काठमाण्डौं । आज मिस नेवाप्रतियोगीहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरे। पुजा सिके यसमा मिस नेवा कृषा महर्जनले १७ जना प्रतियोगीहरुलाइ कुन बेला कुन पुजा कसरी गर्ने भनेर विभिन्न पुजा बिधिहरु सिकाईन, नेपाल लिपि गूठीका अध्यक्ष अनिल स्थापित र नेपाल भाषा प्रशिक्षक राजु नापितको नेतृत्वमा सहभागीहरुले विभिन्न नेवार लिपिहरु पनि सिके। नेपाल लिपि गूठीले लिपिको बरेमा, लिपि लेख्ने तरिका, बर्णमाला रन्जना लिपि सिकाउनु भयो भने लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली, क्युकोशिन कराते र मिस नेवा प्रतियोगीहरुले ब्लड डोनेसन कार्यक्रम पनि सम्पन्न गरे।
यस कार्यक्रमहरुमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेखनिय सहभागीता रहेको थियो। कार्यक्रममा लायन्सका गभर्नर मणिश्री रत्न बज्राचार्य, सचिव सुरेन्द्र रत्न शाक्य, पि आर ओ चिफ मनकृष्ण श्रेष्ठ, मिस नेवा कृषा महर्जन, मिस नेवा सलिना महर्जन, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली क्युकोशिन कराते अध्यक्ष सबिना मास्के, समाजसेवी अनु उर्मिला शेरचन, नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका अध्यक्ष अनिल तुलाधर, लायन्सका सदस्य लगायतको उपस्थिति रहेको थियो।
काठमाडौ ।प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । राजधानीको कोलाहल,अनावश्यक तनावबाट सहरलाई छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य,विभिन्न प्रजातिका वनस्पति र जीवजन्तुहरू अवलोकन गर्ने काठमाडौ उपत्यकाबाट सबैभन्दा नजिकको गन्तव्य हो ग्रीन भ्याली रिसोर्ट ।
महाराजगन्जबाट ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै ५.५ किलोमिटर पहाडको टुप्पोमा प्रकृतिको अवलोकनका साथै मनोरम शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ ग्रीन भ्याली रिसोर्ट। रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ । २० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा फेमिली डिलक्स,डिलक्स डवल, डिलक्स ट्विन, र सुपर डिलक्स गरी ३६ कोठाहरु रहेका छन् । यहाँ एकैपटक १०५ जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न कोठा पारिवारीक र अफिसियल पिकनिक, क्याम्प फायर र लाइभ बारबेक्यू सभा,सम्मेलन तथा कार्यक्रमका लागि पनि आकर्षक अफरसहितको सुविधा प्रदान भइरहेको रिसोर्टका माहा प्रबन्धक गणेश श्रेष्ठले बताउनुभयो । यहाँ करीब ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।




काठमाडौ -गीतकार सत्यकला लामाको शब्द, गायक जितु लोप्चनको स्वर र संगीतकार विशाल कल्तनको संगीतमा ‘यस्तो मोड आयो’ बोलको गीत सार्वजनिक भएको छ । एएमएस इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको उक्त गीतमा उर्गेन दोङको एरेन्ज र दीपेश प्रधानको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
प्रेम र वियोग थिममा आधारित यस गीतको भिडियोमा नयन सिंह, संझना बुढाथोकी, अन्सोन कार्की, कुमार कार्की र सारदा गिरी (काली बुढि) फिचर्ड छन् । विजय दोङ्ग निर्देशित भिडियोमा जितु तामाङ्गको छायांकन, सम्पादन तथा कलरिङ्ग रहेको छ ।
भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
योकोहामा । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रकृयामा छ गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति जापान ( एनआरएनए- जापान) । जसका लागि अध्यक्षसहित अन्य ३२ पदमा कुल ६४ जनाको आवेदन परेको छ । जसमा पदाधिकारीतर्फ १ अध्यक्ष पदका लागि ४, ५ उपाध्यक्ष पदका लागि ८, १ महिला उपाध्यक्षका लागि २, १ महासचिव पदका लागि ३, ३ सचिवका लागि ६, १ महिला सचिवका लागि १, १ कोषाध्यक्षका लागि ४, १ सह कोषाध्यक्षका लागि २ र १ महिला सह कोषाध्यक्षका लागि १ जनाको उम्मेदवारी परेको छ । अध्यक्षतर्फ नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगिता अधिकारीको उम्मेदवारी परेको छ भने महासचिवमा कमल बाँस्तोला, श्याम कुमार श्रेष्ठ (शितल) र टिकाराम खरेल बीच प्रतिस्पर्दा हुँदैछ ।
त्यस्तै उपाध्यक्ष तर्फ बिष्णु प्रसाद सुवेदी, देवराज उप्रेती, कृष्ण गैरे शर्मा, मुक्तिराम खनाल (बिनोद), रुद्र मल्ल (मनोज), सचिन श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ र सुभास लामिछाने चुनावी मैदानमा उत्रिएका छन् भने उपाध्यक्ष महिला तर्फ एलिजा केसी भण्डारी र लक्ष्मी केसी महर्जनले उम्मेदवारी दिएका छन् ।
यता सचिव तर्फ अर्जुन थापा, ज्ञानेन्द्र भट्ट, दिलिप कँडेल, दिपेश खत्री (केसी), मनोज श्रेष्ठ र सचिन शर्मा (आचार्य) भिडन्तमा छन् भने महिला सचिव तर्फ चन्द्र कुमारी केसीको एकल उम्मेदवारी परेको छ । कोषाध्यक्ष तर्फ दिपक सुनार, कर्साङ् तामाङ्, राकेश लामा र राम बहादुर खडकाको उम्मेदवारी पर्दा सह कोषाध्यक्ष तर्फ भने हरिगोपाल श्रेष्ठ र राम बहादुर थापा भिडदै छन् भने महिला सह कोषाध्यक्षमा अन्जु भण्डारीको मात्र उम्मेदवारी परेको छ ।
त्यस्तै, अन्य पदमा युवा संयोजक, महिला संयोजक, सदस्य, महिला सदस्य र अन्तरराष्ट्रिय समन्वय परिषद सदस्यहरुमा समेत उल्लेख्य संख्यामा आवेदन परेको छ । जसमा युवा संयोजकमा मुक्तिराम केसी र राजु भण्डारी बीच प्रतिस्पर्धा हुँदैछ भने महिला संयोजकमा हेमा पाण्डेको एकल उम्मेदवारी परेको छ । सदस्यतर्फ भने अशोक भट्टराई, विनय गुरुङ, ध्रुब गौतम दिलिप शर्मा, दिनेश लोहनी, गणेश अधिकारी, ज्योती केसी, शिव प्रसाद खरेल, खिम राज शाही, कृष्ण बहादुर पाण्डे, कृष्ण प्रसाद कडेल, नेत्र पाण्डे, रमेश राज जैसी, रामु कंडेल, रोहित कुमार न्यौपाने, उत्तम खनाल र युवराज भण्डारी (राजु)चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै महिला सदस्यतर्फ ललिता तामाङ र नानीमैया तामाङ् बीच भिडन्त हुँदैछ । अन्तरराष्ट्रिय समन्वय परिषद सदस्यहरुमा बाबुराम खरेल, बिजेश थकाली, बिकास श्रेष्ठ, बिष्णु प्रसाद घिमिरे, छत्र बहादुर दाहाल, कृष्ण केसी (थमन खत्री), राम थापा (अनिल) श्री भक्त गुरुङ( श्री गुरुङ) रहेका छन् ।
कोषाध्यक्ष पदका प्रत्यासी कर्साङ् तामाङ् निर्वाचन नेतृत्व छनौट प्रकृया मात्र भएकाले हार जितको पछी लाग्ने भन्दा पनि सबैले जित्ने गरि सदस्यहरुलाई संगठित बनाउन र संस्थागत विकासका लागि सबैको साथ आवश्यक रहने धारणा राख्छन् ।
काठमाडौँ — श्रावण १०, २०८०।
प्लस टू अध्ययनरत छात्राहरुमा केन्द्रित प्रतिभा, व्यक्तित्व, सौन्दर्य मापनको प्रतियोगिता मिस प्लस टू नेपाल २०२३ को फाइनल प्रतिस्पर्धामा आफ्ना १८ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल प्रमाणित गर्दै शिक्षा राणाले प्रतियोगिताको शीर्ष उपाधि जित्न सफल भएकी छिन् । शिक्षाले मिस पर्सनालिटी र मिस स्टाइलिस विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाइन् । प्रतियोगितामा याङ्जी दावा लामाले फस्ट रनर विधामा आफूलाई उभ्याउन सफल भइन् भने उनी भ्युअर च्वाइसमा विजेता र पब्लिक च्वाइसमा फस्ट रनर अप चयन भइन् । यसैगरी कन्फिडेन्ट अवार्ड सहित विशाखा श्रेष्ठले सेकेन्ड रनर अप स्थान हासिल गरिन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा झरना अधिकारी भ्युअर च्वाइस विधामा फस्ट रनर अप तथा प्रियाशा जोशी पब्लिक च्वाइस विधामा विजेताका रुपमा पुरस्कृत भएका थिए । प्रतियोगितामा कृष्टिना प्रजाले म्यानेज्मेन्ट च्वाइस, कृतिका गौतमले ट्यालेन्ट र फोटोजेनिक, समृद्धि जोशीले वेष्ट इन् इभिनिङ गाउन, सोनिमा घलानले वेष्ट वाक तथा ओसिन मालीले मिस कन्जिनियालिटीको अवार्ड जित्न सफल भएका थिए ।

संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफीमा संचालन भएको सो प्रतियोगितात्मक कार्यक्रममा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको भूमिकामा रहेका थिए । मिस प्लस टू नेपालको यस अघिका संस्करणमा सुप्रिया हमाल, अहिलेकी चर्चित अभिनेत्री आँचल शर्मा र प्रवेशिका अधिकारीले विजेताको ताज पहिरिन सफल भएका थिए ।

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमश: गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा बुधबार संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७७ एवं २०७८’ सम्मान समर्पण कार्यक्रममाझ प्रधान र आचार्यलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जनही दुई लाख राशीसहित विभुषित गर्नुभएको हो ।
सम्मान पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले प्रधान र आचार्यले नेपाल सरकारको सचिव लगायतका जिम्मेवारीमा रहेर जनप्रशासनको क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै हेमबहादुर मल्ल सम्मानका लागि छनौट भई सम्मानित हुनुभएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
त्यसैगरि, उक्त पुरस्कार छनौट समितिका संयोजक पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालले प्राप्त निवेदनबाट लोकसेवा आयोगको मापदण्ड अनुरुप ५ वटा बिषयहरु सार्वजनिक सेवा, अनुभुती, व्यवस्थापकिय र कार्य क्षमता, पेशागत निष्ठा, सकृयता र निरन्तरता,सार्वजनिक छविको मुल्यांकनका आधारमा सर्वोकृष्ट अंकभार ल्याउन सफल प्रधान र आचार्यलाई क्रमश: हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ का लागि छनौट गरिएको जानकारी दिनुभयो।
सो अवसरमा सम्मानित व्यक्तित्वद्धय प्रधान र आचार्यले सम्मानका लागि आफुहरुलाई योग्य ठानेकामा हेम बहादुर मल्ल सम्मान छनौट समिति, जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति अनुग्रह व्यक्त गर्दै देशको जनप्रशासनको क्षेत्रमा धेरै चुनौतीहरु रहेकोले सोलाई चिर्दै अघि बढनुपर्ने खाँचो औल्याउनुभयो।
सभापतिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिईने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ बाट विभुषित हुनुहुने व्यक्तित्व बारे प्रकाश पार्दै दुई लाख राशी सहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा कृयाशिल सकल परिवारलाई प्रेरणा मिल्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरि कार्यक्रमको प्रायोजक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक निष्ठावान व्यक्तित्व हुनुभएको स्मरण गर्दै उहाँको नाममा स्थापित सम्मानसँग जनप्रशासन संघ ९पान० जस्तो गर्विलो संस्थासँगसंगै जोडिनपाएकामा कर्पोरेशन परिवारले गर्व महशुस गर्दै आएको धारणा राख्नुभयो। साथै उहाँले कर्पोरेशनले सेवा विविधिकरण मार्फत आम सर्वसाधारणको हितलाई केन्द्रमा राखेर वस्तुनिष्ठ तबरले कारोबारमा होमिदै आएको उल्लेख गर्नुभयो।
यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, डा. विमल कोइराला, महावीर पुन , अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज पाण्डे, कुलमान घिसिङ, डा. सुन्दुक रूइत, डा. गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय विभुषित भैंसक्नुभएको छ। यो क्रमश अठारौं र उन्नाईसौं सम्मान समर्पण हो ।
दोहा । लामो समयदेखी कतारमा व्यवसाय गर्दैआएका सामाजिक अभियन्ता विकास भुजेलले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशनमा युवा संयोजकमा उम्मवारी दिने घोषणा गरेका छन् । उनले २०२३/२५ को कार्यकालका लागि उम्मेदवारी दिन लागेका हुन् ।
‘प्रवासमा रहि नेपाली समाजले दिएको विभिन्न भुमिकालाई अवलम्बन गर्दै विशुद्ध सामाजिक उत्तरदायीत्व बहन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । मलाई माया गर्ने यहाँहरू सम्पूर्णको सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशन मार्फत यूवा संयोजक मा उम्मेदवारी दिने घोषणा गरेको छु । मलाई विश्वास छ यहाँहरूको अथाह साथ र मायाले मेरो आंकाक्षारुपि यात्रा सफल रहने छ । अन्तमा यहाँहरुको भरपुर सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।’ उनले सामाजिक संजाल मार्फत आफुले उम्मेदवारी दिने घोषणा गरेको बताएका हुन ।
काठमाडौं । फेसन हाेमले बार्षिक रुपमा आयाेजना गर्दै आएकाे "नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३" काे १७ औँ संस्करणकाे आज व्यक्तित्व विकास अन्तर्गत साैन्दर्य तथा कपालकाे स्याहार सम्बन्धि प्रशिक्षण दिईयाे । मिस नेवा:नेपाल ११४३ अन्तर्गत सदा झै नेवार कला, संस्कार तथा संस्कृतिकाे जगेर्ना गर्नुकाे साथै एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्नकाे लागि नेवार युवतिहरुलाई मिस नेवा: तालिमकाे क्रममा नेवार कला, भाषा, संस्कार, संस्कृति अन्तरगत नेवार भाेज, नेपालभाषा लिपि, पुजा तथा लाखबत्ति कार्यक्रमहरुका साथै नेतृत्व विकास, आत्मसुरक्षा कला, उदघाेषण कला जस्तो कार्यक्रमहरु संचालन भईरहेकाे छ।
कार्यक्रममा १७जना नेवारl युवतिहरुले सहभागिता जनाएका छन भने उक्त कार्यक्रममा मुख्य काेरियाेग्राफरमा राेजिन शाक्य, नेपालभाषा प्रशिक्षक राजु नापित, कार्यक्रम संयाेजकमा कृषा महर्जन रहेका छन ।
पोखरा । बिसोन गुरुङ र प्रशम्सा अधिकारी मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को उपाधि जित्न सफल भएका छन्। फ्लेम लाउन्ज एण्ड बारमा गत असार २२ गतेका दिन टियारा इन्टरटेनमेन्टद्धारा आयोजित मिस्टर ऐनड मिस टिन टियारा कास्की २०२३ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको थियो।
बिसोन गुरुङ र प्रशम्सा अधिकारीले प्रतियोगितामा अन्तिम स्पर्धामा ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधी जितेका हुन । प्रशम्साले भ्युअर च्वाइससहित शिर्ष उपाधीको ताज पहिरिएकी हुन।
त्यसैगरी, फर्स्ट रनर अपको उपाधि प्रकृति सुवेदीले जित्न सफल भइन भने सेकेण्ड रनर अपको उपाधी निशान नेपालीले हात पारेका छन् ।
विधागततर्फ भने अर्गनाइजरहरुको मन जित्दै अर्गनाइजर चोइसको उपाधि यावित गर्बुजा पुन मगरले हात पारे। सबै प्रतियोगिहरुलाई विभिन्न प्रकारका सवटाइटलबाट सम्मानित गरिएको थियो।
बिजेताले उपाधीसंगै टियारा इन्टरटेनमेन्टको तर्फबाट मोडलिङ सम्वद्द बिभिन्न आकर्षक अवसरहरु प्राप्त गरेका छन। राजु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा मिस्टर एन्ड मिस एसइइ फेसनइसटाका २०२३ का फस्ट रनरअप विवेक राई, मिस्टर एन्ड मिस डाईनामिक विजेता विश्वास तामाङ र मोडल एवं डिजाइनर सपना तिवारी रहेका थिए।
युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस टिन टियारा कास्की , २०२३ु सम्पन्न गरिएको आयोजकले जनाए ।
रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बति निःशुल्क वितरण गरिएको छ। आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको याक, नाक चौरी, तथा भेडाबाख्रा गोठालोलाई प्रोत्साहन गर्न २२० जना गोठालालाई नि:शुल्क सोलार बति वितरण गरिएको हो ।
पालिका भित्रका उच्च स्थानका खर्कमा लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा भरपर्दो बत्तीको सुविधा नभएका अनकन्टार जङ्गलको बीचमा गोठमा बस्दै आएका गोठालो रातिको समयमा दुग्धजन्य पदार्थ उत्पादन,भण्डारण प्रशोधन,उनिहरूका बालबच्चाको पठनपाठनमा सहजता कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन होस् भन्ने हेतुले सोलार बति वितरण गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो । वन्यजन्तुबाट हुनसक्ने आक्रमण लगाएत यस क्षेत्रको गोठालोका परिवारलाई सुरक्षा तथा दैनिक कृयाकलापमा सहयोग पुर्याउने उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने पनि अध्यक्ष तामाङको विश्वास छ ।
गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाकाचौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थामा सोलार वत्ती प्राप्त गरे पछि सो वस्तीका गोठालाहरू हर्सित भएका छन् ।