generalnews
||Power News Asia||

आजको समाचार

राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफल

समाचार


११ फागुन २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं 

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना, ओपन सोसाइटी फाउण्डेशनको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयोजनामा अब हुने राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गरिने सम्बन्धमा काठमाण्डौंमा एक छलफल कार्यक्रम गरियो । सो छलफल कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को तयारी कार्य र राष्टिय अपाङ्ग महासंघ नेपालसँग सहकार्यका क्षेत्र विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । 

यसै क्रममा उहाँले यस जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क संकलनको लागि वासिङटन ग्रुपका प्रश्नावलीहरु समावेश गरिएको, राष्ट्रिय प्रशिक्षक सहजकर्ताको रुपमा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई पनि सामावेश गरिएको बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले अब हुने राष्ट्रिय जननणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण समावेश गर्नको लागि सबै एकजुट भएर आवश्यक सहयोग गर्नु पर्ने, प्रशिक्षक, गणक तथा सुपरिवेक्षेकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भयो । 

कार्यक्रम सञ्चालनकै क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदिश प्रसाद अधिकारीले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको गणना छुट्न तथा दोहोरिन नहुने भन्दै सम्बन्धीत निकायहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका सवालमा आवश्यक सल्लाह तथा सुझाब र अन्य सहयोग गर्न सकिने बताउनु भएको थियो । 
 
नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको सवालका विषयमा छलफलका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अब हुने राष्ट्रिय जनगणनामा सबै प्रकारका प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्नको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभूवन विश्व विद्यालय, केन्द्रिय तथ्याङ्ग विभाग लगायतका अन्य सम्बन्धीत निकायहरुसँग सहकार्य गरेर काम गरि रहेको बताउनु भयो । 

सो छलफलमा सहभागी व्यक्तिहरुले यस पटकको राष्ट्रिय जनगणनामा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको सही विवरण आउनु पर्ने, यसको लागि गणकहरुलाई अपाङ्गता भएका व्यक्तिहरुका विषयमा जानकारी मूलक तालिम प्रदान गर्नु पर्ने, यो राष्ट्रिय कार्यमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउनु पर्ने बताउनु भएको थियो ।

फाल्गुण १८ गते विराटनगरमा भरतमोहन स्‍मृति सभा गरिदै

समाचार


 काठमाडौं, १३ फाल्गुण- स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजनामा फाल्गुण १८ गते भरतमोहन स्‍मृति सभा गरिने भएको छ । उक्त सभा फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको हो । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम विराटनगर पोखरिया स्थित बिष्णु माया पुस्तकालय प्रांगणमा हुनेछ ।

स्‍मृतिसभामा भरतमोहन अधिकारीको योगदान बारे छलफल, स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको प्रदेश नं १ को घोषणा साथै अग्रज कम्युनिस्ट एवम् जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम रहेको पनि संस्थापक अधिकारीले जानकारी दिएकी छिन । स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष छिन् ।

ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक :ट्राफिक स्वयंसेवक न्यौपाने

समाचार


काठमाडौं । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका प्रमुख रामप्रसाद न्यौपानेले ट्राफिक सचेतना कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको बताएका छन् । यात्रुको बढी भीँडभाड हुने ठाउँलाई आधार मानेर गरिएको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आज सकिएको पनि प्रमुख न्यौपानेले बताए । सेवा केन्द्रले सामाजिक सेवालाई प्राथमिकता दिदै आएको परिप्रेक्ष्यमा सडक सुरक्षा व्यवस्थापनमा राज्यसँग हातेमालो गर्न पाउँदा सामाजिक जिम्मेवारी बढेको अनुभुती भएको उनले बताए ।

सहज र सुरक्षित आवागमन गर्ने लक्ष्य सहित ट्राफिक स्वयंसेवक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले बालुवाटार चोकमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पैदलयात्रु र सवारी साधनलाई सहजीकरण गरेको थियो । महानगरिय ट्राफिक महाशाखाको सो अभियानमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष न्यौपाने सडकमा स्वयम् खटिएका थिए ।

‘यो अभियान प्रभावकारी रहनुका साथै सफल भएको छ, समाजलाई योगदान पुर्याउ भनेर हामी पनि लागेका हौं’ उनले भने ‘ट्राफिक सचेतनासँगै सडक सुरक्षा बारे ज्ञान बाँड्ने कार्य अत्यन्तै उत्साहजनक रहयो ।’ सो क्षेत्रमा स्वयंसेवक परिचालन कार्यक्रममा अध्यक्ष न्याैपानेको अगुवाइमा समाजसेवी राजेन्द्रमान जोशी,शर्मिला खनाल, साबित्री खनाल, सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज कल्पना थापा (धमला), डम्बर शाही साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु तथा स्वयमंसेवकहरुको उपस्थिति रहेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा संचालन गरेको ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम आजसम्म जारी थियो । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त,दुरूस्त तथा सहज बनाउने उद्देश्यका साथ उपत्यकास्थित सामुदायिक सेवा केन्द्रको सहकार्यमा सहकार्यमा १० दिनसम्म ट्राफिक स्वयंसेवक परिचालन गरेको थियो ।

विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने

समाचार


१३ फागुन, काठमाडौँ । विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने भएका छन् । माक्र्सवादी एकता अभियान नेपालका नाउँमा आयोजना गरिने ‘सहिद जनयुद्ध र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा फागवुन १४ गते शहिद भएका दिल बहादुर रम्तेलको परिवारका परशुराम रम्तेल, बेपत्ता परिवारका एकराज भण्डारी, सहिद परिवारकी प्राध्यापक तक्मा केसी, घाइते जनयोद्धा गंगाबहादुर लामा, बन्दि परिवारकी मनु लामा, नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा सुन्दरमणि दिक्षीत, अधिवक्ता शम्भु थापा, नेकपा नेता नारायण शर्मा, पूर्व सभामुख तथा शान्ति वार्ताका प्रमुख कृष्णबहादुर महरा र नेकपा(क्रान्तिकारी माओवादी)का मोहन वैद्यले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक राजेन्द्र देशभक्तले बताएका छन् ।

फागुन १४ गते दिउँसो ठिक १२.३० बजे प्रज्ञा प्रतिष्ठानको पुस्तकालय कक्षमा सो कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् । गतवर्ष पनि पूर्व माओवादीहरुले स्वतः स्र्फुत रुपमा अन्तरक्रियात्मक भेटघाट गरेका थिए ।

युगान्तकारी सन्देश भन्दै बुद्धिजीवीहरुले गरे फैसलाको स्वागत

समाचार


 १२ फागुन, काठमाडौँ । बुद्धिजीवी पेशाकर्मीहरुले प्रतिनिधिसभा पुर्नस्थापनाको स्वागत गरेका छन् । फागुन १२ गते संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले विज्ञप्ति जारी गर्दै सर्वोच्चको निर्णयको स्वागत गरेका हुन ।उक्त फैसलालाई नेपालको राजनैतिक इतिहासमा एउटा युगान्तकारी सन्देश भन्दै उनीहरुले न्यायालयको गरिमा र विश्वास बढेको टिप्पणी समेत गरेका छन् । संगठनले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै सो निर्णयको विरुद्धमा आन्दोलनमा सक्रिय रुपले लागेको थियो ।

नेपाल बुद्धिजीवी संगठनबाट जारी विज्ञप्तिको सारसंक्षेप

मिति : फागुन १२, २०७७

प्रेस विज्ञप्ति

प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धमा सम्मानित सर्वोच्च अदालतले २०७७ फाल्गुण ११ गते गरेको फैसलाको नेपाल वुद्धिजीवी संगठन हार्दिक स्वागत गर्दछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मार्फत प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओलीले पदलाई दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटनमार्फत गर्नुभएको प्रतिगमनलाई पूर्णत अस्विकार गर्दै सर्वाेच्चले संविधानभन्दा माथी कोहि रहन नसक्ने नजीर बनाएको ठहर हाम्रो संगठनले गरेको छ । यो फैसला नेपालको राजनैतिक इतिहाँसमा एउटा युगान्तकारी सन्देशको रुपमा रहेको र न्यायालयको गरीमा र विश्वासलाई सर्वाेच्चको यो निर्णयले अझै बढाएको अनुभूति पनि संगठनले गरेको छ । प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा संगठनको तर्फबाट बिभिन्न विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउनु भएका, प्रतिगमनका विरुद्ध बृहत राजनीतिक तथा संवैधानिक अन्तरक्रिया एवम् पेशाकर्मी बुद्धिजीवीहरुको ऐक्यबद्धतासहित आन्दोलनमा जुटनु भएका तमाम बुद्धिजीवी र पेशाकर्मीहरुप्रति आभार ब्यक्त गर्दै संगठनले आयोजना गर्ने आगामी कार्यक्रममा सक्रिय सहभागिता जनाउन पनि यसै विज्ञप्तिमार्फत अनुरोध गर्दछौ ।

डा.दिनेशचन्द्र देवकोटा- संयोजक

कृष्ण केसी - सहसंयोजक

दोस्रो साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट ५ लाई प्रमाण पत्र वितरण

समाचार


काठमान्डौं –  साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७७ का उत्कृष्ट पाँचमा परेकालाई काठमान्डौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो । ‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमलाई रौनकता दिनको लागी विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रमेश बीजीले अवार्डप्रति लक्षित गर्दै भने वास्तविक स्रष्टाहरुले अवार्ड पाएर भाडाको साँघुरो कोठामा राख्न गाह्रो भइरहेको छ र अवार्ड भन्दा पनि कलाकारहरुलाई कलाकारितामा टिकिरहनको लागि पहिला पहल हनुजरुरी रहेको बताए ।

सामना म्युजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । प्रमाण पत्र वितहरण कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ पत्रकार शान्तिप्रिय, रेडियो काठमाडौंका प्रमुख बजार व्यवस्थापक एवं संचारकर्मी चन्द्रमणी गौतम, चलचित्र निर्देशक माधव राज खरेल, पावर न्युज राष्टिय मासिकका सम्पादक कमला जोशी , म्यूजिक खबरका सम्पादक सविता पोखरेल, गीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित गायिका तथा व्यवसायी धनकुमारी थापा सरु, चर्चित गीतकार लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सामना क्रियशनका अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई अवार्डका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रमलाई संचारकर्मी दीपज्योति थापाले संचालन गरेकी थिइन् ।

आइएलओको रकममा अनियमितताको आरोपको एनआरएनए साउदीद्धारा खण्डन, प्रमाणित गर्न चुनौती (विज्ञप्तिसहित)

समाचार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाले ले आइएलओको रकममा अनियमितताको आरोपको खढडन गर्दै प्रमाणित गर्न चुनौती दिएको छ । केही दिनयता विभिन्न सञ्चार माध्यममा संस्थाको आर्थिक हिनामिना सम्बन्धमा आएका समाचारहरु झुटा रहेको भर्चुअल पत्रकार सम्मेलनमार्फत एनआरएनए साउदी अरेबियाले खण्डन गरेको हो ।

कोभिड–१९ को अबस्थामा एनआरएनएले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) द्वारा सहयोगका रुपमा प्राप्त रकम सामाजिक प्रोजेक्टमा साउदी अरबमा पनि अनियमितता भएको भन्दै केही माध्यममा समाचार प्रकाशित भएका थिए ।

एनआरएनए साउदीले समाचारलाई खन्डन गर्दै सम्पुर्ण कोष विवरण पारदर्शी रुपमा रहेको सार्वजनिक गर्दै तथ्य र प्रमाण बिनाको समाचार फैलाउनेहरुलाई कुनै पनि आर्थिक हिनामिनाको प्रमाण देखाउन पनि चुनौती दिएको छ । उक्त कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्वका उपसंयोजक, आइसिसी सदस्यहरु तथा एनसिसि पदाधिकारीहरु, आइएलओ प्रोजेक्टको अनुगमन टोली र अन्यको उपस्थित थिए ।

संस्थाका अध्यक्ष तेज थापाको अध्यक्षतामा महासचिव उमेश भट्टराईद्वारा संचालित प्रेस मिट कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्तोष लुइँटेलद्वारा आर्थिक विवरण सार्वजनिकसमेत गरिएको थियो ।

यसै गरि कार्यक्रममा उपस्थित आइसिसी सदस्य नरायाण पास्वान, आइसिसी मध्यपुर्व उप संयोजक राजेन्द्र अर्याल, एनसिसि संरक्षक राजु सैयद, एन सिसि उपाध्यक्षहरु बिशाल श्रेष्ठ, रोशन श्रेष्ठ, सचिब लाल बहादुर मगर, सह कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, प्रोजेक्ट अनुगमन सदस्य दिपक रेग्मी लगायत सम्पुर्ण उपस्थित हरुले बोल्दै मध्यपुर्व साउदीमा निस्वार्थ भावनाले सामाजिक कार्यहरू गर्दै जाँदा, अधिकांश पीडित श्रमिकहरुलाइ सहरा बनेर धेरै समस्यामा मल्हम लगाउदै समाधानमा सहयोग गर्दै आइरहेको श्रमिकको एक मात्रै सामाजिक संस्था, साउदी अरबको एनआरएनलाई लगाइएको मिथ्या आरोप प्रती घोर निन्दा व्यक्त गरे ।
कार्यक्रममा बिना प्रमाण सुनेको भरमा समाचार छापेकोमा आपत्ति जनाउँदै प्रमाण जुटाएर आउन र यदि प्रमाण नभए भ्रमात्मक समाचार फैलाउनेलाइ कार्वाही गर्ने चेतावनीसमेत दिइएको थियो ।

कार्यक्रममा संस्थाका प्रबक्ता बिष्णु न्यौपानेले यस्ता भ्रमात्मक खबरलाइ चिर्न सदैब तत्पर रहेको बताएका थिए। अन्त्यमा अध्यक्ष तेज बहादुर थापाले कार्यक्रम समापन गर्ने क्रममा यसरी बिना प्रमाण युरोप अमेरिकाको कुनै कुनामा बसेर भ्रमात्मक र मिथ्या खबर प्रकाशित गरेर एक सिङ्गो संस्थालाई असर पुग्ने खालका समाचार छपाउनेलाइ सप्रमाण सहित आउन पनि अनुरोध गर्दै हिनामिना भएको प्रमाण भए जस्तोसुकै अबस्थामा आफुहरुले सजाय भोग्ने र प्रमाण नभए संस्थालाई आँच पुर्याउने समाचार छाप्नेलाइ सामाजिक रुपमा क्षमा माग्नु पर्ने, नमागे कार्वाहीको दायरामा ल्याउने बताए ।

कार्यक्रममा अध्यक्ष थापाले गलत समाचारलाई चिर्नको लागि पनि सहयोग गर्न अनुरोध गरे । उनले हिड्दा पनि ठेस लाग्छ भने निस्वार्थ भावानाले सामाजिक कामहरु गर्दा यस्ता बाधा अड्चनहरु आइपर्ने र यस्ता मिथ्या समाचारहरुबाट सचेत रहि बिचलित नहुन र सदैब अडिग रहन एनआरएनए साउदी टिमलाइ आग्रह गरे ।

विज्ञप्ति

गैर आवासीय नेपाली संघ साउदी अरब माथि फैलाइएको भ्रामक दुस्प्रचार प्रति गम्भिर ध्यानाकर्षण

सम्पूर्ण पाठक, बुद्धिजीवी, समाजसेवी, मिडियाकर्मी, संघका बिभिन्न तह र तप्काका पदाधिकारी लगायत सम्पूर्णमा सर्व बिदितै छकि कोरोना माहामारिले साउदी अरबमा रहेका नेपाली श्रमिकहरु माथि निम्त्याएको अफ्ठेरो परिस्थिति उपर गैर आवासीय नेपाली संघ साउदी अरबले गत १०-अप्रेल-२०२० देखि यहाँ स्थित नेपाली कुटनितिक नियोग, बिभिन्न संघ संस्था संग हातेमालो गर्दै युध्द स्तरमा पहल, पैरवी र समन्वयकारी भूमिका निभाउंदै पीडितहरुलाई राहत, खाद्यान्न, स्वदेश फिर्ती, आवास तथा सेल्टरको ब्यवस्था, आउटरिच क्याम्पिङ मार्फत राहदानी सहजिकरण, पिसिआर टेस्ट तथा हवाई टिकट उपलब्ध गराउनु साथै अन्य बिबिध मानविय कार्यमा निरन्तरता दिंदै आएका छौं। संघले गरेका हरेक गतिबिधिहरुका अभिलेखहरु हरेक साता सम्बन्धित सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्नुको साथै वेवसाइट तथा सामाजिक सन्जाल मार्फत सम्प्रेषण गरिएको छ। जानकारीको निम्ती हाम्रो वेवसाइट https://nrnaksa.com/ मा हेर्नु हुन सबैमा अनुरोध गर्दछौं। हामी निस्वार्थ भावनाले इमान्दारी पूर्वक मानवीय कार्यमा बिगत देखि निरन्तर लागिरहेका छौं र लागिरहने प्रतिबध्दता व्यक्त गर्दछौं। परन्तु: हामीले गरेका बिबिध गतिबिधिहरु उपर तथ्यहिन, भ्रामक समाचार, कु-प्रचार, आधारहिन आरोप बिभिन्न सामाजिक सन्जाल बाट आएकोमा गैर आवासीय नेपाली संघ साउदी अरबको घोर आपत्ति रहनुको साथै भ्रत्सना गर्दछौं। यस्ता दुस्प्रचार र भ्रामक अफवाह फैलाउने प्रती खेद प्रकट गर्दछौं र सत्य तथ्य छनबिन गरी मिथ्या भ्रम फैलाउने उपर कडा भन्दा कडा कारबाहिको निम्ती संघको माथिल्लो निकाय सहित सम्बन्धित सरोकारवालाहरु समक्ष जोडदार माग गर्दछौं ।

बोधार्थ:
• NRNA ICC
• Embassy of Nepal –Riyadh
• General Consulate of Nepal-Jeddah

पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाका १० बुँदे माग

समाचार


काठमाडौं, १० फाल्गुण -कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले विभिन्न दशबुँदे माग अघि सारेका छन् । विभिन्न ३७ वटा संघसंस्थाले सोमवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न १० बुँदे माग राखेका हुन् । उक्त माग अघि सार्नेमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान) नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), पाटा नेपाल, नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत छन् । उनीहरुले नेपाल घुम्न आउने विदेशी पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने विदेशी पर्यटकलाई ५ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन उनीहरूले सरकारलाई आग्रह समेत गरेका छन् । स्वास्थ्य प्रोटोकलको नाममा ५ दिन अनिर्वाय क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले पर्यटक आगमन प्रभावित बनेको व्यवसायीको भनाई छ ।

उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पत्रकार सम्मेलनका संयोजक एवं टानका अध्यक्ष खुमबहादुर सुवेदीले स्वास्थ्य प्रोटोकलमा ध्यान दिन तयार रहेको भन्दै त्यो मापदण्ड हटाउन आग्रह गरे । सरकारले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न चाहेको हो भने पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले अघि सारेको मागलाई तत्काल सम्बोधन गर्न उनले आग्रह गरे ।

त्यसैगरि नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले सरकारले पर्यटन क्षेत्र सम्बद्ध संघसंस्थाले राखेको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । साथै, उनले राजनीतिक दलका नेताले कोरोनालाई बेवास्ता गर्दै लाखौंको भीड जम्मा गर्न मिल्ने सभा, समारोह आयोजना गर्न हुने भनि प्रश्न राख्दै व्यवसायीको राखेको जायज माग भने सम्बोधन नहुनु दु:खद भएको औल्याए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) कि महासचिव सरिता लामाले संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रम माझ डा. कर्ण बहादुर शाहीले धन्यवाद मन्तब्य दिएका थिए ।

यस्ता छन् दशबुँदे माग

१) ​७२ (बहत्तर) घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुका हकमा ७ (सात) दिनसम्म अनिबार्य क्वारेण्टाइनमा बस्नपर्ने प्रावधान हटाउनुपर्ने ।

२)​अनलाइन र अराइभल भीषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भीषाको ब्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने ।

३)​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने ।

४)हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

५)​कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकहरुलाई उपलब्ध गराउनुपर्ने ।

६)​नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशीघ्र खोल्न पहल गर्नुपर्ने ।

७)​नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिबार्य गाइड तथा पदयात्रा सहयोगी लिएरमात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने ब्यवस्था गर्नुपर्ने ।

८)नेपाल–भारतका र नेपाल-चीन सीमानाहरुबाट भित्रिने पर्यटकहरुलाई सरकार तथा सम्बन्धित निकायबाट अनुगमन गर्नुपर्ने ।

९)कम्तिमा ५००० हजार अमेरिकन डलर बराबरको कोरोना बिमा हटाउनुपर्ने ।

१०)कोरोना विरुद्धको भ्याक्सिन पुरा मात्रा लगाई आएका पर्यटकलाई सहज र निर्बाध रुपमा घुम्न दिनुपर्ने ।

एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागि गरे जग्गा दान

समाचार



पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले जग्गा दिएसंगै गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवनको काम अघि बढने भएको छ ।
सो पालिकाको वडा नं ६ सरौखोलाका स्थायी बासिन्दा निलकण्ठ तिवारीले सरौफांट सोताको १ रोपनि जमिन निशुल्क प्रदान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।
वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।
२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका तथा २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनका लागी भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि क्रियाशिल छन । उनी दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका थिए । एैक्यबद्धता प्रकाशनका अध्यक्ष उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन ।

जग्गा घोषणा सम्बन्धमा मागिएको एक प्रतिक्रियामा तिवारीले भने ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो भन्ने एउटा भाव, संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने अर्को भाव तथा आफनो बंशजको परंपरा लगायतलाइ मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’

शेरबहादुर तामाङ दम्पत्ति ओली क्याम्पमा प्रवेश गर्ने !

समाचार


काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई नेकपा ओली समूहमा प्रवेश गर्ने भएका छन् । आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ ओली क्याम्पमा गएका थिए ।

पछि उनी नेकपा दाहाल-नेपाल समूहमै प्रवेश गरेका थिए । तामा ङले संसद पूनःस्थापना हुने सम्भावना नभएको भन्दै बरु शासकीय स्वरुप नै परिवर्तनको माग गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित शासन प्रणाली लागु गर्नुपर्ने धारणा राखेका छन् ।

ओली सरकारमा सहभागी एक मन्त्रीका अनुसार मुलुक चुनावमा होमिएकोले अब दाहाल नेपाल समूहका धेरै प्रभावशाली नेताहरु आफूहरुको क्याम्पमा प्रवेश गर्ने लहर चल्नेछ । पछिल्लो समय दुवै पक्षमा नेताहरु तानाताना भएको अवस्था छ ।