काठमाण्डौ – यही शुक्रवार (चैत ४) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चिसो एष्ट्रे’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । मंगलवार साँझ सुन्धाराको सिभिल मलमा आयोजना भएको प्रिमियरमा फिल्मकर्मीहरुले निर्देशकिय पाटो, कलाकारको अभिनय, छायांकन पक्ष, कथावस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । केही फिल्मकर्मीले हलिउड स्तरको फिल्म भन्दै प्रशंसा पनि गरे ।
नेपाली फिल्मको प्रिमियरमा कमै उपस्थित हुने अभिनेता राजेश हमालले ‘चिसो एष्ट्रे’ राम्रो बनेको प्रतिक्रिया दिए । उनले भने( ‘विशेषगरी युवापुस्ताले फिल्मलाई बढी रिलेट गर्नुहुन्छ होला । फिल्ममा युवापुस्ताको आकांक्षा, प्राप्ति, हार, जित, मित्रता सबै समेटिएको छ । काठमाडौंमा बस्ने जो कोहीलाई फिल्मको कथाले छुन्छ । ‘चिसो एष्ट्रे’ सिनेमाको पारखीहरुले नछुटाइ हेर्नुपर्ने फिल्म हो ।’
कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछाने आफूले नियमित हेर्ने गरेको फिल्म र अभिनय गर्दै आएको फिल्मभन्दा ‘चिसो एष्ट्रे’ एकदमै फरक रहेको बताउँछन् । कथा भन्ने शैली अझ फरक तरिकाले प्रस्तुत भएकोमा उनले खुसी व्यक्त गरे । त्यस्तै, निर्देशक निश्चल बस्नेतले फिल्ममा सबै पक्ष राम्रो रहेको बताउँदै भिजुअल ल्याङ्वेजलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको धारणा राखे ।
‘फिल्ममा धेरै पक्षहरु राम्रो छ । फिल्ममा देखिनेभन्दा सोचिने कामहरु बढी भएको छ । फिल्ममा सिनेम्याट्रिक प्रस्तुति कुन लेभलमा हुनुपर्छ भन्ने ‘चिसो एष्ट्रे’ले देखाउँछ । भिजुअल ल्याङ्वेजलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । हरेक कुरालाई फिल्ममा निकै राम्रोसँग प्रस्तुत गरिएको छ । यद्यपि, केही कमजोरी भने नखड्किने होइन तर फिल्म जस्तो छ राम्रो छ,’ निर्देशक बस्नेतले भने ।
‘जात्रा’ निर्देशक प्रदीप भट्टराई भने ‘चिसो एष्ट्रे’लाई हलिउड स्तरको फिल्म भन्न रुचाउँछन् । उनी भन्छन्, ‘नेपाली फिल्मको कथावाचन शैलीमा ‘लुट’पछि ठूलो परिवर्तन आएको थियो । अब ‘चिसो एष्ट्रे’ले भिजुअल ल्याङ्वेजमा अर्को फड्को मार्छ भन्ने आश जगाएको छ । नेपाली फिल्म हलिउड स्टाइलको भएन भन्ने धेरैको गुनासो हुने गरेको छ । यो फिल्म चाहिँ हलिउड लेभलकै बनेको हो ।’
कलाकार सन्तोष पन्तले पनि ‘चिसो एष्ट्रे’ हलिउड स्तरको रहेको बताए । ‘फिल्म हलिउड स्तरको जस्तो छ । युवापुस्ताले फिल्मलाई साह्रै नै मन पराउनेछन् । फिल्मको स्टाइल एकदमै राम्रो छ,’ उनले भने, ‘कलाकारहरुले जुन(जुन चरित्रमा अभिनय गर्नुभएको छ, त्यसमा पूर्ण न्याय गर्नुभएको छ । हरेक कलाकारको अभिनय लाजबाब छ । सबैले एकपटक फिल्म हेर्नैपर्छ जस्तो लाग्छ ।’
फिल्मको प्रिमियरमा कलाकार सन्दिप क्षेत्री, अभिनेत्री ऋचा शर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, गायक बालेन, अभिनेता महेश त्रिपाठी लगायतको उपस्थिति रहेको थियो । प्रियिमरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले निर्माण टिम उत्साहित देखिएको छ । निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको कथालाई देखाएको छ ।
भूपि शेरचनको कविता ‘चिसो एष्ट्रे’बाट प्रभावित भएर निर्माण भएको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । दिन्स पाल्पालीले निर्देशन गरेको फिल्मको निर्माण महेशबाबु तिमल्सिनाले गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह(निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।
काठमाण्डौ – चर्चित गायक दिनेश भण्डारीको गीतमा धिरज खत्रिको दमदार अभिनय ‘जाईफुलको माला गाँसेर गीतको भिडियोसहित बजारमा आएको छ ।
हुम गैरेको निर्देशन तथा सम्पादन रहेको जाईफुलको मालागाँसेर गीतको भिडियो केशब बिस्वकर्माले छायांकनगरेका हुन भिडियोमा धिरज खत्रि आायुसमा कार्कि रामकुमार थापा करुना चापागाईंको अभिनय हेर्न पाईन्छ ।
गीतमा लयरशब्द दिनेश भन्डारिको रहेको छ भने दिनेश भन्डारिरइस्वर साबकोटारप्रतिमा अर्यालरसंगिता कर्किरसान्ता रोक्का को स्वर गितमा सुन्न सकिन्छ१ पुर्ण गुरुङको संगीत संयोजन रहेको जाईफुलको माला गाँसेर गित म्युजिक ब्याङनेपाल अनामगगरमा रेकर्डिङ भयको हो।
भिडियोमा धिरज खत्रीरआयुस्मा कार्की रामकुमार थापारकरुना चापागाईको ससक्त अभिनय रहेको छ उक्त गितको द्रिस्य निर्माण डि।के।म्युजिक प्रा.लि।ले गरेकाहुन भिडियो मेनुका डिजिटल युट्यूब च्यानल मार्फत बजारमा आएको हो ।
काठमाडौं । प्रवासी गोरखालीहरुको साँझा संस्था ग्लोबल गोरखा समाजको तेस्रो बार्षिक साधारण सभा सम्पन भएको छ । २०७८ फागुन २९ गते आईतबार भर्चुअल माध्यमबाट उक्त साधारण सभा सम्पन भएको हो ।
साधारण सभा नेपाल सरकारका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने सम्पुर्ण राजनितिक दलका केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुको विशेष आतिथ्यता र जिल्ला नेतृत्व ,गोरखा जिल्लाका सम्पु्र्ण स्थानिय तहका प्रमुखहरुको आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
समाजका अध्यक्ष विनय अधिकारीको सभापतित्वमा भएको साधारण सभामा अतिथि स्वागत मन्तव्य ऊपाध्यक्ष गोकर्ण प्रसाद ढकाल,बार्षिक प्रतिवेदन समाजका महासचिव त्रिलोचन पोखरेल,बार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष आकाश बन्जारा ,महिला विभाग बार्षिक प्रतिवेदन ऊपाध्यक्ष जानुका रेग्मी खनाल , नेपाल अपडेट संस्थापक महासचिव हालका नेपाल संयोजक विनोद पोखरेल ,संरक्षक मण्डलबाट शुभकामना मन्तव्य विधान समिति संयोजक हरिहर अर्याल (फ्रान्स), राम प्रताप थापा (जर्मन) कृष्ण लामिछाने (अमेरिका) सल्लाहकार परिषद सदस्यहरुबाट डा. प्रदिप वाग्ले (अमेरिका) राकेश श्रेष्ठ (कतार) र विभिन्न देशका गोरखा समाजहरुको प्रतिनिधित्व गर्दै गोरखा सेवा समाज कतारका अध्यक्ष रामजी खत्रीले शुभकामना मन्तव्य सहित महत्वपुर्ण विचार राखेका थिए ।
अतिथिहरुबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशेष अतिथीहरु बाट जिल्ला समन्वय समिति गोरखाका सभापति अशोक कुमार गुरुङ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, धार्चे गाँऊपालिका अध्यक्ष सन्तोष गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए । डा.भट्टराईले ग्लोबल गोरखा समाजले आफुलाई सम्झिएकोमा खुसी व्यक्त गर्नुका साथै संस्थाले परोपकारी क्षेत्रमा गोरखाका स्थानिय तहहरुमा आपत/विपदमा गरेको सहयोगको विषयमा आफु जानकार भएको भन्दै समाजको प्रशंसा गर्नुका साथै अब स्वदेश,विदेशमा रहेका गोरखालीहरुले गोरखाको समृद्धिमा टेवा पुग्ने काम गर्नुपर्ने र गोरखा जिल्ला ऐतिहासिक जिल्ला भएकोले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने काम गर्नु पर्ने विचार राखेका थिए ।
जिल्ला समन्वय समिति गोरखाका सभापती अशोक कुमार गुरुङले साधारण सभा सफलताको शुभकामना सहित कोभिड-१९ को पहिलो,दोस्रो र तेस्रो पटक गरिएका सहयोगमा जिल्ला समन्वय समिति गोरखाका निम्ती समन्वयकारी भूमिका खेली दिएकोमा समाज र सहयोगी दाताहरुलाई आभार प्रकट गर्नु साथै सहयोगीदाताहरु लाई आफुले भगवान मानेको धारणा व्यक्त गरेका थिए ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले कोभिड-१९को लहरसँगै ग्लोबल गोरखा समाजसँग जोडिएर काम गर्ने अवसर प्रदान गरिदिनुका साथै कोभिड -१९ कोरोना भाईरसको संक्रमण तिव्र भएको र किटको अभाव भएको अवस्थामा एन्टिजेन्ट किट ऊपलब्ध गराएर, अक्सिजनको हाहाकार भएको अवस्थामा माक्स,थर्मलगन र अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेर पालिकाहरुलाई अभाव खटकी रहेको अवस्थामा सहयोगीहातहरु फैलाएर आफुहरुको रोकथामको प्रयासमा सहयोग भएको विषय अविस्मरणिय रहेको उल्लेख गरे ।
उनले पालिकाहरुसँग हार्दिकता र आत्मियता बढाऊन सफल भएको महसुस आफुले गरेको र धेरै जटिलता र धेरै प्रकारका समस्याका बाबजुँद आफुहरुले स्थानिय तहको नेतृत्व गरि रहेको, यस समय गणतन्त्रलाई संस्थागत गर्ने र जनताका अधिकार स्थापित गर्न कानुन निर्माणका लागी पर्याप्त समय लागेको बताऊनुका साथै प्रवासमा रहेका गोरखाली दाजु भाई दिदि बहिनीहरुलाई गृह जिल्ला र गोरखा नगरपालिकामा लगानी गरेर मुनाफा कमाऊनको लागी सार्वजनिक निजि साझेदारीको ऐन निर्मार्ण गरेको र अब लगानी सुरक्षित अवतरण गराऊन र मुनाफा दिलाऊनको लागी गोरखा नगरपालिका तयार रहेको धारणा व्यक्त गरे ।
समाजका अध्यक्ष अधिकारी लगायतले सिंगो कार्यसमितिको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । साथै समाजले तेस्रो बार्षिक साधारण सभाको शुभ अवसर पारेर कार्यसमिति कोषाध्यक्ष,अर्थ विभाग प्रमुख आकाश बन्जारालाई विभिन्न समयमा समाजको नेतृत्वमा भएका अभियानहरुमा ऊत्कृष्ठ काम गरेको भन्दै सम्मान स्वरुप थप जिम्मेवारी “पर्यटन विभाग” प्रदान गर्दै अध्यक्ष अधिकारीले मनोनयन गरेका छन् । साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समाजका सचिव विराटबाबु खनालले जानकारी दिए ।
बिर्तामोड — फाल्गुन ३०, २०७८। शनिबार झापाको बिर्तामोडस्थित अतिथी सदनमा सम्पन्न भएको बालबालिका लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर लिटिल प्रिन्स एन्ड प्रिन्सेस नेपाल २०२२’ को विजेता जेनी राउत बनेकी छन् । पिसिएस प्रोडक्सनको आयोजनामा सम्पन्न प्रतियोगितामा रोजा राई ‘फर्स्ट रनरअप’ र रुविता महतो ‘सेकेन्ड रनरअप’ घोषित भए । त्यसैगरी अबिका राईले ‘मल्टिमिडिया चोईस’, स्पन्दन सिटौलाले ‘अर्गनाईजर चोईस’ र ‘भ्युवर्स चोईस’को उपाधी हात पारे । नेपाल ओलम्पिक कमिटी मातहतको स्पोर्ट्स फर अल कमिसनका सदस्य भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिता सुमन शर्माले संचालन गरेका थिए । रोजिना बस्नेतको कोरियोग्राफीमा सम्पन्न उक्त प्रतियोगिताको निर्णायकमा फेशन कोरियोग्राफर आर्शु महर्जन, बिबेक राई, मेरिना विश्वकर्मा र ईन्द्रकुमार खनाल रहेका थिए। प्रतिस्पर्धी बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजमा एक सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढ्न सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिईओ पुकार कार्कीले जनाए ।
काठमाडौं -वरिष्ठ कलाकार वसुन्धरा भुसालले सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि.बाट पीडित सबैलाई सरकारले न्याय दिनुपर्ने बताएकी छन् । सहकारी पीडितहरूको तर्फबाट न्यायका लागि बुधबार ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा उनले सहकारीमार्फत पीडा दिने इच्छाराज तामाङको ब्यक्तिगत सम्पत्तिबाट असुलेर भएपनि पीडितलाई न्याय दिनुपर्ने उनको धारणा छ ।
‘धेरैजसो ६० देखि ९० वर्षका सेवानिवृत्त कर्मचारी, महिला, सानातिना व्यापारी र मजदुरले भविष्यका लागि भनेर दुःख गरेर कमाएको रकम राखेका थिए । कतिपयले आफ्नो गरगहना र अन्य सम्पत्ति पनि बेचेको पैसा राखेका छन्’ भुषालले भनिन् ‘दैनिक दालभात खान नपुग्नेसम्म ठगिएका छन् ।’ उनले सबै पीडितले न्याय महसुस गर्ने गरेर फैसला गर्न न्यायधीशहरुलाई अनुरोध समेत गरेकी छन् ।
भुषालले आफ्नो भने ब्यक्तिगत भन्दा पनि संस्थागत पैसा ठगिएको बताइन् । ‘हामी भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ को नामबाट १५ लाख रुपैया सहकारीमा राखेका थियौ । त्यो पैसा हामीले बर्षेनी एक वरिष्ठ व्यक्तिलाई ५० हजार रकमसहित सम्मान गर्दै आएका थियौ’ भुषालले अगाडि थपिन् स् ‘पैसा फसेपछि अब कसरी काम गर्ने ।’ राष्ट्रको टप इन्जिनियर भनेर विश्वास गर्दा आफुजस्ता धेरै फसेको उनले सुनाइन् । आन्दोलनमा पुरानी अभिनेत्री चैत्यदेवी सिंहको पनि सहभागिता रहेको थियो । चैत्यदेवीले आफ्नो व्यक्तिगत तथा संस्थागत दुबै पैसा फसेको बताइन् ।
‘म मात्र होइन पीडित सबैले न्याय पाउनुपर्छ भनेर हामी आन्दोलनमा आएका हौ’ चैत्यदेवीले भनिन्, ‘इच्छाराज तामाङलाई सरकारले सजाय दिनुपर्छ र हामी सबैको पैसा पनि निकाल्नुपर्छ ।’ न्याय नमिलेसम्म आफुहरु निरन्तर आन्दोलनमा रहने सिंहले सुनाइन् ।
भक्तपुर-चाँगुनारायण नगरपालिकालाई शुक्रवार बालमैत्री नगर घोषणा गरिएको छ । नगरपालिकाको छैंटौं स्थापना दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार चाँगुनारायणलाई बालमैत्री नगर घोषणा गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बालबालिकाहरु भविष्यका संवाहक भएकाले स्थानीय तहले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले बालमैत्री घोषणा गरेर मात्र नपुग्ने बताउँदैं पाँच वर्षे होइन २५ वर्षिय योजना निर्माण गरी स्थानीय तहले आवश्यक बजेट व्यवस्था गरी बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको हो ।
“भोलीको मेयर, कर्मचारी, खेलाडी, प्रधानमन्त्री, राष्ट्रपति, न्यायधिश, कलाकार, गितकार बन्ने सबै आजका बालबालिका हुन । त्यसैले बालबालिकाको भविष्य सुनिश्चित गर्न आज लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले बालमैत्री घोषणा गर्दाका सूचांकहरुलाई निरन्तरता दिँदैं गयौं भने भोली साँच्चिकै राष्ट्रका हरेक क्षेत्रमा चाँगुनारायणका नागरिक पुग्ने र राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा नै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले बालमैत्री नगर घोषणा गरेर मात्र नपुग्ने बताउँदैं बालबालिकाहरुमा रहेको क्षमताको विकास गरी उसको रुची अनुसारको विषयमा अगाडि बढ्ने अवसर दिनुपर्नेमा जोड दिनुभयो । “बाबालिकासँग के क्षमता छ ? , बालमैत्री घोषणा भएको अवस्थामा अभिभावकहरुले, शिक्षकहरुले, समाजका अगुवाहरुले बालबालिकाहरुसँग के क्षमता छ, पढाई त चाहिन्छ नै त्यो सँगै उसको रुची खेलमा छ की, साहित्यमा छ की, कलामा छ की, पत्रकारितामा छ की, कुन क्षेत्रमा छ, त्यो रुची बुझेर अगाडि बढाऔं,” उहाँले भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आगामी बैशाख ३० गते हुने स्थानीय चुनावमा सकिन्छ भने भक्तपुर जिल्लामा सकिँदैन भने चाँगुनारायण नगरपालिकामा सबै दलका उम्मेदवारहरुले एउटै मञ्चबाट मत माग्न आग्रह गर्नुभयो । उहाँले घरदैलो कार्यक्रममा एक्ला एक्लै गए पनि सार्वजनिकरुपमा एउटै मञ्चबाट मत माग्न आग्रह गर्दै त्यसो गर्दा खर्च पनि कम हुने र जनताले पनि राम्रो योजना र विचार बोकेको दललाई छान्न सहयोग पुग्ने बताउनुभयो ।
“एउटै मञ्चबाट मत माग्नुस, हाँसी हाँसी मत माग्नुस । पैसा खर्च पनि हुँदैन । चुल्ठे मुन्द्रे पनि चाहिँदैन । चामल बोकेर पनि जानु पर्दैन । पाइप बोकेर पनि जानु पर्दैन । जसले जिते पनि चाँगुनारायणकै नेताले जित्ने हो,” उहाँले भन्नुभयो, “विकास निर्माण छैन । न्याय छैन । सुशासन छैन । झगडा छ भने कसले जित्यो ? कसैले जितेन । त्यसकारण चाँगुनारायणले एउटा नमूना प्रस्तुत गर्न सकुन । आज जसरी सबैले एकताका साथ नगरलाई बालमैत्री घोषणा गर्नुभयो, त्यसरी चुनावमा पनि एकता प्रर्दशन गर्न सके चाँगुनारायण देशभरीकै नमूना नगर बन्न सक्छ । जनताले पनि आफुले चाहेको, विकास निर्माण गर्न सक्ने दललाई छान्न पाउँछ । त्यस्तो भयो भने स्वच्छ प्रतिष्पर्धा, प्रजातन्त्र, लोकतन्त्रको मर्म त्यहाँ हुन्छ ।”
कार्यक्रममा सांसद महेश बस्नेतले चाँगुनारायणले पाँच वर्षमा विकासमा फड्को मारेको बताउनुभयो । पाँच वर्षमा व्यवस्थित नगरपालिका निर्माणको दिशामा अघि बढ्नु कम चुनौतीको विषय नभएको बताउँदैं सडकको स्तरोन्नती, सामूदायिक विद्यालयहरुका भवन निर्माण, एक घर एक धारा अन्तर्गत घरघरमा धारा वितरण, मेयर उद्यमशिलता कार्यक्रम, छोरी शिक्षा कार्यक्रम चाँगुनारायणका नमूना कार्य भएको सांसद बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले एक वर्षको निरन्तर प्रयासले नगरलाई बालमैत्री नगर घोषणा गर्न सफल भएको बताउनुभयो । उहाँले यस अभियानमा सबै सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, सरोकारवाला, जनप्रतिनिधिहरु, राजनीतिक दलहरुको साथ, सहयोग र सहकार्य रहेको बताउनुभयो ।
त्यसैगरी जिल्ला समन्वय समितिका नवराज गेलाल, नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका जिल्ला सहसचिव यादव प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोथे ‘बासु’लगायतका वक्ताहरुले बालमैत्री घोषणासँगै यसको सूचकांकलाई निरन्तर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेलाई विभिन्न पदक तथा विभुषणले सम्मान गरेको थियो । जसअनुसार विष्णुहरी आचार्य, रामशरण कार्की र राजाराम छुंकालाई चाँगुनारायण ज्ञानकुञ्ज तृतिय, देवकुमारी बाँस्कोटा, हरिनारायण प्रसाद साह र मनोज थापालाई चाँगुनारायण स्वर्णमाला तृतिय, स्व। सुरेन्द्र प्रताप शाह, स्व। जयराम बासुकला र स्व। जानकी कुईंकेललाई चाँगुनारायण ओजस्वी तृतिय प्रदान गरिएको थियो ।
त्यस्तै डा. मोहन खनाल र सुस्मिता तामाङलाई चाँगुनारायण स्वर्णमाला द्धितिय, स्व. बुद्धिकृष्ण लामिछाने र स्व. दामोदर पराजुलीलाई चाँगुनारायण ओजस्वी द्धितिय, परशुराम गेलाललाई चाँगुनारायण ज्ञानकुञ्ज प्रथम, स्व। हरिशरण लामिछानेलाई चाँगुनारायण ओजश्वी प्रथम, हरिहर तिमिल्सिनालाई चाँगुनारायण रत्न र चट्याङ मास्टर कृष्ण मुरारी गौतमलाई चाँगुनारायण गौरवले सम्मान गरेको थियो ।
स्थापना दिवसकै अवसरमा नगरपालिकाको विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु नगरगानका गायक तथा संगीतकार शिशिर योगी, शिक्षासेवी प्रल्हाद तिमिल्सिना, बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चतुर्वेदी चौबे, समाजसेवी सोम प्रसाद प्रधान, कृषक तथा समाजसेवी सुजेन्द्र मुनकर्मी, नगरगान गायिका निशा देसार, नगरगान गायकहरु सन्तोष लामा, मिना निरौला, विश्व नेपाली, खानेपानी तथा सरसफाई अभियन्ता पार्वती दंगाल, बालमैत्री सम्पर्क व्यक्ति आशा माझी, सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने, जनस्वास्थ्य निरीक्षक लोकेन्द्र पौडेल, बाल सहजकर्ता गिता तिमिल्सिना, विद्यालय नर्स अनिता मचामसीलाई पनि सम्मान गरिएको थियो ।
सोही अवसरमा जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकालमा भएका विकास निर्माण र उपलब्धी सम्बन्धी चाँगुनारायण विकास दर्पण पुस्तक विमोचन गरिएको थियो । घोषणा सभा अघि नगरका वडा वडाबाट साँस्कृतिक झाँकीसहित नगरबासीहरु सहभागी भएका थिए ।
काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले एमबीएको नयाँ प्रवेशीलाई स्वागत र एमबीए स्नातक गरेका विद्यार्थीहरूलाई शुक्रबार विदाई गरेको छ। प्रा. डा. पुष्कर बज्राचार्यको अध्यक्षतामा हाइात रिजेन्सीमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा. सिलु बज्राचार्य उपस्थित हुनुहुन्थ्यो ।
१२५ विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा प्राचार्य डा. करण सिंह ठगुन्नाle स्वागत मन्तव्य राखेका थिए । कलेजका अध्यक्ष डा. खगेन्द्र पी ओझाले स्वागत समारोहको अध्यक्षता गरेका थिए । समापन मन्तव्यमा बोल्दै डा. ओझाले जीसीआईमा भर्ना भएका नयाँ विद्यार्थीहरूप्रति खुसीको भावना व्यक्त गर्दै भर्खरै भर्ना हुने विद्यार्थीहरूको अध्ययनलाई गुणस्तरीय अनुभव बनाउने प्रतिबद्धता व्यक्त गरे। विदाई कार्यक्रममा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरुलाई सम्बोधन गर्दै उपप्राचार्य डा. सुवास श्रेष्ठले स्नातक विद्यार्थीहरुलाई आफ्नो करियर मार्फत जुनसुकै पदमा पनि कलेजसँग जोडिइरहन सुझाव दिए । कार्यक्रममा प्रा. शिलु बज्रवाचार्यलाई उनको शैक्षिक सेवा र अहिले नेपाल खुला विश्वविद्यालयको उपकुलपति भई सफल भएकोमा सम्मान गरिएको थियो । उनलाई नेपाली पश्मिना सल र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।विदाई समारोहमा सबै विद्यार्थीहरूलाई मायाको टोकन प्रदान गरिएको थियो भने उत्क्रिस्ट नतिजा धारकहरूलाई उनीहरूको शैक्षिक, अनुशासन, नवीनता, कलेजलाई सहयोग, र उत्कृष्ट अनुसन्धानमा उत्कृष्ट प्रदर्शनको लागि ट्रफी प्रदान गरिएको थियो।
काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले आयोजना गरेको ग्लोबल एनुअल फेस्ट कार्यक्रम आज समापन कार्यक्रम आयोजना गरि सम्पन्न गरिएको छ । उक्त समापन कार्यक्रम मेघा बैंक लिमिटेडकी नायब कार्यकारी अधिकृत रबिना देशराज जोशीको प्रमुख आतिथ्यता माझ सम्पन्न भएको हो । कार्यक्रममा तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक दिपक बिष्ट, ब्रिटिश काउन्सिलका निर्देशक म्याक्सिम रेयेमान, गायिका रचना रिमाल, विश्व नं वान जुनियर च्याम्पियन प्रिन्स दाहाल लगायतको उपस्थिती रहेको थियो ।
काठमाण्डौ – नायक श्रीदेब भट्टराई लगायतका युवाहरुको समुहले सर्लाहीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन् । लामो समय देखी गीत संगीत तथा चलचित्र क्षेत्रमा काम गर्दै आईरहेका भट्टराई पछिल्लो समय समाज सेवाका क्षेत्रमा पनि सक्रिए भएका छन् ।
११२ औं अन्तराष्ट्रिय नारी दिवस को अवसरमा जेसीआई ईमाडोलको आयोजना तथा राष्ट्रखबर,पब्लिक सूचना,साल्ट ट्रेडिङ कर्पोरेशन लगायत युवा समाजसेवीहरु वरिष्ठ समाजसेवी रन्जिता गुरुङं,नायक तथा समाजसेवी श्रीदेव भट्टराई , संचारकर्मी तथा सर्लाही जिल्लाकै समाजसेवी सोनित राज ढुंगेल,वरिष्ठ सौन्दर्यविद तथा समाजसेवी मनिषा जि।सी।को पहलमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वार्ड नं. २ मा अवस्थित सलेशदेव प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
काठमाडौं– अन्तत: छाउपडी’ बोलको गीत सार्वजनिक हुने भएको छ । शब्द सार्वजनिक भए लगत्तै विवादना परेको उक्त गीत अब भने सार्वजनिक गर्नका लागि तयार रहेको गायिका सोफिया थापाले बताएकी छन् ।सुदुर पश्चिममा रहेर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही अधिकारकर्मीले गरेको विरोधका कारण रेकर्ड नहुँदै यो गीत विवादमा परेको थियो ।
उक्त समुहले छाउगोठको नाममा रचनाकारले सुदुर पश्चिमको वदनाम गरेको आरोप लगाएका थिए । गीतका शब्द रमेश दहालले लेखेका हुन् । लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेका छन् ।गीतले कुनै पनि प्रकारको विभेद र विरोधका विषयय उठान नगरेकोमा उनी स्पष्ट छन् ।गीतमा संगीतसमेत गायिका थापा कै रहेको छ । यो गीत थापाको युट्युव च्यानलमार्फत फागुन २७ गते शुक्रबार सार्वजनिक हुँदैछ ।