generalnews
||Power News Asia||

आजको समाचार

चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै ... सार्वजानिक

समाचार


काठमाण्डौ– कमला जोशीको प्रस्तुती रहेको चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन बोलको गीत सार्वजानिक सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ ।

सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शव्द र संगीत रहेको छ ।

घिमिरेले उचाले सर्वोत्कृष्ट अभिनेताको जुरी अवार्ड

समाचार


काठमाण्डौ–चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा १५ गते सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ भव्य रुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन् भने सर्वोत्कृष्ट अभिनेताको जुरी अवार्ड पुष्ट बहादुर घिमिरेले पाएका छन् ।
त्यसै गरी विभिन्न मितिका विभिन्न फिल्मबाट यमप्रसाद ओली र रेश्मा केसी प्रडक्सन डिजाइनर, सुष्मीता खत्री छोटो फिल्म छायांकार, संगीत खत्री छोटो फिल्म सम्पादन, दिनशन शाह सम्पादन, गोपाल ढकाल छन्दे हास्य कलाकार, प्रेम पाण्डे चरित्र अभिनेता, सुनिता गौतम चरित्र अभिनेत्री, विनायक तामाङ निर्देशक, सुवास गुरुङ निर्देशक अवार्ड विजेता भएका छन्। त्यस्तै अभिनेता विक्रम क्षत्री जुरी अवार्ड तथा आशा भुषालले टेलिफिल्म अभिनेत्रीको अवार्डलाई आप्mनो बनाए।
पूर्व राज्यमन्त्री रामविर मानन्धरको प्रमूख आतिथ्यता तथा अभिनेता अभिनेत्री भुवन केसी, सरोज खनाल, मुकुन्द श्रेष्ठ, छयांकार तथा निर्माता निर्देशक मञ्जुकुमार श्रष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, गायिका तारा थापा संगीतकार टीका भण्डारी, गायक तथा संगीतकार किरण प्रधानलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिलन चाम्सले सिमाना पारि बोलको गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट रचनात्मक म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्दा कुशल श्रेष्ठले अधरबाट डायस्पोरा म्युजिक भिडियो निर्देशक, लाने भए लैजाउ कान्छाबाट वसन्ती राईले डायस्पोरा गायिकाको अवार्डलाई आफ्नो बनाए।
त्यसै गरी त्यसै गरी गायिका तथा मोडल ज्योति मगरले पहिलोपटक पपुलर गायिकाको अवार्ड चुमिन् भने सशन कडेल म्युजिक भिडियो निर्देशक, गजित विष्ट म्युजिक भिडियो अभिनेता, आरोही शर्मा मोडल, शिवन पोखरेल, प्रल्हाद चौलागाई, झरना रिसाल र निक्स शर्मा म्युजिक भिडियो मोडल तथा विकास बस्नेत जोनी बाबाले म्युजिक भिडियो मोडल ईन्करेजमेन्ट अवार्ड प्राप्त गर्दा दिनेश डाँगी लोक दोहोरी म्युजिक भिडियो मोडल, प्रकाश बस्नेत जुरीतर्फको म्युजिक भिडियो मोडल, चन्दन कुईकेल म्युजिक भिडियो डेब्यु मोडल, प्रशुनजंग पोखरेल म्युजिक भिडियो बाल कलाकार, दिनशन शाह म्युजिक भिडियो सम्पादक, मनिषा पोखरेलले पाश्र्व गायिका, रमेश पाठक डम्बर पाण्डे र राकेश महतो गायक, दील पुन र मेलीना राई युगल गीत गायन, चेतन राई पप गायक,, मेघ पौडेल डायस्पोरा गायक, योगेश काजी शाह म्युजिक एरेन्जर, यमु शर्मा सुब्बा आधुनिक गीततर्पmको गीतकार, भिष्मराज फुलारा गीतकार (जुरीक), डा. डीआर उपाध्याय लोकप्रिय गीतकार, मोहन कुमार खत्री रचनात्मक गीतकार र किरण माईकल घिमिरे गीतकारको अवार्ड विजेता भए।
२४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले आयोजना गरेको कार्यक्रममा एएनपी नेशनल अवार्डस–२०२१ मा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो। सो अवसरमा गायक तथा संगीतकार विमल डांगी र गायिका तथा मोडल सरिता डांगी, गायक तथा संगीतकार कन्हैया सिंह परियारलाई डायस्पोरा गीत संगीत सम्मान, गायिका तथा समाजसेवी सुनिता गुरुङलाई गायन तथा समाजसेवा सम्मान, सिताराम पोखरेललाई गायन सम्मान, हेमा मानन्धरलाई इभेन्ट आयोजक सम्मान, सन्तोष सुवेदीलाई इभेन्ट डाइरेक्टर सम्मान, गीता अधिकारीलाई पत्रकार सम्मान, रमेश श्रेष्ठलाई होटल व्यवसायी तथा कलाकर्मी सम्मान, सञ्जित भण्डारीलाई अभिनय सम्मान, नन्दा बस्याललाई कलाकारिता तथा खेलाडी सम्मान, रीता केसीलाई गायन सम्मान, गायत्री थापालाई गायन तथा समाजसेवा सम्मान, नीतु कोइरालालाई अभिनय तथा मोडलिङ सम्मान, ध्रुवप्रसाद घिमिरेलाई व्यवसायी सम्मान र सन्तोष केसीलाई इन्जिनियरिङ तथा समाजसेवा सम्मानबाट सम्मानित गरिएको थियो।

२५ हजारदेखि ३० हजारको हराहारीको जनशक्तिलाई टिकाई राख्न पनि सरकारको निति प्रष्ट हुनुपर्दछ: अभिनेता घिमिरे

समाचार


काठमाण्डौ– नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा उनको जोडदारको भूमिका रहेको छ । मृदुभाषी युनिटमा सहज उपस्थिति जनाउन सिपालु घिमिरे निर्माताहरुको पहिलो रोजाइको कलाकार हुन् । कथावस्तु चयन, अभिनयमा मौलिकपन दिने नायक पुष्ट बहादुर घिमिरेले गरेको कुराकानीमा आधारित अंशको प्रस्तुती :

हाल केमा ब्यस्त हुनुहुन्छ ?
केही समय चाडवाडका कारणले व्यस्त भईयो। दशैं लगतै निर्माण हुने भनिएको चलचित्रको स्क्रिप्ट अध्यायनमा पनि ब्यस्त छु ।

तपाईंको नयाँ चलचित्र प्रदर्शनमा आउने क्रममा छन् कि ?
अहिले तत्काल त्यस्तो केही छैन । विविध कारणले केही चलचित्र प्रदर्शनमा आउन सकिरहेको छैन । अब माहोल केही समान्य बन्दै आइरहेको छ । आशा गरौं चाडै नै प्रदर्शनमा आउने छ ।

तपाईले नेपाली चलचित्र क्षेत्रलाई कसरी हेरिरहनु भएको छ ?
नेपाली चलचित्रको कुरा गर्नुपर्दा कहिले केले कहिले केले प्रभाव पारि नै रहेको हुन्छ । पछिल्लो अवस्थाको कुरा गर्ने हो भने कोरोना भाइरसका कारणले नेपाली चलचित्र क्षेत्र थला परेको छ । महाभूकम्प पछि बिस्तारै बिउँतिन थालेको चलचित्र क्षेत्र कोभिडले थला पारिदियो । केही चलचित्र चल्न थालेका थिए । तर, पछिल्लो करिब दुई वर्षयता देशमा लागेको लकडाउन खुकुलो भएपनि त्यसको प्रभाव हटेको छैन । चलचित्र प्रदर्शनमा आएपनि हलमा दर्शक पुग्न सकिरहेका छैनन् । चलचित्र निर्माणमा प्रतिस्पर्धा थियो, अहिले त्यो बाताबरण छैन । बिस्तारै यसमा सुधार हुने आशामा छु ।


हल खुले पनि निर्माताले नयाँ सिनेमा दिएनन् भन्छन् नि ?
कुनै पनि व्यवसायमा फाइदा देख्दैन भने उसले आफ्नो सामान बजारमा पठाउँदैन । सरकारले हल सञ्चालनमा अनुमति दिएपनि हल सञ्चालकहरुको अवस्था भने सहज बन्न सकेको छैन । दर्शक हलसम्म पुग्न सकिरहेका छैनन् । दर्शक नभएपछि कसरी लगानी उठ्छ भन्ने चिन्ता लगानीकर्तालाई हुने नै भयो । यस्तो अवस्थामा पनि ‘डाँडा पारीको वरपिपल’ र अर्को एक चलचित्र प्रदर्शनमा आएकै हो । दर्शक हुनु वा नहुनु अलग कुरा हो । लामो समय हल बन्द हुँदा दर्शकहरुले पनि चलचित्रको विकल्पमा अरु कुनै मनोरञ्जनको उपाय अपनाए होलान् ।


कोरोनाका कारणले बेरोजगार बनेका कलाकर्मीहरुको अबको अवस्था कस्तो देख्नु हुन्छ ?
निषेधाज्ञा र चार्डपर्वका कारण चलचित्र निर्माणमा कमी देखिएको भएता पनि पुनः चलचित्रको छायांकन शुरु हुन थालेको छ । चलचित्रको निर्माणको क्रम पनि तिव्र रुपमा वढिरहेको छ, यो उत्साह जनक अवस्थापनि हो । एउटा चलचित्रमा कम्तिमा पनि ५० जनाले रोजगारी पाउँछन् । यो रोजगारी बचाउन पनि चलचित्र बन्नु पर्छ र सरकारले पनि यो कठिन अवस्थामा सहयोग गर्नुुपर्छ जस्तो लाग्छ मलाई । यस क्षेत्रमा प्रत्यक्ष प्रभावित २५ हजारदेखि ३० हजारको हराहारीको जनशक्तिलाई टिकाई राख्न पनि सरकारको निति प्रष्ट हुनुपर्दछ भने चलचित्र सम्वन्धि काम गर्ने संस्थाहरुको भूमिका पनि अहम् हुनुपर्छ । यसो भयो भने निराशा बनेका सिनेकर्मीको अनुहारमा फेरी आशाको किरण छाउनेमा विश्वास गर्न सकिनेछ ।

एउटा स्टारको लागि निर्माताले लगानी गरेकोे हुन्छ कलाकारको भूमिका चाहिँ के रहन्छ ?
कुनै पनि कलाकार, प्राविधिक वा निर्देशकको एकल प्रयासले चलचित्र सफल हुने होइन । चलचित्र सफल हुन कलाकार मात्रै नभएर निर्देशक देखी स्पट ब्वाई समेत सम्पूर्ण टिमको आ–आफ्नो जिम्मेवारी अनुसारको मिहेनत हुनु जरुरी हुन्छ । त्यसमा पनि टिम क्याप्टेन अर्थात् निर्देशक अलि बढी जिम्मेवार हुनुपर्छ । यदि मेरो निर्माताले मलाई दोहो¥याएर लगानी गर्दैन भने ममा ठूलो समस्या छ भन्ने बुझ्नुपर्छ । नेपाली सिनेमामा कर्पोरेट हाउसको लगानी छैन । दुःख गरेर कमाएको पैसा निर्देशकलाई वा स्टारको विश्वासमा लगानी गरेको हुन्छ । त्यसैले निर्मातालाई कसरी बचाउने पहिलो प्राथमिकता हो । चलचित्रले निर्मातालाई फाइदा गरेमात्र उसले बल्ल चलचित्र बनाउने जांगर देखाउँछ । त्यसैले हामी कलाकारले पनि विषयवस्तु अनुसारको भूमिकामा न्याय गर्न सक्नुपर्छ अनि मात्र चलचित्र सफल हुन्छ ।

तपाईको विचारमा राम्रो चलचित्र बनाउन के गर्नु पर्ला ?
चलचित्रलाई मनोरञ्जनको साधानको रुपमामात्र नलिएर समाजको ऐना पनि भनिन्छ । त्यसैले दर्शक रुचीको मनोरञ्जनसँगै सन्देश पनि दिँदै जानुपर्छ । प्रस्तुत गर्ने विविध पक्ष हुन्छ । यसका लागि सबैभन्दा पहिले आफैं क्लियर हुनुपर्छ । चलचित्र कसरी राम्रो बनाउनुपर्छ भनेर सम्पूर्ण टिमले जिम्मेवारी महसुस ग¥यो भने मात्र चलचित्र राम्रो बनाउन सकिन्छ र जन जीवनको मनछुने अथवा आम दर्शकहरुको मनमा वस्ने सिनेमा वनाउन सके पक्कै पनि सफल हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।

नेपाल भन्दा बाहिर हाम्रा चलचित्र चलाउन सकिन्छ कि सकिन्न ?
जसरी हलिउड र बलिउडका चलचित्र हामी कहाँ अर्थात अन्य देशहरुमा सहज रुपमा प्रदर्शन हुन्छन् त्यसैगरी नेपाली चलचित्रको पनि देश बाहिर बजार खोज्नु पर्छ । हुनत यो विषयमा बेलाबखत आवाज नउठेको भने होइन तर कार्यन्वयन हुन सकिरहेको अवस्था छैन । संसारको धेरै देशमा नेपाली पुगेका छन् । नेपालीहरुको बाहुल्यता भएका ठाउँमामात्र नेपाली चलचित्र पु¥याउन सक्ने हो भने पनि आर्थिक रुपले ठुलो सहयोग पुग्ने देखिन्छ । अचम्मको कुरा त हामीले छिमेककोे बजारलाई समेत समेट्न सकेका छैनौं भने टाढाको के कुरा गर्नु । यहाँ सम्मकी हामी हाम्रै काँकडभिट्टा पारिको नेपालीभाषी सिक्किम, दार्जिलिङ, असामसम्म हामी पुग्न सकेका छैनौं ।यो नेपाली चलचित्र क्षेत्रको लागि यो दुःखको कुरा हो । विश्वभरी नेपाली भाषी भएता पनि एकाध चलचित्रकोे च्यारेटी गरेर यो क्षेत्रलाई मद्दत पुग्न भन्नेमा म व्यक्तिगत रुपमा सहमत छैन तथापी यो प्रयास गर्नु पनि आफैंमा सह््रानिय कार्य पनि हो तर प्रयाप्त भने होईन । त्यसैले यसमा ब्यक्तिको पहल भन्दा पनि राज्य स्तरबाट पनि सार्थक पहल हुनु जरुरी छ ।

तपाईले डिजिटल प्लेटफर्मबाट चलचित्र सार्वजनिक हुनुुलाई कसरी लिनुभएको छ ?
यो समयको माग हो किन भने संसारै डिजिटलमय बनिसकेको छ । डिजिटल बजारको संभावना विश्व बजारमा चलचित्रले पारेको प्रभावले निर्धारण गर्छ । हलिउड, बलिउड, टलिउडका चलचित्रको प्रभाव विश्वभर छ । त्यसैले ती चलचित्र जुनसुकै प्लेटफर्ममा राखे पनि विश्वभरबाट हेरिन्छ र व्यापार राम्रो हुन्छ । हामी कहाँ चलचित्रका दर्शक कम छन् । त्यसमा पनि केही चलेका ब्यानरको मात्रै हेर्छन । अर्को कुरा हाम्रा चलचित्रका दर्शक नेपालभित्रै छन् । त्यसैले डिजिटल प्लेटर्फममा ठूलो लगानी हुन सकेन । हाम्रा चलचित्र गुणस्तरीय भएर विश्व बजारमा पुग्न सकेको भए हाम्रो आफ्नै डिजिटल प्लेटफर्म चाहिँदैन थियो । विश्वका चलेका प्लेटफर्मले नै हाम्रा चलचित्र लिने थिए । यसतर्फ पनि सरोकारवाला जागरुक हुनुपर्ने बेला आइसकेको मैले महशुस गरेकोछु ।

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज "निलो आकाश"

समाचार


काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।

चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र बिकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र फिल्म ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।

निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्रायः सामाजिक र यथार्थपरक हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पा -सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार/संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध सम्पादक एवं निर्देशक प्याकुरेलले उत्कृष्ट सन्देश प्रवाह गरेका छन् ।

कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा पुरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?”

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्नुहुन्छ, “जसले महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”

वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।

 

सोसियल मिडिया फिल्म अवार्डस २०७८को आयोजना हुँदै

समाचार


काठमाण्डौ-  ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७८ को आयोजना गर्ने भएको छ । पहिलो पटक २०७५ सालमा सम्पन्न भएको पहिलो अवार्ड पछि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले दोश्रो संसकरणको अवार्ड आयोजना गर्न सकेको थिएन । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट पुनः रोकिएको उक्त अवार्ड कार्यक्रमलाई आयोजकले निरनतरता दिने एक विज्ञप्ती जारी गर्दै वताएको छ ।


प्रेश विज्ञप्ती                                                               मिति २०७८ /०७ /१५

                                     
ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७५ सालवाट सुरु गरेको हो । यसै बर्ष अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको यहाँहरुलाई स्मरण गराउँदछौँ ।

पहिलो अवार्ड २०७५ सालमा सम्पन्न भएपछि दोस्रो आयोजनाको अगाडि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले हामी पनि यस अवार्डस् स्थगित गर्न बाध्य भएका थियौँ । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट हामी यस अवार्डस् निरन्तरता दिने प्रयासरत छौं ।

ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले यो बर्ष अवार्डस् कार्यक्रम अग्रशिल नारी संस्थाको सहकार्यमा प्रस्तुत गर्न लागेको हो । सोसियल मिडिया फिल्म अवार्डको अध्यक्षको रुपमा जानकी प्रधान श्रेष्ठ, कार्यकारी अध्यक्षमा शवनम मुखिया रहनु भएको छ भने प्रोग्राम को–अर्डिनेटर सन्तोषी अधिकारी रहनु भएको छ ।

बिगतको बर्षमा यस अवार्ड कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न यहाँहरु मिडिया तथा  मिडियाकर्मीबाट राम्रो सहयोग, सद्भाव र साथ मिलेकोमा फेरि पनि हृदयदेखि धन्यवाद तथा आभार ब्यक्त गर्दै यस बर्ष पनि सोही सरकारात्मक सहयोग, सद्भाव र साथको पूर्ण अपेक्षा राखेका छौँ ।

अवार्डमा गत वर्ष भन्दा यस वर्ष केही विधाहरु समेत थप गरिएको जानकारी गराउँदछौँ । सोसियल मिडिया फिल्म अवार्डस्मा अन्य थप आकर्षण नगद पुस्कार पनि रहेको छ ।  । अघिल्लो अवार्ड झै यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रकासाथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका केही विशिष्ट ब्यक्तित्वहरुलाई उच्च सम्मान गरिनेछ ।

अवार्डस्मा सहभागी हुन चाहने सम्पूर्ण सहभागीलाई २०७८ कार्तिक १६ गतेदेखि आवेदन खुल्ला समेत गरिएको जानकारी गराउँदछाँै । धन्यवाद
                         


                          कार्यक्रम संयोजक
                          सन्तोषी अधिकारी
                 सोसियल मिडिया फिल्म अवार्डस् २०७८
महिला चेम्बरको आर्थिक सहयोग र गृहणी संघको आयोजनामा एक दिने तालिम सम्पन्न

समाचार


काठमाडौं-गृहणी महिला संघ नेपालको आयोजना तथा नेपाल महिला चेम्बरको आर्थिक सहयोगमा मैनबत्ती बनाउने एक दिने तालिम सम्पन्न भएको छ । गृहणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता, महिला चेम्वरकी महासचिव लिमा अधिकारीको बिशेष आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शकी निर्देशक सृस्‍टि त्रिपाठीको आतिथ्यता माझ भएको थियो । तालिममा विभिन्न संस्था अन्तर्गत ८ वटा स्थानका कुल २८ जना दिदीबहिनीहरुको सहभागीता रहेको थियो । जसमा मुलपानी, जोरपाटी, माकलबारी, बुढानिलकण्ठबाट छिमेकी महिला समुह स्वरोजगार उद्यमशिल समुह कपन, आमा अभियान वानेश्वर साथै माइती नेपाल सम्बद्ध थिए ।

सो अवसरमा गृहणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता विकासको खाँचो रहेको औंल्याउदै आगामी दिनहरुमा समेत नेपाल महिला चेम्बरको सहयोगमा यस्ता शिपमुलक तालिमहरु संचालन गर्न संघ इच्छुक रहेको र त्यो आशा पुरा हुनेमा आफुहरु विश्वस्त रहेको बताइन् । प्रशिक्षण पस्चात प्रशिक्षकले झिलिमिली रहने चाड तिहारमा मैनबत्तीको खपत अधिक रहने हुँदा तालिमबाट सिकेको शिपलाई प्रयोगमा ल्याउदै आम्दानी गर्न सकिने जनाईन् ।

कार्यक्रमका वक्ताहरुले तालिमबाट प्राप्त शिपलाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिदै उत्पादित मैनबत्तीलाई प्रदर्शनीहरुमा राखी हौसला दिदै अघि बढने बढाउने कार्य जरुरी रहेको औंल्याएका थिए । तालिमका सहभागीहरुले धेरै लगानी गर्न नपर्ने, थोरै पुँजी लगानीबाट पनि व्यवसाय संचालन गर्न सकिने, घर धन्दा सकेर समय मिलाएर सजिलैसँग सिक्न सकिने र एकै दिनमा शिप हासिल गर्न सकिने भएकाले तालिमले आकर्षित तुल्याएको र तालिम प्रभावकारी रहेको बताएका थिए ।

बजगाईको संगीतमा चिनि अमिलो भन्दै आए अलिफ र सुजाता (भिडियो सहित)

समाचार


काठमाण्डौ – लोकराज अधिकारीका शब्द तथा राजेन्द्र बजगाईंको संगीतमा अलिफ खान र सुजाता के.सि.को स्वर रहेको गीत ‘चिनि अमिलो’को भिडिओ सार्वजनिक भएको छ । यूट्युबमा रिलीज भिडिओका निर्देशक प्रकाश धिताल हुन् ।

भिडिओमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको छ । गीतमा शुरु शुरुको प्रेम गुलियो भएको तर त्यहि प्रेम समय बित्दै जाँदा अमिलो भएको भाव व्यक्त गरिएको छ । सांकेतिक रुपमा प्रेमप्रतिको आकर्षण घट्दै जाँदा पोखिएका गुनासाहरु गीतमा भेटिन्छन् ।

भिडिओ अजय रेग्मीले छायांकन गरेका छन् भने बिकास दाहालको सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।

माइति रिसोर्ट प्रा.लि  रेस्टुरेन्ट एण्ड बारको संघीय सांसद केसी ले गरे औपचारीक रुपमा उद्घाटन

समाचार


कीर्तिपुर । कीर्तिपुरका तिन युवा व्यवसायीहरुले संचालित माइति रिसोर्ट प्रा.लि  शुक्रबार रेस्टुरेन्ट एण्ड बारको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर नगरपालिका ६ स्थित चोभारमा चारघरेमा पहिलो चरणमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट सञ्चालनमा गरिएको हो । उद्घाटन समारोहमा संघीय सांसद राजेन्द्र कुमार केसी (राजन) बागमती प्रदेश सांसद पुकार महर्जन,महानगरीय प्रहरी वृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि ठाकुरप्रसाद पोखरेल,बरिस्ठ पत्रकार तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह,युवा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद त्रिपाठी,वडा अध्यक्ष न्हुछे महर्जन वडा सदस्य उतम नेपाल,मन्जु बस्नेत लगाएतको उपस्थिति थियो।

युवा व्यवसायीहरु राजकुमार महर्जन,गाैरब श्रेष्ठ र सुर्य बहादुर बुढाथोकी द्वारा संचालित यस रेस्टुरेन्टमा मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको पारिवारिक बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । कितिपुर भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिने यस रेस्टुरेन्टमा ‘दृश्यावलोकन गर्दै खाना र खाजाका लागि लोकल कुखुरा , टर्की, बट्टाई, हाँस,माछा,स्थानीय जातका खसीबोका, बदेल, कालिज लगायतका विशेष परिकारहरू ग्राहकहरूको अर्डरसँगै वा आफैँ बनाएरसमेत खान सकिनेछ। रेस्टुरेन्टमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मध्यनजर गदै स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ।

परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट साथै हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको संचालक सुर्य बहादुर बुढाथोकीले जानकारी दिदै सम्पुर्ण ग्राहक माहानुभावहरूलाइ हार्दिक निमन्त्रणा समेत गरेका छनव । पहिलो चरणमा ३०० जनालाई सेवा सुबिधा दिने रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको माइती रिसोर्ट प्रा.लि.चाडैं नै सुमिङ पुल सहितको नेपालको मौलिक कला सम्पदाको झल्को दिने बुटिक होटल निर्माण गदै छ। रेस्टुरेन्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारीको समेत अवसर पाएका छन् ।

अभिनेता आर्यन र सृष्टि अभिनित 'फूल फुल्यो' रिलिज ( भिडियो )

समाचार


काठमाण्डौ - गायक केशव  भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको  'फूल फुल्यो'  बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा  रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ। रिलिज लगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।

इनासको चौथो महाधिवेशन सम्पन्न, कार्यक्रममा सहभागीहुन आएका गायक सिंहलाइ नारी सक्तिद्धारा स्वागत

समाचार


काठमाण्डौ -  अन्तराष्ट्रिय नेपाली कलाकार  समाज इनासको चौथो महाधिवेशन सम्पन्न भएको छ । काठमाण्डौको लाजिम्पाट स्थित होटेल र्याडिसनमा विविध सांस्कृतीक कार्यक्रमका विच सम्पन्न भएको कार्यक्रममा नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा लामो समय देखी योगदान दिदै आएका स्रष्टाहरुलाइ सम्मान समेत गरिएको छ । 
इनास ग्लोवलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, इनास ग्लोवलका उपाध्यक्ष अर्जुन काफ्ले, साबु गदाल, इनास नेपालका भगवती बस्नेत , इनासका कोषध्यक्ष हेम  राज थापा, इनास नर्थअमेरीका क्षेत्रीय संयोजक आनन्द लामा, ईनास अमेरिका राष्ट्रिय समिती अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह परियार, मेरिल्याण्ड प्रतिनिधि दिनेश भण्डारीर बिश्व किरण थापा,केन्टुकि प्रतिनिधि राजु तिमील्सिना,पेन्सिलभेनिया प्रतिनिधि आलोक कार्की,क्यालिफोर्निया प्रतिनिधि खिम के सी, भर्जिनिया प्रतिनिधि दिपेन खरेल लगायत  अधिवेशनमा भाग लिनका लागि इनास संग सम्बन्धीत  युरोप, ओसियान लगायतका देशमा अवस्थित राष्ट्रिय, राज्य, क्षेत्रीय र विषयगत नितिका पदाधिकारीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । उक्त महाअधिवेशन इनासको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

 
यसैविच इनास ग्लोवलको चौथो महाधिवेशनमा भाग लिन नेपाल आएका इनासअमेरिका राष्ट्रिय समितिका अधयक्ष तथा चर्चित गायक कन्हैया सिंह परियारको  नेपाली नारी शक्ति परिवारले भव्यताका साथ स्वागत तथा सम्मान गरेको छ । नेपाली नारी सक्तिकी अध्यक्ष गीत सिंह, कृष्णा नेपाल लगायतका महिलाहरुले ले माला  र खादा सहित त्रिभुवन अन्तरािष्ट्रय विमान स्थलमा स्वागत गरेकी छन् । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय परियारलाई आगामि दिनहरुमा पनि  नेपाली कलाकारिता प्रति सक्रिय सहिरहने कामनाका साथ सम्मान गरिएको अध्यक्ष सिंहले बताएकी छिन् । लामो समय देखी  गायन क्षेत्रमा सक्रिय परियारका दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतीक बजारमा छन् ।