generalnews
||Power News Asia||

आजको समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार विद्यार्थीले ल्याए ‘ए प्लस’ जीपीए

समाचार


 काठमाडौं -  कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा  सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ जीपीए ल्याएका छन् । तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ जीपीए ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ । बोर्डले एक जना परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ११ हजार ४९० जनाको परीक्षाफल स्थगित गरेको जनाएको छ । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नभएका परीक्षार्थीहरुको सम्बन्धित विषयको परीक्षाफल स्थगित गरिएको बोर्डले जानकारी दिएको छ ।

आंशिकतर्फ ३१ हजार ५५ सहभागीमध्ये ८१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २५ हजार २८८ जना उत्तीर्ण भएका छन् । त्यस्तैगरी ग्रेड वृद्धितर्फ ९१ ह्जार ९०० सहभागी मध्ये दुई हजार ८८२ परीक्षार्थीको परीक्षा स्थगित गरिएको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

नतिजा टेलिकमको वेवसाइटबाट हेर्न सकिनेछ ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक

समाचार


चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।

सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’

 

 

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान

समाचार


नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका अध्यक्ष हरिमाया गुरुङ, गोरखा सांस्कृतिक समाजकी उपाध्यक्ष रञ्जिता गुरुङ, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सिताराम पोखरेल, निर्देशक प्रकाश भट्ट, गायिका मुना थापा, गायिका देवी घर्ती लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रममा गायिकाहरु टीका प्रसाईं, सिर्जना कार्की, रुचि घिमिरे, सहिमा श्रेष्ठ, सीता केसी, लक्ष्मी आचार्य, सुनितामी परियार, अमृता श्रीपाल, गीता देवी, अन्जु गौतम, सिर्जु अधिकारी, बानिका प्रधान, रिता केसी, गायकहरु चिरञ्जीवी भण्डारी, अर्जुन सापकोटा, रविन लामिछाने, शिव संगीत, हरिराम परियार, विक्रम परियार, मौसम गुरुङ, ध्रव विस्को, शिरीष देवकोटा, सरोज कोइराला, दिपसागर थापा, सन्तु थापा, पवन राना, तुलसी पराजुली, नवीन कार्की, कौशलराज खड्का, संगीतकारहरु राम सिटौला, बादल घिमिरे, अमृत खाती, विपिन आचार्य, डेनी निरौला, ज्योतिप्रकाश, गीतकारहरु रमेश दाहाल, महेश आचार्य, पारसमणी बराल, एचके धिताल, नूतन भूसाल, मन्दिरा ढुंगेल, प्रकाश पुञ्ज, नवराज भट्टराई, लोकराज अधिकारी, मोडलहरु रमेश थापा, एलिना रायमाझी, सुशीला थापा, शिशिर पौडेल, गौतम खाती, सनम कठायत, दिपेन्द्र सोनाम, अनिता गिरी, निर्देशकहरु दीप गुरुङ, विना श्रेष्ठ, निशान बानियाँ, चित्र मास्की, पुरन थापा, प्रकाश धिताल, विज्ञान राई, राजीव बलामी लगायत दुई सयभन्दा बढी कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिनेता गजित विष्ट, मोडल नारायण ढकाल, साहित्यकार, गीतकार कमला रिसाल, संगीतकार गायक दिलिप केसी, गायिका लक्ष्मी पुरी प्रधान र गायिका कल्पना काफ्लेलाई विशेष सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्डको बारेमा प्रष्ट पारेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनालले गीतसंगीतको क्षेत्रमा लागेका कलाकारहरुप्रति साधुवाद प्रकट गर्दै संगीत क्षेत्रको विकास र प्रबद्र्धनमा लाग्न म्यूजिक खबर अवार्डले प्रेरित गरेका बताए । त्यसैगरी प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सम्पूर्ण कलाकारहरुको सम्मानमा सहभागी हुन पाएकोमा गौरवान्वित भएको भन्दै खुशी प्रकट गरे । सम्पूर्ण मनोनयनमा परेका कलाकारलाई बधाई तथा शुभकामना दिँदै पूर्वमन्त्री ढकालले म्यूजिक खबरले आयोजना कलाकारको सम्मान कार्यक्रममा आफू सदैव साथ र सहयोग दिने बताए । कार्यक्रम आगामी पौष ११ गते काठमाडौंमा सम्पन्न हुनेछ ।

गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित

समाचार


काठमाडौं - गायक मोहन राई ‘दुखुन’नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ । कलाकारिता क्षेत्रमार्फत लोकतन्त्रको प्रवद्र्धन र सम्बद्र्धन साथै नेपाली सांस्कृतिक क्षेत्रको उत्थानमा क्रियाशील रहेको जनाउँदै संघका अध्यक्ष तीर्थ थापाले राईलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद ७ दफा २ (च) बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरिएको अध्यक्ष थापाले जनाउनुभयो । राईलाई अध्यक्ष थापा र कार्यबाहक सभापति जनार्दन आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । संघको पत्र बुझ्दै राईले सांस्कृतिक क्षेत्रको उत्थान साथै कांग्रेसको गरिमालाई जोगाउन संघमार्फत सक्दो भूमिका निर्वाह गर्ने र भविष्यमा थप जिम्मेवारी थपिए इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चा कमाउनु भएका गायक राई राष्ट्रिय भाव र मायाप्रेमका गीतहरू गाउँदै आउनुभएको छ । इलामको रोङ गाउँपालिका निवासी राईका ‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसक्नु भएको छ । उहाँले आफ्नो एल्बम ‘कस्तो सपना’को शीतल निवासमै एक भब्य समारोहबीच नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवबाट २०७१ सालमा विमोचनसमेत गराउनुभएको थियो । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय पदकबाट पनि विभूषित हुनुभएको छ । 
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलिया, मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मालगायतले रचना गरेका गीतहरूमा मोहनले स्वर भर्नुभएको छ ।

तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा

समाचार


काठमाडौं – ग्लोबल कलेज इन्टरनेशनलले तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ग्लोबल कलेज इन्टरनेशनलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल इन्स्टिच्युट फर पॉलिसी रिसर्च एण्ड डेभलपमेन्ट र अन्य मिडिया र करियर पार्टनरसँगको सहकार्यमा यहि डिसेम्बर ११ मा सम्मेलन आयोजना गर्न लागेको हो ।

कलेजले सम्मेलनको बारेमा जानकारी प्रदान गर्नको लागि सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।

सम्मेलनका संयोजक रहेका ग्लोबल कलेज इन्टरनेशनलका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले सम्मेलनको मुख्य विषयवस्तुमा प्रकाश पारेका थिए । सो अवसरमा प्रिन्सिपल ठगुन्नाले तेश्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलनको अन्तिम तयारी बारे आवश्यक जानकारी गराउने उदेश्यका साथ प्रेस मिट कार्यक्रम गरेको जानकारी दिए ।

डा. ठगुन्नाले ‘विश्वव्यापी प्रवृत्ति र व्यवस्थापनमा अनुसन्धान’ बारेमा सम्मेलन केन्द्रित रहने बताउदै सम्मेलनको उदेश्य ज्ञान प्रदान गर्नु रहेको बताए । सम्मेलनमा व्यवस्थापनका ७ वटा विभिन्न विषयवस्तु र धाराहरुसँग सम्बन्धित नयाँ बहस, छलफल र प्रवचन हुने पनि उनले जानकारी दिए । जिआईसी-२०२१ कोभिड–१९ को बीचमा व्यवस्थापन शिक्षा र अनुसन्धानको क्षेत्रमा देखा परेका धेरै चुनौती र अवसरहरू बारे बहस राव छलफल हुने पनि उनले सहभागीहरूलाई जानकारी गराए ।

त्यसैगरि तेस्रो ग्लोबल इन्टरनेशनल कन्फरेन्सका संयोजक तथा ग्लोबल कलेज इन्टरनेशनलका आईक्यूएसी निर्देशक डा. देवराज पनेरुले तेस्रो जीआईसीले ग्लोबल कलेज इन्टरनेशनलको भिजन क्याप्चर गरेको र यसले अनुसन्धान र नवप्रवर्तनको माध्यमबाट पाठ्यक्रमलाई कर्पोरेटसँग जोड्ने बताए। त्यस्तै, तेस्रो विश्व अन्तर्राष्ट्रिय सम्मेलनलाई नेपालमा शासनका नीतिगत तहका प्रतिष्ठित नेतृत्व, सरोकारवाला, अन्तर्राष्ट्रिय पेशाकर्मी र प्राध्यापकहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले उल्लेख गरे ।

डा. पनेरुले ग्लोबल इन्टरनेशनल कन्फरेन्सको यो तेस्रो संस्करणमा थपिएका नयाँ कोसेढुङ्गाहरूबारे थप जानकारी दिदै ग्लोबल कलेजले विश्वका विभिन्न भागहरूमा रहेका १६ विभिन्न विश्वविद्यालयहरूबाट १६ अन्तर्राष्ट्रिय प्राध्यापकहरूलाई आमन्त्रण गरेको जनाए । उनले प्रख्यात वक्ताहरूले वित्त, आईटी, उद्यमशीलता, मार्केटिङ, साना तथा मझौला व्यवसायको व्यवस्थापनमा र कोभिड–१९ महामारीले थपेका चुनौती आदी महत्वपूर्ण बिषयमा प्रकाश पार्ने खुलाए ।

साथै उनले एक अद्वितीय विशेषताको रूपमा, ग्लोबल इन्टरनेशनल कन्फरेन्सको तेस्रो संस्करणले वित्तीय र बैंक क्षेत्रबाट विशेष रूपमा आमन्त्रित विशेषज्ञ र नीति वक्ताहरूले सम्बोधन गर्ने सम्मेलनको अन्तिम सत्रको रूपमा प्यानल छलफल कार्यक्रम राखिएको पनि स्पष्ट पारे ।प्यानल छलफलको अध्यक्षता नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलले गर्नेछन् । ६ जना प्रबुद्ध अतिथिहरूले वक्ताका रुपमा दिगो विकासका लागि वित्तीय व्यवस्थापन र पारदर्शिता (नेपाल) बिषयमा बोल्ने छन् ।

डा. देवराज पनेरुले (शनिबार) ११ डिसेम्बर २०२१ मा भर्चुअल मोडमा तेस्रो विश्वव्यापी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आमन्त्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूका १००० भन्दा बढी प्रतिनिधि, अनुसन्धानकर्ता, संकाय, विद्यार्थी, कर्पोरेट नेताहरू, विशेषज्ञहरू र वक्ताहरू रहने बताए । सम्मेलन कार्यक्रम ग्लोबल कलेज इन्टरनेशनलका अध्यक्ष समेत रहेका प्रा. पुष्कर बज्राचारीको अध्यक्षतामा हुने पनि जानकारी दिईयो ।

कलेजका प्रिन्सिपल करण सिंह ठगुन्नाले पत्रकार सम्मेलन माझ उठेका जिज्ञासा उपर प्रतिकृया दिदै ग्लोबल इन्टरनेशनल कलेजले समय सापेक्ष रुपमा आफना विद्यार्थी, नेपाली समाज र सिंगो राष्ट्रलाई व्यवस्थापन, वित्त, अनुसन्धान आदी बारे नविनतम ज्ञान बाड्न सफल हुने विश्वास व्यक्त गरेका थिए ।

संजित भण्डारीद्धारा अभिनित चलचित्र आँधितुफान २का गीतहरुको छायाँकन गोवामा सम्पन्न

समाचार


काठमाण्डौ - एक्सन प्रधान नेपाली कथानक चलचित्र ‘आँधी तुफान -२’ को दुईवटा गीतको छायांकन सकेर शुटिङ युनिट नेपाल फर्किएको छ । केही महिना अघि मात्र नेपालमा शुटिङ सम्पन्न गरी चलचित्रको टिम गोवा पुगेको र सम्पूर्ण कार्य सकेर फर्किएको जानकारी चलचित्रका निर्माता तथा लेखक मौनता श्रेष्ठले जानकारी गराउनु भयो ।

चलचित्रको टाइटल गीतमा सिवानी मोक्तानको स्वर रहेको छ भने संगीत सुरेश अधिकारीको रहेको छ । त्यस्तै अर्को गीतमा ओम सुनारको संगीत, दिपेन्द्र खड्का शब्द तथा संगीत रहेको छ । गीतमा नृत्य निर्देशन भने अबी वाग्लेको रहेको छ भने अभिनय सन्जित भण्डारी, सोनी बिसी, यङ्शु श्रेष्ठ र आरती आचार्यको रहेको छ । हाल बनिरहेको चलचित्र डेढ दशक अघि व्यावसायिक रूपमा सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेल हो ।

चलचित्रलाई निर्देशक मदन घिमिरेले निर्देशन गरिरहेका छन भने चलचित्रमा सञ्जीत भण्डारी, सञ्जय खतिवडा, आरती आचार्य, रिचा थापा, पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल लगायतको अभिनय रहने छ । चक्र घर्ती निर्माता रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, प्रेम चुल्ठेको द्वन्‍द, कमल राईको नृत्य निर्देशन तथा रामशरण उप्रेतीको छायांकन रहनेछ ।

तेश्रो एपिक नेपाल म्युजिक अवार्डको भव्य रुपमा सम्पन्न

समाचार


भक्तपुर- भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सहकार्य गरेको तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न भएको छ । भक्तपुरको बोडेस्थित कुमारी मन्दिर परिसरमा शनिबार सम्पन्न अवार्ड गीतसंगीतका ३२ विधासहित विभिन्न ४० वटा अवार्ड तथा सम्मान प्रदान गरियो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाली चलचित्र तथा गीतसंगीतको क्षेत्रका वरिष्ठ कलाकारहरू पनि अतिथिको रुपमा उपस्थिति थियो । प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले मध्यपुर थिमीभित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्देश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए । साथै आगामी दिनमा सहकार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अवार्ड आयोजक संस्था एपिक नेपाल म्युजिक प्रालिकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमी नगरपालिका सहकार्य गर्न पाउँदा खुशी लागेको र नगरप्रमुखले नेपाली कला क्षेत्रप्रति देखाएको चासो र सद्भावका लागि धन्यवाद दिनुभयो । समारोहमा वरिष्ठ हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई १ लाख १ हजार रुपैयाँको राशिसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । महजोडी भने समारोहमा अनुपस्थित हुनुहुन्थ्यो । साथै लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका पत्रकार जीवन पराजुलीलाई नगद २१ हजार रुपैयाँको राशिसहित मनोरञ्जन पत्रकारिता सम्मान प्रदान गरियो ।

तेस्रो एपिक नेपाल म्युजिक अवार्डका लागि निर्णायकमा गायक तथा सर्जक कन्तुप पन्त, पत्रकार तथा निर्देशक सुव्रतराज आचार्य र म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेय रहनुभएको थियो । ३२ विधाकै उत्कृष्ट पाँचमा रहेकाहरूको भिडियो प्रोमोमा पत्रकार गोपिकृष्ण चापागाईंले ‘भ्वाइस’ दिनुभएको थियो भने कार्यक्रम दिनेश डिसीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, नायक धिरेन शाक्य, कलाकार पल्पसा डंगोललगायतको उपस्थिति थियो ।

अवार्ड पाउनेहरूमा लोकदोहोरी गायकमा खेम सेञ्चुरीले झ्यालमा पर्दा छ बाट, लोकदोहोरी गायिकामा टीका पुनले भाग्यमै छौबाट, लोकदोहोरी शब्दमा नेत्र अर्यालले झ्यालमा पर्दा छ बाटै, लोकदोहोरी लयमा श्रीकृष्ण बम मल्लले डाँडा घरे साइलीबाट, लोकदोहोरी मोडल पुरुषमा बिपेश घिमिरेले माइलीबाट, लोकदोहोरी मोडल महिलामा सारिका केसीले लाहुरबाट, लोकदोहोरी नवमोडल पुरुषतर्फ सुरज श्रेष्ठले ओई गन गन-२ बाट, लोकदोहोरी नव मोडल महिलातर्फ चौका दाउ, लोकदोहोरी नवगायकमा अलिफखानले झुम्के बुलाकीबाट, लोकदोहोरी नवगायीकामा सोनिया डिसीले नसालु मायाबाट रहनु भएको छ ।

यस्तै लोकदोहोरी भिडियो नृत्य निर्देशकतर्फ काजिस श्रेष्ठले सूर्ती माड्दै माड्दैबाट, लोकदोहोरी भिडियो निर्देशकतर्फ रविन शाहले बाँचे कमाउलाबाट, आधुनिक गायकतर्फ प्रेम सेञ्चुरीले जीवनयहाँ यस्तै छ बाट, आधुनिक गायिकामा मेलिना राईले कहाँहोला मेरो मायालुबाट, आधुनिक गीतकारमा भोजराज पाण्डेले आँधि हुरीबाट, आधुनिक संगीतकारमा केशव सापकोटाले तिम्लाई माया गर्ने मुटुबाट, आधुनिक मोडल पुरुषतर्फ पल शाहले फुलबुट्टे सारीबाट, आधुनिक मोडल महिलातर्फ सिल्पा पोखरेलले ए जिन्दगीबाट, आधुनिक नवमोडल पुरुषतर्फ विजय पुनले पथ्थरको मुटुबाट, आधुनिक नवमोडल महिलातर्फ प्राची लामाले तिमीयति राम्री किनबाट, आधुनिक नवगायकमा देवेन्द्र बब्लुले मायालुबाट, आधुनिक नवगायीकातर्फ एलिना चौहानले धोकेवाजबाट रहनु भएको छ ।

यस्तै आधुनिक भिडियो निर्देशकतर्फ विक्रम चौहानले भूपू माया-४ बाट, नवनिर्देशकतर्फ साहिल खानले एक्लै हुँदा परदेशमाबाट, संगीत संयोजनमा विश्वास नेपालले झल्को आम्च काबाट, भिडियो सम्पादकमा मिन रावलले चोटबाट, भिडियो छायांकारमा नवराज उप्रेतीले फुटेका चुराबाट, काँठे भाका गायकतर्फ रामशरण आले मगरले घैया मकैबाट, काँठे भाका गायिकातर्फ शारदा रसाइलीले खेतको आलिबाट, देउडा गायकमा ध्वज महराले धनगढी बजारबाट, देउडा गायिकातर्फ रेखा जोसीले नबड्याकी ठ्याउकीबाट, नेपालभाषा गायकमा हरि सुन्दर श्रेष्ठले भगवान खामबाबाट, नेपालभाषा गायिकामा कल्पना श्रेष्ठले छँगुःला स्वःगचु मिखाबाट, आधुनिक पपुलर मोडलमा दुर्गेश थापाले तिमियति राम्रि किनबाट, गायीका जुरिबाट सरिता डाँगीले मेरो हजुरबाट, भिडियो छायांकार (इन्करेजमेन्ट)तर्फ नमराज घिमिरेले लाइदेउ मायाबाट र नृत्य निर्देशक (जुरी_तर्फ प्रबिन थापाले मदानिमा नेति गीतबाट अवार्ड हात पार्नुभयो ।

एक्लो प्रयासमा झण्डै १५ सय बढी  ब्लड युनिट संकलन गरेकी स्वेता

समाचार


काठमाण्डौ– समाजसेवी स्वेता श्रेष्ठले लामो समय देखी स्वेता ब्लड डोनेसन क्याम्पेनिङ सञ्चालन गरिरहेकी छिन् । विश्व भरि कोरोनाको माहामारीका वेला कोही पनि ब्लडको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्य लिएर सञ्चालन गरेको ब्लड क्याम्पेनिङ अभियानले हाल सम्म झण्डै १५ सय भन्दा बढी पिण्ड संकलन गरिसकेको छ । पछिल्लो पटक महिला हिसां अत्यको १६ दिने अभियान देशभर सञचालन भईरहेका वेला हरेक दिन स्वेता ब्लड क्याम्पेनिङको आयोजना हुदै आएको छ ।्
क्याम्पेनिङ बसन्तपुर डबली, चावहिल, बौद्ध स्तुप परिषर, हनुमानढोका दरवार क्षेत्र लगायत  विभिन्न स्थानहरुमा स्वेताले ब्लड डोनेट क्यापेनिङहरु संचालन गरिरहेकी छिन् । रक्तदान जिवनदान भन्ने मुलनारा लिएर स्वस्फुर्त रुपमा संचालन गरिएको  क्याम्पेनिङ अभियानलाई सबैले सक्दो सहयोग गरिदिन हुन समेत अनुरोध गरेकी छिन् ।
ब्लडको सट्टा ब्लडनै आवस्यक पर्दछ अन्य कुनै चिजले काम चलाउछु भन्न सकिदैन  भन्दै अघि सरेकी स्वेताले आफ्नै प्रयासमा अहिले धेरैको ज्यान बचाउन सफल भएकी छिन  भने ब्लड डोनेसन क्याम्पेनिङ मार्फत हराउदै गएको मानवता जोगाउने प्रयासमा अग्रसर भएको देखिन्छ ।


दुनियाँलाई उल्लु बनाएर खानसकिन्थ्यो तर आफैलाई लाज लागेर आयो

समाचार


आफु भन्दा साना साना भाईबहिनिहरूले साथी भन्दै हिडछन्, मेरै उमेरका तर दारी कपाल फुलेका आधा उधी तालु खुईलेका र गाला चाउरी परेका साथीभाईहरू, मित्रहरूले भाई भन्दै हिड्छन, उहाँहरूलाई थाहा नभएर होला अरूलाई खसालेर बोल्दा आफु भयंकर ठुलो भएको ठान्छन जुन एउटा घातक रोग जस्तो अपाहिज सोच पनि हो । कतिपय कुरा सुन्न र सहन नराम्रो महशुस भयपनि आँफु स्लिम फिट भएकोमा खुशी लाग्छ ।
प्रायजसो नेपालीहरूले उमेरको अड्कल यसरी गर्ने कुरा पुष्टिभएको छ भुडी लायको, दारी कपाल पालेको अनि फुलेको साथै तालु खुईलेको सिद्धै दाई पर्छन अरू त म जस्तै कुरो बुझिहाल्नु भयो नि ।
कहिल्य काँहि त यस्तो सोच आउछ कि मैले पनि स्लिम फिटको अवार्ड आयोजना गरेर त्यहीँ माथी बर्षकै उत्कृष्ट य होईन होईन नेपालकै उत्कृष्ट अझै पनि चित्त बुझेन यो त मेरै गोजीको अवार्ड पो त मैले जे गर्छु त्यो सबै हाम्रो कलाकारीता क्षेत्रले कस्तो मज्जाले ट्वाल्ल परेर हेर्दै ताली बजाउदै बधाईको ओईरो लाग्दा कति मज्जा आउछ त्यसैले (International Award) अन्तराष्ट्रिय अवार्ड भनेर नाम जोडे पछि नेपालीहरूको लागी ओस्कार अवार्ड भन्दा पनि ठुलो अवार्ड भैहाल्यो नि रह्यो कुरा जुरीहरूको अवार्ड आयोजना गरेको सुन्ना साथ उल्टै पैसा तिर्न आउनुहुन्छ पैसा पनि टन्नै कमाई हुने अझै अमेरीका जाने हैसीयत भयका जुरीहरूले निर्णय गरेको कुरा नेपाली गीत संगीत तथा चलचित्र उध्योग का कलाकारहरू साथै बिभिन्न संघ संस्थाहरूले कसरी नकार्न सक्थे र बिचरा किनकि यस्ता कार्यक्रमहरू त नेपालमा भयको धेरै राम्रो हो हामी त खुशी हुनु पर्छ अझै यस्ता कार्यक्रम त अझै हुनु पर्छ भन्दै उल्टै बधाई माथी बधाई यसरी दुनियाँलाई उल्लु बनाएर InternationalSlimFitAward जितेरै  देखाईदिन सकिन्थ्यो तर समस्या यस्तो गर्न आफैलाई लाज लागेर आयो सबै भन्दा ठुलो उल्लु आफै भईन्छ भन्ने कुराले झस्क्यायो त्यैसैले मैले अवार्ड नगर्ने घोसणा गर्दछु ॥

                                                                                                                                                                                    गायक:कृष्ण काफ्ले 

अहिले ‘चुरीफुरी’ को ट्रेलर, पुष ९ मा पूरा फिल्म

समाचार


काठमाडौं- हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा बिदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । हाइलाइट्स नेपालमार्फत दर्शकमाझ ल्याइएको ट्रेलर पौने तीन मिनेट लामो छ । 
पुष ९ गते प्रदर्शन हुने फिल्मको ट्रेलरमा डेब्यु अभिनेता अभिषेक श्रेष्ठ, रबिन्द्र झा, शिसिर भण्डारी,दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित (दारी बा), राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्री त्रय पूजा पन्त,सोना बज्राचार्य र रिन्जिन गुरुङलाई प्रस्तुत गरिएको छ । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्म राहुल राईले खिचेका हुन भने सम्पादन र कलर ग्रेडिङ नवीन निरौलाको छ । निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) निर्माता रहेको फिल्मको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिब थापा र खेमराज भण्डारी छन् । 
केही समयअघि शीर्ष गीत सार्वजनीक गरिएको फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी छ । दीपक शर्माको संगीत रहेको फिल्ममा सुनीता श्रेष्ठ, ऋतु आचार्य,जोया ढकाल,राजेन्द्र खाती, मनिल तामाङ,महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य,सरिस्मा मगरलगायतको पनि अभिनय छ । डिसिएनले बितरण गर्ने फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत रहेको दावी निर्देशक आचार्यको छ ।