काठमाडौँ- कन्हैया सिंह र अन्जना गुरुङको स्वरमा रहेको गीत ‘नजर नजरको’ सार्वजनिक गरिएको छ। बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको संगीत र रचना शम्भुजित बास्कोटाले गरेका छन् । भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा पुष्प खड्काको साथ पहिलो पल्ट कन्हैया सिंहको छोरी अपेक्षा सिंहले डेब्यु गरेकी छिन् ।
बहिनी अन्जना र भाई कन्हैयाको जोडीलाई हेर्दै सम्झदै नजर नजरको शिर्षक राखेर गीतमा संगीत भरेको संगीतकार बाँस्कोटाले बताए । नेपाली गीत संगीतमै लागेर जीवन बिताउन पाइयोस र सदैव दर्शकहरुको मायाले बाँधिएर रहने चाहनाले नै परदेशमा बसे पनि नेपाली गीतसंगित प्रती को मोह नहराएकाले दुबैले फेरी यो सोलो गीत बजारमा ल्याएको गायक संगीतकार सिंहले बताउनु भयो । सिनेमाटोग्राफर नवराज उप्रेती,सम्पादन र कलरिङ्ग नबिन निरौलाको रहेको छ ।
काठमाडौं । निष्ठाको धरोहरका रुपमा चिरपरिचित रहदै आउनुभएका बहुआयामिक व्यक्तित्व पूर्व गृह राज्यमन्त्री डा दिपक प्रकाश बाँस्कोटाको संस्मरणात्मक कृति ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ । राष्ट्रिय नाचघरमा विहिबार आयोजित पुस्तक लोकार्पण तथा वैदिक नेपालको भबिष्य बिषयक संगोष्ठि कार्यक्रम माझ नेपाली काँग्रेसका पूर्व महामन्त्रि एवम् पूर्व मन्त्रि कुलबहादुर गुरूङ् प्रभावशाली नेता शेखर कोईराला, अर्जुन नरसिहं केसी, नेतृ महालक्ष्मी उपाध्याय ’डिना’, राजा डा किन्स्ले ब्रूक, प्रा डा कुमार कोईराला, संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा कुल प्रसाद कोईराला र श्रष्टा स्वयंले संयुक्त रुपमा कृति लोकार्पण गर्नुभएको थियो ।
पुस्तकको लोकार्पण पस्चात कार्यक्रमलाई संबोधन गर्नेक्रममा पुस्तकका लेखक डा बाँस्कोटाले आफ्नो पुस्तक स्व नेता गिरिजा प्रसाद कोईरालामा समर्पण गरेको उल्लेख गर्नुहुँदै निष्ठाको यात्रामा पर्यन्त हिडदै गर्दा आफुले कुनै पनि काम असंभव हुँदैन भन्ने मान्यता बोक्दै आएको खुलासा गर्नुभयो । साथै उहाँले आफनो जीवन भोगाई बारे सत्य र निष्ठापूर्वक नै पाठक माझ घटना विवरण कृति मार्फत पस्किएको उल्लेख गर्नुभयो ।लेखक बास्कोटाले निष्ठाको यात्रा अझै नसकिएको उल्लेख गर्नुहुँदै वैदिक नेपाल निर्माण अभियानमा आफू लागेको र पश्चिमी जगत समेत वैदिक दर्शनमा आकर्षित भएको देखेर नेपाललाई वैदिक देशका रुपमा पुनस्र्थापित गर्न आफू लागेको भनाई राख्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व मन्त्री कुलबहादुर गुरूङ्ले लेखक आफ्नो राजनीतिक सहयोद्धा हुनुका साथै वास्तवमै निष्ठावान राजनीतिज्ञ रहनुभएको उल्लेख गर्नुहुँदै कालिम्पोङ घुमेर बाँस्कोटाले सहकारीका माध्यमबाट अर्गानिक चिया उद्योग स्थापना गर्नुभएको स्मरण गर्नुभयो ।
त्यसैगरि, नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले दिपक प्रकाश बाँस्कोटाबाट मेहनत नै सबै कुरा हो साथै निष्ठापूर्वक राजनीति गर्नुपर्छ भन्ने पाठ राजनीतिकर्मीहरुले सिक्न जरुरी रहेको उल्लेख गर्नुहुँदै समकालिन राजनीतिमा नैतिकता र सुशासनको कमी महशुस हुँदै आएकाले उहाँको पदचापलाई नपछ्याउँदासम्म मुलुकले सहि दिशा लिन नसक्ने बताउनुभयो । नेपाल श्रीलङ्काको अवस्थामा नपुग्ने उल्लेख गर्नुहुँदै उहाँले समृद्ध नेपाल निर्माणका लागि दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । राजनीति गर्नेले देशलाई पहिलो प्राथमिकतामा राखेर सोच्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरि, पूर्व मन्त्री एवम् कांग्रेस नेताअर्जुन नरसिहं केसीले बाँस्कोटाले सहकारी क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्नुहुँदै वैदिक संस्कारलाई व्यवहारमा उतार्न हुने गरेका कमीकमजोरी खोजेर त्यसको अन्त्य गरिनुपर्ने तर्क पेश गर्नुभयो । त्यसैगरि पूर्व मन्त्री एवम् कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ’डिना’ ले दिपक प्रकाश बाँस्कोटा बहुआयामिक र असल हुनुभएकाले उहाँ व्यक्तित्व ओजपूर्ण रहेको सन्दर्भ उल्लेख गर्नुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले पुस्तकमा सहकारी बिषयमा समेटिएका बिषय अत्यन्तै कम रहेको आफुले पाएको बताउनु हुँदै विसं २०४८ मा सहकारी ऐन ल्याउन बाँस्कोटाको ठूलो भूमिका रहेको, विसं २०७२ को संविधानमा तीन खम्बे अर्थनीतिमा सहकारीसमेत जोडिने गरी अभियान चलाउन पनि बाँस्कोटाले योगदान गर्नुभएको बारेमा बिशेष चर्चा गर्नुभयो ।
पुस्तकका बारेमा समीक्षा गर्नुहुँदै प्रा डा कुमार कोइरालाले बास्कोटाको पुस्तक अध्ययनबाट अध्यात्म र भौतिकता दुवैको समन्वयात्मक अभ्यास गरेर जीवन सार्थक बनाउन सक्नुभएको बताउनुभयो । विसं २०५६ मा चुनाव लड्दिन भनी गिरिजाप्रसाद कोइरालासँग स्पष्ट कुरा राख्नुले उहाँको निष्ठा प्रष्ट हुने कोइरालाले उदघोष गर्नुहुँदै राजनीति, धर्म, सहकारी, शिक्षा, स्वास्थ्य, ध्यान, समाजसेवा विविध क्षेत्रमा बाँस्कोटा अब्बल रहनु भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा। कुलप्रसाद कोइराला, विश्व शान्ति राष्टमका अन्तर्राष्ट्रिय निर्देशक किङ्स्ले ब्रुक्स, ध्यान शिक्षक भरतराज पौडेललगायतले नेपाललाई वैदिक देश बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
बुक्स राइटिङ नेपालले प्रकाशन गरेको २१२ पृष्ठको सो पुस्तकमा राजनीतिक, सहकारी, प्रांगारिक कृषि र वैदिक नेपाल निर्माणका लागि उहाँले गर्नुभएका कामको चर्चा गरिएको छ
मिसेस् नेपाल कल्चर २०२२ को घोषणा समाज आधुनिकतामा रमाइरहेको छ तर आधुनिकताको आवरणमा मौलिकताको महत्वलाई पनि विर्संदै गएको यथार्थलाई नकार्न सकिन्न । मौलिक संस्कृति, जातिय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्दछ ।
यही कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मुल्य मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप मिसेस् नेपाल कल्चरको अवधारणालाई अगाडि बढाइएको छ । विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ ।
यही परिचयमा अगाडि बढेका विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाई अझ वृहत् र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने हेतुले मिसेस् नेपाल कल्चरलाई साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
सौन्दर्य प्रतियोगिता देखि विभिन्न सांगीतिक, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा सक्रिय रहँदै आएको युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन हुन लागेको हो । जुन सुकै उमेर समूहका विवाहित नेपाली महिलाहरुका लागि यो प्लेटफर्म खुल्ला गरिएको छ । प्रतियोगिताका लागि यही साउन २१ गते अडिसन राउन्ड तय गरिएको छ ।
आफ्नो नाम अनुसारको काममा अग्रसरता देखाएर मिस टिन हिमालय २०२२ विजेता एन्जेल चन्द आफ्नो नामलाई सार्थकता प्रदान गरेका छन् । गएको असार ३१ गते कथा इभेन्ट्सको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न मिस टिन हिमालय नेपाल २०२२ को फाइनल प्रतिस्पर्धाका विजेता हुन् एन्जेल चन्द । १६ वर्षिया यी किशोरीले सो प्रतियोगितामा प्राप्त गरेको विजेताको सम्पूर्ण पुरस्कार राशीलाई सामाजिक कार्यमा खर्चेका छन् । उनले प्राप्त गरेको पुरस्कार राशी नगद रु एक लाख सहित रु एक लाख एक हजार रुपैंयाँलाई सामाजिक कार्यमा सहयोग स्वरुप खर्चेका छन् ।
एन्जेलले आफूले प्राप्त गरेको नगद पुरस्कार राशीलाई हाल महाराजगंजस्थित शिक्षण अस्पतालमा जीवन मृत्युको दोसाँधमा उपचाररत ६ वर्षिय बालको उपाचारका लागि सहयोग गरेका छन् । आफ्नो सानो सहयोगबाट कसैको ज्यान जोगिन सक्छ भने त्यसमा अग्रसर हुन पाउँदा आफ्नो उपलब्धी अझ बढी उपयोगि र गर्विलो बनेको आफूलाई महशुष भएको कुरा एन्जेलले व्यक्त गरेकी छिन् । यस कार्यबाट आफूलाई भित्री खुशी र सन्तुष्टि प्राप्त भएको र यो मानवताको परिवेशमा आफूलाई अझ गर्विलो अभ्यासको अनुभव भएको उनले सुनाइन् । एन्जेलको यो अग्रसरताले कसैको सहयोगमा यदि व्यक्तिले मनै देखि इच्छा राख्छ भने उमेर, अनुभव, क्षमताको आधार भन्दा व्यक्तिको भित्री ह्रदय देखिको चाहना र दृढता नै महत्वपूर्ण हुन्छ भन्ने कुरालाई अभिव्यक्त गरेको बुझ्न सकिन्छ ।
काठमाण्डौ– चर्चित सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट स्थापना भएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार श्रावण १८ गते राजधानी काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भएको छ । यस वर्षको कन्हैया अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार बरिष्ठ गीतकार विश्व बल्लभलाई प्रदान गरिने भएको छ ।
“तिमि बादल, मेरो माया तिम्रो, सपनीमा रुवाउँछौ, गोर्खाली, धेरैदिन भो” लगायत थुप्रै गीतका गीतकार विश्व बल्लभ नेपाली सुगम सङ्गीतको विकासमा अनवरत रुपमा योगदान दिदै आएका व्यक्तित्व हुन पुस्कारको राशी ५१ हजार नगद सहित सम्मान पत्र र दोसल्ला रहेको कार्यक्रमका संयोजक संगतिकार सन्तोष श्रेष्ठले बताए । कन्हैया सिंह परियार नेपाली गीत सङ्गीतको क्षेत्रमा झण्डै तिन दशकदेखी सक्रिय संगीतकार एवं गायकको रुपमा परिचित छन् भने अञ्जना गुरुङ पाश्व गायन तथा नेपाली गीति गायनको क्षेत्रमा चर्चाको शिखरको रुपमा रहेकी गायिका हुन् ।
नेपाली सांगीतिक आकाशमा आदर्श जोडीको छवि बनाएका यस जोडीले गत वर्ष देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका एक जना संगीतकर्मीहरुलाई नगद राशी सहित सम्मान गर्दै आएको छ । गत वर्ष कन्हैया सिंह राष्ट्रिय सङ्ंगीत पुरस्कारको नामबाट आयोजित यस पुरस्कारको नामलाई संशोधन गर्दै यस वर्षबाट कन्हैया अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार बनाईएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । गतवर्ष बरिष्ठ लोक गायिका चन्द्रकला शाहलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
काठमाडौ- चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।
कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा। दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् । टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ ।
विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ ।
टेलिभिजनले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामो समय काम गरेका दक्ष टिम र अनुसन्धानकर्ताहरुको एक टोली निर्माण गरिरहेको जनाएको छ । हाल टेलिभिजनको अनुसन्धान टोलीले नेपाली टेलिभिजनको प्रवृति, बजार, सबै मिडियाबाट प्रकाशित प्रशारित विषयवस्तुहरुको गहिरो अध्ययन गरिरहेको जनाइएको छ ।
साथै नेपालको समग्र विज्ञापन बजारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । टेलिभिजनको एक टोलीले टेलिभिजनका लागि विभिन्न विषयवस्तुहरुको अध्ययन, अनुसन्धान गर्नुका साथै विभिन्न तथ्यहरु संकलन तथा विश्लेषण गरेर हाल व्याकअप तयार गरिरहेको पनि बताइएको छ । टेलिभिजनले कार्यरत सबै जनशक्तिका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने जनाएको छ ।
टेलिभिजनको सन्चालकमा जापान, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न कम्पनीहरुको व्यवस्थापनमा नेतृत्व गरिरहेका र नेपालमा केही ठूला उद्योग तथा ठूला कम्पनी सन्चालन गरिरहेकाहरु रहेको बताइएको छ । पूर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने जनाएको स्पेस फोर के टेलिभिजनले सबै नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिंगीय विविधता तथा सबै नागरिकका विचारलाई समान रुपमा स्थान दिने पनि जनाएको छ ।
टेलिभिजनका अध्यक्ष डा। शाहीले भने, “स्पेस फोर के टेलिभिजन तथ्यमा उभिएर सत्य खोज्ने, सत्य खोज्नका लागि प्रश्नहरु केन्द्रित गर्ने र बढिभन्दा बढि नागरिकको वास्तविक आवाज बन्नेछ ।” अध्यक्ष शाहीले टेलिभिजनको बलियो न्यूज रुम र अनुसन्धानकर्ताहरुको टोली गहिरो अनुसन्धानबाट बढिभन्दा बढी सूचना सामग्री प्रदान गरी नागरिकलाई आफ्नो विचार मजबुत बनाउन प्रयत्नशील रहने बताए ।
डा। शाहीले भने, “हामी उच्च प्रविधि र दक्ष जनशक्तिको सहयोगमा राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढावा दिन प्रयत्नशील छौ । संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकहरु सामु प्रस्तुत गर्दै आइरहेका छौं । हामीले भ्रष्टाचार र भय मुक्त समाज निर्माण गर्न निर्भिक पत्रकारिताको अभ्यास गरिरहेका छौं । देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अंगहरुलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने हाम्रो उद्देश्य हो ।”
काठमाण्डौ- अहिले मनोरन्जन संसारमा रियालिटि शो हरुको लोकप्रियता धेरै बढीरहेको छ । यसै क्रममा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा विश्वभर फैलिएर रहेका नेपाली भाषीहरुलाई समेट्ने गरी एउटा विश्वव्यापी स्तरको रियालिटि शो आयोजना गर्ने कुराको हालै घोषणा गरिएको छ ।
राजधानीको मेरियट होटलमा सोमबार आयोजना गरिएको एक कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले गरेको घोषणा अनुसार इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक त्यसरी सर्वाधिक ठूलो धनराशी सहितको दुई वटा रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स आयोजना हुने भएको छ । यी दुबै शोका विजेताले जनही ७५ हजार यूएस डलर झन्डै एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् भने फस्ट रनरअपले २० हजार डलर र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार स्वरुप पाउनेछन् ।
यही अगष्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने छ । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने बताइएकोछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चल सहित क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ ।
यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने कुरा आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले बताएका छन् । सर्वाधिक धन राशीको रियालिटि शो घोषणा कार्यक्रममा विशिष्ट चलचित्रकर्मि हरु नीर शाह , भुवन के सि, प्रियंका कार्की, दीपाश्री निरौला, निर्मल शर्मा,सुशील नेपाल , माधव राज खरेल लगायतका कलाकर्मि हरुलाई अध्यक्ष अधिकारीले दोसल्ला ओढाइ ट्रफि प्रदान गरेका थिए ।
काठमाडौं-साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ ।
नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।
अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रालिका सचिव गोकर्ण लामिछानेले बताउनुभयो । उहाँले कला र सिर्जनाको सम्मानका लागि अवार्डको प्रमाणपत्रसँगै नगद राशीसमेत दिन थालिएको जिकिर गर्नुभयो । सुरुमा ठूलो रकम दिन नसकिएपनि यो एउटा सुरुवात भएको उहाँको भनाई थियो ।
अवार्ड वितरण कार्यक्रमलाई स्वस्थ, मर्यादित बनाउन, यसका विषय लाग्ने गरेका आरोपहरूलाई खण्डित गर्न पनि आफ्नो संस्था लागिरहेको उहाँले बताउनुभयो । आफ्नो संस्थाले यसअघि वितरण गरेका अवार्डमा पनि कुनै चलखेल नगरेको भन्दै उहाँले रिवार्डले झन् संस्था, कलाकार÷सर्जक÷स्रष्टाको गरिमा बढ्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री (शान्ति तथा पुनर्निर्माणमन्त्री) एवम् प्रतिनिधिसभा सदस्य सत्य पहाडीले यस्ता कार्यक्रमले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा साधनारत व्यक्तिहरूलाई हौसला मिल्ने बताउनुभयो ।
उहाँले देशको कला, संस्कृति, साहित्य, सङ्गीतले अन्तर्राष्ट्रिय रूपमा पहिचान विस्तारमा सहयोग पुग्ने हुँदा यस क्षेत्रको संरक्षण, सम्वर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले देशको पहिचानलाई सभ्य बनाउन र जगेर्ना गर्ने राजनीतिभन्दा पनि यो क्षेत्रको योगदान बढी हुने बताउनुभयो । कला, साहित्य, सङ्गीत र सिर्जनाले मान्छेलाई ऊर्जा प्रदान गर्ने भन्दै पूर्वमन्त्री पहाडीले यो क्षेत्रले समाज र देश बोल्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै, साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले कला, साहित्य, सङ्गीत र सिर्जना अमूल्य निधि भएकाले यसको संरक्षण र विस्तारमा लाग्नुपर्ने बताउनुभयो । सामना म्युजिक क्रियसन यसमा लागिरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो । यो क्षेत्रसँग सम्बन्धित सबैजना यसरी नै लाग्ने हो भने यसको गरिमा र महत्त्व अहिलेको भन्दा झन् बढ्ने उहाँको दाबी थियो । अन्य देशहरूमा कला, साहित्य क्षेत्र त्यहाँको सभ्यता र संस्कृतिको परिचायक भएको भन्दै उहाँले नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि यो क्षेत्र अझै जुर्मुराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाले राज्यले कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले कलाकारलाई राष्ट्रका गहना भन्ने गरेकोमा समेत चित्त दुखाउनुभयो । कलाकार राष्ट्रका गहना नभएर राष्ट्रको परिचायक रहेको उहाँको जिकिर थियो । कलाकार राष्ट्रको पहिचानका दूत भएको उहाँले बताउनुभयो ।
यस क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समुन्नत र सुसंस्कृतिक क्षेत्र बनाउनुपर्ने उहाँको भनाइ थियो । यसका लागि यस क्षेत्रमा साधनारत सबै लाग्नुपर्ने र राज्यले समेत उपेक्षा गर्न नहुने उहाँले बताउनुभयो । कार्यक्रममा कला, साहित्य, सङ्गीत र सिर्जनाका क्षेत्रमा विभिन्न व्यक्ति, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
काठमाण्डौ - फिफा वल्र्डकपको गीत पहिलो पटक नेपालबाट पनि सार्वजानिक भएको छ । चर्चित गायक पूर्ण राईको स्वरमा तयार भएको गीतले खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तीको बिषयलाई बोकेको छ । यस्को एतिहासिक पक्ष भनेको यो सगरमाथा चुचुरोमा सार्वजानिक भएको हो र यो गीतको सम्पूर्ण भिडियो नै सगरमाथा चुचुरोमा पहिलो पटक सुटिङ समेत सम्पन्न भएको हो ।
गायक पूर्ण राईका अनुसार, सेभेन समिटका लिडर नर्बिन मगरको टोलिले फिफा वर्ल्डकप टाईटल गीत, ट्रफी (रेप्लिका) र फिफा सम्बद्ध २११ राष्ट्रहरुको झण्डा पहिलो पटक सगरमाथा चुचुरोमा सर्वजानिक गर्दै भिडियो निर्माण गरेका हुन । यो अभियान सातै महादेशको अग्लो हिमालमा टोली पुगेर सम्बन्धित सामाग्रीहरु सार्वजानिक गर्दै अन्तत फिफालाई नै संग्राहलयमा सुरक्षित राख्नका लागि नेपालको तर्फबाट हस्तान्तरण गर्ने योजना रहेको बताए । नेपाल पर्यटन बोर्ड, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल मगर संघ लगायतको सहयोगमा यो अभियान अघि बढेको टोलिका लिडर नर्बिन मगरले बताएका छन । खेलकुद, पर्यटन, जलवायु परिवर्तन र विश्वशान्तिका लागि सँग–सँगै नारा बोकेको यो अभियानले समग्रमा स्वास्थ्य र सुरक्षित पृथ्वीका लागि यो अभियानको महत्व रहेको छ ।
नेपाल पर्यटकिय हव हो, तर हाम्रो हिमाल संम्रक्षणका लागि विश्वले सुन्ने गरी सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट गीत मार्फत सबैलाई जगाउन र सचेत गराउने उद्धेश्यले यो गीत निर्माण गर्ने र गाउने योजना बनाएको पनि गायक पूर्ण राईले बताएका छन । बिगत समयमा पनि प्रकृति, राष्ट्रियता, पर्यटन र विश्वशान्ति सम्बन्धी धेरै गीत निर्माण समेत गरिसकेका राईले मे २९, २०२२ मा जलवायु परिवर्तन सम्बन्धी सगरमाथा बेसक्याम्प ५३६४ मिटरमा अन्तरराष्ट्रिय बैज्ञानिक गोष्ठी समेत सम्पन्न गरिसकेका छन । त्यसैको अर्को महत्वपूर्ण साझा कार्यक्रमको रुपमा यो अभियान सफलताका लागि अग्रेजी भर्सनमा गीत गाएर पहिलो फिफा वर्ल्डकप नेपाली गीतको ईतिहास निर्माण गर्ने काम सम्पन्न भईसकेको छ भने भिडियो पनि युट्युब मार्फत सार्वजानिक भईसकेको जानकारी दिएका छन ।
काठमाण्डौ - वीरेन्द्र भाट विपिनको सम्पादनमा तीजगीत "धोबीखोला" को भिडियो सार्वजनिक भएको छ । हेमनाथ खरेलको शब्दरचना र वीर बहादुर विश्वकर्माको सङ्गीत रहेको यस गीतमा देवी घर्ती, वीर बहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ। विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ र माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन् ।
।
खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक भिडियोको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् भने लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन् । शिवजी क्षेत्रीको कोरियोग्राफी र राम के.सी. को सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन् । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा तथा निर्माण रेभान्स शिवा म्युजिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।