generalnews
||Power News Asia||

आजको समाचार

मिस लिटिल नेवा बनिन सुज्योति डँगोल

समाचार


काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा: ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसै गरी पुष्पसदन बोर्डिङ हाई स्कुलको कक्षा आठमा अध्ययनरत सफिना श्रेष्ठ फस्ट तथा खोप्रिङ इग्लिस एकेडेमीको कक्षा ७ की ग्रीष्मा राजचल सेकेन्ड रनर्सअपका साथमा तस्वीर मिसि फोटोजेनिक उपाधि विजेता भएकी छन्। फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कार वापत क्रमशः १५ र १० हजार रुपियाँ नगद प्राप्त गरेका छन्।

रोटेरियन, पूर्व प्रमुख इतिहास विभाग एसोसिएटेड प्रोफेसर डा. बिमला शाक्यको सभापतित्व तथा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अंकिता महर्जन मिस ट्यालेन्टेड, अव्रिशा महर्जन सोसियल वेलफेयर एम्बेस्डर चिफ र वेस्ट स्माइल, वेदन्सी डंगोल सोसियल वेलफेयर एम्बेस्डर चिफ, नीभा कायस्थ सोसियल वेलफेयर एम्बेस्डर चिफ फस्ट रनर्सअप, विमिशा डंगोल वेष्ट नेपाल भाषा, लुन्जला महर्जन बेस्ट ड्रेस र मिस ट्यालेन्टेड फस्ट रनर्सअप, लुमना महर्जन वेष्ट नेपाल भाषा फस्ट रनर्सअप र मिस फ्रेन्डसिप, रुचि महर्जन वेस्ट नेपाल भाषा सेकेन्ड रनर्सअप, इच्छा महर्जन मिस कल्चर, सुहिना श्रेष्ठ मिस पब्लिक च्वाईस, प्राज्ना महर्जन मिस पर्सनालिटी र मिस चार्मिङ, मुखु महर्जन वेस्ट हेयर, विपश्वी मानन्धर वेस्ट स्कीन, नुजला सिंह महर्जन मिस इलिजेन्ट र अंकिता महर्जन मिस डिसिप्लेन उपाधि विजेता भएका छन्। नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार बालिकाहरुमा अन्र्तनिहीन प्रतिभा प्रदर्शन गर्न तथा उनीहरुमा नेवार कला, संस्कृति, भाषा र सभ्यताको ज्ञान अभिबृद्धी गर्न मिस लिटील नेवा: आयोजना गर्दै आएको बताइन्।

नुझ गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, पत्रकार त्रिलोचन प्रधान, पहिलो महिला वडा अध्यक्ष हसना शाक्य, चिरायु नेशनल हस्पिटलका डाइरेक्टर सञ्जीव राजभण्डारी, मिस लिटील नेवा ११४१ आर्य श्रेष्ठ र मोर्डन नेवा इंग्लिस स्कुलका डाइरेक्टर दीपक तुलाधरको विशेष आतिथ्यता तथा मिस लिटील नेवा ११४१ की सेकेन्ड रनर्सअप रिक्क्षणा डंगोल, मिस ट्यालेन्टेड ११४१ नयना शाक्य मिस ट्यालेन्टेड ११४१ फस्ट रनर्सअप सिचु मानन्धर, वेस्ट नेपाल भाषा ११४१ तीषा तन्डुकार, वेष्ट नेपाल भाषा फस्ट रनर्सअप ११४१ प्रकृति मानन्धर, सोसियल वेलफेयर एम्बेस्डर चिफ ११४१ डेमी श्रेष्ठ, वेस्ट ड्रेस ११४१ इभान्जली महर्जन, मिस कल्चर ११४१ वितिषा कंसाकार र कृष्टीना महर्जन तथा मिस डिसिप्लेन ११४१ सनिष्मा महर्जनको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा डिष्ट्रिक गर्भनर ३३२५एल मणीश्री रत्न बज्राचार्य प्रमूख निर्णायक तथा नमूना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नेपाल टेलिकमका सिइओ सरोजकुमार शाक्य, साहित्यकार तथा उद्यमी अन्जना ताम्राकार, वल्र्ड नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, नेपाल भाषा प्रशिक्षक राजु नापित, व्युटिसियन मञ्जु कार्की पाण्डे र फेसन डिजाइनर शोभा महर्जन निर्णायक रहेका थिए।

नेपाल सरकारद्धारा विभिन्न मानपदवी प्रदान, चलचित्र निर्देशक खरेल “जनसेवाश्री” द्धारा विभुषित

समाचार


काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल सहित समाजका विभिन्न क्षेत्र उल्लेखनिय योगदान पुर्याएका सात सय २८ व्यक्तित्वहरुलाई नेपाल सरकारले विभिन्न मानपदवी प्रदान गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी सक्रिय हुदै आएको र देश र राष्ट्रको हितको लागि गौरवको काम गरेको भन्दै निर्देशक माधव राज खरेललाई “जनसेवाश्री” प्रदान गर्नु भएको हो ।
“जनसेवाश्री” बाट विभुषित भैसकेपछि खरेलले भने “सकारात्मक काम गर्दा केही ढिलो हुन सक्छ तर कामको कदर पक्कै हुनेछ र  संघर्षको प्रतिफल  अवश्य आउने छ त्यसैले सम्पुर्ण व्यक्तिले आफ्नो कर्ममा विश्वास गर्दै अघि बढेमा चाहेको उदेश्य पुरा गर्न  सफल हुन्छ ।”

काभ्रेपलाञ्चाक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका निर्देशक खरेलले पत्रकारिता हुदै चलचित्र निर्देशनको क्षेत्रमा प्रवेश गरेका हुन् । सुरुवाती दिनहरुमा पत्रकारिता गर्दै आएका उनले परिवर्तन नेपालले आयोजना गर्ने विभिन्न सडक नाटकहरुमा सहभागी हुने गर्दर्थे र परिवर्तन नेपालका सडक नाटकहरु खेल्दा खेल्दै  उनले सडक नाटक लेखन तथा निर्देशनमा समेत आफुलाई अब्बल बनाएका थिए ।
त्यस पछि उनले टेलिचलचित्रहरु लेख्ने र निर्देशन गर्न थाले सडक नाटकबाट सुरु भएको खरेलको यात्रा चलचित्र लेखन तथा निर्देशन सम्म आईपुगेको थियो । पहिलो पटक मौन चलचित्रको सफल लेखन तथा निर्देशन गरेका खलेलले त्यसपछि आधा दर्जन चलचित्रहरुको निर्देशन तथा लेखन गरिसकेका छन् ।
चलचित्र निर्देशक खरेलले नेपालमै पहिलो पटक “ढुङ्गे युग” मौन चलचित्र निर्देशन गरेर पहिलो मौन चलचित्रको निर्देशकको रुपमा आफुलाई स्थापित गराएका थिए । झण्डै दुइ घन्टा लामो संवाद विहिन (मौन) चलचित्रको लेखन तथा निर्देशन गरेर दर्शकहरुको लागी मात्रै नभएर समग्र नेपाली चलचित्र जगतमै पहिलो पटक ऐतिहासिक काम गर्दै चलचित्रको इतिहासमा नौलो प्रयोग भित्र्याउन सफल समेत भएका थिए । त्यस यता खरेलले “ढुङ्गे युग, कुइईनेटो, विरानो माया, दुर्गामाण्डौ, चिट्ठी लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका छन् ।
खरेलको प्रदर्शनको तयारीमा रहेका पछिल्लो चलचित्र “चिट्टीे” हो । चलचित्र चिट्टीलाई खरेलले अहिले सम्मकै सन्तोषजनक चलचित्र रहेको प्रतिकृया दिएका छन्, छिट्टै एक कार्यक्रम गरेर “चिट्टी”को गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको पनि निर्देशक खरेलले बताएका छन् । चलचित्र निर्देशनका अलावा खरेलले उपन्यास, गीति लेखन, डकुमेन्ट्री लेखन तथा निर्देशन, म्यूजिक भिडियोहरु, विज्ञापनहरुको निर्माण तथा निर्देशन समेत गर्दै आईरहेका छन् । उनले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा बृत्तचित्र तथा विज्ञापनहरु प्रसस्तै गरेका छन् । झण्डै दुई दशक भन्दा लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिए रुपमा लागिरहेका निर्देशक खरेलले पहिलो पटक संसारकै अग्लो स्थानमा म्युजिक भिडियोको निर्देशन गरेर गिनिज वल्र्ड रेकर्डस्मा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए ।
निर्देशक खरेल नेपाल चलचित्र निर्देशक समाज, चलचित्र संरक्षण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ, परिवर्तन नेपाल, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), संगीत रोयल्टी संकलन समाज, गीतकार संघ लगायतका संघ संस्थाहरुमा आवद्ध रहेका छन् । खरेल चलचित्र गीत संगीतका अलावा समाजका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) का अध्यक्ष समेत रहेका छन् ।
चलचित्र निर्देशक खरेलले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका संघ संस्थाहरुले विभिन्न अवार्ड तथा सम्मानहरु प्रदान छन् । जसमा “छायाँछवी सम्झना डिजिटल फिल्म अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, मोडेल संङ्गस अवार्ड (दुवइ), सुन्दरादेबी म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी अवार्ड, नेपाल कल्चलर अन्तराष्ट्रिय चलचित्र महोत्सव (एनसिआईएफ्एफ्), सगरमाथा म्युजिक अवार्ड, नेशनल इन्टरटेनमेन्ट अवार्ड, स्टार इन्टरनेशनल अवार्ड, स्पाइनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सव, नेपाल अफ्रिका फिल्म फेष्टिवल, नेशनल सिल्भर अवार्ड लगायतका झण्डै डेढ दर्जन भन्दा माथी अवार्डहरु तथा दुई दर्जन भन्दा माथी सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।
वि सं २०७९ असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण २०८० साल अर्थात नयाँ वर्षको दिन प्रदान गरिएको हो । उक्त कार्यक्रम हरेक वर्ष बैशाख १ गते हुँदै आईरहेको छ ।

 

चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम ओ यू सम्झौता

समाचार


काठमाडौँ । चिरायु अस्पताल र नेप्लिज फेशन होम् बीच एम. ओ. यू. सम्झौता भएको छ । आज एक कार्यक्रमको आयोजना गरि चिरायू अस्पतालको सभाकक्षमा चिरायु अस्पतालका तर्फबाट निर्देशक सन्जिव राजभण्डारी र एन. एफ. एच इभेन्टस प्रा.लि. का अध्यक्ष हेमा मानन्धर बीच स्वास्थ्य उपचार सम्वन्धी दुई पक्ष बीच सम्झौता भएको हो ।

आज भएको सम्भौता अनुसार नेप्लिज फेशन होमको सिफारीमा चिरायु अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि बिभिन्न शीर्षकमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म डिस्काउन्टको सुविधा पाउने छन् । त्यसै गरि चिरायू अस्पतालले बिरामीका लागि एम्वुलेन्स सेवा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

एनएफएच इभेन्टस प्रा.लि. ले बिगत १६ बर्षदेखि काठमाडौंमा मिस नेवा प्रतियोगिता लगायत विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको छ । काठमाडौंको बसन्धारामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युट प्रा.लि.मा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा. डा उत्तम कुमार शर्मा, अर्थापेडिक विभागमा प्रा. डा दिपक प्रकाश महरा, प्रा डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउदैँ आएको छ ।

त्यसै गरि आजै चिरायू अस्पतालले दोलखा मच्छिन्द्रनाथको जात्रालाई मध्ये नजर गरि केहि स्वास्थ्य किट र औषधी उपलब्ध गराएको छ ।
आजको कार्यक्रममा नेप्लिज फेशन होम्की अध्यक्ष हेमा मानन्धर, समाजसेवी अनुउर्मिला शेरचन, पत्रकार त्रिलोचन प्रधान, मिस नेवा कृषा महर्जन र सलिना मर्हजनको उपस्थिति रहेको थियो भने अस्पतालको तर्फबाट प्रमुख ब्यक्तित्वसँगै डिपार्डमेण्ट प्रमुख लगायत सिफ्ट इन्चार्जहरुको सहभागिता रहेको थियो ।

सृजनात्मक सोचको अभिव्यक्तिमा कल्पनम् सत्यतात्

समाचार


भनिन्छ फेसन डिजाइनिङ विधा विज्ञान, कला र व्यवस्थापनको समायोजन हो । त्यसैले यो बहुआयामिक छ । कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत जर्नी अफ फेसनको १७ औं संस्करणको यात्रामा नमूना कलेजको ग्राजुएसन फेसन शोले केही विशेष प्रस्तुतिले फरक स्वाद पस्केको देख्न पाइयो । ४८ फिट लामो रनवेको मध्य भागमा गोलाकार घेरामा जब क्रिएटिभ पहिरन पहिरिएका मोडलहरु एउटा निश्चित पोजमा उभिन्छन् तब त्यो गोलाकार घेरा एउटा निश्चित गतिमा रिभल्भिङ संयन्त्रबाट स्वचालित हुन पुग्छ । अनि पहिरन प्रस्तुतिमा एउटा वेग्लै दृष्यले सबै ध्यानलाई आकर्षित गर्दछ । यही प्रस्तुतिमा क्रिएटिभ वेयर पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको थियो । जुन दृष्य पनि नेपाली फेसन रनवेमा देख्न पाइएको फरक स्वाद थियो । 

२७ जना युवती मोडलहरु र ६ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १७ औं ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न भएको थियो भने कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए । करिब तीन घण्टासम्मको कल्पनम् सत्यतात्को यात्रामा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रिी अफ एड्भर्सिटीका पहिरन अनेकौं स्वरुपहरुलाई साक्षात्कार गर्न पाइएको थियो । ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्दि«त नियन परेड तथा एक्लेटिक् अवधारणामा एसिन्ट्रिक एज् कलेक्सनलाई अवलोकन गर्न पाइएको थियो । 

१७ औं संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘कल्पनम् सत्यतात्’ शीर्षकमा अनुभव गर्न पाइएको थियो । गत चैत २३ गते बिहीबार साँझको समय छिप्पिदै जाँदा ¥याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रुप रंग, स्वरुप र सृजनाहरुसित उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसंगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८३ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई ¥याम्पमा देख्न पाइएको थियो । 

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित दोस्रो संस्करणको फेसन क्याटलगको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो । सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो । 

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द« सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत,, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेको थिए । 

Global College International (GCI) successfully hosted a seminar on Reshaping Entrepreneurship Approach in a Digitalizing World

समाचार


Kathmandu, Global College International (GCI) with the initiative of GCI-Research Center & GCI-Entrepreneurship Center in collaboration with the Association of youth Organization Nepal and International Labor Organization’s South Asia Leadership in Entrepreneurship project successfully hosted a seminar on Reshaping Entrepreneurship Approach in a Digitalizing World on April 5th, 2023. The event was held at the GCI campus in Baneshwor, Kathmandu, from 10:00 AM to 12:00 PM. The seminar aimed to explore the opportunities, challenges, and future trends in AI-enabled entrepreneurship. It brought together experts from academia and entrepreneurs to share their insights and experiences. The seminar started with an introduction and opening remarks by Dr. Subash Shrestha, the Principal of Global College International.

The moderator, Mr. Pradip Parajuli, from the GCI Alumni, delivered the welcome address and introduced the panelists. The panelists included Mr. Praveen Regmi, Chief Executive Officer of IME Pay; Prof. Dr. Suresh Manandhar, Honorary Professor in Artificial Intelligence at Madan Bhandari University of Science and Technology and CEO/Chief Scientist of wiseyak; Mr. Kiran Regmi, Talent Acquisition Head at Leapfrog; and Ms. Surakshya Adhikari, Co-Founder and COO of Thulo.com. The panel discussion covered several key topics, including the role of digital payment systems in reshaping entrepreneurship, leveraging artificial intelligence and machine learning in entrepreneurship, talent acquisition strategies for digital startups, and building an e-commerce business in the digital age.

The moderator posed questions to the panelists, and the discussion was followed by an interactive session with the audience. The seminar ended with closing remarks and a summary of the discussion by the moderator. The panelists also shared their final thoughts and recommendations. The event concluded with a networking session.

The formal closing program included speeches from several key speakers, including Dr. Subash Shrestha, the Principal of Global College International; Ms. Shova Sapkota, Treasurer of AYON; Dr. Thomas Kring, CTA of the SALE Project; Mr. Prakash Sharma, NPC of the SALE Project; Mr. Daniel J Schuman, Representative from USDoS; and Dr. Devraj Paneru, Director of GCI. The student representative from GCI Encore, the GCI Research Center, hosted the program. Overall, the seminar was a great success, and the participants gained valuable insights into AI-enabled entrepreneurship.

The event provided a platform for experts to share their knowledge and experiences and for entrepreneurs to learn about the latest trends and strategies in digitalizing entrepreneurship.

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनद्वारा नेपाली नयाँ बर्ष अप्रिल १६ मा नेपाल डेको आयोजना

समाचार


माल्टा,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्षमा नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले नेपाल डे मनाउने जनाएको छ । नेपाल डे कार्यक्रमको तयारीका लागी माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता प्रकारका अन्य कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने संयोजक प्रकाश भण्डारीले बताए । यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिन भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि संघ,सँस्था,दाजु भाइ तथा दिदिबहिनि हरुलाइ आग्रह गर्दै कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन अनुरोध गरे । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रमहरु पनि सँस्थाले गर्दै जाने र नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा जोडिई आफ्नो तर्फबाट देशलाई केही योगदान गर्न सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।


भन्डारीले हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गरे । उनले समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न,पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह पनि गरे । अहिले रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिको माया हामि सबैमा रहेकोले नै मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गर्न लागेको बताए । उक्त कार्यक्रमलाइ कुटनितिक पहल गरि सहयोग गर्नु हुने नेपालि राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टा लगायत सम्पुर्ण सहयोगीलाइ हार्दिक आभार ब्यक्त गर्दै सम्पुर्ण नेपालि दाजु भाइ तथा दिदिबहिनिहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिकता सहित नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले बिनम्र अनुरोध गरेको अध्यक्ष भण्डारीले बताए ।
आगामी दिनमा पनि सँस्थाले जन्मभुमिको लागी सहयोग पुग्ने विविध कार्यक्रम गर्ने उपसंयोजक रेम्स खनालले बताए । खनालले आफ्नो अभियान भनेको परदेशमै बसेर पनि देशको लागी केही गर्ने नै रहेको दावी गरे । यस्तै अर्का उपसंयोजक सर्मिला बस्नेतले यो नेपालीहरुको लागी र देशको लागी ठुलो कार्यक्रम भएकाले सबै माल्टावासी नेपालीलाई सहयोग र सहकार्य गर्न आग्रह गरिन ।
सँस्थाका सदस्यसचिव हरि बिश्वकर्माले नेपाल डेको तयारी अन्तिम चरणमा पुगेको जनाउदै कार्यक्रम सभ्य र भब्य हुनेमा आफू ढुक्क रहेको बताए ।

उक्त नेपाल डे सफल पार्न आयोजित भेटघाट कार्यक्रममा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारी,उपसंयोजक रेम्स खनाल,मधु गुरुङ,शर्मिला बस्नेत,सदस्य सचिव हरि बिसी र अर्गनाईजेसनका सदस्यहरु भगवान थापा,लोक पौडेल,राजेन्द्र भन्डारी, शंखर खत्री,अनिश राई,
निरज श्रेस्ठ, जिवन पौडेल,नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको उपस्थिति रहेको थियो ।

जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड हुदै

समाचार


काठमाडौं –  केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३ हुने भएको छ । अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा आइतबार काठमाडौंमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्ट, अतिथिहरुमा अभिनेताहरु पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतका रहनु भएको थियो भने उहाँहरुले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो अन्तरगत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको अवार्ड कार्यक्रममा बिषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिए बमोजिमको एवार्ड सिफारिस गर्नेछन् । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई नाकानो कु, नाकानो २–९–७ टु १६४–००१ टोकयो जापानमा पुरस्कृत गरिने छ ।

उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने छ । नेपाली तथा जापानी लोक संस्कृति सम्बन्धि साँस्कृतिक कार्यक्रम हुने कार्यक्रममा जानकारी गराए । नेपाली चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियोका विभिन्न विधागत क्षेत्रहरू चयन गरि दुबै तर्फ उत्कृष्ट अवार्ड प्रदान गरिने छ । अग्रजको सम्मान बर्तमान पुस्ताको पहिचान सहित अग्रज चलचित्र कलाकार नायक नायिका, गायक, गायिका तथा अन्य प्राविधिक व्यक्तित्वहरूमा दीर्घ साधना सम्मानद्वारा सम्मानित गरिने छ ।

चलचित्र तथा म्यूजिक भिडियो तर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ । सोही अनुरुप बहुभाषिक म्यूजिक भिडियो तर्फ पनि उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने छ ।

तोकिएका पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने छ । निर्णायक समितिको सिफारिस र निर्णय नै अन्तिम निर्णय हुने आयोजकको भनाई छ । अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहेका छन् । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुति सहित मिति २०८० बैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा हुने कार्यक्रममा पुरस्कृत कलाकार, स्रष्टा, सर्जक तथा सम्मानित कला साधकहरूलाई सम्मान अर्पण गरिने छ ।

अस्मिता अधिकारीको स्वरमा सत्यकला अभिनित 'तिम्रो यादले रोगी बनायो (पीडा) सार्बजनिक (भिडियोसहित)

समाचार


काठमाडौँ — चैत्र १९, २०७९ 

नेपाली रंग कलाकारितामा पछिल्लो समय क्रियाशिल रहदै आएकी मोडल तथा गीतकार सत्यकला लामाले आफ्नै शब्दमा सज्जित मर्मस्पर्शी 'तिम्रो यादले रोगी बनायो (पीडा)' गीतको म्युजिक भिडियो 'एएमएस ईन्टरटेन्मेन्ट' युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन।  

सत्यकलाको आफ्नै अभिनय रहेको उक्त गीतमा अस्मिता अधिकारीको स्वर रहेको छ भने बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन रहेको छ । बादल थापाको स्वरमा रहेको 'तिम्रो यादले रोगी बनायो (पीडा)' को अपार सफलतापछी अस्मिता अधिकारीको स्वरमा फिमेल भर्सन तयार गरिएको सत्यकलाले जनाएकी छिन। 

बिक्रम चौहानको कथा निर्देशन, मिलन विश्वकर्माको संपादन, प्रकाश खड्काको छायांकन, संगीता नेपाली र गेलु तामाङ्गको निर्माणमा तयार पारिएको उक्त म्युजिक भिडियोमा सत्यकलाले आफ्नो बेजोड शब्दको साथमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेकी छिन् । अभिनयमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।

अत्यन्त मार्मिक शब्द संयोजनमा तयार गरिएको उक्त गीतमा वर्तमान नेपाली समाजको कहानी बताउने कथानक पनि त्यस्तै पीडात्मक बुनिएको देख्न सकिन्छ ।

म्युजिक भिडियो— 
 

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ

समाचार


माल्टा,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसन माल्टाको संयुक्त आयोजनामा माल्टाको प्याराडाइज बे माल्टामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलियाको पनि उपस्थिति रहेको थियो । मार्क गलियाले गत फेब्रुअरिमा सगरमाथा बेस क्याम्पमा गएर त्यहा पनि सरसफाइ गरेका थिए । आइतवारको उक्त सरसफाइ कार्यक्रममा माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारी,उपसंयोजक रेम्स खनाल र शर्मिला बस्नेत,सदस्य सचिव हरि प्रकास बिक,कोस्टा क्लिन फाउन्डेसन माल्टाका संयोजक मार्क गलिया,तमु समाज माल्टाका अध्यक्ष तथा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका उपसंयोजक मधु गुरुङ,नेपाल जनसम्पर्क समिति माल्टाका महामन्त्री उज्ज्वल केसी,एनएमएफसि माल्टाका अध्यक्ष राजेन्द्र बिस्ट,तामाङ समाज माल्टाका संयोजक सुनिल तामाङ दोंग,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका सदस्यहरु भगवान थापा,लोक पौडेल,शंखर खत्री,अनिश राई, निरज श्रेस्ठ, जिवन पौडेल,नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको उपस्थिति रहेको थियो ।

यस्ता प्रकारका कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने संयोजक प्रकाश भण्डारीले बताए । यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिने उनले दावी गरे । भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि दाजु भाइ तथा दिदिबहिनि हरुलाइ यस्ता कार्यक्रममा जोडिन र सबैलाई समेटेर अगाडि बढ्ने बताए । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रम गर्ने जनाउदै नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा जोडिन सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।

नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने

समाचार


भक्तपुर- नयाँ वर्ष २०८० सालको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को आयोजना हुने भएको छ । शनिबार होटल ग्रीनल्याण्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा औधोगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजक टिमले जानकारी दिएका छन । यहि चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्दन्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं ।” औधोगिक शान्ति नेपाल अध्यक्ष सन्दिप महतले जानकारी गराए । महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहित व्याण्डको प्रस्तुतिसंगै मनोरञ्जनात्मक प्रस्तुति रहने कुरा आयोजकले जानकारी गराए ।

महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता हुनेछ जसमा एकल र समुहको चरणबद्ध रुपमा छनौट हुने र अन्तिम प्रतिस्पर्धी बीच प्रतिस्पर्धा गराई विजयी घोषणा गरिने जानकारी पनि गराइयो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान हासिल गर्नेले क्रमश: ३० हजार, २० हजार, १० हजार नगद सहित ट्रफी, प्रमाण-पत्र, म्युजिक भिडियोमा अभिनय गर्ने मौकासंगै प्रोफेश्नल फोटोसुट लगायतका पुरस्कारको व्यवस्था गरिएको संयोजक सुमन कुमार श्रेष्ठ र ईन्द्र विसुन्केले संयुक्त रुपमा जानकारी गराए । प्रतियोगिताको फारमका लागि सल्लाघारी महोत्सब स्थलमा सम्पर्क गर्न सकिने आयोजक टिमले जानकारी गराए । महोत्सवको प्रवेश शुल्क रु. ५० र ७० रहेकोका विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्, थापाले भने । बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमकबो टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ ।