generalnews
||Power News Asia||

आजको समाचार

कतारका राजदुत र राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारी विच भेटवार्ता

समाचार


काठमाडौं – नेपालका लागि कतारका राजदुत युसुफ बिन मुहमद अल–हेलले संग अरबी संगीत र नेपाली संगीत बिचको समानता, फरकपनका बारेमा छलफल भएको छ ।सोमबार विश्व संगीतको अवस्थाको बारेमा राजदुतको कार्यक्रममा नेपालका संगीतकर्मीले छलफल गरेका हुन् ।

भेटघाट कार्यक्रममा संस्थाका तर्फबाट राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष तथा संगीतकार राजेन्द्र बजगाई,संगीतकार नारायण थापा गायिका रिता केसी,गायिका वेनिशा पौडेल,गीता पाण्डे,निर्देशक माईकल चन्द लगायतका संगीतकर्मीहरु उपस्थिती रहेको थियो ।

१३ औं विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ भव्यताका साथ सम्पन्न 

समाचार


काठमाण्डौ –  विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित  बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गर्दै आयोजनाको १३ औं संस्करण भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नगद ५० हजार रुपियाँसहित गायिका  सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ।

समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ।

बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन्। समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले  समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।

अवार्ड विजेताहरु

१. सर्बोत्कृष्ट गीत

छुटेपछि त छुट्यो :   दिपीका रिमाल थापा

२. सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत)

रुपक डोटेल :     तिमी बिना

३. सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत )

जुनु रीजाल :   न दोष तिम्रो न दोष मेरो

४. सर्बोत्कृष्ट संगीत (सुगम संगीत )

इशवर अमात्य:  अघि बढे भेल बाढी

५. सर्बोत्कृष्ट रचना (सुगम संगीत )

बि पाण्डे : झुम्के बुलाकि  

६. सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत)

प्रभा बर्तौला:  एउटा कथा

७. सर्बोत्कृष्ट पप गायन पुरुष

संजीब सिंह:   आधा रातमा

८. सर्बोत्कृष्ट युगल गायन

हिमाल सागर र अनु चौधरी :     ए होर माया

९. सर्बोत्कृष्ट एरेन्जर

साहास शाक्य : साथले तिम्रो

१०. सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष)

विक्रम परियार:    पाखे

११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला)

सुनिता बुढा छेत्री :   रुदै रुदै नौतुना रेलैमा

१२. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी)

स्मृती तिमल्सीना :  मकै पिस्ने जाँतो

१३. सर्बोत्कृष्ट लोक दोहोरी भाका

सन्तोष केसी:   गुल्मेली हुम कर

१४. सर्बोत्कृष्ट मोडल (लोक दोहोरी)

रुबिना अधिकारी र लोमस शर्मा : बिउरीयो दुई दिने चोला

१५. सर्बोत्कृष्ट मोडल (आधुनिक)

कुमारी बराइली र बिमल अधिकारी :  दिलको डायरीमा

१६. सर्बोत्कृष्ट गीत (लोक दोहोरी)

घनश्याम रिजाल : सुन्य भयो डाँडैको चौर

१७. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक)

रामजी लामिछाने: एउटा कथा

१८. सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत

हाम्रो देशको सिमाना:  अर्जुन कौशल

१९. सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर)

प्रबिण भट्ट : पिर

२०. सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन)

अजय रेग्मी  :  सरानकोटको डाँडैमा

२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार       

कौशिला खनाल कमाचार्य              

पब्लीक च्वाईस अवार्ड  : दिपेन्द्र तिमल्सीना

पपूलर अवार्ड : प्रकाश धमला

जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ

जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी

जूरी अवार्ड अभिनयतर्फः बादल धिमिरे

जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी

जूरी अवार्ड गीततर्फ : कमल सरगम

दशौ म्युजिक खबर म्युजिक अवार्डमा उत्कृष्ट पप-गीतकारको अवार्ड गीतकार रमेश दहाललाई

समाचार


काठमाण्डौ – बैशाख १५ गते राजधानीमा सम्पन्न भएको दशौ म्युजिक खबर म्युजिक अवार्डमा गीतकार रमेश दहाललाई उत्कृष्ट पप-गीतकारको अवार्ड प्रदान गरिएको छ । टीका दाहालको सङ्गीत तथा सुरक्षा सेन्चुरीको स्वरमा सजिएको ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको हो । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् भने नेपाली गीत संगीतले नेपाली समाजमा पारेको प्रभाव बारे लेख-आलेख तयार समेत गर्दछन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो भने नेपाली गीत-सङ्गीतमा उल्लेख्य स्थान हासिल गरिसकेका राष्ट्रिय स्तरका गीत(सङ्गीतकर्मी, रेडियोकर्मी र पत्रकारले अवार्ड तथा सम्मान चुमेका थिए ।

कार्यक्रममा पप(गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ गीतहरु चर्चित भएका छन् । रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, जिनियस अवार्ड लगायत दर्जन अधिक राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरीसकेका दहालले यस अघि पनि म्युजिक खबर म्युजिक अवार्डको आठौ श्रृङ्खलामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।

‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

समाचार


काठमाण्डौ- चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । चलचित्र पत्रकार संघ नेपालले यो वर्ष (२०८०)को चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा आइतबार बसेको बैठकले यो वर्ष (२०८०) को ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८०’ श्रीराम सिग्देल र तुलसी गिरी ‘भावुक’ लाई र ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८०’ दीपज्योती थापा र कुबेर डंगोललाई दिने निर्णय गरेको छ । यो पुरस्कारको राशि जनही ५१ हजार रहेको छ ।

त्यस्तै यो वर्षको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०’ सृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८०’ रवि अधिकारीलाई दिने निर्णय गरेको छ । प्रोत्सान पुरस्कारमा एउटा ल्यापटप र मोफसल पुरस्कारमा २५ हजार नगद रहेको छ । त्यस्तै संघले यसै वर्षबाट थपेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’ शान्तिप्रियलाई दिने निर्णय गरेको छ । शान्तिप्रिय संस्थापक महासचिव तथा पूर्व अध्यक्ष पनि हुनुहुन्छ । रजत सम्मानमा ५५ हजार नगद राशि रहेको छ ।

नृत्य संघद्वारा बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई नृत्य रत्न सम्मान २०८० प्रदान

समाचार


काठमाण्डौ – नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको शुभ अवसरमा आयोजित ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’ सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा शुक्रबार जमलस्थित नाचघरमा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका बिशिष्ठ कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र साँस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो । नेपाल चलचित्र नृत्य संघ ले हरेक वर्ष विशिष्ट को आधार मा प्रदान गर्दै आयको राष्ट्रिय चलचित्र साँस्कृतिक नृत्य रत्न सम्मान २०८० बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन लाई प्रदान गरियको छ ।

सम्मानित हुनुहुने ब्यक्तित्वहरुमा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमा राई,शान्तीप्रिय, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह ,अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाई, गीता अधिकारी, तारादेवि लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतले सम्मान ग्रहण गर्नुभएको कुरा संघका सचिव लिलाधर भट्टराईले जानकारी गराउनु भएको छ ।

Artist Koirala was honored in India by Udan Artist Group Babarala

समाचार


Uttar Pradesh. India | Closing ceremony of the 3-day national art workshop exhibition camp along with army soldiers & women’s honor program has been completed in Sambala, Uttar Pradesh, India. The program was hosted by Udan Artist Group Babarala, under the Amrit Mahotsav was held at the garden banquet. Ceremony was inaugurated by the District Officer Manish Bansal as a chief guest in the presence of the Bollywood and Kollywood artist Nitu Koirala, who was the special guest in the ceremony.

Crafts of artists from different parts of India were exhibited at the Art Workshop Exhibition Camp. Inaugurating the program, District Officer Manish Bansal mentioned that it was a matter of pride to come to the All India Art Exhibition in Babarala. On that occasion, artist Nita Koirala said that if art can be connected with the enterprise for financial gain, it will contribute to the economic status of the artist and the country along with the revival of art.

On an occasion, renowned artists Jayanthi Bhatnakar, Sumitra Sahlawat, Dr. Indira Agrawal, Jagdish Pandey, Dr. Karuna Mahindra were felicitated with the Uttar Pradesh Senior Artist Award. On this occasion, artists from various states of India, as well as Nitu Koirala from Nepal, were felicitated with Special awards. Art connoisseurs Mamta Rajput, Atul Goyal, Yogendra Rajput, and other intellectuals were present at the event.

 

     

पत्रकार टोलीले गर्‍यो लाङटाङ भ्रमण

समाचार


२०८० बैशाख । एड ओए मिडियाको आयोजना र नेपाल पर्यटन बोर्डको सह आयोजनामा पत्रकारको एक टोलीले लाङटाङ क्षेत्रको भ्रमण सम्पन्न गरेको छ । काठमाडौंबाट वैशाख ०५ गतेदेखी यात्रा शुरु गरेको उक्त टोलीले ११ गते लाङटाङ क्षेत्रको भ्रमण गरेको हो । लाङटाङको प्रबर्द्धनात्मक भिडियो छायांकन गर्ने योजना अनुरुप पत्रकारहरुले सो क्षेत्रका विभिन्न स्थानहरुको भ्रमण गरेका छन् । कार्यक्रम गोसाइँकुण्ड गाउँपालिका ,न्यु भिजन नेपाल र गरिमा भोइज ट्राभलको सहकार्यमा सम्पन्न भएको हो ।

लाङटाङ चिनारी

पदयात्रामा रमाउने पर्यटकका लागि उपयुक्त गन्तब्य हो, लाङटाङ । राजधानीबाट नजिक र तुलनात्मक रुपमा छोटो समयमा पूरा हुने भएकाले पनि यो पदमार्गमा पर्यटक आकर्षित छन् ।राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य  लाङटाङ उपत्यका पुग्नलाई समस्या छैन । काठमाडौंबाट करिब १२५ किमिको यात्राका लागि  स्याफ्रुबेंसीसम्म सहजै बस पाइन्छ । करिब ८ घन्टा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट शुरु हुन्छ, लाङटाङ पदयात्रा ।

स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको तिरैतिर कटुसको सुगन्ध र गुराँसका रंगीविरंगी जंगलको दृष्यपान गर्दै अघि बढ्दा थकान को पत्तै हुदैन। उकाली–ओराली, झरना, वन वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय भेषभूषा रुचाउने पर्यटकका लागि लाङटाङ उपयुक्त गन्तब्य हो । अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यावसायीको न्यानो आतिथ्य लाङटाङका विषेशता हुन् ।

तीन दिनको यात्रामा स्याप्रुबेसि बाट बन्दै गरेको  लाङटाङ खोला जलविद्युत आयोजना हुँदै पहिरो, बम्बो रिम्चे, लामा होटेल, घोडातबेला, थान्स्याप , गुम्बा डाडा, लाङटाङ  मुन्डु , सिन्डुम हुँदै  क्यान्जिङ पुगिन्छ । समुद्री सतहबाट चार हजार मिटरको उचाईमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उद्गम स्थल हो । त्यहाँबाट करिब दुई घण्टाको ठाडो उकालो लागेपछि घ्यासा(गोन्जला बेस क्याम्प ) पुगिन्छ । घ्यासा बाट आँखै अगाडी लाङटाङ लिरुङ हिमाल देखिन्छ ।

सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै याला पिक (५५००) गान्छाम्पो (६३७८) नेय घाङ(५८४४) स्काउट पिक (५७१०) चेर्को पिक (५७००) घाङ्जला चुली (५८६३) लाङ्सिसा रि (६४२७)हिमाल पनि यहिँबाट देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लिरुङ हिमनदी  प्रकृतिप्रेमीका लागि अभूतपूर्व दृष्य हुन् ।

स्वादिष्ट खानाको उत्कृष्ट गन्तब्य भिनोलिभा रेष्टुरेन्ट एण्ड बार एनआरएनको लगानीमा संचालनमा

समाचार


काठमाडौं ,खानाका पारखीहरुलाई लोकल र कन्टिनेन्टल सबै प्रकारका स्वाद एकै ठाउँबाट पस्किन काठमाडौंको उत्तर ढोका लाजिम्पाटमा भिनोलिभा रेष्टुरेन्ट एण्ड बार एनआरएनएहरुको लगानीमा संचालनमा आएको छ । गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका युवा उपाध्यक्ष राज रेग्मी,सचिव खगेन्द्र न्यौपाने,कोषाध्यक्ष लोक दाहाल र व्यवसायी बालकृष्ण खड्काको उक्त रेष्टुरेन्ट एण्ड बारमा लगानी रहेको छ । फाईभ स्टार रेटिंगमा संचालनमा रहेको भिनोलिभा रेष्टुरेन्ट एण्ड बार अहिले नेपाली र बिदेशी पाहुनाहरुको सर्बाधिक रोजाईमा परेको राजधानीका रेष्टुरेन्टहरुमा नाम लेखाउन सफल भएको छ । 
भिनोलिभा रेष्टुरेन्ट एण्ड बारले कन्टिनेन्टल खाना देखि ब्रियानी, थकाली खाना, सेकुवा, बर्गर पिज्जालगायत सबै प्रकारका खानाहरुको एकै ठाउँबाट सेवा प्रदानका साथमा टेकवे सेवा पनि संचालन गरेको छ । त्यसका लागि अलग अलग विधाका सेफहरु द्वारा ुभिनोलिभा रेष्टुरेन्ट एण्ड बारुमा उत्कृष्ट स्वादिष्ट र हाइजेनिक खानाका परिकारहरु खुवाइने गरिन्छ ।

पर्याप्त पार्किङ सहितको राम्रो सुविधा भएको यस रेष्टुरेन्टमा ५ सय जनासम्मको लागी कुनै पनि विवाह, जन्मदिन, बार्षिकउत्सब लगाएत पार्टी हाउसको लागि उपयुक्त रहेको अध्यक्ष खगेन्द्र न्यौपाने बताउछन । एनआरएनए सचिव न्यौपानेले रेष्टुरेन्टका सबै सुबिधा एकै स्थानमा दिलाउनको लागी संचालनमा ल्याएको बताए ।  रेष्टुरेन्टमा ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेपरेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेको न्यौपानले बताए । 

हाईजेनिक खानाका साथै हरेक दिन फरक फरक प्रकारको स्वादिष्ट परिकारको स्वाद लिन सकिने यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा  चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल,  थकाली खाना देखि ब्रियानी समेतको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि रहेको एनआरएनए आईसिसि कोषाध्यक्ष एबं रेष्टुरेन्टका संचालक लोक दाहालले बताए  । दाहाल युरोपका सफल रेष्टुरेन्ट ब्यावसायीका रुपमा चिनिन्छन ।
 
दाहालले आफ्नो अनुभब तथा स्वदेशमानै केहि गरु भन्ने गैर आवासीय नेपालीको चाहना र उद्देश्यको साथ रेष्टुरेन्ट सन्चालनमा ल्याएको बताए । उनले  पर्यटन व्यवसायको विभिन्न क्षेत्रमा आफूले  लगानी गरिसकेको जनाउदै अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले   “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” को शुरुवात गरेको बताए । उक्त रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा रेष्टुरेन्टका सबै सेवा सुबिधा लिन सकिने दाहालले बताए ।

रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन । ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने यस रेष्टुरेन्टमा खानाको पारखी तथा विभिन्न परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना लिएर सेवा सुबिधा प्रदान गरिदै आएको  संचालक  दाहालले बताए । मनोरम शान्त बाताबरण, गार्डेन, फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम, यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको यस “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” मा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिने दाहालले बताए ।  शान्त र हरियाली वातावरणको माझमा स्वादिष्ट खानाको लागि “भिनोलिभा रेष्टुरेन्ट एण्ड बार” सम्पूर्ण देशी तथा बिदेशी नागरिकको लागि उत्कृष्ट गन्तब्य रहेको जनाउदै दाहालले एकपटक रेष्टुरेन्टमा आएर खानाका परिकारको स्वाद लिई आफुहरुलाई सल्लाह सुझाव दिन आग्रह पनि गरेका छन् ।

President Awards 45 Artists Including Film Director Madhab Raj Kharel

समाचार


KATHMANDU- President Ram Chandra Paudel awarded 45 artists including Rajesh Hamal, Neer Shah, Deepak Raj Giri with honors  and medals on the occasion of New Year on Friday. President Paudel distributed medals at a ceremony held at Sheetal Niwas.

Madan Krishna Shrestha, Neer Shah, Hari Bansha Acharya, Rajesh Hamal and Nanda Krishna Joshi received the prestigious Rashtradeep Bibhushan. Deepak Raj Giri, Shambhu Rai (Kuthumi), Pradeep Lal Shrestha, Ashok Sharma, Alokshree (Surya Kumar Khati), Deepak Jangam, Ananda Karki, Arjun Shrestha, Gyanu Rana, Niruta Singh, Chetan Sapkota, Biraj Bhatt (Bhojraj Bhatta), Dayahang Rai and Satyakala Rai received the excellent Janasewashree award.

Madhab Raj Kharel, Milan Moktan,Sita Ram Pokharel, Jeet Bahadur Deuja and Nirmal Sharma received Prabal Janasewashriee medals. Sunita Dulal, Pradeep Khadka, Kamal Sunar, Santosh Shrestha, Deepak Sharma, Shiva Ram BK, Ramesh Koirala, Sanam Kathayat, Kumar Basnet Bikranta, Kulman Nepali, Manohar Sunam Pariyar, Dilli Narayan Pandey, Suresh Kumar Nepal Pariyar (Yashkumar), Sanukancha Shahi bagged Janasewashree award.

Prabhakar Sharma, Indra Bahadur Khatri, Krishna Bahadur BK, Nabin Paudel and Kiran Gajmer received Nepal Sewa Pravin award. The government announced the names of the recipients of the jewels on September 19, 2022.

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल' बने अग्रज श्रेष्ठ

समाचार


काठमाडौँ — वैशाख ६, २०८०। 

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल' को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । 

बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। 

प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। 

प्रेक्ष्या कटवाल र उमेश खड्काको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई तृष्णा उपाध्याय रेग्मीले संचालन गर्नुभएको थियो। प्रतियोगिताको निर्णायकमा मिस्टर नेपाल वर्ल्ड २०२० नुतन श्रेष्ठ, मिस्टर आईकन वर्ल्ड नेपाल २०१८ क्षितिज पोखरेल, ग्लोबल ड्रीम्स मेनेजमेन्टका सिईओ स्मित कार्की, सनसाईन होटल मेनेजमेन्ट कलेजका प्रवन्ध निर्देशक सुजन पुरी र आरजे/भिजे सुबेक्षा कार्की रहेका थिए।  

युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउदै प्रतिस्पर्धीहरुको नेतृत्वदायी क्षमताको विकास गरी उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले लगातार तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल, २०७९' सम्पन्न गरिएको आयोजक संस्था ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टका संचालक सौरभमान भण्डारीले जनाए ।