generalnews
||Power News Asia||

आजको समाचार

विंटर फेशन शो सीजन -२ हुने पक्का

समाचार


काठमाण्डौ – केही बर्षा अगाडि बाट नै सुरु भएको यो फेशन शो अत्यधिक चर्चामा थियो ,हर्शोलासका साथ season -1 समापन भएको फ्याशन शो ,कोभिड्ले गर्दा रोकिएको थियो। फेशन शो मा १५ देखि २६ वर्ष उमेरका युवायुवतीले भागलिन पाउने छन् । त्यसका लागि उनीहरूले ५०० रुपैयाँ सहित आवेदन फारम भर्नु पर्ने छ ।

प्रतिस्पर्धीको आत्मविश्वास, शैक्षिक अभिवृद्धि तथा व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । काष्ठमण्डप टेलिभिजनबाट,नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगिताको देश व्यापी अडिसन मिति छिटै घोषाणा हुने प्रोग्राम प्रमुख कार्यकारी अधिकृत मोनु साहले जानकारी दिए । उक्त प्रोग्राम रुपम फिल्म्स कम्पनीबाट औपचारिक रुपामा अगाडि बढ्दै छ भने जानकारी रुपम फिल्मसको फाउन्डर बिपिन कर्णले बताएको छ। यसअघि पनि winter fashion show season-1 भव्यताका साथ समापन भएको थियो ।

उक्त प्रोग्राममा सबै बिद्यार्थीलाई शिशिर सिंहले कोच,कोरियोग्राफी गर्नु भएको थियो लगभग थुप्रै मात्रामा अडिसनमा आएको बिद्यार्थी मध्य हामी २० जाना छ्नोट गरि आगाडी बढाएका थियौ,अन्य थुप्रै कलाकारहरु,डान्सरहरु,गाएकहरुको आगमनले प्रोग्राममा धेरै नै मनोरञ्जन भएको थियो । प्रतियोगितामा बिद्यार्थीहरुले डिजानर ड्रेस लगाएर शो केश गर्न पाउने छन ,भने थुप्रै कम्पनीहरुको प्रोमोट गर्दौ त्याहा उपस्थित बिद्यार्थीहरुले अन्य देश ,बिदेशमा गएर पनि शो गर्न पाउने छन,शो बाट हामिले केही उपाधि,टाईटलहरु पनि पर्दान गर्ने छौ भने थुप्रै बिद्यार्थीहरुलाई काम स्वरुप दिने छौ र अगाडि अन्य कामहरुमा सल्ङन गराउने छौ। प्रतियोगिता छिटै नै आयोजना गरिने आयोजक टिमले जनाएको छ ।

डा. हर्षबहादुर बुडामगर स्मृति सम्मानबाटविभिन्न श्रष्टाहरुसम्मानित

समाचार


काठमाडौं – नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा. बुढामगरको ९४ औं जन्म जयन्तीको अबसर पारेर श्रष्टाहरुलाई सम्मान गरेको हो । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी बन्दना राणालाई अभिनन्दन गरियो ।
सोही क्रममा हर्षबहादुर बुडामगर साहित्य तथा सामाजिक योगदान सम्मान २०७७ बाट प्राज्ञ डा. ज्ञानु पाण्डे, गीतकार बमबहादुर थापा जिताली, कवि महेश पौड्याल, उपन्यासकार शँकर भारती, कवि डा. दामोदर पुडासैनी (किशोर), कथाकार जलेश्वरी श्रेष्ठ, कवि महादेव अधिकारी, कलाकार मिलन शेरचन, कवि सन्ध्या पहाडी, अस्मिता भण्डारी, कल्पना अधिकारी, प्रकाश समीर, मुस्कान खातुन र सपना रोकमगरलाई सम्मानित गरियो ।
यस्तै कार्यक्रममा साहित्यकारहरु प्रा.डा. लक्ष्मण गौतम, जयदेब भट्टराई, पुष्करराज भट्ट, बिजय सागर, गीता कार्की, गायिका पवित्रा घर्तीमगर, कवि बिमला तुम्खेवा, बालिका गिरी र उषा लोहनीलाई डा. हर्षबहादुर बुडामगर साहित्य सम्मान २०७६ बाट सम्मानित गरियो ।
उनीहरुलाई दोसल्ला ओढाएर आर्थिक पुरस्कार सहित ताम्रपत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मान प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा डा. हर्षबहादुर बुडामगरको अतुलनीय योगदान रहेको बताए । यो सम्मानले सम्बन्धित श्रष्टाको सृजनामा अझ प्रोत्साहित हुने पनि उनले बताए ।
अग्रज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले बेलायती सेनाबाट अबकाश लिएपछि विधावारिधी गरेर समाजमा उदाहरणीय व्यक्ति बनेको बताए । जीवनमा उत्तरार्दमा डा. बुडामगरले नेपाली साहित्यमा पु¥याएको योगदानको पनि बासकोटाले कार्यक्रममा चर्चा गरे ।
गायिका पवित्रा घर्तीमगर, टिका पुनले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाए । यस्तै एसिड प्रकरण र त्यसपछिको आफ्नो पीडादायी जीवनबारे मुस्कान खातुनले सो क्रममा चर्चा गरिन् ।
डा. बुडामगरकी छोरी लेखा थापाले आफ्नो बुबाको कविता सँग्रह जडाउलीबाट केही कविताहरु प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुलाईन् ।
सो प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ, गीतकार उन्नती बोहरा शिलाले बुबाको चाहना नै नेपाली साहित्यको विकाश गर्नु भएकाले बुबाको नाममा प्रतिष्ठान स्थापना गरेर केही वर्ष यताबाट सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताईन् ।
सोही कार्यक्रमम प्राज्ञ गीतकार उन्नती बोहरा ‘शिला’को नयाँ उपन्यास ‘डिजायर’ बिमोचन गरियो । शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास उन्नतीको नेपाली उपन्यास तृष्णाको अँग्रेजी अनुबाद हो । यसलाई महेश पौड्यालले अँग्रेजीमा रुपान्तरण गरेका हुन् ।

व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु

समाचार


काठमाडौँ — कार्तिक ८, २०७८। 

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्येश्यले नेप्लीज फेसनहोमले हरेक वर्ष आयोजना गर्दै आएको 'मिस लिटिल नेवा' को १३ औं संस्करण राजधानीमा जारी छ । जस अन्तर्गत आइतबार मिस लिटिल नेवा को प्रतिस्पर्धिको व्याक्तित्व बिकास कार्यक्रम अन्तरगत छाला, कपाल र सुन्दरता सम्वन्धी बिबिध जानकारी प्रदान गर्दै यसको महत्व बुझाउन नेप्लिज फेसन होम ले प्रतियोगीहरु लाई काठमाडौं मल स्थित ग्लो ब्यूटी स्टुडियोमा सौन्दर्यकर्मी तथा व्यवसायी दिपिसा बिसीद्वारा सौन्दर्यतासम्वन्धी बिशेष कक्षा संचालन गर्यो।

कोरोना भाइरसको संक्रमणका कारण बिगत दुईबर्ष देखी आयोजना हुन नसकेको मिस लिटील नेवा यो वर्ष भने विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन भै रहेको आयोजक संस्था नेप्लीज फेसनहोमकी अध्यक्ष  हेमा मानन्धरले जनाईन। 

१३ औं संस्करणको यो प्रतियोतिमा काठमाडौं, भक्तपुर र पाटनका गरी विभिन्न २० स्कुलबाट २२ जना किशोरी अन्तिम प्रतिस्पर्धामा उत्रँदैछन्।   नेवार समुदायका किशोरीहरुको आत्मविश्वास र क्षमता अभिबृद्धीका लागि विगत लामो समयदेखि नेप्लीज फेसनहोमले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

समाचार


काठमाडौँ — कार्तिक ७, २०७८। 

ईम्पेरियल क्वीन ईभेन्ट्सको आयोजनामा 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' सम्पन्न भएको छ । म्युजिक सिटि हलमा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा मिस्टरतर्फ रोजक श्रेष्ठ र मिस तर्फ सुहानी सिंह विजेता भएका छन । बिजेताद्वयले उपाधीसंगै एवरेस्ट फिल्म एकेडेमीको तर्फबाट एक लाख बराबरको छात्रवृत्ती,  आईएल्स क्लासअध्ययनका लागि छात्रावृत्ती, फ़ोटोसुट र मोडलिङ सम्झौतासहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन। 

प्रतियोगितामा सेहाङ राई र सुलभा न्यौपानेले फष्ट रनरअपको ताज हात पारे भने सेकेण्ड रनरअपको ताज सर्फराज खान र करेन प्रधानाङ्गले हात पारे।  त्यस्तै, थर्ड रनरअपको ताज ईक्षाहाङ लिम्बूले जित्दा प्रसंशा राउत र प्रशान्त थापा मगर अर्गनाईजर चोईस घोषित भए । प्रतियोगिताको ब्राण्ड एम्बासडरमा लाक्डोल्मा शेर्पा र लोकेश बोगटी चयन हुँदा  व्युटी विथ ब्रेन तर्फको उपाधी भने उम्बिका गोराजुले हात पारिन।  

सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिता रुविश्का श्रेष्ठले संचालन गरेकी थिईन । उक्त प्रतियोगिताको निर्णायकमा सुशान्त काजी श्रेष्ठ, साक्षी लम्साल, शैलजा शाह, दिव्या महर्जन र आशिष नापित रहेका थिए । 

आयोजक कृ्ष्ण श्रेष्ठका अनुसार अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरि अन्तिम स्पर्धामा उतारिएको थियो जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण प्रदान गरिएको थियो ।

श्रीदेवको नेतृत्वमा ‘नेशनल डेल्फिक काउन्सिल’ स्थापना

समाचार


काठमाडौं - कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो ।

काउन्सिलको उपाध्यक्षमा जिवन कुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा खड्का अर्याल र दीपक विष्ट गौली रहेका छन् । त्यस्तै, सल्लाहकारमा संस्कृतिविद् बदनलाल न्याछोर, पर्यटनविद् तथा नेपाल पर्यटन बोर्डका पूर्व निर्देशक कृष्ण कुमार अर्याल, नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशी, अधिवक्ता सर्वज्ञराज नायो, कानुनी सल्लाहकारमा आशिष शर्मा रहेका छन् ।

नेशनल डेल्फिक काउन्सिल नेपालको सदुभावना दुतमा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन तथा कलाकार विजय लामा नियुक्त भएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनलाई सद्भावना दुतमा नियुक्त भएको प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा कलाकार लामाले नेपालको कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याउन डेल्फिक काउन्सिलको माध्यमबाट आफूले सकेको प्रयास गर्ने बताए । विश्वले आफ्नो देशको कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिएको तर नेपालमा यो हुन नसकेकोमा गुनासो पोखे । उनले नेपालका कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याएर पर्यटन भित्राउन सक्ने पनि बताए 

नेशनल डेल्फिक काउन्सिल नेपाल’ ले बरिष्ठ मानार्थ र मानार्थ सदस्यता पनि वितरण गरेको छ । शताब्दी पुरुष मानिने बरिष्ठ साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई काउन्सिलले आइतवार विहान उनकै निवासमा गएर बिशिष्ठ मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेको हो । मानार्थको सदस्यता प्राप्त गरेपछि भिडियो सन्देशमार्फत् संस्कृतिविद् जोशीले नेपालको कला र संस्कृतिलाई विश्वमाझ पुर्‍याउन काउन्सिलले महत्त्वपूर्ण भूमिकामा खेल्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै, फिल्म क्षेत्रबाट नेपालको पहिलो नायिका भुवन चन्द, हास्यसाम्राज्ञी बसुन्धरा भुषाल, बरिष्ठ अभिनेत्रीहरु मिथिला शर्मा, शर्मिला मल्ल र सूर्यमाला खनाल, बरिष्ठ अभिनेताहरु शिव श्रेष्ठ, भुवन केसी, धिरेन शाक्य, सरोज खनाल र कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र बरिष्ठ निर्देशक मोहन निरौललाई मानार्थ सदस्यता प्रदान गरियो भने चित्रकलाबाट जया शर्मा, जात्रा तथा संस्कृतिविद् मनोज नेवा र उपन्यासकार निजिरोष श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । 

जर्मनीको बर्लिनमा ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को हेडक्वाटर रहेको छ । यसका संस्थापक तथा सेक्रेटरी जनरल क्रिष्टियन बि। कर्ष हुन् । कर्षले नेपाल च्याप्टरलाई बधाई र सफलताको भिडियो सन्देश पठाएका थिए । कार्यक्रममा प्रस्तुत सन्देशमा उनले सोह्र सय बर्षदेखि शुन्य अवस्थामा रहेको डेल्फिक काउन्सिललाई तीस बर्ष अगाडी पुनस् सुचारु गरेको तथा तीस बर्षमा नेपालसम्म आईपुगेकोमा खुशी व्यक्त गरे । प्राचिन समयमा ग्रीसबाट ओलम्पिक सँगै शुरु भएको डेल्फिक बिभिन्न कारणले बन्द भएको थियो । प्राचिन ग्रीसका शासकहरुद्वारा यि दुवैमाथी रोक लगाईएको थियो । ओलम्पिक सन् १८९४ मा पुनस् शुरु भयो भने डेल्फिक त्यसको एक सयबर्ष पछि सन् १९९४ मा पुनस् सुचारु भएको थियो । प्राचिन ग्रीसको डेल्फी भनिने स्थानबाट डेल्फिक सुरु भएको मानिन्छ ।

विश्वमाझ नेपालको कला, संस्कृतिका ६ विधालाई प्रस्तुत गर्ने साझा प्लेटफर्मको रुपमा ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’ स्थापना भएको अध्यक्ष श्रीदेव विएलले बताए । उनले कार्यक्रममा भने, ‘कुनै पनि राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि होस् वा देशलाई चिनाउने सन्दर्भमा होस्, कला, साहित्य, संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ । काउन्सिल नेपालले यिनै कुराहरुलाई विश्वमाझ पुर्‍याउन भूमिका खेल्नेछ ।’

हरेक चार वर्षमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले संसारका विभिन्न देशमा आयोजना गर्ने ‘वर्ल्ड कन्भेन्सन’ मा नेपालको प्रतिनिधित्व गर्दै काउन्सिलले नेपालको कला, सँस्कृतिलाई प्रस्तुत गर्ने अध्यक्ष विएलले बताए । काउन्सिलले कलाका विभिन्न विधालाई एउटै छातामा समेट्न प्रयास गर्ने उनको भनाई छ । उनका अनुसार, नेपालसहित यो काउन्सिलको १ सय ४७ देशमा स्थापना भइसकेको छ ।

अध्यक्षका प्रत्यासी कुल आचार्यको कार्यक्रममा शेष घलेले दिए शुभकामना,

समाचार


काठमाडौं । बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा गैर आवासीय नेपाली संघ दशौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुल आचार्यको टिमले आयोजना गरेको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले शुभ कामना दिएका छन्।

बिहीबार भर्चुएल माध्यमबाट आयोजित ‘खुला डबली विशेष’ मा बोल्दै एनआरएनका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले सबै लाई दशैंको शुभकामना दिए । ‘शुभ दिनमा (तपाईंहरुको) मनले चिताएका कुरा पुगुन्, दूर्गामाताले कल्याण गरुन् भन्ने शुभकामना छ । व्यक्तिगत होस् वा सामाजिक होस्, जे उद्देश्य लिएर अगाडी बढी रहनु भएको छ, दुर्गा माताले आशिर्वाद दिउन। आफुले ताकेको कुरा पुरा होस्,’ उनले भने।
कार्यक्रममा विभिन्न देशका एनसीसी अस्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेल, पूर्व प्रवक्ता डिला खरेल, वर्तमान अध्यक्ष नन्द गुरुङ, एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दीपक सापकोटा, पूर्व उपाध्यक्ष क्याप्टेन हितमान गुरुङ, केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, मानार्थ आइसीसी सदस्य शनि कुमार ओली लगायतले शुभकामना दिएका थिए ।

त्यसैगरी उपाध्यक्ष पदका उम्मेदवार त्रिलोक गुरुङले बडादशैंको शुभकामना दिँदै एनआरएनए भित्र गलत काम गर्नेहरुलाई कार्वाही गर्नुपर्ने बताए । गुरुङले सबै गैर आवासीय नेपालीले व्यक्तिगत स्वार्थलाई पर राखेर संस्थालाई शीरमा राखेर काम गर्नुपर्ने बताए । ‘सबैजनाले समृद्ध शान्त नेपालको लागि काम गर्नुपर्छ शुभकामना’ उनले भने ।

कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार मन केसी, महेश श्रेष्ठ, आर के शर्मा, एसी शेर्पा, महिला उपाध्यक्ष पदकी उम्मेदवार जानकी गुरुङ, युवा उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मी, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रविण गुरुङ, खगेन्द्र न्यौपाने लगायतले सबैलाई शुभकामना दिएका थिए ।
त्यस्तै महासचिवका उम्मेदवार डा। केशव पौडेलले सबै सहभागीहरुलाई स्वागत गर्दै सबै नेपालीको सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।

सांगीतिक माहोल

पाइँदैन छोड्नलाई
संसारभरका नेपाली जोड्नलाई
चुनावको सिजन छ
देश बनाउने कुल दाइको भिजन छ’

गायक कृष्ण समीपले सुवेदीले गीत गाएर शुभकामना आदान प्रदान कार्यक्रममा रमाइलो थपेका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्यले गैर आवासीय नेपाली संघ ८० लाख नेपालीहरुको साझा संस्था भएको बताए । ‘सद्भाव, सहयोग, शुभकामनाको अपेक्षा छ । संसारभरिका नेपाली दाजुभाई दिदीबहिनीहरु नेपालसँग जोडिन चाहेका छौं । नेपाली कला संस्कृति बचाउन चाहेका छौं,’ उनले भने, ‘विदेशका जुनसुकै कुनामा रहेपनि नेपाललाई माया गर्न खोजेका छौं ।’ नव दुर्गा भवानीले यी काम पूरा गर्नसक्ने शक्ति दिने विश्वास व्यक्त गरे । सबै नेपालीको चाहना, भावना र उद्देश्य अनुरुप एनआरएन बनाउने उनले बताए ।
नेपाली संस्कृतिलाई जोगाउन संसारभर रहेका नेपाली लागि उनले परेको बताए । नवरात्रीको पहिलो दिनको अवसर पारेर आयोजना गरिएको शुभकामना कार्यक्रममा अध्यक्षका प्रत्यासी आचार्यले जुन देशमा बसे पनि नेपाललाई भुल्न नहुने जनाए ।
कार्यक्रममा चर्चित गायक कुलेन्द्र विक, बिमलराज क्षेत्री, सरस्वति लामिछाने लगायतले गीत गाउंदै कुल आचार्य र उनको टिमलाई जिताउन आग्रह गरेका थिए भने लोकप्रिय हास्य कलाकार जितु नेपाल ‘मुन्द्रेु ले प्रधानमंत्री शेर बहादुर देउवाको क्यारीकेचर गरेका थिए।
‘सबको बढोस् इज्जत र मान, यो दसैंको छ शुभकामना’ जाँदाजाँदै गायक विश्वकर्माले गीतमा थपे । ुसालको पातको टपरी हुनीु चर्चित गीतका गायक कुलेंद्रले ‘कुल आचार्यलाई जिताउनै पर्छ, नलाऊ पछि हल्लैको’ भन्दै आफ्नो लोकप्रिय गीत गाएका थिए । गैर आवासीय नेपाली संघमा राम्रा मान्छेलाई जिताउन समेत कलाकारहरुले आग्रह गरेका थिए ।

तेश्रो र चौथो संस्करणको पिम नेपाल फिल्म फेष्टिवल भव्य रुपमा सम्पन्न

समाचार


काठमाण्डौ, पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल )ले राजधानी काठमाण्डौमा सन् २०२० र सन् २०२१को फेष्टिवल आयोजना गरेको गरेको छ । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको तेश्रो संस्करणको कार्यक्रम कोभिड १९ का कारणले रोकिएको हुँदा शो कार्यक्रमलाई असोज १९ गते एक कार्यक्रमको आयोजना गरी चलचित्र महोत्सवमा सहभागी भएका सिनेमाहरुलाई प्रतिस्प्रधा गराई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। शो समारोहमा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको थियो भने कार्यक्रमका सभापति चलचित्र निर्देशक मोहन निरनैलाले गरेका थिए ।

त्यस्तै चौथो संस्करणको नियमित कार्यक्रम असोज २० गते नै सम्पन्न गरिएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सव समारोहमा १७ वटा फिचर फिल्म, ५० भन्दा माथी सर्टफिल्म र १० वटा वृत्तचित्रको सहभागिता रहेको थियो । कोभिडका कारणले अनलाईन माध्यमवाट चलचित्रहरुको प्रदर्शनी गरिएको थियो भने विभिन्न विधाका निर्णायकहरु राखेर महोत्सवमा सहभागी चलचित्र, वृत्तचित्र, लघुचलचित्रहरुको मुल्यांकन गरिएको फेष्टिवलका अध्यक्ष कमला जोशीले जानकारी गराएकी छिन् ।

कोभिडका कारणले गत वर्ष जस्तो भव्य कार्यक्रम गर्न नसकेपनि ३ सम्म आयोजना गरेको कार्यक्रममा चलचित्रकर्मी र संचारकर्मीहरुको उल्लेख्य सहभागीताले आफुहरुलाई थप अगाडी वढ्न हौशला मिलेका कार्यक्रमका संयोजक राजन थापाले वताएका छन् भने तेश्रो संस्करणको कार्यक्रम फेष्टिवलका सदस्य सचीव गोपाल ढकालले संचालन गरेका थिए भने चौथो संस्करणको कार्यक्रमको संचालन भने संचारकर्मी सरोज कोईरालाले गरेका थिए ।

पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु
रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर)
सरोज कोइराला : म्हेन्दो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर)
समिर मियां : लक्ष्मी पुजा (सर्वोत्कृष्ट भिफएक्स)
यम प्रसाद ओली : पुरानो बुलेट (सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर)
अमर विश्वकर्मा : जिस्म–२ (सर्वोत्कृष्ट निर्देशक)
सर्वोत्कृष्ट डोटेली फिल्म : नन्दी
बिनोद बोहोरा : सर्वोत्कृष्ट नायक (डोटेली भाषा)
रश्मि भट्ट : शिवम् (सर्वोत्कृष्ट चरित्र अभिनेत्री)
विपना बस्नेत : यात्रा जिन्दगीको (सर्वोत्कृष्ट बायोपिक फिल्म)
डा हुस्नेद अजाद : ईल्डर्स होम (सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक)
उत्तम सन्जेल : बा (सर्वोत्कृष्ट सर्टफिल्म)
ओम सुनार : लोभि पापी (सर्वोत्कृष्ट गायक) 
शितल केसी : सम्हाल िराख है (सर्वोत्कृष्ट नायक) 
जुगल डंगोल : धुलो (सर्वोत्कृष्ट म्युजिक डाईरेक्टर पपुलर)
राजु गीरी : तिम्रो हुने कहिले (सर्वोत्कृष्ट निर्देशक जुरी अवार्ड )
ऋषिराज आचार्य : नशा (सर्वोत्कृष्ट लघुचलचित्र निर्देशक)
राजेन्द्र खाती : अपहरण (सर्वोत्कृष्ट नायक लघुचलचित्र)
संजय राउत : अपहरण (सर्वोत्कृष्ट खलानायक लघुचलचित्र)

पिम नेपाल फिल्म फेष्टिवल २०२० का सम्मानित व्यक्तित्वहरु

श्याम स्मृत : पत्रकार
बाबुराम सिग्देल : पत्रकार
कृष्णा आचार्य : पत्रकार


पिम नेपाल फिल्म फेष्टिवल २०२१ अवार्ड बिजेताहरु
सर्वोत्कृष्ट सम्पादक ( आमा) : दिर्घराज खड्का 
सर्वोत्कृष्ट निर्देशक (लभडायरिज) : सौरभ चौधरी
सर्वोत्कृष्ट फिल्म : लभडायरिज
सर्वोत्कृष्ट कलरिष्ट (लभ डायरिज): राजेन्द्र मोक्तान
सर्वोत्कृष्ट प्रोडक्सन डिजाईनर ( लभडायरिज): मोति कार्की
सर्वोत्कृष्ट लेखक सर्टफिल्म (पुतली र दिदि बहिनी): टाकासी इन्वाई
सर्वोत्कृष्ट नायक सर्टफिल्म (द डटर) : प्रवण भुषाल
सर्वोत्कृष्ट नायिका (द डटर): सरीता भारती
सर्वोत्कृष्ट डकुमेन्ट्रि (जलेश्वर झर्ना झोर) : सानुकाजी थापा
सर्वोत्कृष्ट डकुमेन्ट्री निर्देशक (हल्कारा) : दयाराम घिमिरे
सर्वोत्कृष्ट नायक (जुरी) (यस्तो पो वडा अध्यक्ष) : तेज गिरी
सर्वोत्कृष्ट पाश्व गायिका तिम्रो हुने कहिले : सुजाता केसी
सर्वोत्कृष्ट म्युजिक निर्देशक म त मर्छु की क्या हो : राजेन्द्र बजगाई
सर्वोत्कृष्ट चरित्र अभिनेता सर्टफिल्म (द डटर) : प्रेम पाण्डे
सर्वोत्कृष्ट इन्टरटेनमेन्ट जर्नालिजम : जिवन पराजुली
सर्वोत्कृष्ट फिल्म जर्नालिजम : विष्णु सुवेदी
सर्वोत्कृष्ट अभिनेता (लभ डायरिज) :शुशिल श्रेष्ठ
सर्वोत्कृष्ट नव नायक (लभ डायरिज) : विश्वजित रिमाल 


पिम नेपाल फिल्म फेष्टिवल २०२१ का सम्मानित व्यक्तित्वहरु
१.चैत्यदेवी सिंह : प्रथम नेपाली रंगीन सिनेमा कुमारी की नायिका
२. व्याकुल माईला : राष्ठ्रिय गानका सर्जक 
३. कुल आचार्य : समाजसेवी तथा व्यवसायी
४. सुचित्रा श्रेष्ठ : नेपाली चलचित्रको प्रथम महिला निर्देशक
५. चिरञ्जीवी गुरागाई : अन्तराष्ट्रिय सम्वन्ध अधिकृत (चलचित्र विकास वोर्ड)
६. मदन घिमिरे : चलचित्र निर्देशक
७. कृष्ण भुषाल : संचारकर्मी
८. अर्पण शर्मा : मेमोरि किंग
९. ज्ञान बहादुर लामा : गीतकार /समाजसेवी
१० नविन पौडेल : गायक
११. बेवी राजभण्डारी : समाजसेवी
12. डिल्ली अधिकारी : समाजसेवी
13. केशव न्यौपाने : समाजसेवी

 

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा भव्यताको साथ् सम्पन्न

समाचार


काठमाडौं– नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति रविन्द्र खड्काले आफ्ना भनाईहरु राख्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म सङ्घले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले समारोहलाइ सम्बोधन गर्दै दशैंअघि नै नेपालभरका सिनेमा हलहरु खुल्ने जानकारी गराउंदै बोर्डले गरेका अन्य महत्वपूर्ण कामहरुको बारेका जानकारी गराएका थिए ।

अध्यक्ष दाहालले मरणोप्रान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका कलाकारहरुको लागि स्वास्थ्य बीमाको व्यवस्था गर्ने, युवा चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुसँगको समन्वयमा आयोजित कार्यशालाहरुमा सहभागी गराउने, क्षेत्रीय स्तरमा चलचित्र महोत्सवहरुको नियमित आयोजना गर्ने, बोर्डमा चलचित्र क्षेत्रको चुस्त–दुरुस्त आधिकारिक अभिलेखलाई डिजिटल प्रविधिमा राख्ने लगायतका कामहरुको पहल भईरहेको र यी मध्ये कतिपय काम अन्तिम चरणमा पुगेको जानकारी गराए ।

समारोहमा बसुन्धरा भुसालले कलाकार संघले आयोजना गरेका कार्यक्रम तथा चलचित्रकर्मीहरुको देहावसान हुँदा समेत श्रद्धाञ्जली दिन नआउने कलाकर्मीहरुप्रति असन्तुष्टि व्यक्त गरिन् ।

कलाकार मदनदास श्रेष्ठले समारोहमा नाम चलेकै धेरैजसो कलाकारहरु अनुपस्थित रहेकोप्रति आक्रोश व्यक्त गर्दै आफूलाई समस्या पर्दा संघ चाहिने तर यत्रो साधारण सभामा नआउने भन्दै उनीहरु यसरी संस्थालाई बेवास्ता गर्छन् भने त्यस्ता कलाकारलाई संघले पनि वास्ता गर्न नहुने विचार व्यक्त गरे ।

समारोहमा कृष्ण मल्लले भने मनगढन्ते उपाधि लिने र दिनेहरुप्रति असन्तुष्टि व्यक्त गर्दै इतिहासको सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको बेला महानायक र महानायिकाको आत्मरतिमा रमाईरहेको तथा यदि तपाईंहरु महान हुनुहुन्छ भने फिल्म चलाएर देखाउनुस् न, तपाईंहरु महान होईन, दर्शक महान हुन् भन्ने धारणा व्यक्त गरेका थिए ।

समारोहमा लय सङ्ग्रौला, कृष्ण मल्ल लगायतका वक्ताहरुले संघको वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुको खुलेर प्रशंसा गरेका थिए ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले कार्यक्रम सञ्चालन गर्ने क्रममा कोभिड १९ का कारण यो कार्यक्रम समयमै आयोजना गर्न नसकिएको धारणा व्यक्त गरे ।

संदिपले सिफलमा गरे द वर्गर हाउसको ८२ औं शाखा शुभारम्भ

समाचार


काठमाण्डौ– द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखा काठमाण्डौ स्थित सिफलमा संञ्चालनमा आएको छ । एक हप्ता देखी निरन्तर रुपमा ओपनिङ सेरोमोनी चलिरहेकोे छ । मिस नेपाल माल्भिका सुब्बाले रिवन तथा केक काटेर द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनको ८२ औं शाखाको औपचारिक शुभारम्भ गरेकी छिन् ।

कार्यक्रममा नेपाली गीत संगीत एवं चलचित्र क्षेत्रका सेलिव्रेटीहरुका साथमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

ग्राहकहरुको सेवा सुविधा तथा आवस्यकतालाइ मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रन्चाइ आइटमहरु पर्सल तथा होम डेलिभरि समेत गर्ने द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनका संचालक संन्दिप महतले जानकारी दिएका छन । 
द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेनमा प्रसस्त पार्किङको सुविधा समेत रहेको छ । 

 

गायक शिव परियारको माया विक्ने भएछ चर्चामा

समाचार


काठमाण्डौ - भर्खरै मात्र शिव परियारले गाएको गीत ‘माया बिक्ने भएछ’ निकै चर्चामा छ । उक्त गीत चर्चासँगै ट्रेण्डिङमा समेत १ नं.रहन सफल भएको छ । संगीत तर्फबाट गीत १ नं. ट्रेण्डिङमा परेको हो । गीतको भिडियोलाई १२ लाख ५६ हजार बढी दर्शकले हेरिसकेका छन् । उत्कृष्ट गीत भन्ने भावका कमेन्ट अत्याधिक छन् । विशेषतः गायक शिव परियार र कलाकार पुजा शर्मा र आकाश श्रेष्ठको उत्कृष्ट काम भनेर तारिफ गरिएको छ ।

गणेश अधिकारीको शब्द र नबिन कार्कीको संगीत रहेको गीतमा बिशाल निरौलाको एरेन्ज रहेको छ । लोकप्रिय कलाकारद्वय पुजा शर्मा र आकाश श्रेष्ठ अभिनित भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धामलाले सम्पादन गरेका हुन् । भिडियोलाई गीतका एरेन्जर बिशाल निरौलाको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।