generalnews
||Power News Asia||

आजको समाचार

'नेक्स्ट सुपर मोडल नेपाल २०२२'को आवेदन खुला, अडिसन भाद्र ११ मा हुने

समाचार


काठमाडौँ — ट्यालेन्ट पिक इन्कर्पोरेट प्रा ली ले नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'नेक्स्ट सुपर मोडल नेपाल २०२२' को लागि आवेदन खुला गरेको छ। आयोजक ट्यालेन्ट पिक इन्कर्पोरेटले आईतबार एक विज्ञप्ति जारी गर्दै सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको जानकारी दिएको छ । १८ वर्ष देखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगिताको अडिसन भाद्र ११ गते हुनेछ ।

अडिसनबाट छनौट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले जनाएका छन । अडिसनमा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीले ग्लोवल अनलाईन पे मार्फत आफ्नो आवेदन दिन सक्नेछन। आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिव एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने जनाईन ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्वद्द विभिन्न आकर्षक अवसरहरु प्राप्त गर्ने छन।

विश्वप्रसिद्ध हार्टसर्जन प्रा.डा.मलखलाल श्रेष्ठलाई एओर्टा सर्जरी कार्यक्रम निर्देशकको जिम्मेवारी नियुक्त

समाचार


काठमाडौं । विश्वचर्चित मुटुका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. मलाख लाल श्रेष्ठ  एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनुभएको छ ।  उहाँ   मायो क्लिनिक कार्डियाक सर्जरी अन्तर्गत मुटु शल्यकृया विभागबाट अमेरिका स्थित मियासोटो राज्यको रोचेष्टर स्थित एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनु भएको हो ।  प्रा. डा. श्रेष्ठ स्वास्थ्य क्षेत्रमा विश्वमै कहलिएका व्यक्ति मध्येमा पर्नुहुन्छ ।  मेयो क्लिनिक कार्डियोभास्कुलर सर्जरी टोलीले सबै उमेरका मानिसहरूलाई असर गर्ने जटिल र गम्भीर अवस्थाहरूको लागि गुणस्तरीय हेरचाह प्रदान गर्दछ। मेयो क्लिनिकमा मुटु र छाती सर्जनहरूले मुटु, फोक्सो र छातीको अवस्थाको निदान र शल्यक्रिया गरी उपचार गर्दर्छन्।  अस्पताल अन्तर्गत एरिजोना, फ्लोरिडा र मिनेसोटामा क्लिनिकको क्याम्पसहरूमा प्रत्येक वर्ष हजारौं शल्यक्रियाहरू गर्दर्छन्। यस अस्पतालमा आबद्ध शल्यचिकित्सकहरू रोबोट सहयोगी प्रविधिहरूका साथ न्यूनतम इनभेसिभ हृदय शल्यक्रिया जस्ता नवीनतम आविष्कारहरू प्रयोग गरेर हृदय र कार्डियोथोरासिक अवस्थाहरूको उपचार गर्ने गर्दै आएका छन् ।

प्रा. डा. मलखलाल श्रेष्ठको संक्षिप्त परिचय 

प्रा. डा. मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो ।  उहाँको परिवार शिक्षित एवं प्रतिष्ठित व्यापारिक घरानामा गनिन्छ । डा. श्रेष्ठ नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठ तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिस शिलु सिंहका सुपुत्र साथै चेम्बर आन्दोलनका लौह पुरुष मानिनु हुने ईश्वरलाल श्रेष्ठका भतिज हुनु हुन्छ ।उहाँको थातथलो काठमाडौं स्थित ठहिटी हो । प्रा.डा. श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत हुनुहुन्थ्यो। डा। श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको निशुल्क रुपमै जटील शल्यक्रिया गर्दै आउनु भएको छ । डा. श्रेष्ठले  गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क रुपमैं गर्नुभएको थियो । त्यसबाहेक उहाँ वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क रुपमा गर्दै आउनु भएको छ । सो योगदानको कदर गर्दै इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले डा. श्रेष्ठलाई ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित गरेको थियो ।

कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उहाँले तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गर्नुभएको थियो।

नौं जनाको समूहबाट एक उदाहरणीय विश्व कीर्तिमानको प्रयास

समाचार


काठमाण्डौं । नौं जनाको समूहले समता स्कूलको प्रांगणमा ४ हजार विद्यार्थी सामू एक नयाँ कीर्तिमानको प्रयास गरेको छ । श्रावण २९ गते समूहले १ मिनेट १२ सेकेन्ड ५६ मिली सेकेन्डमा १०१ जना विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । विश्वमा यो एउटा नौलो तथा उत्कृष्ट उदाहरणीय कीर्तिमान हुने आयोजकको दाबी छ ।

विश्व किर्तीमानका लागि गनिका गुरुङ, रोशन कुमार, टिकवीर राई, चमरसिंह तामाङ, सुजना राई, अनिल बुर्जा मगर, सरला पन्थी, शिरिष्मा लामा र निर्णाय श्रेष्ठ एनएसकेू अभियानमा जोडिदै विभिन्न १० जिल्लाका स्कूलका विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । यो विश्व कीर्तिमानको अवलोकन वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कट्वालले गर्नुभएको थियो । वहाँको अनुसार यस कार्यक्रमको श्रव्य दृश्य लन्डनमा पठाईनेछ र त्यसलाई अध्ययन गरि विश्व कीर्तिमानको उपाधि दिईनेछ ।

कार्यक्रमका सहभागी वरिष्ठ रयापर तथा समाजसेवी श्री निर्णाय श्रेष्ठका अनुसार यो एउटा प्रतीकात्मक विश्व कीर्तिमान हुनेछन् जसले अरू समाजसेवीहरूलाई उत्प्रेरित कार्य गर्न हौसला मिल्नेछ । साथै समूहलाई प्रतिनिधि गर्दै अर्को सहभागी गनिका गुरुङले भन्नुभयो 'अहिले हामीले १०० विधार्थीलाई छात्रवृत्ति प्रदान गरेका छौं भने भविष्यमा १००१ जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरि यो कीर्तिमान ब्रेक गरि नयाँ कीर्तिमान राख्ने प्रयास गर्नेछौँ' ।

यस कार्यक्रमका साक्षी तथा समता स्कूलका प्रिन्सिपल अजय अधिकारी सुशील भन्नुहुन्छ 'म धेरै खुसी छु यो समूहको जोस र जाँगर देखेर साथै वहाँ व्यक्त गर्नुहुन्छ हामी भन्छौँ नेपाल एक विविधतामा एकता भएको देश हो र यो भनाईलाई यो समूहले प्रमाणित गरेको भन्दै यो समूहलाई विशेष धन्यवाद तथा शुभकामना दिनुहुन्छ' ।

आशिका शाह र आयुष साउदले जिते मिस एण्ड मिस्टर ग्लोवको टाईटल

समाचार


काठमाडौँ — श्रावण २९, २०७९। 

दुबईमा सम्पन्न मिस एण्ड मिस्टर ग्लोवको टाइटल नेपाली मोडल आशिका शाह र आयुष साउदले हात पारेका छन् । अन्तिम प्रतिस्पर्धामा अन्य १५ देशका प्रतिस्धपर्धीहरुलाई पछि पार्दै आशिकाले मिस टीन वर्ल्ड डाईभरसिटिको टाइटल जितेकी छिन्। त्यसैगरी आयुषले मिस्टर युनिभर्स डाईभर्सिटीको टाईटल हात पार्न सफल रहे। 

प्रतिस्पर्धामा आशिकाले शिर्ष उपाधीसंगै मस्ट ट्यालेन्टको उपाधी पनि जिते्की छिन् । आशिकाले यस अघि नेपालमा सम्पन्न लिटिल एण्ड टिन फारवेस्टको शिर्ष उपाधी जितेकी थिईन भने आयुषले मिस्टर सुदुरपश्चिम आईकनको शिर्ष उपाधी जितेका थिए। 

न्यू राईज ईन्टरटेनमेन्टले आशिका र आयुषलाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो, जसका सीईओ नवराज देउवा हुन् ।

दीपेन्द्र र सीमालाई द फ्लिक मोडल्सको उपाधि थप सामग्री

समाचार


काठमाडौं । पहिलो संस्करणको द फ्लिक मोडल्स नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दीपेन्द्र सोनाम र व्युटिसीयन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमुख उपाधि चुम्नु भएको छ । नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको यस प्रतियोगितामा उहाँहरुले उपाधिबापत ५० हजार रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।

सिन्धुपालचोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुनुहुन्छ । सात गीत गाइसक्नु भएका उहाँले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसक्नुभएको छ । भने हालै ‘तिमी मेरै बन न’ नामक चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्नुभएको छ । उहाँले प्रमुख उपाधिका साथ मिस्टर लिडरसीप, वेष्ट ड्रेस र मिस्टर फोटोजेनिकको उपउपाधिलाई समेत आप्mनो बनाउनुभएको छ ।

त्यस्तै महिलातर्पmकी विजेता सीमाले यसअघि सौन्दर्य प्रतियोगितामा अनुभव बटुलीसक्नुभएको छ । गोरखाकी सीमाले यसअघि व्युटिसीयन ट्यालेन्ट नेपाल २०१९ मा वेष्ट ड्रेस अवार्डको उपाधि जित्नुभएको थियो । राजधानीमा युनिसेक्स सलुन सञ्चालन गर्दै आउनु भएकी उहाँले द फ्लिक मोडल्स प्रतियोगतामा भने प्रमुख उपाधिका साथ वेष्ट ड्रेस, फोटोजेनिक, लिडरसिप र वेष्ट टाक्सको उपउपाधिलाई पनि आफ्नो बनाउनुभएको छ ।

प्रतियोगितामा सागर बस्नेत र अंकी सेती फष्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनर्सअप हुनुभएको छ । त्यसैगरी वेदान्त रञ्जित, अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ, सीमा गुरुङ मिस्टर, मिस क्याटवक, जेम्स दुनदास, अमिषा सुवेदी मिस्टर, मिस एटिट्युड, शरद करेन, स्वती यादव मिस्टर, मिस कन्फिडेन्ट, सविना बस्नेता मिस पर्पेmक्ट फिगर, बार्बी योञ्जन मिस बब्ली, निशा गजुरेल मिस वेष्ट स्माइल, सागर बस्नेत, सुष्मिता बराल मिस्टर र मिस पञ्चुआलीटी, रत्नकुमारी महर्जन मिस डिसीप्लेन, प्रदीप राई र शान्ति शाही ठकुरी मिस्टर र मिस लोयल तथा प्रतिमा पाण्डे मिस व्युटिफुल आइजको टाइटल विजेता हुनुभयो ।

रमीता भण्डारीले चर्या नृत्य प्रस्तुत गरेर मनोरञ्जक तुल्याएको प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, मोडल दीपक घिमिरे, मेकअप आर्टिस्ट सिर्जना श्रेष्ठ र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक रहनु भएको थियो । ऋता कट्टेलद्वारा सञ्चालित प्रतियोगिता जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा सम्पन्न भएको हो । मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताउनुभएको छ ।

साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन

समाचार


काठमाडौं- काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्।

प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्ने भन्दै उनले शिक्षकहरुलाई अद्यावधिक राख्न पनि शिक्षकहरुको क्षमता परीक्षण हुनुअनिवार्य रहेको बताए। समय अनुसार शिक्षा परिवर्तन हुने भएकोले शिक्षकहरु पनि परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर थापालाई अध्यक्षमा चयन गरेको बताए।

समितिका सदस्यहरुमा विदुर सापकोटा, लक्ष्मण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्की, सुरेस केसी,उषा कुवँर, यादव प्रसाद फुयाल चयन भएका छन्।

गायिका क्षेत्रीको तिज गीत नाँचिदेउ पातली सार्वजनिक ( भिडियो सहित )

समाचार


काठमाडौं – छोटो समयमै थुप्रै नेपाली आधुनिक, लोक तथा पर्व विषेश गीतहरु गायर नेपाली सांगितीक बजारमा उदाएकि गायीका शोभा क्षेत्रीले दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भर्न सफल भईसकेछि छिन् । आफ्नो छुट्टै बुटिक व्यवसाय संचालन गर्दै व्यवसायको क्षेत्रमा पनि उत्तिकै स्थापित शोभाले व्यवसायका अलावा गीत संगीतलाई पनि समय दिन भ्याएकि छिन् । चाडपर्व, मेला महोत्वसमा गाईने रमाईला लोक, आधुनिक गीतहरुका अलावा उनी असारे भाकाहरुमा पनि आफ्नो सुमधुर आवाजले स्रोतहरुलाई मन्त्रमुग्ध पार्दै आएकि छिन् ।

चाँडपर्वका गीतहरु गाउन साह्रै मन पराउने शोभाले यस पटक पनि तिजको कोसेली नाँचिदेउ पातली लिएर बजारमा आएकि छिन् । पछिल्लो समयमा तिजको नाममा विकिृतिहरु भित्रीदै गएको अवस्था रहेको छ । तिजको नाममा गीत संगीत बजारमा पनि भल्गर तथा भड्किला शब्दहरुले महान पर्वको महत्व हराउदै जाने चिन्ता बढ्दै गएका वेला टिपिकल तिजका भाकाहरुलाइ समेटेर दर्शक तथा स्रोता माझ ल्याएको नाँचिदेउ पातली गीत निकै नै लोकप्रिय बन्दै गएको छ । गायिका सोभा क्षेत्रीको साथमा गायक कमल वि.सी (माल्दाई) ले स्वर दिएका छन् ।

सुमधुर आवाजकि धनी गायीका  सोभाले यस अघि पनि हातै भरि रंग रंगका चुरा, जान्छु माईत लगायतका थुप्रै तिजका गीतहरु बजारमा ल्याई सकेकि छिन् भने हालै बजारमा आएको तिज गीत नाँचिदेउ पातलीलाई शोभा क्षेत्रीकै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । सुमित्रा कोईरालाको शब्द,संगीत रहेको उक्त गीतको भिडियोमा विजय पुन, दिक्षा जि.सी र संगीता जि.सी लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोलाई राम केसीले छायाँकन तथा बिनोद बमले सम्पादन गरेका छन्। भिडियोको निर्देशन बम र अनिल राईले गरेका हुन्।

कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा, अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह

समाचार


काठमाडौँ–कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा परेको छ । कतार प्रहरीको आकर्षक रोजगारीको पुर्व स्वीकृति निकालेको अल ताक्वेत ओभरसिजमा वैदेशिक रोजगार विभागको एक टोलि पूगी प्रक्रियाको बारेमा जानकारी लिएको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापन पत्रिकामा सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजसँग उक्त प्रक्रियाको बारेमा जानकारी लिएको हो । उक्त विज्ञापनको लागी बैदेशिक रोजगार विभागले नै स्वीकृत गरि लट नम्बर समेत दिइसकेको थियो ।

एक रास्ट्रीय दैनिक पत्रिकामा विज्ञापन निकालेको मेनपावरले साउन ३०,भदौ १ र २ गते अन्तर्वार्ताको मिति समेत तय गरिसकेको थियो । २०० जनाको डिमान्ड सबै कानूनी प्रक्रिया पुरा गरि पत्रिकामा विज्ञापन निकालिएको मेनपावर कम्पनीले बताएको छ । उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट लाखौ रुपैयाँ उठाएको भन्ने सूचना आएपछि बिभागको टोली पुगेको तेस्तो नभेटाएको विभागले जनाएको छ । गत बर्ष श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको थियो ।

विवाद भएपछि र समयमा पठाउन नसकेपछी गतबर्ष पनि अल ताक्वेत ओभरसिजले ल्याएको कतार प्रहरीको २ सय जनाको डिमान्ड कतारले अन्य देशलाई दिएको थियो । गत बर्ष मागपत्र दिएपनि विविध कारणले समयमा उडाउन नसकेपछि फेरी हाल कतारको आन्तरिक मन्त्रालयले अल ताक्वेत ओभरसिजलाई २ सय जना कतार प्रहरीको रोजगारी पाईलट प्रोजेक्टको रुपमा दिएको थियो । यो मागपत्र समयमा पुर्ति गर्न नसके नेपालबाट सधैका लागी कतार प्रहरीको रोजगारी गुम्ने कतार निकट स्रोतले बतायो । फेरी पनि कतार प्रहरीको रोजगारी विवादमा तानीएको छ ।


गत बर्ष ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा समयमा पठाउन नसकेपछि कतारले अन्य देशवाट उक्त माग पुर्ति गरेको थियो । यसपटक पनि गत बर्षकै घटना दोहोरीने सम्भावना बढेको छ । कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा चल्दै र सेलाउदै आएको छ । यस्मा केहि मेनपावर ब्यावसायी र माफियाहरु उक्त माग आफ्नो हातमा पार्न भरमग्दुर प्रयास गरिरहेका थिए । तर, चर्चा भन्दा हल्ला बढी हुने गरेकाले उक्त आकर्षक रोजगारी अन्य देशमा पुगेको छ । अहिलेसम्म करिव ३०० नेपाली उक्त रोजगारीमा गएका छन ।


यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा पुगेका थिए । उनीहरुको कार्य सन्तोषजनक र उत्कृस्ट भएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, उक्त छनौट प्रक्रियामा विभिन्न चलखेल भएपछी अघिल्लो बर्ष पनि उक्त अवसर नेपालबाट गुमेको थियो । यसपटक पनि सबै कानूनी प्रक्रिया पुरा गरेर नेपाली कामदारलाई उक्त सुवर्ण अवसर दिलाउन खोजको मेनपावर कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले हल्लाको पछि नलाग्न नेपाल सरकार,श्रम मन्त्रालय,बैदेशिक रोजगार विभागलगायत सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । अल ताक्वेत ओभरसिजले उक्त रोजगारीमा आफ्नै कम्पनीले पठाउनुपर्छ भन्ने पनि नभएकोले यो अवसर चाही नगुमाऊन सरोकार वाला सबै निकायलाई आग्रह गरेको छ । कम्पनीले आफूहरुले कानुनको पुर्णरुपमा पालना गरेर मात्रै कतार प्रहरीमा पठाउन लागेको जनाएको छ ।

हेरिटेज ग्रुपको अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सौराहामा सम्पन्न

समाचार


चितवन । कार्पेट,म्याट्रेस उत्पादक कम्पनी हेरिटेज ग्रुपले सौराहामा अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सम्पन्न गरेको छ । देशभरका ३५ ठाउंँका डिलरसिप बीच अन्र्तक्रिया, समीक्षा र उत्पादनको प्रर्वद्धन गर्ने उद्धेश्यले शुक्रबार उक्त कार्यक्रम राखिएको थियो । कार्यगोष्ठीमा ३५ जिल्लाका डिलर, वितरक, प्रर्वद्धकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कोभिडको समय र पछिल्लो बजारको अवस्था, चुनौति, समाधानका उपायका बारेमा छलफल अन्तर्किया, ज्ञान आदान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कम्पनीले चितवन केन्द्र बनाएर कार्यक्रमको आयोजना तथा उत्पादनको बिक्री प्रर्वद्धन गरेको भन्दै प्रशंसा गरे । चितवन देशकै केन्द्रभाग र हरेक उत्पादन तथा वितरणको केन्द्र बन्न सक्ने भन्दै चितवन आफै उपभोगको ठूलो बजार भएको उनको भनाई थियो । कम्पनीका बिक्री प्रबन्धक प्रयागराज ओझाले कम्पनीको उत्पादनको माग , आपूर्ति, सेवा, पृष्ठपोषणका बारेमा अन्र्तडिलरसीप अन्र्तक्रिया गरिएको बताए ।‘ आर्थिकमन्दी, सुस्त आर्थिक गतिविधि भएको बेला, उनीहरुलाई प्रोत्साहन हौसला दिन र आगामी दिनका योजनाका बारेमा छलफल सुझावका लागि यो कार्यक्रम राखेका हौं ।’ उनले भने । सो अवसरमा कार्यक्रमका सिइओ रमेश काफ्लेले कम्पनीको प्रोफाइलका बारे प्रस्तुतिकरण गरेका थिए ।

Inside Article Ads

कार्यक्रमका अध्यक्ष हेमराज ढकालले प्रतिस्प्रर्धात्मक बजारमा कसरी आफ्नो उत्पादनको गुणस्तर तथा बिक्री वितरण बढाउने बिषयमा प्रकाश पारेका थिए । उनले कम्पनीको विगत वर्तमान, भविष्यको नीति तथा कार्यक्रमका बारेमा प्रष्टाएका थिए । कार्यक्रम सृजना तामा्रकारले सञ्चालन गरेकी हुन् । हेरिटेजले झण्डै दुईदशकदेखि डाईमण्ड गोल्ड, प्लाटिनयम गुणस्तरका कार्पेट ,म्याट्रेसहरु घर, कार्यालय होटल लगायतका स्थानहरुमा विक्री वितरण गर्दै आएको छ ।

दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न

समाचार


काठमाडौं – ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा उड्यन मन्त्री श्री जीवनराम श्रेष्ठको प्रमुख आथिति, बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको आतिथ्यतामा सम्पन्न ‘जिनियस म्युजिक अवार्ड २०७८’ व्दारा गीतकार तथा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा। भोला रिजाललाई पच्चिस हजार नगद सहित दिर्घसाधना सम्मान प्रदान गरिएको छ भने सञ्चारकर्मीव्दय सानुकाजी श्रेष्ठ र राजेन्द्र लुईटेललाई जनही पन्ध्र हजार नगद सहित सम्मान गरिएको थियो ।

अन्य सम्मानित हुनुहुने ब्यक्तित्वहरुमा राधिका शाक्य वरिष्ठ समाजसेवी, अजयकुमार विष्ट नृत्य निर्देशक, कृष्ण रसाल मोडल तथा कोरियोग्राफर, राजेन्द्र बजगाईंगितकार रएरेन्जर, मन्जु थापा गायिका, ज्ञानेन्द्रबहादुर खड्का मोडल तथा समाजसेवी, भीष्मराज फुलारा साहित्यकार, प्रकाश श्रेष्ठ मोडल, शेक बहादुर लामा निर्देशक, लब बहादुर कार्की पेजेन्ट डाईरेक्टर, शान्त शर्मा वरिष्ठ समाजसेवी, कुमार महाराजवरिष्ठ तबला बादक रहनु भएको छ भने बालप्रतिभा सम्मान शान्भी खतिवडा, निर्जला लम्साल रहेका छन् ।

एक दशक भन्दा लामो समयदेखि गीत, संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत-संगीतका लोकप्रिय श्रष्टाहरु अन्य क्षेत्रमा सक्रिय ब्यक्तित्वलाई ‘जिनियस म्युजिक अवार्ड–२०७८’ द्वारा पुरस्कृत तथा सम्मान गर्दै आएको जिनियस म्यूजिक प्रा.लि.का अध्यक्ष रमेश पाठकले बताए । जिनियस म्युजिक अवार्ड २०७८मा बरिष्ठ संगीतकार राजु सिंह, मोडल तथा अभिनेता सागर घिसिङ, चर्चित गायक शिव परियार,गायिका सुजाता केसी, संगीतकार दिपक शर्मा,  संगीतकार भानुभक्त ढकाल, साहित्यकार पुरु लम्साल, लगायतका ख्याति प्राप्त कलाकारहरु निर्णायक रहनुभएको थियो ।

‘दोस्रो जिनियस म्यूजिक अवार्ड २०७६’ बिजेताहरुः
१. सर्वोत्कृष्ट शव्द लोकदोहोरी
सुबास बोगटी, झुठो तिम्रो माया
२.सर्वोत्कृष्ट लय लोकदोहोरी
प्रसाद लामिछाने, पानी छल्काले
३. सर्वोत्कृष्ट संगीत संयोजक लोकदोहोरी
राजु खड्का, पर्देशी रुहाउनेलाई
रामकृष्ण थापा, पानी कुवाको (जुरी)
४. सर्वोत्कृष्ट गायक लोकदोहोरी 
आलिफ खान, मयुरको कल्की
राजु परियार, फुली नाकैमा  (पब्लिक च्वाइस अवार्ड)
५.सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
निशान बनिया, माकुरी जाल बुनेको
मिलन श्रेष्ठ, कान्छी (जुरी)
दीपेन्द्र तिमल्सिना, पिली पिली जुन किरी (पब्लिक च्वाइस अवार्ड)
सर्वोत्कृष्ट भिडियो सम्पादक लोकदोहोरी
६. सर्वोत्कृष्ट मोडल (पुरुष) लोकदोहोरी
शुरेन्द्र लामिछने , पानी छल्काले
७. सर्वोत्कृष्ट गीतकार
माधव निर्दोष, आत्मीयता
८. सर्वोत्कृष्ट संगितकार
योगेन्द्र उपाध्याय, जुन हौ तिमी
९. सर्वोत्कृष्ट गायक  आधुनिक
सबिन लिम्बु, जती बिर्सु भने पनि
१०. सर्वोत्कृष्ट गायक लोकपप
तिलक बस्नेत, रनभुल
११. सर्वोत्कृष्ट मिक्सिङ्ग
मनोज परियार, बुझिदेउ
नरेन्द्र बियोगी, गर्ने के गर्ने (पब्लिक च्वाइस अवार्ड)
१२. सर्वोत्कृष्ट भिडियो सम्पादक
दिनसन शाह, मनको कुरा
रोशन धिताल, मायालु लोक दोहोरी
१३.सर्वोत्कृष्ट युगल गायन
आषिश सचीन र मेलिना राई, एककान दुकान मैदान
१४ .सर्वोत्कृष्ट गायक पप
सुरज शाही ठकुरी, बन्धकी
१५ .सर्वोत्कृष्ट गायक तामाङ सेलो
उत्सब सुब्बा लामा, रनन रन्किने
१६.सर्वोत्कृष्ट गायक लोकआधुनिक
कृती तामाङ, नम्बरी सुन

‘तेश्रो जिनियस म्यूजिक अवार्ड २०७८’ बिजेताहरुः
१.सर्वोत्कृष्ट राष्ट्रिय भाव
रेशम कुमार विश्वकर्मा – मेरो देश नेपाल
सेढाँई जी कामदार – बन्छ काहाँ त्यसै नयाँ (जुरी)
(लोकदोहोरी तर्फ)
२.सर्वोत्कृष्ट शव्द (लोकदोहोरी)
नेत्र अर्याल – झ्यालमा पर्दा छ
३.सर्वोत्कृष्ट लय (लोकदोहोरी)
श्री कृष्णबम मल्ल – डांडाघरे साईली
ऋषि खड्का – दाँते ओखर (जुरी)
४.सर्वोत्कृष्ट संगीत संयोजन
कमल सौराग – रूमाल
नारायण दंगाल – हे माया (जुरी)
५.सर्वोत्कृष्ट गायक (लोकदोहोरी)
प्रकाश सपुत – पिर
६.सर्वोत्कृष्ट गायिका (लोकदोहोरी)
शान्तिश्री परियार – जाम भो माईली
७.सर्वोत्कृष्ट नव गायक (लोकदोहोरी)
सुदिप कार्की – फूल बोटैमा
यान प्रसाद न्यौपाने – एक्लै बसी हौली (जुरी)
८.सर्वोत्कृष्ट नव गायिका (लोकदोहोरी)
अप्सरा वली – फुल्यो गुराँस
९.सर्वोत्कृष्ट निर्देशक (लोकदोहोरी)
रामजी लामीछाने – रमरम मरौटी
१०.सर्वोत्कृष्ट कोरियोग्राफर (लोकदोहोरी)
अजय स्यान्ताङ – शिर फूल
११.सर्वोत्कृष्ट मोडल (पुरुष) (लोकदोहोरी)
सागर लम्साल – जाला जोवन
१२.सर्वोत्कृष्ट मोडल पुरुष (अभिनय) (लोकदोहोरी)
मरिचमान श्रेष्ठ बल्छी धुर्बे – मुसी
१३.सर्वोत्कृष्ट मोडल (महिला) (लोकदोहोरी)
अन्जली अधिकारी – झुम्के बुलाकी
१४.सर्वोत्कृष्ट नव मोडल (महिला) (लोकदोहोरी)
शिला गजुरेल – झल्को मात्रै आखामा
(पप आधुनिक तर्फ)
१५.सर्वोत्कृष्ट गीतकार
आनन्द अधिकारी – मत परे बिलक बन्धमा
१६.सर्वोत्कृष्ट संगितकार
शंकर थापा स्माईल – माया पिरिम
सन्तोष के.सी. – तिमी नै साहारा (जुरी)
१७.सर्वोत्कृष्ट संगित संयोजक
साहस शाक्य – क्या दामी–२ कुरो दामी
कुसल सिंह – के माया लाग्छ र (जुरी)
१८.सर्वोत्कृष्ट गायक
भुपु पाण्डे – छोटो छ जिन्दगी
१९.सर्वोत्कृष्ट गायिका
मिलन नेवार – फुलबुट्टे सारी
२०.सर्वोत्कृष्ट नव गायक
रविन रेगम (रविन्द्र भट्टराई) – यो दिलमा डेरा बनाई
२१.सर्वोत्कृष्ट नव गायिका
शुसीला बराल – जुनी जुनी
२२.सर्वोत्कृष्ट मिक्सिङ्ग
श्याम श्वेत रसाईली – हजुर मुसुक्कै
२३.सर्वोत्कृष्ट छायांकन
नवराज उप्रेती – पिर
योगेश दाहाल – छोटो छ जिन्दगी (जुरी)
२४.सर्वोत्कृष्ट भिडियो सम्पादक
नविन निरौला – हो हो नी माया हो
२५.सर्वोत्कृष्ट निर्देशक
गम्भिर विष्ट – कोदोको रोटी
२६.सर्वोत्कृष्ट मोडल (पुरुष)
पुष्प खड्का – बेचेर सपना
सरोज अधिकारी – आउ माया साथैमा (जुरी)
२७.सर्वोत्कृष्ट मोडल (महिला)
उषा उप्रेती – यस्तो माया
आश्मा विश्वकर्मा – एनी प्रोब्लम
२८.सर्वोत्कृष्ट नव मोडल (पुरुष)
राकेश अर्याल – तिमी बिना(जुरी)
साजन नेपाल – देखे तिमीलाई
सोनीतराज ढुंगेल – प्रिया (अभिनय)
२९.सर्वोत्कृष्ट नव मोडल (महिला)
सुनीता श्रेष्ठ – बनारसी पान
३०.सर्वोत्कृष्ट गायक युगल गीत (पप)
अन्जु पन्त ÷ सुरज श्रेष्ठ – चन्दा
आषिश सचीन ÷प्रविशा अधिकारी – ए मुना (जुरी)
३१.सर्वोत्कृष्ट गायक (युगल गीत )
प्रमोद खरेल÷ अस्मिता अधिकारी – सुनैको दरबार
किरण गजमेर ÷ रचना रिमाल – चकमक झुलो (जुरी)
३२.सर्वोत्कृष्ट शव्द (पप)
राजेश अर्याल – गीत बनाई
३३.सर्वोत्कृष्ट गायक (पप)
नारायण थापा – बुङ्गो
सचिन रौनीयार – छ भनुकी छैन (जुरी)
३४.सर्वोत्कृष्ट गायक (लोकपप)
रामकृष्ण श्रेष्ठ – बनारसी पान
३५.सर्वोत्कृष्ट गायक (तामाङ सेलो)
शैलाप वाईबा(पन्चमान तामाङ ) – पूर्वेली मैच्याङ
३६.सर्वोत्कृष्ट पव्लिक च्वाईस
निशान भट्टराई / एलिना चौहान – के माया लाग्छ र ?
३७.सर्वोत्कृष्ट भाषा भाषी अनि भौगोलिक गीत
सर्वोत्कृष्ट गायिका पुर्बेली पुर्लेली गीत
मन्जु लवती थापा गायिका – घाँस काट्दै थिए एक दिन
सर्वोत्कृष्ट बाल गायिका(देउडा गीत)
प्राप्ती भट्ट – फाट्या जङ्याले
सर्वोत्कृष्ट काठे गायिका
शारदा रसाली – मेलो बाबा
सर्वोत्कृष्ट थारु गीत
राजेन्द्र शर्मा – सखिए हो ।