काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।
चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र बिकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र फिल्म ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।
निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्रायः सामाजिक र यथार्थपरक हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पा -सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार/संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध सम्पादक एवं निर्देशक प्याकुरेलले उत्कृष्ट सन्देश प्रवाह गरेका छन् ।
कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा पुरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?”
नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।
“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्नुहुन्छ, “जसले महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”
वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।
काठमाण्डौ- ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७८ को आयोजना गर्ने भएको छ । पहिलो पटक २०७५ सालमा सम्पन्न भएको पहिलो अवार्ड पछि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले दोश्रो संसकरणको अवार्ड आयोजना गर्न सकेको थिएन । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट पुनः रोकिएको उक्त अवार्ड कार्यक्रमलाई आयोजकले निरनतरता दिने एक विज्ञप्ती जारी गर्दै वताएको छ ।
प्रेश विज्ञप्ती मिति २०७८ /०७ /१५
ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लिले ‘सोसियल मिडिया फिल्म अवार्डस’ २०७५ सालवाट सुरु गरेको हो । यसै बर्ष अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको यहाँहरुलाई स्मरण गराउँदछौँ ।
पहिलो अवार्ड २०७५ सालमा सम्पन्न भएपछि दोस्रो आयोजनाको अगाडि विश्वभरि फैलिएको ‘कोभिड १९’को महामारीको कारणले हामी पनि यस अवार्डस् स्थगित गर्न बाध्य भएका थियौँ । तर हाल समय परिस्थिति केही अनुकुल रहेको हुँदा यो बर्षबाट हामी यस अवार्डस् निरन्तरता दिने प्रयासरत छौं ।
ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रा.लि.ले यो बर्ष अवार्डस् कार्यक्रम अग्रशिल नारी संस्थाको सहकार्यमा प्रस्तुत गर्न लागेको हो । सोसियल मिडिया फिल्म अवार्डको अध्यक्षको रुपमा जानकी प्रधान श्रेष्ठ, कार्यकारी अध्यक्षमा शवनम मुखिया रहनु भएको छ भने प्रोग्राम को–अर्डिनेटर सन्तोषी अधिकारी रहनु भएको छ ।
बिगतको बर्षमा यस अवार्ड कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न यहाँहरु मिडिया तथा मिडियाकर्मीबाट राम्रो सहयोग, सद्भाव र साथ मिलेकोमा फेरि पनि हृदयदेखि धन्यवाद तथा आभार ब्यक्त गर्दै यस बर्ष पनि सोही सरकारात्मक सहयोग, सद्भाव र साथको पूर्ण अपेक्षा राखेका छौँ ।
अवार्डमा गत वर्ष भन्दा यस वर्ष केही विधाहरु समेत थप गरिएको जानकारी गराउँदछौँ । सोसियल मिडिया फिल्म अवार्डस्मा अन्य थप आकर्षण नगद पुस्कार पनि रहेको छ । । अघिल्लो अवार्ड झै यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रकासाथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका केही विशिष्ट ब्यक्तित्वहरुलाई उच्च सम्मान गरिनेछ ।
अवार्डस्मा सहभागी हुन चाहने सम्पूर्ण सहभागीलाई २०७८ कार्तिक १६ गतेदेखि आवेदन खुल्ला समेत गरिएको जानकारी गराउँदछाँै । धन्यवाद
कार्यक्रम संयोजक
सन्तोषी अधिकारी
सोसियल मिडिया फिल्म अवार्डस् २०७८
काठमाडौं-गृहणी महिला संघ नेपालको आयोजना तथा नेपाल महिला चेम्बरको आर्थिक सहयोगमा मैनबत्ती बनाउने एक दिने तालिम सम्पन्न भएको छ । गृहणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता, महिला चेम्वरकी महासचिव लिमा अधिकारीको बिशेष आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शकी निर्देशक सृस्टि त्रिपाठीको आतिथ्यता माझ भएको थियो । तालिममा विभिन्न संस्था अन्तर्गत ८ वटा स्थानका कुल २८ जना दिदीबहिनीहरुको सहभागीता रहेको थियो । जसमा मुलपानी, जोरपाटी, माकलबारी, बुढानिलकण्ठबाट छिमेकी महिला समुह स्वरोजगार उद्यमशिल समुह कपन, आमा अभियान वानेश्वर साथै माइती नेपाल सम्बद्ध थिए ।
सो अवसरमा गृहणी महिला संघ नेपालकी अध्यक्ष अमृता शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलता विकासको खाँचो रहेको औंल्याउदै आगामी दिनहरुमा समेत नेपाल महिला चेम्बरको सहयोगमा यस्ता शिपमुलक तालिमहरु संचालन गर्न संघ इच्छुक रहेको र त्यो आशा पुरा हुनेमा आफुहरु विश्वस्त रहेको बताइन् । प्रशिक्षण पस्चात प्रशिक्षकले झिलिमिली रहने चाड तिहारमा मैनबत्तीको खपत अधिक रहने हुँदा तालिमबाट सिकेको शिपलाई प्रयोगमा ल्याउदै आम्दानी गर्न सकिने जनाईन् ।
कार्यक्रमका वक्ताहरुले तालिमबाट प्राप्त शिपलाई रोजगारमुखी बनाउनुपर्नेमा जोड दिदै उत्पादित मैनबत्तीलाई प्रदर्शनीहरुमा राखी हौसला दिदै अघि बढने बढाउने कार्य जरुरी रहेको औंल्याएका थिए । तालिमका सहभागीहरुले धेरै लगानी गर्न नपर्ने, थोरै पुँजी लगानीबाट पनि व्यवसाय संचालन गर्न सकिने, घर धन्दा सकेर समय मिलाएर सजिलैसँग सिक्न सकिने र एकै दिनमा शिप हासिल गर्न सकिने भएकाले तालिमले आकर्षित तुल्याएको र तालिम प्रभावकारी रहेको बताएका थिए ।
काठमाण्डौ – लोकराज अधिकारीका शब्द तथा राजेन्द्र बजगाईंको संगीतमा अलिफ खान र सुजाता के.सि.को स्वर रहेको गीत ‘चिनि अमिलो’को भिडिओ सार्वजनिक भएको छ । यूट्युबमा रिलीज भिडिओका निर्देशक प्रकाश धिताल हुन् ।
भिडिओमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको छ । गीतमा शुरु शुरुको प्रेम गुलियो भएको तर त्यहि प्रेम समय बित्दै जाँदा अमिलो भएको भाव व्यक्त गरिएको छ । सांकेतिक रुपमा प्रेमप्रतिको आकर्षण घट्दै जाँदा पोखिएका गुनासाहरु गीतमा भेटिन्छन् ।
भिडिओ अजय रेग्मीले छायांकन गरेका छन् भने बिकास दाहालको सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।
कीर्तिपुर । कीर्तिपुरका तिन युवा व्यवसायीहरुले संचालित माइति रिसोर्ट प्रा.लि शुक्रबार रेस्टुरेन्ट एण्ड बारको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर नगरपालिका ६ स्थित चोभारमा चारघरेमा पहिलो चरणमा अत्याधुनकि सेवासुविधा सहित नयाँ रेस्टुरेन्ट सञ्चालनमा गरिएको हो । उद्घाटन समारोहमा संघीय सांसद राजेन्द्र कुमार केसी (राजन) बागमती प्रदेश सांसद पुकार महर्जन,महानगरीय प्रहरी वृत्त कीर्तिपुरका इन्चार्ज डिएसपि ठाकुरप्रसाद पोखरेल,बरिस्ठ पत्रकार तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह,युवा पर्यटन व्यवसायी राजेन्द्रप्रसाद त्रिपाठी,वडा अध्यक्ष न्हुछे महर्जन वडा सदस्य उतम नेपाल,मन्जु बस्नेत लगाएतको उपस्थिति थियो।
युवा व्यवसायीहरु राजकुमार महर्जन,गाैरब श्रेष्ठ र सुर्य बहादुर बुढाथोकी द्वारा संचालित यस रेस्टुरेन्टमा मनोरम शान्त बाताबरण,गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम,यथेष्ट पार्कीङको समेत ब्यबस्था भएको पारिवारिक बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ । कितिपुर भ्यालीको दृश्य स्पष्टसँग देख्न सकिने यस रेस्टुरेन्टमा ‘दृश्यावलोकन गर्दै खाना र खाजाका लागि लोकल कुखुरा , टर्की, बट्टाई, हाँस,माछा,स्थानीय जातका खसीबोका, बदेल, कालिज लगायतका विशेष परिकारहरू ग्राहकहरूको अर्डरसँगै वा आफैँ बनाएरसमेत खान सकिनेछ। रेस्टुरेन्टमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मध्यनजर गदै स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको छ।
परम्परागत नेपाली शैलीमा अतिथिको सत्कार गर्दै पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी स्वस्थ्य र स्वादिलो परिकार पस्किने लक्ष्यसहित रेस्टुरेन्ट साथै हार्ड ड्रिङ्कस् बारको पनि व्यवस्था पनि रहेको संचालक सुर्य बहादुर बुढाथोकीले जानकारी दिदै सम्पुर्ण ग्राहक माहानुभावहरूलाइ हार्दिक निमन्त्रणा समेत गरेका छनव । पहिलो चरणमा ३०० जनालाई सेवा सुबिधा दिने रेस्टुरेन्ट एण्ड बार संचालनमा आएको माइती रिसोर्ट प्रा.लि.चाडैं नै सुमिङ पुल सहितको नेपालको मौलिक कला सम्पदाको झल्को दिने बुटिक होटल निर्माण गदै छ। रेस्टुरेन्टमा हाल प्रत्यक्ष रुपमा २० जनाले रोजगारीको समेत अवसर पाएका छन् ।
काठमाण्डौ - गायक केशव भावुक र अस्मिता अधिकारीको आवाजमा रहेको 'फूल फुल्यो' बोलको भिडियो सार्वजनिक भएको छ । अभिनेता आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको यो भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। सुधा मरहट्ठाको शब्दमा रहेको यो गीतलाई गायक स्वयमले संगीत भरेका हुन। डान्सिङ नम्बरमा रहेको यो गीतलाई बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफीमा तयार पारिएको छ । सुधा ईन्टरटेनमेन्ट युटुब च्यानलबाट भिडियो रिलिज गरिएको छ। रिलिज लगत्तै यो गीत र भिडियोले सबैको मन जितिरहेको छ ।
काठमाण्डौ - अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासको चौथो महाधिवेशन सम्पन्न भएको छ । काठमाण्डौको लाजिम्पाट स्थित होटेल र्याडिसनमा विविध सांस्कृतीक कार्यक्रमका विच सम्पन्न भएको कार्यक्रममा नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा लामो समय देखी योगदान दिदै आएका स्रष्टाहरुलाइ सम्मान समेत गरिएको छ ।
इनास ग्लोवलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, इनास ग्लोवलका उपाध्यक्ष अर्जुन काफ्ले, साबु गदाल, इनास नेपालका भगवती बस्नेत , इनासका कोषध्यक्ष हेम राज थापा, इनास नर्थअमेरीका क्षेत्रीय संयोजक आनन्द लामा, ईनास अमेरिका राष्ट्रिय समिती अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह परियार, मेरिल्याण्ड प्रतिनिधि दिनेश भण्डारीर बिश्व किरण थापा,केन्टुकि प्रतिनिधि राजु तिमील्सिना,पेन्सिलभेनिया प्रतिनिधि आलोक कार्की,क्यालिफोर्निया प्रतिनिधि खिम के सी, भर्जिनिया प्रतिनिधि दिपेन खरेल लगायत अधिवेशनमा भाग लिनका लागि इनास संग सम्बन्धीत युरोप, ओसियान लगायतका देशमा अवस्थित राष्ट्रिय, राज्य, क्षेत्रीय र विषयगत नितिका पदाधिकारीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । उक्त महाअधिवेशन इनासको नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
यसैविच इनास ग्लोवलको चौथो महाधिवेशनमा भाग लिन नेपाल आएका इनासअमेरिका राष्ट्रिय समितिका अधयक्ष तथा चर्चित गायक कन्हैया सिंह परियारको नेपाली नारी शक्ति परिवारले भव्यताका साथ स्वागत तथा सम्मान गरेको छ । नेपाली नारी सक्तिकी अध्यक्ष गीत सिंह, कृष्णा नेपाल लगायतका महिलाहरुले ले माला र खादा सहित त्रिभुवन अन्तरािष्ट्रय विमान स्थलमा स्वागत गरेकी छन् । नेपाली गीत संगीत क्षेत्रमा सक्रिय परियारलाई आगामि दिनहरुमा पनि नेपाली कलाकारिता प्रति सक्रिय सहिरहने कामनाका साथ सम्मान गरिएको अध्यक्ष सिंहले बताएकी छिन् । लामो समय देखी गायन क्षेत्रमा सक्रिय परियारका दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतीक बजारमा छन् ।
काठमाण्डौ – केही बर्षा अगाडि बाट नै सुरु भएको यो फेशन शो अत्यधिक चर्चामा थियो ,हर्शोलासका साथ season -1 समापन भएको फ्याशन शो ,कोभिड्ले गर्दा रोकिएको थियो। फेशन शो मा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले ५०० रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ ।
प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट,नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगिताको देश व्यापी अडिसन मिति छिटै घोषाणा हुने प्रोग्राम प्रमुख कार्यकारी अधिकृत मोनु साहले जानकारी दिए । उक्त प्रोग्राम रुपम फिल्म्स कम्पनीबाट औपचारिक रुपामा अगाडि बढ्दै छ भने जानकारी रुपम फिल्मसको फाउन्डर बिपिन कर्णले बताएको छ। यसअघि पनि winter fashion show season-1 भव्यताका साथ समापन भएको थियो ।
उक्त प्रोग्राममा सबै बिद्यार्थीलाई शिशिर सिंहले कोच,कोरियोग्राफी गर्नु भएको थियो लगभग थुप्रै मात्रामा अडिसनमा आएको बिद्यार्थी मध्य हामी २० जाना छ्नोट गरि आगाडी बढाएका थियौ,अन्य थुप्रै कलाकारहरु,डान्सरहरु,गाएकहरुको आगमनले प्रोग्राममा धेरै नै मनोरञ्जन भएको थियो । प्रतियोगितामा बिद्यार्थीहरुले डिजानर ड्रेस लगाएर शो केश गर्न पाउने छन ,भने थुप्रै कम्पनीहरुको प्रोमोट गर्दौ त्याहा उपस्थित बिद्यार्थीहरुले अन्य देश ,बिदेशमा गएर पनि शो गर्न पाउने छन,शो बाट हामिले केही उपाधि,टाईटलहरु पनि पर्दान गर्ने छौ भने थुप्रै बिद्यार्थीहरुलाई काम स्वरुप दिने छौ र अगाडि अन्य कामहरुमा सल्ङन गराउने छौ। प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।
काठमाडौं – नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा. बुढामगरको ९४ औं जन्म जयन्तीको अबसर पारेर श्रष्टाहरुलाई सम्मान गरेको हो । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी बन्दना राणालाई अभिनन्दन गरियो ।
सोही क्रममा हर्षबहादुर बुडामगर साहित्य तथा सामाजिक योगदान सम्मान २०७७ बाट प्राज्ञ डा. ज्ञानु पाण्डे, गीतकार बमबहादुर थापा जिताली, कवि महेश पौड्याल, उपन्यासकार शँकर भारती, कवि डा. दामोदर पुडासैनी (किशोर), कथाकार जलेश्वरी श्रेष्ठ, कवि महादेव अधिकारी, कलाकार मिलन शेरचन, कवि सन्ध्या पहाडी, अस्मिता भण्डारी, कल्पना अधिकारी, प्रकाश समीर, मुस्कान खातुन र सपना रोकमगरलाई सम्मानित गरियो ।
यस्तै कार्यक्रममा साहित्यकारहरु प्रा.डा. लक्ष्मण गौतम, जयदेब भट्टराई, पुष्करराज भट्ट, बिजय सागर, गीता कार्की, गायिका पवित्रा घर्तीमगर, कवि बिमला तुम्खेवा, बालिका गिरी र उषा लोहनीलाई डा. हर्षबहादुर बुडामगर साहित्य सम्मान २०७६ बाट सम्मानित गरियो ।
उनीहरुलाई दोसल्ला ओढाएर आर्थिक पुरस्कार सहित ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मान प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा डा. हर्षबहादुर बुडामगरको अतुलनीय योगदान रहेको बताए । यो सम्मानले सम्बन्धित श्रष्टाको सृजनामा अझ प्रोत्साहित हुने पनि उनले बताए ।
अग्रज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले बेलायती सेनाबाट अबकाश लिएपछि विधावारिधी गरेर समाजमा उदाहरणीय व्यक्ति बनेको बताए । जीवनमा उत्तरार्दमा डा. बुडामगरले नेपाली साहित्यमा पु¥याएको योगदानको पनि बासकोटाले कार्यक्रममा चर्चा गरे ।
गायिका पवित्रा घर्तीमगर, टिका पुनले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाए । यस्तै एसिड प्रकरण र त्यसपछिको आफ्नो पीडादायी जीवनबारे मुस्कान खातुनले सो क्रममा चर्चा गरिन् ।
डा. बुडामगरकी छोरी लेखा थापाले आफ्नो बुबाको कविता सँग्रह जडाउलीबाट केही कविताहरु प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुलाईन् ।
सो प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ, गीतकार उन्नती बोहरा शिलाले बुबाको चाहना नै नेपाली साहित्यको विकाश गर्नु भएकाले बुबाको नाममा प्रतिष्ठान स्थापना गरेर केही वर्ष यताबाट सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताईन् ।
सोही कार्यक्रमम प्राज्ञ गीतकार उन्नती बोहरा ‘शिला’को नयाँ उपन्यास ‘डिजायर’ बिमोचन गरियो । शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास उन्नतीको नेपाली उपन्यास तृष्णाको अँग्रेजी अनुबाद हो । यसलाई महेश पौड्यालले अँग्रेजीमा रुपान्तरण गरेका हुन् ।
काठमाडौँ — कार्तिक ८, २०७८।
नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसनहोमले हरेक वर्ष आयोजना गर्दै आएको 'मिस लिटिल नेवा' को १३ औं संस्करण राजधानीमा जारी छ । जस अन्तर्गत आइतबार मिस लिटिल नेवा को प्रतिस्पर्धिको व्याक्तित्व बिकास कार्यक्रम अन्तरगत छाला, कपाल र सुन्दरता सम्वन्धी बिबिध जानकारी प्रदान गर्दै यसको महत्व बुझाउन नेप्लिज फेसन होम ले प्रतियोगीहरु लाई काठमाडौं मल स्थित ग्लो ब्यूटी स्टुडियोमा सौन्दर्यकर्मी तथा व्यवसायी दिपिसा बिसीद्वारा सौन्दर्यतासम्वन्धी बिशेष कक्षा संचालन गर्यो।

कोरोना भाइरसको संक्रमणका कारण बिगत दुईबर्ष देखी आयोजना हुन नसकेको मिस लिटील नेवा यो वर्ष भने विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन भै रहेको आयोजक संस्था नेप्लीज फेसनहोमकी अध्यक्ष हेमा मानन्धरले जनाईन।

१३ औं संस्करणको यो प्रतियोतिमा काठमाडौं, भक्तपुर र पाटनका गरी विभिन्न २० स्कुलबाट २२ जना किशोरी अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन्। नेवार समुदायका किशोरीहरुको आत्मविश्वास र क्षमता अभिबृद्धीका लागि विगत लामो समयदेखि नेप्लीज फेसनहोमले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।