काठमाडौँ — ड्रीम मोडलिङ एजेन्सीको आयोजनामा बालबालिका केन्द्रित सौन्दर्य प्रतियोगिता 'जुनियर मिस्टर एण्ड मिस ईटहरी'को लागि आवेदन खुल्ला भएको छ । ईटहरीमा सम्पन्न हुने प्रतियोगितामा भाग लिन चाहने ईच्छुक प्रतिस्पर्धी ७ देखि १४ वर्ष उमेर समूहको हुनुपर्ने छ। बालबालिकाहरुको अन्तर्निहित क्षमतालाई उजागर गर्दै स्थानिय कला, सँस्कृति तथा भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगीताको अन्तिम छनौट प्रकृया यहि जेष्ठ २१ र २८ गते हुने आयोजक सौरभमान भण्डारीले जनाएका छन। अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
काठमाडौं – विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरु सञ्चालन तथा आयोजना गरिरहेको ट्रेबल फेशन कन्सर्न प्रालिले लिटिल आईडल नेपाल २०२२ सिजन-४ हुने घोषणा गरेको छ ।
चरणबद्ध रुपमा छिट्टै नै अडिसन सुरु हुने भनिएको उक्त कार्यक्रममा काठमाण्डौमा अवस्थित विभिन्न विधालयमा अध्ययनरत छात्र छात्राहरुले जुनियरमा ३ देखि ५ र सिनियरमा ६ देखि ९ कक्षासम्मले भाग लिन पाउने कुरा आयोजक कम्पनीका सिईओ शैलेन्द्र श्रेष्ठले बताए ।
त्यस्तै, अडिसनबाट छनौट भएकाहरुका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत प्रशिक्षण, फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअप, सामाजिक कार्यमा संलग्नता गराउने, सचेतना तथा जनचेतनामुलक कार्यक्रमहरुमा सहभागी गराउने लगायतका कार्यक्रमहरु रहेको आयोजक कम्पनी ट्रेबल फेशन कन्सर्न प्रा.लि.ले बताएको छ ।
अडिसन फारमहरु काठमाण्डौका विभिन्न स्थानहरुमा उप्लब्ध गराईने कुरा आयोजक टिमले बताएको छ । कार्यक्रमलाई न्याशनल टेलिभिजन, अफिसियल पेज र युटुब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरिने साथै पत्रपत्रिका, अनलाईन मिडियाहरु मार्फत समाचार सम्प्रेषण गरिने कुरा आयोजक टिमले जानकारी गराए ।
काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको मिस टिन हिमालय नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । ४५ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर सुजना राईले जानकारी दिनुभयो ।
छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् ।
मिस टिन हिमालय नेपाल–२०२२ विजेताले १ थान स्कूटर, मिस टिन हिमालय नेपाल–२०२३ को ब्राण्ड एम्बेष्डर साथै इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने कथा इभेन्टको भाईस प्रेसिडेन्ट अनिल बुर्जा मगरले जानकारी दिनुभयो ।
अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ , मोडल कथा इभेन्टकी प्रमुख गनिका गुरुङ रहेका थिए । अडिस ननेपाल हाउस रेस्टुरेन्ट, हात्तीसार, काठमाडौँमा सम्पन्न भएको थियो ।
काठमाण्डौ – सामाजिक विकृति हंटाउ भन्ने सन्देश सहित सशान कंडेलले ल्याए 'बोल हरि हरि' काठमाडौं युवा भजन स्टार सशान कंडेलले नयाँ भजन 'बोल हरि हरि' सार्वजनिक गरेका छन । भजनमा गायक कंडेललाई गायिका सब्बु केसीले साथ दिएकी छिन । महेश ज्ञवालीको उत्कृष्ट शब्द सङगीतमा बनेको यस् गीतमा सङगीत संयोजन सञ्जय हमालले गरेका छ्न । समाजमा भएका जातभात समबन्धी कुरि ति को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको भिडियो स्वयम कंडेलले नै निर्देशन गरेका छन ।
प्रदिप कोइराला, प्रतिशा रिजाल, खगेश रन्जित अनि सिशन सिङले उत्कृष्ट अभिनय गरेर भिडियोलाई न्याय दिएका छन । भिडियोमा राज पोखरेल र दीपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ। भिडियो सशान कंडेलको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।
काठमाडौं- तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच यो अवार्ड मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।
विलक्षण क्रियशन प्रा।लि।को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्धारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोईराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धि कलाकारलाई प्रमाणत्रप प्रदान गरे ।
लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत सँयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।
सन २०११ जनवरी देखि सन २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीतसंगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । सन २०१९ बाट सुरु भएको यो अवार्ड कोरोनाको महामारीपछि पनि सुस्ताएको नेपाली सँगीत बजारलाई तताउन अवार्डलाई निरन्तता दिएको आयोजक पोखरेले बताएका छन् । तेश्रो सँस्करणको यो अवार्ड आगामी ३ असारमा काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कार्यक्रम प्रमुख बालकृष्ण पोखरेलले कार्यक्रममा बताए ।
काठमाण्डौ - कैलाली जनपुस्तकालयको ६५औं बार्षिकोत्सब को अवसर आयोजिक कार्यक्रममा अधिकारकर्मी दिर्घ राज जोशीलाई बद्रिनाथ स्मृति राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ ।
धनगढीमा आयोजिना गरिएको उक्त कार्यक्रममा जोशीलाई सुरक्षित आभाष कार्यक्रम अन्तर्गत भुकम्प पछिको पुननिर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष टि.एन जोशीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । शो समारोहमा जोशी लगायत नेपालवाट स्पेशल केयर फाउनडेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन्, भच्र्यूअल प्रविधिवाट अवार्ड कार्यक्रमको आयोजना सम्पन्न भएको थियो ।
तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमका दमनहरुको पनि सामान गर्नु परेको थियो । नेपालमा त्यति वेलाको मानव अधिकार र शान्तिका लागि जोशीले विविध खाले संघर्षका कार्यक्रमहरु पनि गरेका थिए ।
शान्ति, मानव अधिकार र लोकतन्त्रको रक्षाको लागि काम गर्दै आएको संस्था कोक्यापले सञ्चालन गरेको कार्यक्रम “उनिहरु कहाँ छन् ?” नामक दवावमुलक ३५ दिने पुर्व पश्चिमको साईकल यात्राले सरकारी तथा गैरसरकारी पक्षमा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजाजिक गर्न निक्कै दवाव दिएको थियो फलस्वरुप सरकारले तत्कालिन अवस्थामा नागरिक अगुवाहरु एवं जोशी जस्ता अधिकारकर्मीहरुको दवााका कारणले बेपत्ता छानविन आयोगको गठन समेत गरेको थियो ।
जोशी मानअधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन गरेका व्यक्ति हुनुका साथै शो सम्वन्धि तालिम समेत प्रदान गर्नुका साथै नेपालमा ख्याति कमाएका ईन्जिनियङ कन्सल्टयान्ट पनि हुन्, उनले नेपालमा २०७२ सालमा गएको भुकम्पको समयमा आफ्नो निजीस्तर र केही दाताहरुको सहयोगमा भुकम्प पिंडितहरुलाई सुरक्षित घर वनाएर हस्तान्तरण गर्ने देखी लिएर दक्ष कामदारहरुको तैयारी गर्नको लागी सिपमुलक तालिमहरु समेत प्रदान गरेका थिए ।
सुदुरपश्चिम प्रदेशका कैलाली, धनगढीका स्थानिय दीर्घराज जोशी आफ्नो नियमित कर्म (ईन्जिनियरिङ कन्सल्टेन)वाहेक विभिन्न समाजिक कार्यहरुमा उत्तिक्कै सक्रिय रहेका छन् । उनका कामलाई मुल्यांकन गर्दै मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गर्नुका साथै स्थानिय निकायवाट प्रदान गरिने सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत जोशीलाई विभिन्न अवार्ड एवं सम्मानहरु प्रदान गर्दै आईरहेका छन् ।
अमेरिकन अवार्डको लिंक : https://www.americanawards.org/news/view/9
प्रस्तुती : माधव राज खरेल
काठमाण्डौ- परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरु सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीहरुलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम जेष्ठ १८ गते एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक/निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व।चेतन कार्कीकी धर्म पत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरु, मोहन निरौलाकी दिदी शावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गर्नु भएको थियो ।
हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित लिखत पत्र समर्पण गरिएको थियो ।
वि.सं.२०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व।विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर ज।ब।रा। र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला हुनुहुन्छ ।
समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज के।सी। र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैया सहितको लिखत–पत्र समर्पण गरिएको थियो ।
सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।
चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञामनेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो,त्यस्तै उक्त समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल/अभिनेत्री दीपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।
गायक/संगीतकार तथा संचारकर्मी सरोज कोइरालाले संचालन गर्नु भएको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनु भयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दश लाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताउनु भयो ।
समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले संझनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिनु भयो । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिनु भयो ।
अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरुको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महशुश गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
समारोहमा कलाकार/निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राख्नु भएको थियो ।
समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं - ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो ।
सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोल्नु भएको थियो ।
उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ”भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ ।
समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोल्नु भएको थियो । कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी’साउंँतेली’ले संचालन गरेका थिए ।
काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ ।
यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।
महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज सर्टफिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे ।
यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शँका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।
यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सबमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।
आईतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मँगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।
यो एक दशकमा नेपालमा यो महोत्सबले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पु¥याउने काम गरेको यी बक्ताहरुले कार्यक्रममा बताए ।
महोत्सबको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा।लिद्धारा आयोजित यो महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानको लागि बिगत एक दशकदेखि आफुहरुले नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताए । महोत्सबकी अध्यक्ष डा। मञ्जु मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।