अस्ट्रेलियापछि न्युजिल्याण्ड भ्रमणमा अस्ट्रेलिया(सिड्नी), गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार(आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन । एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने बताए ।
एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा शर्माले एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उतिकै महत्त्वपूर्ण रहेको हुँदा सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए । “सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,”शर्माले भने,“सबैको उद्देश्य नेपाललाई सम्बृद्द बनाउने भएको हुँदा मिलेर जानुको विकल्प नभएको शर्माले बताए । शर्माले आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुँने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको कार्यमा अगाडी बढनुपर्नेमा जोड दिए । उनले नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले समाधान गर्नुपर्ने बताए । शर्माले यो पटकको एनसीसीको निर्वाचन विवाद रहित तरिकाले सम्पन्न भएको भन्दै अभियान अब नयाँ ढंगले अगाडि बढ्ने बताए । “अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,”शर्माले भने,“हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।”
आगामी अधिवेसन सन २०२३/२५ मा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा रहेका छन । अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन । अस्ट्रेलिया भ्रमण सकेपछि शर्मा आइतबार न्युजिल्याण्ड जाने तयारीमा रहेका छन । शर्माले नेतृत्वको लागि युरोप,जापान तथा मलेसियाको भ्रमण गरेर गैरआवासीय अभियन्तासँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन ।
काठमाण्डौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले विहिबार काठमाण्डौँ बनस्थलीबाट गाईजात्रा निकालेको छ । वनस्थलीबाट सुरू भएको गाईजात्रा खरिबोट तुफान चोक हुँदै राधाकृष्ण मन्दिर, नर्सरी चोक, ढुङ्गेधारा चोक हुँदै बनस्थली चोक अक्सफोर्ड ड्राभिङ सेन्टरमा पुगी समापन भएको थियो । जात्रामा पाँच सय देखी माथीको संख्यामा ताकु एवं गोरखा पुख्र्यौली थलो रहेकाको सहभागीता रहेको थियो ।
गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर विगत ६ वर्ष देखि नियमित बर्षहरूमा संयुत्त रूपमा गाईजात्रा मनाउने गर्दै आएका छन् । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको छ।
बर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गोरू निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने गर्दछन् भने जात्रामा ठुलो बाजा, झुर्मा पनि बजाईन्छ ।
यसैगरि यस बर्षपनि गोरखा ताकुकोट सेवासमाज काठमाडौंले गाईजात्रा निकालेको छ। गोरखा ताकुकोट सेवा समाज काठमाडौँद्धारा आयोजित यस वर्षको गाईजात्रा हजारौंले अवलोकन गरेको राजनीतिक एवं सामाजिक अभियन्ता धिरज उपरकोटीले बताउनुभयो ।
यो जात्रामा मान्छेलाई सिगारेर काठको घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाईन गोलो पाइपमा कपाडाले मोडिन्छ र चार देखि माथि जति पनि नाच्च सकिन्छ । घोडा र ,सिमालि लिएर नाचिने चिलदार हुन्छ । घोडा भन्दा अगाडी दश देखी माथी जति पनि हुन्छन ।
अर्को विभिन्न भेषभषसामा सबैलाई हसाउने गतिविधि हुन्छ। अर्को गाईको नानीहरू हुन्छन । जसको टाउकोमा लेखिएको हुन्छ र अन्य महिलाको कपडा लगाएर दश देखी धेरै रहन्छन् । गाईको नानीलाई भुसुना पनि भनिन्छ।
गाईको नानीहरूलाई पानी खुवाउने एकजना महिलाको भेषमा सजिन्छन र सबैलाई पानी खुवाएझै गरी नाच्छ।
अर्को रोचक भनेको घोडा जुधाउने हुन्छ । दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले गाईड गरेर बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ । घोडा जुदाई कुन पक्षले जित्छ भनेर हेर्न रोचक हुन्छ ।
अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा लट्ठी जुधाउने र साटिएर फर्किएर खेल्ने गरिन्छ । जसलाई टाकटुके भनिन्छ।
थ्यग कभलत
काठमाण्डौ - तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड बैंककमा सम्पन्न भएको हो । लामो समयदेखि आ( आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित म्यानमार,थाईलैण्ड र युएईबाट करिव ३ दर्जन व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो भने ,साहित्य तर्फ राधादेवी पराजुली,सामाजिक सेवाका लागि टंक प्रसाद न्यौपाने,शान्ता कुमारी दाहाल भट्टराई, र लक्ष्मी प्रसाद संग्रौलालाई प्रदान गर्दा, शिक्षा सेवाबाट जयन्ती शिवाकोटीलाई,बैंकिङ क्षेत्रबाट रन्जु खत्री र युवा व्यबसायी एवं प्रवास सेवाबाट यदु केसीलाई सम्मान प्रदान गरिएको थियो । बैंककको होटल सायम सिजनमा आयोजित कार्यक्रममा यो वर्षको स्टार ईन्टरनेशनल अवार्ड पाउनेहरुमा उत्कृष्ट गीतकारको तर्फबाट प्रमोद भट्टराई ‘प्रतिक’,उत्कृष्ट मेकअप आर्टिष्ट हेयरमा सविना खड्का, उत्कृष्ट कोरियोग्राफरमा महेश गोदार,उत्कृष्ट व्युटिसियन सरिता पत्रवंश, उत्कृष्ट होटल तालीम केन्द्रमा ग्रिनल्याण्ड होटल तालिम केन्द्र,उत्कृष्ट मोडल प्रकाश वोसेल,उत्कृष्ट ईमर्जिगं विजनेश अफ दि ईयरका लागि प्रविन रानाभाट रहेका थिए ।
यसै गरि, मोडल अफ द ईयरका लागि अनुप अधिकारी, उत्कृष्ट प्याजेन्ट मोडलका लागि रितिका शाह, ईमर्जिङ कन्सल्टेन्सीका लागि जजमेन्ट एजुकेशन फाउण्डेशन, उत्कृष्ट एभिएसन टेनिङ ईन्ष्टिच्यूटका लागि गिता एभिएसन,उत्कृष्ट दशक चरित्र अभिनेता अवार्डबाट वरिष्ठ कलाकार उद्धव प्रसाद भट्टराईलाई प्रदान गरिदा उत्कृष्ट दशक अभिनेताबाट श्रीदेव भट्टराई र उत्कृष्ट व्यबसायीमा गोपाल खड्कालाई अवार्ड प्रदान गरिएको थियो । यसै गरि विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरु उत्कृष्ट लोक दाहोरी गायक विर्ख कामी र उत्कृष्ट पप गायक अर्जुन खरेलको अवार्ड अन्य सहभागीलाई प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अधिकारी,विशेष अतिथीहरु घिमिरे , तिमल्सिना र आयोजक कमिटीका अध्यक्ष राज लुईटेलले अवार्ड तथा सम्मान प्रदान गरेका थिए ।
समारोहमा प्रमुख अतिथी अधिकारीले आफु गीत संगीतमा लामो समयदेखि लगाव भएकाले यस्ता कार्यक्रममा सहभागी हुन पाउनु निकै गौरवान्वित महशुस भएको र आफ्नो नेतृत्वमा रहेको कर्पोरेशनको महत्वपूर्ण गन्तव्य रहेको थाईलैण्डमा नै यसरी ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनुलाई अवष्मरणीय क्षणको रुपमा लिएको कुरा बताए । भने अन्य उपस्थिती विशेष अतिथीहरुले विदेशमा यस्तो भव्य कार्यक्रम गर्न सफल भएकोमा आयोजक संस्थालाई वधाई तथा धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी सोनीत राज ढुंगेलले गरेका थिए । राष्टखवर,पव्लिक सूचना तथा नेपाल एयरलाईन्सको सहयोग रहेको कार्यक्रमसंगै थाईलैण्ड मलेसिया तथा सिंगापुरमा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिने कार्यक्रम रहेको छ ।
यस अघि कतारमा पहिलो संस्करण गरिएको स्टार ईन्टरनेशन अवार्ड दोश्रो नेपालमा र तेश्रो थाईलैण्डमा गरिएको हो ।
काठमाण्डौ - चर्चित नायक सागर घिसिङ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पोङ्दी नाम्साला साँईली’ बोलको तामाङ दोहोरीमा सागर फरक अवतारमा देखिएका छन् । विशेष गरी रोमान्टिक म्युजिक भिडियो र चलचित्रमा देखिँदै आएका सागर यसपटक नृत्य गर्दै भिडियोमा देखिएका छन् । उनीसँगै कलाकारहरु लाक्पा लामा र रेजिना योञ्जनले भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् ।
चर्चित गायक अविषेक तामाङ र गायिका सुमिना लोको आवाजसमा सजिएको यो गीतमा ङीमा दोङ र पवन लामाको शब्द रहेको छ । पवन लामाको सँगीतमा तयार भएको गीतमा जोगलाल लामाको एरेञ्ज रहेको छ । फणिन्द्र राईको एरेञ्ज मोडिफिकेसनमा तयार भएको गीतलाई दिपेश प्रधानले मिक्सिङ मास्टरिङ गरेका हुन् ।
गीतको म्युजिक भिडियोलाई विवेक लामाले छायाँकन र सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई प्रतिक ङेस्युरले निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियो गायक अभिषेक तामाङकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
काठमाण्डौ - ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘उपहार’का लागि मुख्य कलाकारहरूको लाइनअप पुरा भएको छ । रेखा थापाको निर्माणमा तयार हुन लागेको फिल्ममा मुख्य तीन नायिका र २ नायक अनुबन्धित भइसकेका छन् । यसअघि फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल फाइनल भइसकेका छन् । फिल्ममा रेखाको जोडीको रुपमा मुकुन भुषाल, पूजाको जोडीको रुपमा समर्पण कार्की फाइनल भइसकेका थिए ।
अब, नायिका बेनिशा हमालको जोडीको रुपमा कलाकार तेज गिरीलाई अनुबन्धित गरिएको बुझिएको छ । बेनिशा र तेजले फिल्म ‘प्रेमगञ्ज’मा एकसाथ काम गरेका थिए । यो फिल्ममा तेजले सशक्त अभिनय गरेका थिए । फिल्ममा बेनिशा र तेजको जोडीलाई मन पराइएको थियो । यसैले, निर्देशक देउजा र निर्मात्री थापाले बेनिशा र तेजको जोडीलाई ‘उपहार’मा दोहोर्याएको बुझ्न सकिन्छ ।
उनै, तेजले फिल्म ‘हुक्का’मा पनि काम गरिसकेका छन् । थुप्रै फिल्महरूमा अभिनय गरिसकेका तेजले फिल्म ुप्रेमगञ्जुबाट आफूलाई अभिनयमा सशक्त रुपमा प्रस्तुत गरेका थिए। तेजले अब कलाकारको बलियो लाइनअप भएको फिल्ममा काम गर्ने पक्का भएको हो । यो फिल्मको छायांकन चाँडै नै सुरु गर्ने योजनामा निर्देशक देउजा छन् ।
काठमाण्डौ - ‘मिसेस नेपाल वल्र्ड २०२३’को फिनालेमा ‘मिसेस वल्र्ड २०२२’ सरगम कौशलले सहभागिता जनाउने पक्का भएको छ । आयोजक रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा आयोजना हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्वहरुको पनि उपस्थिति रहने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन् ।
विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी दिएका छन् ।
प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन् । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने गर्नेछिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउनेछिन ।
काठमाण्डौ - हिन्दू मिहलाहरुको महान चाँड तिज नजिकिदै गर्दा यतिवेला नेपाली सांगीततिक बजार तिजका भाकाहरुले गुन्जायमान भईरहेको छ । यसैको अवसर पारेर गायिका सुजाता केसी र समिक्षा अधिकारीको तिज गीत नाच्न हिडिन्छ सार्वजनिक भएको छ ।
चर्चित संगतिकार तथा गीतकार अर्जुन पोख्रेलको शब्द तथा संगति रहेको गीतलाई एप्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । सुजाता केसी कै युटुव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा कलाकार किरन केसी, गायिका सुजाता केसी, अभिनेता पुष्प खड्का र समिक्षा अधिकारीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
नवराज उपे्रतीको छायाँकन रहेको भिडियोमा सिलन लम्सालको सम्पादन रहेको छ भने माईकल चन्दको निर्देशन रहेको छ ।
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् । गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिले पनि सरकारले संसदलाई हेपेको बताएका हुन् ।
मंगलबार प्रतिनिधिसभामा केही नेपाल ऐनको संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै उनले भने, ‘यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसदलाई हेपेको हो । आज पनि संसदलाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने म सँग बहुमत छ, मैले जे ल्याए पनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो, हामी हेपिने कि नहेपिने यसपटक देखाउनुछ ।’
जघन्य अपराधमा संलग्नलाई पनि जोगाउने गरी कानुन बनाउन लागिएको भन्दै थापाले आपत्ति जनाए । यो कानुनको मस्यौदा अघिल्लो सरकारकै पालामा भएको भन्दै उनले आफ्नै पार्टीका नेता तथा कानुनमन्त्री धनराज गुरुङलाई त्यसको भारी नबोक्न आग्रह गरे ।
‘जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन’ उनले भने, ‘माननीय कानुनमन्त्रीलाई आग्रह छ । यो २०७४ सालपछिको सरकारले लेखेको ड्राफ्ट हो, यसको भारी नबोक्नुस् यसलाई बिसाउनुस् ।’
सरकारले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वन मन्त्रालयले स्वीकृत गर्नुपर्ने व्यवस्था संशोधन गरेर वन विभागले स्वीकृत गर्ने व्यवस्था विधेयमा राखेको भन्दै थापाले आपत्ति जनाए । ‘ईआईए विभागबाट गर्ने भनिएको छ, मन्त्रालयले मान्दैन, वातावरणविद्ले मान्दैनन्, कसको स्वार्थमा ल्याइएको हो रु’ थापाले प्रश्न गरे ।
यो विधेयकमा वैदेशिक रोजगार बोर्डका निमित्त कार्यकारीको कार्यकाल अनन्तकालसम्म लम्ब्याउन मिल्ने राखिएको भन्दै थापाले भने, ‘जुन जुन मन्त्रीलाई जे जे गर्नुछ, साविकको बाटोबाट पारित हुँदैन, अनि यसरी घुसाउने ।’ सरकारले यो विधेयकमार्फत गरेको व्यवस्थामाथि छलफल गर्नुपर्ने लामो सूची रहेको भन्दै थापाले आफूले त्यसको तयारी गरेको पनि बताए । ‘सबको तयारी गरेका छौं, समतिमा भेटौंला, त्यहाँ जमेर यसमा लडौंला पनि’ उनले भने ।
महामन्त्री थापाले आफूसँग बहुमत छ र सांसदहरु थपडी बजाउन आएका हुन् भन्ने नसोच्न प्रधानमन्त्रीलाई आग्रह गरे । ‘हामीलाई हेपेको स्वीकार्य हुन्न यो, विधेयकमा यति धेरै प्रश्न छन् कि, यो विधेयकमा मात्र होइन, जसरी संसद र सांसदलाई व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ, सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला’ उनले भने ।
काठमाण्डौ – लामो समय देखी नेपाल चलचित्र कलाकार संघमा गैर कलाकारहरुको हावी रहदै आएको भन्ने आरोपलाई चिर्नको लागि संघले कडा निर्णय गरेको छ । यहि भाद्र २ गते बसेको नेपाल चलचित्र कलकार संघको बैठकले संघलाई चुस्त र दुरुस्त बनाउनको लागि कलाकारहरुको अभिलेखिकरण गर्ने र प्रकृया नपुगेका कलाकारहरुलाई छ महिनाको समय दिएर पनि गैर कलाकार पत्ता लागेको खण्डमा विधान अनुसार गर्ने निर्णय पारित गरेको हो ।
जस अनुसार कलाकारहरुको आवेदन फारम सँग संलग्न गर्नुपर्ने कागजपत्रमा करार पत्र वा अनुहार र चलचित्रको नाम देखिने गरि लिएको स्कृनसट, नागरिकताको प्रतिलिपि फोटो आदि कतिपय कलाकारहरुको संघमा रहेको व्यक्तिगत फाइलमा नभएको पाइएकोले संघले सदस्य कलाकारहरुको अभिलेख तयार पार्ने काममा अस्पष्टता अपूर्ण देखिन आएकोले अभिलेखिकरणलाई चुस्त दुरुस्त बनाउनका लागि उपरोक्त तथ्यहरु सहित कागजपत्र संघमा उपलब्ध गराइदिनुभई ६ महिनाभित्र कागजपत्र इमेल मार्फत् वा स्वयम् उपस्थित भएर अभिलेखिकरणलाई पूर्णता दिन सबै सदस्यहरुलाई अनुरोध गर्ने संघको बैठकले निर्णय गरेको छ ।
संघका सबै तहका सदस्य कलाकारले अभिलेखिकरणमा चासो दिन अनुरोध गरिन्छ संघका अध्यक्ष मोहन निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । ६ महिनाको समयलाई मान्य अवधि मान्दै अभिलेखिकरण नगरे संघमा रहेको व्यक्तिगत विवरण सहितको फायलमा विधान अनुसारको प्रक्रिया नपुगेको देखिएमा विधानले तोकेको प्रकृया अनुसार हुने पनि यसै वक्तव्य मार्फत् अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।
यस्तै संघले आफ्नो ३५ औं स्थापना दिवसका सम्बन्धमा नेपाल चलचित्र कलाकार संघको स्थापना दिवस भदौ २३ गते स्काई वैङ्क्वेट बग्गी खानामा नेपाली चलचित्रको गुणस्तरमा पेशाकर्मीको भुमिका विषय अन्तरक्रिया कार्यक्रम सञ्चालन निर्णय गरेको छ । साथै स्थापना दिवसको उपलक्ष्यमा भदौ २४ गते बिहान मोटिभेसन क्लास र योगा कार्यक्रम गर्ने र सोका लागि प्रशिक्षकहरुलाई अनुरोध गर्ने निर्णय गरेको कुरा संघका अध्यक्ष निरौलाद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं-चौथो संस्करणको ‘साधना म्युजिक रिवार्ड’का उत्कृष्टलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच उत्कृष्ट मनोनयनमा पर्न सफलभएका सर्जकलाई मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । सामना म्युजिक क्रियशन प्रा.लि.को यो अवार्ड (रिवार्ड) प्रदान गर्दै आएको छ ।
म्युजिक क्रियशनकी अध्यक्ष सामना शाह सभापतित्वमा भएको समारोहमा वरिष्ठ गायक संगीतकार निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ गायिका देविका वन्दना, वरिष्ठ साहित्यकार लेखक दामोदर पुडासैनी किशोर, वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, विशिष्ठ अतिथिका रूपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा चित्रकार संगीतकार ज्योति प्रकाश, रंग पत्रकार गीतकार सुमन बैरागी, निर्देशक माधव खरेल, रंग पत्रकार तथा गितकार गिता अधिकारी लगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो । अतिथिहरूले उत्कृष्ट मनोनयनमा पर्न सफल सर्जकलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो संस्करण अवार्डको रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्ड भएको हो । कार्यक्रममा स्वागत गर्दै अवार्डका सचिव गोकर्ण लामिछानेले रिवार्डबारेमा स्पष्ट पार्नुभएको थियो ।
चौथो संस्करणको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका मोडलमा पुरुष र महिला त्यस्तै अन्य विधा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जर गरी १९ विधा छन् भने कार्यक्रममा सम्मान तथा दीर्घ साधना सम्मान रहनेसमेत जनाइएको छ ।