काठमाडौं – चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिएका छन् । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उनले बताए ।
चलचित्रमा सञ्जीत भण्डारी, संजय खतिवडा, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवी गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रुपा केसी, ऋचा थापा, चक्र राई, कनिज कोइराला, लगायतको अभिनय छ ।
मदन घिमिरे निर्देशित चलचित्रमा छायांकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरी उपे्रती र दीपेन्द्र खड्काको रहेको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर रहेको छ । प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् ।
काठमाडौँ — पुस १३, २०७९।
दोश्रो संस्करणको ‘लिटिल स्टार काभ्रे’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। ईनोभेसन ईभेन्ट मेनेजमेन्टद्वारा आयोजित उक्त ‘लिटिल स्टार काभ्रे, २०२२’ प्रतियोगितामा ‘ग्रुप ए' र ‘ग्रुप बी’ गरी दुई समूहका मुख्य बिजेता घोषित भए । ‘ग्रुप ए'तर्फ ग्रेसल्यान्ड स्कूलकी एरी राना मगर र ‘ग्रुप बी’ तर्फ विद्यासागर इंलिस स्कूलकी आर्या मानन्धरले प्रतियोगिताको शिर्ष उपाधी हात पारे। बिजेताले प्रतियोगिताको शिर्ष ताजसंगै आयोजकको तर्फबाट नगद पुरस्कार र अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
प्रतियोगिताको ‘‘ग्रुप ए'तर्फ पार्थवी परियार फर्स्ट रनर अप, श्रीजु अर्याल सेकेन्ड रनर अप, शायना बादे थर्ड रनर अप र प्राश्ना घिमिरे फोर्थ रनर अप घोषित भए। यस्तै ‘ग्रुप बी’तर्फ सुबाष्मा श्रेष्ठ फर्स्ट रनर अप, प्रेमिसा सिग्देल सेकेन्ड रनर अप, दिव्यांशु खड्का थर्ड रनर अप, खुसी बैद्य फोर्थ रनर अप र श्रीषा जोशी फिफ्थ रनर अप घोषित भए भने विधागततर्फ आदर्श पोखरेलले लिटिल प्रिन्स र आयुषा सापकोटाले लिटिल प्रिन्सेसको अवार्ड आफ्नो हातमा पार्न सफल भए।
रोजिन शाक्य र रुबेश्का श्रेष्ठले संचालन गरेको उक्त अन्तिम स्पर्धाको निर्णायकमा रुश्का श्रेष्ठ, गिता पुरी, दिपक घिमिरे, धिरज तण्दुकार, आर्शु महर्जन, रोहन श्रेष्ठ र युश्मा मगर रहेका थिए।
बालाबालिकाहरुको अन्तर्निहित प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढाउदै उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ईनोभेसन ईभेन्ट मेनेजमेन्टले विगत लामो समयदेखि राजधानीलगायत मोफसलका धेरै स्थानहरुमा बालबालिका केन्द्रीत सौन्दर्य तथा प्रतिभा प्रस्फुटन प्रतियोगिता संचालन गर्दै आएको आयोजक संस्थाका अध्यक्ष महेश केसीले जनाए ।
काठमाडौं-पन्ध्र बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानब सेवा आश्रम कौसलटारमा मनाएको छ। अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सेवा सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालको न. १ युनिसेक्स पार्लर रश्मिलाज फेसियल हाउसले पौष १० अर्थात डिसेम्बर २५ तारिखमा रश्मिलाज फेसियल हाउसको बार्षिकोत्सब मनाउदै आएको छ। भक्तपुरको कौसलटारमा अबस्थित मानब सेवा आश्रममा आश्रित ४३ जना बृद बृदाहरुलाइ भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरि फेसियल हाउसले बार्षिकोत्सव मनाएको छ। सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकि अध्यक्ष बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठको बुवा स्व। तिलक बहादुर श्रेष्ठ २५ दिन अगाडी मात्र स्वर्गारोहण भएको कारणले गर्दा १५ औं बार्षिकोत्सवलाइ बृदाश्रममा रहेका आमा बुवाहरु माझ भोजनको साथ खाध्य सामग्री सहयोग गर्दै मनाईएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठ बताउछन। उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वाश माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै पन्ध्रौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश कुमार श्रेष्ठले बताए ।
सो अवसरमा बरिष्ठ सौन्दर्यबिद श्रेष्ठले देश बिदेशमा रहेका सम्पूर्ण सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुलाई तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा सेवा गर्न अवसर दिने सम्पूर्ण सेवाग्राही, शुभचिन्तक र बिसेष गरि रातदिन नभनी पार्लरमा काम गरेर रश्मिलाज फेसियल हाउसलाई नेपालको न। १ बनाउन अहोरात्र खट्ने सम्पूर्ण पार्लर स्टाफहरुलाई धन्यबाद ब्यक्त गरीन।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो। जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ। सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन। रश्मिलाज फेसियल हाउसको एनिवर्सरीको उपलक्ष्यमा स्पेसल डिस्काउण्ट अफर समेत रहेको उनिले बताईन।
‘मिस्टर एण्ड मिस डाईनामिक पोखरा,२०२२' को उपाधिका लागि अन्तिम ८ प्रतिस्पर्धीहरु अन्तिम प्रशिक्षणमा जुटेका छन्। ब्ल्यू रेज प्रोडक्सनको आयोजनामा हुँदै गरेको उक्त प्रतियोगितामा सहभागिले आफ्नो सहभागितालाई अवसर निर्माणको आधार भएको बताएका छन। डिसेम्बर २३ मा र्याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्धिका लागि प्रतियोगितामा सहभागी भएकालाई विशेष प्रशिक्षण प्रदान सुरु भएको छ।
जसमा नेपालका ख्याति प्राप्त फेसन कोरियोग्राफर तथा अन्य ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा मोटिभेसन सम्बन्धि विभिन्न विद्यामा प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।
प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाई उपयोग गर्न सक्ने बनाउनु मुख्य लक्ष्य रहेको आयोजकले जनाएका छन । अन्तिम प्रतिष्पर्धाका लागि विभिन्न चरणको छनौट प्रक्रिया पार गर्दै शिर्ष ८ मा छनौट भई उपाधीको निम्ति सिद्दार्थ चोक, पोखराकी मुना क्षेत्री, बगर,पोखराका बिश्वास तामाङ्ग, अमरसिंह पोखराकी निओ गुरुङ्ग, शिल्लिङ्गे, पोखराकी अनु राजभाट, सृजना चोक, पोखराकी युनिका गौतम, बागमारा, पोखराका निसान गैरे, बझापाटन, पोखराकी तारा श्रीपाली र पर्स्याङ, पोखराकी कृत्तिका क्षेत्री प्रतिस्पर्धा गरिरहेका छन।
Kathmandu - Inspired by True Events, Dev – Ghat, a family crime thriller movie has just been announced by a group of young film-makers looking to make their mark. The film is set to be made under the banner of FA Productions.
The film is written and set to be directed by Diwash Amgain, 26 years old, a Film College graduate. He has previously worked in various commercials and short films, winning the Jury Award in NIFF. He also travelled to Thailand in 2017 after being selected from Nepal for Thailand International Film Festival. Diwash described the film as a family murder mystery set against the backdrop of DevGhat, Chitwan.
Jason Lopchan will be serving as the executive producer of the movie. Jason, being a Director himself, has previously directed Mayor Balen Shah’s music video and currently has his own directorial movie, “Ananta” starring Karma and Laxmi Bardewa under post production.
The film titled, Dev – Ghat, is currently holding a Casting Call for Actors and will be announcing the full cast and crew in the next few weeks. The film is set to start production in the first week of Falgun this year.
काठमाडौँ — पुस ३, २०७९।
थाईल्याण्डमा आयोजित बालबालिका संवद्द अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ ।
केही समयअघि राजधानीमा फेसन ईराको आयोजनामा सम्पन्न ‘लिटिल स्टार प्रिन्स एन्ड प्रिन्सेस २०२२’ का विजेता आर्यन पोखरेल (प्रिन्सतर्फ), स्मारिका लम्साल (प्रिन्सेसतर्फ) र सेकेन्ड रनर अप युभी लामा गुरुङ्ग(प्रिन्सेसतर्फ)ले थाईल्याण्डमा आयोजित ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व जनाउँदै उपाधी जितेका छन ।
सनिबार अर्थात डिसेम्बर १७ मा सम्पन्न प्रतियोगितामा आर्यनले ‘किड्स स्टार ईन्टरनेशनल २०२२’ को टाईटल उपाधी सहित राईजिङ स्टार २०२२ को उपाधी हात पारे भने स्मारिकाले बिधागत तर्फको बेस्ट फ्रेन्डशिप अवार्डसहित बेस्ट कस्टुमतर्फ फोर्थ रनर अपको उपाधी जितिन। त्यसैगरी युभीले किड्स स्टार फिफ्थ रनर अप सहित बेस्ट नेशनल कस्टुमतर्फ फर्स्ट रनर अपको उपाधी जितिन।
बालाबालिकाहरुको अन्तर्निहित प्रतिभालाई परिपक्व बनाउन अध्ययनका साथै अतिरिक्त क्रियाकलापमा समेत अगाडि बढ्न हौस्याउनुपर्छ । बालबालिका केन्द्रित सौन्दर्य प्रतियोगितासंगै सङ्गीत, नृत्य, अभिनय जस्ता विभिन्न प्रतियोगिताले बालबालिकाको प्रतिभा प्रस्फुटन गराउन सहज हुने र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगितामा बालबालिकाहरुलाई सहभागी गराउँदा उनीहरुको चौतर्फी बिकाससंगै हाम्रो संस्कृती तथा भेषभुषाको प्रवर्द्दनमा समेत सहयोग पुग्ने फेशन ईराका संचालक आनन्द सिंहले जनाए।
दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर' को उपाधी संवृद्दी क्षेत्री र नीरजसिंह लोहनीले पहिरिएका छन्। एवरेष्ट ईभेन्ट्सको आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर'को अन्तिम प्रतिस्पर्धामा बाँकी प्रतिस्पर्धीहरुलाई पछि पार्दै क्षेत्री र लोहनीले क्रमश: मिस र मिस्टर तर्फको शीर्ष ताज आफ्नो हातमा पार्न सफल रहे। बिजेताले उपाधीसंगै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर समेत प्राप्त गरेका छ्न्। त्यसैगरी एवरेष्ट फिल्म एकेडेमीमा एक लाख बराबरको शैक्षिक छात्रवृत्ती, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती ईडिआई ग्लोबल एजुकेशनबाट शैक्षिक छात्रवृत्तीसहित बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा फर्स्ट रनर अप दीपा चौधरी र नीरज गुरुङ्ग, सेकेन्ड रनर अप साकुरा खत्री र श्याम गुरुङ्ग, अर्गनाईजर चोईस परिक्षा श्रेष्ठ, ब्राण्ड एम्बासडर जीना श्रेष्ठ, ब्यूटी वीथ ब्रेन साईना थापा घोषित भएका थिए। अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा नायक तथा कोरियोग्राफर दिक्पाल कार्की, मेकअप आर्टिस्ट शैलजा शाह, टेलिभिजनकर्मी बिना श्रेष्ठ, मोडल/एयरहोस्टेस दिव्या महर्जन, डिजाईनर आरूपजंग क्षेत्री, मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ मिलेनियम तण्डुकार शाह र ब्राईट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकी रहेका थिए।
स्कूल तथा कलेजका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले लगातार दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस मोडल अफ द ईयर' सम्पन्न गरिएको आयोजक संस्था संस्था एवरेष्ट ईभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जनाए ।
काठमाडौँ — मंसिर २८, २०७९। ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल २०२२' को शीर्ष ताज सत्विसा भण्डारी(सिनियरतर्फ) र आएश्ना महर्जन (जुनियरतर्फ) ले पहिरिएका छन्। एवरेष्ट ईभेन्ट्सद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल' को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सत्विसा र आएश्नाले क्रमश: सिनियर र जुनियर तर्फको शीर्ष ताज जितेका छन् ।
बिजेताले उपाधीसंगै आयोजकको तर्फबाट साईकल, काठमाडौं भ्याली स्कूलबाट १०००० बराबरको शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। साथै बिजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गरेर आफ्नो प्रतिभा देखाउने अबसर समेत प्राप्त गरेका छन।
त्यस्तै प्रतियोगिताको फर्स्ट रनर अप प्रतिक नेपाल (जुनियर) र लूनिभा शाही (सिनियर), सेकेन्ड रनर अप रुची लुईटेल (जुनियर) र आर्या मानन्धर (सिनियर), थर्ड रनर अप प्रनिथ पाल थापा, फोर्थ रनर अप सान्भी शर्मा (जुनियर), अर्गनाईजर चोईस सङ्ग्रिष पौडेल (जुनियर) र ईशा डंगोल (सिनियर), ब्राण्ड एम्बासडर एब्रिना श्रेष्ठ (जुनियर) र सुआनी श्रेष्ठ (सिनियर), ब्यूटी विथ ब्रेन बिभा रौनियार (जुनियर) र आहाना महर्जन (सिनियर) घोषित भएका थिए।
आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर तथा मिडिया पर्सन रोजिन शाक्यले संचालन गरेका थिए।
प्रतियोगिताको निर्णायकमा नायक तथा कोरियोग्राफर दिक्पाल कार्की, मेकअप आर्टिस्ट शैलजा शाह, टेलिभिजनकर्मी बिना श्रेष्ठ, मोडल/एयरहोस्टेस दिव्या महर्जन, डिजाईनर आरूपजंग क्षेत्री, मिस्टर मोडल अफ द वर्ल्ड नेपाल २०२२ मिलेनियम तण्डुकार शाह र ब्राईट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकी रहेका थिए। बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतिभा प्रस्फुटन तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ‘नेपाल्स नेक्स्ट किड्स टप मोडेल २०२२' सम्पन्न गरिएकोआयोजक संस्था एवरेष्ट ईभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जनाए ।
काठमाडौँ — धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा अवसर हो, ‘प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगितामा आफ्नो अलग्गै छवी बनाएको मोडल सङ्ग्स नेपालले मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना गर्दै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु गर्ने भएको छ । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ ।
मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर रहेका प्लस साईज युवती/ महिलाहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्वद्द बिभिन्न अवसर प्रदान गर्नमा अब्बल साबित भएको आयोजक संस्थाकी ईभेन्ट म्यनेजर स्वस्ती दंगालले जनाएकी छिन । यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि ‘मिस्टर प्लस साइज नेपाल’को आयोजना समेत गर्दै आएको छ । राष्ट्रिय नाचघर जमलमा पुस ९ गते शनिवार (डिसेम्वर २४) हुने अडिसनबाट छनौटमा परेका प्रतियोगीलाई अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ। मोटोपनाका कारण हिनताबोध भएका युवतीहरूलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ‘ प्लस साईज मोडल नेपाल २०२३’मा नेपालका चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेने छ।
प्लस साईज मोडलिङ सम्बन्धि नेपालको यो एक मात्र उत्कृष्ट प्रतियोगीता भएकोले यसपटक चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनरलाई पनि अवसर प्रदान गरिनेछ । चौथो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले प्लस साईज युवती/महिलाहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल प्रतियोगितासंग आफू जोडिन पाउँदा खुसी लागेको वूमनियाकी संचालिका प्रियंका बोथ्राले जनाईन। साथै प्लस साइज (मोटोपन) भएर निराश भई बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनाले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमता अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा सहभागिता जनाउन बोथ्राले आह्वान गरेकी छिन।
इच्छुक प्रतिस्पर्धीहरुले अनलाईन अडिसन फाराम भर्नको निमित्त तलको लिङ्क क्लिक गर्नुहोला—https://bit.ly/GlobalOnlinePay-PlusSizeNepal
काठमाडौं–मध्यपुर्वको अध्ययन भर्मणमा साउदी पुगेका नेपाली पत्रकारहरुको टोलिले राजधानी रियादमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम गरेका छन ।नेपाली अन्तर संस्था समन्वय समितिको संयोजनमा रियादमा क्रियासिल संघ–संस्थाहरूका प्रतिनिधिसँग साउदी रहेका नेपाली श्रमिकका समस्या र समाधानका विषयमा छलफल गरेका हुन । नेपाली अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले साउदीमा नेपाली श्रमिकले धेरै समस्या भोगिरहेको बताँउदै समस्या समाधानमा कठिनाइ रहेको बताए । भौगोलिक रूपमा ठूलो रहेको साउदीमा ४ लाखभन्दा बढी नेपाली कार्यरत छन । ‘यहाँ कुनै ठाउँमा नेपालीलाई समस्या पर्दा तुरुन्तै पुग्न सक्ने अवस्था छैन । अझ कानुनी कठिनाइ पनि उत्तिकै छन्,’ उनले भने ।
नेपाल सरकारले साउदीका लागि न्यूनतम १ हजार तलब र खाना खर्चबापत ३ सय रियाल पारिश्रमिक तोकेतापनि व्यवहारिक रुपमा लागू नभएको अध्यक्ष पौडेलको भनाइ छ । ’नेपाल सरकारले पारिश्रमिक तोकिदिएको त छ तर, यहाँ व्यवहारमा भने लागू भएको पाँइदैन,झ उनी भन्छन्, ‘दुई देशबीच छिट्टै श्रम सम्झौता गरेमात्र यो सम्भव हुन्छ । नेपालको एकपक्षीय अडानले मात्र श्रमिकले भनेअनुसारको पारिश्रमिक पाउने देखिदैन ।’ साउदीमा अलपत्र पर्ने नेपालीको संख्या बढेको बताउँदै उनले वैदेशिक रोजगारीमा हुने विकृति रोक्न नेपालबाट नै कडाइ गर्नुपर्ने बताए ।
‘यहाँ आउने श्रमिकहरु आफ्नो घरदैलोबाटै ठगिएको पाइन्छ ,’ उनले भने, ’यहाँ दैनिक सयौं समस्या आउँछन । संघ–संस्थाले पैसा उठाएर समस्या समाधान गर्न पनि सम्भव हुँदैन । यसरी बिचल्लीमा पर्ने नेपालीको व्यवस्थापनको लागि नेपाल सरकारले नै छुट्टै कोष खडा गर्नुपर्छ ।’ छलफलमा नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले साउदीमा कार्यरत नेपाली श्रमिकका समस्या उजागर गर्न पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए साउदीका उपाध्यक्ष एबं ग्लोबल आइएमई बैंकका मध्यपुर्व प्रमुख राम बहादुर क्षेत्रीले नेपालबाट आएका पत्रकारहरुलाई स्वागत गर्दै पत्रकार समाजको ऐना भएकाले साउदी र मध्यपुर्वका वास्तविक समस्या औल्याइदिन आग्रह गरे । उनले बैदेशिक रोजगार रहर नभएर बाध्यता भएको जनाउदै आफुहरुले बिदेशमा दुख गरेर कमाएको पैसा बैंकिंग माध्यमबाट मात्रै पठाउन सबैलाई अनुरोध गरे ।
नेपालबाट गल्फ भ्रमणमा रहेका जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले ,वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष तथा रोजगार मिडियाका सम्पादक उद्वब भट्टराई र प्रवास खबर डटकमका बिनेश खनालले साउदी अरबमा रहेका नेपालीको आवाज उठाउने प्रतिबद्धता जनाए । छलफलमा २ दर्जनभन्दा बढी बिभीन्न संघ सँस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा अन्तर संस्था समन्वय समितिका प्रमुख सल्लाहकार दीपक रेग्मी, अन्तर्राष्ट्रिय झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापा, नेपाली जनप्रगतीशिल मंच पश्चिम एसियाका सदस्य कमल शाही, सँस्थाका महासचिव नागेश तामाङ, युवा सेवा समाज साउदीका अध्यक्ष नवराज थापा, किराँत अयोख्या समाज साउदीका अध्यक्ष विज्ञान राई, वैदेशिक रोजगार श्रमिक समन्वय समितीका प्रतिनिधी अमृत घिसिङ्ग, याक्थुङ्ग चुंगलुङ्ग साउदीका महासचिव एवम् अनटाईम टिभीका पत्रकार राज चेम्जोङ्ग, पिटी अनलाइनका पत्रकार सुन्जित तामाङ, सामाजीक अभियन्ताहरु रोम लामा, याम तमु, मोहन अधिकारी, टंक पाठक, खगेन्द्र बराल, युवराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।