generalnews
||Power News Asia||

आजको समाचार

फागुन १ गतेबाट विद्यालय खोल्न सीसीएमसीसीको सिफारिस

समाचार


काठमाडौं- कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो

‘विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने ।,’ उहाँले भन्नुभयो, ‘१२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।’कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।यसैगरी, काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता नेपालले जानकारी दिनुभयो । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ ।त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उहाँले बताउनुभयो ।

रामजी र लक्ष्मीको ‘एउटा फोटो खिचेर लान्छु है’ (भिडियो)

समाचार


 

काठमाडौँ। गायक रामजी खाड र गायिका लक्ष्मी खड्काको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। ‘एउटा फोटो खिचेर लान्छु है’ बोलको गीतमा जीबन प्याकुरेलको संगीत तथा शब्द रचना रहेको छ । गीतकार डी. पी. दाहाल परिश्रममीको परिकल्पना एवं संयोजन रहेको गीतको प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन्।

डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा बितरण गरेकोएउटा फोटो खिचेर लान्छु है’ को भिडियोमा गुरुआमा फिल्मस् प्रा.लिको उत्पादन सहयोग रहेको छ। सार्वजनिक भिडियोको निर्देशन स्मृती तिमिल्सीना ‘गुरुआमाले’ गरेकी हुन्। भिडियोको सम्पादन प्रकाश धमला,छायांकन सुरेश श्रेष्ठको रहेको छ । भिडियोमा रामजी खाड र करिश्मा ढकाल फिचर्ड छन्। भिडियो डिलाईटेड म्युजिक को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

मिस्टर एण्ड मिस टिकटकका विजेताहरु अभिनित ‘एक अञ्जुली माया’

समाचार


चितवन - चर्चित गायिका अन्जु पन्तको नयाँ गीत सार्वजनिक भएको छ । अन्जुको स्वरमा सजिएको ‘एक अञ्जुली माया’ बोलको गीत केही दिन अघि युट्युबमा सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक गीतमा अशोक कुमार तामाङको शब्द र सूर्य दयालुको संगीत छ । गीतमा संगीत संयोजन रिकेश गुरुङको छ ।

गीतको भिडियोमा मिस्टर एण्ड मिस टिकटक नेपालका बिजेताहरु सम्मान मल्ल श्रेष्ठ र पुनम तिरुवा फिचर्ड छन् । सम्मान र पुनम द जिएमआई एकेडेमी र सही हो इभेन्टद्धारा आयोजित मिस्टर एण्ड मिस टिकटक नेपालका सेकेण्ड रनर अप हुन् ।

जीवन शाही निर्देशित भिडियो दिपेन बस्न्यातले खिचेका हुन् । दिपेनले नै भिडियो सम्पादन गरेका हुन् । मिस्टर एण्ड मिस टिकटकका विजेताहरुलाई आयोजकले म्युजिक भिडियो खेल्ने मौका प्रदान गर्ने प्रतिवद्धता जनाएको हो ।

सेकेण्ड रनर अपद्धयलाई पुरस्कार स्वरुप नै म्युजिक भिडियोमा अवसर प्रदान गरिएको द जिएम आईका प्रवन्ध निर्देशक महेश लामिछानेले जानकारी दिए । निर्देशक शाहीले सम्मान र पुनमले राम्रो काम गरेको बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन

समाचार


काठमाडौं- पूर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९३ बर्षको उमेरमा बिहिबार साँझ काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । मानन्धर २०५८ मा राष्ट्रियसभाको सांसद बनेका थिए । लामो समय देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी राष्ट्रिय उद्योगी व्यवसायी महासंघको अध्यक्ष समेत थिए । स्वर्गिय मानन्धरले नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेका थिए ।

नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक पनि हुन उनी । भारतको साँवरबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए । नेपालमै पहिलो पटक मोजा उद्योग संचालन साथै पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका उनी नेपालको प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् । मानन्धर उद्योगपती, वाम राजनीतिज्ञका साथसाथै भाषासेवी, समाजसेवी र धर्मसेवी समेत थिए ।

 

दिवंगत मानन्धरको शुक्रबार शोभा भगवती स्थित ईन्द्रायणीमा अन्त्येष्टी गरिएको छ । उनको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, उद्योगपती, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थिए । स्वर्गिय मानन्धरको जन्म काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते भएको थियो । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

       

चर्चित गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस

समाचार


काठमाण्डौ - चर्चित गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको उक्त गीतमा चर्चित गायक रेवती घिमिरे र समिक्ष्या अधिकारीले आवाज दिएका छन् । उक्त गीतको भिडियोमा चर्चित कलाकार कुन्जना घिमिरे (सुन्तली) र सागर लम्साल (बले) ले अभिनय गरेका छन् भने गीतलाई संगीत तथा एरेन्ज राजेन्द्र बजगाइले  गरेका हुन् । कमल थापा र गोबिन्द बिकले उक्त गीतको रेकर्डिङ्ग गरेका हुन् भने श्यामश्वेत रसार्इलीले र किरण सुनारले गीतलाई मिक्सिंग गरेका हुन् ।   गीतमा रिदम गितार सन्जिब बराइली, बासुरी रत्न बिक , रिदम भुवन गन्धर्व , कोरस राजेन्द्र बजगाई र सबिन सुबेदी, मुवामा बिमला तामाङ्ग ले साथ दिएका छन् । उक्त गीतको सिनेमेटोग्राफर नवराज उप्रेती रहेका छन् ।  गम्भीर विष्टको डाइरेक्सन तथा कोरियोग्राफ रहेको उक्त गीतमा शुभम भुजेलले सहायक कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन् । उक्त गीतलाई नबिन निरौलाले कलारिंग र सम्पादन गरेका हुन् भने गीतका फोटोग्राफर मनिष पौडेल रहेका छन् । प्रोडक्शन म्यानेजरका रुपमा शम्भु श्रेष्ठ रहेका छन् । प्रिज्मा रेकर्डिङ्ग स्टुडियोमा गीतको रेकर्डिङ्ग गरिएको हो ।

‘द फेस’ को शिर्ष उपाधी प्रीसियस र आयुष्मालाई

समाचार


काठमाडौँ —  ललितपुरको कुपोन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा सम्पन्न ‘द फेस, भोल्यूम-२’ को उपाधि प्रीसियस श्रेष्ठ र आयुष्मा शाहले जितेका छन् । यु क्यान फ्लाई फेसनको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रमुख प्रायोजकमा स्किन सिटि रहेको थियो भने सह-प्रायोजकमा मेक-अप दरबार र ग्रुमिङ पार्टनरमा क्लब फरेनहाइट रहेको प्रतियोगितामा अराउन्ड दि कर्नर, पिज्मा साउन्ड एन्ड लाइट र लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रीट सपोर्टर रहेको थिए । समसाद शाहको डिरेक्सन, स्वीकृति प्याकुरेलको व्यवस्थापन साथै सुजित बस्यालको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा सेजल महर्जन र फिबिका चौलागाईं ‘फस्ट रनर अप’ तथा आर्यन कार्की र प्रीति भट्ट सेकेण्ड रनर अप घोषित भए। विधागततर्फको अवार्डमा कन्फिडेन्ट जयदेश राई र स्नेहा कार्की, पर्सनालिटी साईमोन तामाङ र आयुष्मा शाह, फोटोजेनिक आर्यन कार्की र आयुष्मा अधिकारी, फिजिक् पासाङ तामाङ र प्रीसा जोशी, वाक प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी , इन्फ्लुएन्सर प्रीसियस श्रेष्ठ र साकुरा पुरी, मल्टीमिडिया बबिस पौडेल्र ओजस्वी महर्जन, स्किन प्रीसियस श्रेष्ठ र आयुष्मा अधिकारी घोषित भए । त्यसैगरी पब्लिक चोईस अवार्डका निमित्त ग्लोबल अनलाइन पे मार्फत गरिएको अनलाईन भोटिङमार्फत सर्वाधिक मत प्राप्त गरि प्रीसियस श्रेष्ठ र जिज्ञासा महर्जन पब्लिक चोईस अवार्ड विजेता बन्न सफल रहे ।

मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को अडिसन शनिबार सम्पन्न

समाचार


काठमाडौं। मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ (सिजन – ४) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्र.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२२ को अडिसन काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक ,सोलुखुम्बु ,संखुवासभा,भोजपुर ,ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी अडिसन अन्तरर्गत २० जना भन्दा बढीले सहभागिता जनाएका छन् । पहिलो चरणमा छुटेकाहरुलाई पाँच दिन सम्म समय थपिएको छ । शेर्पा जातिको भाषा,धर्म,कला,सस्कृति,भेषभुषा तथा रितिरिवाजलाई संरक्षण,प्रबर्द्धनको साथै शेर्पा किशोर ,किशोरीहरुमा भएको प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिइन् । यसको ट्यालेन्ट राउण्ड माघ ८ गते फाइनल राउण्ड भने माघ अन्तिम तिर प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

ज्याकलिनको गोप्य तस्बिर बाहिरियो

समाचार


काठमाण्डौ - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् ।  ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’

उनले मिडियालाई आफ्नो बाहिरिएको गोप्य तस्बिर भाइरल नबनाइदिन आग्रह गरेकी छन् । उनले लेखेकी छन्, ‘म मिडियालाई मेरो व्यक्तिगत कुरालाई ध्यान दिएर मेरो व्यक्तिगत तस्बिर भाइरल नबनाइदिन आग्रह गर्छु । तपाईंहरु आफ्नो प्रिय र नजिकको व्यक्तिसँग यस्तो व्यवहार गर्न सक्नुहुन्न ।’ ज्याकलिनको केही समयअगाडि मात्रै ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएको थियो । उनलाई ठगी गरेको आरोपमा सोधपुछ पनि भएको थियो । 

भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

समाचार


काठमाडौं- राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो । विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ । आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँचरचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

पपुवा न्युगिनीमा भूकम्प

समाचार


पपुवा न्यु गिनी- पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आईतबार सोलोमन द्धीपनजिकको समुद्रमा ५ दशमलव ९ म्याग्‍निच्यूडको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएको थियो ।  भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् । 

पपुवा न्यु गिनीमा बारम्बार भूकम्प जाने गर्छ । सन् २०२० को जुलाईमा राजधानी पोर्ट मोर्सवाईमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । तर, भूकम्पबाट कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै, सन् २०१८ को फेब्रुवरीमा उच्च टापुमा ७ दशमलब ५ म्याग्‍निच्यूडको भूकम्प जाँदा १२५ जनाको मृत्यु भएको थियो ।