काठमाण्डौ– गोरखा पोलब्रेकर्स संघ नेपालको केन्द्रिय सदस्यमा चलचित्र निर्देशक माधव राज खरेललाई मनोनयन गरिएको छ । एक विज्ञप्ति जारी गर्दै यस अघिका दुई केन्द्रिय सदस्य सरोज लामिछाने र बुजुली बहादुर तामाङले राजिनामा दिए पछि तत्काल संघले निर्देशक खरेल र करण कार्कीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको जानकारी दिएको छ ।
लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिय खरेल यस अघि गोरर्खा पोलबे्रकर्स क्लवमा समेत आवद्ध रहेका थिए पछि क्लबले राष्ट्रिय खेलकुद परिषद्वाट संघको मान्यता पाएपछि गोरखा पोलब्रेकर्स संघ नेपालको रुपमा चर्चामा हरेको छ, हालै खरेल र कार्कीलाई संघको विशेष बैठकले केन्द्रिय सदस्यमा मनोनयन गरेको अध्यक्ष उद्धव नारायण श्रेष्ठले जानकारी दिएका छन् ।
हालै मनोनय गरिएका खरेल र कार्कीले पक्कै पनि संघको हितमा काम गर्ने र यसलाई अझै अन्तराष्ट्रिय स्तरमा लैजानेमा संघ विश्वस्त रहेको समेत बताएको छ ।
काठमाडौं-विगत बाह्र वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान-प्रदान’ कार्यक्रम गरेको छ । काठमाडौंको कान्तिपथमा एक विशेष सामारोहबीच मिलापले पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको प्रमुख आतिथ्यतामा शुभकामना तथा मिलाप स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।
पहिलो महिला छायांकार तथा नेपाल टेलिभिजन बोर्ड सदस्य सबनम मुखिया, गीतकार संघका निर्वतमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, रेडियो प्रसार सेवा विभाग समितिका सदस्य तथा वरिष्ठ गायक सीताराम पोख्रेल, सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवालगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको शुभारम्भ गायक तथा संगीतकार शिशिर योगीले ‘यो देशमा म एउटा मान्छे खोजिरहेको छु….’ बाट गर्नुभएको थियो ।
समारोहमा टीका-गोपाल गीतसंगीत विशेष सम्मान-२०७९ बाट संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो भने मिलाप राष्ट्रिय व्यक्तित्व सम्मानबाट विशिष्ट कलाकार तथा निर्देशक मोहन निरौला, लय संग्रौला, विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार तथा निर्देशक गणेश सुवेदी, गीतकार वसन्त वित्यासी थापा, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, साहित्यकार राधा भण्डारीलाई सम्मान गरिएको थियो ।
यसैगरी सो समारोहमा हास्य कलाकार तथा लोकदोहोरी गायक गोकुल कँडेल, खेलाडी तथा प्रशिक्षक रामदास गोपाली, लोक गायक तथा मोडल देबबहादुर परियार (हीरा), नायक तथा कलाकार विनोद श्रेष्ठ, सञ्चारकर्मी व्यवसायी शिरीषा पौडेल, गायक तथा संगीतकार आशिष अविरल, निर्माता समाजसेवी यमप्रसाद श्रेष्ठ, चरित्र अभिनेता राजेश विशुराल, समाजसेवी सुमी राई लिम्बू, गीतकार यमलाल कँडेल, संगीतकार कृष्ण भारद्वाज, गायिका रानी शाक्यलाई सम्मान गरिएको थियो ।
यस्तै सो कार्यक्रममा गीतकार कृट क्षेत्री, गायक सरगम राई, गीतकार भुवन शर्मा कँडेल, गीतकार समीर खान, गायक भुवन प्यासी, संगीतकार विशाल ढकाल, गायक अलिप खान, गायक तथा संगीतकार रमेश पाठक, गायिका मञ्जु कुमारी लावती, फिल्म तथा भिडियो सम्पादक दिनशन शाह, म्युजिक भिडियो निर्देशक केशवराज भट्ट, अधिवक्ता तथा गीतकार राजेन्द्र शर्मा, ध्वनि सम्पादक मनोज परियार र नृत्य निर्देशक गोविन्द प्रभातलाई सम्मान गरिएको थियो ।
लायन हरि दाहाललाई मिलाप कभर हस्तान्तरसमेत प्रदान गरिएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधर, सन्तोष श्रेष्ठ, मोहन निरौला, चुण्डामणि देवकोटा, प्रमुख अतिथि पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतले शुभकामना मन्तव्य राख्दै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
मिलाप फाउण्डेशनकी अध्यक्ष तथा मिलापकी कार्यकारी सदस्य गीता अधिकारी संयोजक रहनुभएको कार्यक्रमको सहजीकरण दीप ज्योतिले गर्नुभएको थियो भने सभापतित्व मिलापका सम्पादक कृष्ण भुसालको रहेको थियो । समारोहमा प्रमुख अतिथिलाई विशेष मायाको चिनो प्रदान गरिएको थियो ।
काठमाडौं-प्रशन्न रिमाल ‘पुरुषोत्तम’को निर्देशनमा स्ट्रिक फ्लोको र्याप गीत ‘जुनेली रातमा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगार र कुलतलाई मुख्य विषय बनायर ‘जुनेली रातमा’ र्याप गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो एमएमएस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा एकेए स्ट्रिक फ्लो (प्रफुल घिमिरे) को शब्द, सङ्गीत, र्याप छ । भिक्टरको एरेञ्ज, मिक्स तथा माष्टरिङ रहेको गीतको भिडियोमा डम्बर राईको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा ईश्वर गुरुङ, दीपसागर केसी, बुद्धि यामीलगायत कलाकारको अभिनय छ । गीतको भिडियोमा बेरोजागर युवाको कथा बुनिएको छ ।
काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ , मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ ।
काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारमा आइरहेका कथाबस्तु भन्दा बेल्कुलै फरक रहेकोे र यसले पक्कै पनि नेपाली दर्शहरुको मन छुने निर्माण पक्षले बताएको छ । कमेडि जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिरल पनि रहेको छ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ ।
छायाँकनका साथ साथै अब चलचित्र चिट्ठ पोष्टप्रोडक्सनमा पनि गईसकेको र चाँडै नै सम्पुर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।
चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइको संगीत रहने छ भने डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द एवंम शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र बसन्त अर्यालको स्वर रहेको छ । निर्देशक खरेलको लेखन रहेको चलचित्र चिट्ठीलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले लगानी गरेकी छिन् भने राजेश कुमार, समिर मियाँन को सम्पादन, एनिमेशन तथा कलर संयोजन रहनुका साथै मनोज परियार र अमित श्रेष्ठले ध्वनी मिश्रण लगायतको कार्य गर्ने भएका छन् । चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवम् पूर्व सचिव सुर्यनाथ उपाध्याय हेमवहादुर मल्ल सम्मानबाट विभुषित हुनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आईतबार आयोजित सम्मान समर्पण कार्यक्रम माझ उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दुई लाख राशी र कदरपत्र सहित विभुषित गर्नुभएको थियो । सम्मान पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त, नेपाल सरकारको सचिव लगायतका जिम्मेवारीमा रहेर जनप्रशासनको क्षेत्रमा पुर्याउनुभएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै हेमबहादुर मल्ल सम्मानका लागि छनौट भई सम्मानित हुनुभएकामा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई सभापतिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासन संघ, हेमबहादुर मल्ल र उहाँको स्मरणमा दिईने सम्मान एवम् हेमबहादुर मल्ल सम्मान २०७६ बाट विभुषित हुनुहुने सुर्यनाथ उपाध्यायको व्यक्तित्व बारे प्रकाश पार्नुहुँदै दुई लाख राशी सहितको उक्त सम्मानले नेपालको जनप्रशासन क्षेत्रमा कृयाशिल सकल परिवारलाई प्रेरणा मिल्दै आएको उल्लेख गर्नुभयो ।
त्यसैगरि उक्त पुरस्कार छनौट समितिका संयोजक पूर्वमन्त्री माधव पौडेलले ९३ निवेदनबाट चौथो चरणमा ४ जना छनौट गरि अन्तिममा लोकसेवा आयोगको मापदण्ड अनुरुप ५ वटा बिषयहरु सार्वजनिक सेवा, अनुभुती, व्यवस्थापकिय र कार्य क्षमता, पेशागत निष्ठा, सकृयता र निरन्तरता, सार्वजनिक छविको मुल्यांकनका आधारमा सर्वोकृष्ट अंकभार सहित सुर्यनाथ उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान २०७६ का लागि छनौट गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा सम्मानित व्यक्तित्व पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले सम्मानका लागि आफुलाई योग्य ठानेकामा हेम बहादुर मल्ल सम्मान छनौट समिति, जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रति अनुग्रह व्यक्त गर्नुहुँदै देशको जनप्रशासनको क्षेत्रमा धेरै चुनौतीहरु रहेकोले सोलाई चिर्दै अघि बढनुपर्ने खाँचो औल्याउनु भयो ।
त्यसैगरि कार्यक्रमको प्रायोजक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेमबहादुर मल्ल एक निष्ठावान व्यक्तित्व भएको स्मरण गर्नुहुँदै उहाँको नाममा स्थापित सम्मानसँग जनप्रशासन संघ (पान) जस्तो गर्विलो संस्थासँगसंगै जोडिनपाएकामा कर्पोरेशन परिवारले गर्व महशुस गर्दै आएको धारणा राख्नुभएको थियो ।
त्यसो त, कुशल प्रशासक एवम् व्यवस्थापक हेमबहादुर मल्ल सम्मान र सो को सत्रौ संस्करण बारे प्रशासन, व्यवस्थापन, संचार क्षेत्र र समग्र देशवासीलाई थप जानकारी दिने उदेश्य सहित वानेश्वर स्थित एभरेष्ट होटलमा जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, सम्मानित व्यक्तित्व पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, पुरस्कार छनौट समितिका संयोजक पूर्वमन्त्री माधव पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ सहित अन्य व्यक्तित्वहरुले सभालाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम माझ पुर्व मन्त्री, पूर्व सचिव एवम् जनप्रशासन संघका पूर्व अध्यक्ष विद्याधर मल्लिकले सुर्यनाथ उपाध्याय जनप्रशासन क्षेत्रका एक दिग्गज व्यक्तित्व हुनुका साथै निर्भिक र सकृय जीवन जिउनु हुने व्यक्ति रहनु भएको भन्दै प्रशंसा गर्नुभएको थियो । साथै, उहाँले प्रशासनमा काम गर्दै गर्दा हरेक कर्मचारीले आफुलाई जनताको सेवकका रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
उपाध्यायले आधारभुत समस्यामा ३ करोड जनसंख्या भएको मुलुकमा डेढ अर्व जनसंख्या रहेको मुलुकसँग खुला सिमाना ठुलो चुनौतीको रुपमा रहेको उल्लेख गर्नुहुँदै पारस्परिकताको सिद्धान्त अनुरुप देशको स्वाधिनता अक्षुण राख्न नसक्दासम्म देश आफनै खुट्टामा उभिन नसक्ने बताउनुभयो । साथै उहाँले प्रशासनमा राजनीतिक हस्तक्षेप बढि रहेको र कुटनीति रुपमा पनि मुलुक असफल रहदै आएको बताउनुहुँदै देशको जनप्रशासन बलियो नभई देश बलियो हुन नसक्ने बताउनुभयो ।
सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधि कृत उर्मिला श्रेष्ठले हेमबहादुर मल्लको दुरदर्शिता, कुशल व्यवस्थापकिय कार्य कौशलता, पारदर्शिता आदी जस्ता सदगुणलाई साल्ट ट्रेडिङले अनुसरण गर्दै आएको उल्लेख गर्नुहुँदै कर्पोरेशनले सेवा विविधिकरण मार्फत आम सर्वसाधारणको हितलाई केन्द्रमा राखेर वस्तुनिष्ठ तबरले कारोबारमा होमिदै आएको उल्लेख गर्नुभयो । साथै उहाँले कर्पोरेशनले देशको दुरदराजसम्म आयोडिनयुक्त नुनको पहुँच विस्तारसँगसँगै, चिनी, एल पि ग्यास लगायतका अत्यावश्यकिय दैनिक उपभोग्य वस्तुको कारोबार, उत्पादनशिल कृषि क्षेत्र, आवास आदी क्षेत्रमा लगानी बिस्तार गरेको र यसबाट देशको आर्थिक एवम् समग्र विकास प्रकृयामा उल्लेख्य योगदान पुर्याउने लक्ष्य लिएको जनाउनु भयो । सो क्रममा उहाँले कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरको केही समय अघि भएको निधनले कर्पोरेशनलाई अपुरणिय क्षती पुगेको जनाउनु हुँदै उहाँ प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुभयो ।
काठमाण्डौ – सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन‘’को भिडियो सार्वजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ ।
एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ ९म्युजिक पार्क०को पाश्र्व संगीत छ । ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।
सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।
काठमाडौं- हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई प्रदान गरिने भएको छ । हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो । यस्तै हरितारा चलचित्र पुरस्कार वरिष्ठ रङ्ग पत्रकार विदुर गिरीलाई अर्पण गर्ने पनि निर्णय गरेको बताइएको छ ।
वि।सं। २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा ९तारा नानी०ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नुभएको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो । वि।सं. २०७७ सालको पुरस्कार चार दशक भन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रङ्गमञ्च एवम् नेपालको गौरव देश विदेशमा पुर्याउन महत्वपूर्ण योगदान गर्नु भएकाले अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्न लागिएको बताइएको छ । यसैगरी ०७८ सालको हरितारा चलचित्र पुरस्कार तीन दशक भन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृती, चलचित्र क्षेत्रको प्रवद्र्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्याउनु भएको योगदानका लागि सञ्चारकर्मी बिदुर गिरीलाई अर्पण गर्न लागिएको जनाइएको छ । पुरस्कारको थैली जनही पच्चिस पच्चिसहजार रहेको छ ।
यसैगरी वि।सं। २०७७ र २०७८ सालको श्रीदुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के।सी।लाई अर्पण गर्ने निर्णय गरेको छ । श्रीदुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ । परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका निर्देशक मदन घिमिरे, निर्मातारनिर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखकरनिर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आवद्ध भई आ(आफ्नो क्षेत्रमा योगदान पुर्याउनु भएका चरित्र अभिनेत्री शारदा गिरी ९काली बुढी०, निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दीपाशा वि।सी।, खेलाडी÷कलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रङ्गकर्मी रजनी अर्याल, रङ्गकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
यस्तै गीतकाररलेखकरनिर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरिएको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ । सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान सञ्चारकर्मी दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ ।
पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मीरगीतकार शान्तिप्रिय रहनुभएको समितिले गरेको हो । यसअघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, सुनिल थापा, दिनेश डी।सी। करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा कृष्ण मल्ल, मदनदाश श्रेष्ठ आदिलाई अर्पण गरिसकिएको छ भने दुर्गादेवी पुण्य निरौला स्कृति पुरस्कार उत्तम के।सी।, शुभाष गजुरेल, सपना श्रेष्ठलगायतलाई अर्पण गरिएको छ ।
तीनवटै पुरस्कार र सम्मान जेष्ठको दोस्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरि अर्पण गरिने बताइएको छ ।

सरोज कोइरालाको स्वर तथा संगीतमा सजिएको “पीडा” बोलको गीत सार्वजनिक भएको छ । सिताराम कोइरालाले लेखेको गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो पहिलो सहकार्य भए पनि जोडी जमेको देखिन्छ । काभ्रेको भकुण्डेबेसी र पातले खेतका रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन ऋषि बराल “श्रीजन” ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, छुट्टिनु पर्दाको पीडा र जीवन साथिविना जीवनको उत्तराद्र्धमा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले राम्रोसँग उनेका छन् ।
सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् । सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् । सरोजको स्वर तथा संगीतमा करिब दुई दर्जन गीत रेकर्ड भइसकेका हुन् । उनले यसै वर्ष सर्वोत्कृष्ट युगल गायनका लागि गायिका मेलिना राईसँगै बिन्ध्यबासिनी म्युजिक अवार्ड उचालेका छन् । २०७८ सालमा पनि सर्वोत्कृष्ट गायन तथा संगीतका लागि सगरमाथा म्युजिक अवार्ड, नीम अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड प्राप्त गरेका थिए । स्थापित सञ्चारकर्मी रहेका उनी पछिल्लो समय संचारकर्म र गीत संगीतलाई सँगसँग अगाडि बढाइरहेका छन् । हाल उनी प्राइम टाइम्स एचडी र नेपाली रेडियो नेटकवर्कमा कार्यरत छन् ।
काठमाडौं ।दुई लाख राशीको हेमबहादुर मल्ल सम्मान २०७६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा पूर्व सचिव सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७६’ घोषणा तथा पत्रकार भेटघाट कार्यक्रम माझ सो जानकारी दिईएको हो । पानका अध्यक्ष कृष्णहरि बाँस्कोटाको सभापतित्व माझ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हलमा विहिवार आयोजित कार्यक्रम माझ उक्त घोषणा गरिएको हो । सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै पानका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत उपाध्यायलाई उक्त सम्मानबाट विभुषित गर्न लागिएको जानकारी दिनुहुँदै लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको जानकारी दिनुभयो । अध्यक्ष बाँस्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत छनौट समितीको सिफारिसका आधारमा उपाध्यायलाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको उल्लेख समेत गर्नुभयो ।
राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७६ का लागि सुर्यनाथ उपाध्यायलाई सर्वाधिक योग्य ठहर गरिएको हो’ उक्त सम्मान उपाध्यायलाई नै किन ? भन्ने बारेमा स्पष्ट पार्दै अध्यक्ष बाँस्कोटाले भने ।
सो अवसर माझ बोल्नुहुँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेम बहादुर मल्ल एक कुशल व्यवस्थापक भएको स्मरण गर्दै उहाँको स्मृतिमा राष्ट्र सेवामा समर्पित प्रशासक एवम् व्यवस्थापकहरुलाई सम्मान गर्ने पुनित कार्यमा जोडन पाएकामा कर्पोरेशन परिवारले गर्व महशुश गर्दै आएको धारणा राख्नुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हेम बहादुर मल्लको पदचापलाई नेपालको प्रशासनिक एवम् समग्र व्यवस्थापनको क्षेत्रले सिको गर्न सकेको खण्डमा सुशासन र विकास कार्यमा टेवा मिल्ने आशय व्यक्त गर्नुहुँदै कर्पोरेशनले हालका दिनहरुमा जनउत्तरदायी भूमिका निर्वाह गर्ने क्रममा उपभोग्य अधिकारलाई प्रत्याभुत गर्न कर्तव्यनिष्ठ भएर लाग्दै आएको पनि स्पष्ट पार्नुभयो ।
यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, विमल कोइराला, महाविर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, डा. दमननाथ ढुङ्गाना, डा.सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज कँडेल, कुलमान घिसिङ, सुन्दुक रूइत र डा. गौरी शंकरलाल दास विभुषित भैंसक्नु भएको छ । यो सत्रौ सम्मान समर्पण हो । उपाध्यायलाई हेमबहादुर मल्ल सम्मान २०७६ बाट राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा विभुषित गर्ने कार्यक्रम रहेको छ ।
नेपालभाषाको संगीत क्षेत्र, म्यूजिक भिडियो क्षेत्र र चलचित्र क्षेत्रलाइ अवार्ड प्रदान गरिएको थियो ।
जम्मा ४६ विधा अन्तरगत संगीत विधामा १९ अवार्ड, म्यूजिक भिडियो विधामा १३ र चलचित्र विधामा १४ वटा अवार्ड का साथै वि.नन्द बैद्य, निर्मल रत्न शाक्य, अन्नपूर्णेश्वरी श्रेष्ठ र इमर्ज ब्याण्डलाइ ज्यूरी अवार्डबाट सम्मानीत गरिएको थियो साथै लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ज्यू लाइ प्रदान गरिएको थियो।
अवार्डमा संगीत विधातर्फ उत्कृष्ट पुरुष गायन तर्फ – महेश राज थापा (गन वने त्यना), उत्कृष्ट महिला गायन –‘स्वस्ती महर्जन’ (वेनगु हे खः सा), उत्कृष्ट पुरुष गायन उदीयमान कलाकार – विजेन्द्र चवाल (जीवनया छुं ई), उत्कृष्ट महिला गायन उदीयमान कलाकार – पूर्णिमा शाक्य (सुयात कने), उत्कृष्ट पुरुष गायन आधुनिक गीत – उत्तम महर्जन (मफूत म्वाये), उत्कृष्ट महिला गायन आधुनिक गीत – रत्नशोभा महर्जन (छु जुल रे), उत्कृष्ट पुरुष गायन उदीयमान आधुनिक गीत – मुकेश शाक्य (छंगु हे खँ ला खः), उत्कृष्ट महिला गायन उदीयमान आधुनिक गीत – चण्डीका बाडे (लुमना वल), उत्कृष्ट युगल गीत – लसता जोशी, प्रवेशमान शाक्य (छन्त खनेवं), उत्कृष्ट आधुनिक युगल गीत – प्रतिमा बज्राचार्य, रत्नसंभव शाक्य (छ वःग खनेवं), उत्कृष्ट बाल गीत – एरोन महर्जन (यो मां), उत्कृष्ट भजन – तंकराज शाक्य (बुद्ध लुमना वइ), उत्कृष्ट समूह गीत – ज्यू ज्यान प्राण (जितेन शाक्य), उत्कृष्ट एल्बम – मन (हरिराम महर्जन थेच्व), उत्कृष्ट शब्द – रामेश्वर मिश्रण श्रेष्ठ (ल्वहं खः कि व), उत्कृष्ट संगीत – राजकुमार मानन्धर (हर्कनारां साहु), उत्कृष्ट संगीत आधुनिक –भुवन महर्जन (यो मां), उत्कृष्ट संगीत संयोजन – जिवित जल्मि (छलयाना जुसां ज्यु), उत्कृष्ट संगीत संयोजन आधुनिक गीत – यल्लो अर्बिट (ओ मैंचा) सम्मानित भएको थियो ।
चलचित्र अवार्ड तर्फ धोषकबाट उत्कृष्ट पुरुष कलाकार मुख्य भुमिकामा किशोर चिपालु, उत्कृष्ट महिला कलाकार सह भुमिकामा ‘पल्पसा डंगोल’, उत्कृष्ट कलाकार खल भुमिकामा ‘राजेन्द्र मान शाक्य’, उत्कृष्ट उदीयमान महिला कलाकार अंजली शाक्य’, उत्कृष्ट निर्देशक ‘अमृतचन्द्र श्रेष्ठ’ र उत्कृष्ट चलचित्र सम्मानित भएको थियो । जामनः गुभाजु चलचित्रबाट उत्कृष्ट स्क्रीनप्ले ‘सुशिल राजोपाध्याय’ र उत्कृष्ट छायाँकन ‘भवानि शिलाकार’ले जितेका छन । उत्कृष्ट कोरियोग्राफी ‘निशिला शाक्य’ र ओरिजिनल साउण्ड ट्राय्क ‘मायाजालं’ आसकुति चलचित्र , उत्कृष्ट महिला कलाकार मुख्य भुमिकामा अन्नु महर्जन (बसन्त ऋतु), उत्कृष्ट पुरुष कलाकार सह भुमिकामा पूर्णकाजी ज्यापू (हिसिमति), उत्कृष्ट सम्पादन मनोजरत्न शाही (वायादुने जाकि दु) र उत्कृष्ट संवाद यादव दास भोछिभोय लमि बाट सम्मानित भएको थियो ।
म्यूजिक भिडियो तर्फ उत्कृष्ट पुरुष मोडल किशोर चिपालु (छन्त जिगु माया मदुला), उत्कृष्ट महिला मोडल रोजिना सुवाल (गन वन), उत्कृष्ट उदीयमान पुरुष मोडल अमोघवीर बज्राचार्य (अप्सरा थें च्वं), उत्कृष्ट महिला मिसा मोडल नेन्सी महर्जन (छन्त नापलाये सातकि), उत्कृष्ट क्यामरापर्सन म्यूजिक भिडियो आभेष बज्राचार्य (कुचुकुचु मिं), उत्कृष्ट सम्पादन बिजु कर्माचार्य (यो मां), उत्कृष्ट कोरियोग्राफर आराध्यालक्ष्मी खड्गी (जमाना मभिं), उत्कृष्ट मेकअप उमिसा पाण्डे (छंगु लँ), उत्कृष्ट भेषभुषा (छं न्हिला दः) उत्कृष्ट राष्ट्रिय भाव, धार्मिक भाव म्यूजिक भिडियो – दुःख दुःख (मिनर्वादेवी शाक्य बज्राचार्य), उत्कृष्ट पर्फोमिंग आर्टिष्ट मृगनयनी (न्हूपलाः), उत्कृष्ट निर्देशक विश्वास बज्राचार्य (पियाच्वने) र उत्कृष्ट म्यूजिक भिडियो – छन्त जिगु माया मदुला (धर्म महर्जन) सम्मानित भएको थियो ।
विराजकाजी राजोपाध्याय द्वारा संचालित कार्यक्रममा सुष्मा महर्जनले पनि साथ दिएका थिए । कार्यक्रममा स्वागत गर्दै पेजथ्री अवार्डया संयोजक दर्शनवीर शाक्यंले यस अवार्डका कारण नेपालभाषा मनोरंजन क्षत्रमा आइरहेको परिवर्तनको बिषयमा कुरा राख्नु भएको थियो । ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले सहयोगी हातहरुलाइ धन्यवाद ज्ञापन दिनुभएको थियो।
कार्यक्रममा मेयर विद्यासुन्दर शाक्य द्वारा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रसंशा गर्दै जुन २२ सालमा तत्कालिन सरकारले नेपालभाषामा बन्देज राखेका कारण मदनकृष्ण श्रेष्ठ ज्यूले गायन तर्फ पाइला चालेका थिए
आफ्नो कार्यकालमा सबै स्कुलहरुमा स्थानीयभाषा अनिवार्य गरेको कुरा उल्लेख गर्नु भयो। कार्यक्रममा ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्यं द्वारा मदनकृष्ण श्रेष्ठलाइ दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने मेयर विद्यासुन्दर शाक्यले लाइफटाइम सम्मान पत्र प्रदान गर्नुभएको थियो ।