generalnews
||Power News Asia||

आजको समाचार

श्रेया राईले पहिरिन ‘किड्स सुपर मोडल,२०२२' को शीर्ष ताज

समाचार


काठमाडौँ —'किड्स सुपर मोडल,२०२२' को शीर्ष ताज श्रेया राईले पहिरिएकी छिन्। एभरेष्ट ईभेन्टसद्वारा शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको 'किड्स सुपर मोडल,२०२२' मा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै राईले शीर्ष ताज पहिरीएकी हुन् ।

बिजेताले उपाधीसंगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। साईकलसहित विभिन्न आकर्षक उपहार प्राप्त गरेकी राईले विभिन्न म्युजिक भिडियो तथा विज्ञापनमा मोडलिङको अवसरसमेत प्राप्त गरेकी छिन्। त्यस्तै सुबेक्षा पोखरेलले फर्स्ट रनरअपको ताज हात पारिन भने शिखा गुरुङ्गले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भइन। त्यसैगरी विधागत तर्फ ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाइन भोटिङ्गमा सर्वाधिक भोट प्राप्त गर्दै एमी शाहीले मस्ट पपुलरको अवार्ड हात पारिन ।

शाहीले मस्ट पपुलरसंगै अर्गनाईजर चोइस, अबिरल अग्रवाल ब्राण्ड एम्बासडर र जोयेशा मानन्धर व्युटी वीथ ब्रेन घोषित भईन । आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले संचालन गरेका थिए। प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार ईन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी संचालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।

बालबालिकाहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, प्रतियोगीको प्रतिभा निखार्ने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले 'किड्स सुपर मोडल,२०२२' आयोजना गरिएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले राज्यदैनिकलाई बताए।

सिद्दार्थ र जुनाले पहिरिए ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२' को शीर्ष ताज

समाचार


काठमाडौँ — असार १२, २०७९। 'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२' को शीर्ष ताज सिद्दार्थ तामाङ्ग र जुना श्रेष्ठले पहिरिएका छन्। एभरेष्ट ईभेन्टसद्वारा शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२' मा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै तामाङ्ग र श्रेष्ठले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् ।

बिजेताले उपाधीसंगै नगद रु पचास हजार सहित उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ती, एभरेष्ट फिल्म एकेडेमी मार्फत करिव एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमी मार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसंगै अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै कावेल लम्साल र अलिशा वाईबा तामाङ्गले फर्स्ट रनरअपको ताज हात पारे भने बिनय राई र आकृति पोखरेलले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। त्यसैगरी विधागत तर्फ ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाइन भोटिङ्गमा सर्वाधिक भोट प्राप्त गर्दै शिर्षक नेपाल, न्यिमा वाङ्गमो र प्रेशिका मल्ल ठकुरीले मस्ट पपुलरको अवार्ड हात पारे। अविलेख राव र लसता मानन्धर अर्गनाईजर चोइस, मिङ्ग्मार शेर्पा र जेनिया गुरुङ ब्राण्ड एम्बासडर र पुजा थापा ब्युटी वीथ ब्रेन घोषित भईन ।

आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले संचालन गरेका थिए। प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार ईन्टरटेन्मेन्टका सिईओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी संचालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।

एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतियोगीको प्रतिभा निखार्ने , उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२' आयोजना गरिएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले बताए।

रोशनको ‘सही हो नी कान्छी’

समाचार


काठमाडौं- ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ लोकप्रिय गीतका गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् ।

यसमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको रहेको छ । सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

'सुगर फ्रि' मा देखिए श्रीदेव (भिडियो सहित)

समाचार


काठमाडौं -अम्बिका थापाद्वारा निर्मित गीति भिडियो ‘सुगर फ्री’  सार्वजनिक भएको छ । त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको गीतमा गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ । गीतमा राजेन्द्र  बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।

मनोज परियारको मिक्सिङ र मास्टरिङ रहेको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । नवराज उप्रेतीको छायांकन, बिमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्राफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो निर्देशन संगीतकार राजेन्द्र बजगाईले गरेका छन् ।

चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन

समाचार


काठमाडौं -  चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ । सांस्कृतिक संघका केन्द्रीय सदस्यसमेत रहेका पन्तले गत चैतमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमक्ष पर्वत फलेवास–७ लिमिठानाअन्तर्गत पर्ने खराचौर गाडाखोला कुमाले खराचौर हेल्थपोस्ट हुँदै बेर्नेट लिमिठाना मावि वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नति गर्न पाँच करोड विनियोनन गरिदिन निवेदन दिएका थिए ।

पन्तको सो निवेदनपछि सहरी विकास मन्त्रालयले सडकको स्तरोन्नति गर्न एक करोड विनियोजन भएको हो । सरकारले सडक स्तरोन्नति गर्न एक करोड विनियोजन भएपछि फलेवासका स्थानीय खुसी भएका छन् । उनीहरूले गायक तथा संगीतकार पन्तलाई धन्यवाद दिएका छन् । गायक पन्तले आफ्नो सानो प्रयासले गृहपालिकामा सडक स्तरोन्नतिका लागि बजेट पार्न पाएकोमा खुसी व्यक्त गरे । पन्त संगीतकर्मसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।

सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान

समाचार


काठमाण्डौ – नेपाल स्काउटले सानुकाजी थापा लाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । स्काउटले ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेपाल स्काउट पत्रकारिता पुरस्कार बाट थापा लाई सम्मान गरेको हो ।

थापा लामो समय देखि देखा पढी मल्टिमियामा आवद्ध भएर काम गर्दै आउनु भएको छ । उहाँले पत्रकारिता पुरस्कार पाउन साथ सामाजिक संजालमा यस्तो लेख्नु भएको छ । यो पुरस्कार पाउन योग्य बनाउनुहुने देखा पढी मल्टिमियाका प्रमुख मनोज राज पाण्डे मेरा सहकर्मी मित्रहरू, नेपाल स्काउटका राष्ट्रिय संयोजक आदरणीय लोक बहादुर भण्डारी ज्यु , स्काउट परिवार र मेरो मित्र सुदर्शन बजगाँई लाई हार्दिक धन्यवाद ।

उहाँले पत्रकारिता पुरस्कार पाउने यो अवसर सम्म पुर्याउनु हुने लाई धन्यवाद दिनु भयो छ । के लेखिएको छ त सम्मान पत्रमा नेपालको स्काउटिंग बिकासका लागि स्काउटिंग गतिविधिलाई आमसञ्चार माध्यमबाट सम्प्रेषण र प्राकशन गरि जनमानसमा नेपाल स्काउटको सकारात्मक छवि निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै यहाँलाई स्काउट पत्रकारिता पुरस्कार बाट बिभुषित गरिएको छ ।

डान्सिङ स्टार्स नेपालको फाईनलमा भिड्दै छिरिङ शेर्पा र सरोज प्रजा

समाचार


काठमाण्डौं । शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर सरोज प्रजा हिमालय टेलिभिजनबाट प्रसारित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको फाईनलमा भिड्ने भएका छन् । शोकै सर्वाधिक अंक मध्ये दोस्रो स्थानको अंक प्राप्त गर्दै उनीहरु फाईनलमा भिड्ने पक्का भएको हो । उनीहरुले शोमा ३९२ अंक प्राप्त गरेका थिए ।

यो उनीहरुले पहिलो हप्ता २५ अंक, दोस्रो हप्ता २९ अंक, तेस्रो र चौथो हप्ता ३०–३० अंक, पाँचौँ र छैटौँ हप्ता २७–२७ अंक, सातौँ हप्ता ३० अंक, आठौँ हप्ता २९ अंक, नवौँ हप्ता २७ र २९ अंक, दशौँ हप्ता ३० र २६ अंक तथा एघारौँ हप्ता २६ र २७ अंक प्राप्त गरेका थिए । छिरिङ र सरोजको रोजरिङ टिमले दशौँ हप्ताको पहिलो दिन र बाह्रौँ हप्ताको पहिलो दिन गरी २ पटक पर्फोमेन्स अफ द डे अवार्ड समेत जितेका थिए । शेर्पा समुदायकी पहिलो नायिका छिरिङ शेर्पाको पुरा नाम छिरिङ डोमा शेर्पा हो ।

शेर्पा फिल्म्स संघ नेपालकी अध्यक्ष समेत रहेकी छिरिङ, मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन्। । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन् ।

आईडियल ईङ्ग्लीस सेकेण्डरी स्कुलबाट मार्केटिङ एडभरटाईजिङ बिजनेश स्टडिज अध्ययन गरेकी छिरिङले बज्र ईन्टरनेशनल कलेजमा औपचारिक रुपमा नृत्य सिकेकी छिन् । पद्मकन्या क्याम्पसमा बिए अध्ययन गरेकी छिरिङले बिजनेश म्यानेजमेन्ट र फेसन डिजाईनिङ पनि अध्ययन गरेकी छिन् । उनी गौतम बुद्ध फिल्म प्रालीका निर्देशक पनि हुन् ।

डान्सर तथा कोरियोग्राफर सरोज प्रजाको पुरा नाम सरोज राना प्रजा हो । डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ का विजेता बनेदेखि सरोज चर्चामा छन् । उनी अहिले विभिन्न म्युजिक भिडियोहरुमा पनि सक्रिय छन् । उनले अभिनय गरेका कयौँ म्युजिक भिडियोहरु चर्चित समेत बनेका छन् । मकवानपुर निवासी सरोजले मकवानपुर बहुमुखी क्याम्पसबाट आफ्नो अध्ययन पुरा गरेका छन् । उनी डान्सर, कोरियोग्राफर तथा मोडलका रुपमा सक्रिय छन् ।

सन् १९९५ नोभेम्बर १४ मा मकवानपुरको हेटौँडामा जन्मिएका सरोज सानैदेखि नृत्यमा शौखिन थिए । क्याम्पसमा समेत राम्रो विद्यार्थीका रुपमा चिनिएका सरोजलाई उनका बुवा चन्द्रबहादुर प्रजा र आमा ठुलीमाया प्रजाले नृत्य क्षेत्रमा लाग्न मदत गरेका थिए । छमछमी सिजन ३ को विजेता बनेसँगै चर्चामा आएका सरोज पछिल्लो समय मोडल बिना राउतसँगै टिकटकमा भाईरल भएका थिए ।

त्यसयता म्युजिक भिडियोमै व्यस्त रहेका सरोजले बलिउड स्टारहरुसँग हिन्दी चलचित्र उचाईमा पनि काम गरेका छन् । उनी कन्टेम्प्ररी डान्स फर्ममा पोख्त छन् ।

लोकप्रिय साङितिक दम्पती कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई इनास अमेरिकाको बिशेष सम्मान्

समाचार


 अमेरिका – बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानलाई इनास अमेरिकाले उहाँहरुको सांगितिक योगदानको उच्च कदर स्वरुप इनास अमेरिकाको मानार्थ सदस्यता प्रदान् गर्दै बिशेष सम्मान् गरेको हो ।

उक्त अवसरमा इनास अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामा थिङले, शिला बहादुर मोक्तान र कुन्ती मोक्तानलाई खादा लगाई सम्मान् पत्रको बारेमा पढेर सुनाउनु भएको थियो भने इनास जि सि आर. कृष्ण श्रेष्ठले दुबैलाई पुष्प गुच्छा प्रदान् गर्नु भएको थियो र इनास अमेरिका राष्ट्रीय समितिका अध्यक्ष कन्हैया सिंह परियारले कुन्ती मोक्तान र शिला बहादुर मोक्तानलाई बिशेष सम्मान पत्र प्रदान् गर्नु भएको थियो ।
नमस्ते इभेन्टको आयोजना सम्पन्न भएको उक्त कार्यक्रमलाई एन आर एन ए मेरिलेण्ड च्याप्टर र इनास मेरिलेण्ड च्याप्टरले सहयोगिको भुमिका निभाएका थिए भने कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक , राहुल के. सी. रमेश श्रेष्ठ र लक्ष्मण पौडेलको बिशेष भूमिका रहेको थियो ।

नेपाली समूदायको बाक्लो सहभागिता रहनु साथ– साथै नेपाली स्थापित कलाकारहरु रतन सुबेदी, दिनेश कार्की, सन्जिप प्रधान, शरिष्मा आमात्य, अन्जना गुरुङ, अनुसुया श्रेष्ठ ओन्त, आभा मुकारुङ, याम क्षेत्री, कल्पना देबकोटा पौडेल, उदय भट्टराई, प्रवेश उप्रेती, मनिष शर्मा, श्याम गुरुङ लगायतका कलाकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

 

बंगलादेशी फेसनको स्वाद

समाचार


राजधानी शहरको प्रदशर्नीमार्ग स्थित प्रदशर्नी कक्षमा संचालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु र्‍याम्पमाथि देख्न पाइयो । 

्सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरन संगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलत: मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडांैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरुको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो । 

बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरु मध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठ जना युवती तथा चार जना युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका के.सी.ले संचालन गरेकी थिइन् । कार्यक्रममा नेपालका लागि बंगालादेशी महामहिम राजदूत सलाउद्दीन नोमान चौधरी लगायत बंगालादेशी राजदूतावास तथा नेपाल चेम्बर अफ कमर्सका आमन्त्रीतहरुको विशेष उपस्थिति रहेको थियो ।

"पिडा"को फिमेल भर्सनको भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ - लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।

गीतकार सिताराम कोइराला रचित पिंडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ । गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ ।

भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले उत्कृष्ट तवरले प्रस्तुत गरेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।