generalnews
||Power News Asia||

आजको समाचार

'मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन' सम्पन्न

समाचार


काठमाडौँ — फाल्गुन २०, २०७८। 

न्यू राईज ईन्टरटेनमेन्टद्वारा आयोजित मिस्टर सुदुरपश्चिम  'मिस्टर एण्ड मिस सुदुर पश्चिमाञ्चल डिभा आईकन' को अन्तिम स्पर्धा कैलालीस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। 

आयुष साउद र अदिति जोगिले उक्त प्रतियोगिताको उपाधि जितेका छन् । साउद र  र जोगिले क्रमश पुरुष र महिला तर्फको उपाधि जितेका हुन् । 

कार्यक्रममा मिस सुदुर पश्चिम वर्ल्डवाईड नेपाल बिना देउवा र मिस्टर सुदुर पश्चिम आईकन वर्ल्डवाईड कृतिक श्रेष्ठ चयन भए।  त्यसैगरी लिटिल मिस सुदुर पश्चिम डिभा फिवना बिष्ट र लिटिल मिस्टर सुदुर पश्चिम आईकन एपिशोन थापा चयन भएका थिए। 

नवराज देउवाले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी जिल्ला वन कार्यालय प्रमुख भोजराज पाठक त्यसैगरी नाङ्ग्लो क्याफेका संचालक बहादुर खत्री रहेका थिए। प्रतियोगिताको निर्णायकमा प्रतिक्षा सिंह, आशिका शाह र मनिशा राजवंशी रहेका थिए।

प्रतियोगितामा मिस टिन चार्मतर्फको अवार्ड आरुषी शाहले जितिन भने ग्लोवल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङ मार्फत सर्वाधिक मत प्राप्त गरि मस्ट पपुलर मोडलतर्फको अवार्ड कृतिक श्रेष्ठले हात पारे। 

प्रतियोगितामा अन्य विधागत तर्फ मिस फोटोजेनिक र मिस व्युटिफुल मौषमी खड्का, मिस कन्फिडेन्ट निकिता सापकोटा र मिस कन्फिडेन्ट सिनियर तर्फ अन्जली शाह चयन भएका थिए। 

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’ २०२२ को उपाधि यशिमा र रोजिनालाई

समाचार


दक्ष इन्टरदेशनलद्धारा आयोजित सातौं मिस ब्युटीफुल नेपाल २०२२ को उपाधि यशिमा मल्ल ठकुरीले हाँसिल गरेकी छिन् । सोही मञ्चमा आयोजना भएको छैटौं संस्करणको मिसेस ब्युटीफुल नेपाल २०२२ को उपाधि रोजिना अधिकारीले जितेकी छिन् ।

पूर्व मन्त्रि एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजकिशोर यादवको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम जमल स्थित नाचघरमा सम्पन्न भएको थियो । सो प्रतियोगितामा मिस ब्युटीफुल नेपालमा फस्ट रनरअप, पन्चुअल तथा मिस पपुलरको उपाधि अनिता खत्रीले जितिन् । यसै गरी सेकेन्ड रनरअप तथा बेष्ट स्किनको उपाधि खुस्बु अग्रवालले र थर्ड रनरअप तथा मिस डिसिप्लेनको उपाधि अन्सु अर्यालले हाँसिल गरे ।

सोही क्रममा मिसेस ब्युटिफुल नेपालतर्फ फस्ट रनरअप तथा बेस्ट र्याम्पवाकको उपाधि मायाँ श्रेष्ठ मतिनाले, सेकेन्ड रनरअप, पपुलर तथा पन्चुअलको उपाधि इन्दु कुँवरले प्राप्त गरे ।

सोही कार्यक्रम मिस नेपाल ब्युटीफुलको अन्य सवटाईटल अन्तर्गत फेशन आईकनको उपाधि बिनिता रानाले, बेस्ट स्माईल तथा मिल्टमिडिया च्वाईसको उपाधि शिल्पा बाजिकोले प्राप्त गरे । यस्तै फोटोजेनिकको उपाधि नम्रता अधिकारीले, मिस ट्यालेन्टको उपाधि उर्मिला बस्नेतले, बेस्ट डान्सरको उपाधि उषा घिमिरेले, मस्ट एक्टिभको उपाधि माया पान्डेले, बेस्ट फिजिकको उपाधि अस्मिता बखरेलले, बेस्ट पर्सनालिटीको उपाधि गीता प्रसाईले र बेस्ट हेयरको उपाधि रन्जना शाहीले हाँसिल गरे ।

यस्तै मिसेस ब्युटिफुलको प्रतिस्पर्धामा सब टाईटल तर्फ म्यानेजमेन्ट च्वाईस र बेस्ट स्माईलको उपाधि उपाधि सुनिता शाही ठकुरीले, डिसिप्लेनको उपाधि सुमित्रा बज्राचार्यले र फोटोजेनिकको उपाधि कल्पना पासवानले प्राप्त गरे ।

फाईनल समारोहमा गायिका सरिता भारतीले आफ्नो गीत मेरो जवानी…गाएर दर्शकलाई नचाईन् । यस्तै अभिनेत्री साक्षी लम्सालले प्रस्तुत गरेको नृत्य पनि त्यत्तिकै आकर्षक थियो ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै आयोजक संस्था दक्ष इन्टरनेशलनका अध्यक्ष टेकराज पाण्डेले महिला र युवतीहरुको व्यक्तित्व विकाश तथा प्रतिभा प्रस्तुतिको लागि यो प्रतियोगिता बिगत सात वर्षदेखि आफुहरुले नियमित रुपमा आयोजना गर्दै आएको बताए ।

अभिनेता भुवन केसी तथा किरण केसीको विशेष आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा प्रतियोगिताका निर्णायकमा अभिनेता रमेश उप्रेती, नेपाल उड्यान प्राधिकरणका प्रबन्ध निर्देशक राजकुमार क्षत्री, गायक अँकित श्रेष्ठ, शिक्षासेवी पूर्ण लामा, डा. अर्पना शाह, सोना अमात्य र रेजिना तुलाधर थिए ।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान दिएको भन्दै हाँस्य अभिनेता प्रेम पाण्डे, उत्तम केसी कार्यक्रममा सम्मानित गरियो । यस्तै अन्तराष्ट्रिय कोरियोग्राफर आश्विनी कान्त झा, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो । कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन रोजिन शाक्यले गरेका हुन् । प्रतियोगिताको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो ।

मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न फागुन २१ मा ग्य्राण्ड फिनाले

समाचार


काठमाडौं / मोम्स इन्टरनेशनल नेपालले आयोजना गरेको ‘मिस तामाङ–२०२२’ ट्यालेन्ट शोको १४औं संस्करण सम्पन्न भएको छ ।
तामाङ भाषा, धर्म, कला सँस्कृति, भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम शनिबार काठमाडौंको क्लक टावरको हलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १७ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए भने प्रतियोगीहरुले स्वतःस्फूर्तमा आफ्ना प्रतिभा प्रदर्शन गरे ।
कार्यक्रमको निर्णायकहरुमा तामाङ चलचित्र निर्देशक तथा फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष विनय दोङ तामाङ, मिस तामाङ २०२२ का विजेता सफलता थिङ, मिस तामाङ २०१७ का फष्ट रनर अप नवाङ मोक्तान र निर्देशक राज किङ वाइबा रहेका थिए ।
‘मिस तामाङ–२०२२’ को ग्य्राण्ड फिनाले आगामी फागुन २१ गते राष्ट्रिय सभा गृह भृकुटी मण्डपमा हुने अध्यक्ष रन्जिता ब्लोन लामाले जानकारी दिइन् ।

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

समाचार


काठमाण्डौ– एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् ।

नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन्ध थप्ने कोशीस गर्दै आफ्नो तर्फबाट जतिसक्दो राम्रो गर्नेछुु” हसाउँदा हसाउंदै रुवाउने र डराउँदा डराउंदै हसाउँने यसको अनौठो किसिमको शैली छ, पक्कै पनि नेपाली दर्शकहरुले चिट्ठीलाई माया गर्नु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको छु” ।
छायाँकनको काम रोकिए पनि जति छायाँकन भएकोलाइ सम्पादन गर्ने र बाँकी गीतहरु रेकर्ड गराउने काम धमाधम भईरकेको छ । जुलाई सम्म चलचित्रको पोष्ट प्रोडक्सनको कार्य पनि सकि सक्ने तरिकाले निर्माण पक्ष जुटिरहेको छ । यस अघि गायिका केन्जुमा सुब्बाको सुमधुर आवाज, कमला जोशीका शब्द र जुगल डंगोलको संगीतमा “हर धड्कनमा” बोलको गीत रेकर्ड सकिएको छ भने डा. कृष्णहरि बरालको शब्दमा रहेको “टुटेको तारा” बोलको गीत चर्चित गायक शिव परियारको स्वर र सरोज कोईरालाको संगीतमा छिट्टै रेकर्ड गराउने तयारी भईरहेको निर्माता कमला जोशीले बताएकी छन् ।
छायाँकन प्राबिधिक कारण बस रोकिए पनि अन्य कामहरु तिव्रगतिमा भईरहेको निर्देशक खरेलले बताएका छन् । चलचित्रमा संजीत भण्डारीका अलवा गोपाल ढकाल “छन्दे”, कञ्चन चालिसे, खड्ग बहादुर पुनःमगर (खबपु), नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, मोहन निरौला, श्रीदेव भट्टराई, राजन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने राजेश कुमारको सम्पादन जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार रहेको छ । चलचित्रलाई निर्देशक खरेलले नै लेखेका हुन् ।

कुनै हालतमा राष्ट्रघाती एमसीसी पास हुन दिन्नौ: नेता खनिया

समाचार


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का केन्द्रीय युवा नेता अभिविन्द खनियाले कुनै पनि हालतमा एमसीसी पास हुन नदिने बताएका छन् ।आज राप्रपाले गरेको एमसीसी विरुद्धको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।राप्रपा कुनै पनि हालतमा देशको स्वाधीनता बेचेर एमसीसी पास गर्न नहुने बताउदै आएको छ।

उनले भने,`हामी कुनै पनि निश्चित राष्ट्रको सरकार वा सहयोगको विपक्षमा होइन, तर हामी नेपाल रास्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र कानून,  सामाजिक सद्वावना, तथा नेपाली जनताको निर्णयको सर्वोच्चताको पक्षमा हो। एमसीसी सम्झौताका विभिन्न बुँदा हरुले नेपाल राज्यको सार्वभौमिकता, सुरक्षा कानून तथा जनताको सर्वोच्चताको बिपक्षमा छ।´

किन एमसीसी देश र नागरिकको लागि घातक छ भन्ने प्रश्नमा उनले कारणहरु सहित प्रष्ट पारेका थिए।
कारणहरु:
१) यसको ढांचा र ब्यहबार इस्ट इंडिया कम्पनी जस्तो छ।
२) यो “शुद्द” अनुदान होइन, घुमाउरो तरिकाको ब्यापारिक ऋण हो ।
३) यो सम्झौतामा अमेरिकी नीति तथा कानूनलाई नेपालको संविधान तथा नीति तथा कानून भन्दा बढी आधिकारिक मानिएको छ।
४) सम्झौता अनुसार अमेरिकाको सेना (वा निजि सेना) नेपाल आउने सभावना खुल्ला छ ।  
५) सम्झौता बन्द या सकिए पश्चात पनि अनन्तकालसम्म एमसीसी र योसंग सम्बन्धित सम्पत्ति अनन्त काल सम्म नेपालमा रहने सम्भावना छ।
६)MCA नेपाल नेपाल सरकारको प्रत्यक्ष मातहतमा हुदैन, तर घुमाउरो पारामा योएमसिसिको मातहतमा हुन्छन किनकि एमसीए-नेपालले सबै खाले निर्णयहरुमा एमसिसिको सबै निर्देशन मान्नु पर्ने हुन्छ
७)साथै यसका लागि अनुसूची १ (ख) १ (ग) अन्तर्गत एमसीए नेपालको नाममा बैंक खाता खोल्ने र सोहि खाता मार्फत बित्तिय तथा बैंकिंग कारोबार गर्ने भनि लेखिएको छ। यो व्यवस्था नेपालको “बैंक तथा बित्तिय संस्थाहरुको स्थापना” व्यवस्थासंग असंगत हुन जान्छ, यसलाई हटाउनु पर्छ।

एमसिसि सम्झौतामा स्पस्ट हिसाबमा परिवर्तन गरिनु पर्ने १० वटा बुंदाहरु:
१) दफा ३.७, ३.८ नेपाल सरकारले पनि कुनै पनि समयमा आफुले चाहेको जुन सुकै लेखापरिक्षकलाई कसैको स्वीकृति बिना लेखापरीक्षण गर्ने लगाउन सक्ने अधिकारको स्पस्ट सुनिस्चितता।
२) अनुसूची ३ दफा २ (ख) सबै परियोजनाहरुको सुरक्षाको जिम्मा नेपाली सुरक्षाशक्ति लाई दिनु पर्ने स्पस्ट किटान।
३) दफा ३.२ (च) सबै बौद्दिक सम्पत्तिमा नेपालको समान अधिकार र स्वामित्व ।
४)एमसिसि तथा एमसीए-नेपाल अन्तर्गत छुट्टै बिधुत प्राधिकरण र सडक बिभाग बनाउन जरुरि नहुने ।
५) दफा ६.८ मा नेपाली न्याय प्रणाली को सर्वोच्चताको स्वीकार।
६) धारा ७ मा नेपाली संबिधान, संसद र कानूनको सर्वोच्चताको स्वीकार।
७) दफा ५.३,५.४ परियोजना सकिएपछि वा रोकिएपछि नेपाल सरकारले कुनै पनि प्रकारको कुनै पनि रकम कसैलाई पनि फिर्ता गर्नु नपर्ने सुनिस्चितता ।
८) परियोजना सकिएपछि (५ वर्ष) वा बिचैमा रोकिए एमसिसिसंग सम्बन्धित सबै कर्मचारी फिर्ता तथा परियोजनाको नाममा भएको सम्पूर्ण सम्पत्ति नेपाल सरकार मातहतका सम्बन्धित निकायलाई तत्काल बिना शर्त फिर्ता आउने।  
९) “एमसिसि”, “एमसीए-नेपाल” तथा यो सम्झौताले सिर्जना गर्ने सम्पूर्ण नियोग, सम्पूर्ण कानूनी तथा संबैधानिक अधिकार तथा सम्पूर्ण अन्य ब्यबस्थाहरु तत्काल निक्रिय वा खारेज हुने स्पस्ट ब्यबस्था (जुन दफा ५.५ तथा अनुसूची (४) (२) (छ) मा लेखिए भन्दा बिपरित हुन्छ )।
१०) र यदि बिधुत प्रशारण लाइन बनाउने नै हो भने, अन्तरदेशीय बिधुत प्रशारणको स्थानमा राष्ट्रिय बिधुत प्रशारण ग्रिडको बिकाश र सुधारको सुनिस्चितता ।

यसैगरी ५५ अर्बको लोभमा देश बेच्न नहुने उनको भनाइ छ।उनले भने,`जाबो ५५ अर्बको सहयोगले देश स्वर्ग बन्दैन, बरु दुई चार जना राष्ट्रघातिको मुख मीठो हुने मेसो मात्र हो।
देशलाइ स्वर्ग बनाउने नाममा “कसन्ट्रेसन क्याम्प” बनाउन लागेको रहस्यलाइ समय मै बुझौ।´

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

समाचार




काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौनेपाली कला र संस्कृतिको जगेर्ना गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगानगजलआधुनीकपपलोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठेडेउडामैथलीथारुतामाङनेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् ।

शान्तिभाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले पनि नेपाली संस्कृतिलाई जोगेर्ना गर्ने उदेश्यले  नेपाली सहित सम्पुर्ण भाषाभाषिका कलाकार कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको छ । हराउदै गएको नेपाली कल्चरलाई गीत संगीतका माध्यमबाट जिवित राख्न चाहाने श्रष्टा तथा सर्जकहरुलाई समावेशी म्युजिक अवार्डका माध्यमबाट प्रोत्साहन तथा सम्मान गर्दै आईरहेको संयोजक जोशीले बताएकि छन् ।

यहि चैत्र २० गते सम्पन्न हुन गईरहेको समावेशी म्युजिक अवार्डमा देश भरिका कलाकारहरुको भव्य सहभागीता रहने अवार्ड आयोजक  समितिका निर्देशक राजन थापाले बताएका छन् ।

राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७८का मनोनयन यस प्रकार रहेका छन् (National Inclusive Music Award, 2022)

उत्कृष्ट राष्ट्रिय भावको गीत
१. जितेन शाक्य ‌: जिउ ज्यान प्राण
२. टेक तामाङ ‌:  नेपाल आमा
३. भुवन चौघरे ‌: छातीमा देश बोक्नेहरु
४. चन्द्र लाल तामाङ ‌:  दल छ देश छैन
५. नारायण कँडेल ‌:  उतै जान पर्छ

उत्कृष्ट गजल
१. शैलेन्द्र मुडवरी ‌:  मिठो भुल
२. ज्ञानुवाकार पौडेल ‌:  कस्को याद आउन थाल्यो
३. पुजा आरधना ‌:  आज मेरो मनको दियो
४. बी.बी. थापा ‌:  बाँचुञ्जेल हाँसो रहेछ
५. थानेश्वर गौतम ‌:  तिम्रा यादहरु

उत्कृष्ट आधुनिक गायक
१. प्रमोद खरेल ‌:  किन मरिन म
२. यम बराल ‌:  खुशीको गीत
३. नविन कार्की ‌:  आँखाले हेर्यो
४. कैलाश भट्टराई ‌:  कलेजी काटीदिन सक्छु
५. सरोज कोईराला ‌: ऐलान

उत्कृष्ट आधुनिक गायिका
१. अनु चौधरी ‌:  माया
२. सपना श्री ‌:  जीवन यहाँ यस्तै
३. मञ्जु थापा ‌:  माया मुरी मुरी
४. प्रविशा अधिकारी ‌:  दोष
५. मिलन नेवार ‌:  पल पल चोट

आधुनिक संगीतकार
१. सन्तोष के.सी ‌:  तिमिनै सहारा
२. प्रकाश लामा ‌:  मायालाई शब्द बाट
३. ओम प्रकाश राई ‌:  सिरानी लाए
४. राज कुमार बगर ‌:  जिन्दगीको लामोबाटो
५. नरहरी प्रेमी ‌:  एउटा गुनासो

उत्कृष्ट आधुनिक गीतकार (महिला)
१. तारा अधिकारी ‌:  तिम्रै लागि
२. प्रमिला बस्नेत ‌:  को हौ तिमी
३. सावित्री चिलुवाल ‌:  मेरा लागी देवले
४. कोपिला घिमिरे ‌:  पलाँसको फुलसरी
५. सुमि सिंह :आज वस

उत्कृष्ट आधुनिक गीतकार (पुरुष)
१. डा.कृष्णहरि बराल ‌:  ऐलान
२. सियारा आचार्य ‌:  तिता मिठा
३. विरेन्द्र थाम्सोहाङ् ‌:  मनमा माया
४. नवराज भट्टराई ‌:  कलेजी काटी दिन सक्छु
५. भिष्मराज फुलारा ‌: आँसु पिउदै

उत्कृष्ट आधुनिक निर्देशन
१. अन्जन शर्मा ‌:  भत्केको घर
२. राजु गिरी ‌:  यो शहरको
३. श्याम खत्री ‌:  स्वाश फेरी
४. केशव राज भट्ट ‌:  पिरती बस्यो
५. विक्रम चौहान ‌:  किन मरिन म

उत्कृष्ट आधुनिक लोकपप मोडल
१. सनम कठायत ‌:  बिन मरिन म
२. चिरन्जीवी सापकोटा ‌:  रेलको बाटो
३. जोर्डन राज भण्डारी ‌:  अझ वर वर आउ
४. अर्जुन कुंवर ‌: अब बाँकी
५. कमल सिंह ‌:  सल्लेरीको फेदैमा

उत्कृष्ट आधुनिक लोकपप मोडल महिला 
१. शुशिला थापा ‌:  तिमी मेरो जिवन 
२. श्रृष्टि खड्का ‌:  घरमै आइस्यो न 
३. रोशनी कार्की ‌:  जिन्दगीको लामो 
४. अनु शाह ‌:  उसलाई पाउन–२ 
५. झरना रिसाल ‌:  सल्लेरीको फेदैमा
६. अनिषा पोखरेल : फिक्का

उत्कृष्ट लोकपप गायन
१. नविन कुमार पौडेल ‌: डल्ली
२. सजन मोक्तान ‌:  नाच्नु गाउनु
३. सुनिल कटुवाल ‌:  डाँडै काटौला
४. लिजा लामा ‌:  चोरी चोरी
५. समिर आचार्य ‌: चक्लेटी स्याउ

उत्कृष्ट लोकपप गीतकार
१. ज्ञानबहादुर लामा ‌:  नाच्नु गाउनु
२. रमेश एम के पौडेल ‌:  पियारी
३. अभि क्षेत्री (समर्पण) ‌:  नसोध भो
४. विजय दिप गिरी ‌:  पिरतीको पालुवा
५. हिमांसु रायमाझी “गोधुली” ‌: ज्योती

उत्कृष्ट लोकपप संगीतकार
१. सरोज कोईराला ‌:  भकारीमा धान छ
२. मिस्टर आरजे ‌:  दिलकी टुकडी
३. राजेश थापा ‌:  सल्लेरीको फेदैमा
४. सरोज प्याकुरेल ‌:  पिरतीको पालुवा
५. भिम विसी ‌:  ऐना हेरी हेरि

उत्कृष्ट लोकपप निर्देशन 
१. राजेश पुमा राई ‌:  फुल बुट्टे सारी
२. लिगेश भट्टराई ‌:  लाउमाय पिरती
३. बबिता श्रेष्ठ ‌:  हाम्रो माया चोखो
४. राजु लामा ‌:  चोरी चोरी
५. रुपेश उप्रेती ‌:  हात समाई

उत्कृष्ट पप गायन
१. कमल खत्री ‌:  पिक्का
२. लक्षु प्रकाश मल्ल ‌:  उहि बारीको मुला
३. कृष्ण भट्टराई ‌:  शहर
४. मेलिना राई ‌:  तिमिलाई चाहेर 
५. निशा कंडेल ‌:  पिरतीको खुल्ला आकाशमा

उत्कृष्ट पप गीतकार
१. समिर खान ‌: हाम्रो प्रेम कहानी
२. बाबुराम राई ‌: शहर
३. रमा थापा ‌: माया विरानो
४. पदम विश्वकर्मा ‌:  सल्लरीको फेदैमा
५. गौतम डंगोल“सन्देश” ‌: अर्कै साथी
६.केदार बरुवाल ‌:  तिमिलाई चाहेर   

उत्कृष्ट नवगायिका (आधुनिक/लोकपप)
१. रेखा ढुङ्गाना ‌:  मेरो मायालु
२. स्नेहा थापामगर ‌:  रुखैबाट चरिउड्यो
३. स्वस्तिका ढकाल ‌:  चकलेटी स्याउ
४. मिना नेपाली ‌:  हर स्वासमा
५. सदिक्षा भुर्तेल ‌:  घाँसको भारी

उत्कृष्ट नवगायक (आधुनिक/लोकपप)
१. अनन्त के.सी ‌:  सानो कुरामा
२. सविन सुवेदी ‌:  आज त लभपर्छ
३. डा. शैलेश कुमार मिश्र ‌:  रुपै रैछ
४. रेवती घिमिरे ‌:  जाला जोवन
५. सम्राट चौलागाई ‌: सम्झने पानी छम्कने

उत्कृष्ट नवगायक/ गायिका लोकदोहोरी
१. हेमराज डाँगी ‌:  पर्खाई
२. केशव रिजाल ‌:  चाँदनी
३. बाबुराम भट्टराई ‌:  लभको चक्करमा
४. संगीता पौड्याल ‌: बस्ती स्याङ्जाको

उत्कृष्ट नव मोडल (पुरुष)
१. सरोज दाहाल ‌:  शहरको डेरा
२. भिमकान्त धिताल ‌:  माया चोखो
३. लिलाराज बानियाँ ‌:  पहिलो पहिलो
४. अभि लामा ‌:  मर्यो भन्दिनु
५. बादल श्रेष्ठ ‌:  बाटो काटिएला

उत्कृष्ट नव मोडल (महिला)
१. समिक्षा क्षेत्री ‌:  दोष
२. बन्दना नेपाल ‌:  खबर पाए
३. प्रमिता राजघतानी ‌:  बैंस छंदा
४. आलिशा बास्तोला ‌:  रुवाउने हजार
५. पुजा पन्त ‌: भत्केको घर

उत्कृष्ट लोकदोहोरी गायक
१. स्वरुप राज आचार्य ‌: डाँडाघरे सांइली
२. पुरुषोत्तम पौडेल ‌: ओई कान्छु
३. विमल डाँगी ‌:  मेरो हजुर
४. रामचन्द्र चन्द ‌: मैना
५. हेमराज डाँगी ‌: पर्खाइ

उत्कृष्ट लोकदोहोरी गायिका
१. लक्ष्मी मल्ल ‌:  डाँडाघरे सांइली
२. सुजाता के.सी ‌:  कुरा सिधा छ
३. रमिला न्यौपाने ‌:  पिर नभाको को छ
४. सुनिता बुढा ‌:  जलजला
५. शान्तिश्री परियार ‌:  चौकादाउ

उत्कृष्ट लोकदोहोरी गीतकार
१. सविता पोखरेल ‌:  ढाँटे मरिजाउ
२. कृष्ण के.सी ‌: डाँडाघरे साईली
३. केशव पौडेल ‌: रातको शिकारी
४. नेत्र अर्याल ‌: मन परेको मान्छे
५. शिव पौडेल ‌: अँधेरीमा जुन

उत्कृष्ट लोकदोहोरी संगीतकार 
१. श्रीकृष्ण बम मल्ल ‌: डाँडाघरे सांईली
२. खेम पुन ‌:  रातको शिकारी
३. खेम सेन्चुरी ‌:  मन परेको मान्छे
४. तेजश रेग्मी ‌:  झम्म झम्म झम्कन
५. बाबु कृष्ण परियार ‌: चौका दाउ

उत्कृष्ट लोकदोहोरी निर्देशन
१. देबेन्द्र पाण्डे ‌:  मन बुढो भएन
२. प्रविण थापा ‌:  मदानीमा नेती
३. विशाल नेपाली ‌:  मैले माया
४. बबिता श्रेष्ठ ‌:  तिम्रो हिड्ने बाटो
५. संजीव ठकुरी ‌: राम साईली

उत्कृष्ट लोकदोहोरी मोडल (महिला/पुरुष)
१. राजेश हमाल ‌:  मन बुढो भएन
२. चक्र बम ‌:  झम्म झम्म झम्कन
३. धिरज खत्री ‌:  भिरैमा उनियो
४. जिशु कोईराला ‌:  कसो गर्ने होला
५. सजिना लामिछाने ‌:  पैसाको विटो

उत्कृष्ट ध्वनी मिश्रण
१. सन्तोष पौडेल ‌: माया केवल माय
२. भोला पौडेल ‌:  कुवाको पानी
३. मनोज परियार ‌:  नयाँ गलबन्दी
४.चन्द्र चौधरी ‌: सुनर सुनर पहिरन
५. एस्एम् सिरिज लहान ‌: धोका हमरा कियादैलो

उत्कृष्ट सम्पादन
१. शक्ति प्रज्वल घिमिरे ‌:  लाईदेउ माया
२. राजेश कुमार ‌:  तारी खेत
३. मिन रावल ‌:  बसी हाल्यो
४. विकाश दाहाल ‌:  दोष
५. सुप्रिम पराजुली ‌:  झम्के माया

उत्कृष्ट छाँयाकार
१. विरेन्द्र भट्ट ‌:  धोकेबाज
२. मुकेश हुमागाई ‌:  सल्लेरीको फेदैमा
३. नरेश बहादुर अयर ‌:  रुमालैको छेउ
४. उत्सव दाहाल ‌:  किन मरिन म
५. राम के.सी ‌:  आउन नजिक

उत्कृष्ट कोरियोग्राफर
१. सुवास बुढाथोकी ‌:  आयो तिम्रो राजा
२. सुनिता बस्नेत ‌:  भाग्य भित्र
३. काजिस श्रेष्ठ ‌:  सुर्ती माड्दै माड्दै
उत्कृष्ट डेउडा भाका गायन
१. रेखा जोशी ‌:  झुम्केनी बौजु
२. पुष्पा बोहोरा ‌:  जौपात
३. सुर्य वि.सी ‌:  मन पण्याकी
४. कमल विरही थापा ‌:  ईजु
५. टंक खड्का ‌:  पासो जन चुडौ

उत्कृष्ट डेउडा भाका मोडल
१. वर्षा भण्डारी ‌:  बाचा कसम तोडी
२. चेत बहादुर सिंह (राजा) ‌: जाउ हिड धनगढी
३. उमेश भट्ट ‌:  मन पण्याकी
४. चक्र बम ‌:  ओ मेरी बौजु
५.कैलाश कठायत ‌:  झम्के मायालु

उत्कष्ठ थारु भाषा गायन
१. बसन्त कुमार महतो ‌:  छमक छमक जोलो पायल
२. खेम चौधरी ‌:  प्रदेशीया सजना
३. राजेन्द्र शर्मा ‌:  सखिय हो
४. समिक्षा चौधरी ‌:  प्रदेशिया सजना
५. अमर राना ‌:  मै तो प्रेम करेंगे

उत्कृष्ट थारु भाषा निर्देशन
१. हिरा चौधरी ‌:  सुनर सुनर पहिरन
२. आदर्श महतो ‌:  मोर छम्मा
३. सुरज देव कुस्म्या ‌:  प्रदेशीया सजना
४. हिरा चौधरी ‌:  एहसास मायाक
५. सदुराम दहित ‌:  कबु दिन कबु रात

उत्कृष्ट थारु भाषा मोडल
१. बिर चौधरी ‌:  धड्कन चले
२. महिमा कुश्मी ‌:  कव दिन कबुरात
३. प्रमोद चौधरी ‌:  कंगना
४. सुनिता दहित ‌:  सखिय हो
५. देव महतो ‌:  एहसास मायाक
६. मुस्कान चौधरी : रिमझिम रिमझिम

उत्कृष्ट काँठे भाका गायक
१. अमृत खाती ‌:  मिरमिरे साइली
२. शरणप्रसाद हुमागाईं ‌:  भिरैको खनायो
३. सुर्यमणी आचार्य ‌:  हाम्रो जोडी हिटछ
४. विक्रम जंग शाह ‌:  खोला खोल्सी
५. रुपक परियार ‌:  एक्लो बर

उत्कृष्ट काँठे भाका गायिका
१. अश्मिता श्रेष्ठ ‌:  शिरमा रिवन
२. सरिता भारती ‌:  असारे मास
३. उमा श्रेष्ठ ‌:  मिरमिरे साईली
४. मञ्जु गौतम ‌:  चन्द्र कुमारी
५. श्रीजु अधिकारी ‌:  खोला खोल्सी

उत्कृष्ट काँठे भाका गीतकार
१. डब्बु क्षेत्री ‌:  असारे मास
२. यादव श्रेष्ठ ‌:  जुन तारा
३. अमृत खाती ‌:  मिरमिरे साइली
४. शरण हुमागाई ‌:  खुशीलेर आउने छ

उत्कृष्ट मैथली भाषा गायन
१. आदित्य अजय ‌:  रमजान के महिना
२. भुल्टन यादव ‌:  दिल धड्कैया
३. सुनिता शाह ‌:  हमर दिलके रानी
४. मुकेश पण्डित ‌:  बहिन के राखी हमरा
५. रिज्वान खान ‌:  सव स सुन्दर हमर गाव
६. शशि झा : सुनू सजनी
७. सोनू मिश्रा : शादी कके

उत्कृष्ट मैथली भाषा गीतकार
१. दिलिप शाह ‌:  तोहर गैल सजना
२. समिर खान ‌:  समझु प्रेमक इशारा
३. एम जे प्रेम ‌:  बबाल लगैछी
४. सरोज मण्डल ‌:  सव स प्यारा
५. समिर खान ‌:  रमजान के महिना

उत्कृष्ट मैथली भाषा निर्देशन 
१. सन्तोष मण्डल ‌:  सव स प्यारा
२. कामेश्वर प्रदेशीया ‌:  जखने नैना मिलन
३. तेजनारायण चुनुच शर्मा ‌:  इजोरिया के
४. हुशैन शेख ‌:  धोखा हमरा
५. सञ्जय शाह ‌:  लगाक फेयर लब्ली

उत्कृष्ट मैथली भाषा मोडल
१. काजल भुजेल ‌:  समझु प्रेमक ईशारा
२. सोनी सलोनी ‌:  तोरा विन गै रानी
३. लिजा कौशल ‌:  प्यार हमे तोरा
४. राज ठाकुर ‌:  हमर दिलकी रानी
५. अन्जन यादव ‌:  जखने नैन मिलन
६. फिरोज शेख :हम अहा के दीवाना

उत्कृष्ट तामाङ भाषा गायक
१. अभिषेक तामाङ ‌: ज्याबा ङ्ङ्बा
२. निमा दोङ् ‌: नेमी मुसुक्क
३. विहिन दोङ् ‌: कसम
४. जे.बी जिम्बा ‌: साईघरे नाम्सा
५. सन्तोष गोले ‌: मञ्जुरी

उत्कृष्ट तामाङ भाषा गायिका
१. निर्मला घिसिङ ‌:  टुडीखेल री
२. पुजा तामाङ ‌:  नेमी मुसुक्क
३. जितु लोप्चन ‌:  कमस
४. अञ्जु थोकर ‌:  मेर मेन्दो
५. लक्ष्मी तामाङ ‌:  चाईना जुत्ता

उत्कष्ट तामाङ भाषा मोडल (पुरुष)
१. अमिर दोङ ‌: रानी
२. इश्वर लामा : साईघरे नाम्सा
३. सागर घिसिङ : नेमी मुसुक्क
४. मिलन थिङ : माया ला रंग २
५. हेरुका लामा : चम् चम
६. टिकाराज लामा : क्लाङ्सी टिला
७. पाल्देन लामा : जिन्दगी भद्रगोल

उत्कृष्ट तामाङ भाषा मोडल (महिला)
१. सम्झना लामा : नेमी मुसुक्क
२. सुस्मा मोक्तान : रानी
३. निरंजली लामा : जुरेली भाले
४. कृष्णा लामा : हाम्रो त आँखी
५. याञ्जि दोङ् : न्यागी लव माया

उत्कृष्ट नेपाल भाषा गायन
१. सज्जु मानन्धर : सुचय लुमनी
२. रवि कुमार महर्जन : फरेम दुनेया तस्बिर
३. तेजवती जोशी : यमाजित
४. विजेन्द्र चवाल : जिवनया छुं ई
५. सोनी राजभण्डारी : झिगु मन स्वां

उत्कृष्ट नेपाल भाषा शब्द
१. हरिराम ठेंचो : यमजित
२. राजु मानन्धर : सुभयलमनी
३. उत्तम मानन्धर : बुलुहं बुलुहं
४. अनिक शाक्य : जिवनयाः छुंई
५. पवन जोशी : फरेम दुनेया तस्बिर

उत्कृष्ट नेपाल भाषा मोडल
१. रुक्साना महर्जन : भुटमाली
२. शुशिल श्रेष्ठ : नगुःघाःया वासः
३. अनु महर्जन : धवजी छम्हरे
४. श्रेया कार्की : पन्तिया मकर मेला
५. रोशन शाक्य : राजमती कुमती

उत्कृष्ट कल्चरल गीत
१. अमृत खाती : राम साईली (काँठे भाका)
२. सानुबाबु घिसिङ : आध्यू खाङबारी (तामाङ)
३. पुर्णकाजी ज्यापु : त्यँ.छिं त्यः (नेपाल भाषा)
४. सीता तुम्रुक : हिलिक हिलिक (लिम्बु भाषा)
५. प्रयास तामाङ : फाईफ्रई आलाउ (तामाङ)
६. लक्ष्मी पुरी प्रधान : माया बिरानी (नेपाली)
७. सन्तोष राज :पुनम कें चान्द (मैथली)
HOW TO VOTE VIA GLOBAL ONLINE PAY? 

Visit www.globalonlinepay.com

Click on WEB APP/EVENTS/LIVE TAB

Click on National Inclusive Music(NIM) Awards 2022 TAB

Click on Award Catagory TAB
गायक अर्जुन खरेलको चमेली सार्वजनिक (भिडियो सहित)

समाचार


काठमाण्डौ – झापाली गायक अर्जुन खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको बिर्तामोडमा बिमोचन गरिएको छ । भद्रपुर–१०, चन्द्रगढी निवासी गायक खरेलको पाँचौँ म्युजिक भिडियो ‘चमेली’को साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले बिमोचन गरेका हुन् । डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा उक्त म्युजिक भिडियोको विमोचन गरिएको हो ।
डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । त्यस्तै, विशिष्ठ अतिथि क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा गीतको समीक्षा साहित्यकार विवशबलिभद्र कोइरालाले गरेका थिए । उनले गायक खरेलको चमेलीले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।
कार्यक्रममा गायक खरेलले आफूले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताउँदै चमेलीलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरे ।
रमेश दर्नालको शब्द र गायक खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको छायाँकन इलामको दानाबारी लगायतका स्थानमा गरिएको छ ।गीत एरेन्जर रोहित लिम्बूको रहेको म्युजिक भिडियोमा रंगकर्मी माधव कल्पित, मनोज अधिकारी, कञ्चन चुडाल, राकेश दर्नाल, रोसन कार्कीलगायतको अभिनय रहेको छ । कार्यक्रममा ग्रुपका सल्लाहकार एवम् साहित्यकार देवीचरण भण्डारी, व्यवसायी याम खरेल, टीका भट्टराई नेपाल , सुजना खतिवडा, मुना प्रसाईं, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो । ग्रुपकी उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।

''तिमि जहाँ जहाँ जान्छौ नी'' भिडियो सार्वजनिक

समाचार


काठमाण्डौ– ''तिमि जहाँ जहाँ जान्छौ नी'' भन्दै निर्देशक बबिता श्रेष्ठ भिडियो मार्फत बजारमा आएकी छिन्  । नेपाली, आधुनिक तथा लोकदोहोरी लगायत विभिन्न विधाका गीतहरुलाई भिडियो मार्फत पर्दामा उतार्दै आएकी श्रेष्ठले सर्यौको संख्यामा नेपाली गीतहरुको निर्देशन गरिसकेकी छिन् । लामो समय देखीम्युजिक भिडियो निर्देश्नका क्षेत्रमा सक्रिय रहदै आएकी श्रेष्ठ सम्भवत: नेपालको पहिलो म्युजिक भिडियो निर्देश्क हुन ।

म्युजिक भिडियो निर्देशनका क्षेत्रमा आफुलाई स्थापित गरेकी श्रेष्ठले पछिल्लो पटक माया प्रेमका कुराहरुलाई चित्रण गरेको निकै नै मार्मिक गीतको भिडियो बजारमा ल्याएकी छिन् । मानव जिवनको लागि माया प्रेम भनेको जिवनलाई सहज बनाउनको लागि एक अभिन्न अंग भएको र यस भिज्ञका विश्वसाका कुराहरुलाई रोमान्टिक तथा मार्मिक ढंगको कथालाई निर्देशक श्रेष्ठले कलाकार बशिष्ट ठकुरी र सगुन शाहीको अभिनयका माध्यमबाट दर्शकहरु माझ पस्केकी छिन् ।

मन पर्ने मायालुहरुको यादमा रात दिन काटिने, मायालुकै लागि सारा संसार त्याग्न तयार हुने र जिउने मर्ने अठोटका कुराहरु यस गीतमार्फत भन्न खोजिएको छ । साथै जिवन बाँच्नको लागि सहारा नै माया भएको कुराहरुलाई गीतमार्फत उठान गरिएको छ ।सुर सम्यक स्टुडियोको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा बशिष्ठ ठकुरी र मतिना अवालको सुमधुर आवाजमा सजिएको गीतमा शब्द संगीत सुरज शेखरका रहेका छन् ।

 

मिस नेवा कृषा महर्जन सद्भावना दुत चयन

समाचार


काठमाडौँ । चित्रकला प्रतिस्प्रर्धात्मक कार्यक्रममा प्रहिशा बजाचार्य प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । त्यसै गरि स्वर्ण कपाली, हिमशिखर माझी र स्वीट आर्ट (अंकित तण्डुकार) ले दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । श्रीपञ्चमीको अवसर पारेर बंगलामुखी उपभोक्ता सहकारी सँस्था र नेप्लिज फेसन होमको सयुक्त आयोजनामा चित्रकला प्रतिस्प्रर्धात्मक कार्यक्रम सम्पन्न भएको हो । मिस नेवा कृषा महर्जनको प्रमुख आतिथ्य र बंगलामुखि उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा मिस नेवा सोसियल वेलफेर एम्वास्डर चिफ रोहिना महर्जन, बेस्ट ड्रेस मनिषा महर्जन, मिस लिटिल नेवाः ट्यालेन्ट नयना शाक्य निर्णायक थिए । साथै लायन्स रिजिनल चियरपर्सन इन्द्ररत्न बज्राचार्य र नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको विशेष आतिथ्यमा सङ्खमुल स्थित लिटिल फ्लावर पब्लिक स्कुलमा ४५ जाना साना भाइ बहिनीहरु बिच चित्रकला प्रतिस्प्रर्भात्मक कार्यकम सप्पन्न भएको थियो । बंगलामुखि उपभोक्ता सहकारी संस्थाले मिस नेवा कृषा महर्जनलाई सद्भावना दुत चयन गर्दै सम्पन्न कार्यक्रमको संयोजन बगलामुखीका व्यवस्थापक सुनिल महर्जनले गर्नु भएको थियो ।

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

समाचार


काठमाडौं- नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ ।

मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ ।

लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिककर्मीहरूको प्रतिनिधित्व गर्दै नेपाली भाषा, कला, साहित्य, गीत संगीत र संस्कृतिका विभिन्न विधामा सक्रिय साँस्कृतिकर्मीहरूको हक हित संरक्षणमा अझै सशक्त रुपमा क्रियाशील रहने प्रतिवद्धता जनाउने नव नियुक्त महामन्त्री सुवेदी नेपाली सांस्कृति र साहित्यमा कलम चलाउने व्यक्ति पनि हुनुहुन्छ । उहाँ नेपाल साँस्कृतिक संघको विविध गतिविधिमा संलग्न रही संघको विस्तारमा धेरै जिल्ला पुग्ने व्यक्ति मध्ये एक हुनुहुन्छ । रोल्पा जिल्लाको त्रिवेणी गाउँ पालिका–५का स्थायी वासिन्दा सुवेदीको आगमनले नेपाल सांस्कृतिक संघलार्य नयाँ उचाईमा पुर्‍याउने विश्वास लिइएको छ ।