generalnews
||Power News Asia||

आजको समाचार

वीउवासङ्घद्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

समाचार


वीरगञ्ज ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेका व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहहरु सहित होचिमिह सिटीमा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) अवलोकन भ्रमण गरेका छन् । वीउवासङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरु बीचको भएको छलफल तथा भियतनामका उद्योगी व्यवसायीहरुले “होचिमिह सिटी”मा रहेको “प्रो ट्रेड इन्टरनेशनल टेक पार्क” (पिआईटिपी) भ्रमण र अवलोकनका लागि गरेको आग्रह अनुसार सङ्घको टोलीले सो व्यापारिक पार्कको भ्रमण अवलोकन गरेका थिए । उक्त अवसरमा सङ्घको भ्रमण टोलीले व्यापारिक पार्कका महानिर्देशक संग भेटघाट तथा अन्तरक्रिया गरेको थिए ।

अन्तरक्रियाको क्रममा व्यपारिक पार्कका महानिर्देशकले व्यापारिक पार्कको विशेषताबारे वीरगञ्ज उद्योग वाणिज्य सङ्घको भ्रमण टोलीलाई प्राविधिक तथा स्थलगत रुपमा अवगत गराउनु भएको थियो । मुख्य विशेषता सम्बन्धमा महानिर्देशकले भन्नु भयो यस व्यापारिक पार्कमा कुनै व्यवसायीले त्यहाको जग्गा र भवनका लागि एक पटक लगानी गर्दा ५० बर्षसम्मको लागि प्रभावकारी हुन्छ र ५० बर्ष पछि मात्र नवीकरण गराउनु पर्ने व्यवसथा रहेको छ । जसले गर्दा यस व्यवसायीक पार्कमा विश्वका धेरै जसो देश अमेरिका, जापान, कोरिया युरोपीय मुलुकहरुका साथै अफ्रिकी मुलुकका उद्योगी व्यवसायीहरुको अत्यधिक लगानी रहेको जानकारी गराउनु भएको थियो । देशको आर्थिक विकासका लागि अर्थकर्मीहरुको प्रमुख भूमिका हुने रहेछ भन्ने कुरा सुनेका थियौं तर आज स्थलगतरुपमा अनुभव गरेको सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले बताउनु भएको थियो ।

वहाले, यस किसिमको सुविधा नेपाल सरकारले पनि उपलब्ध गराउनु सक्यो भने नेपालको आर्थिक सबलता अन्य मुलुक भन्दा अगाडी रहने बताउनु भएको थियो । वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको सिमरामा नेपाल सरकारले स्थापना गरेको इपीजेडकोमा जग्गाको मूल्य धेरैनै रहेकोले उद्योगी व्यवसायीहरु उक्त ठाउँमा उद्योग लगाउन सकि रहेका छैन अध्यक्ष डा.गुप्ताले थप्नु भएको थियो । वैदेशिक लगानी कसरी भित्राउने र भित्री सकेको लगानीलाई कसरी प्रवद्र्धन गर्ने हामीले सिक्नै पर्ने भएकोले यस व्यवसायीक भ्रमणले धेरै कुरा सिक्ने मौका पाएकोमा डा. गुप्ताले प्रसन्नता व्यक्त समेत गरेका थिए ।

उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ । वीउवासङ्घका व्यापारिक प्रतिनिधिमण्डल गत एक सातादेखि अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय व्यापार विस्तारका क्रममा वैदेशिक भ्रमण रहेका छन् ।

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा रोजिन शाक्यकोे कोरियोग्राफी

समाचार


अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा रोजिन शाक्यकोे कोरियोग्राफी 

मलेशियाको क्वालालम्पुरमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफर रहने भएका छन् । प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ संचालन हुनेछ । ईप्लानेट प्रा.लिको आयोजनामा संचालन हुने यस प्रतियोगितामा विश्वका विभिन्न देशका चालीस भन्दा बढी सहभागिहरुवीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता यही नोभेम्बर १४ देखि २० तारिख सम्म मलेशियामा संचालन हुँदैछ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर १९मा मलेसियाको क्वालालम्पुरस्थित भिभा होम शपिङ मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न हुनेछ । यस अघि हेरिटेज प्याजेन्टस् नेपाल, भारत, श्रीलंका र सिंगापुरमा सम्पन्न भएको थियो । 

राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरको परिचय बनाएका रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसकेका छन् ।  सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफीमा पनि अगाडि बढेका रोजिनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्र्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् । 

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेजको अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका क्षेत्रमा पनि आफूलाई सक्रिय राख्दै आएका रोजिन शाक्यले सन् २०१८मा मलेशियामा सम्पन्न द इन्टरनेसनल प्रिस्टिज् ब्राण्ड अवार्डमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्ड प्राप्त गरेका थिए । यसैगरी नेसनल युथ लिड अवार्डस् २०१९ मा रोजिन मिष्टर भर्सटाइल अफ द इयर अवार्डबाट पुरस्कृत भएका थिए भने मलेशियामा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०१९ मा आउटस्ट्यान्डिङ इन्टरनेसनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड, दुबईमा सम्पन्न इन्टरनेसनल प्रोफसनल एचिभमेन्ट अवार्ड २०१९ मा इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर एचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए । 

यसैगरी रोजिनले काठमाडौंमा सम्पन्न प्याजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०१९मा लिजेन्ड्री फेसन कोरियोग्रफर, फेसनफेयर अवार्ड २०२० मा वेष्ट इन्टरनेसनल नेप्लीज् फेसन कोरियोग्राफर, मोडल सङ्स अवार्ड २०२० मा वेष्ट फेसन कोरियोग्राफर अवार्ड, नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर अवार्ड, दुबईमा सम्पन्न एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफर अवार्ड प्राप्त गरिसकेका छन् ।

वरिष्ठ मेकअप आर्टिष्ट पाण्डेसहित दर्जनौं कलाकार सम्मानित

समाचार


काठमाडौं : वरिष्ठ सौन्दर्यकर्मी कलाकार टेकराज पाण्डे राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्मानित भएका छन् । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा आयोजित दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिएवापत सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मानपत्र र दोसल्लासहित पाण्डेलाई सम्मान गरेका थिए । 

 

यस्तै सो कार्यक्रममा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँसहित पत्रकार डब्बु क्षत्रीलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा विभिन्न ३९ विधामा दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान गरियो । जसमध्ये आधुनिक गीततर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘हिजो अर्कैसँग’बाट यस कुमारले, आधुनिक गायक जुरी अवार्ड सुजन तिगेला लिम्बुले, आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड ‘बतास बनी’बाट सुजाता केसीले प्राप्त गरे ।

 

यस्तै आधुनिक गीतबाटै सर्वोत्कृष्ट संगीतकारको अवार्ड यो तापमाबाट योगेन्द्र उपाध्यायले, पपुलर अवार्ड सन्तोष केसीले, जुरी अवार्ड राजकुमार बगरले, अधुनिक गीतकारको सर्वोत्कृष्ट अवार्ड शिब पौडेलले, गीतकार जुरी अवार्ड प्रकाश सुवेदीले, सर्वोत्कृष्ट महिला गीतकार अवार्ड ज्योती गुरुङले, नवगायन अवार्ड भुपेन्द्र थापामगरले र सर्वोत्कृष्ट डायस्पोरा गीतकार अवार्ड पूर्णबहादुर थापा दीपक माइथानेले हाँसिल गरे भने आधुनिक गीतमै म्युजिक भिडियो तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड मेरो जीवनबाट प्रकाश श्रेष्ठले, पपुलर मोडल अवार्ड तिम्रो मायाँले न होबाट यसराज गचारले, जुरी अवार्ड निराजन प्रधानले र पब्लिक च्वाईस अवार्ड दीपक थापा माईथानेले प्राप्त गरे । यस्तै अधुनिक तर्फ नै सर्वोत्कृष्ट महिला मोडलको अवार्ड चाहिँदैन तिम्रो मायाँबाट केकी अधिकारीले, जुरी अवार्ड एशिला राईले, डायस्पोरा मोडल अवार्ड पार्वती थापाले, पब्लिक च्वाइस अवार्ड सुस्मिता श्रेष्ठले, तिमीले कालो कालोबाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड गम्भिर बिष्टले र जुरी अवार्ड सोनाम पाख्रिनले प्राप्त गरे ।

 

यसैगरी लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायकको अवार्ड मुग्लिन पुल तरीबाट मौसम गुरुङले, डायस्पोरा अवार्ड दीपक बसन्त कार्कीले, पपुलर गायकको अवार्ड अमृत सापकोटाले, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाको अवार्ड मुग्लिन पुल तरीबाटै कालिका रोकाले, पपुलर गीत गायिकाको अवार्ड टीका पुनले, जुरी अवार्ड कल्पना सुनुवारले, नव गायकको अवार्ड केहर सिंह प्यासीले, लोक दोहोरी नव गायिकाको अवार्ड रिता बरालीले, लोकदोहारी गीत संगीतकारको अवार्ड मेरी सानुबाट टिका बम्जनले, लोकदोहारी गीत गीतकारको अवार्ड मायाँ गरुम्लाबाट कमल सरगम चौलागाईले र गीतकार जुरी अवार्ड सन्तोष गिरीले प्राप्त गरे भने म्युजिक भिडियो तर्फ लोकदोहोरी गीत भिडियो तर्फ सर्वोत्कृष्ट मोडल पुरुष अवार्ड धु्रब हिमालीले, जुरी अवार्ड कमलबहादुर जोशीले, सर्वोत्कृष्ट महिला मोडल अवार्ड आरुसी मगरले, जुरी अवार्ड मायाँ राम्जालीले, म्युजिक भिडियो निर्देशक अवार्ड मौसम हिमालीले, जुरी अवार्ड बबिता श्रेष्ठले, पप गीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड वान टु वान टुबाट संजिब सिंह रानाले, पब्लिक च्वाईस अवार्ड सँगम लिम्बुले, पप गीतबाटै गायकको जुरी अवार्ड चमेली नेपाली गीतबाट अर्जुन खरेलले, सर्वोत्कृष्ट गायिकाको अवार्ड सेल्फी डाँडाबाट चन्द्रकला लिम्बुले, नव गायकको अवार्ड दिलिप कुमार मिश्रले, नव गायकको जुरी अवार्ड रेशराज लिम्बुले, पप गीत संगीतकारको अवार्ड सैलुँगे मेलाबाट अनिल लामाले र सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड गीता पौडेलले प्राप्त गरे ।

 

यस्तै लोकगीत तर्फ सर्वोत्कृष्ट गायकको अवार्ड तिमी मेरोबाट गणेश गुरुङले, जुरी अवार्ड गायक दुर्गा गुरुङले, सर्वोत्कृष्ट गायिकाको अवार्ड कविता गुरुङले, पब्लिक च्वाइस अवार्ड गायिका दुर्गा गुरुङले, लोक गीत युगल गायन अवार्ड टीका गुरुङर भिमकला गुरुङले, जुरी अवार्ड माया स्याङबो र इन्करेजमेन्ट अवार्ड दीपा गुरुङले हाँसिल गरे ।

 

यस्तै पर्व गीततर्फ लाली पाउडरबाट सर्वोत्कृष्ट पर्व गीत गायिकाको अवार्ड शान्ती शाही चन्दले, सर्वोत्कृष्ट पर्व गीत डायस्पोरा गायिकाको अवार्ड रातो सारीबाट मन्जु रसाईलीले, जुरी अवार्ड के ग¥यो करिमैले गीतबाट गायिका प्रमिला गैरेले र पब्लिक च्वाईस अवार्ड रिया खड्काले, सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड राजन पालुँवा लिम्बुले, भाषा भाषी गीततर्फ सर्वोत्कृष्ट तामाङ गीत गायकको अवार्ड उकाली चढ्दाबाट जीवन बोम्जन तामाङले, तामाङ गीत गायिकको अवार्ड शशीकला मोक्तानले, तामाङ सेलो सर्वोत्कृष्ट गायकको अवार्ड सोल्टिनी कान्छीबाट बिशाल योञ्जनले, सर्वोत्कृष्ट राई गीत गायकको अवार्ड पुष्प राईले, सर्वोत्कृष्ट लिम्बु गीत गायकको अवार्ड अशोक मुकारुङले, लिम्बु गीत गायिकाको अवार्ड आनी याक्थुम्बाबाट रुक्साना लिम्बुले, लिम्बु भाषा नव गायिकाको अवार्ड स्वस्तिका सावादेनले, राईभाषा उत्कृष्ट गायिकाको अवार्ड अनुका राईले र चोलीमा फसगई होलीबाट सर्वोत्कृष्ट अवधि भाषा गीत गायिकाको अवार्ड दुर्गा दाहालले जिते ।

 

यस्तै भाषाभाषी गीत तर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड सुरज लामाले, सर्वोत्कृष्ट भाषाभाषी महिला मोडलको अवार्ड सितल तामाङले, लिम्बु भाषा गीत महिला मोडलको अवार्ड पुष्पाञ्जली तिलिँगाले, भाषाभाषी गीत सर्वोत्कृष्ट गीतकारको अवार्ड सेसेमीसे नाल्बो लिम्बुले, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारको अवार्ड रबिन्द्र बरालले, संगीत संयोजकको अवार्ड स्वर्ग झै रमाईलोबाट डोलराज बाह्राघरेले, सर्वोत्कृष्ट बाद्यबादकको अवार्ड बाँसुरी बादनबाट धनबहादुर गुरुङले, सर्वोत्कृष्ट ढाका फेशन अवार्ड सरु ढाका उधोगबाट सरु लिम्बु राईले र सर्वोत्कृष्ट म्युजिक कम्पनी अवार्ड हमाल म्युजिक प्रा.लि.बाट सज्जन हमालले हाँसिल गरे ।

 

अवार्ड समारोहमा संगीत क्षेत्र गायकहरु नवराज जँग थापा, अनिल गुरुङ, जीतबहादुर रावत, राजन गुरुङ, सिजन मगर सिञ्जाली, नारायण थापा, रमेश कुमार विश्वकर्मा, राजशुक्र लिम्बु सम्मानित भएका थिए भने गायिका तथा सञ्चारकर्मी सरिता भारती, गायिकाहरु शोभा त्रिपाठी, उमा श्रेष्ठ, रमिला गुरुङ, गीतकार टेकबहादुर गुरुङ, म्युजिक भिडियो निर्देशक राज किङ वाईवा पनि कार्यक्रममा सम्मानित भए ।

 

यस्तै अभिनेता धिरेन शाक्य, अभिनेत्री तेन्याङ गुरुङ राना, कलाकार रश्मी पाण्डे, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’, ब्यबसायी जनक तामाङ, समाजसेवी चमेली थापा, निर्देशक रोशनकुमार श्रेष्ठ, संगीतकार राजेन्द्र बजगाई, संगीत संयोजक राजु खड्का, व्यबसायी मिलन लामा, दृष्य सम्पादक निशान घिमिरे, भिडियो निर्देशक दीप गुरुङ, कोरियोग्राफर अश्विनीकान्त झा, सहकारीकर्मी सन्तोष पुडासैनी, कवि, साहित्यकार शनी लिम्बु, संगीत व्यबसायी निर्मलराज ढकाल, सूर्य बहादुर मगर, नन्दराम परियार, नृत्य निर्देशक भाइराम श्रेष्ठ, पर्यटन व्यबसायी शंकर अधिकारी, ग्राफिक डिजाइनर गणेशबहादुर बुढाथोकी, अधिवक्ता प्रतिमा कार्की, जमुना पुन, सञ्चारव्यबसायी सुमित प्रताप जबरा, जेष्ठ समाजसेवी बेदी नारायण खापुङ लिम्बु रहेका थिए ।

 

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि झा सहित आयोजक संस्था क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङ, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतले अवार्ड तथा पुरस्कार प्रदान गरेका थिए ।

आफुले प्रदान गरेको प्रतिबद्धता सुरक्षित राख्न मतदातालाई लामाले गरे आग्रह

समाचार


नुवाकोट । नुवाकोट क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य उम्मेदवार दिपेश लामाले प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्ने बाचा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका उनले बेलकोगढी नगरपालिकाको घरदैलोका क्रममा पर्चा,पम्प्लेट बाड्दै चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको प्रतिबद्धता सुरक्षित राख्न मतदातालाई आग्रह गरेका हुन् ।

बुधबार बेलकोटगढी नगरपालिकाको वडाको घरदैलो कार्यक्रम उनले आफ्नो निर्वाचन लक्षित भावी र चुनाव चिन्ह ” हलो “लिएर प्रत्येक मतदाताको घरदैलोमा पुगेका लामाले युवा तथा परिवर्तन चाहने बाआमाहरुको उल्लेखनीय मात्रामा सहभागिता रहेको बताए । उनले आफ्नो चुनावी मूलनारा ‘अबको आशा युवाको भरोसा तथा युवाको प्रारम्भ,नयाँ युगको आरम्भ’रहेको बताए । निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नं.२ (क)को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षा,महिलाहरुलाई सीपमूलक कार्य, कृषिमा आधुनिकीकरण गर्ने, उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे ।

विकास र समुन्नतिका लागि अग्रस्थानमा रहेर मतदातको सुझाव संकलन र सहयोगका साथ अगाडि बढ्ने पनि उम्मेदवार लामाले बताए।

एनसीसी कतारले जनायो कोष हिनामिना शीर्षकमा प्रकाशित समाचार निराधार भन्दै आपत्ति (विज्ञप्तिसहित)

समाचार


काठमाडौं । गैरआवासीय नोपाली संघ कतार (एनसीसी कतार)ले काठमाडौंबाट सञ्चालित एक अनलाइनले कोष हिनामिना शीर्षकमा प्रकाशित गरेको समाचार निराधार भन्दै आपत्ति जनाएको छ । मिति १ नोभेम्बर २०२२ का दिन नेपालको काठमाण्डौ स्थित अनामनगर कार्यलय भई सन्चालित अनलाइनमार्फत एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानद्वारा ठूलो घोटाला, द टनेल लन्ज एण्ड बारमा लगानी शिर्षक मा सम्प्रेषण समचारबाट एनसीसी कतारको गम्भीर ध्यानाकर्षण भएको  आर्थिक बिभाग र कोषाध्यक्ष बिनोदप्रसाद बसौलाले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

विज्ञप्ति

कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु साथै सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा हार्दिक नमस्कार!

विषय: एनसीसी कतारको कोष हिनामिना शिर्षकमा प्रकाशित समाचार सम्बन्धमा ।

मिति १ नोभेम्बर २०२२ का दिन नेपालको काठमाण्डौ स्थित अनामनगर कार्यलय भैइ सन्चालित दियो पोस्ट डटकम नामक अनलाइन मार्फत एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानद्वारा ठूलो घोटाला, द टनेल लन्ज एण्ड बारमा लगानी शिर्षक मा सम्प्रेषण समचारबाट एनसीसी कतारको आर्थिक बिभाग र कोषाध्यक्षको पदिय हैसियतले गम्भीर ध्यानाकर्षण भएको सबैमा जानकारी गराउदछु।

एनसीसी कतारको पदिय जिम्मेवारी बहन गर्ने क्रममा कोष र सो सम्बन्धि विषयमा मेरो कार्यसम्पादन र कोषको आर्थिक पारदर्शितामा म सधै सजक रहेको र सम्पुर्ण आर्थिक अभिलेख चुस्त दुरुस्त राख्ने मेरो प्रमुख प्राथमिकता रहेको हुनेछ।

प्रकाशित समाचारमा उल्लेख गरिएको विषयबस्तु र आर्थिक हिनामिना र अपचलनमा कुनै सत्यता नरहेको सबैमा स्पष्ट पार्दछु। एनसीसी कतारले सप्पन्न गरेको दोस्रो परिषद भेला (बार्षिक भेला)मा कोषको सम्पूर्ण प्रतिबेदन प्रस्तुत भैइ सम्मानित भेलामा बृहत् छलफल पश्चात् पारित प्रतिबेदन एनसीसीले आफ्नो अफिसियल वेबसाईट मार्फत पनि सार्बजनिक गरेको सबैलाई सर्बबिदितै छ। संस्था र संस्थामा पदिय जिम्मेवार भुमिका निभाईरहेका ब्यक्तिहरुको नाम जोडि कपोकल्पित र आधारहिन शिर्षक दिएर ब्यक्तिगत चरित्र हत्या गर्ने र समाजमा अफवाह फैलाउन यो प्रपोगण्डा रचिएको भन्ने कुरामा कुनै दुईमत छैन । कोषाध्यक्षको हैसियतले एनसीसी कतारको कोष अहिले सम्म सुरक्षित र समाचारमा भनिए जस्ता कुनै विषयमा दुर दुर सम्म सम्बन्ध नरहेको सबैमा पुन जानकारी गराउदछु।

एनसीसी नेतृत्व द्वारा ब्यक्तिगतरुपमा संचालित ब्यावसायमा एनसीसीको कुनै आर्थिक सम्लगनता नरहेको र म स्वयं पनि उक्त ब्यावसायमा कहि कतै नजोडिएको र ब्यावसायिक साझेदारी नरहेको सबैमा जानकारी गराउदछु।

एनसीसीको बिधानत जतिपनी आर्थिक गतिविधिहरु हुन्छन हरेक कारोबारमा लेखा समिति जोडिएको हुनेछ र लेखापरीक्षण पछि मात्र प्रतिबेदनहरु प्रस्तुत हुने गर्दछ।

समाचारमा उठान गरिएको आईसीसीको परियोजना र सो सम्बन्धित आर्थिक हिनामिना भन्ने विषयमा यदि एनसीसी बाट त्यस्ता गतिविधि भएमा आईसीसीले कतारको एनसीसीको आर्थिक बेरुजी सार्बजनिक गर्ने थियो। यस्तै अक्सिजन सिलिन्डर सम्बन्धित विषयमा गलत मनसायले एनसीसीले पैसा रोकेर हिनामिना गरेको भए सम्बन्धित निकायबाट चुक्ता गर्न ताकेता गरेको सार्बजनिक हुने थियो। आईसीसीकै अनुरोध र सल्लाहमा उक्त रकम अर्को परियोजनामा प्रयोग गर्न लागिएको विषय परिषद भेलामा सार्बजनिक भैइसकेको छ।

एनसीसीले आगामी परिषद भेलामा कोषको मौजुदा रकम, आयब्यय प्रस्तुत गर्नेछ कोषाध्यक्षको हैसियतले कोष सम्बन्धि सम्पूर्ण पारदर्शिता सहितको प्रमाणहरु प्रस्तुत गर्ने र कार्यकालको अन्तमा हस्तान्तरण गर्ने मेरो जिम्मेवारी हो र गर्नेछु। यदि उक्त समयमा एनसीसीको कोष र सो सम्बन्धित विषयमा हिनामिना र अपचलन भएको ठहरिएमा त्यसको भागिदार र प्रचलित कानुन अनुसार भोग्नुपर्ने सजायको लागि पुर्ण रुपमा तयारी रहेको सबैमा जानकारी गराउदछु।

बेलाबेलामा एनसीसी सम्बन्धि विषयमा उठान भएको टीका टिप्पणीहरुमा एनसीसीले आफ्नो स्पष्टीकरण र धारणाहरु सार्बजनिक गर्दै आएको पुन सबैमा स्मरण गराउदछु।

अन्तमा मलाई प्रहार भएको झुट्टा आरोपहरुको खण्डन गर्दै एनसीसीको कोष सम्बन्धि आएका मिथ्या समाचारको विरुद्ध म स्वयं ब्यक्तिगत र कोषाध्यक्षको हैसियतले एनसीसी कतार कानुनी उपचारका लागि अघि बढ्ने जानकारी पनि गराउदछु।

यस्ता आधारहिन र झुट्टा समाचारले गरिमा बोकेको सामजिक संस्था र संस्थामा आवद्ध नेतृत्वहरुको चरित्र हत्या गर्न दुस्साहस गर्ने जो कोहि ब्यक्ती र समूह प्रती खेद प्रकट गर्दै यस्ता बेतुक र निराधार समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै समाजमा भ्रम फैलाउन खोज्ने पित पत्रकारहरुलाई निरुत्साहित गर्न गराउन सहयोग गर्नुहुन सबैमा हार्दिक अपिल गर्दछु।

बिनोद प्रसाद बसौला

कोषाध्यक्ष

एनसीसी कतार

भाषा अतिक्रमणका कारणले नेपाली चलचित्र उद्योग ध्वस्त हुन सक्ने

समाचार


काठमाडौं - काठमाडौं– विगत एक दशक देखी चलचित्र क्षेत्रको बारेमा खुल्ला रुपमा बहस नभैरहको अवस्थामा असोज २ गते राजधानी काठमाण्डौमा एक समारोहको विच चलचित्र उद्योगमा बारेमा चलचित्रकर्मीहरु सहभागी भएर यस क्षेत्रको भविश्य र हालको अवस्थाको बारेमा चिन्तन गरेका थिए । कार्यक्रममा सहभागी चलचित्रकर्मीहरुले नेपाली चलचित्र, भाषा, संस्कृतिमाथी विदेशी चलचित्रहरुले पटक पटक धावा बोलेको अर्थात विभिन्न बाहानामा नेपाली भाषाको अतिक्रमण हुँदै आईरहेको र यसले कालन्तरमा विकराल अवस्था ल्याउने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली चलचित्र क्षेत्रको निति निर्माण तहमा रहेका र यस क्षेत्रमा क्रियाशिल चलचत्रिकर्मीहरुले बेलैमा नसोचे श्रीलंका, पाकिस्तान, बंगलादेश जस्तै गरेर नेपाली चलचित्र उद्योग पनि ध्वस्त हुन बेर नलाग्ने वताए ।

नेपालको सांस्कृतिक उन्नयनमा अग्रसर संस्था परिवर्तन नेपालले नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुलाई बधाई एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । कलाकार बसुन्धरा भुसालको सभापतित्वमा बुधवार काठमाडौंमा आयोजित उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाले स्वागत मन्तव्य राख्ने क्रममा विदेशी चलचित्रको माध्यमबाट नेपालको भाषा र संस्कृतिमा आक्रमण भइरहेको छ, यसलाई समयमानै सम्बोधन नगर्ने हो भने यसले भविश्यमा नेपालीहरुको अस्तितवलाई खतरा हुने बताए ।

नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्र भनेको चलचित्रकर्मीको परिवार भएको र परिवारमा आइपर्ने समस्या समाधान गर्न परिवारका सदस्यहरु एकजुट भइ लाग्नु पर्ने राय व्यक्त गरे ।

निर्माता संघका नव निर्वाचित अध्यक्ष नवल खड्काले देशको संस्कृति, भाषामाथि आँच आउने कुनै पनि कुरा सह्य नहुने बताउँदै कुनै पनि चलचित्र वा निर्माताले संविधान, ऐन र नियमको उल्लंघन गर्न नपाउने धारणा व्यक्त गरे ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले चलचित्रसंग सम्बन्धित संघ संस्थाहरू संख्यामा धेरै हुन थाले पनि समस्याहरु पनि एकिकृत नभइ छरिएर आउन थालेको छ भन्दै एकिकृत रुपमा आवाज उठाउन चलचित्र सम्बन्धि संघ संस्थाहरूको एउटा महासंघको आवश्यकता औंल्याए ।

समारोहमा चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीले चलचित्रकर्मिहरु भ्रम फैलाउन तिर आफैँ लाग्ने गरेको र त्यस्ता कार्यको परिणाम नकारात्मक नै हुने विचार व्यक्त गरे ।

समारोहका सभापति बसुन्धरा भुसालले महासंघको आवश्यकता विगतमा पनि महसुस गरिएको तर केही कारणवश महासंघ गठन हुन नपाएको बताउँदै अहिले यसतर्फ गम्भीर भएर कदम उठाउनु पर्ने कुरामा जोड दिइन् ।

भाषिक अतिक्रमणले नेपाली चलचित्र क्षेत्रमात्रै हैन समग्र नेपाली कला, संस्कृति, सभ्यता र पहिचान र अन्ततस् देशलाई समेत असर पुर्याउने धारणा सहभागी बक्ताहरुले कार्यक्रममा राखेका थिए । सस्तो लोकप्रियता, कन्टेनको विक्रि तथा क्षणिक फाईदाका लागी कुनै पनि नेपालीले आफ्नो सभ्यता, संस्कृति तथा पहिचान माथी आक्रमण गर्न दिने तथा गराउने कार्य घोर निन्दनिय हुने सहभागीहरुले बताए ।

चलचित्र निर्देशक माधव राज खरेलले संचालन गरेको उक्त वधाई तथा सम्मान समारोहमा नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका कार्य वाहक अध्यक्ष सानु ताम्राकार, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर र प्रथम चलचित्र आमाकी अभिनेत्री भुवन चन्द र आमा चलचित्रमा आमाको शिर्षक भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवी लगायतको उपस्थिति रहेको थियो ।

 

किड क्वीन-२०२२ को उपाधि १३ वर्षीया इरिना महर्जनलाई

समाचार


काठमाडौं । चमतीकी १३ वर्षीया इरिना महर्जन बाल सौन्दर्य प्रतियोगिता किड क्वीन नेपाल-२०२२ को उपाधि चुम्न सफल भएकी छन् । रिड मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले मिस फोटोजेनिक र पब्लिक च्वाइसको उपाधि पनि चुमिन् । जमलस्थित राष्ट्रिय नाचघरमा ९ देखि १४ वर्ष उमेरसम्मका २५ बालिकाले प्रतिस्पर्धा गरेका थिए ।

भक्तपुर सूर्यविनायककी इप्सा प्रजापति फस्ट रनरअप र कालीमाटीकी प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप घोषित भए । विजेताहरुले क्रमशः २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । सुवा कोजु मिस ट्यालेन्ट, प्राप्ति रेग्मी मिस ट्यालेन्ट फस्ट रनरअप, स्तुति कार्की मिस ट्यालेन्ट सेकेन्ड रनरअप र तस्वीर मिस फोटोजेनिक, मार्था तामाङ मिस क्याटवाक र प्रार्थना बज्राचार्य मिस क्युट घोषित भए ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं पूर्वमिस नेवाः सुनिता डंगोल रहेकी थिइन्  । कार्यक्रमको निर्णायकमा समाजसेवी सुरबहादुर श्रेष्ठ र देवराज डंगोललगायत थिए । उपप्रमुख डंगोलले समाजका लागि यसखाले प्रतियोगिता उपयोगी हुने बताइन् । ‘मैले मिस नेवाः नेपालको टाइटल जितेको १० वर्षसम्म लगातार विभिन्न काम गरें । बल्ल आज आएर मलाई विश्वास गरेर उपमेयर बनाइदिनुभएको छ । त्यसैले आफ्ना बालबालिकासँग भएको प्रतिभा पहिचान गर्नुपर्छ,’ उनले भनिन् ।

सागरले नगरकोटमा मिनाको साथ खोजेपछी (भिडियो सहित)

समाचार


काठमाडौं- नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।

प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन् । नगरकोटको रमणिय दृश्यहरु समेटेर छायांकन गरेको  ‘तिम्रो साथ’ बोलको गीतको लाई दुई दिन लगाएर छायाँकन गरिएको थियो । गीतमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।

कविन्द्र तामाङको शब्द तथा संगीत रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका हुन् । बिक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोलाई कोरियोग्राफर समेत रहेका अजय स्याङ्तानले निर्देशन गरेका हुन्।

‘नजर नजरको’ को वान मिलियन सेलिब्रेस

समाचार


काठमाडौ – कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ को वान मिलियन सेलिब्रेसन गरिएको छ । सार्वजनिक भएको छोटो समयमा गीतलाई १० लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ । शनिबार राजधानीको मैतिदेबी स्थित डोरी रेस्टुरेण्टमा केक काटेर वान मिलियन सेलिब्रेसन गरिएको हो ।

सेलिब्रेसन कार्यक्रमा गीतका संगीतकार र रचनाकार शम्भुजित बास्कोटा, कोरियोग्राफर, निर्देशक गम्भिर बिष्ट, असिस्टेन डाइरेक्टर सुबोल थापा, कोरियोग्राफर सुरेन्द्र बसेल लगायतको उपस्थितीमा सेलिब्रेसन गरिएको थियो । गायक कन्हैया सिंह र गायिका अन्जना गुरुङ भने यतिखेर अमेरिकामा रहेका छन् ।

भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी थिइन् । सिनेमाटोग्राफर नवराज उप्रेती, सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।

ज्ञानोदयमा अध्ययनरत कक्षा ९ र १० का ८७७ विद्यार्थीलाई नेपालको नक्सा वितरण

समाचार


काठमाण्डौं ।काठमाडौंको बाफल स्थित नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय ज्ञानोदय माविमा नेपालको नक्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ अभियन्ता ईश्वर अर्यालबाट संचालित नेपालको नक्सा वितरण कार्यक्रम अन्तर्गत आज उक्त विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले आफनै सौजन्यमा ज्ञानोदय विद्यालयमा कक्षा ९ का ९ सेक्सन र १० का ७ सेक्सनमा अध्ययनरत करिब ८७७ जना छात्र छात्राहरूलाई नेपालको नक्सा वितरण गर्नुभयो । विद्यार्थी सहित उहाँले विद्यालयलाई पनि नेपालको नक्सा प्रदानगर्नु भयो। विद्यालयको तर्फबाट प्रध्यानाध्यापक नातीकाजी महर्जनले उक्त नक्सा ग्रहण गर्नुभएको थियो । नेपाल सरकार नापी विभागका पूर्व सर्वेक्षक ईश्वर अर्यालले शुरु गर्नुभएको नेपाल चिनाउने अभियानको यो ४० औं श्रृंखला हो । उहाँको अभियानप्रति एक्येबद्धता जनाउनुहुँदै साथमा नागार्जुन नगरपालिकाका सदस्य राम प्रसाद खनाल, पूर्व नापी अधिकृत महेन्द्र अर्याल लगायतले नक्सा वितरण कार्यक्रममा सहभागीता जनाउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक नातीकाजी महर्जन, व्यवस्थापन समिती सदस्य रामेश्वर गौतम र शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

नेपाल सरकार मातहत नापी विभागका पूर्व सर्वेक्षक समेत रहनुभएका अभियन्ता अर्यालले स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे जानकारी दिनुहुँदै नेपाल चिनाउने अभिप्रायका साथ आफूले नयाँ नक्सा वितरण अभियान संचालन गरेको बताउनुभयो । उहाँले नक्सा वितरण पश्चात बालबालिकामा राष्ट्रि«यताप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिल्ने, नक्साको संकेत चिन्हलाई इन्डेक्स नभई लिजेण्ड लेख्नुपर्ने साथै शिक्षण सिकाई र भविष्यमा विश्वको जुनसुकै कुनामा भ्रमणमा निस्केका बेला व्यवहारमा उतार्न उक्त नक्साले सहजता थप्ने उल्लेख गर्नुहुँदै नक्साको विश्वव्यापी मान्यता लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । साथै उहाँले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल ज्ञानोदय माविमा अध्ययनरत विद्यार्थी माझ अभियान लिएर आउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै विद्यालयले आगामी दिनहरुमा समेत आफ्नो साँख र गरिमालाई अक्षुण राख्दै अघि बढनेमा आफु ढुक्क रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक नातीकाजी महर्जनले देशको आधिकारीक राजनैतिक नक्साले शिक्षण सिकाईमा सघाउ पुर्याउने हुँदा विद्यार्थीहरुको शैक्षिक उन्नयनमा टेवा पुग्ने बताउनु हुँदै अभियन्ता अर्यालको अभियानको सफलताको कामना समेत गर्नुभयो ।साथै आफनै खर्चमा नक्सा वितरण गर्दै आउनुहुने अभियन्ता अर्यालको अभियान प्रति सम्मानभाव दर्शाउदै विद्यालयको तर्फबाट उहाँसहित उहाँको अभियानमा सकृयतापुर्वक जोडिदै आउनुहुने रामप्रसाद खनाललाई प्रशंसापत्र प्रदान गरियो । उहाँहरुलाई ज्ञानोदय मावि व्यवस्थापन समिती सदस्य रामेश्वर गौतम र प्राध्यानाध्यापक महर्जनले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

भियन्ता अर्यालले यस अघि आफुहरुले काठमाण्डौं पुतलीसडक स्थित पद्मोदय मा वि, डिल्लीबजार स्थित कन्या मा वि, नक्साल स्थित नन्दी मावि, जमल स्थित दरबार हाई स्कुल, क्षेत्रपाटी स्थित कन्या मावि, तारकेश्वर स्थित नेपाल राष्ट्रिय मावि र मानसिं धर्म स्कुल, धादिङ्ग जिल्ला ज्वालामुखी गापा वडा नं ५ को वालादेवी मा वि, त्रिपुरा सुन्दरी मा वि, अन्नपुर्ण मा वि लगायतका विभिन्न विद्यालयमा पुगेर आफुले विद्यार्थीहरुलाई नेपालको नक्सा वितरण गरेको जानकारी समेत दिनुभयो ।