ब्यक्तित्वहरु स्वतः ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकार समेत रहने प्रबधान रहेको समितिका सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेलले बताए ।
टिका गोपाल एम्। क्रियशनको आयोजना रहने ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा बरिष्ठ सल्लाहकारका रुपमा बिशिष्ठ संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का उपकुलपति शम्भुजित बासकोटा, सल्लाहकारहरुमा विशिष्ठ लोकगायिका चन्द्रकला शाह, विशिष्ठ गीतकार विश्व बल्लभ रहेका छन् भने अफिसियल उद्घोषक बरिष्ठ रेडियोकर्मी हेम सुवेदी एबम् समचार संयोजकमा बरिष्ठ संचारकर्मी कृष्ण भट्टराई रहेका छन् । त्यसैगरी ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्ष गीता सिंह, कार्यक्रमका संयोजक चलर्चित संगीतका सन्तोष श्रेष्ठ, सदस्य सचीव चलचित्र निर्देशक माधब राज खरेल सदस्यहरु मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, संचारकर्मी कमला जोशी, श्रृजना श्रेष्ठ र अनुगीत सिंह बागदास लगायतका रहेका छन् ।
काठमाण्डौ - बलिउडकी प्रसिद्ध गायिका साधना सरगमले गाएको एक नेपाली ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा सो कार्यक्रम भएको हो । एडभरटाइजिङ नेपालको प्रस्तुति रहेको गीतमा हेमप्रभास अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।कार्यक्रममा बोल्दै संविधानविद् डा. भीमार्जुन आचार्यले गीतमार्फत् आएको यस खालको शान्ति सन्देशले विशेष अर्थ राख्ने बताए ।
अर्का वक्ता सबनम मुखियाले निर्माणका दृष्टिले पनि सुन्दर रहेको यस किसिमको गीतको महत्त्व विश्वजनीन चेतनाको उपज भएको बताइन् ।रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन, टेकेन्द्र शाहले दृश्य सम्पादन र हेमप्रभासले निर्देशन गरेका हुन् ।
विश्वभरका मानिसहरुबिच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।
काठमाण्डौ - नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ । नारायण नेपालको शब्द रचनामा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने तरिकाले सङ्गीतबद्ध गरेका छन् । प्रसिद्ध गायक स्वरूपराज आचार्यको सुमधुर गायनले गीत अझै मीठो सुनिएको छ । राजु कार्कीले सङ्गीतसंयोजन गरेको गीतलाई प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।
अभिनय यात्रामा औपचारिक रूपमा सुरुवात गरेका हरिओम मङ्गोल यस गीतका मोडल हुन् । महिला मोडल आँचल गुरुङ रहेकी छन् । हरिओम र आँचलको अभिनय साँच्चिकै सुन्दर देखिएको छ ।अमृत सुनारले छायाङ्कन, विकास धमलाले दृश्य सम्पादन निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
काठमाडौं - बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै‘’ को भिडियो रिलिज गरेका छन् । चलचित्र निर्देशक सुमनले यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।
यो आधुनिक गीतलाई अहिलेका चर्चित गायक तथा भ्वाईस अफ नेपालको कोच प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।
निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।
तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।
प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै‘र यो जीवन मिठो‘गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर‘गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।
धनगढी । भाद्र ३० गते सम्पन्न लिटिल फारवेष्टको उपाधि माइल स्टोनका निशान कुँवर र मिल्स बेरिकी समिक्षा जोशीले जितेका छन् । उनीहरुले शिर्ष उपाधिसहित क्रमश मिस्टर कन्फिडेण्ट र मिस ब्युटिफूलको टाईटल समेत हात पारेका छन् । निशान माइल स्टोन र समिक्षा मिल्स बेरिमा अध्ययनरत छन् ।
प्रतियोगिता अन्तर्गत जूनियर फारबेष्टको उपाधि आश्विन बम र छाँया देउवाले हात पार्दा पियुष गिरी र सनुजा चन्दले लिटिल डाईभरसिटीको टाईटल जित्न सफल रहे । त्यसैगरि डाईभरसिटी नेपालतर्फको टाईटल उपाधि जेनिशा बम र लिटिल मोडलतर्फ मृदुल बिष्ट र शिखा पालले बाजी मारे । प्रतियोगितामा रोहित पाठकले सुदुर पश्चिमान्चल डान्सिंग स्टारको टाईटल जित्दा सरस्वती सेठी फस्र्ट रनर अप र सुजन केरला सेकेण्ड रनर अप बने ।
कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा पुजा बगाले, जेनिफर वेग, म्याट एन्जल र आदर्श महतो निर्णायकका रुपमा रहेका थिए । कोरियोग्राफर नवराज देउवाले यस कार्यक्रम व्यक्तित्व विकास साथै कला संस्कृति प्रबद्र्धनमा महत्वपूर्ण रहेको दाबी गरेका छन् ।
काठमाडौं - नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखनमा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक भएको छ । जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरे ।
राजेन्द्र बजगाईंको संगीतमा तयार भएको गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ । गीता पाण्डे र सुवास तिम्सिनाको स्वर समावेश गीतमा नारायण थापा, रविन्द्र लामिछाने, राजकुमार आले मगर, राजिव परियार र हेमन्त रामजेली मगरको कोरस गायन छ ।
गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताए । ‘नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु¥याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ’ उनले भने, ‘अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याएको हुँ ।’
गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको भिडियोलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गरेका छन् ।
काठमाडौं । चार पार्टीका युवा संगठनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको ध्यानाकर्षण गराएका छन् ।मंगलबार घिसिङको कार्यकक्षमा पुगी वाईसिल नेपाल केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली, युवा संगठन नेपाल संयोजक पाटन सी, समाजवादी युवा संघ नेपाल अध्यक्ष कुमार यादव र युवा संघ नेपाल संयोजक कुमार बिश्वकर्माले संयुक्त रुपमा उनको ध्यानाकर्षण गराएका हुन । उनीहरुले आफना मागहरुलाई नौ बुँदामा समेटेका छन् ।
राष्ट्रको पहिचान बनाउन सफल सबै युवा खेलाडीलाई हालसम्म सरकारको तर्फबाट सबै बिधाका खेलाडीका लागि घोषित सबैखाले आर्थिक तथा अन्य सुबिधायुक्त घोषणाहरू तत्काल उपलब्ध गराउन उनीहरुले जोडदार रुपमा माग अघि सारेका छन् । त्यसैगरि सक्रिय खेल जिवनबाट विदाइ भएपश्चात खेल क्षेत्रमै काम गर्ने वातावरणको व्यवस्था मिलाउन राष्ट्रिय खेलकुद परिषदलाइ ध्यानाकर्षण गराउँन चाहेको उनीहरुले उल्लेख गरेका छन् । खेलाडीलाई आश्वासन नभई प्रोत्साहन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा चार युवा संगठनहरुले जोड दिएका छन् ।

त्यस्तै देशको ठूलो संभावना बोकेको क्रिकेट खेलको विकास र बिस्तारका लागि आगामी आर्थिक बर्षको बजेटमा व्यवस्था हुने गरि ७ प्रदेशमा कम्तिमा ७ वटा प्रदेश स्तरीय रंगशाला निर्माण र संभावनायुक्त अन्य ठाउँमा क्रिकेट रंगशाला विस्तार गर्न अविलम्ब पहल गर्न समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक परेको छ । पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी रीता श्रेष्ठको आईतबार उपचारका क्रममा निधन भएको हो । छातीमा समस्या देखिएपछि उनलाई नर्भिक हस्पिटल भर्ना गरिएको थियो ।
स्व श्रेष्ठको पति, दुई छोरी र एक छोरा छन् । ७२ वर्षीया उनको जन्म २००८ पुस १६ गते भएको थियो ।
काठमाडौं –भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास अनुरुप आज हरितालिका तीजको अवसरमा देशभरिका शिव मन्दिरहरुका साथै पशुपतिनाथ मन्दिरमा विहानै देखी व्रतालु महिलाहरुको भीड लागेको छ । उनीहरु पूजापछि नाचगान गर्दै रमाइरहेका छन् ।
अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने प्रचलन रहेकोछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले पनि आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने जनविश्वास रहेको पाईन्छ ।
यही विश्वासका साथ काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशभरका शिव मन्दिरहरुमा पूजा गर्ने व्रतालुहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुको सुविधाका लागि पशुपतिनाथ मन्दिरका ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो । व्रतालुहरु भने पशुपति मन्दिर खुल्नु भन्दा अघिदेखि नै लाइनमा लागेका थिए । दर्शनार्थीलाई लामो समयसम्म लाइनमा बस्न नपरोस् भनेर चार ठाउँबाट लाइनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
PHOTO: onlinekhabar
काठमाडौ । पाँचतारे होटल द मल्ला होटल लैनचौरमा रहेको ॐशान्ति स्पाले चाडपर्व विशेष छूट योजना ल्याएको छ ।
उक्त योजना अन्तर्गत ग्राहकले स्पामा सेवा लिँदा २० प्रतिशत छुट पाउने स्पाका प्रबन्ध निर्देशक केशव बस्नेतले जानकारी दिए ।
ॐशान्ति स्पामा मसाज मात्रै ११ थरीका छन् । आयुर्वेदिक मसाज, थाई मसाज, शिरोधारा, बडी स्क्रब, जाकुजी, ध्यान, योग सौना वाथ, स्टिम वाथ, ज्याकुजी लगाएतको सेवाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको छ।
दक्ष र अनुभवी थेरापिस्टबाट सुमधुर संगीत र सुगन्धित जडिबुटीको साथमा पहिले ग्राहकको स्वास्थ्य अवस्था हेरेर त्यही अनुसार परामर्शसहितको सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको बस्नेत बताउँछन् ।

शारीरिक थकान, मानसिक तनाव, जीउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर,मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने छ।
फोनमार्फत् स्पा बुक गर्नका लागि .+977 984-0456566 मा सम्पर्क गर्न सकिनेछ ।