generalnews
||Power News Asia||

आजको समाचार

निर्देशक समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावले चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको भन्दै पुर्व अध्यक्षद्धारा राजीनामा

समाचार


काठमाडौँ-नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। नेपाली चलचित्र निर्देशकहरुको छाता संगठनको रुपमा रहेको समाजको १५औं साधारणसभाले समझदारीमा आगामी तीन वर्षका लागि कार्यसमिति तय गरेको हो। दुई उपाध्यक्षहरुमा सुवासप्रसाद गजुरेल र दिपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट, सह-कोषाध्यक्षमा राज बस्न्यात, ६ जना सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी र अमृतमान महर्जन चयन भए। सह-सदस्य पदमा भने समझदारी हुन नसकेपछि भएको निर्वाचनबाट सीमा गुरुङ्ग र रामकुमार श्रेष्ठ निर्वाचित भए ।

सर्वसम्मत कार्यसमिति चयन गर्ने क्रममा विवाद उत्पन्न भएको थियो। लामो विवादबीच कार्यसमिति चयन भएपछि असन्तुष्ट निर्देशकहरुले साधारण सदस्यबाट समेत राजीनामा दिने घोषणा लगायत संस्था बाहिरका व्यक्तिहरुको प्रभाव परेको भन्दै विरोध जनाइरहेका छन्।

सहमतिमा पुग्न सुरुमा रमेश बुढाथोकीलाई अध्यक्ष बनाई अध्यक्षका दावेदार जनकदीपलाई महासचिव बनाउने सहमति भएको थियो। तर, सचिव पदमा विवाद उत्पन्न भएपछि सो सहमति भंग भई मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता भएपनि समझदारीको प्रयास गरि कार्यसमिति चुनिएको थियो। उक्त प्रक्रियामा समेत केहि निर्देशकले असन्तुष्ट व्यक्त गरेका हुन्। चुनावको प्रचारप्रसार गरि उम्मेदवारी दिएका एक निर्देशकले आफुले निर्वाचनमा भाग लिन पाउने संवैधानिक अधिकारलाई संस्था बाहिरको व्यक्तिहरुको प्रभाव र संस्थाकै केहि व्यक्तिहरुको संलग्नतामा खोसिएको बताए। उनले यस्ता प्रवृत्तिले संस्थाको कहिल्यै भलो हुन नसक्ने भन्दै आफु संस्थामा नहुन पनि सक्ने संकेत गरे।

समाजका दुई कार्यकाल नेतृत्व गरेका पूर्व अध्यक्ष निर्देशक केपि पाठकले आफुले समाजको सदस्यता त्यागेको बताएका छन्। सामाजिक सञ्जालमा एक नोट लेख्दै उनले समाजको चुनावी साधारण सभामा गैर सदस्यको प्रभावल, उम्मेदवारलाई जबरजस्ती उम्मेदवारी फिर्ता लिन दवाव, उम्मेदवारको रुवाबासि र महिला सदस्य प्रति गरिएको ब्यवहार देख्दा कुनै दृष्टिले पनि त्यो चलचित्रका क्याप्टेन, सर्जकहरुको चुनाव नदेखिएको र एउटा सदस्य र पूर्व अध्यक्षको नाताले आफ्नो शिर निहुरिएको बताएका छन्।

विद्युत नियमन आयोगद्वारा बुढीगण्डकी 'क' र 'ख' जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न

समाचार


काठमाडौं । विहिवार विद्युत नियमन आयोगलेसानो गौचरण स्थित विद्युत विकास विभागको सभा हलमा१०३। ४ मेघावाटको बुढीगण्डकी क जलविद्युत आयोजना र २२६ मेघावाटको बुढीगण्डकी ख जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई गरेकोछ । सरोकारवालाबाट राय सुझाव एवम् सल्लाह संकलन गर्ने उदेश्यका साथ कार्यक्रम आयोजनामा आएको हो । सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले सार्वजनिक सुनुवाईका क्रममा उठेका र निवेदन मार्फत प्रबद्र्धक कंपनीका विषयमा परेका उजुरीलाई गंभिरतापुर्वक लिएको बताउनुहुँदै प्रवद्र्धक कंपनीे चीनको दोस्रो ठुलो उर्जा उत्पादक कंपनी संबद्ध रहेको दाबी प्रस्तुत गर्दैगर्दा रकम भुक्तानी संबन्धमा उठाईएका सवाललाई सहजै संबोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको पाईएकाले यथासिघ्र समस्या समाधान गर्न प्रवद्र्धक कंपनीेलाई निर्देश गर्नुभयो । साथै उहाँले प्रवद्र्धक कंपनीे नौलो नेपाल हाईडो पवर कंपनीलाई शुभकामना दिनुहुँदै विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव समेत दिनुभयो ।

सो अवसरमा आयोगकी सदस्य भागिरथि ज्ञवालीले सार्वजनिक सुनुवाई सम्बन्धी आचार संहिताको बिषयबारे प्रकाशपार्नु भयो भने आयोगका सचिव गोकर्ण राज पन्थले गण्डकी ’क’र बुढी गण्डकी ’ख’को लागि प्रबर्धक कम्पनीलाई स्विकृति दिने प्रयोजनका लागि निर्णय गर्नु भएकाले सार्वजनिक सुनुवाई गरिएको जानकारी दिनुभयो ।

त्यसैगरि नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रबल अधिकारीले उक्त आयोजनाले ५ देखी साढे पाँच घण्टा भित्र पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएकाले आयोजना महत्वपूर्ण रहेको बताउनुहुँदै प्रबद्र्धकले कहिलेसम्म सम्पन्न गर्ने हो भन्ने विषय मुख्य सरोकार रहने उल्लेख गर्नूभयो ।

सो क्रममा प्रबद्र्धक कंपनीका तर्फबाटआयोजना प्रबद्र्धक कंपनीकातर्फबाट संचालक वु लगायतले बोल्नुभएको थियो ।  आयोजनाको संभाव्यता एवं हालसम्मको प्रगती विवरण, लगानीको स्रोत व्यवस्थापन, वातावरणिय प्रभाव आदी विषयमाथि केन्द्रित रहेर कार्य पत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा प्रबद्र्धक कंपनीमा ९४.४ प्रतिशत चिनिया र ५।.६ प्रतिशत स्थानिय लगानी रहेको जानकारी दिदैै समयमै आयोजना सम्पन्न गर्न कंपनी सक्षम रहेको दाबी कंपनीका अधिकारीहरुले गरेका थिए । भौतिक एवं भर्चुअल रुपमा भएको उक्त सुनुवाईका क्रममा सहभागीहरुले कंपनीको प्रस्तुतीकरण फितलो रहेका र सेयर, कन्सल्ट्यान्ट शुल्क आदीको आर्थिक भुक्तानी संबन्धी विवाद रहेको भन्दै उक्त विवाद समाधान गर्ने संबन्धमा प्रबद्र्धक कंपनीको जवाफ माग गरेका थिए ।

अनुष्का ढकाल भईन मिस ग्लोब कास्की २०२३

समाचार


पोखरा ।  मिस ग्लोब कास्की २०२३ को उपाधी  अनुष्का ढकालले जितेकी छिन् ।  फ्लेम लाउन्ज एण्ड बारमा चैत्र ३ गते सम्पन प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधी जितेकी हुन ।  

उनले भ्युअर च्वाइससहित शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत दिया परियारले फर्स्ट रनर अप र झरना छन्त्यालले सेकेण्ड  रनर अपको उपाधी जित्न सफल रहे ।

मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोललाई

समाचार


काठमाडौं।  एभरेष्ट इभेण्टसद्वारा आयोजित मिस टिन इन्टरनेशनल नेपाल २०२३ को उपाधि अनमोल शर्माले जितेकी  छिन् । शर्माले शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत एन्जेल मगरले फर्स्ट रनर अप, आरोही बस्नेतले सेकेण्ड  रनर अप, समृद्धी छेत्री अर्गनाइजर च्वाइस, सिम्रन परियार ब्राण्ड  एम्बासडर  र मेघा बिष्टले व्युटि  विथ ब्रेनको उपाधी जित्न सफल रहे ।  

आयोजकका अनुसार विजेताले २५ हजार नगदसहित एभरेष्ट फिल्म एकेडेमीबाट  १ लाख बराबरको छात्रब्रित्ती,  नेपाल एअर होटेज एकेडेमीमा १५ हजार बराबरको ट्रेनिङ सुविधा प्राप्त गर्नेछिन् भने फर्स्ट र सेकेण्ड रनर अपले १०/१० हजार, इडिआई ग्लोबल कन्सल्टेन्सीबाट ५० हजार र २५/ २५ हजारको छात्राब्रित्ती प्राप्त गर्नेछन् । साथै, फेसन ई कमर्स  शुट, मोडलिङ कन्ट्रयाक्ट, म्युजिक भिडियो र प्रडक्ट शुट र मुख्य विजेताले कम्बोडियामा हुन गईरहेको मिस टिन इन्टरनेशनल अन्तरराष्ट्रिय मंचमा प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संस्थाका सिईओ कृष्ण श्रेष्ठ ( रो बेन) ले बताए ।  

सुगन्धा अधिकारी र  आर्शु महर्जनको कोरियोग्राफीमा भएको प्रतियोगितामा अनिश श्रेष्ठले फोटोग्राफी र रोजिन शाक्यले प्रोग्राम होस्ट गरेका थिए ।  कार्यक्रममा दिक्पाल कार्की, बिना श्रेष्ठ, दिपक घिमिरे, इरिना श्रेष्ठ, हटि नटि श्रेष्ठ  र अन्जिता कार्की प्रसाईले जर्जको भूमिका निभाएका थिए ।

कार्यक्रम सिंगापुर बेभरेज नेपाल, फ्रुट जेम्स जुस यो बोबा, बबल टि किटको प्रायोजनमा भएको थियो ।

एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन

समाचार


काठमाडौं– गैरआवासीय नेपाली (एनआरएनए) सोसल क्लब ओमानको सातौ महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार एनबिओ अडोटोरियम हल मस्कटमा महाधिवेशन सम्पन्न भएको हो । सातौ महाधिवेसनले एनआरएनए ओमानको आगामी २०२३–२५ कार्यकालको लागी नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त सातौ महाधिवेसनले एनआरएनए ओमानका अध्यक्ष बिकल झालाई नै निरन्तरता दिएको छ । क्लबको १७ मार्च शुक्रबारको दिन सम्पन्न अधिवेशनले सन् २०२३–२०२५ का लागि २३ सदस्यीय कार्यसमित सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा सुरेश खड्का, रविन सिल्पकर,टिकाप्रसाद दाहाल र महिला उपाध्यक्षमा पूजा बस्नेत चयन गरेको छ भने महासचिबमा सुसन श्रेष्ठ, सचिबमा कमल अर्याल र लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार र महिला संयोजकमा गरिमा सुबेदी चयन गरेको छ ।

यस्तै कार्यसमितिको सदस्यहरुमा बसन्त नेपाली, काशी राम सुनार, सुबाश काफ्ले, बिबेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएका छन ।
कार्यक्रमका लागि मध्यपुर्वका अन्य देशहरु कतार, युएई, साउदी अरवबाट आईसिसिमा नेतृत्व गर्ने पदाधिकारी र अभियन्ताहरुको ओमानमा जमघट भएको थियो । उक्त महाधिबेसनमा सहभागी हुनको लागी एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,
सचिव प्रविन गुरुङ,एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली,अभियन्ता राजु सैयद,शनिकुमार ओली,एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएनए युएईका उपाध्यक्ष बिकास साहीलगाएत अतिथिहरु ओमान आएका थिए । एनआरएनए आईसिसिका अर्का उपाध्यक्ष डिबि क्षेत्री ओमानमै रहेका छन ।
आगामी २०२३– २५ कार्यकालको लागि पहिलो अधिवेसन ओमानको भएकाले यसलाई महत्वका साथ हेर्दै मध्यपुर्वका एनआरएनए नेतृत्वहरु ओमानमा जम्मा भएका हुन । आगामी आईसिसि नेतृत्व मध्यपुर्वले दावी गरिरहेको अवस्थामा ओमानमा मध्यपुर्वका नेतृत्वको जमघटलाई अर्थपुर्ण रुपमा हेरिएको छ । एनआरएनए आईसिसिको आगामी नेतृत्वका लागि मध्यपुर्वबाट उपाध्यक्ष आरके शर्माले दावी गरेका छन । उक्त महाधिवेसनमा ओमानमा रहेको नेपाली दूतावासलगायत नेपाली संघसँस्थाहरुको उपस्थिति रहेको थियो ।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अतिथिकारुपमा एनआरएनए आइसीसी उपाध्यक्ष आर के शर्मा, नरेन्द्र भाट र डि बि क्षेत्री, आइसीसी युवा उपाध्यक्ष राज रेग्मी,आइसीसी सचिव प्रबिण गुरुङ, मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए एनसीसी युएईका उृपाध्यक्षन बिकास शाही,अभियन्ता राजु सैयद, शनी कुमार ओली, जनसवाल दैनिकका सम्पादक रामजी बगाले लगाएतको सहभागिता रहेको थियो ।

महाधिबेसनमा बिभिन्न देशबाट आएका एनआरएनए अभियन्ताहरु एनआरएनए आईसिसि उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ, मध्यपुर्व संयोजक मनोज गोर्खाली, एनआरएनए अभियन्ता राजु सैयद, शनिकुमार ओली, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनआरएनए युएईका उपाध्यक्ष बिकास साहीले एनआरएनए ओमानको बिकल झाको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई शूभकामना ब्यक्त गर्दै मध्यपुर्व एकताका बारेमा आ–आफ्नो भनाई राखेका थिए । उनीहरूले मध्यपुर्व एकता गर्ने सहमती गर्दै एनआरएनए स्थापना भएको २० बर्ष हुदा पनि मध्यपुर्वले नेतृत्व नपाउनु दुखद भएको जनाउदै आगामी नेतृत्वमा मध्यपुर्वलाई सहयोग गर्न समस्त गैरआवासिय नेपालीलाई आग्रह गरे ।
उक्त अधिवेसनमा एनआरएनए आईसिसि उपाध्यक्ष डिबि क्षेत्रीले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै अवको आईसिसि नेतृत्व मध्यपुर्वले पाउनुपर्ने दावी गरे ।
कार्यक्रममा ओमानका लागी नेपाली राजदुत डोरनाथ अर्यालले एनआरएनए मध्यपुर्वको नेतृत्वलाई ओमानमा स्वागत गर्दै आफुले नेपाली समुदायसँग सहकार्य गरेर काम गरिरहेको र गर्ने बताए । राजदुत अर्यालले एनआरएनएले नेपाली समुदायको हक हितका लागी धेरै काम गरिरहेको जनाउदै एनआरएनएको सराहना गरे । उनले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमीतीको स्वागत गर्दै सबै नेपाली संघ सँस्थासँग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । राजदुत अर्यालले ओमानमा रहेका नेपालीहरुको हक हित र अधिकारको लागी आफू सधै तल्लीन रहेको जनाउदै कोही नेपालीलाई समस्या परे सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गरे ।
उक्त कार्यक्रममा एनआरएनए उपाध्यक्ष आरके शर्माले एनआरएनए ओमानको नयाँ कार्यसमिति लाई शुभकामना ब्यक्त गर्दै आगामी आईसिसि नेतृत्वमा आफुले दावी गरेकाले सहयोग गर्न बिश्व मा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । शर्माले रेमिटेन्सको हव मध्यपुर्व,मलेसिया र कोरिया बाट पठाएको रेमिटेन्स सही सदुपयोग गर्नुपर्ने जनाउदै रेमिटेन्सको १० प्रतिशत सामूहिक लगानीमा प्रयोग गर्न माग गरे । शर्माले आफुले धेरै पहिलेदेखि सरकारसँग यो बिषयमा पटक पटक कुरा भएपनि लागु नभएकोमा आफू दुखी रहेको जनाउदै सरकारले यती मात्रै गरेपछी अबैधानीक बाटोबाट पैसा नेपाल नजाने र रेमिटेन्समा ठुलो रकम बृद्दि हुने बताए ।
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको ७० प्रतिशतभन्दा बढि रेमिट्यान्स अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेकोले सही सदुपयोग गर्नु नै आजको आवश्यकता रहेको बताए । उपाध्यक्ष शर्मा विगत लामो समयदेखि रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा सामुहिक लगानी गर्नका लागि सरकार समक्ष आग्रह गर्दै आउने ब्यक्तिका रुपमा चिनिन्छन ।
उक्त कार्यक्रममा शर्माले नेपालमा रेमिट्यान्स भित्रिएको छ भनेर मात्र मख्ख नपर्न आग्रह गर्दै उत्तिकै मात्रामा पैसा बाहिर गइरहेको दावी पनि गरे । उनले भने –‘रेमिट्यान्स भित्रिएको मात्र छैन बाहिर पनि गइरहेको छ ।’
उपाध्यक्ष शर्माले विदेशबाट पठाएको झण्डै ८ खर्व रेमिट्यान्सको १० प्रतिशत मात्र सामूहिक लगानीमार्फत जम्मा गर्न सकियो भने वार्षिक ८० अर्व पूँजी संकलन हुने र जुन नेपालको विकास बजेटको २५ प्रतिशत भन्दा धेरै हुने बताए । उनले भने–‘हाम्रो रेमिट्यान्सको ७०% भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भैरहेको छ, अर्कोतर्फ तरकारी, खाद्यान्नदेखि इन्धनसम्म आयात गर्दा फेरि ६० प्रतिशतभन्दा बढि रेमिट्यान्स बाहिर नै गइरहेको छ ।’ उनले
विदेशमा रहेका झण्डै ९८ प्रतिशत नेपालीको तन प्रदेशमा रहे पनि मन हरपल नेपाल मैं रहिरहने भएकाले सबैको साझा सपना भनेको सुरक्षित र सम्मानित वैदेशिक रोजगारका साथै रेमिट्यान्स, सीप, ज्ञान तथा अनुभवको लगानी गरेर स्वदेश नै फर्कने रहेको बताए ।
प्राकृतिकरुपमा धनी देशमा नेपालीहरु ‘आफ्नो देशको हिरा छोडेर जीरा खोज्न’ विदेसिनु परेको यथार्थ सुनाउँदै शर्माले भने–‘ हामीसंग झण्डै ४२ हजार मेगावाट बिजुली उत्पादन क्षमता हुनु, विश्वका १० उच्च हिमाल मध्ये ८ हिमाल नेपालमा नै रहनु, बुद्धको जन्म स्थल हुँदा बौद्ध धर्मालम्बीहरूको तीर्थ लुम्बिनी बन्नु, अथाह प्राकृतिक स्रोत हुँदा पनि हामीले विकास गर्न नसक्नु दुर्भाग्य हो ।’
अहिले विश्व क्लिन इनर्जीको पछि लागिरहँदा नेपालले पनि योजनाबद्ध ढंगबाट लाग्ने हो भने नेपालमा आयात हुने धेरै कुरालाई प्रतिस्थापन गर्न सकिने शर्माको भनाई छ । उनी भन्छन–‘क्लिन इनर्जीबाट कुकिंग ग्याँसलाई रिप्लेस गर्न सकिन्छ भने त्यसको केही गुणा बढि पेट्रोल अनि डिजल न्यूनिकरण गर्न सकिन्छ, त्यसका लागि सरकारले आजैबाट काम शुरु गर्नुपर्छ । कार्यक्रममा उपाध्यक्ष शर्माले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुका लागि विशेष प्राधिकरण नै निर्माण गरेर दीर्घकालिन योजना बनाउन सरकारसमक्ष आग्रह गरेका छन ।
उक्त कार्यक्रममा एनआरएनएका यूवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए ओमानको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी नेतृत्वमा मध्यपुर्वको दावी स्वभाबिक भएको बताए ।

नेपाल सरकार र एनआरएनए समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै गैरआवसिय नेपाली संघ, समृद्ध नेपाल निमार्णका लागि एक महत्वपुर्ण हिस्सा रहेको सच्चाई कसैविच नछिपेको बताए । उनले एनआरएनएको यूवा उपाध्यक्षको नाताले यस अभियानका गतिविधीलाई अत्यन्त गौरवको रुपमा हेरेको जनाउदै विविध कारणवाट देशलाई समस्या परेको समयमा संघले सक्दोरुपमा सहयोगका लागी कुनै कसुर वाँकी नराखेको बताए । नेपाल सरकार र गैर आवासिय नेपाली संघ समृद्ध नेपालका लागि परिपुरक भएको जनाउदै रेग्मीले
वैदेशिक रोजगारीको साथमा व्यावशायीक संलग्नतामा आफुले लामो श्रृखला पार गर्दै विगतदेखि वर्तमानमा आइपुग्दा समाज भित्र रहेर धेरै सेवा गर्ने र ज्ञान प्राप्त गर्ने अवसर पाएको बताए । रेग्मीले समाजसेवा आफ्नो लागि आत्मसन्तुष्टिको विषय बनेको छ जनाउदै
गैर आवासीय नेपाली संघको यो लामो यात्रामा संघका उद्देश्यले सार्थकता पाईरहेको महसुस हुदै गर्दा संघले नेपालको विभिन्न कालखण्डमा आई परेका दैविप्रकोप र अन्य राष्ट्रिय समस्याहरुमा गरेको मानविय र सामाजिक कार्यहरुको अलवा सामूहीक लगानी, संघका अग्रज अभियन्ताहरुले शिक्षा, पर्यटन, स्वास्थ्य र विद्युत क्षेत्रमा गरेको लगानीहरुलाई महत्वपूर्ण आधारका रुपमा हेरिएको बताए । सामुहिक लगानीबाट आर्थिक विकास र समृद्धीको आधारमा विश्वास भएपश्चात फेरी पनि गैर आवासीय नेपाली संघले संस्थागत रुपमा एनआरएन डेभलपमेण्ट फण्डको व्यवस्था गरी १० अर्व
लगानी गरेको जनाउदै र एनआरएनए देश विकाशको लागी नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा एनआरएनए सचिव प्रविन गुरुङले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना दिदै बिदेशका धेरै देशले विकाशमा छोटो समयमा नै फड्को मारेको जनाउदै प्राकृतिक सम्पदाले भरिपुर्ण नेपाल सरकारसँग ईच्छाशक्ती हुने हो भने बिकाशको लागी समय नलाग्ने बताए । उनले देश विकाशको लागी विदेशमा बस्ने नेपालीहरुको जे योगदान गर्न परे पनि आफूहरु तयार रहेको बताए । गुरुङले हाल मध्यपुर्वको नेतृत्व स्वभाबिक भएको जनाउदै मध्यपुर्वको एकता नै बल भएकाले आफूले यस्को लागी जस्तो योगदान दिन पनि तयार रहेको बताए ।
कार्यक्रममा एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खालीले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमितीले निर्विरोध नयाँ कार्यसमिति चयन गरेर उदाहरणीय काम गरेको जनाउदै आगामी आईसिसि नेतृत्वमा मध्यपुर्वको दावी गरे । गोर्खालीले अव मध्यपुर्व नेतृत्वले सोच्नुपर्ने समय आएको जनाउदै बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई एकपटक आगामी नेतृत्वका बारेमा सोच्न आग्रह गरे ।
उक्त अधिबेसनमा एनआरएनए अभियन्ता राजु सैयद,शनि कुमार ओली, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनआरएनए युएईका उपाध्यक्ष बिकास साहीलगाएतले एनआरएनए ओमानको नवनिर्वाचित कार्यसमिती लाई शुभकामना ब्यक्त गर्दै एनआरएनएका विविध बिषयमा चर्चा गरेका थिए ।
उनिहरुले लाखौ नेपालीहरुको प्रतिनिधीत्व गरेको मध्यपुर्वले पहिलोपटक नेतृत्वको माग गर्नु स्वभाविक भएकाले बिश्वमा रहेका सबै गैर आवासीय नेपालीहरुलाई एकपटक सोच्न आग्रह गरे ।
उक्त कार्यक्रमका सभापती एबं नवनिर्वाचित अध्यक्ष बिकल झाले अधिवेसन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आफू र सिंगो कार्यसमितिले नेपाली दुतावास र ओमानमा रहेका संघ सँस्थासँग सहकार्य गरेर नेपालीहरुको हक हितका लागी काम गर्ने बताए ।


गैरआवासीय नेपाली सोसल क्लब ओमानले आफ्नो महाधिवेशनमा गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल पार्न सहयोग गर्ने आफ्ना सदस्यहरु, बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु, आमन्त्रित अतिथीहरु, राजदुत तथा ओमानबासी नेपालीहरुप्रती कृतज्ञता ब्यक्त गरेको छ । ओमान सरकारबाट मान्यता प्राप्त एनआरएन सोसल क्लब ओमानले ओमानमा रहेका नेपालीहरुको समस्यामा तथा स्वदेशमा विभिन्न सामाजिक कार्यका अलवा विपतको समयमा सहायता उपलब्ध गराउँदै आइरहेको छ ।

लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न

समाचार


काठमाण्डौं । ए.एन.पी. मेडिया हाउसको आयोजनामा प्रतियोगितात्मक कार्यक्रम लिटिल प्राईड अफ नेपाल  सम्पन्न भएको छ । प्राईड अफ नेपाल २०२३ / सिजन ५ नामक प्रतिभाको कार्यक्रम  गत फाल्गुन ३० गते मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको होे । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुले ७ वटा शनिबारमा दैनिक ६ घण्टा नृत्य, गायन र अभिनयमा तालिम लिएर, आफ्नो प्रस्तुती गरेका थिए । सो कार्यक्रम काष्ठमण्डप टेलिभिजन र लिटिल प्राईड अफ नेपालको फेसबुकबाट प्रत्यक्ष प्रशारण भएको थियो । लब बहादर कार्की
कार्यक्रममा नृत्य तर्फ सन्दीप भुजेल, गायन तर्फ: कृष्ण भट्टराई र अभिनय तर्फ नमुना दाहालले तालिम दिन’भएको थियो । शम्भु प्रसाद रेग्मीको संयोजन र लोमश बहादुर कार्कीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा प्रनीमा दाहालले कार्यक्रम संचालकको भ”मिका निर्वाह गरेकी थिईन् । 
ए.एन.पी. मेडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले कायृक्रम सोहार्दप”र्ण वातावरणमा सम्पन्न भएको जानकारी दिन’ भयो ।

विजेताको नामावली

नृत्य प्रतियोगिताका विजताहरु (जुनियर गल्र्स)
संकृति सुवेदी: विजेता
आर्यधा अधिकारी: फस्ट रनर अप
गृस्मा गौतम: सेकेण्ड रनर अप
आयुषा विष्ट: र्थड रनर अप
रश्मी नगरकोटी: फोर्थ रनर अप
योजना धमला: फीफ्त रनर अप
आयुना श्रेष्ठ: सिक्थ रनर अप
दिपीका पाठक, अर्जिता पौडेल: मोष्ट पपुलर वीनर
कविना चुडाल: पब्लिक च्वाइस वीनर
एलिजा पौडेल, आकृति रिजाल: मोष्ट एक्टीभ

नृत्य प्रतियोगिताका विजताहरु (सिनियर गल्र्स)
रिमुन दाहाल: विजेता
सोहा अलि खान: फस्ट रनर अप
समिक्षा थापा मगर: सेकेण्ड रनर अप
एन्जी पुन मगर: थर्ड रनर अप
एर्डिना नेवा: फोर्थ रनर अप
सारीका थापा: मोष्ट पपुलर वीनर
सम्रागी घिमिरे: पब्लिक च्वाइस वीनर

गाएन प्रतियोगिताका विजताहरु
प्रान्जल पाण्डे: विजेता
दिप्सना श्रेष्ठ: फस्ट रनर अप
सम्राट बोगटी: सेकेण्ड रनर अप
अर्दिका सिंह: मोष्ट पपुलर वीनर
सदिक्क्षा थापा: पब्लिक च्वाइस वीनर

अभिनय प्रतियोगिका विजताहरु
सदिक्षा शर्मा: विजेता
प्रागी तिमल्सीना: फस्ट रनर अप
अनुपम घिमिरे: सेकेण्ड रनर अप
अनुपम घिमिरे: मोष्ट पपुलर वीनर

मिस्टर एण्ड मिस सुदुर पश्चिमान्चल २०२३ सम्पन्न

समाचार


धनगढी । न्यु राईजद्वारा आयोजित मिस्टर एण्ड मिस सुदुर पश्चिमान्चल २०२३ सम्पन्न गरिएको छ। धनगढी स्थित उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न भएको पेजेण्टमा सुमन खत्री, मेधान्श शाही र सिर्जना थापा मगरले  टाइट्ल हात पारेका छन ।  मिस सुदुर पश्चिमान्चल वर्ल्ड डाइभर्सिटी मिस स्नेहा चौधरी घोषित भएकी छिन् । विवेक शाही ,आर्जु बम मिस्टर एण्ड मिस वर्ल्ड वाइड नेपाल साबित भए भने मिस्टर लिट्ल सुदुर पश्चिमान्चल अन्कुस कडायत भएका छन् ।  त्यसैगरि मिस टिन सुदुर पश्चिमाञ्चल सम्झना बिष्टले हात पारेकी छन् भने मिस्टर लिट्ल फार्वेस्ट आर्जु चौधरी र लिट्ल फेस अफ फार्वेस्टको टाईटल अर्जुन बिस्टले हात पारे ।  

मिस्टर एण्ड मिस प्री टिन भने बिराज बोहरा र एन्जल रोकाया भए ।  साथै, सर्बाधिक चर्चित मोड्ल बिराज बोहरा साबित भएका छन्। मिस कन्जेनालिटी बिजेता निरुता चौधरी भएकी थिईन भने मस्ट कन्फिडेन्ट पुजा मल्ल र मिस ट्यालेन्टको टाइटल स्नेहा चौधरीले हात पारेकी हुन । 

प्रमुख अतिथि भोज राज पाठक रहनु भएको उक्त कार्यक्रममा विभिन्न टाईट्ल बिजेता अतिथिका रुपमा उपस्थिति हुनु भएको थियो ।  कार्यक्रमको निर्णायक एलिसा गौतम,पुजा बगाले र साबित्रा जोशी रहनु भएको थियो ।  

आगामी दिनमा अझै प्रोत्साहन र नयाँ प्रतिभाको खोजी गरि अन्तरराष्ट्रिय रुपमा चिनाउने  प्रतिबद्धता आयोजक टिमले गरेको प्रतियोगिताका कोरियोग्राफर नबराज देउबाले जानकारी गराउनुभएको छ ।

राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न

समाचार


काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर गिरी, सुरक्षा भट्टराई, गीता अधिकारी, अभिनेता सञ्जय खतीवडा, साहित्यकार भिष्मराज फुलारा, गीतकार वि पाण्डे, संगीतकार दिपक शर्मा, राजेन्द्र बजगाई, निर्देशक देवेन्द्र पाण्डे, लिगेश भट्टराई, लव प्याकुरेल, चलचित्र विकास बोर्डका चिरञ्जिवी गुरागाई लगायत बरिष्ठ तथा विशिष्ठ व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा यस वर्षको संगीत पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार विदुर गिरीलाइ प्रदान गरिएको छ भने साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँबर, भुम्लु गाउपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), रमा थापा, गीतकार राजेन्द्र पुरी, गायिका केन्जुमा सुब्बा, पत्रकार राज लुईटेल, संगीतकार शंकर थापा स्माई, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, संचारकर्मी दिनेश थापा, मुर्तिकार विनिता श्रेष्ठ, निर्देशक चेतनाथ दंगाल, अभिनेता दिनेश के.सी लगायतका व्यक्तित्वहरु पनि सोही समारोहमा सम्मानित भए । कार्यक्रम गीतकार तथा सञ्चारकर्मी शान्तिप्रियको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाली हुनुमा गर्व गरौं कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नारा लिएर विगत ६ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने सम्पुर्ण भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ । सम्पुर्ण भाषा भाषिका कलाकारहरुलाई प्रतिष्पर्धा भन्दा पनि सामुहिक मञ्च प्रदान गरेर आत्मियता भाईचार र एकताको शन्देश प्रवाह गर्ने उदेश्य लिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा होटल आर्ट ठमेल, गोल्डेन हस्पिटल बिराटनगर, नेशनल डेल्फिपक काउन्सील नेपाल, एस. के. डिजिटल नेपाल, ओम समाज डेन्टल अस्पाल, एवन क्याफे गौरीघाट, केईसी ईन्जिनियरिङ कन्सल्टेन्सी धनगढी र काठमाण्डौ, चलचित्र विच्छेद, एस एम् एस सेक्यूरिटि प्रा.लि. लगायत ले सहयोग गरेका थिए भने साँफेबगर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, भुम्लु गाउँपालिका, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १ र काठमाण्डौ महानगरपालिका ले कार्यक्रमको प्रवद्र्धन गरेका छन् । 

निम अवार्डको प्रत्यक्ष प्रशारण काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल, सप्तकोशी टेलिभिजन लगायत विभिन्न युटुव च्यानलहरुबाट तथा अनलाईमाफर्त प्रत्यक्ष प्रशासण गरिएको छ ।
कार्यक्रममा मोडल सनम कठायत, पत्रकार चक्र कुँबर, गायिका कालिका रोक्का, छायाँकार कृष्ण बहादुर थापा, निर्देशक निरेन श्रेष्ठ, गायक ओम सुनार, संगीतकार राजु शर्मा नेपाली, गायिका रोशनी रसाईली निर्देशक उमेश गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय, कल्याण अधिकारी, बरिष्ठ संगीतकार जुगल डंगोल, गीतकार भरत बम्जन, संचारकर्मी तथा निर्देशक विजय रत्न तुलाधर, कस्तुप पन्त, विरेन्द्रभाट विपिन, लगायतका विभिन्न क्षेत्रमा ख्याती कमाएका र विभिन्न भाषा भाषिहरुमा काम गर्ने व्यक्तित्वहरुले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२३ (निम अवार्ड) का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
प्रकाश सुवेदी :असारै लाग्यो
सर्वोत्कृष्ट आधुनिक गीतकार
सुनिल संगम: तिम्रो लागी
सर्वोत्कृष्ट आधुनिक गायक
अभिनय यादव: मायाको सुरुवात
पपुलर गायक शिव परियार: धोकेबाज
सर्वोत्कृष्ट आधुनिक गायिका
बेनिशा पौडेल: नछुटोस
सर्वोत्कृष्ट आधुनिक संगीतकार
अर्जुन पोखरेल: धर्ती आकाश
सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष
दिलिप ओखेडा : भनि देन ए मन
सर्वोत्कृष्ट आधुनिक मोडल जुरी अवार्ड
लाक्पा लामा : फकाँउदानी रिसाउने
सर्वोत्कृष्ट आधुनिक मोडल महिला
सुष्टि खड्का : छुनुमुनु
सर्वोत्कृष्ट आधुनिक/ पप निर्देशक
कृष्णदेव रुपाखेती: याद किन यस्तो आउँछ्
सर्वोत्कृष्ट आधुनिक/पप निर्देशक जुरी अवार्ड
दिनेश ठकुल्ला : पागल हो म पगाल
सर्वोत्कृष्ट लोकपप गायन पुरुष
कृष्ण काफ्ले :  सके हंसाउछु
सर्वोत्कृष्ट लोकपप गायन महिला
निता आचार्य  : मनको धोको
सर्वोत्कृष्ट लोकपप गायिका महिला जुरी अवार्ड
सरिता भारती : तिम्रो मायाले न हो
सर्वोत्कृष्ट लोकपप गायिका पब्लिक च्यवाईस अवार्ड
बसन्ती राई : बेबी बसन्ती
सर्वोत्कृष्ट लोकपप गीतकार
भानु आचार्य : प्रतिक्षा
सर्वोत्कृष्ट लोकपप गीतकार जुरी अवार्ड
पुरुषोत्तम सानु :  ढुङ्गा कुँदेर
सर्वोत्कृष्ट लोकपप संगीतकार
मानस राज : लै लै राजकुमारी
सर्वोत्कृष्ट लोकपप संगीतकार पब्लिक च्वाईस अवार्ड
टिका बम्जन : ठ्याक्क ठ्याक्क
सर्वोत्कृष्ट नवप्रतिभा गायन
दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष
विकसीत शर्मा : मुना मदन ३
सर्वोत्कृष्ट नवप्रतिभा मोडल पुरुष जुरी अवार्ड
सुदिप श्रेष्ठ : नेपाली भेष
सर्वोत्कृष्ट नवप्रतिभा मोडल महिला
कुमारी बराईली : विदा मागेर तिमि
सर्वोत्कृष्ट युगल गायन
नविन कार्की र मेलिना राई : सागरले मोती पायो
सर्वोत्कृष्ट युगल गायन
देविका बन्दना : तिम्रो मायाको सागर जुरी अवार्ड
सर्वोत्कृष्ट लोकदोहोरी शब्द
नारायण कँडेल : यति कुरा भन्नु थियो
सर्वोत्कृष्ट लोकदोहोरी शब्द जुरी अवार्ड
अनिल खनाल : बच्चाकी आमा
सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र वि.क : जलजला
सवोत्कृष्ठ लोकदोहोरी गायक जुरी
शक्ति चन्द : स्याउला
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
विन्दु विहानी : दिलको राजा
सवोत्कृष्ठ लोकदोहोरी गायिका जुरी
शुशिला गौतम : भुई छोडेकी चरी
सर्वोत्कृष्ट लोकदोहोरी गायिका जुरी अवार्ड
सविना कार्की : तिम्रो त्यो मुटुमा
सर्वोत्कृष्ट लोकदोहोरी लय
श्रीकृष्णबम मल्ल : निर्माया ठुली
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
प्रकाश तामाङ : डोकोडालो
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
कविता न्यौपाने : पेन किलर
सर्वोत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
यमुना रसाल : बैश दिन नमिल्ने सापटी
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
शिव वि.क : रुमाल साँट्न पर्दैन
सर्वोत्कृष्ट कोरियोग्राफर
अजय स्याङ्तान : च्यागो
पपुलर कोरियोग्रफर
गम्भिर विष्ट : चस्मा
सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापाँगाई : रित्तिदैन आँशु
सर्वोत्कृष्ट ध्वनी मिश्रण
डिका गुरुङ : अर्को जुनी
सर्वोत्कृष्टसंगीत संयोजक (एरेन्जर)
पुष्कर खत्री : ओई कमला
सर्वोत्कृष्ट छायाँकार
दिपक गिरी : ए आकाश
सर्वोत्कृष्ट बाल प्रतिभा गायन
सुप्रिम मल्ल : फापरको पिठो
सर्वोत्कृष्ट बाल प्रतिभा मोडल जुरी
सम्राट दाहाल : छोराछोरी विदेशी
सर्वोत्कृष्ट बाल प्रतिभा गायन इन्करेज्मेन्ट
उपमा थपलिया : बुद्धको भुमि
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
सर्वोत्कृष्ट मौलीक भाषाभाषी गीत
अनु लामा : च्यागो (तामाङ)
सर्वोत्कृष्ट डेउडा भाका गीत
दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
सर्वोत्कृष्ट डेउडा भाका गीत जुरी अवार्ड
शान्ति शाही चन्द : पहाडकी मैना चडी
सर्वोत्कृष्ट डेउडा भाका भिडियो
एलपि शर्मा : लिलु
सर्वोत्कृष्ट डेउडा भाका भिडियो पब्लिक च्वाईस अवार्ड
जनक सिंह : मेरा गाउँ जाल्ली
सर्वोत्कृष्ट काँठे भाका गीत
अमृत खाती : बाँसको कप्टेरो
सर्वोत्कृष्ट काँठे भाका गायन
नमराज ढुङ्गाना : फुल फुल्यो अमला
सर्वोत्कृष्ट नेपाल भाषा गीत
प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
सर्वोत्कृष्ट नेपाल भाषा गायन
राजेन्द्र डंगोल : चकना चकना
सर्वोत्कृष्ट तामाङ भाषा गीत
मदन घ्लान : पुर्व सिलिङ लिङ
सर्वोत्कृष्ट तामाङ भाषा मोडल
सागर घिसिङ : नेसी मुसुक्क
सर्वोत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
सर्वोत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
बिरेन्द्र झा : हमरो रंग लगा दे
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
बिक्रम गुप्ता : पूर्वा हावा
सर्वोत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ) पब्लिक च्वाईस
मेनुका माझी :  कोन रोग तू लगा देलौ
सर्वोत्कृष्ट मेकअप आर्टिष्ट
विक्रम गौतम :  फिँजाई पंख
सर्वोत्कृष्ट दशकको अवार्ड
हरि कुमार कर्माचार्य : पिरतीको तालमा

राष्ट्रिय समावेशी म्युजिक अवार्डमा दोङलाई रजत सम्मान, गिरीलाई रंगपत्रकारिता पुरस्कार प्रदान गरिदै

समाचार


काठमाण्डौ – “नेपाली हुनमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ विगत ६वर्ष देखि आयोजना हुदै आएको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड २०२३ को समापन कार्यक्रम यहि आईतवार ललितपुरको स्क्वायर होटेलमा सम्पन्न हुँदै छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको प्रमुख आतिथ्यता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शुशीला श्रीपाली ठकुरीको विशिष्ठ आतिथ्यता तथा नेपाली कला संस्कृति तथा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुन गईरहेका कार्यक्रममा बरिष्ठ गायक एवं संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको आयोजक पक्षले जानकारी दिएको छ ।

यस्तै पिम नेपालले यस वर्षको रंग पत्रकारिता पुरस्कार बरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गर्न लागिएको बताइृएको छ । कला संस्कृति, पर्यटन तथा समाजसेवामा समर्पित व्यक्तित्व अछामका राजेन्द्र बहादुर कुँबर, भुम्लुगाउँपालिका जितेन्द्रमान तामाङ , पत्रकार राज लुईटेल, संगीतकार तथा गीतकार रमा भण्डारी, गीतकार तथा ईभेन्ट निर्देशक राजेन्द्र पुरी लगायतका कला,मनोरञ्जन तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरु कार्यक्रममा सम्मानित हुने भएका छन् ।

गायक दोङलाई विगत चार दश देखि विषेश गरि तामाङ भाषाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पिम नेपाल रजत सम्मान प्रदान गर्न लागिएको हो भने लामो समय देखि पत्रकारिताका माध्यमबाट नेपाली चलचित्र तथा गीत संगीतका क्षेत्रमा योगदान पुर्याएको भन्दै बरिष्ठ पत्रकार गिरीलाई नगद सहित पिम नेपाल रंगपत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष माधव राज खरेलले बताएका छन् ।

नेपालमा बोलिने विभिन्न भाषाभाषिमा बनेका गीत संगीत तथा भिडियोहरुका कलाकारहरुको बृहत सहभागितामा आयोजना हुदै आएको अवार्ड कार्यक्रममा ४२ विधामा अवार्ड प्रदान गरिने भएको जानकारी आयोजक पक्षले गराएको छ ।

पासाङ याङ्जीलाई पन्ध्रौं संस्कारणको मिस तामाङ उपाधि

समाचार


काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो । मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो ।

अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो ।

मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभयो भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराईदिनुभयो ।

प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ र सेकेन्ड रनर अपको उपाधि सिर्जना गोले तामाङले प्राप्त गर्नुभयो 

प्रतियोगितामा विभिन्न टाइटलहरु पनि प्रदान गरिएको थियो । यसैक्रममा सेकेन्ड रनर अपको उपाधि जित्नुभएका गोलेले मिस मल्टिमिडिया टाइटल समेत हात पार्नुभयो ।

त्यस्तै सबिना तामाङले मिस फोटोजेनिक,बिनिता लुङ्बा,सरिता तामाङ र सिर्जना गोले मिस अनलाइन भोटिङ,मुस्कान तामाङ मिस बेष्ट वल्क,पूजा दोङले मिस ट्यालेन्ट,मेलिना योञ्जनले बेस्ट ड्रेस,प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर,सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी टाइटल प्राप्त गर्नुभभयो ।

तामाङ संस्कृति,भाषा,कला तथा भेषभुषाको संरक्षण तथा युवा पुस्तामा हस्तान्तरणमा सहयोग पुर्याउने उद्धेश्यले हरेक वर्ष सोनाम ल्होछारको अवसरमा मिस तामाङ प्रतियोगिता कार्यक्रम आयोजना गर्ने गरिएको मम्स इन्टरनेसनल नेपालका निर्देशक रञ्जिता ब्लोन लामाले बताउनुभयो ।