काठमाडौँ — कथा इभेन्टको आयोजनमा हुन लागेको मिस टिन हिमालय नेपाल–२०२२ को अडिसन सम्पन्न भएको छ । ४५ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर सुजना राईले जानकारी दिनुभयो ।
छनौट भएका प्रतियोगीलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछ । जसअन्तर्गत स्टेज प्रस्तुतिकरण, व्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहने छन् ।
मिस टिन हिमालय नेपाल–२०२२ विजेताले १ थान स्कूटर, मिस टिन हिमालय नेपाल–२०२३ को ब्राण्ड एम्बेष्डर साथै इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने कथा इभेन्टको भाईस प्रेसिडेन्ट अनिल बुर्जा मगरले जानकारी दिनुभयो ।
अडिसनमा निर्णायकमा वरिष्ठ रयापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ , मोडल कथा इभेन्टकी प्रमुख गनिका गुरुङ रहेका थिए । अडिस ननेपाल हाउस रेस्टुरेन्ट, हात्तीसार, काठमाडौँमा सम्पन्न भएको थियो ।
काठमाण्डौ – सामाजिक विकृति हंटाउ भन्ने सन्देश सहित सशान कंडेलले ल्याए 'बोल हरि हरि' काठमाडौं युवा भजन स्टार सशान कंडेलले नयाँ भजन 'बोल हरि हरि' सार्वजनिक गरेका छन । भजनमा गायक कंडेललाई गायिका सब्बु केसीले साथ दिएकी छिन । महेश ज्ञवालीको उत्कृष्ट शब्द सङगीतमा बनेको यस् गीतमा सङगीत संयोजन सञ्जय हमालले गरेका छ्न । समाजमा भएका जातभात समबन्धी कुरि ति को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको भिडियो स्वयम कंडेलले नै निर्देशन गरेका छन ।
प्रदिप कोइराला, प्रतिशा रिजाल, खगेश रन्जित अनि सिशन सिङले उत्कृष्ट अभिनय गरेर भिडियोलाई न्याय दिएका छन । भिडियोमा राज पोखरेल र दीपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ। भिडियो सशान कंडेलको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।
काठमाडौं- तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२ को मनोनयनमा परेका कलाकार तथा प्राविधिकहरुलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई शुक्रबार काठमाडौंमा एक समारोहबीच यो अवार्ड मनोनयन प्रमाणपत्र प्रदान गरिएको हो । तेश्रो संस्करणको नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२२मा विभिन्न ४० विधामा मनोनयन पत्र प्रदान गरियो । यस्तै नेपाल सर्ट फिल्म अवार्डको विभिन्न एक दर्जन विधाका मनोनयनलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।
विलक्षण क्रियशन प्रा।लि।को सहकार्यमा स्टार वान इन्टरटेनमेन्टद्धारा आयोजित कार्यक्रममा गायक यम बराल, निर्देशक एवम् अभिनेता नवल खड्का, गजित बिष्ट, संगीतकार राजेन्द्र बजगाईं, निर्देशक लक्ष्मण सुवेदी, मेरो बिमाका सिईओ शँकर बहादुर घिमिरे, नायव महाप्रबन्धक सविन भट्टराई, सेल्स अफिसर सुमित्रा कोईराला, गीतकारहरु सुरेश वाग्ले, निलकन्ठ सुवेदी, पूर्व गृह उपसचिब प्रेम शर्मा रेग्मी, पत्रकार लक्ष्मण सुवेदी लगायतले सम्बन्धि कलाकारलाई प्रमाणत्रप प्रदान गरे ।
लोक, आधुनिक, पप, लोक दोहोरी, गजल, राष्ट्रिय, भाषाभाषी गीतहरुका गायक, गायिका, संगीतकार, गीतकार, भिडियो निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, नृत्य निर्देशक, संगीत सँयोजकलगायतलाई कार्यक्रममा मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो ।
सन २०११ जनवरी देखि सन २०२२ जनवरीको अन्त्यसम्मका सार्वजनिक भएका गीतसंगीतले यसपटक अवार्डमा भाग लिएको पनि आयोजक बालकृष्ण पोखरेलले जानकारी गराएका छन् । सन २०१९ बाट सुरु भएको यो अवार्ड कोरोनाको महामारीपछि पनि सुस्ताएको नेपाली सँगीत बजारलाई तताउन अवार्डलाई निरन्तता दिएको आयोजक पोखरेले बताएका छन् । तेश्रो सँस्करणको यो अवार्ड आगामी ३ असारमा काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कार्यक्रम प्रमुख बालकृष्ण पोखरेलले कार्यक्रममा बताए ।
काठमाण्डौ - कैलाली जनपुस्तकालयको ६५औं बार्षिकोत्सब को अवसर आयोजिक कार्यक्रममा अधिकारकर्मी दिर्घ राज जोशीलाई बद्रिनाथ स्मृति राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित गरिएको छ ।
धनगढीमा आयोजिना गरिएको उक्त कार्यक्रममा जोशीलाई सुरक्षित आभाष कार्यक्रम अन्तर्गत भुकम्प पछिको पुननिर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको कैलाली जनपुस्तकालयका अध्यक्ष टि.एन जोशीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । शो समारोहमा जोशी लगायत नेपालवाट स्पेशल केयर फाउनडेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन्, भच्र्यूअल प्रविधिवाट अवार्ड कार्यक्रमको आयोजना सम्पन्न भएको थियो ।
तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमका दमनहरुको पनि सामान गर्नु परेको थियो । नेपालमा त्यति वेलाको मानव अधिकार र शान्तिका लागि जोशीले विविध खाले संघर्षका कार्यक्रमहरु पनि गरेका थिए ।
शान्ति, मानव अधिकार र लोकतन्त्रको रक्षाको लागि काम गर्दै आएको संस्था कोक्यापले सञ्चालन गरेको कार्यक्रम “उनिहरु कहाँ छन् ?” नामक दवावमुलक ३५ दिने पुर्व पश्चिमको साईकल यात्राले सरकारी तथा गैरसरकारी पक्षमा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजाजिक गर्न निक्कै दवाव दिएको थियो फलस्वरुप सरकारले तत्कालिन अवस्थामा नागरिक अगुवाहरु एवं जोशी जस्ता अधिकारकर्मीहरुको दवााका कारणले बेपत्ता छानविन आयोगको गठन समेत गरेको थियो ।
जोशी मानअधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन गरेका व्यक्ति हुनुका साथै शो सम्वन्धि तालिम समेत प्रदान गर्नुका साथै नेपालमा ख्याति कमाएका ईन्जिनियङ कन्सल्टयान्ट पनि हुन्, उनले नेपालमा २०७२ सालमा गएको भुकम्पको समयमा आफ्नो निजीस्तर र केही दाताहरुको सहयोगमा भुकम्प पिंडितहरुलाई सुरक्षित घर वनाएर हस्तान्तरण गर्ने देखी लिएर दक्ष कामदारहरुको तैयारी गर्नको लागी सिपमुलक तालिमहरु समेत प्रदान गरेका थिए ।
सुदुरपश्चिम प्रदेशका कैलाली, धनगढीका स्थानिय दीर्घराज जोशी आफ्नो नियमित कर्म (ईन्जिनियरिङ कन्सल्टेन)वाहेक विभिन्न समाजिक कार्यहरुमा उत्तिक्कै सक्रिय रहेका छन् । उनका कामलाई मुल्यांकन गर्दै मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गर्नुका साथै स्थानिय निकायवाट प्रदान गरिने सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत जोशीलाई विभिन्न अवार्ड एवं सम्मानहरु प्रदान गर्दै आईरहेका छन् ।
अमेरिकन अवार्डको लिंक : https://www.americanawards.org/news/view/9
प्रस्तुती : माधव राज खरेल
काठमाण्डौ- परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरु सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीहरुलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम जेष्ठ १८ गते एक समारोहका बीच सम्पन्न भयो । उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक/निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व।चेतन कार्कीकी धर्म पत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरु, मोहन निरौलाकी दिदी शावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गर्नु भएको थियो ।
हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित लिखत पत्र समर्पण गरिएको थियो ।
वि.सं.२०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व।विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर ज।ब।रा। र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला हुनुहुन्छ ।
समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज के।सी। र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैया सहितको लिखत–पत्र समर्पण गरिएको थियो ।
सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।
चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञामनेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो,त्यस्तै उक्त समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल/अभिनेत्री दीपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।
गायक/संगीतकार तथा संचारकर्मी सरोज कोइरालाले संचालन गर्नु भएको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनु भयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दश लाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताउनु भयो ।
समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले संझनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिनु भयो । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिनु भयो ।
अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरुको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महशुश गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
समारोहमा कलाकार/निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदाश श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राख्नु भएको थियो ।
समारोहको व्यवस्थापन निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
काठमाडौं - ओएसनेपालको आयोजनामा ओएसनेपालद्वारा प्रकाशित वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित उहाँको ३० औँ कृति कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोहका विच जेष्ठ १९ गते सार्वजनिक गरिएको छ ।उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा. गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्नु हुँदै उहाँको सफलताको कामना गर्नुभयो ।
सार्वजनिक समारोहमा उपन्यास डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गर्दै, धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोल्नु भएको थियो ।
उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर सहयोग गरिदिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ”भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ ।
समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोल्नु भएको थियो । कार्यक्रम भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी’साउंँतेली’ले संचालन गरेका थिए ।
काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ ।
यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् ।
महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म राईजबाट ऋषीराज आचार्यले हाँसिल गरे । राईज सर्टफिल्मबाटै गजित बिष्टले उत्कृष्ट अभिनेताको अवार्ड, सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे ।
यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के.डी प्रसितले चलचित्र ‘थर्ड आई’बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शँका’ बाट सुमन दाहालले उतकृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।
यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सबमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।
आईतबारबाट काठमाडौंको नाचघरमा सुरु भएको तीन दिवसीय नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मँगलबार बेलुका अवार्ड प्रदान गर्दै सकिएको छ । अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, डिस्ट्रिक ३२५ बि वान एलकी जोन चेयरपर्सन लायन एवम् अग्रज ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।
यो एक दशकमा नेपालमा यो महोत्सबले अफ्रिका र अफ्रिकी फिल्मसँगै नेपाली फिल्मलाई पनि दर्शकमाझ पु¥याउने काम गरेको यी बक्ताहरुले कार्यक्रममा बताए ।
महोत्सबको निर्णायकहरुमा अग्रज संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी थिए । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसन प्रा।लिद्धारा आयोजित यो महोत्सबमा विभिन्न अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । यी सबै चलचित्र महोत्सबमा प्रदर्शन गरियो ।
महोत्सब निर्देशक डब्बु क्षत्रीले नेपाल र अफ्रिका बीचको चलचित्र संस्कृति आदन प्रदानको लागि बिगत एक दशकदेखि आफुहरुले नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको बताए । महोत्सबकी अध्यक्ष डा। मञ्जु मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाण्डौ – सुदुरपश्चिमको बझाङ जिल्लामा जन्मिएका दिर्घराज जोशी बाल्यकाल देखीने मानव अधिकारको पक्षमा उभिदै आएका छन् । जन्म स्थान छोडेर कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा बसोबास गर्दे आइरहेका जोशी तत्कालिन जनआन्दोलनका क्रममा निकै सक्रियताका साथ मानवअधिकारका विषयमा वकालत गर्दर्थे । उनले त्यतिवेला सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबाट वेपत्ता पारिएका मान्छेहरुलाई सार्वजनिक गर्नु पर्ने माग राख्दै निक्कै लामो संघर्षका आन्दोलनहरुमा समेत सक्रियरुप भुमिका खेलेका थिए ।
जोशीे मानवअधिकारका विषयमा कुरा गर्दा सम्झन्छन् “वि सं २०६२– ६३ को जनआन्दोलन, जुन बेला देशमा राजतन्त्र विरुद्धको आगो बल्दै थियो भने लोकतनत्र र गणतन्त्रका चर्का नाराहरु घन्किदै थिए र सोही भिडमा धनगढीको गर्मी मौसमको तातो सडकमा २१–२२ वर्षको ठिटो पनि प्रहरीको दमन र वर्बरताको विरोध गर्दै सडकमा शान्तिको नारा लगाउदै थियो । मानव अधिकार र मानविय कानुनको सम्मान गर्न अनुरोध गर्दै र्याली निकालेका भिडमा रहेका युवाहरुको जमातलाइ थाहा थिएन , मात्र उनिहरु तत्कालिन व्यवस्थाविरुद्ध लागेका पार्टीका कार्यकर्ता जस्ता बन्न पुगेका थिए र तीनै पार्टीका नेतृत्वले उनिहरुलाई संचालन गरेका थिए । तर कुनै पार्टी वा दलसंग नजोडिई विसुद्ध मानवअधिकारको रक्षाको निम्ती लडिरहेका जोशी जस्ता युवाहरुको जमातलाई पनि तत्कालिन व्यवस्थाले पार्टीका कार्यकर्ता सम्झेर २०६२ साल चैत्र १२ गते धनगढीको पार्कमोडवाट प्रहरीले घेरा हालेर गिरफ्तार गरी जिल्ला प्रहरी कार्यलय कैलाली पुर्याएको थियो । २०६३ बैशाख १ गतेका दिन तत्कालिन राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको सत्ताच्युत पछि मात्रै थुनिएका जोशी लगायतका मानवअधिकारका लागी आवाज उठाउने युवाहरुलाई थुनामुक्त गरिएको थियो ।”
थुना भित्रै रहेर पनि जोशीले मानव अधिकार र नेपालमा मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संघ संस्थाहरुको बारेमा अध्ययन गर्ने मौका पाएका थिए । एक महिने जेल जिवनको अवधिमा जोशीले थुप्ै संघ संस्था तथा मानवाधिकारकर्मीहरु संगको आफ्नो चिनजानलाई निकै अगाडी बढाई सकेका थिए मानव अधिकारको विषयमा वकालत गर्न चाहाने जोशीसंग थुपै्र व्यक्तित्वहरु जोडिएका थिए र जोशीलाई मानव अधिकार र शान्तिको लागि आवाज उठान गर्न उर्जा प्रदान गर्ने जमातहरु झन बढ्दै गईरहेको थियो र त्यहि मौकामा शान्तिका लागि शाझा अभियान (कोक्याप) नामक एक गैरसहकारी संस्था जसले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सहभागिता एउटा विशेष कार्यक्रमको आयोजना गर्ने योजना बनाएको थियो, तयस बखत जोशीले पनि त्यो संस्थामा आवद्ध रहेर स्वयंसेवक रुपमा काम गर्न थाले । त्यो संस्था वास्तवमा नेपालमा शान्ति र मानवअधिकारको क्षेत्रमा कार्यरत ५० वटा भन्दा बढी संस्थाको छाता संगठन थियो । जोशीले लामो समय खोजीरहेको मञ्च कोक्यापले प्रदान गरेको थियो ।
कोक्यापमा बसेर भोलेन्टियरको काम गर्न सुरुगरे लगत्तै उनले भावी नेपाल नागरिकको पहल नामक बृहत ३ दिने कार्यशालामा सहभागी हुने मौका पाएका थिए । जहाँ देशभरीबाट शान्ति र मानव अधिकारको क्षेत्रमा काम गरेका विभिन्न व्यक्तित्वहरुको उपस्थिीती थियो । जुनकार्यक्रमको प्रभावले जोशी प्रती कोक्याप पनि निकै आकर्षित हुदै वि सं २०६४ माघ १ गते देखी फागुन ७ गते सम्म आयोजना गर्न लागेको बृहत राष्ट्रव्यापी साईकल यात्रामा विषेश भुमिकामा सहभागी गराउने निर्णय समेत गरेको थियो । “उनिहरु कहाँ छन ?” भनेर नाम दिएको त्यो यात्राको मुख्य उदेश्य भनेको दन्द्ध कालमा राज्य र तत्कालिन विद्रोही माओवादी पक्षबाट विभिन्न बहानामा वेपत्ता पारिएका नागरिकहरुलाई तत्काल सार्वजनिक गर्न र उनिहरुको वास्तवीक अवस्थाबारे आम जनसमुदायलाई जानकारी गराउन दुवै पक्षलाई दवाव दिने उदेश्यले आयोजना गरिएको थियो । १५ जना नेपाली र १ जना विदेशी गरी कुल १६ जनाको टोली नेपालको मेचीबाट यात्रा सुरु गरी महाकालीमा समापन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा सभा, सम्मेलन नागरिक सुनुवाइ कार्यक्रम एवम् स्वयम नागरिक सचेतना जस्ता कार्यक्रम गरी करिव ३६ दिन पछि त्यो यात्रा महाकालीको गड्डाचौकीमा समापन भएको थियो । त्यस यात्रामा मुख्य भुमिकामा जोशीनै रहेका थिए । हजारौंको संख्यामा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुको खोजी गर्न सरकार पक्षलाइ दवाव स्वरुप सुरु गरिएको अभियान थियो । सोही दबाब र राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार संगठनको चर्को आलोचनापछि सरकारले वेपत्ता नागरिक छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता महत्वपुर्ण आयोगहरु समेत गठन गरेको थियो ।
लामो समय देखी मानव अधिकार र समाजसेवाका क्षेत्रमा सक्रिय भुमिकामा रहदै आएका जोशीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना गरिने विभिन्न मानव अधिकार सम्बन्धि गोष्टि सेमिनार लगायतका कायृक्रमहरुमा सहभागी हरँदै मानव अधिकारको विषयमा अध्ययन तथा अनुसन्धान थर्दै नेपालमा शान्ति मानव अधिकार र लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा वकालत गर्दे आईरहेका छन् । यसै सिलसिलामा जोशी क्यानडा, अस्ट्रेलियत, जापान, ताईवान, हङकङ मकाउ, थाईल्याण्ड, जर्मन, फ्रान्स लगायत युरोपका विभिन्न देशहरुमा गएर तालिमहरु प्राप्त गरिसकेका छन् ।
नेपालको मानव अधिकारको अवस्थालाई अन्तराष्ट्रियस्तर सम्म लैजान र एक शान्त समृद्ध र सम्पन्न देशको रुपमा नेपाललाई विश्व सामु चिनाउन पाउनु जत्तिको गर्व गर्न लाएक कुरा केही हुदैन तर नेपालमा दिनहँु भईरहने मानव अधिकार हननका घटनाहरुले शान्ति र लोकतन्त्रको नारालाई ओझेलमा पार्दै आईरहेको छ । जोशी मात्रै हैनन्, मानव अधिकारका पक्षमा वकालत गर्ने थुपै्र व्यक्ति एवम् संगठनहरु भए पनि उनिहरुले पनि सोचे अनुरुप कामगर्न सकेको छैनन । तत्कालिन समयमा जोशी तथा उनिहरुको समुहले उठान गरेको “उनिहरु कहाँ छन् ?” नामक दबाब मुलक यात्रामा सम्पुर्ण पक्षबाट साथ सहयोग भयो । तत्कालिन समयमा राज्यपक्षबाट वेपत्ता नागरिकहरुको खोजी गर्ने एवं दन्द्धकालिन मुद्धाहरुमा मेलमिलाप गर्ने लगायतका कार्यहरु गर्नको लगी सरकारले जनतालाई आश्वस्त पार्ने उदेश्यले विभिन्न किसिमका आयोग तथा निकायहरु खोलेर कार्यको सुरुवात पनि गरेकै हो तर सोचे अनुरुप अझै पनि ति आयोगहरुले काम गर्न भने आजको दिन सम्मपनि सकिरहेका छैनन् ।
क्यानडामा आयोजना हुने अन्तराष्ट्रिय मानव अधिकार सम्वन्धि विशेष तालिम कार्यक्रममा नेपालको तर्फबाट अधिकारकर्मी दीर्घराज जोशीले सहभागीता जनाएका थिए । उनले सन २०१६ मा करिव २६ सय जना अधिकारकर्मीहरुले विश्वभरीबाट कार्यक्रममा सहभागिताको लागी आवेदन दिएका थिए । आवेदनमा दिएका मध्येवाट छानिएका १०० जना भित्र जोशी पनि एक थिए, तत्कालिन समयमा नेपालवाट प्रतिनिधित्व गर्ने जोशी लगायतका २ जना अधिकारकर्मीहरु क्यानेडामा आयोजना भएको तालिममा सहभागिता जनाएका थिए । हरेक वर्ष आयोजना हुने मानवअधिकार सम्बन्धी कार्यक्रममा करिव ५० देशबाट आएका १ सय जनाको सहभागीता रहेकोे त्यो कार्यक्रम मानव अधिकारकर्मीको लागी एउटा महाकुम्भ थियो त्यो ईक्विटास क्यानडको ३६ औं संस्करणमा कार्यक्रम थियो , ईक्विटास क्यानडा सरकारको मानवअधिकार सम्बन्धि काम गर्ने आधिकारिक सरकारी निकाय हो ।
मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । लामो समयसम्म मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।
प्रस्तुती: अरविन्द्र गौतम
काठमाडौं–मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार कैलाश खड्काले मलेसिया जाने कामदारको नेपालमा स्वास्थ्य परीक्षण गरे पनि मलेसियामा अनलाईन नगरिदिएपछि रोजगारीमा जान लागेका हजारौ कामदार र बैदेशिक रोजगार व्यवसायी समस्यामा परेका छन ।
समस्यामा परेका बैदेशिक रोजगार ब्यावसायीहरु र यससँग सरोकार राख्ने संघ संस्थाहरुले सोमबार संसदको श्रम समिति र श्रममन्त्रीलाई भेटि मलेसिया रोजगारिमा मेडिकलको समस्या र अन्य बैदेशिक रोजगारको समस्याको बारेमा छलफल गरेका थिए । उनीहरुले मलेसिया रोजगारिमा मेडिकलको समस्या, वैदेशिक रोजगार ब्यबसायीले लिने सेवा शुल्क, संख्या १०० को समस्या, युरोप जाने कामदारको भिसा समस्या, राजदूतावासमा मागपत्र प्रमाणीकरण समस्याका बारेमा संसदको श्रम समितिलाई जानकारी गराएको संघका संयोजक बिमल ढकालले बताए ।
संघको नेतृत्वमा गएको प्रतीनिधीमण्डलले श्रम समितिका सभापति विमल श्रीवास्तब, वैदेशिक रोजगारका समस्या अध्ययन गर्न गठित उप समितीका संयोजक एलपी सावाँ लिम्बु र समितिका अन्य सांसदहरुसँग छलफल गरि विविध समस्याको समाधानको लागि पहल गरिदिन समिति समक्ष अनुरोध गरेको छ । ढकालको नेतृत्वमा गएको प्रतिनिधि मंडलले मलेसिया रोजगारिमा हाल देखिएको मेडिकल समस्याका बारेमा जानकारी गराउदै मेडिकल गरिएका कामदार र मेनपावर ब्यावसायीलाई दुख दिएको, पुन मेडिकल गर्दा खर्च कस्ले बेहोर्नेलगाएतको बिषयमा कुरा उठाएको थियो । तत्काल यो समस्या समाधान गर्नुपर्ने संघका सदस्य प्रज्ञान न्यौपानेले बताए । न्यौपानेले बैदेशिक रोजगार ब्यावसायी र कामदारलाई अनावश्यक दुख दिनेलाई तत्काल कारवाहीको माग गरे ।
भेटघाटमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघका संयोजक बिमल ढकाल, सदस्य प्रज्ञान न्यौपाने, सदस्य रविन्द्र यादव, बैदेशिक रोजगार लोकतान्त्रिक फोरमका अध्यक्ष कुमुद खनाल, सल्लाहकार चिरन्जिवी बस्याल, प्रगतीशिल बैदेशिक रोजगार मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो । केहिदिन पहिले महासंघका अध्यक्ष एबं नेपालमा बायोमेट्रिक स्वास्थ्य परीक्षणका ठेकेदार खड्काविरुद्ध ठगी ,राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्रबैंक, राजस्व बिभाग, कम्पनी रजिस्टार, नेपाल प्रहरी अपराध महाशाखालगायतका निकायमा उजुरीसमेत परेको थियो ।
खड्काबिरुद्द महासंघका पुर्व महासचिव, कोषाध्यक्ष एबं उनकै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य व्यवसायीहरु र देशलाई करोडौ ठगी गरेको भन्दै बिभिन्न निकायमा उजुरी दर्ता गराएका थिए । उक्त मुद्दामा अध्यक्ष खड्काबिरु दर्जनौ आरोप प्रमाणसहित दर्ता गरिएको छ । आरोपको साथ साथमा निवेदकहरुले सबै प्रमाणहरु पनि पेश गरेको बताएका छन ।
निवेदकहरुले कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको दावी गरेका छन । ७० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ शुल्क लिने गरेका थिए । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ र ३ हजार १ सय ६४ रुपैयाँ मेडिकल गराएबापत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर उठाउने गरिएको छ ।