काठमाण्डौ – लामो समय देखी नेपाल चलचित्र कलाकार संघमा गैर कलाकारहरुको हावी रहदै आएको भन्ने आरोपलाई चिर्नको लागि संघले कडा निर्णय गरेको छ । यहि भाद्र २ गते बसेको नेपाल चलचित्र कलकार संघको बैठकले संघलाई चुस्त र दुरुस्त बनाउनको लागि कलाकारहरुको अभिलेखिकरण गर्ने र प्रकृया नपुगेका कलाकारहरुलाई छ महिनाको समय दिएर पनि गैर कलाकार पत्ता लागेको खण्डमा विधान अनुसार गर्ने निर्णय पारित गरेको हो ।
जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ ।
संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि यसै वक्तव्य मार्फत् अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं-चौथो संस्करणको ‘साधना म्युजिक रिवार्ड’का उत्कृष्टलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच उत्कृष्ट मनोनयनमा पर्न सफलभएका सर्जकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । सामना म्युजिक क्रियशन प्रा.लि.को यो अवार्ड (रिवार्ड) प्रदान गर्दै आएको छ ।
म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापतित्वमा भएको समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, विशिष्ठ अतिथिका रूपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल, रंग पत्रकार तथा गितकार गिता अधिकारी लगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो । अतिथिहरूले उत्कृष्ट मनोनयनमा पर्न सफल सर्जकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्ड भएको हो । कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पार्नुभएको थियो ।
चौथो संस्करणको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा छन् भने कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेसमेत जनाइएको छ ।
काठमाण्डौ- उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितिक कोसेली "मायामा" सार्वजनिक गरेका छन । आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारीएको उनको यो गीतको भिडियोलाई आफ्नै अफिसियल च्यानल लिजन्स श्रेष्ठबाट सार्वजनिक गरेका हुन ।
हाल दुबईलाई आफ्नो कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ् दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाई सिजन्स र बुहारी बीनीको अभिनय पनि देख्न सकिन्छ ।
थाजभिलेको प्रोडक्सनमा तयार पारीएको भिडियोलाई योन्सा मगरले छांयाकन तथा सम्पादन गरेका हुन भने ग्राफिक निश्चल लामाले गरेका हुन । भिडियोको निर्देशन भने स्वयम गायक लिजन्स श्रेष्ठले नै गरेका हुन । भिडियोलाई सबैले माया गरिदिनु हुन गायक लिजन्सले सबै संगीत प्रेमीहरुलाई आग्रह गरेका छन ।
काठमाडौं -तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन ।
अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ ।
लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन ।
काठमाडौं - विभिन्न ब्राण्डका कस्मेटिक उत्पादनहरू मार्फत आफ्नो छालामा प्रयोग गर्दा हानिकारक रसायनहरूको बारेमा आम नेपाली सौन्दर्य प्रशाधन उपभोक्ताहरु निकै चिन्तित छन । पछिल्लो रिपोर्ट अनुसार नेपालमा गुणस्तरहिन र नक्कली सौन्दर्य सामाग्रीहरु भित्रिने क्रम वृद्धि हुदै गएको छ । नक्कली उत्पादनको प्रयोगले सौन्दर्यता लागि भनेर प्रयोग गरिने सामाग्रीबाटै उपभोक्ताहरु ठगिने र त्यस्ता सामाग्रीको प्रयोगले छालाजन्य रोगीहरुको संख्या दिनानुदिन वढ्दो छ । यस्ता सामाग्रीहरुले स्वास्थ्यमा विभिन्न नकरात्मक असर पर्दै गईरहेको छ, भने आर्थिक व्ययभार समेत बढेको छ ।
खैर, अब नेपाली आम उपभोत्ताले यस्ता समस्याबाट चिन्ता गर्ने दिन गएको छ । सौन्दर्यताका लागि उपयोग गरिने यस्ता सामाग्रीहरुले पुर्याएको असरलाई ध्यानमा राखि विगत लामो समयदेखि शत प्रतिशत प्राकृतिक तथा कुनै साईड ईफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरि विश्व बजारको अधिकाशं देशहरुमा निर्यात गर्दै आएको नन्दिनी हर्वल केयर प्रा।लि।का उत्कृष्ट ब्राण्डहरु नेपालमा भित्रिएको छ । भारतको गुजरातमा रहेको मुख्यालयबाट दुवई,कतार,थाईलैण्ड,न्यूजिल्याण्ड, ओमन,वंगलादेश,श्रीलंका लगायत करिव ४५ वटा देशहरुमा निर्यात हुदै आएको नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामाग्रीहरु औपचारिक रुपमा नेपाल भित्रिएको हो । पछिल्लो पटक खानामा होस या अन्य वस्तुहरुमा अर्गानिक उत्पादनहरुको माग ह्वात्तै बढेको छ । यसै अनुरुप बजारको माग अनुसार नेपालमा पनि सन स्क्रिन, मोश्चराईजर ,फेश वास, डे क्रिम, नाईट क्रिम,ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरुको विक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए । उनका अनुसार, नेपाली उपभोक्ता माझ भारतिय सौन्दर्य सामाग्रीहरुको विश्वासका कारण लामो अनुसन्धान पछि हाम्रा अर्गानिक सौन्दर्य सामाग्रीहरुलाई सहज रुपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरु भित्राइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिशनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको लिम्बानी बताउछन्।
नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट,वितरक,व्यूटिपार्लर,सलुन,मेडिकल स्टोर लगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलव्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा वजारीकरण तथा व्यबस्थापनको जिम्मेवारी लिएका कन्ट्रि म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिवद्धता जनाएको कम्पनीले करिव ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेशनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु बिक्री वितरण गर्दै आएको छ । नेपालको अधिकांश युनीसेक्स सलुन,पार्लर तथा सौन्दर्यकर्मीको पहिलो रोजाई रहेको एनप्लस प्रोफेशनल तथा ला रिभेरीका उत्पादनहरुको माग बढ्दै गएको कन्ट्रि म्यानेजर शर्मा बताउछन । भारतको सौन्दर्य सामाग्रीहरुको चर्चित ब्राण्ड भित्र उत्कृष्टमा पर्ने नन्दिनी हर्वलले नेपालमा पनि राम्रो बजार लिनेमा ढुक्क छौं, उनी बताउछन ।
नन्दिनी अर्गानिक ब्राण्डका वारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल (२००० उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।
मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन । संचारकर्मी सोनीत राज ढुंगेलले संचालन गरेको कार्यक्रममा संचारकर्मी राज लुईटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।
काठमाडौ – एनआरएनएको आसन्न ११ औं महाधिवेशनमा हालका सफल आइसिसि उपमहासचिव गणेश केसीले केही दिनमै एजेण्डा सहित औपचारिक रुपमा आईसिसि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसी आँफै पनि सबल,सक्षम अनि अब्बल मानिन्छन् । विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय गणेश केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए । त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न उनी सफल भएका थिए । सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।
एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।
काठमाण्डौ – नेपाली सांगीतिक र संचार क्षेत्रमा सुनिरहेकै नाम हो किस्ना आचार्य रोशनी , पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको भर्खरै मात्र नयाँ आधुनिक गीत तिम्रो याद ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ ।
मनोजराज सिवाकोटीको स्वर, ज्योति प्रकाशको संगीत र रोशनीको रचना रहेको उक्त गीतको म्युजिक भिडियो मुकेश हुमागाइले खिचेका हुन् भने दिपेन्द्र केसीको निर्देशन र प्रकाश भट्टको सम्पादनमा तयार भएको छ । म्युजिक भिडियोमा इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
मोफसलमा रहँदै सांगीतिक तथा साहित्यिक सिर्जना यात्रामा रहेकी रोशनीका स्कुले विद्यार्थी जीवनमै ूसंघर्षू गजल सङ्ग्रह, ूच्यातिएको मनू उपन्यास र केही दोहोरी गीत प्रकाशित भइसकेका थिए। त्यसैको निरन्तरतास्वरूप उनका दर्जनौं लोक तथा दोहोरी गीत, मौलिक सालैजो गीत, तीज गीत, दशैं गीत, झ्याउरे गीत प्रकाशित भएका छन्।
गीतरसंगीत र साहित्य सिर्जनामा अब्बल रोशनीका केही गीतमा उनकै स्वर र अभिनय पनि सुन्नरदेख्न सकिन्छ। काठमाडौं आएपछि गीत संगीतका अलावा पत्रकारितालाई पनि आफ्नो कर्म बनाएकी उनले विशेष कला मनोरञ्जन सम्बन्धी लेखनलाई अघि बढाएको पाइन्छ।
उनी अनलाइन, छापा, युट्युब मार्फत् कला र कलाकारका कुरा प्रकाशित गर्दै पत्रकारितामा सक्रिय रहेकी छन्। उनका सिर्जनामा रहेका थुप्रै लोकदोहोरी गीतका सिर्जनाले सांगीतिक बजारमा राम्रो चर्चा बटुलेका छ्न् । उनले गीत संगीत र पत्रकारिता क्षेत्रमा गरेको उल्लेखनीय कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न अवार्ड र सम्मान आयोजक संस्थाले सम्मानित पनि गरेका छन्।
जसमा सुन्दरादेवी सन्देश म्युजिक अवार्ड सर्वोत्कृष्ट शव्द रचना २०७४, निम अवार्ड युवा पत्रकारिता सम्मान २०७५, उत्कृष्ट मौलिक सिर्जना सम्मान नाट्यश्वर म्युजिक अवार्ड , इपिक नेपाल म्युजिक अवार्ड २०७५ कला पत्रकारिता सम्मान ,निम अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७६, म्युजिक खबर म्युजिक अवार्ड सर्वोत्कृष्ट शब्द रचना २०७७, पावर इन्टरनेशनल फिल्म फेस्टिवल रंगपत्रकारिता संमान २०७८, योङमाइन्डस् म्युजिक अवार्ड २०७८ रंग पत्रकारिता संमान लगायत छ्न् ।
आगामी सांगीतिक यात्रा कलम अझै सशक्त रहोस् शुभकामना ।
कतार,गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको एघारौ विश्व सम्मेलनमा कतारका सफल ब्यावसायी एबं एनआरएनए युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । एनआरएनए मलेसियाको अधिवेसनमा सहभागी भएपछि रेग्मीले पत्रकारहरुलाई उक्त जानकारी गराएका हुन । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएका रेग्मीले आइसीसी मध्यपुर्व युवा संयोजक, बिभिन्न टास्कफोर्सको संयोजक पद र युवा उपाध्यक्षमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन ।
सरल र मिजासिलो स्वभावका रेग्मी एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ताका रूपमा चिनीन्छन । बिश्वमा सबैभन्दा ठुलो नेपाली संजालमा फैलिएको एनआरएनए लाई सँस्थागत बिकास र सँस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने रेग्मीले बताए । उनले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको छ । सबैलाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागी रेग्मीले अपिल गरेका छन ।
अहिले एनआरएनको आगामी ११ औं महाधिवेशन नजिकिदै गर्दा निर्बाचनको माहौल तात्न थालेको छ । अहिले बिभिन्न देशबाट आईसिसिको आगामी अधिबेसनमा आउन चाहनेहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ । मध्यपूर्व युवा संयोजक हुँदा र आईसिसि युवा उपाध्यक्ष रहँदा कुशलताका साथ आफ्नो जिम्मेवारी निभाएका रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएपछि उनको चर्चा सर्बत्र चुलिएको छ । एनआरएनएको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको रेग्मीले बताए । आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर आफ्नो केही गर्ने इच्छा अनुसार आफुले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिएको रेग्मीले बताए ।
उनले अव युवा उपाध्यक्षपछी आफू जाने ठाऊ नै उपाध्यक्ष भएकोले उम्मेदवारी दिने बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक,युवा उपाध्यक्ष तथा विभिन्न संघसंस्थामा रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निभाइसकेका रेग्मीले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । एनआरएन अभियानमा उदयमान तथा उर्जाशील स्वभावका रेग्मी सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन । एनआरएनए उपाध्यक्षका लागि सर्बसम्मतबाट सहमति बटुल्ने कोशिष गरेका रेग्मी सबैको रोजाईमा पहिलो नम्बरमा रहेका छन । कतार तथा नेपालमा सामाजिक कार्यका लागि अग्रस्थानमा रहेर कार्य गर्दै आएका रेग्मी सबै नेपालीका लागि आखाको नानी जस्तै रहदै आएका छन ।
एनआरएन अभियानमा रेग्मीको उपस्थितिलाई विश्वभरका नेपाली समुदायले उदाउदो ताराका रुपमा अन्तरआत्मादेखि स्वागत गरिरहेका छन । गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी उपाध्यक्षका माध्यमबाट विश्वसामु पस्कन नयाँ जिम्मेवारी वहन गर्न सक्ने क्षमता रेग्मीसँग रहेको छ । रेग्मी युवा संयोजक रहँदा विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर आफ्नै खर्चमा ग्लोवल एनआरएन सिंगिङ आइडलको आयोजना गरेर दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने कार्यक्रम सफलतापूर्वक संपन्न गरेपछी उनको चर्चा विश्वभर फैलिएको छ । मध्यपूर्व र बिश्वमा रहेका युवाहरुलाई टेवा पुर्याउने उद्देश्यले युवालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु प्रभावकारीढंगबाट ल्याउने रेग्मीको योजना रहेको छ ।
रेग्मीले आजको दिनसम्म आइपुग्दा विश्वमा रहेका गैरआवासीय नेपालीहरुको माया, साथ, शुभेच्छा र समर्थनले हालसम्मको सफलता प्राप्त गरेको जनाउदै आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनका लागी सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन । रेग्मीले आफु उपाध्यक्षमा आएमा नेपाली डायस्पोरा र युवाहरुलाई उद्यमशील तथा स्वरोजगार बनाउनका लागि पहल गर्दै एनआरएनए मार्फत रोजगार सृजना गर्ने र उपलब्धिमुलक क्षेत्रमा युवाहरुको सामूहिक लगानी बढाउने बताउछन । उनले आम नेपालीले सोचेको सुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका लागी उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउने, सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटेर देश विकासमा लगानी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रेग्मीले विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने जनाउँदै बिदेशमा विभिन्न पेशा तथा क्षेत्रमा रहेका नेपालीहरुलाई एनआरएनएप्रतिको आकर्षण बढाउने, धेरैभन्दा धेरै युवाहरुलाई एनआरएनएको महत्व र आवश्यकताको अनुभूति दिलाउदै युवा र प्रवासकेन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताए । उनले सुरक्षित बैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै रहेको तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी भएको बताए ।
स्वदेशमा नै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका लागि काम गर्ने बताए । युवा उपाध्यक्षका उम्मेदवार रेग्मीले वैदेशिक रोजगार तथा अध्यनका लागि मध्यपूर्व, मलेसिया तथा अन्य देशमा रहेका नेपालीहरुको समस्या तथा अफ्ठ्यारोमा परेमा सहयोगका लागि छुट्टै राहत कोष स्थापना गरि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए ।
हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेस्ठ,बद्री केसी,केशव पौडेल र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन ।
रेग्मीको हालका प्रतिबद्धताहरु निम्न रहेका छन । उनले केही दिनमै एनआरएनए अभियन्ताहरुसँग छलफल गरेर आफ्ना थप प्रतिबद्धताहरु सार्वजनिक गर्ने बताएका छन ।
१. नेपालको संविधानले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न उत्पादनमूलक क्षेत्रमा सामुहिक लगानी । २. युवा स्वरोजगारहरुको क्षमता अभिबृद्दि र उपलब्धिमुलक नव–प्रबर्दनका क्षेत्रमा प्रवासी नेपालीहरुको सामुहिक लगानी । ३. बिदेशमा सिकेको सिप र ज्ञानको उचित सदुपयोगमार्फत स्वदेशमै युवा रोजगार सिर्जना । ४. विभिन्न पेसा र क्षेत्रका युवाहरुलाई प्रोत्साहन गर्दै उद्यमतर्फ आकर्षित गर्ने योजना । ५ . सुरक्षित र मर्यादित रोजगारीको वातावरण , रोजगारीमा आउनेहरुको लागि श्रम सहजिकरण लगायत तालिम, अभिमुखिकरण र लगानीमा सहुलियत र अनुदान । ६. मध्यपुर्ब एसिया लगायत अन्य देशमा रोजगार र अध्ययनमा रहेका नेपालीहरुको लागि छुट्टै राहत कोष स्थापना । ७. सबैको अपनत्व हुनेगरी सबै बर्ग र क्षेत्रका सबै नेपालीहरु समेटिने , बिधान र पद्धतिमा चल्ने, निस्वार्थ र गैर नाफामुलक र गैर राजनीतिमुलक संंस्थाका रुपमा एनआरएनएलाई अगाडि बढाउने । यि लगाएत रेग्मीले थप प्रतिबद्धताहरु सहित छिट्टै आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने बताएका छन ।
काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन्।एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् । यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे निकटतम प्रतिस्पर्धीलाई १ हजार ७ सय ३५ मतले पराजित गर्दै निउरे आगामी २ वर्षको लागि अध्यक्ष भएका हुन् ।
नव निर्वाचित अध्यक्ष नवीन निउरेलाई जापान अध्ययन अवलोकन भ्रमणमा रहेका रसुवाको आमाछोदिङमो गाउँपालिकाका प्रमुख बुचुङ तामाङले बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्। एक साता अघि जापान पुगेका तामाङले निउरेलाई उनकै निवास पुगेर बधाई दिएका हुन् ।
करिव एक दशक बढी एनआरएनएमा आवद्ध भएर बिभिन्न सामाजिक कार्यमा संलग्न निउरेले समुदायको स्तर उन्नति, भाइचारा र नयाँ पुस्तालाई संस्थामा आकर्षक गराउने प्रतिबद्धता गरेका छन् । सामाजिक क्षेत्रमा आफ्नो अनुभवसहित काम गरेर देखाउने प्रतिबद्धता स्थापित गराउन चाहेको दावी गर्दै निउरेले जापानमा शिव मन्दिरसहितको प्रविधियुक्त बहुउद्देश्यीय ‘नेपाल हाउस’ सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना अघि सारेका थिए ।
आइतबार सम्पन्न मतदानबाट ५ उपाध्यक्षमा सचिन श्रेष्ठ, सुवास लामिछाने, देवराज उप्रेती, कृष्ण गैरे शर्मा र सिद्धार्थ श्रेष्ठ विजयी भएका छन्।महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी विजयी भएकी छिन्। निकै चासोका साथमा हेरिएको महासचिवको पदमा टिकाराम खरेल विजयी भएका छन्। ३ पदका सचिव पदका लागि भएको निर्वाचनमा ६ जनाले प्रतिष्पर्धा गरेका थिए । जसमा अर्जुन थापा बगाले, दिपेश केसी खत्री र दिलिप कँडेल निर्वाचित भएका छन्। महिला सचिव पदमा चन्द्राकुमारी केसी यस अघि नै निर्विरोध निर्वाचित भएकी छिन्। कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी रहेकोमा दीपक सुनार विजयी भएका छन्।
युवा संयोजक पदका प्रत्यासी राजु भण्डारी सुनीलले उम्मेदवारी फिर्ता लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित हुन सफल रहेका छन् । भने महिला संयोजक पदमा हेमा पाण्डे पनि निर्विरोध निर्वाचित भएकी हुन्।८ पद सदस्यका लागि १७ जनाले प्रतिष्पर्धा गरेकामा दिलिप शर्मा, विनय गुरुङ, ध्रुव गौतम, दिनेश लोहनी, ज्योति केसी, कृष्णप्रसाद कँडेल, नेत्र पाण्डे र रामु कँडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा यसवर्षको निर्वाचनमै अत्यधिक मत ३ हजार ९ सय ७० ल्याएर ललिता तामाङ निर्वाचित भएकी छन्।
सौराहा । पर्यटन नगरी सौराहामा शनिबार आयोजित गजल वाचन कार्यक्रममा जिल्लाका २७ जना गजलकारले एकै मञ्चबाट गजल सुनाउनु भएको छ । काव्यकुञ्ज साहित्य प्रतिष्ठान रत्ननगरद्वारा गैरीबारी रिसोर्टमा आयोजित गजल कार्यक्रममा स्रस्टाले विभिन्न भावमा गजल प्रस्तुत गरेका थिए । जसमा गजलकार सुमन कडरिया, रामशरण थपलिया, सीता कँणेल, मणिराम नेपाल र रामलाल कुमालले पहिलो चरण, राजेन्द्र घायल, गणेश शर्मा पौडेल, रोजिना पौडेल, गिरीराज अधिकारी र यमुना अधिकारी न्यौपानेले दोस्रो चरण, चिरञ्जीवी दाहाल, हरिप्रिया रिजाल, विश्वनाथ खनाल, लीला दाहाल अधिकारी र गिरीराज डल्लाकोटीले तेस्रो चरण, सुमन अविरत, सरस्वती पौडेल, रामकृष्ण पौडेल अनायास, लक्ष्मण भन्ताना शिरीष, निर्दोष जीवन र विकास बरालले चौथो चरण, धनराज गिरी, किसान प्रेमी र सरला जोशीले पाँचौ चरण र रमेश प्रभात, विष्णु तिवारी उषा र प्रशान्त सागरले अन्तिम अर्थात छैठौ चरणमा गजल प्रस्तुत गर्नुभएको थियो ।
श्रस्टाहरुका गजल सिर्जना प्रेम,राजनीतिक बेथिति, देशप्रेम, सामाजिक परिवेश र दर्शनका विविध पक्षमा रहेका थिए । सो अवसरमा काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले काव्य परिक्रमा अन्तर्गत कार्यक्रम आयोजनामा आएको र यसैगरि विभिन्न साहित्यिक विधा अन्तर्गत संस्थाले कार्यक्रमहरू नियमितरूपमा आयोजना गर्ने बताउनुभयो । कार्यक्रमलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सहजीकरण गर्नुभएको थियो ।
पर्यटकीय सुन्दर नगरी चितवनको सौराहामा आयोजित यस पटकको गजल मेला निकै नै भव्य र सभ्य रहेको पाउँदा औधि खुशी लागेको छ भन्दै खुशी व्यक्त गर्नु हुन्छ गीतकार एवंम् कवि मुकुन्द पौडेल। मोफसलमा पनि समय समयमा यस प्रकारका कार्यक्रम भैरहनुले नेपाली भाषा साहित्य र कलामा टेवा पुग्नुका साथै आफ्नो संस्कृति र सभ्यताको पनि जगेर्ना हुने पौडेलको भनाई छ । यसवाट कवि कलाकार र साहित्यिक स्रस्टाहरू प्रोत्साहित हुने हुनेहुँदा यतातिर राज्यको पनि ध्यान पुग्न जरूरी रहेको पौडेल बताउनुहुन्छ।
