generalnews
||Power News Asia||

आजको समाचार

अर्जुनले गरे‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा 

समाचार


काठमाण्डौ -जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘डोरी’को घोषणा गरिएको छ । यस् अघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत आफुले राम्रो अनुभव बटुलिसकेका निर्देशक लामाको भने यो डेब्यु चलचित्र हो । उनका अनुसार उनले यस चलचित्रमा सबै नयाँ कलाकारहरु अनुबन्धित गरेका छन ।

चलचित्रमा उनी स्वयम पनि अभिनय गर्ने तयारीमा छन भने उनीसंगै राज पौडेल, सिद्धार्थ सिंह, सरोज लामिछाने, वीरेन्द्र सिंह, श्रवण क्षेत्री, राज थापा, मिलन राई, सौरभ नुतन, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य बांकी कलाकारहरु पनि अडिसनद्वारा छनौटको क्रममा छन ।

यस् चलचित्रमा अभिनय गर्न लाएका कलाकारद्वय सिद्धार्थ र सरोजले भने केही साता अघि नेपालमा नै छांयाकन सम्पन्न भएको बलिउड चलचित्र ‘उचाई’मा समेत कलाकारको रुपमा अभिनय गर्न भ्याईसकेका छन ।

नेपाली सिनेमाको ईतिहासमा नै यस् फिल्मको कस्तो स्वाद शायदै देखिने छ भन्ने कुरामा निर्देशक लामा विश्वस्त छन भने सिनेमाले दर्शकलाई एकै साथमा हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणले भरपुर आनन्द दिलाउने छ’उनले थपे 

शीतल र संजित भेटिए शहरमा

समाचार


काठमाण्डौ – हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । गायक कृष्ण भट्टराईको स्वर रहेको गीतमा बाबुराम राईको शब्द तथा एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा शीतल केसी, संजित भण्डारी, गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मीको अभिनय देख्न सकिन्छ ।

वर्ल्ड वाईड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको गीत काठमाडौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा छायाँकन भएको हो । भिडियोमा हर्कमान वाईवा (रिदम)को छायाङ्कन र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।

नौलो उपचार पद्धती अपनाउदै चाइना हस्पिटल

समाचार


काठमाण्डौ -चाइना हस्पिटल काठमाण्डौले नयाँ शैलीमा २०६५ सालदेखि परम्परागत चाइनिज बिधीद्धारा प्यारालाइसिस,पार्किसन, पत्थरी,पाइल्स फिस्टुला, महिलाहरुको समस्या,हड्डी तथा नशा रोग साथै छाला सम्बन्धी रोगहरु अत्यन्तै सर्बसुलभ दरमा उपचार गर्दै आएको छ । उपचारमा चाइनिज परम्परागत पद्दति साथै स्थानीय जडिबुडिको प्रयोग गर्दै आएको यस अस्पतालले २०७२ सालदेखि निशुल्क तालिम तथा हेल्थ क्याम्प पनि संचालन गर्दै आएको छ। हालसम्ममा अस्पतालले स्याङ्जा, म्याग्दी, सिन्धुपाल्चोकका दुर्गम स्थानहरुमा सेवा पुर्याउदै आएको छ भने गाउँघरमा पाइने स्थानिय जडीबुडीको फाइदा र उपयोगिताबारे पनि सिकाउदै आएको छ ।

यस हस्पिटलले उपलब्ध गराउदै आएको सेवाको कदर गर्दै चीन सरकारले २०७३ सालयता चासो दिई सहकार्य गर्दे आएको हस्पिटल श्रोतले जनाएको छ ।जसमा टिएआई (टिसिएम) हस्पिटल तथा सेकेण्ड ट्रेडिसन मेडिसिनले प्रविधि सहित बिज्ञहरु पठाई मद्धत गर्दै आएको छ ।यस संस्थामा ट्रेनिङ लिन चाहने स्वास्थ्यकर्मीहरुका लागि चाईना नेपाल टिसिएम सेण्टर बसुन्धारामा सम्पर्क गर्न सकिनेछ । जसको सम्पर्क नम्बरहरु 9813112323, 01 -5903088,4955388 वा वेभसाइट बाट ChinahospitalOfnepal.comबाट समेत लगिन गर्न सकिनेछ।

 

यस अस्पतालले हस्पिटलमा निशुल्क सेवा लिन चाहने र दिन चाहनेहरुका लागि सदैव स्वागत गर्ने नीति लिएको छ । धेरैजना मिलेर सहकार्य गर्नसके यसलाई अझै प्रभाबकारी बनाई धेरैभन्दा धेरैलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ । उपचार गर्दै रोजगारीसमेत श्रृजना गर्ने, स्थानिय जडीबुडी हरुको पहिचान र उपभोग गर्ने साथै चीन नेपाल दुबैको परम्परागत उपचार पद्दति पहिचान गरी देशका जनताहरुलाई सेवा प्रदान गर्ने उद्देश्य अस्पतालले बोकेको छ ।

यस अस्पतालले कोरोना महामारीको समयमा पनि जनताको लागि सेवा बढाउन बिभिन्न पुस्तकहरु तयार गरी बितरण समेत गरेको जानकारी अस्पतालका प्रमुखले जानकारी दिएका छन् । हाल यस अस्पताल काठमाण्डौको बसुन्धरा चोकबाट दक्षितर्फ अवस्थित छ।

ग्लोबल कलेज र फ्रक्सजवले जनवरी १४ एचआर कन्क्लेभ गर्ने

समाचार


काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र फ्रक्सजले जनवरी १४, २०२२ मा एचआर कन्क्लेभ गर्ने भएका छन् । सो सम्बन्धमा ग्लोबल कलेज इन्टरनेशनल र फ्रक्सजवबीच आपसी सहकार्य गर्ने बारे सम्झौता भएको छ । जनवरी १४, २०२२ मा एचआर कन्क्लेभ आयोजना गर्न ग्लोबल कलेज इन्टरनेशनलले फ्रक्सजवसँग सम्झौता गरेको हो । ग्लोबल कलेज इन्टरनेशनलका प्राचार्य डा. करणसिं ठगुन्ना र फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताको मुख्य उदेश्य मानव संसाधन व्यवस्थापनमा गुणस्तरीय संस्कृतिको महत्व बुझ्नका लागि एचआर कन्क्लेभ आयोजना गर्नु रहेको छ । जसले संस्थाले कसरी नविन विचारका साथसुधार गरिरहेका छन् भन्ने बुझ्न सहयोग गर्छ । दुई संस्थाबीचको सहकार्यले मानव संसाधनका क्षेत्रमा नेपालको बजारमा उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । जहाँ शिक्षाविद र कर्पोरेटहरु एकैसाथ सहभागी हुनेछन् ।

शिक्षालाइई व्यवहारिक बनाउन पनि दुवै पक्षबाट प्रयास गरिने उल्लेख गरिएको छ । हस्ताक्षर कार्यक्रममा आइक्युएसीका निर्देशक डा. देवराज पनेरु, ग्लोबल कलेजका ग्रयाजुएट स्टडिन र सेन्टर फर प्रोफेसनल डेभलपमेन्टका निर्देशक डा. अक्षय अरोरा, फ्रक्सजवका बिजनेश कोअर्डिनेटर सुशील सहभागी थिए । विद्यार्थीका लागि नेपालका मात्र नभई अन्तर्राष्ट्रियस्तरका स्रोत उपलब्ध गराउने प्रतिवद्धता कलेजले गरेको प्रिन्सिपल डा. ठगुन्नाले बताए ।

यसबाट विद्यार्थीले धेरै भन्दा धेरै फाइदा लिन सक्ने कलेजको प्रक्षेपण छ । फ्रक्सजवका म्यानेजिङ डाइरेक्टर बिमल कँडेलले सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित मात्र नगरि महामारीको यस समयमा तालिमको उपयोगितालाई पनि प्रवद्र्धन गर्ने बताए ।

 

नेपाल एयर होस्टेज एकेडेमीलाई एमएसएन एक्सिलेन्स अवार्ड २०२१

समाचार


दुवई, मोडल सङ्स नेपालको आयोजनामा दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । नेपाल लगायत दुवइमा रहेर विभिन्न पेशा तथा रोजगारीमा सफलता प्राप्त गरेका व्यक्ति तथा सस्था साथै सामाजिक क्षेत्रमा योगदान पु¥याएकाहरु लाई अवार्ड प्रदान गरिएको थियो । उत्त अवसरमा नेपालमा एभिएसनको क्षेत्रमा विगत १० वर्ष देखि निरन्तररुपमा एयर होस्टेजको तालिम प्रदान गर्दै आएको सस्था नेपाल एयरहोस्टेज एकाडेमीलाई पनि नेपालकै उत्कृष्ट एयरहोस्टेज तालिम सेन्टर एमएसएन एक्सिलेन्स अवार्ड २०२१ अवार्ड घोषणा गरिएको थियो । विशेष कारणबस दुवइको कार्यक्रममा उपस्थित हुन नसेपछि उक्त अवार्ड आयोजक सस्थाका अध्यक्ष डेभिल सिंह राजपुतले नेपाल एयर होस्टेज एकाडेमीका निर्देशक रेजिना तुलाधर र प्रशिक्षक गौरीकला थापालाई नेपालमा नै उक्त अवार्ड प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रम एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यता सम्पर्न भएको थियो भने ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुत्र्दाह बकर विषेश उपस्थिति रहेको थियो । कार्यक्रम माझ संचार उद्यम तर्फ कर्पोरेट मिडिया नेटवर्कका अध्यक्ष उज्जल जंग पराक्रम शाह, समाजसेवा तर्फ रोटरी क्लब अफ कपन २०२०,२०२१ का प्रेसिडेण्टर समाजसेवी शिवहरि खनाल, गायन तर्फ रक सिंगर बिनोद ढकाल, मोफसल पत्रकारिता तर्फ हिमालय टेलिभिजनका पत्रकार बिष्णु गौतम, सामाजिक अभियान तर्फ बिर्ता जेसिसका राजेश बहादुर धिमाल, सौन्दर्यशास्त्रका विभिन्न विधा तर्फ व्युटीसियनहरु रेखा शाह एमएसएन एक्सिलेन्स अवार्ड २०२१ बाट विभुषित भएका थिए । त्यसैगरि, कार्यक्रमका बिशेष अतिथी शेख नासिर मुत्र्दाह बकरले नेपालबाट दुबईमा आई कार्यक्रम आयोजना गरेकामा आयोजकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिक बीचमा सुमधुर सम्बन्ध कायम राख्न सघाउ पुग्ने तथा व्यवसायिक वातावरणमा नयाँ आयाम थप्ने उल्लेख गरे ।

कृष्ण र समीक्षाको ‘चोलीको तुना’ सार्वजनिक

समाचार


काठमाण्डौ – गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ ।  गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् ।  हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी देखिएका छन् । हुन त गायक कृष्ण  काफ्लेका  थुप्रै गीतहरू हिट छन् । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् । कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ । यसो त गायिका समीक्षा पनि अहिलेकी चल्ती गायिका हुन् । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनको प्राय गीतहरू हिट छन् ।

मनास्लु वर्ल्ड कलेजले मन्त्री बोलाएर सुनायो प्रगति विवरण

समाचार


 काठमाडौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले आज बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गरेका थिए । मन्त्री खतिवडाले विद्यार्थीलाई पढ्न उत्प्रेरित गरेका थिए । उनले आफ्नो वाल्यकालको बारेमा पनि जानकारी गराउँदै कलेजको उच्च प्रशंसा गरेका थिए । ‘मनास्लु कलेजले गरेको प्रगतिबारे म खुशी छु, दोस्रो वर्षमा नै यति धेरै विद्यार्थीलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई दिन्छु’ उनले भने ‘ कलेज व्यवस्थापन र कलेज सञ्चालकको मिहनेत र उत्साहका कारण नै कलेजले यो सफलता हात पारेको हुन सक्छ ।’ मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन पनि सबैलाई आग्रह गरे । ‘पौष ४ गतेबाट प्रत्येक स्कुल कलेजका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदैछ, सबैलाई जानकारी दिनुहोला’ उनले विद्यार्थीसँग आग्रह गर्दै भने ‘ अन्य स्थानमा बोलाउँदा कतिपय अवस्थामा मानिसहरु सहभागी नहुन सक्छन् त्यसैले पनि विद्यालय र क्याम्पसमै खोप लगाउने योजना बनाएका हौं ।’

कार्यक्रममा नेशनल प्याव्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही, पत्रकार जीवराम भण्डारी, गायक धिरज राईका साथै तेक्वान्दोमा स्वर्ण पदक विजेता पलेसा गोवद्र्धनलाई मन्त्री खतिवडाले सम्मान गरेका थिए । कलेजका अध्यक्ष गेन्द्र लामाले उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए । उनले विभिन्न कलाकारको प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको जनाए । ‘ हामी शैक्षिक रुपमा त अग्रणी भूमिकामा नै थियौं तर त्यसको अतिरिक्त विभिन्न प्रकारका गुणात्मक र सीपमूलक काममा पनि सक्रिय छौं भन्ने पुष्टि भएको छ’ अध्यक्ष लामाले भने ‘ विद्यार्थी, अभिभावक र क्याम्पस सञ्चालकको प्रभावकारी भूमिकाका कारण नै हामी सफल भएका छौं र अझै अघि बढ्छौं ।’ नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति रहेको थियो । राइले सोइ ढोले सोई, अर्को ढोले खोईसहितका अन्य गित गाएर कार्यक्रममा रौनकता थपेका थिए ।

‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । स्नातकसम्म अध्यापन गराइने कलेजले ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा कक्षा सञ्चालन गर्दै आएको छ । स्नातक तहमा अर्को वर्षदेखि बीएस्डब्लुको पनि कक्षा सञ्चालन गर्ने तयारी भएको क्याम्पसले जनाएको छ । प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए । ‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।’ प्रिन्सिपल श्रेष्ठले गत वर्ष ५ सय जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पसमा अहिले १२ सय विद्यार्थी पुग्नु पनि राम्रो सफलता भएको बताए । क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।

पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन मनास्लु वर्ल्ड कलेजबाट सम्मानित 

समाचार


 

मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई बिहीबार सम्मान गरेको छ । पलेसाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएको भन्दै खेलकुद क्षेत्रबाट पलेसालाई सम्मान गरेको हो ।टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । पलेसा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कांस्य विजेता पनि हुन् ।कार्यक्रममा  तेक्वान्दोमा स्वर्ण पदक विजेता पलेसा सहित नेशनल प्याव्सनका निवर्तमान अध्यक्ष कर्णबहादुर शाही, पत्रकार जीवराम भण्डारी, गायक धिरज राईलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सम्मान गरेका थिए । 


काठमाडौंको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले आज बिहीबार नव आगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीहस्को सम्मानमा आयोजित विदाई समारोहमा उनीहरु सम्मानित भएका हुन् । विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा  मन्त्री खतिवडाले विद्यार्थीलाई पढ्न उत्प्रेरित गर्दै आफ्नो वाल्यकालको स्मरण गर्नुका साथै कलेजको उच्च प्रशंसा गरेका थिए । ‘मनास्लु कलेजले गरेको प्रगतिबारे म खुशी छु, दोस्रो वर्षमा नै यति धेरै विद्यार्थीलाई पढाउन सफल भएकोमा क्याम्पसलाई बधाई दिन्छु’ उनले भने ‘ कलेज व्यवस्थापन र कलेज सञ्चालकको मिहनेत र उत्साहका कारण नै कलेजले यो सफलता हात पारेको हुन सक्छ ।’ मन्त्री खतिवडाले कोरोनाको त्रास अझै कायम रहेकाले संयमित हुन पनि सबैलाई आग्रह गरे । ‘पौष ४ गतेबाट प्रत्येक स्कुल कलेजका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदैछ, सबैलाई जानकारी दिनुहोला’ उनले विद्यार्थीसँग आग्रह गर्दै भने ‘ अन्य स्थानमा बोलाउँदा कतिपय अवस्थामा मानिसहरु सहभागी नहुन सक्छन् त्यसैले पनि विद्यालय र क्याम्पसमै खोप लगाउने योजना बनाएका हौं ।’


कलेजका अध्यक्ष गेन्द्र लामाले उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको बताए । उनले विभिन्न कलाकारको प्रस्तुतिले कार्यक्रममा रौनकता थपिएको जनाए । ‘ हामी शैक्षिक रुपमा त अग्रणी भूमिकामा नै थियौं तर त्यसको अतिरिक्त विभिन्न प्रकारका गुणात्मक र सीपमूलक काममा पनि सक्रिय छौं भन्ने पुष्टि भएको छ’ अध्यक्ष लामाले भने ‘ विद्यार्थी, अभिभावक र क्याम्पस सञ्चालकको प्रभावकारी भूमिकाका कारण नै हामी सफल भएका छौं र अझै अघि बढ्छौं ।’ 


नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे ‘माग्नेबुढा’, सितादेवी तिमल्सिना, गायक धिरज राई, कलाकार सुजन मार्फालगायतका कलाकारहरुले विशेष प्रस्तुति रहेको थियो । राइले सोइ ढोले सोई, अर्को ढोले खोईसहितका अन्य गित गाएर कार्यक्रममा रौनकता थपेका थिए । ‘अ होम फर फ्युचर्स लिडर’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको क्याम्पसले सस्तो र सुलभ दरमा विद्यार्थीलाई गुणस्तरीय सेवा दिँदै आएको छ । स्नातकसम्म अध्यापन गराइने कलेजले ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुनमा कक्षा सञ्चालन गर्दै आएको छ । स्नातक तहमा अर्को वर्षदेखि बीएस्डब्लुको पनि कक्षा सञ्चालन गर्ने तयारी भएको क्याम्पसले जनाएको छ । 


प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो क्याम्पस अरु क्याम्पसको तुलनामा हरेक ढंगले उत्कृष्ट रहेको जनाए । ‘विद्यार्थीलाई चाहिने उपयुक्त शैक्षिक वातावरणका साथै भौतिक पूर्वाधार निर्माणमा पनि विशेष चासो देखाएका छौं’ प्रिन्सिपल श्रेष्ठले भने ‘ दक्ष र प्राज्ञिक व्यक्तिको सहभागितामा क्याम्पस सञ्चालन गरिएकाले पनि हामी बेग्लै पहिचान बनाउन सफल भएका छौं ।’ प्रिन्सिपल श्रेष्ठले गत वर्ष ५ सय जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पसमा अहिले १२ सय विद्यार्थी पुग्नु पनि राम्रो सफलता भएको बताए ।
क्याम्पसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै आएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय जगतमा पनि प्रतिष्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्ने हाम्रो लक्ष्य हो’ क्याम्पस अध्यक्ष लामाले भने ‘ विद्यार्थीलाई पढाइका अतिरिक्त विभिन्न प्रकारका अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराएका छौं, यो पनि सकारात्मक पक्ष हो ।’ पछिल्लो समयमा क्याम्पसमा विद्यार्थीको आकर्षण बढ्दै गरेको प्रिन्सिपल श्रेष्ठले जनाएका छन् ।
 

कसरी हुन्छ एनआरएनएको वर्तमान विवादको समाधान ? एनआरएनएका सचिव आरके शर्मासँगको कुराकानी (भिडियोसहित)

समाचार


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन समयमा गर्न नसकेपछी बर्तमान नेतृत्व बिबादमा मुछिएको छ भने सँस्थाको भविस्य नै संकटमा परेको छ । यसै संकटको अवस्थामा प्रतिनिधिसम्बन्धी विवाद सर्वसम्मतिका आधारमा समाधान गर्नका लागि अध्यक्ष कुमार पन्तले बुधवार मात्रै चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेका छन ।

उक्त समितिमा संघका सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, सचिव गौरीराज जोशी र प्रवक्ता डिबि क्षेत्री रहेको बताईए पनि यो विवादमै छ ।


अध्यक्ष पन्तद्वारा बुधबार जारी गरिएको वक्तव्यमा संघभित्र देखिएको बिषम परिस्थितिको सर्वसम्मत समाधान खोज्न प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु र आइसीसी सदस्यहरुसँग सल्लाह जारी राखेको उल्लेख समेत गरेका छन । पन्तले संवाद र सहमतिका लागि समिति गठन गरेको समेत जनाए पनि यसमा धेरै गैरआवासीय नेपालीहरुले बिश्वाश गरेका छैनन ।

यसैबीच बुधबार नै निर्वाचन समितिले समेत एक सूचना प्रकाशित गरी निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्णरुपमा प्राप्त नभैसकेकाले यस अघि प्रकाशित गरिएका निर्वाचन पकृयाका सबै कार्यतालिका स्थगन गरिएको समेत जनाएको छ ।

यसै परिप्रेक्ष्यमा एनआरएनएका आईसिसि सचिव एबं आगामी १० औं अधिवेशनका लागी उपाध्यक्ष पदका उम्मेदवार आरके शर्माले अबको बिकल्प सहमती नै भएकाले सबै गैरआवासीय नेपालीहरुले ईगोको लडाई नलडि संस्था जोगाउन लाग्नुपर्ने बताएका छन ।

सचिव शर्मासँग हालको विवाद समाधान गर्न गरिएको कुराकानी (भिडियोसहित)

https://youtu.be/kHBvTbhLgNk

 

मिस्टर एण्ड मिस प्यासिफिक लुम्बिनीको उपाधि हिमांशु र एलिसालाई

समाचार


बुटवल । मिस्टर एण्ड मिस प्यासिफिक लुम्बिनी–२०२१ को उपाधि नवलपरासीका हिमांशु अग्रहरी र बर्दियाकी एलिसा थापाले जितेका छन् । पि प्रोडक्शनको आयोजनामा सम्पन्न प्रतियोगिताको शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुतिमार्फत उनीहरु दुबै विजेत बनेका हुन् ।  लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै ग्राण्ड फिनालेमा मिस्टरतर्फ ५६जनाले प्रतिष्पर्धा गरेका थिए भने मिसतर्फ ७ जनाले प्रतिष्पर्धा गरेका थिए । उपािधसँगै दुबै जनाले पुरस्कार,विभिन्न गिफ्ट ह्याम्परसहित अवसरहरु प्राप्त गरेको आयोजक पि प्रोडक्शन सञ्चालक तथा कोरियोग्राफर प्रशान्त शाहले बताए । त्यसैगरी प्रतियोगितामा मिस्टरतर्फ श्यामबाबुु शाहले फ्रस्ट रनर अपको उपाधि जिते भने मिसतर्फ एलिजा थारुले जितिन् । सोनु बानियाले मिस्टरतर्फ भ्यूअर्स च्वाइसको उपाधि जिते भने सिर्जना मगरले मिसतर्फ भ्यूअर्स च्वाइसको उपाधि जितिन् ।

रुपन्देहीको तिलोत्तमामा सम्पन्न ग्राण्ड फिनालेमा नवलपरासीकी सुजु पाण्डेले ब्यूटी विद प्रपोज र अर्घाखाँचीकी सन्ध्या क्षेत्रीले अर्गनाइजर च्वाइसको उपाधि प्राप्त गरेका छन् ।  ग्राण्ड फिनालेमा मिस्टरतर्फका हिमांशु अग्रहरीले मिस्टर ट्यालेण्ट, सागर केसीले बेष्ट वाल्कको उपाधि प्राप्त गरेका छन् भने मिसतर्फ एलिना थारुले मिस डिसिप्लिन उपाधि प्राप्त गरेकी छन् । त्यसैगरी मिस्टर र मिस मल्टिमिडियाको उपाधि क्रमशः श्यामबाबु शाह र स्नेहा नेपालीले प्राप्त गरेका आयोजक आनन्द भुर्तेलले बताए । प्रतियोगिताको ग्राण्ड फिनालेमा मिस नेपाल अर्थ–२०२० प्रिया श्रेष्ठ, नेपालकै चर्चित कोरियोग्राफर सुजित बस्याल,चर्चित तथा सिनियर कोरियोग्राफर रेशम न्यौपाने,मिस वल्र्ड वाइड मिस नेपाल –२०२० तथा मिस ग्ल्यामर लुक नेपाल –२०२१ सन्ध्या श्रेष्ठले मुख्य निर्णायकको भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी फेशन डिजाइनर गोमा तिवारी,फेशन डिजाइनर आरुप क्षेत्री, इभेण्ट अर्गनाइजर पवन आचार्य,मोडल साहिर केसीले निर्णायकको भूमिकामा रहेका थिए । एक महिनादेखि सञ्चालित प्रतियोगितामा विभिन्न प्रशिक्षणहरु भएको आयोजक पि प्रोडक्शनका प्रशान्त शाहले बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ–संस्थाहरुलाई प्रतियोगिताका निर्देशक सागर चापागाइँले सम्मान प्रदान गरेका थिए । विभिन्न चरणसहित सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेको सञ्चालन युवा उद्घोषक सुदिप ढकालले गरेका थिए ।