generalnews
||Power News Asia||

आजको समाचार

बुद्ध जयन्तीको अवसरमा मिस नेवाबाट स्वयम्भुमा शैक्षिक सामाग्री वितरण

समाचार


 
                                  
काठमाडौं । मिस नेवाहरुले बुद्ध जयन्ती मनाउने क्रममा स्वयम्भुमा शैक्षिक सामाग्री वितरण गरेका छन् । उनीहरुले                                             स्वयम्भु स्थित मित्र बिहारमा संरक्षित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । सो अवसरमा उनीहरुले ती बालबालिकालाई भोजन समेत गराएका थिए । 

लायन्स क्लब यलका गभर्नर लायन्स मनिश्री रत्न बज्रारचार्यको प्रमुख आतिथ्यता तथा पासा पुच गुथी युकेका अध्यक्ष ओजेश सिंहको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिस नेवा: नेपा ११४१ कृषा महर्जन, मिस नेवा: नेपा ११४२ सलिना महर्जन, मिस नेवा: नेपा ११४२ को उप बिजेता सबिना बज्राचार्य साथै अन्य ताज बिजेताहरु मिस ट्यालेन्ट ११४२- श्रिजला महर्जन, मिस ट्यालेन्ट ११४२ उप विजेता - श्रीया महर्जन, बेस्ट नेपालभाषा ११४२ - लुमन्ती महर्जन, सोसियल वेलफेयर चिफ ११४२ - आस्था श्रेष्ठ, सोसियल वेलफेयर चिफ उप बिजेता ११४२- अतृषा महर्जन, मिस पब्लिक च्वाईस  ११४२- स्वइच्छा महर्जन, बेस्ट हेयर ११४२ - सिर्जुला महर्जन
 सहभागी थिए ।  कार्यक्रममा लिटिल नेवाहरु मिस लिटिल नेवा ११४१ उप बिजेता - रीकिस्ना डंगोल, मिस लिटिल नेवा ११४१ मिस ट्यालेन्ट- नयना शाक्य समेतको उपस्थिती रहेको थियो ।

किड्स नेपाल आईकोनिक २०२२ को शिर्ष उपाधी अनुस्काले जितिन

समाचार


काठमाडौँ — वैशाख २६, २०७९। किड्स नेपाल आईकोनिक २०२२ को उपाधी अनुस्का खड्काले जितेकी छन् । विजेता खड्काले प्रतियोगिताको शिर्ष उपाधीसंगै साईकल र अन्य विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल भईन। एवरेस्ट ईभेन्ट्सको आयोजनामा सम्पन्न किड्स नेपाल आईकोनिक प्रतियोगितामा प्रतिना वाईबाले फर्स्ट रनरअपको ताज स्थान हासिल गर्दा सोहा अलि खानले सेकेन्ड रनर अपको ताज हात पारिन। त्यसैगरी बिधागत तर्फ अर्गनाईजर चोईस मुस्कान चौधरी, ब्राण्ड एम्बासडर शरोन कार्की र ब्युटी वीथ ब्रेन प्रज्ञा डंगोल घोषित भए। आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिताको संचालन भने एरी तुलाधरले गरेकी थिईन। उक्त प्रतियोगिताको निर्णायकमा मेक अप आर्टिस्ट निलम पौडेल, मोडल तथा कोरियोग्राफर दिव्या महर्जन, ब्राईट ईभेन्ट मेनेजमेन्टका सिईओ राजन बुढाथोकी, डान्स कोरियोग्राफर फरिता खड्का रहेका थिए। बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एवरेस्ट ईभेन्ट्सका सिईओ कृष्ण श्रेष्ठले जनाएका छन। आयोजक श्रेष्ठका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइएको थियो ।

त्रियुगा नगरपालिकामा बसन्त बस्नेत नै किन ?

समाचार


बिश्वभर तहस नहस बनाएर नेपाल छिरेको कोरोना संक्रमणले १० हजार बढिको ज्यान लियो । कोरोना कहरले देश अन्धकारमा धेकेलिदा कोरोना संक्रमणले मात्र हैन भोकमरिले समेत कतिको ज्यान लियो । कोरोना संक्रमणको त्रासले सबै पेसा ब्याबसाय ठप्प भए । मानिसहरु बाहिर निस्किन डराए । त्यसै बेला उदयपुरको भुल्केमा एकै पटक १३ जनामा कोरोना संक्रमण देखियो । जुन तत्कालिन समयमा नेपालमा एकै पटक एकै स्थानमा यतिको संक्रमित पाएको पहिलो पटक थियो । एकै पटक यति कोरोना संक्रमित पाइएपछी पूरा मुलुकको ध्यान उदयपुर तर्फ सोझियो ।

 

 

यहाँ कोरोना नियन्त्रणका निमित्त लकडाउन, कर्फ्यु लगाएत सबै लगाइयो । हाम्रो त्रियुगा नगरिमा “हुने खाने र हुँदा खाने” दुई बर्गका नागरिक बस्छन । लकडाउनमा बाहिर निस्किनेलाई प्रहरिले पक्रेर दिन भर ठिङ्ग्राए पनि । महिनौ सम्म यसरी लकडाउन कर्फ्यु भए पछि हुने खानेहरु त आनन्दले बसे हुँदा खानेहरुको घरमा चुल्हो बल्न छाड्यो । घरमा चुल्हो बल्न छाडे पछि बाहिर निस्किएका सर्वसाधारणहरुलाई प्रहरी डण्डा हानेर दिन भर चौरमा ठिग्राउथ्यो । हुने खानेहरु आफ्नो घरबाट बाहिर निस्किएनन । म संचारकार्मी भएका कारण बाहिर निस्कन्थे । घर आउन घरमा रोक लाग्थ्यो ।

 

टोलमा बाहिर धेरै निस्कियो भनेर बहिस्कार गर्ने सम्मका कुरा आए । मेरो घरको सबैकुरा लेना देना छिमेकीले बन्द गरे । यसरी त्रियुगा नगर कोरोना माहामारीले ठप्प हुदा अहिले त्रियुगा नगरको मेयरका उम्मेद्वार वसन्त बस्नेत भने गरिव, दैनिक ज्याला मजदुरी गरि खाने हरुकालागी घरबाट र ती निमुखाहरुका घर घर पुगेर राहत बितरण गर्दथे ।

 

 

साथै समाज कार्यमा भुकम्पबाट भत्किएका स्कुलमा सहयोग समेत गरेका छन् भने मन्दिर निमार्णमा समेत सकिृयरुपमा अगाडी छन् अहिले वसन्त संगै मेयरका प्रत्यासी बनेकाहरु त्यो महामारीमा कहाँ थिए त्यो कुरा नगरबासीलाई थाहा छैन । आज तिनै वसन्त बस्नेतले बिजुलीको बिल तिरेको छ छैन, उस्ले चड्ने सवारी साधनको राजस्व तिरेको छ छैन भनेर खोज्दै छन ।

 

कोराना महामारीमा भोकमरीले हातमुख जोड्न नसकेका परिवारमा गएर राहत बितरण गर्ने बसन्तले राजस्व नतिरेको भए राज्यले उनिसँग जरिवाना सहित असुल उपर गर्छ । तर हरिलठ्ठक भएर सुझो न बुझो राजस्वको बिषय उठाएर अतिरञ्जित गर्नेहरुले जनताको सेवा गर्छन कि ती जनता माथी शासन गर्छन त्यो त्रियुगा बासिले बुझ्ने छन ।

आफ्नो ५ बर्षे कार्यकालमा एक दर्जन बैदेशिक यात्रा तय गरेका वलदेव चौधरी यस नगरका १६ वटै वडामा हरेक वडामा जति बिदेश यात्रा गरे त्यति पटक वडामा पुगेका छैनन ।

त्यस्तो जनप्रतिनिधिबाट जनताले के अपेक्षा गरेर फेरि दोहोर्‍याउने आफ्नो ५ बर्षे कार्यकालमा नगरपालिकामा अपारदर्शी काम गरेर करोडौंको चलखेल गरेर अहिले आफ्नो शक्ति प्रदर्शन गरिरहेका निबर्तमान मेयर चौधरीले जनता सामु झुटा आश्वासन र गर्दै नगरेका काम वा नेपाली कांग्रेसका नेता डा नारायण खड्काले पूरा गरेका योजना देखाएर भोट भजाउने गरेका छन ।

भुम्लुमा गठबन्धनलाई जिताउन अध्यक्षका उम्मेदवार भुजेलको अपिल

समाचार


काभ्रेपलाञ्चोक– आउने बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको प्रचारप्रसारको लागि गठबन्धन पक्षले तिब्रता दिएको छ । विगत पाँच वर्ष सम्म पनि गाउँपालिकामा भने जस्तो र सोचे जस्तो परिवर्तन नभएकै कारण यस पटक नेतृत्व परिवर्तन जरुरी रहेको भन्दै गठबन्धन पक्षले घरदैलो अभियानलाई तिब्रताका साथ अघि बढाएको छ । गठबन्धनका तर्फबाट अध्यक्ष पदको उम्मेदवार बनेका प्रेम बहादुर भुजेल साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । भुजेल निकै रसिक र निस्वार्थ भावना भएका युवाका रुपमा चिनिने स्थानियहरुले वताउँदछन् । नयाँ नेपालको निर्माणको परिकल्पना गर्दै आधुनिकिकरण तर्फ देश लैजानु पर्छ भन्ने उदारबादी  विचारधार भएका नेता भुजेल भुम्लुको विकासको लागि यस पटक आफुले नेतृत्व पाउने विश्वस्त रहेका वताएका छन् ।

नेपाली काँग्रेस, समाजबादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भुजेल भन्छन “प्राकृतिक श्रोत–साधनले भरिपूर्ण भएको भुम्लु गाउँपालिकाले वितेको पाँच वर्षमा कुनै उपलब्धी हासिल नगरेको र पालिका भित्र रहेका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाहरु ओझेलमा परेका छन्, बार्षिक रुपमा पालिकाको लागि  आएको बजेट पनि खर्च नहुनु र फ्रिज जानु भएको अलिकती खर्च पनि भ्रष्टाचारमै सकिनु विडम्बना हो । संघियताको संरचना अनुसार गर्नु पर्ने काम गर्नको लागि सक्षम नेतृत्व नभएकै कारण आज भुम्लुबासीको जिवनस्तर जहाँको त्यहि रहेको छ्”

भुम्लु गाउँपालिकामा यतिवेला एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको एक्लो उम्मेदवार बनेका भुजेलले जनताको चेतना स्तरमा आमूल परिवर्तन गराउँदै सामाजिक , आर्थिक र भौतिक रूपमा विकास, सुन्दरशान्त र समृद्ध भुम्लु बनाउनको लागि भए पनि एक पटक  गठबन्धन पक्षलाई मतदान गर्न सम्पुर्ण भुम्लुबासीमा अपिल गरेका छन् ।

आवाससहितको शैक्षिक पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, युवाहरूलाई प्राकृतिक स्रोतहरूको उपयोग गरी स्वरोजगारीतर्फ उन्मुख गराउने, १० वडामा १० बगैंचा निर्माण, जडिबुटी फार्म, तरकारी फार्म, पशुपालनको फार्म  पर्यटन उद्योगहरू सञ्चालन, पर्याप्त पूर्वाधारहरू बनाउने र भएका पार्कहरूलाई पनि व्यवस्थित गर्दै पर्यटकहरु धित्र्याउने योजनाहरु भुजेलका रहेका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका चर्चित युवा नेता जितेन्द्र मान तामाङ (दावा लामा) भुम्लु गाउँपालिकामा आशा लाग्दा  युवाको रुपमा उदाएका छन् । लामा स्थानियहरुको हितमा व्यक्तिगत तवरबाट पनि निस्वार्थ भावले सेवामा समर्पित व्यक्तित्वको रुपमा चिनिएका छन् ।

गठबन्धनको पक्षबाट  उपाध्यक्षको उम्मेदवार बनेको दावाले  पनि यस पटक भुम्लुबासीले आफुलाई मतदान गरेर एक पटक सेवा गर्ने मौका दिनेमा बिस्वस्त रहेको बताएका छन् । यस पटक हामी  गठबन्धन पक्षका युवाहरु मिलेर भुम्लुको मुहार फेर्ने इच्छालाई भुम्लुबासीले  पुरा गरिदिने भन्दै दावाले मतदानको अपिल समेत गरेका छन् । आफुहरुले गाउँपालिकाको  लागि ल्याएका अथवा गरेका बाँचाहरु आगामि पाँच वर्ष भित्रै पुरा  गर्ने भन्दै केही योजनाहरु पाँच वर्ष भन्दा बढी समय लाग्न सक्छ तर कामलाई तिब्रताका साथ अगाढी बढाउने समेत अध्यक्षका उम्मेदवार भुजेलले बताए ।

 

भुम्लुमा नेकपा एमालेलाई जिताउन अध्यक्ष पदका उम्मेदवार प्रेम लामाको अपिल

समाचार


काभ्रेपलाञ्चोक – भुम्लु गाउँपालिकामा नेकपा एमाललेले चुनावी गतिविधिहरुलाई तिब्रता दिएको छ । गाउँपालिकाका सबै वडाहरुमा घरदैलो अभियानमा पुर्वमन्त्री गोकुल बाँसकोटा सहित र्याली सभा तथा सम्मेलनहरुको आयोजना गर्दै आईरहेको छ । गाउँपािलकामा लोकप्रिय समाजसेवीको रुपमा चिनिएका युवानेता प्रेम लामा  यस पटकको स्थानिय निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्ष पदका उममेदवार हुन ।
लामो समय देखी नेकपा एमालेमा सक्रिय रुपमा लागेका नेता प्रेम लामाले भुम्लुबासीको लागि अव केहि गरेरै देखाउने अठोट लिएका छन् । सानै उमेर देखी समाजसेवामा सक्रिय लामाले आफ्नो गाउँपालिकामा आई पर्ने प्राकृतिक विपत्ति होस वा अन्य कुनै पनि वाध–व्यवधानहरुलाई साझारुपमा लिदै समाधानको लागि अग्रणी भुमिका निर्वाह गर्दै आईरहेका छन्  । सामाजिक स्तरबाट जनताको सेवामा समर्पित लामाले अव  अध्यक्ष बनेर भुल्लु गाउँपालिकालाई नै नमुना गाउँपालिका बनाउने योजना बनाएका छन् । वि सं २०७२ सालको भुकम्प र त्यपछिको कोरोनाकालमा आफ्नो गाउँपालिकामा  लामा निकै सक्रिय भएर सेवामा समर्पित थिए । उनले स्थानियहरुको साथमा उनिहरुको गाँस,बास, कपास लगायतका तत्कालिन समस्याहरुको समाधानको लागि महत्वपुर्ण भुमिका समेत खेलेका थिए ।
कृषि र किसानका मुद्धाहरुलाई पहिलो प्राथमिकतामा राखेर सुखी र समृद्ध पालिका निर्माण तर्फ आफुहरु अगाडी बढ्ने भन्दै लामाले भने किसानको ठुलो बस्ती समेटिएको पालिकालाई उकास्न आयश्रोतको मुल आधार कृषि नै बनाउनु पर्छ । भुम्लुलाई कृषिमय बनाइ भुम्लुबासीको जिबनस्तर उकास्न कृषकमैत्री योजना लाई नेकपा एमाले भुम्लुले समेटेको छ । बीउ देखि उत्पादन बेच्ने बजारसम्म, ऋण देखि अनुदानसम्म , तालिम देखि पुरस्कारसम्म नेकपा एमाले भुम्लुको लागि कृषिनै आयश्रोतको मुलआधार भएको भन्दै कृषि बिकास तथा बचाउका निम्ति थुप्रै योजना ल्याएको छ । नेकपा एमाले भुम्लु गाउँपालिका लक्ष्यनै सुनकोशीको पानी खेतबारीमा लानी बढाउने जनताको आम्दानी रहेको समेत बताएका छन् ।
त्यस्तै उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठले भुम्लु गाउँपालिकामा कृषिक्रान्ति, युवा स्वरोजगारका सथै पर्यटन, पुर्वाधार विकास र महिला शसक्तिकरण लगायतका विषयहरु अहिले भुम्लुलाई आवस्यक रहेको भन्दै आफुहरुले भुम्लको विकास गर्नको लागि आफुहरुलाई मतदान गर्दै भुम्लुको विकाश गर्ने मौका दिन अपिल गरेकी छन् ।

 

चन्द्रपुरका समस्या समाधन गर्छु : चन्द्रपुरका मेयर पदका उम्मेदवार दाहाल

समाचार


चन्द्रपुर-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चन्द्रपुरले स्थानीय निर्वाचनको सन्दर्भमा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘जनमुखी स्थानीय सरकार, विकास र समृद्घिको आधार’ भन्ने मूल मन्त्रसहित नेकपा एसले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । उक्त प्रतिबद्धता पत्रमा नगरभित्र सबै घरमा बिद्युत पुर्याउने र प्रत्येक घरलाई मासिक २०० युनिट बिद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै एलपि ग्यासको विकल्पमा इन्डक्सन चुलो प्रयोगमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइएको छ ।

हरेक घरलाई मासिक ५ हजार लिटर स्वच्छ खानेपानी निःशुल्क रुपमा उपलब्ध गराउने, चन्द्रनिगाहपुरमा सुविधा सम्पन्न सभाहल निर्माण गर्ने, बागमती र चाँदी नदी किनारमा व्यवस्थित शवदाह गृह एवम् क्रियापुत्री भवन निमार्ण गर्ने, व्यवस्थित बसपार्क सञ्चालनमा ल्याउने, चन्द्रपुर चोक, बजार तथा आवश्यक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्ने, नगर भित्र औद्योगिक क्षेत्रको स्थापनाका लागि पहल गर्ने र नदी कटान नियन्त्रणको लागि विशेष योजना ल्याउने योजना छ । प्रत्येक वडाका लागि कम्तीमा एक–एक जना कृषि र पशु प्राविधिकको सेवा प्रभावकारी रुपमा उपलब्ध गराउने, कृषि तथा पशुजन्य उत्पादनको उचित बजारको प्रधन्ध मिलाउँदै ‘उत्कृष्ट कृषक’ सम्मानको व्यवस्था गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।

जमिनको वर्गिकरण गरी आवास योग्य जमिनमा व्यस्थित आवास, शहरीकरण गर्ने, कृषियोग्य जमिनमा सिँचाई, सडक, विद्युत, लगायतको पूर्वाधारको व्यवस्था गर्ने, नगर भित्रका सबै जमीनको नयां नापी गराई जमीनमा रहेको विवाद अन्त्य गर्ने, भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवथित वसोवासीहरुको  समस्याहरु समाधान गर्ने नगर प्रमुखका उम्मेदवार बाबुराम दाहालले बताएका छन् ।

पुलचोकमा डान्स प्लानेट सञ्चालनमा

समाचार


चितवन । नारायणगढमा रहेको डान्स प्लानेट अैापचारिक रुपमा सञ्चालनमा आएको छ । आईतबार उधोग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नृत्यले मानव सभ्यताको कला संस्कृतिलाई संरक्षण एवम् संवर्ध्दनमा टेवा पुर्याउदै आएको बताउनुभयो ।

नुत्यमार्फत मनोरञ्जन लिदै अहिलेको ब्यस्त दैनिकीको तनाबलाई केही समयका लागि टाढा राख्न सकिने उहाँको भनाई छ । स्वास्थ्य जीवनको लागि नृत्य लाभदायक रहेकाले यसको महत्वबारे सबै जानकार हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रम डान्स प्लानेटका प्रोपाइटर तथा कोरियग्राफर अनिसा पौडेलको सभापतित्वमा भएको थियो ।कार्यक्रममा युथ क्ल्ब नारायणगढका अध्यक्ष रामबाबु श्रेष्ठ, युथ क्ल्ब नारायणगढका पूर्व अध्यक्ष भगवान कुमार श्रेष्ठ, मेची माहाकाली बुहारी संघ नेपालकी सल्लाहकार तथा क्युमिन रिसोर्टकी प्रोपाइटर कल्पना खड्का पौडेल, नालापानी सेक्रेटरी गार्डका प्रोपाइटर भरत बहादुर बानियाँ, साहाराको घरकी सन्ञ्चालिका कुसुम अधिकारी, लोक गायिका टीका रामझाली, समाजसेवी तथा वे ग्रुपकी सक्रिय सदस्य सबिना कडेल लगायतको उपस्थिति रहेको थियो ।

युथ क्ल्बको भबनको टप तलामा रहेको हेड अफिस डान्स प्लानेट पुल्चोक र शाखा कार्यालय रहेका छन् ।भरतपुर -४ बैकुण्ठ चोकमा रहेको डान्स प्लानेटका प्रोपाइटर सरिता आचार्यले बताउनुभयो।

सलिनाले जितिन् मिस नेवाः नेपाल ११४२ को ताज

समाचार


काठमाडौं – २० बैशाख २०७९

काठमाडौं, काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज चुमेकी छन्। नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सलिना यो वर्षको नेपाल टेलिकम मिस नेवाः नेपालको ताज चुम्न सफल भएकी हुन्।

उनी प्रतियोगितामा मूख्य निर्णायक एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठद्वारा सोधिएको काठमाडौं महानगरपालिकाको मेयर हुनलाई तपाईंमा के के गुण हुनु जरुरी छ? भन्ने प्रश्नमा सटिक र तार्किक जवाफ दिएर निर्णायक मण्डल तथा दर्शक र अभिभावकको मन जित्न सफल भएकी थिइन्। उनले काठमाडौं महानगरपालिकाको मेयर हुन पहिला आफैं सक्षम हुनुपर्ने तथा नेतृत्व विकासको क्षमता हुनु पर्ने, नेवारी कला, संस्कृति र भाषाको प्रवद्र्धन गर्नुपर्ने, काठमाडौंलाई स्मार्ट सिटी मात्र नभई हेरिटेज सिटीका रुपमा विकास गर्नुपर्ने, घोषणापत्रमा मात्र सिमित नभई वास्तविक रुपमा काम गर्ने क्षमता हुनुपर्छ भन्ने जवाफ दिएकी थिइन्।

उनलाई मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले मिस नेवाः नेपाल ११४२ को ताज पहिराईदिएकी थिइन्। सलिनाले मूख्य उपाधि चुमेवापत नगद एक लाख रुपियाँ प्राप्त गरेकी छन् भने नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि नियुक्त भएकी छन्। विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा काठमाडौंको ठमेलकी सविना बज्राचार्य फस्ट र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर्सअप भएका छन्। रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा सिर्जना महर्जन युएफओ मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप, शिला प्रजापति बेस्ट ड्रेस, श्वेच्छा महर्जन मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठ बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयर भएका छन्। त्यसै गरी किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिपको उपउपाधि विजेता भएका छन्।

पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठको प्रमूख आतिथ्यता तथा नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न प्रतियोगितामा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ मूख्य निर्णायक तथा नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य, माँ बंगलामुखी सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे निर्णायक रहेका थिए।

स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न

समाचार


काठमाण्डौ– स्पाईनी मुभिजको आयोजनामा राजधानीमा एक समारोहको विच दोश्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवल २०२२ सम्पन्न भएको छ । स्पाइनी मुभिज प्रा.ली.को प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म अन्तराष्ट्रिय फेष्टिवल २०२२ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो ।

पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र गीत संगीत लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । स्पाईनी ब्याब्लर अर्थात काँडे भ्याकुरको नामबाट सञ्चालन गरिएको यस फेष्टिवलको उदेस्य विश्वकै दुर्लभ चरा जो नेपालमा मात्रै पाईने र यसैको माध्यमबाट पनि हामी नेपाललाई चिनाउन सक्छौं भन्दै स्पाईनी मुभिजले विगत दुई वर्ष देखी स्पाईनी ब्याब्लरको नामबाट अन्तराष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको फेष्विल अध्यक्ष डा . हुस्नेद आजादले बताएका छन् ।

फिचर फिल्मतर्फ ६वटा र सर्ट फिल्मतर्फ ९ वटा गरी कुल १५ विधामा अवार्ड वितरण गरिएको थियो भने अन्तराष्ट्रि विधामा अवार्ड जितेका फिचर फिल्म तथा सर्ट फिल्महरुको नाम मात्र उल्लेख गरिएको थियो । कार्यक्रममा गीतकार रमेश दाहाल, नायक संजित भण्डारी, पत्रकार राजन थापा, सौन्दर्यविद् अनिता घिमिरे लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् ।

में १ अर्थात एवं विश्व श्रमदिवशको अवसर पारेर आईतबार नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय, गोरखा पोल ब्रेकर्स संघ नेपालका अध्यक्ष उद्धव नारायाण श्रेष्ठ, पत्रकार गीता अधिकारी, बाबुराम सिंग्देल, कुबेर गिरी, विष्णु सुवेदी, निर्देशक जनक खकुरेल, अभिनेता श्रीदेब भट्टराई, बरिष्ठ पत्रकार एवं गीतकार भरत बम्जन, समाजसेवी सोमा खत्री लगायत चलचित्र तथा गीत संगीत, पत्रकारिता लगाएतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

अन्तराष्ट्रिय विधातर्फ अवार्ड विजेताहरुः
१. सर्वोत्कृष्ट कथा : थालापिझा (सैनीई दिपक म्याथिउ )
२. सर्वोत्कृष्ट छायांकार : क्रो (आलि अक्बर खोदासेनास) 
३. सर्वोत्कृष्ट निर्देशक : हीरो (रोडेन पिंगोल रामोस)
४. सर्वोत्कृष्ट फिल्म : हीरो (लाइट मून प्रोडक्शन)

राष्ट्रिय लघुचलचित्र विजेताको नामावली
१. सर्वोत्कृष्ट मोटिभेसनल  कथा /स्क्रिप्ट : बलिदान (रोशन परजुली र मुरलीधर आचार्य 
२. सर्वोत्कृष्ट कथा/पटकथा : मातृ (प्रशन्न मल्ल)
३. सर्वोत्कृष्ट इन्सपाईरिङ छायाँकार : बलिदान (केदार राय)
४ सर्वोत्कृष्ट छायाँकार : दामलो (दीप चंद्र ठाकुरी)
५. सर्वोत्कृष्ट सम्पादक : अंतक (अशोक पाठक)
६. सर्वोत्कृष्ट मोटिभेसनल लघुचलचित्र : बलिदान 
७. सर्वोत्कृष्ट प्रेरणादायक लघुचलचित्र : भिन्नता (गणेश उपाध्याय)
ड. सर्वोत्कृष्ट लघुफिल्मः भ्रम (आशुका आर्यल)
ढ. सर्वोत्कृष्ट निर्देशकः आइसक्रीम (संगीता श्रेष्ठ)

राष्ट्रिय फीचर फिल्म विजेताको नामावली
१. सर्वोत्कृष्ट फिल्म : टुल्की (शेखर लामा र आर.पी. कर्मचार्य )
२. सर्वोत्कृष्ट निर्देशक : प्रेम गीत–२ भोजपुरी (सोनू खत्री )
३ सर्वोत्कृष्ट अभिनेता : घ्रान (सागर घिसिङ)
४. सर्वोत्कृष्ट अभिनेत्री : लोभिपापी (कृति बनियाँ)
५. सर्वोत्कृष्ट कोरियोग्राफर : घ्रान (अजय स्यांङ्तान)
६. सर्वोत्कृष्ट सम्पादक : लोभी पापी (बन्दे प्रसाद)

जूरी सदस्य
१. माधब राज खरेल : चलचित्र निर्देशक (जूरी संयोजक)
२. डब्बू क्षेत्री : गीतकार/पत्रकार
३. इनु थापा : फेशन डिजाइनर
४. दीपक शर्मा : संगीतकार
५. कमल अधिकारी : गीतकार
६. राजेन्द्र बाजगाई : संगीतकार
७. जीवन थापा : निर्देशक तथा अभिनेता
८. केदारनाथ पौडेल : निर्देशक तथा लेखक
९. पूर्ण राई : गायक
१०. मनोज परियार :साउन्ड डिजाइनर
११. लिगेश भट्टराई : अभिनेता /मोडल

मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न

समाचार



काठमाडौं । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०२२ को ट्यालेन्ट राउन्ड शनिबार वैशाख १७ गते नेपाल हाउँस रेष्टुरेन्ट, हात्तीसार, काठमाण्डौंमा सम्पन्न भएको छ । 

ट्यालेन्ट राउन्डको अध्यक्षता गनिका गुरुङ ज्यूले गर्नु भएको थियो । ट्यालेन्ट राउन्डको प्रमुख निर्णायकमा भने वरिष्ट समाजसेवी तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ A1 को पूर्व गर्भनर अनन्त प्रसाद भेटुवाल  ज्यू रहनु भएको थियो भने निर्णायकमा मिसेस नेपाल वल्ड २०२१ दिक्छ्या केसी, अभिनेता तथा मोडल जोर्डन राज भण्डारी, मिस हिमालय नेपाल २०१९ सुरक्षा सुवेदी र उद्यमी बिनोद खड्का ज्यू रहनु भएको थियो । 


ट्यालेन्ट राउन्ड जम्मा ५३ जनाले भाग लिएको जानकारी  इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले  दिनुभयो । छनौट भएका ५३ प्रतियोगीहरुले  आ-आफ्नो प्रतिभा देखाएका छन् । प्रतिभा देखाउने क्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, भाषण, रेखाचित्र, कविता र निबन्ध प्रदर्शन गरेका थिए।