मलेसिया । बिगत २ दशकदेखी मलेसियामा बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका एनआरएनए सचिव एबं बिकास हाईड्रोका अध्यक्ष खगेन्द्र न्यौपाने मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका छन ।
एनआएनए आईसिसि सचिव न्यौपानेलाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत २ दशक देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उक्त सम्मान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा सम्मानित भएका न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका हुन ।
उक्त कार्यक्रममा मलेसियामा रहेका धेरै संघ सँस्था हरुको प्रतिनिधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।

न्यौपानेले नेपालमा हाईड्रो,बैंकिंग,पर्यटन,रियल स्टेटलगाएतका क्षेत्रमा र मलेसियामा सेक्युरिटी कम्पनी संचालन गरेका छन । न्यौपानेले ब्यावसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा न्यौपानेले गरेको योगदानको उच्च मूल्यांकन गदै न्यौपानेलाई यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै न्यौपानेले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल हुने बताए ।

उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
काठमाण्डौ – ग्रोइङ इन्टरप्रेनरशीप इकोसिष्टम एण्ड ईट्स च्यालेन्ज टु फ्युचर इकोनोमी अफ नेपाल विषयक व्यवसायिक छलफल सहित उद्यमशीलता सम्बन्धी ‘व्यावसायिक योजना’ प्रतियोगिता सम्पन्न भएको छ । चार दिन सम्म सहभागीहरुलाई विजनेश गर्ने तरिका र योजनाहरुको विषयमा प्रशिक्षण दिइसकेपछि पाँचौ दिनमा विजनेश प्लान कम्पिटिशन कार्यक्रमको आयोजना गरि उत्कृष्टलाई पुरस्कृत गर्दै कायक्रमको समापन गरिएको छ ।
युनि ग्लोव कलेज अन्गर्तको युनि ग्लोवल इन्टरप्रेनरशीप सेलको आयोजना तथा इन्टरनेशनल लेवर ओर्गनाइजेशन र सेल प्रोजेक्टको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा प्रतिस्पर्धिहरु विच छलफल गरिएको थियो । छलफल कार्यक्रममा आईएलओको सेल प्रोजेक्सटको नेशनल प्रोजेक्ट कोडिनेटर प्रकाश शर्मा, ग्लोवल इक्वीटी फण्डका संस्थापक तथा प्रबन्ध निर्देशक मनिष थापा, महिला उद्यमी लक्ष्मी शर्मा, सरलमाइण्डको सिइओ अधिप पौडेयाल लगायतका व्यक्तित्वहरु प्यानल कोडिनेटरको रुपमा रहेका थिए । १ सय १७ जना सहभागी रहेको उक्त कार्यक्रममा सेलको अध्यक्ष आकाश कार्की, पिआर हेड प्रशान्त पाण्डेको समेत सहभागतिा रहेको थियो भने कार्यक्रमको सहजीकरण सपना जोशीले गरेकी थिईन ।
ग्रोइङ इन्टरप्रेनरशीप इकोसिष्टम एण्ड ईट्स च्यालेन्ज टु फ्युचर इकोनोमी अफ नेपाल विषयक शिर्षक राखेर आयोजना गरिएको उक्त प्रतियोगीतामा उत्कृष्ट विद्याथीले नगद रु १० हजार प्राप्त गरेका छन् । प्रतियोगीतामा साइकोन शिर्षकमा सबै भन्दा उत्कृष्ट प्रस्तुती दिदै युनि ग्लोव कलेजका विद्याथी प्रशन्न पाण्डे नगद सहित प्रथम हुदै पुरस्कृत भएका छन् ।
कार्यक्रममा पछिल्ला दिनमा नेपालको अर्थतन्त्र खस्कँदै जानु र नीति नियमहरू कार्यान्वयन हुन नसक्नुका कारण बारे छलफलमा सूक्ष्म विश्लेषण गरिएको थियो । नेपालको अर्थतन्त्र खस्कदै गइरहेको अवस्थामा किन निति नियमहरु कार्यन्वयन हुन सकिरहेको छैनन् र भाबी उद्यमीहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउनको लागि खेल्न सक्ने भुमिकाको विषहरुमा पनि छलफल भएको थियो ।
काठमाडौँ —
सासा प्रोडक्सनको ब्यानरमा 'मिस्टर एन्ड मिस राईजिङ टीन नेपाल' को पहिलो संस्करण राजधानीमा सम्पन्न भएको छ। उक्त सौन्दर्य प्रतियोगिताको शीर्ष ताज रोहित तामाङ्ग (मिस्टरतर्फ) र साहरा गिरि (मिसतर्फ) ले जितेका छन। अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै तामाङ्गले 'मिस्टर राईजिङ टीन नेपाल'को शीर्ष ताजसहित बिधागततर्फको 'मस्ट पपुलर' र 'मिस्टर फोटोजेनिक' को अवार्ड आफ्नो हातमा पार्न सफल रहे भने गिरिले'मिस राईजिङ टीन नेपाल'को शिर्ष ताज सहित बिधागततर्फको 'पर्फेक्ट बडी'को अवार्ड आफ्नो हातमा पारिन।
बिजेताले उपाधीसंगै सासा प्रोडक्सनको तर्फबाट अन्य आकर्षक गिफ्ट ह्याम्पर, शैक्षिक छात्रबृत्तीलगायत मोडलिङ सम्वद्द आकर्षक अवसरहरु प्राप्त गरेको आयोजक संस्थाकी सिईओ अमिसा ओलीले जनाईन।
अस्मिता तामाङ्गको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा नबराज देउबा, सुशान्त सुबेदी र श्रीयंका थापा रहेको आयोजक संस्थाकी को फाउन्डर सामना खत्रीले जनाईन।
त्यस्तै प्रतियोगितामा जेसी शेर्पा अर्गनाईजर चोईस र सबिना बिष्ट मिस राईजिङ मोडल घोषित भए। शेर्पाले बिधागत तर्फको 'बेस्ट पर्सनालिटी' र बिष्टले मिस ब्यूटीफुल र मिस फोटोजेनिक तर्फको अवार्ड आफ्नो हातमा पार्न सफल भए। 'मिस टीन फ्रेशर' र 'मिस र्याम्पवाक' रिशिका कार्की, मस्ट पपुलर, ब्यूटी वीथ पर्पस र मस्ट डिसिपिलिन रेचल मगर, मिस्टर ट्यालेन्ट ग्याजोल लामा र बिनिशा मगर मिस ट्यालेन्ट घोषित भएको संस्थाका एक्ज्युकेटिभ डिरेक्टर अनुराग भट्टले जनाए।
युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले पहिलो संस्करणको ‘मिस्टर एन्ड मिस राईजिङ टीन नेपाल’ सम्पन्न गरिएको आयोजक संस्था सासा प्रोडक्सनका म्यानेजिङ डिरेक्टर शनीसिंह राजपुतले जनाए ।
काठमाण्डौ- पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ ।
निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताएका छन् ।
कार्यक्रमको समापन एक भव्य समारोहको विच फाल्गुनको दोश्रो साता हुने भएको छ । उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले वताएका छन् ।
उत्कृष्ट मनोनयनहरु :
१. उत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकाश सुवेदी : असारै लाग्यो
२. सरिता प्रजापती : नेपाली भेष
३. अर्जुन कौशल : हाम्रो देशको सिमाना
४. बिजेन्द्र नौबागे : म हुँ सुन्दर नेपाल
५. दिपक तामाङ : बुद्धको भुमी नेपाल
२. उत्कृष्ट आधुनिक गीतकार
१. तिर्थ अधिकारी : पहिलो चोटी
२. सिताराम कोईराला : पिडा
३. सुनिल संगम : तिम्रो लागी
४. स्पन्दन बिनोद : चोखो माया
५. राजबाबु सागर : मन दुख्दा
३. उत्कृष्ट आधुनिक गायक
१. शिव परियार : धोकेबाज
२. अभिनय यादव : मायाको सुरुवात
३. प्रकाश तामाङ तितुङ : अप्सरा
४. रवि शर्मा पौडेल : छोडेर गयौ परदेशी
५. प्रमोद खरेल : हे धोकेबाज
४. उत्कृष्ट आधुनिक गायिका
१. सोनी राजभण्डारी : तिमि टाढा
२. बेनिशा पौडेल : नछुटोस
३. शुशिला बराल : तिमिले हेरेर
४.कमला रेग्मी : सायद यही हो की
५. मिना नेपाली : बसन्तको वहार
५. उत्कृष्ट आधुनिक संगीतकार
१. अर्जुन पोखरेल : धर्तीआकाश
२. रोशन सिंह : किन मरिन म
३. राजेश थापा : पहिलो चोटी
४. सि.एल शर्मा : रेशमैको डोरी
५. राज कुमार बगर : रित्तिदैन आँशु
६. उत्कृष्ट आधुनिक मोडल पुरुष
१.दिलिप ओखेडा : भनि देन ए मन
२. जिम्बे राई : ए जिन्दगी
३. राजु मास्टर : ए मेरो राजा
४. यज्ञराज गिरी (राजटाईगर) : पच्छेउरीको छेउ
५. लाक्पा लामा : फकाँउदानी रिसाउने
६. दिपक घिमिरे : विस्तारै विस्तारै
७. उत्कृष्ट आधुनिक मोडल महिला
१. सविना कार्की : तिम्रो त्यो मुटुमा
२. सुष्टि खड्का : छुनुमुनु
३. दिपिका थापा : एउटा फुल
४. नम्रता सापकोटा : ए बैगुनी
५. जिसु कोईराला : तिमिलाई मेरो आफ्नो
८. उत्कृष्ट आधुनिक/ पप निर्देशक
१. कृष्णदेव रुपाखेती : याद किन यस्तो आउँछ
२. जनक सिंह : हे धोकेबाज
३. दिनेश ठकुल्ला : पागल हो म पगाल
४. विशाल नेपाली : तिम्रो आँखैमा
५. जीवन शाही : जव तिमि हुन्छ्यौ
९. उत्कृष्ट लोकपप गायन पुरुष
१. कृष्ण काफ्ले : सके हंसाउछु
२. मानस राज : लैलै राजकुमारी
३. रियाज शिवाकोटी : पानी पर्यो
४. कृष्ण भट्टराई र सुवास श्रेष्ठ : पारा तात्या छ
५. योगेश काजी शाह : आमा
१०. उत्कृष्ट लोकपप गायन महिला
१. काव्य आचार्य : ओई कमला
२. सरिता भारती : तिम्रो मायाले न हो
३. बसन्ती राई : बेबी बसन्ती
४. निता आचार्य : मनको धोको
५. मेचु धिमाल : उड्नु छ
११. उत्कृष्ट लोकपप गीतकार
१.पुरुषोत्तम सानु : ढुङ्गा कुँदेर
२. मनोरथ कट्टेल : आमा
३. विजय गिरी : कस्को
४ गोपी दाहाल : तिते करेली
५. भानु आचार्य “योगी”:प्रतिक्षा
१२. उत्कृष्ट लोकपप संगीतकार
१. सरोज प्याकुरेल : कस्को
२. टिका बम्जन : ठ्याक्क ठ्याक्क
३. रिमेश कुमार थापा : पानी पर्यो
४.राजनराज शिवाकोटी : मनको धोको
५. मानस राज : लै लै राजकुमारी
१३. उत्कृष्ट नवप्रतिभा गायन
१. सपना घिमिरे : आँखै लाउनी
२. रमेश लामिछाने : हेलम्बुको स्याउ
३. निमा शेर्पा : रेशमैको डोरी
४. दिपेन्द्र सोनाम : तिमिले छोडेनी सक्छु
५. अक्षय लामा : मैच्याङ्को झल्को
१४. उत्कृष्ट नवप्रतिभा मोडल पुरुष
१. सुदिप श्रेष्ठ : नेपाली भेष
२. साजन नेपाल : तिम्रै झल्को
३. सचिन खड्का : यो हारेको मनलाई
४. सागर भण्डारी : तिम्रो आँखैमा
५. विकसीत शर्मा : मुना मदन ३
१५. उत्कृष्ट नवप्रतिभा मोडल महिला
१. सोफी धरेल : भुपु माया २
२. कुमारी बराईली : विदा मागेर तिमि
३. बर्षा चौलागाई : हे धोकेवाज
४. प्रेक्षा बाँनिया : दिलको छेउकुना
५. श्रृजना कार्की : बसन्ती
१६. उत्कृष्ट युगल गायन
१. रिता के.सी र प्रमोद खरेल : तिम्रो मिठो बोली
२. देविका बन्दना र कुमार सानु : तिम्रो मायाको सागर
३. नविन कार्की र मेलिना राई : सागरले मोती पायो
४. नविन पौडेल र अस्मिता अधिकारी : पानी पर्यो
५. मेघ पौडेल र सारिका घिमिरे : ईन्टुमिन्टु लण्डनमा
१७. उत्कृष्ट लोकदोहोरी शब्द
१. शरद पाण्डे : मुलको पानी
२. आभाष सेन्चुरी : सम्झे मुटु
३. शर्मिला तामाङ : मेलम्चिको पानी
४. नारायण कँडेल : यति कुरा भन्नु थियो
५. अनिल खनाल : बच्चाकी आमा
१८. उत्कृष्ट लोकदोहोरी गायक
१. मदन परियार : ए जिन्दगी
२. कुलेन्द्र वि.क : जलजला
३. आलिफ खान : पानी कुवाको
४ अमृत सापकोटा : धनगढीको बसमा
५ रामचन्द्र चन्द : भिरमा रुदैछु
१९. उत्कृष्ट लोकदोहोरी गायिका
१ शुशिला गौतम : भुई छोडेकी चरी
२. लक्ष्मी मल्ल : निर्माया ठुली
३. सरु गौतम : कोहो कोहो नी
४. कमला पोखरेल : फुल हौ तिमि
५. विन्दु विहानी : दिलको राजा
२०. उत्कृष्ट लोकदोहोरी लय
१. अमित बाबु रोकाया : काँटी सलाईको
२. कृष्ण के.सी : फुल हौ तिमि
३. रमेश परियार : ए जिन्दगी
४. रोशन कुताल क्षेत्री : राम कसम
५ श्रीकृष्णबम मल्ल : निर्माया ठुली
२१. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष
१. निक्स शर्मा : शिकारी
२. मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) : आँखै लाउँनी हो
३. प्रकाश तामाङ : डोकोडालो
४. ध्रुब हिमाली : डाँडैको चौतारी
५. सागर लम्साल : बैश दिन नमिल्ने सापटी
२२. उत्कृष्ट लोकदोहोरी मोडल महिला
१. अनु पराजुली : लै माया लै
२. एलिना रायमाझी : मैले मात्र सम्झेर
३. गीता ढुङ्गाना : सरर भागौंला
४. कविता न्यौपाने : पेन किलर
५. गरिमा शर्मा : पानी कुवाको
२३. उत्कृष्ट लोकदोहोरी नव प्रतिभा मोडल
१. यमुना रसाल : बैश दिन नमिल्ने सापटी
२. खुशी थापा : तिम्रो मान्छे कस्तो होला (पारिजातको फुल)
३. सिम्रन दुलाल : फुल फुल्यो अमला
४. रिया खड्का : सुन्तली
५. सरिता ढुङ्गाना : आँखै लाउँनी
२४. उत्कृष्ट लोकदोहोरी निर्देशक
१. शिव वि.क : रुमाल साँट्न पर्दैन
२. दिपेन्द्र तिमिल्सिना : झम्के साँझ
३. रामजी लामीछाने : माया टिकटके
४. मौसम हिमाली : निर्माया ठुली
५. विनोद भण्डारी : यति कुरा भन्नु थियो
२५. उत्कृष्ट कोरियोग्राफर
१.गम्भिर विष्ट : चस्मा
२.अजय स्याङ्तान : च्यागो
३.अर्जुन भुषाल : बसन्ती
४.नवराज सुवेदी : चुनरी रे चुनरी
५.कृष्ण रसाल : तोरी पँहेलै
२६. उत्कृष्ट भिडियो सम्पादक
१. पदम सुवेदी : जोवन
२. मिलन विश्वकर्मा : जय होस
३. मनोज कार्की : झम्के सांझ
४. नविन निरौला : बेबी बसन्ती
५. अमृत चापाँगाई : रित्तिदैन आँशु
२७. उत्कृष्ट ध्वनी मिश्रण
१. डिका गुरुङ : अर्को जुनी
२. भोला पौडेल : कस्को
३. नरेन्द्र वियोगी : लै लै राजकुमारी
४. दीपक बि.क. : म हुँ सुन्दर नेपाल
५. नरेश बहादुर वि.सि. : आगो विना विँडी जल्दैन
२८. उत्कृष्ट संगीत संयोजक (एरेन्जर)
१. आगा लामा : अप्सरा
२. पुष्कर खत्री : ओई कमला
३. मनोज चौलागाई : अन्तिम यात्रा
४. दिपेन्द्र शाह : सुन नेता
५. कमल सौराग : तिमि पनि हरायौ
२९. उत्कृष्ट छायाँकार
१. मुकेश हुमागाई : माया संसार
२. उत्सव दाहाल : धोकेबाज
३. दिपक गिरी : ए आकाश
४. अजय रेग्मी : ढुङ्गे धारा
५. महेश महरा : छैन है गुनासो
३०. उत्कृष्ट बाल प्रतिभा
१ आकृति भट्टराई : बुलबुट्टे जामा
२. सम्राट दाहाल : छोराछोरी विदेशी
३ .उपमा थपलिया : बुद्धको भुमि
४. सुप्रिम मल्ल : फापरको पिठो
५. जेनिस उप्रेती : छोराछोरी विदेशी
३१. उत्कृष्ट मौलीक भाषाभाषी गीत
१.मञ्जु लावती : बेसी बनमा(पुर्वेली)
२.झुमा लिम्बु : सामसोधा मुन्धुम (लिम्बु)
३.प्रमोद डिजि : तोहर नथिया (थारु)
४.अनु लामा : च्यागो (तामाङ)
५.सुसन साम्सोहाङ : माकसे फेक्ते (लिम्बु)
३२. उत्कृष्ट डेउडा भाका गीत
१. शान्ति शाही चन्द : पहाडकी मैना चडी
२. रमेश कठायत : पचाल झरना
३. दिपा रोकाया : मेरो प्यारो डडेल्धुरा
४. सुर्य विरही साउद : मेरो गाउँ जाल्ली
५. निरुता खत्री : उडि गै मालका मैना
६. चक्र साउद : भर लाग्दो बड्डाको
३३. उत्कृष्ट डेउडा भाका भिडियो
१. गम्भिर विष्ट : पहाडकी मैना चडी
२ भद्रजंग कुवँर : लिलु
३. जनक सिंह : मेरा गाउँ जाल्ली
४. एलपि शर्मा : लिलु
५.झरना बोहोरा : चना पकौडी
३४. उत्कृष्ट काँठे भाका गीत
१ अमृत भारती : गाउँला
२.अमृत खाती : बाँसको कप्टेरो
३. विक्रमजंग शाह : माईली
४. भिमसेन खतिवडा : मायाको कसम
५. उद्धव घिमिरे : ढुकुरको गुँड
३५. उत्कृष्ट काँठे भाका गायन
१ राम कुमार नेपाली : डोको डालो
२. शक्ति चन्द : स्याउला
३. नमराज ढुङ्गाना : फुल फुल्यो अमला
४ चर्चित वाईवा : मान्छे राम्रो नक्कली
५ ताराश्रीष मगर : पिरती नसा
३६. उत्कृष्ट नेपाल भाषा गीत
१. नातीकाजी महर्जन : चकना चकना
२. राजुमानन्धर : खनागु जि छन्तः
३. सुन्दर मानन्धर : एःमयजु छंगु
४. प्रकाशदिप श्रेष्ठ : फुलु फुलु जितः
५. पुर्णकाजी ज्यापु : तारेमाम तारेमाम
३७. उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर : खनागु जि छन्तः
२. राजेन्द्र डंगोल : चकना चकना
३. सुद्धलक्ष्मी श्रेष्ठ : एः मयजु छंगु
४. रत्नशोभा महर्जन :फुलुफुलु जितः
५. सतिस महर्जन : एः मयजु छंगु
३८. उत्कृष्ट तामाङ भाषा गीत
१. शैलाप वाईबा : काउने नाम्सा
२. निर्मल वाईबा : जुरेली भाले
३. मदन घ्लान : पुर्व सिलिङ लिङ
४. अभिषेक तामाङ : पोम्दी नाम्साला साईली
५. सहभागी लामा : हुलाकिला चिट्ठी
६. प्रेमा तामाङ : याङसरी नीला खैलाला
३९. उत्कृष्ट तामाङ भाषा मोडल
१. सागर घिसिङ : नेसी मुसुक्क
२. जेरी सोल्टी : डम्फु मी राप्सी
३. अनु लामा : डम्फु मी राप्सी
४.लाक्पा लामा : बेङ्ग्यारि ह्रोङ्ला
५.इश्वर लामा : जब माया बुजी
४०. उत्कृष्ट गीत (मैथिली/भोजपुरी भाषा तर्फ)
१. विद्यानन्द बेदर्दी : प्रेमक पिचकारी
२. सुरज झा सुमन : तोहर ज्ञट छौ उमर
३. दीपेन्द्र साह : सुन नेता
४. प्रमोद कुमार : हज के सफर
५. सुनील पल : दुर्गा माई के बिदाई
६. झोठन मेहता : सुनपग्ली गें
४१. उत्कृष्ट गायन (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिरेन्द्र झा : हमरो रंग लगा दे
२.कुमार सूरज : हज के सफर
३.केशव कर्ण : हम आशिक छी
४.सुनील मिश्रा : तोहर १६ औं उमर
५.नवी ठाकुर : दूल्हा चांद सन
६.शशि झा : दुर्गा माई के बिदाई
४२. उत्कृष्ट मोडलिङ (मैथिली /भोजपुरी भाषा तर्फ)
१.बिक्रम गुप्ता : पूर्वा हावा
२.आमिर समर : दिलदार अहा दिलवर
३.मेनुका माझी : कोन रोग तू लगा देलौ
४.शोभा पासवान : जब दैके छेलौ दगाई
५.माही तनवीर खान : चूड़ी बिना हाथ के
६. निरुता साह : ललकी बुलेट से जीजा
काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलको आयोजनामा ग्लोबल एनुअल फिएस्टा २०२३ सम्पन्न भएको छ । वानेश्वर स्थित कलेज प्रांगणमा सोमबार समापन कार्यक्रम आयोजना गरि फिएस्टा सम्पन्न गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. पुस्कर बज्राचार्य र संघिय संसद सदस्य सोबिता गौतमले विभिन्न विधाका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा हास्य कलाकार सुवोध गौतमले प्रहसन प्रस्तुत गर्नुभएको थियो ।
पुरस्कार वितरण पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा. डा. बज्राचार्यले शैक्षिक क्षेत्रमा गर्विलो पहिचान बनाउन सफल ग्लोबल कलेज इन्टरनेशनबाट आयोजित ग्लोबल एनुअल फिएस्टा कार्यक्रमले विद्यार्थीहरुको ब्रित्ती विकास टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
त्यसैगरि, संघिय सांसद गौतमले हरेक मानिस भित्र प्रतिभा लुकेर रहने बताउनुहुँदै स्वयमले आफु भित्र अन्तर्निहित प्रतिभा चिन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । जीवन आफुसँग मात्र सिमित नरही घरपरिवार समाजसँग पनि जोडिने हुँदा सबैका लागि हुने गरि काम गर्नुपर्ने र असल मार्गमा हिंडनुपर्नेमा उहाँले जोड दिदै भन्नुभयो ‘सोच अनुसार काम गर्नुपर्छ । जित होला नहोला तर हार मान्नु हुँदैन । आँखामा आशु, सपना कि निन्द्रा अटाउने हुँदा ओजिलो सपना सजाएर राख्नुपर्‘ ।
प्रोफोसनल एजुकेटर्स लिमिटेडका संचालक समितिका पधाधिकारीहरु डा. देवराज पनेरु, नवराज भण्डारी, धर्मराज ओझा एवम् अम्बादत्त जोशी लगायत अन्य सदस्यहरु, ग्लोबल कलेज इन्टरनेशल का प्रिन्सिपल डा. सुवाश श्रेष्ठ, समेत उपस्तितिले कार्यक्रमको गरिमामयलाई अझ उचाईमा पुरायो कार्यक्रममा विद्यार्थीहरुले नाच लगायतका प्रस्तुती पस्कनुभएको थियो ।
काठमाडौं – म्यूजिक खबर म्यूजिक अवार्डको दशौं संस्करणको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा सहभागी भएका गीतसंगीतको विभिन्न ४० विधाका स्रष्टा र सिर्जनाबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । वि.सं. २०७८ साल बैशाखदेखि २०७९ असार मसान्तभित्र सार्वजनिक भएका सिर्जनाहरु दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहभागी गराइएको हो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोकदोहोरी, गजल, चलचित्र र आधुनिक विधाका स्रष्टा र सिर्जना अवार्डमा समावेश गरिएको छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, भिडियो सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड आयोजना गरिने बताइएको छ ।
विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको मुलुकको प्रतिष्ठित अवार्डमा रुपमा हेरिएको छ । ‘कल्चर फर टुरिजम’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन राजधानी लगायत अन्य प्रदेशमा पनि अवार्ड आयोजना गर्दै आएको छ ।
शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले प्रस्तुत गर्दै आएको छ । अवार्ड आगामी फागुनको पहिलो हप्तामा राजधानीमा सम्पन्न गरिनेछ । अवार्डमा गीत संगीत क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान प्रदान गरिँनेछ । त्यस्तै पछिल्लो दशकमा क्रियाशील रहेका कला साधकलाई दशकको स्रष्टा सम्मान प्रदान गरिनेछ भने एक जना युवा प्रतिभालाई म्यूजिक खबर युवा प्रतिभा सम्मान प्रदान गरिनेछ । त्यस्तै एकजना वरिष्ठ पत्रकारलाई म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गरिन्छ भने बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । त्यस्तै गीतसंगीत क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई पनि विभिन्न सम्मानद्वारा सम्मानित गरिनेछ ।
दशौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पा“चको मनोनयन निम्नानुसार रहेका छन्ः
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. खोजी रहेछ देशले डा.नवि अधिकारी
२. हातमा हात मिलाई पूजा मारिया
३. गौतम बुद्ध टीका शेर्पा
४. मेरो देश नेपाल डी.आर. गौतम
५. जय जय हो नेपाल शान्तिराम भट्टराई
सर्वोत्कृष्ट पप गीतकार
१. रमेश दाहाल कौवा करायो
२. लेखु सहयात्री पियारा
३. प्रतिमा गुरुङ त्यो दिन सम्झ
४. एच.के. धिताल घामपानी
५. हरि गिरी विमर्शी हो हो नि माया
सर्वोत्कृष्ट पप संगीतकार
१. सरोज प्याकुरेल नो मनी फनफनी
२. राजेश कुमार श्रेष्ठ बादललाई छोउँ भन्छ
३. चिरञ्जीवी भण्डारी त्यो दिन सम्झ
४. प्रमोद पन्त घामपानी
५. जीवन भण्डारी घर सम्हाल
सर्वोत्कृष्ट पप गायक
१. अनिल गुरुङ म हुँ साइको
२. चिरञ्जीवी भण्डारी त्यो दिन सम्झ
३. रियाज शिवाकोटी पानी प¥यो
४. विनोद ढकाल सुन सानो कथा
५. हरि गिरी विमर्शी हो हो नि माया
सर्वोत्कृष्ट पप गायिका
१. गीता पाण्डे बादललाई छोऊँ भन्छ
२. सोफिया थापा तड्का तड्का
३. अन्जु श्रेष्ठ नहेरेझैं गर्ने
४. सुजता केसी बतास बनी
५. कोमल राजभण्डारी तिमी मेरो हृदयमा
सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
१. विना बुढा मगर मन परेको मान्छे
२. सविन आचार्य माया गरम्ला
३. प्रविन सापकोटा पोखरामा सेती
४. शोभा कार्की पोखरामा सेती
५. रिना रावत माया गरम्ला
सर्वोत्कृष्ट लोकगीत
१. झल्को मात्रै आँखामा रमेश पाठक
२. फालहान्छु मस्र्याङ्दीमा गै रेजिना परियार
३. ए सिम्मा भिषण मुकारुङ
४. परदेश विरही कार्की
५. गाउँले जीवन मन्जु लावती
सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी
१. राजेन्द्र बजगाईं चिनी अमिलो
२. विश्वास नेपाल सालको पात उडायो बतासैले
३. कृष्ण केसी परान बाँकी छ
४. सञ्जय श्रीपाल जानी मायालु
५. डोलराज बाह्रघरे आँखै गाजले
सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरी
१. गोविन्द सोनी सेतो सेतो कमेरो माटो
२. मनोज परियार जलजला
३. एचबीएन किस्मत शीरफूल शीरको
४. जय देवकोटा जानी मायालु
५. कुमार राना छुट्यो माया
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
१. आनन्द गुरुङ मुग्लिन पुल तरि
२. निक्स शर्मा कालो ऐना
३. चक्र बम सलल मोदी
४. धन केपी जानी मायालु
५. ओबी रायमाझी रमरम मरौटी
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी
१. दिपाशा बिसी मेरो नीलो पटुकी
२. अनु पराजुली सेतो सेतो कमेरो माटो
३. रविना भण्डारी उही खोलीमा पानी २
४. टीका जैसी जानी मायालु
५. लक्ष्मी गुरुङ झुल्के घाम
सर्वोत्कृष्ट भिडियो निर्देशक÷नृत्य निर्देशक लोकदोहोरी
१. काजिश श्रेष्ठ हार लाएर जाउ
२. दिप गुरुङ मुग्लिन पुल तरि
३. निशान बानियाँ भिषा लायो टिकट आयो
४. मौसम हिमाली जाम भो माइली
५. विनोद भण्डारी सरर जाम साइली
सर्वोत्कृष्ट शब्द लोकदोहोरी
१. प्रकाश पराजुली सरर भागौंला
२. नेत्र अर्याल मनपरेको मान्छे
३. निरोज भट्ट चोली ढाकाले
४. कमल सरगम माया गरम्ला
५. रमाकान्त न्यौपाने मनमा पीर
सर्वोत्कृष्ट भाका लोकदोहोरी
१. खेम सेन्चुरी मन परेको मान्छे
२. रमेश परियार सालको पात उडायो बतासैले
३. सरोज विरही पोखरामा सेती
४. विष्णु खत्री परान बाँकी छ
५. बादल घिमिरे मनमा पीर
सर्वोत्कृष्ट गायक लोकदोहोरी
१. खेम सेन्चुरी मन परेको मान्छे
२. रञ्जित परियार हार लाएर जाउ
३. मौसम गुरुङ मुग्लिन पुल तरी
४. बालकुमार श्रेष्ठ आकाशको बादलले
५. आलिफ खान पानैको चौका
सर्वोत्कृष्ट गायिका लोकदोहोरी
१. अमृता नेपाली सालको पात उडायो बतासैले
२. कालिका रोका मुग्लिन पुल तरी
३. सुनिता बुढा क्षेत्री देउन माया सुन्तला
४. पूर्णकला बिसी हार लाएर जाउ
५. मनमाया वाइबा कति राम्रो पर्वत
सर्वोत्कृष्ट लोकदोहोरी गीत
१. मन परेको मान्छे खेम सेन्चुरी÷बिना मगर
२. धनगढीको बसमा अमृत सापकोटा÷कमला÷समिक्षा
३. ढुंगेधारा सूर्य खड्का÷रचना रिमाल
४. जाम भो माइली प्रकाश दूतराज÷शान्तिश्री
५. शीरफूल शीरको ईशवर सिंह÷शान्ता रानी परियार
सर्वोत्कृष्ट कल्चरल गीत
१. कहाँ हो तिम्रो मावल रितु कँडेल÷शिरीष देवकोटा
२. झुल्केघाम हेरुँला आरके गुरुङ÷शान्तिश्री परियार
३. माया रिमै शित्तल गुरुङ÷निशा गुरुङ
४. हे कान्छी मंगल विक÷केशीमाया रामदाम
५. छुट्यो माया सीता÷हरिमाया÷सविन गुरुङ
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन
१. अस्मिता डल्लाकोटी
२. जालुमाया गुरुङ
३. रिता रावत
४. सपना रोका
५. तारा थापा
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन
१. सुमन परियार
२. बालचन्द्र बराल
३. श्याम राना
४. चिज गुरुङ
५. सविन आचार्य
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
१. भीमसेन कल्याल ठकुरी नूनको भारी
२. मधुर बस्नेत मुग्लिन पुल तरी
३. उत्सव दाहाल भन्नु हुन्थ्यो बाले
४. करण चैंसिर पोखरामा सेती
५. दुर्गा पौडेल रेलिमै
सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक
१. मिलन विश्वकर्मा नाइँ नाइँ नभन
२. विष्णु खड्का घर सम्हाल
३. पदम सुवेदी रेलको बाटो (सिंहदरबार)
४. नविन घर्ती मगर घर कता हो बैनीको
५. प्रकाश धमला याद
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक
१. सागर लम्साल हो हो नि माया
२. जीवन भण्डारी घर सम्हाल
३. रोशन केसी नथिया
४. जीबी चिरन रेलको बाटो
५. रमेश थापा जोगी बनायौ
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक
१. पूजा शर्मा नथिया
२. समिक्षा क्षेत्री किन मरिनँ म
३. मेलिना ठकुरी जिन्दगीसँग
४. एलिजा गौतम ओ कान्छी
५. सरस्वती खत्री रेलको बाटो
सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
१. देवेन्द्र पाण्डे गाउँले ठिटो
२. विना श्रेष्ठ उनी बोल्दिनन् अचेल
३. प्रकाश धिताल भन्नु हुन्थ्यो बाले
४. सुवास प्रधान मोटरसाइकलमा
५. विक्रम चौहान यो भाग्यमा खोट छ
सर्वोत्कृष्ट संगीत संयोजन आधुनिक
१. आमोश तामाङ सलल सलल
२. विपिन आचार्य सराबले नि छुन्न रैछ
३. शाहस शाक्य असारै लाग्यो
४. रोशन वान्तवा गौतम बुद्ध
५. देवेन्द्र नेवा यो तस्विर
सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
१. प्रकाश मिश्र यो तस्विर
२. भोला पौडेल सागरले मोती पायो
३. कुमार राना भन साइँला
४. किशोर थापा छुटेपछि त छुट्यो
५. गोविन्द सोनी ओ कान्छी
सर्वोत्कृष्ट चलचित्र गीतकार
१. दिग्गज द्यौराली पीडा भए नि (म यस्तो गीत गाउँछु २)
२. मुक्त उदास आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
३. सुरेश वाग्ले जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
४. रमेश एम.के. पौडेल झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
५. राजेश कुमार श्रेष्ठ हर युग होस् (प्रेम गीत–२)
सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल पीडा भए नि (म यस्तो गीत गाउँछु २)
२. राजन इशान सम्झना बिर्सना (सम्झना बिर्सना)
३. सुरेश वाग्ले जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
४. योगेश काजी शाह झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
५. एलिश कार्की हर युग होस् (प्रेम गीत–२)
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
१. शान्तिश्री परियार आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
२. मेलिना राई झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
३. अन्जु पन्त जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
४. ससिका राई सम्झना बिर्सना (सम्झना बिर्सना)
५. प्रविशा अधिकारी हर युग होस् (प्रेम गीत–२)
सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
१. प्रविन बेडवाल आगो बिना बिंडी जल्दैन (झिँगेदाउ)
२. सुगम पोखरेल झिलमिल जिन्दगी (तिम्रो मेरो साथ)
३. सुरेश लामा जरुरी कुरा छ (सम्हाल्न्छि कहिले मन)
४. युवराज चौलागाईं सम्झना बिर्सना (सम्झना बिर्सना)
५. प्रताप दास हर युग होस् (प्रेम गीत–२)
सर्वोत्कृष्ट गजल
१. जमानत गुमायौ ध्रुव अम्गाईं
२. न्यायलय बिक्न थाले गोविन्द मधुर आचार्य
३. सराबीले नि छुन्न रैछ प्रबल विष्ट
४. बेचेर सपना श्रीभक्त पौडेल
५. तिम्रो याद डब्बु क्षेत्री
सर्वोत्कृष्ट नवप्रतिभा
१. सिर्जना थापा कलकल झरना
२. लिला गजमेर पियारा
३. राजेन्द्र बुढाथोकी भन्नुहुन्थ्यो बाले
४. आयुष्मान विष्ट पोखरेली नानी
५. सारमन श्री नआइज निदरी
सर्वोत्कृष्ट युगल गायन आधुनिक
१. प्रविन बेडवाल र दुर्गा खरेल –नथिया
२. कृष्ण काफ्ले र अस्मिता अधिकारी –सके हँसाउँछु
३. सरोज कोइराला र मेलिना राई – भकारीमा धान छ
४. रामचन्द्र काफ्ले र लक्ष्मी मल्ल –ठूली
५. मनोजराज र सुरक्षा सेन्चुरी – मुटु बिना संसारमा
सर्वोत्कृष्ट गीतकार आधुनिक
१. सुमन कुमार धिताल फरक भो
२. प्रकाश केसी यो तस्विर
३. देवेन्द्र केसी उनी बोल्दिनन् अचेल
४. चेतन खतिवडा हिजो आज
५. प्रकाश सुवेदी असारै लाग्यो
सर्वोत्कृष्ट गीतकार डायस्पोरा आधुनिक
१. गणेश खड्का रहरले परदेशी
२. डोन कार्की कर्मको गति
३. गीता गिरी पहरी फूल
४. दिपक थापा मैथाने मेरी आमा
५. अम्बिका गुरुङ नशालु त्यो नजरैले
सर्वोत्कृष्ट संगीतकार आधुनिक
१. अनिर मास्के विरानो यो गाउँमा
२. दिपकराज विश्वकर्मा सुनैको दरबार
३. अर्जुन पोखरेल नथिया
४. विकास चौधरी ओ कान्छी
५. पुस्तक प्रसाद नआइज निदरी
सर्वोत्कृष्ट गायक आधुनिक
१. आनन्द कार्की कर्मको गति
२. शिव परियार धोकेवाज
३. रमेशराज भट्टराई भन साइँला
४. युवराज चौलागाईं छुटेपछि त छुट्यो
५. प्रकाश तिमिल्सिना साँचो माया
सर्वोत्कृष्ट गायिका आधुनिक
१. मिलन नेवार विरानो यो गाउँमा
२. मेचु धिमाल रित्तिएको मेरो शहर
३. रिता केसी मान्छेहरुले नि
४. स्मृति शाही रेलको बाटो
५. बानिका प्रधान हिजो आज
सर्वोत्कृष्ट गीत आधुनिक÷पप
१. धोकेबाज एलिना चौहान
२. हजुर मुसुक्कै कृष्ण वि.क.÷रचना रिमाल
३. भन साइँला रमेशराज भट्टराई
४. तिम्लाई हेर्ने बानी प¥यो पुष्पन प्रधान
५. केशरी रेश्मा पुन
काठमाण्डौ - अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ। नेपालको पहिलो महिला पूर्व प्रदेश मुख्य मन्त्रि, पूर्व उधोग मन्त्रि, पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्रि नेकपा एमालेको उपाध्यक्ष श्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ कि प्रदेश सभा सदस्य माननीय डोल्मा तामाङ, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, परिबर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, बरिष्ठ अभिनेत्री रेजिना उप्रेती, संचिता लुइँटेल, नायक सबिन श्रेष्ठ, पत्रकार निर्देशक माधब राज खरेल बिशेष अतिथि रहेका थिए भने कार्यक्रममा अन्य कलाकार लागायत बिशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
अघिल्लो बर्ष देखि हुदैं आएको नेपालमा नै पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि "दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९" यस बर्ष पनि सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ अवार्ड तथा सम्मान प्रदान गरिएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रेणु शाक्य रानाले जानकारी गराएकि छिन।
सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले विभिन्न ३१ विधामा अवार्ड र सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका ४१ जना सौन्दर्यबिद, सौन्दर्यकर्मी, पत्रकार, समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुलाइ सम्मान गरिएको साहरा ब्युटी होम एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रचना शाक्यले जानकारी गराएकी छिन।
कार्यक्रमको संयोजकत्व संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले गरेका थिए भने प्रमुख सल्लाहाकारमा गीतकार, निर्मात्री तथा साहित्यकार अनु शाह रहेकी छिन भने त्यसैगरी अवार्ड संरक्षक डा. डीबी रानापाल रहेका छन्। अवार्ड कार्यक्रमको संचालन दीपज्योति थापाले गरेकी थिइन्। अवार्ड प्राप्त गर्ने तथा सम्मानित व्यक्तित्वहरुको नामावली यस प्रकार छ।
सम्मानित व्यक्तित्वहरु :
१. मा.मीना कुमारी श्रेष्ठ- राष्ट्रिय नारी सम्मान (प्रदेशसभा सदस्य प्रदेश नं. १)
२. लक्ष्मी महत-वरिष्ठ सौन्दर्यविद् सम्मान
३. रुस्का श्रेष्ठ वैद्य– वरिष्ठ सौन्दर्यविद् सम्मान
४. शारदा थापा क्षेत्री– वरिष्ठ सौन्दर्यविद् सम्मान
५. रोशनी केसी निर्मात्री अभिनेत्री– राष्ट्रिय नारी सम्मान
६. गीता भण्डारी–वरिष्ठ सौन्दर्यविद् सम्मान
७. सन्जु महर्जन – राष्ट्रिय खेलाडी सम्मान
८. मीनु थापा –वरिष्ठ सौन्दर्यविद् सम्मान
९. लक्ष्मी थापा– सौन्दर्यकर्मी सम्मान
१०. मैयाँ विश्वकर्मा – वरिष्ठ सौन्दर्यकर्मी सम्मान
११. कुमारी सिग्देल लामिछाने– वरिष्ठ सौन्दर्यकर्मी सम्मान
१२. मीना कुमारी लामा– सौन्दर्यकर्मी विशेष सम्मान
१३. बबिता श्रेष्ठ – भिडियो निर्देशन सम्मान
१४. प्रतिभा शाही – सौन्दर्यकर्मी सम्मान
१५. उषा गुरुङ – सौन्दर्यकर्मी सम्मान
१६. हरि कर्माचार्य – राष्ट्रिय गायन सम्मान
१७. निमा महर्जन – सौन्दर्यकर्मी सम्मान
१८. बिना श्रेष्ठ – संचारकर्मी विशेष सम्मान
१९. गीता अधिकारी – कला पत्रकारिता सम्मान
२०. संगीता गुरुङ – सौन्दर्यकर्मी सम्मान
२१. ज्ञानु महर्जन – सौन्दर्यकर्मी सम्मान
२२. सावित्रा चिलुवाल – राष्ट्रिय गीतकार सम्मान
२३. पद्मा तुलाधर – सौन्दर्यकर्मी सम्मान
२४. राकेश महर्जन – राष्ट्रिय खेलकूद सम्मान
२५. गीता केसी – सौन्दर्यकर्मी सम्मान
२६. अमिना दर्शनधारी –सौन्दर्यकर्मी सम्मान
२७. सुनिता केसी – सौन्दर्यकर्मी सम्मान
२८. सरिता ताम्राकार – सौन्दर्यकर्मी सम्मान
२९. रमिता महर्जन – समाजसेवी सम्मान
३०. पार्वती पौडेल – सौन्दर्यकर्मी सम्मान
३१. बुद्धिमाया धिमाल – सौन्दर्यकर्मी सम्मान
३२. सिता बस्नेत –सौन्दर्यकर्मी सम्मान
३३. सनम सुब्बा –सौन्दर्यकर्मी सम्मान
३४. विनिता सुवेदी – सौन्दर्यकर्मी सम्मान
३५. सबिता पोखरेल – कला पत्रकारिता सम्मान
३६. रमा तिमिल्सिना – समाजसेवी सम्मान
३७. विष्णु तेम्बापो लिम्बू – राष्ट्रसेवक सम्मान
३८. सन्दिप खनाल– सौन्दर्य व्यवसायी सम्मान
३९. चन्दा लामा घिसिङ – सौन्दर्यकर्मी सम्मान
४०. कमला जोशी – संचारकर्मी सम्मान
४१. बद्री थापा– फोटोग्राफी सम्मान
अवार्ड प्राप्त गर्नेहरु यस प्रकार छन् :
बेष्ट ब्यूटिसियन ट्रेनर : यशोदा केसी (कर्णाली प्रदेश सुर्खेत)
बेष्ट मोटिभेसन ब्यूटिसियन ट्रेनर : प्रमी शाक्य (कर्णाली प्रदेश सुर्खेत)
बेष्ट ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर : गीता भण्डारी लुम्बिनी प्रदेश नेपालगन्ज)
बेष्ट ब्यूटिसियन अफ दि इयर: कामिनी शाह मधेश प्रदेश
बेष्ट हेयर टेक्निसियन अफ दि इयर:शिल्पा महतो, मधेश प्रदेश
बेष्ट ब्यूटिसियन अफ दि इयर :सन्ध्या बस्नेत, प्रदेश नं. १, झापा
बेष्ट मेक अप आर्टिष्ट : कोपिला ठकुरी, प्रदेश नं. १ इटहरि
बेष्ट ब्यूटिसियन ट्रेनर :रेश्मा श्रेष्ठ, चितवन प्रदेश नं. ३
इन्टरनेशनल ब्यूटिसियन अफ दि इयर:अनिता गुरुङ, हङकङ
मोष्ट पपुलर पर्सानालिटीः नवराज श्रेष्ठ
बेष्ट फेसन मोडल महिलाः डा.आयुष्नोभा ढुंगाना
बेष्ट फेसन मोडल पुरुषः दिपेन्द्र सोनाम
बेष्ट ब्यूटिसियन एजुकेटर एण्ड ट्रेनरः मिनु थापा
बेष्ट सेमी पर्मानेन्ट मेकअफ ट्रेनरः लक्ष्मी थापा
बेष्ट फेसियल एण्ड स्किन केयर : ईश्वरी श्रेष्ठ
बेष्ट ब्यूटि प्रोडक्ट : एन प्लस
बेष्ट हेयर कलरिष्ट :मीना कुमारी लामा
बेष्ट नेल आर्टिष्ट : किरण नगरकोटी राई
बेष्ट मेकअप आर्टिष्ट: रञ्जना पनेरु (कुशुम)
पपुलर ब्यूटिसियन अफ दि इयरः सुस्मिता दंगाल कार्की
सेलिब्रेटी ब्यूटिसियन अफ दि इयरः रश्मिला श्रेष्ठ
बेष्ट ब्यूटिसियन: देवी महर्जन
बेष्ट हेयर स्टाइलिष्ट: नविना राजथला
बेष्ट ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः मनु पुन (टेरिसा ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर सामाखुशी)
पपुलर ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः उमा खड्का (यूसी ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, सामाखुशी)
सेलीब्रेटी मेकअप आर्टिष्ट: रिना महर्जन
पपुलर मेकअप आर्टिष्ट: संगीता डंगोल
बेष्ट ब्राइडल मेक अप आर्टिष्ट: पार्वती शाक्य
बेष्ट नेल आर्ट ट्रेनर अफ दि इयरः मन्जु सुवेदी
पपुलर ब्यूटिसियन ट्रेनरः स्वस्तिका गुभाजू
कुशुम खड्का केसी : बेष्ट हेयर ड्रेसर (महिला)
काठमाण्डौं । भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवम् समाजसेवी स्वर्गिय लक्ष्मीदास मानन्धरको जीवनी पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास शनिवार लोकार्पण गरिएको छ । उक्त पुस्तकको लोकार्पण पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको हो ।
सो अवसरमा परिवर्तनका संवाहक पुस्तकको लोकार्पण गर्नुहुँदै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्वर्गिय लक्ष्मीदास मानन्धर पुस्तकमा राजनीतिक पाटो छुटेको महशुस भएको उल्लेख गर्नुहुँदै मानन्धर खुला पुस्तक रहेको बताउनुभयो । साथै, उहाँले लक्ष्मीदास बहुप्रतिभाशाली र प्रेरणादायी व्यक्तित्व रहेको बताउनुहुँदै नयाँ पुस्ताले लक्ष्मीदास र उहाँको पुस्ताबाट अनेकौ शिक्षा लिन सक्नेभन्दै उद्यमी, समाजसेवी, भाषासेवी, धर्मसेवी लगायत सबैले उहाँबाट धेरै कुरा सिक्न सक्ने उल्लेख गर्नुभयो ।
स्वर्गिय मानन्धरका कनिष्ठ सुपुत्र नारायणदास मानन्धरले उद्योग व्यापार क्षेत्रका अग्रणी पुस्ताका व्यक्तित्व लक्ष्मीदास मानन्धरको जीवनले समाजसेवी र कर्म योगी बन्न प्रेरित गर्ने उल्लेख गर्दै वार्षिक पुण्य तिथिको अवसरमा उहाँको जीवनी पुस्तक लोकार्पण गरिएको बताउनुभयो ।
जनकवि दुर्गालाल श्रेष्ठले कविता रचनामार्फत लक्ष्मीदास मानन्धरले भाषा, धर्म, व्यापार, समाजसेवाको क्षेत्रमा अतुलनिय योगदान पुर्याउनु भएको उल्लेख गर्नुहुँदै उहाँ अनुकरणिय व्यक्तित्व हुनुभएको बताउनुभयो ।
पुस्तकका लेखक लक्ष्मण अधिकारीले लगनशिलता र कर्मशिलताले लक्ष्मीदास सफल उद्योगपति व्यवसायी एवम समाजसेवी बन्नुभएको र परिवर्तनमा उहाँको योगदान रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रि रत्न मानन्धर, भाषासेवी मल्ल के सुन्दर लगायतले मन्तव्य धारणा राख्ने क्रममा स्वर्गिय लक्ष्मीदास मानन्धरको योगदानको स्मरण गर्नुहुँदै उहाँको जीवन बहुआयामिक रहेको बताउनुभयो ।
कार्यक्रममा धर्मोदय सभाका अध्यक्ष एवम् उद्योगपति पद्म ज्योती, पूर्व मन्त्रीहरु जीवनराम श्रेष्ठ, तिर्थराम डङोल, साल्ट ट्रेडिङका संचालक प्रदिपलाल श्रेष्ठ, चेम्बर उपाध्यक्ष एवम् साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति निवास शितल निवासमा आयाजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली समाजको विविधतालाई लोक संस्कृति, गीत र सङ्गीतले एक ढिक्का बनाउन सघाएको धारणा व्यक्त गरिन् । ‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ’ उनले भनिन्- ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनु भएको छ ।’
कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याइरहेका स्रष्टा तथा सर्जकहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनन् । उक्त अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो । एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।
उक्त समारोहमा झण्डै तिन दशकम देखीको अविराम सांगितीक यात्रा तयगरेका गायक तथा संगीतकार कन्हैयासिंह परियारलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको छ । सम्मान ग्रहण गर्दै गर्दा परियारले दिवंगत भइसकेका आफ्ना मातापितालाई सम्झदै उक्त सम्मानलाई स्वर्गीय बुबा गोपालसिंह परियार र आमा टिकामाई देवी प्रति समर्पण गरेका छन् । साथै संगीत क्षेत्रको विशिष्ठ मानिने नातीकाजि सम्मान तथा पुरस्कार कमिटि प्रति समेत हार्दिक आभार समेत प्रकट गरेका छन् ।
समारोहमा देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरियो भने कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार निवासमा आयजित एक कार्यक्रममा नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार पञ्दान गरेकी छिन् । समारोहमा पत्रकार कुबेर गिरी तथा डब्बु क्षेत्रीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिइयो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।
काठमाडौ, लामो समयदेखी गैर आवासीय नेपाली संघ एनआरएनएसँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री’नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन । नेपालको पर्यटन क्षेत्र र बिधामा सक्रिय रहंदै आएका क्षेत्रीले पर्यटन बिधामा खेलेको अहम भूमिका र निरन्तरताको फलस्वरूप नेपाल सरकारले चार बर्षका लागि मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको छ ।
क्षेत्रीलाई नेपाल सरकार मन्त्रीस्तरिय निर्णय अनुसार सरकारले यो निर्णय गरेको हो । क्षेत्रीलाई पर्यटन मन्त्रालयले नियुक्ति पत्र मलेसिया नै पठाएको छ । नियुक्ति पत्र बितरणपछी पर्यटन सचिब सुरेश अधिकारीले लामो समयदेखी पर्यटन क्षेत्रमा लागि पर्दै आएका क्षेत्री लगाएतलाई नेपाल सरकारले टुरिजम गुडविल एम्बेसडरका रूपमा नियुक्त गरेको बताए । सचिब सुरेश अधिकारीले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिश्वाष ब्यक्त गरेर नै मलेसियाको लागि टुरिजम गुडविल एम्बेसडरका रूपमा क्षेत्रीलाई नियुक्त गरेको बताएका छन । नियुक्ती पत्र प्राप्त गरेपछी क्षेत्रीले राज्यले आफू माथि बिस्वास गरेर दिएको जिम्मेवारीलाई मूलुकको हित र प्रबासी नेपालीहरूको साथ लिंदै सजकताका साथ निभाउने प्रतिबद्धता ब्यक्त गरे । उनले नेपाल सरकारलाई आफुलाई उक्त जिम्मेवारी दिएकोमा धन्यवाद ब्यक्त गर्दै आफुले बर्षौदेखी मलेसियामा रहेर पर्यटन क्षेत्रमा सँगालेको अनुभवलाई प्रयोग गर्ने बताए ।
सन २००५ देखी देखी हालसम्म मलेसियामा रहेका क्षेत्री ट्राभल्स,टुर्स लगाएतका ब्यावसायमा आवद्द रहेका छन । हाल क्षेत्रीले मलेसियामा एनएचएस भ्याकेसन ट्राभल्स एन्ड टुर्स एसडिएन बिएचडि,नाफ्टर प्रेस्टो क्याफे,नाफ्टर ग्लोवल रिसोर्सेज एसडिएन बिएचडिलगाएत ब्यावसाय संचालन गरिरहेका छन । एनआरएनए पर्यटन प्रबद्दन कमिटीको सदस्य समेत रहेका क्षेत्री टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका ब्यक्तिका रुपमा मलेसियामा चिनिन्छन ।
महाभूकम्प र कोभिडका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउन बिश्वमा धेरै पर्यटक आउने देश मलेसिया लगायतका मूलुकमा एनआरएनएको साथमा क्षेत्रीले गरेका कामको यतिबेला नेपाल सरकार र सम्बन्धित निकायले खुलेर प्रंशसा गर्ने गरेका छन । बिदेशमा रहेर पनि बिभिन्न क्याम्पेन गरेर नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका क्षेत्रीलाई यसपटक नेपाल सरकार र पर्यटन मन्त्रालयले उचित सम्मान दिएको छ । क्षेत्रीले नेपालको टुरिजम क्षेत्रलाई दिएको योगदानको कदर गर्दै नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडर नियुक्त गरेको जनाइएको छ ।
क्षेत्रीले आफुले छिट्टै मलेसियाली नागरिकलाई नेपाल भर्मणमा पठाउँनको लागी बिभिन्न कार्यक्रम शुरु गर्ने बताए । आफ्नो अभियानमा साथ दिन क्षेत्रीले मलेसियामा रहेको नेपाली दुतावास,एनआरएनए मलेसिया,समस्त नेपाली संघ सँस्था र नेपालीहरुलाई अनुरोध समेट गरेका छन ।